Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडिया आफैले बढुवा गरीवरी पदकसमेत दिन भ्याएछ, हैट !

Posted on September 19, 2021September 19, 2021 by Salokya

आज संविधान दिवसमा सरकारले बाँडेको पदकको समाचार खुब छाएको छ। पाँच जना पत्रकारले त पदक बहिस्कार पनि गरे। अरु क्षेत्रका क-कसले पदक पाए भन्ने समाचार पनि देखिएको छ- जस्तै कलाकारिता क्षेत्रका, खेलकूद क्षेत्रका, व्यापारव्यवसाय क्षेत्रका।

त्यस्तै एउटा समाचार आज देशसञ्चारमा आएको रहेछ- प्रहरी क्षेत्रका पदक पाउनेहरुलाई समेटेर। शीर्षक छ- ‘आइजिपीलाई नै जिल्याउँदै पदक कुम्ल्याउने यी एसएसपीहरु’।

रमाइलो त के भने त्यसमा एक जना एसपीलाई देशसञ्चारले एसएसपीमा बढुवा गरीवरी पदकसमेत दिन भ्याएछ 🙂

आउनुस् पहिला समाचार हेरौँ-





यो समाचारको अन्तिममा एउटा सबहेडलाइन छ- एक वर्ष नपुग्दै अलंकार। त्यसमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि बर्खास्तीमै परेका तत्कालीन एसपी र हाल एसएसपी रहेका डिल्लीराज पन्तले पनि अलंकार पाउने भएका छन् लेखिएको छ।

के साँच्चै डिल्लीराजले पदक पाउने भएका हुन् त ?

गोरखापत्रमा प्रकाशित पदक पाउनेहरुको सूची हेरेँ-

नेपाल प्रताप सुभूषण नामको पदक पाउनेको एक नम्बरमा डिल्लीराज पन्त प्रहरी उपरीक्षक (एसपी) लेखिएको छ।

यहाँसम्म त कुरा सही छ। तर समाचारमा के कुरा गलत छ भने यी डिल्लीराज पन्त चाहिँ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि बर्खास्तीमै परेका तत्कालीन एसपी र हाल एसएसपी चाहिँ हैनन्।

त्यतिबेला कञ्चनपुरका एसपी चाहिँ दिल्लीराज विष्ट हुन्, पन्त हैनन्। दुवै जना एउटै ब्याचका हुन्। तर पन्त एसएसपीमा बढुवा भए पनि विष्ट चाहिँ अहिलेसम्म एसपीमै छन्। कञ्चनपुर जिल्ला अदालतले सफाई दिने फैसला गरेपछि उनलाई बर्खास्त गर्ने निर्णय बदर भएको हो।

समाचार लेख्ने थरमा झुक्किएपछि समाचारै उल्टोपाल्टो हुन पुगेछ।

अझ रमाइलो त यसमा प्रहरी प्रवक्ताको कोट पनि लिइएको छ। कोटमा प्रवक्ता बसन्त कुँवरले भनेका छन्, ‘पन्त हाल एसएसपी छन्। उनी चैतमा बढुवा भएका हुन्। मलाई अरु कुरा थाहा भएन।’

हाहा, कति रमाइलो। प्रवक्ताले यसो कुरा बुझाइदिएको भए कम्तिमा यस्तो उल्टोपाल्टो न्युज आउँदैन थियो नि। प्रवक्तालाई सूचना दिनुभन्दा सूचना लुकाउन मन लाग्ने होला, अनि त यस्तो !

अपडेट : देशसञ्चारले यस्तो गलत समाचार छापिसकेपछि क्षमा मागेर गल्ती सच्याउनुको साटो सुटुक्क डिलिट गरेछ। हेर्नुस् त अहिले त छैन, त्यो प्रसङ्ग नै उडाएछ। बिर्सेछ क्यारे, इन्टरनेटमा एक पटक राखिसकेको कुरा कहिल्यै पूर्ण रुपले डिलिट हुन्न 🙂 

1 thought on “मिडिया आफैले बढुवा गरीवरी पदकसमेत दिन भ्याएछ, हैट !”

  1. Rohini says:
    September 21, 2021 at 1:04 am

    पदक कै बेईज्जत। नालाएक भ्रष्टहरूले पनि पाए पदक।कति सस्तो पदक।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme