Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरले सोमबार गरेको एउटा गम्भीर गल्ती जुन धेरैले पत्तै पाएनन्

Posted on October 5, 2021October 5, 2021 by Salokya

तपाईँले असोज १८ गते सोमबारको कान्तिपुर हेर्नुभो? हेर्नुभएको भए एउटा गम्भीर गल्ती थियो त्यसमा पत्ता लाउनु भो?

धेरैले यो गल्तीबारे पत्तै पाएनन्।

अझ पत्रिका नपढी इपेपर मात्र हेर्नेले त झन् थाहा पाउने कुरै भएन। किनभने इपेपरमा त्यो गल्ती सच्याइएको थियो। तपाईँलाई अचम्म लाग्यो होला, कस्तो गल्ती थियो भनेर। पख्नुस्, म भन्छु नि !

असोज १८ गतेको कान्तिपुरको पेज नम्बर १२ मा विदेशका समाचार थिए भने १३ नम्बरमा खेलकुद।

१२ औँ पेजमा अमेरिका उत्तर कोरिया वार्ता पहल, बेलायत अब विज्ञानमा सुपरपावर, भारतमा एकै दिन ८० लाखलाई खोप जस्ता शीर्षकमा समाचार थियो।

नियमित पत्रिका आद्योपान्त पढ्नेले यति मै गल्ती थाहा पाइसक्थ्यो।

किनभने यी समाचार उसले पहिले पनि पढिसकेको जस्तो छु भनेर थाहा पाइहाल्थ्यो।

वास्तवमा कान्तिपुरले असोज १८ गतेको पत्रिकाको १२ औँ पेज त्यो दिनको होइन, तीन महिनाअघिको छापेको रहेछ। मान्छेले पत्रिका हेरेपछि माथिको मिति लेखिएको सानो अक्षर त्यति याद गर्दैनन्। तपाईँसित पत्रिका छ भने गएर फेरि पल्टाएर हेर्नुस् त, असोज १८ गतेको पत्रिकाको १२ औँ पेजमा ‘मंगलबार, ८ असार २०७८ (Tuesday, June 22, 2021) लेखिएको छ।

इपेपरमा भने यस्तो गल्ती राखिएको छैन।

कान्तिपुरले इपेपरमा त सच्यायो, तर आफ्ना ग्राहक तथा पाठकलाई तीन महिना पुरानो बासी न्युज पढाएकोमा माफी माग्छ कि माग्दैन होला त, हेर्न बाँकी छ।

अपडेट : कान्तिपुरले आजकाे अंकमा गल्ती भएकाे स्वीकार्दै माफी मागेकाे छ।

2 thoughts on “कान्तिपुरले सोमबार गरेको एउटा गम्भीर गल्ती जुन धेरैले पत्तै पाएनन्”

  1. सुजन प्रधान says:
    October 7, 2021 at 5:14 pm

    हेल्लो मित्र ,
    हामी लाई प्राप्त कान्तिपुर पत्रिका को पेज मा त सबै ठिक छ हजुर. व्यर्थमा रु १० सकियो …. हावा समाचार न बनाउन मित्र …..

    Reply
    1. Salokya says:
      October 10, 2021 at 2:35 am

      सबै ठीक भएको भए कान्तिपुरले भोलिपल्टको पत्रिकामा क्षमा किन माग्थ्यो होला त। हावा कमेन्ट नगरौँ न मित्र…..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme