Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खिच्‍ने एक जनाले, नाम छापिने अर्कैको : कान्तिपुरको अर्को ‘काण्ड’

Posted on September 28, 2021September 28, 2021 by Salokya

कान्तिपुर राष्ट्रिय दैनिकमा फेरि कपिराइटको अर्को ‘काण्ड’ भएको छ। २०७८ असोज ६ गते इकान्तिपुरमा प्रकाशित एउटा समाचारसँगै राखिएको फोटो आफूले खिचेको भन्दै प्रमाणसहितको दावी पेश गरेका हुन् फोटोग्राफर किशोर शर्माले।

इकान्तिपुरमा त्यो दिन ‘द्वन्द्वपीडितलाई उपचार न राहत’ शीर्षकको एउटा समाचार प्रकाशन भएको थियो। समाचारसँगै एउटा फोटो पनि राखिएको थियो जसको क्याप्सनमा लेखिएको थियो- ‘सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको आक्रमणमा परेका बर्दिया तारातालका ४८ वर्षीय अशोक सोडारी’

क्याप्सनसँगै क्रेडिट लेखिएको छ- ‘तस्बिर : ज्योति कटुवाल/ कान्तिपुर’

यसको अर्थ हो कान्तिपुर संवाददाता ज्योति कटुवालले यो फोटो खिचेकी हुन्।

तर फोटोग्राफर किशोर शर्माले ट्विट गर्दै यो फोटो आफूले खिचेको दावी गरे। उनले लेखे, ‘यो तस्विर मैले GIZ/Civil Peace Project का लागि खिचेको हो।’

उनले आफ्नो ट्विटमा एउटा पुस्तकको लिङ्क पनि दिएका छन्। पुस्तकको २६-२७ पेजमा यही फोटो देखिन्छ-

१४ कथाहरु युद्धका जीवित स्मृतिहरु शीर्षकको यो पुस्तकमा फोटो क्रेडिट किशोर शर्मा लेखिएको छ।

ठ्याक्कै यही फोटो कसरी ज्योति कटुवालको नाममा कान्तिपुरमा प्रकाशन भयो? फोटोग्राफर किशोर शर्माले सामाजिक सञ्जालमार्फत् सार्वजनिक रुपमा सोधेको प्रश्नको जवाफ कान्तिपुर वा कान्तिपुरका आधिकारिक कोही प्रतिनिधिले यो ब्लग तयार गर्दासम्म (मंगलबार दिउँसो २ बजेसम्म) दिएको देखिएन।

यो ब्लग तयार पार्दासम्म पनि यो फोटो इकान्तिपुरमा ज्योति कटुवालकै नाममा रहेको छ-

यसअघि गत जुलाईमा कान्तिपुरले फोटोको स्केच बनाएको भन्दै फोटोग्राफरको दावी परेपछि माफी मागेर हटाउनु परेको थियो। थप जानकारी यसमा

किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?

 

अपडेट : इकान्तिपुरले माफी माग्दै यो समाचारमा कान्तिपुर संवाददाताको नाम हटाएको छ। उसले यो बारे ट्विटरमा पनि जानकारी दिएको छ-

'द्वन्द्वपीडितलाई उपचार न राहत' शीर्षकको समाचारमा प्रयोग गरिएको तस्बिरमा असावधानीवश कान्तिपुर संवाददाताको नाम लेखिन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक https://t.co/IgVcoC4oqk

— ekantipur (@ekantipur_com) September 28, 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme