Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर

Posted on September 2, 2021September 2, 2021 by Salokya

माधव नेपालको दुई वर्ष पुरानो आँसु बेचेर उल्लु बनाउन खोज्ने मिडियाबारे लेखेको ब्लगले पार्नु पर्ने ठाउँमा ठूलै असर पारे जस्तो छ। ब्लग पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्। त्यसको फलोअप ब्लग पनि थियो- माधव नेपाल रोएको खबरमा मिडियाले गरेको नयाँ ‘ट्विस्ट’ दुई वर्षअगाडि अर्कै कार्यक्रममा माधव नेपाल रोएको भिडियोको स्क्रिनसट राखेर एमालेका दोस्रो तहका नेताले आफ्नो साथ नदिएका कारण रोएको भनेर मिडियाले झुक्याएको पोल खुलेपछि आहत भएकाहरुले त्यो पोस्ट फेसबुकबाट हटाउन लागिपरेछन्।

आज फेसबुकले दुई वटा पोस्ट उनीहरुको कम्युनिटी स्टायन्डर्डको स्पामविपरीत रहेको सूचना पठायो। ती दुई वटै पोस्ट माथि उल्लेख गरिएका माधव नेपाल रोएको गलत फोटो राखेर समाचार बनाएको बारेका पोस्ट थिए। फेसबुकले ती दुवै पोस्टलाई कसैले हेर्न नमिल्ने बनाएको छ।

यस्तो कसरी भयो ?

आफ्नो पोल खुलेपछि तीर जहाँ लाग्नुपर्ने हो, त्यहाँ लाग्यो होला, स्वभावतः औधी रिस उठ्यो होला। उनीहरुले स्पाम भन्दै रिपोर्ट गरिदिए होलान्। अब फेसबुकसित नेपाली भाषा बुझ्ने मान्छे भए पो ! धेरै रिपोर्ट आएपछि होला नि भन्ठानेर ब्लक हान्दिए होलान्। नेपालीमा लेखिएको कन्टेन्ट अङ्ग्रेजीमा अनुवाद गरेर पढेको भए तथ्यमा आधारित यो पोस्टलाई फेसबुकमा ब्लक गर्नुपर्ने कुनै कारण नदेख्नु पर्ने हो।

दुई वटा पोस्ट फेसबुकमा ब्लक भए पनि ब्लगमा त पढ्न पाइने अवस्था छ नै। फेसबुकले ब्लक गरे ट्विटरबाट बाँडौँला। आफूले गल्ती गरेकोमा स्वीकार गरेर सच्याउनु पर्नेमा उल्टै रिपोर्ट गर्दै लुकाउन खोज्दैमा यो गल्ती लुक्नेवाला त छैन है।

फेसबुकको डिसिजनमा असहमत भएको भनेर अपिल पनि गरेको छु। आशा छ फेसबुकले पनि गल्ती सच्याउने छ-

नयाँ समाचारमा पुरानो फोटो हालेको कुरा त सो मिडिया आफैले नेपालफ्याक्टचेकमा फ्याक्ट चेक र माइसंसारमा ब्लग प्रकाशित भएपछि फोटोमुनि ‘फाइल फोटो’ लेखेर स्वीकार गरिसकेको हो। जुन कार्यक्रमको समाचार बनेको हो, त्यो कार्यक्रममा रोएको भिडियो त कतै देखिएकै छैन।

1 thought on “माधव नेपाललाई समाचारमा जबर्जस्ती रुवाउन खोजेको पोल खुल्दा परेको असर”

  1. Bikki says:
    September 3, 2021 at 9:48 am

    Good job Umesh Sir! Yini harulai laaj lagnu parne ho galat samachar bechera kamauna lai!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme