Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पान्डोरा पेपर्समा धेरैको चासो : हाम्रा नेता परेनन् नेता?

Posted on October 4, 2021October 4, 2021 by Salokya

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसीआइजेले ११७ वटा देशका १५० वटा मिडियाका ६ सयभन्दा बढी पत्रकारहरुको संयुक्त सहकार्यमा गरेको अनुसन्धानबाट भएका खुलासा आइतबार रातिदेखि पान्डोरा पेपर्स नाममा सार्वजनिक भएको छ। १४ वटा अफसोर सेवा प्रदायकका लिक भएका गोप्य रेकर्डहरुका आधारमा यो खोजमूलक रिपोर्टिङ गरिएको हो। विभिन्न देशका मिडियाले यो बारे रिपोर्टिङ प्रकाशन गरेका छन्। नेपालीहरुका बारेमा पनि नेपालका केही मिडियाले खोज पत्रकारिता केन्द्रमार्फत् तयार पारिएका रिपोर्टहरु प्रकाशन गरेका छन्, तपाईँहरुले पढ्नुभयो होला। अधिकांशलाई चासो चाहिँ यस्तो रहेछ- नेपालका नेता परेनन् नेता?

कति जना परे नेता?

आइसीआइजेको यो तथ्याङ्क अनुसार यसमा ३३६ जना राजनीतिक नेताको नाम परेको छ। सबभन्दा बढी युक्रेनका छन्, ३८ जना। रुसका १९ जना छन्। अमेरिकाका भने एक जना पनि छैनन्।

जोर्डनका राजा अब्दुल्ला, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका नजिकका सहयोगी, केन्याका राष्ट्रपति उहुरु केन्याटा, चेक प्रधानमन्त्री एन्ड्रेज बाबिस, बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मका नाम त्यसमा छन्।

अनि नेपालका नि नेपालका ?

नेपालका नेता छैनन् ?

आइसीआइजेको यो डेटा भिजुअलाइजेसनमा राखिएको विवरण अनुसार नेपालका एक जना नेताको नाम यसमा छ। को हुन् त ती नेता?

नेपाली मिडियाहरुमा प्रकाशित रिपोर्टहरु हेर्नुभयो भने त्यसमा राजनीतिक नेता नै भनेर कसैको नाम राखेको देख्नुहुन्न। सबैजसो नाम व्यापारीहरुकै छन्।

त्यसैले व्यापारी तथा फोर्ब्समा सूचीकृत डलर अर्बपति विनोद चौधरीलाई नै ‘पोलिटिसियन’का रुपमा त्यसमा राखेको अनुमान गर्न सकिन्छ। किनभने चौधरी अहिले नेपाली कांग्रेसका नेता हुन्। संविधान सभामा उनी एमालेका तर्फबाट सभासद थिए। नेपालको खोज पत्रकारिता केन्द्रले तयार पारेको रिपोर्टमा विनोद चौधरीकाे परिवारकै लगानी भएको उल्लेख छ।

तर यो नयाँ कुरा भने होइन। केही वर्षअगाडि प्रकाशित आत्मकथामा नै विनोद चौधरीले आफूले कसरी विदेशमा लगानी गरेको भन्ने कुरा खुलाएका थिए।

पान्डोरा पेपर्समा १६ जना नेपालीको नाम फेला परेको छ। त्यसमध्ये पाँच जना त चौधरी परिवारकै भइहाले। बाँकी हुन्-

– गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छा। उनीहरुको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी छ।

-अजेयराज सुमार्गी

-अर्जुनप्रसाद शर्मा

-किशोर राना

-राजेन्द्र शाक्य

-सुहृदराज घिमिरे

-पुरुषोत्तम पौड्याल

-सुधीर मित्तल

धेरैले खोजे जस्तो नेताको नाम यसमा छैन। शायद् नेपालका नेताहरुले त्यस्तो हैसियत बनाइसकेका छैनन्। उनीहरु त व्यापारीहरुले वा बिचौलियाले फालेका केही रकमबाटै सन्तुष्ट पो छन् कि? यो थाहा पाउन त अर्को खोजै गर्नुपर्ने हुन्छ।

1 thought on “पान्डोरा पेपर्समा धेरैको चासो : हाम्रा नेता परेनन् नेता?”

  1. किशोर says:
    October 5, 2021 at 12:43 pm

    अनि नेपालको एक नेताको मात्र नाम आए पनि यी Mr XY ले नेपालमा समेत Deal fixing गरेर राम्रै कमाई गरे छन् त !
    टेलिया ले लाईसेन्स लिने बेला , पटक पटक नयाँ फ्रिक्वेन्सी लिने बेला चाँहि क कसलाई पैसा ख्वाको रहेछ, खो प के हरुले खोज्दा हुन्छ । तल लि‌कं छ :
    https://www.theguardian.com/news/2021/oct/04/major-tory-donor-advised-on-uzbekistan-deal-later-found-to-be-bribe-mohamed-amersi

    …….Excerpts of the report seen by the Guardian state the findings “should be subject to further testing”. It nonetheless raises a series of questions about the role played by an unnamed external consultant who advised on transactions in central Asia and Nepal, who is referred to in the report as “Mr XY”……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme