Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, दराजमा डिस्काउन्टका नाममा झन् बढी पैसा तिर्नुपर्ला है !

Posted on October 1, 2021 by Salokya

अनलाइन सपिङको सामान्य र सर्वमान्य मान्यता के हो भने यो सस्तो हुन्छ। सस्तो हुनुपर्छ। यस्तो अनलाइन पसलमा अरु पसलहरुमा हुने खालका धेरै खर्च जोगिन्छन् भन्ने पनि तर्क एउटा हुनसक्छ।

तर नेपालमा भने किन हो उल्टो हुन्छ अधिकांश समयमा।

अहिले दराज अनलाइन सपिङमा दशैँ धमाका अफर चलिरहेको छ। भव्य विज्ञापन भइरहेको छ पत्रिका, अनलाइन, सामाजिक सञ्जाल अनि सडकहरुमा पनि। यस्तै चमकधमकबाट प्रभावित भएर आफूलाई आवश्यक एउटा सामान ब्लुटुथ हेडफोन खोजेको थिएँ।

डिजीकमको के २० हेडफोन एउटामा आँखा गयो।

दराजको वेबसाइटमा लेखिए अनुसार त्यसको खास मूल्य रहेछ ३४००। अनि अहिले ६ प्रतिशत डिस्काउन्ट दिएपछि मूल्य भएको रहेछ ३२ सय। अहो, २ सय रुपैयाँ छुट भनेपछि राम्रै डिल रहेछ जस्तो लाग्यो। कार्टमा राखी पनि सकेको थिएँ। पे गर्नुअगाडि भने यसो सोचेँ, बजारमा चाहिँ कति पर्ने रहेछ त यो?

किन्न लागिसकेको सामान पनि नकिनी भोलिपल्ट म न्युरोडमा पुगेँ।

अचम्म, न्युरोडको पसलमा त बार्गेनिङ नै नगरी २६ सय रुपैयाँमा त्यो सामान पाइयो। झण्डै ३२ सय तिरिसकेको मैले ! त्यही किनेर ल्याएँ।


न्युरोडमा किनेको हेडफोन।

अब हेर्नुस् त, विज्ञापनको चमकधमकमा परेर हेडफोन किनेको भए २६ सयको हेडफोनलाई ६ सय रुपैयाँ बढी तिर्ने रहेछु मैले। अनि अझ त्यति बढी पैसा तिर्दा पनि ६ प्रतिशत डिस्काउन्ट पाएँ भनेर दङ्ग पर्दो रहेछु। मलाई थाहा हुन्थेन कि झण्डै २३ प्रतिशत बढी पैसा असुल्ने रहेछन् ६ प्रतिशतको लोभ देखाएर।

दराजलाई त सजिलो छ भन्न, हामीले बेच्ने हैन, हामीले राखेको भाउ हैन, भेन्डरले राखेको- हाम्रो के दोष !

तर दराजका भेन्डर भने दराजले १५ प्रतिशत कमिसन लिने हुनाले बढाएर भाउ राख्नु पर्ने तर्क गर्छन् (पहिले दराजमा सामान बेच्ने एक भेन्डरले अनौपचारिक रुपमा बताएको)।

धन्न, म चाहिँ बढी पैसा तिर्नबाट बचेँ। तपाईँहरु पनि यस्तोबाट जोगिन चाहनु हुन्छ भने किन्न लागेको सामानको मूल्य राम्रोसँग बुझ्ने गर्नुहोला है।

पुराना सम्बन्धित ब्लग

दराजले सेलको नाममा यसरी झुक्यायो

दराज अनलाइन सपिङको तीतो अनुभव : आफ्नै रकम उकास्‍न पनि डेलिभरी चार्जको फन्दा

दराजको सेल डे हो कि ग्राहकलाई झेल गर्ने डे ?

१५ हजारमा ५५ इञ्चको स्मार्ट टिभी : दराज अनलाइनसँगको मेरो अनुभव

नागरिकमा अब पैसा तिरेर फ्रन्टपेज अन्तर्वार्ता छाप्‍न पाइने भएछ

4 thoughts on “सावधान, दराजमा डिस्काउन्टका नाममा झन् बढी पैसा तिर्नुपर्ला है !”

  1. Sujan says:
    October 6, 2021 at 8:18 pm

    Daraj bhaneko, upabhogta thagne ewta sansthan ho. I highly discourage people from dealing with these thieves.

    Reply
  2. Daraz Nepal says:
    October 3, 2021 at 12:53 pm

    आदर्णीय ग्राहक महानुभावहरु,

    हजुरहरुले दराजबाट खरिद गर्नुहुँदा कुनै पनि प्रकारको समस्या परेको भएमा हामीलाई हजुरको अनुभव लाईभ च्याट: https://bit.ly/3sftrkA मार्फत शेयर गरिदिनुहोला। हाम्रा सेवा साथीहरु हजुरको समस्या बुझेर उपयुक्त समाधान दिनका लागि उपलब्ध हुनुहुनेछ। हाम्रा सबै निती तथा प्रकृयाहरु बुझ्नको लागि हाम्रो हेल्प सेन्टरको: https://bit.ly/3zM0Bud मद्दत पनि लिन सक्नुहुन्छ।

    -टीम दराज

    Reply
  3. Rashmi says:
    October 3, 2021 at 12:21 pm

    मैले पनि यो धमाकामा एउटा LapTop Table किने Shipping समेत् गरेर रु १०५०मा, पछी भातभटेनी गएर हेरेको मुल्य रहेछ जम्मा रु ७०५

    Reply
  4. Daraz Nepal says:
    October 1, 2021 at 5:56 pm

    नमस्ते माइ संसार टीम,

    हाम्रा बिक्रेताहरुले सबै सामानहरुमा प्रतिस्पर्धी मूल्यका साथै भारी छुट पनि दिनको लागि हामी प्रोत्साहन गर्दछौ। सामानको मूल्य विक्रेताहरुको लागत अनुसार भिन्न हुने कारण, मूल्यमा केही फरक हुने गर्दछ। हजुरहरुले उपलब्ध भएको बिभिन्न बिक्रेताहरुको सामान र मुल्य तुलना गरी आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ। हाम्रो दशै धमाका अभियान अन्तर्गत हामीसँग बिभिन्न आकर्षक छुट तथा भाउचरहरु उपलब्ध छन जस्को प्रयोग गरी हजुरले न्युन मुल्यमा सामान खरिद गर्न सक्नुहुन्छ।

    -टीम दराज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme