Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

(क)माओवादीविरुद्ध इमेलमा उजुरी गरौँ रे

Posted on July 27, 2012July 27, 2012 by Salokya

माओवादीको भर्खरै सकेको विस्तारित बैठकमा पैसाको मामिलामा बबाल नै भो। केन्द्रीय सदस्य र नेतृत्व अनैतिक तरिकाले सम्पति थुपार्नमा बढी ध्यान केन्द्रित गरेको भन्दै निकै आलोचना भयो। हुँदाहुँदा जो पूर्व लडाकुहरुले लडाकुहरुसँग उठाएको रकमको हिसाब खोजेका थिए, उनीहरु आफै पनि ‘पैसामा कुरा नमिलेर’ त्यसरी विरोधमा उत्रिएको भन्दै उनीहरुको पनि सम्पति छानबिन गर्नुपर्ने कुरा उठ्यो। यो कुरा सल्ट्याउन सम्पति छानबिन आयोग गठन गरिएको थियो।

पार्टीका केन्द्रीय सदस्य अमिक शेरचनको संयोजकत्वमा लोकेन्द्र विष्टमगर र नवराज सुवेदी रहेको तीन सदस्यीय छानविन आयोग गठन भएको हो। त्यो छानबिन आयोगले केन्द्रीय सदस्य वा नेतृत्व वर्गले अनैतिक तरिका सम्पत्ति जम्मा गरेको भन्ने लागेमा एक हप्ताभित्र उजुरी दिन आह्वान गरेको छ।

साउन १७ गतेभित्र यस्ता उजुरी खामबन्दी गरी कार्यालय समयभित्र पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बुझाउन सकिनेछ।

उजुरी गर्ने व्यक्तिको नाम गोप्य राखिने रे। उजुरी दिन इमेल [email protected] पनि प्रयोग गर्न सकिने भनिएको छ।

उजुरी आइसकेपछि उनीहरुले छानबिन गर्नेछन्। आयोगको समयावधि कार्य प्रारम्भ भएको मितिले एक महिनासम्म रहने भनिएको छ। ल है, तपाईँहरु पनि केही छ भने उजुरी गरिहाल्नुस्। आखिर वैधानिक निकाय अख्तियार जस्तोले छानबिन गर्ने आँट गर्ने हैनन् क्यारे। यसैमा विश्वास नगरी उपाय नै छैन।

81 thoughts on “(क)माओवादीविरुद्ध इमेलमा उजुरी गरौँ रे”

  1. Govind Prasad Subedi says:
    July 30, 2012 at 2:22 pm

    अब सबै मिलेर मलाई भोट दिनु होस् मा तपाई हरुलाई निरास पर्दिन अनि देश को बिकाश पनि गर्छु.
    १. देश को कुना पनि राजमार्ग बन्द गर्न नपाइने.
    २. देशको कुनै पनि बिद्यालय बन्द गर्न नपाइने.
    ३. महंगी नियन्त्रण गर्नकोलागी किसन बाट सबै अन्न हरु सरखार ले लिने अनि त्यो अन्न नै आम नागरिक को मा सहुलियत मूल्य मा उपलाव्दा गराउने.

    Reply
  2. damber karki america baltimore says:
    July 29, 2012 at 6:55 pm

    सम्पति छानविन गर्ने निकाय बलियो हुनु पर्छ| उही माओबादी को कार्यकर्ता को ३ सदस्य अथवा ६०१ सदस्य उस्तै हो |लाटा सोझा लाई भुलाउने खेल हो भन्ने हाम्लाई लाई राख्याछ

    Reply
  3. ज्ञानेन्द्र खतिवडा says:
    July 29, 2012 at 6:50 pm

    हैन हौ साथी हो मैले एउटा कुरा चै कहिले नि बुझिन…. २/२ वर्ष मा आफ्नो सबै सम्पति पार्टी लाई बुझाई दिने नेता हरु संग कहाँ बाट आउदो रैछ सम्पति चै…. हामी त रात दिन दुख गर्दा नि अर्को महिना कसरि चलाउने भनेर सधै सोच्नु पर्छ त….. कि नेता भए पछि सम्पति फाल्ने बोट नि रोप्न पाइन्छ…. कहिले लाजिम्पाट दरबार, कहिले बानेस्वर मा मुक्ति टावर, कहिले पोखरा मा खोइ के टावर रे…. कहाँ त्यो मात्र हो र अरु नेता क नि छोरा छोरि पहिले त हामी सगै पढ्थे… जाच मा जिन्दगि मा हाम्रो जति नम्बर ल्याएनन अहिले चै तिमीहरु खै के खै के भन्ने स्कलार्सिप मा पढ्न कोहि जापान कोहि अमेरिका कोहि चाइना कोहि अस्ट्रेलिया पुगेका छन्…. के यो सब कुरा पाउन लाई चै नेता कै कुल मा जन्मनु पर्ने हो कि के हो?नेता बने पछी सबैको यसरि नै उन्नति हुने भए त अब हामी सबै नेपाली नेता बन्नु पर्ला…. मान्छे नि धनि देश नि धनि ……..फेरी नेता बने पछि पछी हाम्रा नि छोरा ले प्रकाश ले जस्तै गाउ भरि केटि भगाउने पो हो कि भन्ने डर लाग्छ मलाई त….

    Reply
  4. Lohani Indra says:
    July 29, 2012 at 3:34 pm

    जनता चुटेर आएको रकम कति, बैंक लुटेर आएको रकम कति , रक्तचन्दन तस्करी गरेर आएको रकम कति… अनि यस्तै यस्तै कत्ति कत्ति लुटेर चुटेर कुटेर धुतेर थुतेर आएको रकमरु कति रहेछन भएर छानबिन गर्ने होला.

    Reply
  5. bkpandey says:
    July 29, 2012 at 5:01 am

    एसो गरे कसो होला त,ति सबै महापुरुष , जसले दुइ महिना कुर्सीमा बसेपनि नमरुन्जेल आफुलाई सुबिधा पाउने कुरामा सबै नेता भनाउदा डाका हरु एक ????? ( यस्तालाई काल पनि चाडै आउदैन)जसबाट नेपाल जस्तो देशलाई ५० करोड खर्च लाग्ने मा सहमति,संबिधान बनाउन चाही सधै असमत हुने बरिस्ट (?????) नेताहरु सबैको सम्म्पति को हिसाब हेर्ने हो भने ९९%ले जेल जानु पर्ने भ्रस्ट छन्. हुन्छ प्रचण्ड बाट सुरु गरौ र देउपा,कोइराला,ओली लगाएत सबैको हिसाब लिनु पर्यो ????? दोषीले सजाय पाउनु पर्यो, तर केहि हुदैन, सबै पापी ,तै चुप मै चुप.

    Reply
  6. द्रोण says:
    July 29, 2012 at 3:08 am

    किन गर्ने उजुरी ?यो सब देखावटी न हो |
    अब कुनै बाद सग पनि मतलब छैन ,प्रचंडे ,झले ,माकुने ,ओली ,सिटौला ,
    पौडेल ,कोइराला लाइ सधै रास्ट्रिय सहमति भन्या छ दौड्या छ ,के का लागि त् भन्दा नया सरकार बनाउन र पी यम फेर्न ?
    माकुने भन्छन जनता ले फेरी आन्दोलन गर्न पर्यो रे .के का लागि भन्दा बाबुराम हटाएर उसलाई पी यम बनाउन |झल् नाथ त्यहि भन्छन ,बाबुराम हटेर उ बन्नु पर्ने ,सुसिल को थोत्रो गाला ले पनि त्यहि सुर निकाल्छ , पौडेल को पनि त्यहि भनाइ छ |

    पहिला पहिला का बुडा बाहुन बाजेहरू साउन महिना लाग्यो यो दान गर , भदौ मा त्यो दान गर भन्थे अब आजका आधुनिक नेता बाहुन हरु लाइ दक्षिणा पनि देश को पी यम चाहिया छ ,तैले मात्र खाइस अब तेरो पालो पुग्यो ,मेरो पालि |आर्को भन्छ हैन मेरो पालि | उता पुर्ब राजा करौछान ”ये तिमीहरुलाई अझै पुगेंन बाजे हो ,म लाइ दियो न ”|बाजे हरु मा दोस्रो पुस्ता अझै बाकि छ सिटौला खै पी यम भाको ?
    इश्वर पोख्रेल ,संकर पोख्रेल खै ?
    नेपालि जनता चै नक्सा हेरेर बस्ने सधै ,प्रचण्ड पथ कहा गएर नौलो जनबादी पथ सग मिल्छ ,नौलो जनबादीमा बहुदलीय जनबादी पथ जोड्दा के हुन्छ |
    तर प्रचण्ड पथ मा हिडेर छिटै नै सम्पतिपुर् पुग्ने चै धेरै नै निस्के | नौलो जनबादी पथ मा हिडेर एमाले कार्यकर्ता कोइ किर्तिपुर् पुगे ,कोइ भक्तपुर् तर इमान्दारी साथ् भन्दा कोइ कोइ भाग्यमानि हरु टनक पुर् सम्म घुम्न पुगे | सायद आज तिनीहरु सोच्दै हुन् ,बेली मा प्रचण्ड पथ मा हिडेको भए सम्पत्ति पुर् छिट्टै पुगिने रैछ , खप्पर दह्रो भए आरुको स्वास्नी सग पनि मोज गर्न पाइने |

    Reply
  7. razen says:
    July 29, 2012 at 2:47 am

    जुन जोगी आए पनि कानै चिरेका भनाइलाई फेरेर जुन जोगी आए पनि खरानी घसेर भन्ने जस्तै हो यो | लछार्नेवाला केहि छैन यिनीहरुले खाली देखावटी |

    Reply
  8. Pradip dongol from AZ says:
    July 28, 2012 at 12:58 pm

    हात्ती आयो फुस्सा त हुनी होला नि उजुरी पनि.

    Reply
    1. bibek says:
      July 29, 2012 at 2:31 am

      न प्रचण्ड भ्रस्ट हुन् न भ्रस्टचार का संग्रक्षक, आइतबार देखि शनिबार सम्म निस्कने साप्ताहिक/दैनिक पत्रिका का सम्पादक र ति सम्पादक क अनुहार अनि तिन का मालिक हरु को भाग खोसिएको कुण्ठा भन्दा अरु केहि होइन. जसले जे भने पनि आज को नेपाल को सबै भन्दा लोकप्रिय र गतिशील नेता हुन् प्रचन्ड. तेसैले त कांग्रेस एमाले राजाबादी को निन्द्रा गायाप भएको छ.

      Reply
      1. bhuban says:
        July 29, 2012 at 6:56 pm

        अबिबेक जी,
        भ्रस्टाचार को कुरो उठाउने तपाइको प्यारो भ्रस्ट पार्टीको भृकुटी मण्डपको कुम्भ मेलामा आएका प्रतिनिधिहरु लाइ साप्ताहिक/दैनिक पत्रिका का सम्पादक देख्नु भो / बिचरा प्रतिनिधिहरुलाइ पैसाको लागि काम गर्ने पत्रकार संग तुलना गर्न पनि सुहाउदैन /

        Reply
        1. bibek says:
          July 30, 2012 at 1:29 pm

          भूबन जी
          “झुटो कुरा लाइ १००० चोटी दोहोर्याए सत्य हुन्छ” भन्ने गोएबल्स शैली मा आइतबार देखि शनिवार सम्म का कांग्रेस एमाले लगाएत का हरु का (पत्रिका नाम का मुख पत्र हरु ले लगातार मन गदंते सुचना दिए पछी ति दुर दराज मा बस्ने कार्य्कत्रा हरु मा पनि “ए साच्ची नै हो कि” भन्ने परेर नै त छानविन को कुरा उठेको नि. तपाइँ पत्रिका पढ्नु हुन्छ कि हुदेन? म त सबै पत्रिका पढछु, एदी पढ्नु हुन्छ भने आइतबारे देशान्तर र छलफल, सोमबारे तरुण र साघु, मंगलबारे दृस्टी, बुधबारे घटना र विचार अनि बुधबार साप्ताहिक, शुक्रबारे विमर्श र सम्बोधन, शनिबारे हाक, आइतबारे पाक्षिक हिमाल कसका पत्रिका हुन्, यो चलाउने अनुहार कस्ता हुन्छन यिनी हरु को समाचार कस्ता हुन्छन भन्ने बिश्लेस्खन गर्न सक्नु हुदेन? आफ्ना मालिक को कुर्सि र स्थान माओबादी ले लिएको मा बहुलाएका छन दृस्टी को शम्भु श्रेष्ठ देखि हिमाल को कनके सम्म. केहि उदाहरण
          १) भक्तमान को अपहरण माओबादी ले नै गरेको हो.——नागरिक दैनिक
          २) न्यायाधिस रन बहादुर बम को हत्या माओबादी ले गरेको हो——-घटना र विचार.
          यी नै काफि छैनन् र नेपाली पत्रुकार र पर्चाकर को हैसिएत बुझ्न.

          Reply
  9. Ramesh says:
    July 28, 2012 at 12:34 pm

    जुन गति मा माओबादी हुर्किए, फैलिए , तेही गति मा यिनीहरु समाप्त नि हुनेछन तर दुख को कुरा यिनीहरु सिद्धिने बेला सम्म देश पनि सिद्ध्यैसक्नेछन ..

    Reply
  10. Pradeep says:
    July 28, 2012 at 10:17 am

    छानबिन समिति गठन गर्नु भनेको कारबाही नगर्नु हो ! २०४६ साल पछी छानबिन समिति यात बदमासी गर्ने तरिका सिक्ने हतियार, यात कारबाही नगरिकन कारबाही लम्ब्याउने उपाय यात कसैलाई सफाई दिने हतियार हो ! यो छानबिन समिति को भरमा ढुक्क हुनु चाही कारबाही गराउन नसकेर हार खानु मात्र हो ! समिति मा बस्ने र उ भन्दा माथिका लाई कसले कारबाही गर्ने ? सरकारी संयन्त्र मा पनि त्यस्तै छ , अख्तियारका हाकिम, अहिलेका मन्त्रि हरु लाई कसले कारबाही गर्ने ?

    Reply
  11. Tenzing Gaba says:
    July 28, 2012 at 8:51 am

    # मानौ अहिले २०६२ साल हो (अर्थात् ज्ञानेन्द्र सत्तासिन छन्)
    # अब ज्ञानेन्द्रले गरेको अनियमितताको छानबिन गर्न ‘कमल थापा’ लाइ दियियो

    अब भन्नुस
    ……………………. रिपोर्ट/परिणाम कस्तो आउला ?

    तेन्जिंग गाबा (हिमाली)

    Reply
  12. Madhab Bhattarai says:
    July 28, 2012 at 8:45 am

    भ्रस्टाचारको छानबिन र अनुसन्धान गर्ने बैधानिक निकायलाई पंगु बनाएर आफ्ना कर्तुतहरुको अनुसन्धान आफ्नै हनुमानहरुले गर्ने. “निर्दोषिताको प्रमाण पत्र” लिने. अनि मैले भ्रस्टाचार गरेको भए, म दोषी भए झुन्डिन तयार छु भन्दै कुर्लने. “आफै बोक्सी आफै धामी” कति बेवकुफ सम्झेका यी फटाहाहरुले नेपाली जनतालाई.

    Reply
  13. Krishna says:
    July 28, 2012 at 5:25 am

    न जागीर ,न खेतीपाती ,न कुनै पेसा,न कुनै उधोगधन्दा,न जाड पसल,न राड पसल 
    हेर्दाहेर्दै  छबीलालपनी  नम्बर १ कुबेर भए बा  नेपालमा !खपरा त ले रै आरचन !

    Reply
  14. बिकास महर्जन कीर्तिपुर says:
    July 28, 2012 at 2:10 am

    तपाईं हरुलाई कस्तो लाग्छ कुन्नी? मलाई त लोकेन्द्र बिष्ट जस्तो प्रचन्डको अनन्यभक्तले आफ्नो मालिकले एक पैसा पनि तल माथि नगरेको पुष्टी गर्दै प्रचन्डलाई फेरी एकपटक महान नेता घोषणा गर्दै रिपोर्ट पेस गर्ने छन र आफ्ना “महान ” नेताले क्लिन चिट पाएको “महान” अवसरमा एनेकपाले दशौं हजार कार्यकर्ताको भेला बोलाएर बाबुरामको सरकारले नेपाली कर दाताको २-४ करोड मात्र खर्च गरी सानो दिवाभोज आयोजना गर्नेछन। केही आसेपासे पत्रकार हरुले उक्त खबरलाई भैंसी अक्षरमा आफ्ना पत्रिकाहरुमा रंगाउने छन । जय होस् – अरबौंको भस्ट्राचार को मामलामा हनुमानहरुको जाँच बुझ समितिको। अव अख्तियार र महालेखा जस्ता निकायहरुको काम छैन । राज्यकोषवाट अरबौं-करोडौं-लाखौं लुटिसकेकाहरु सवै मिलेर आ-आफ्ना कार्यालय मातहतका खरिदार-सुब्बा-पिएन सम्मिलित जाँचजुझ समितिहरु बनाएर “भष्ट्राचारवाट उन्मुक्त भएको प्रमाण पत्र प्राप्त गरौं ।

    Reply
  15. शशांक लामा, न्युयोर्क says:
    July 27, 2012 at 11:25 pm

    ज्ञानेन्द्रको च्याब्जु बराजुहरु गोर्खाको डाँडामा खांडीको पटुका कसेर सुल्फी तानेर बस्थे| अहिले तिनका साखा सन्तानहरु सर्पको छालाको कमरपेटी बाँधेर मुखमा महंगा सिंगार च्यापेका हुन्छन| जनताको रगत चुसेर नै त्यत्रो अरबौं सम्पति कुम्ल्याए| छानबिन गर्ने नै हो भने ज्ञानेन्द्रदेखि प्रचन्द्रसम्म सबैको गर्नुपर्छ| छानबिन गर्नेहरुलाइ नै पहिले छानबिन गर्नुपर्ने अवस्था पो आउला जस्तो लाग्छ| अनि भुत्राको छानबिन!!!!???

    Reply
    1. raj ,USA says:
      July 28, 2012 at 5:06 am

      अब तपैहरुजस्ता ले प्रचण्डका चम्चाहरुले गर्दा हो प्रचण्ड कारबाहीमा पर्न नसकेको हो जस्तो लग्यो ! तेसरी दाज्ने हो भने त हिजो जेलमा परेका जोसी लै पनि जेलमुक्त गरे भयोनी होइन ? इतिहास लै सामान गर्न सिक्नोस अनि अहिलेका भ्रस्टहरु को बिरोध गर्नोस ,किन हो उल्टो चल्दै हुनुहुन्छ ?

      Reply
    2. Ramesh says:
      July 28, 2012 at 12:24 pm

      सहि कुरा गर्नु भो ? कारबाही गर्ने नै भए ज्ञाने देखि कै गरुन न किन माओबादी नेता को मात्र , हाम्रा नेता ले २ -४ पैसा कमाएको देख्न नसक्ने असत्ति हरु 🙂

      Reply
      1. raj ,USA says:
        July 30, 2012 at 5:51 am

        तपैका नेताहरुले सिंगै “खसी ” खान्छन ,तापैहरुलाई आन्द्रा ,पुच्चर र पछाडीको “०” भाग दिन्चन ,तेती को लागि किन तेस्ता देश बेच्ने भ्रस्त्रहरुको निम्ति आफुलाई ” ढाल” बनाउनु हुन्छ ? बरु जनता को पछेमा लाग्नोस उनीहरुले तपाइलाई “हिरो ” बनाउछन् !

        Reply
        1. शशांक लामा, न्युयोर्क says:
          July 30, 2012 at 10:59 pm

          राजजी! माओवादी दुधले नुहाएको पटक्कै छैन| मैले भन्न खोजेको सरकारी सम्पतिमा तर मार्ने ज्ञानेन्द्र देखि प्रचन्द्रसम्मका सबैलाई भाटा हान्नुपर्छ भनेको! म माओवादीको चम्चा,डाडु, पनेउ केहि पनि होइन| म परिवर्तनकामीहरुको पक्षधर हुँ|

          Reply
  16. Resham says:
    July 27, 2012 at 10:33 pm

    आहा कस्तो रोमान्चक नाटक? आफ्नै मान्छे राखेर छान बिन समिति रे ? लोक नै मजाले हसाई दिय यिनीहरुले/ होइन छान बिन गर्नु पार्टी भित्रको सम्पति थुपार्ने नेताहरु नराखी अर्को मान्छे राखेको भए पो हुन्छ यार/ एक पछी अर्को मजाक भो यो त/ हा हा हा हा

    Reply
  17. subodh nepal says:
    July 27, 2012 at 9:27 pm

    जनताको आँखामा छारो हाल्ने काम हो छानबिन गर्ने कुरा । गर्ने नै हो भने त अख्तियारलाइ प्रचण्ड लगायत २५ जना नेता र छापामार शिविरको भ्रष्टाचार छानबिन गर वा सम्पत्ति शुद्दीकरण विभागलाइ छानिबन गर भन्न सक्ने हिम्मत प्रचण्डको छ र
    हेर्नोस् अहँ केही गर्दैनन् ।

    Reply
  18. Pradip says:
    July 27, 2012 at 9:24 pm

    हैन, आयोगमा जनार्दन शर्मा छुटेछ नि त !!! प्रचंदेलाई छानमिन अझ उसले गर्थियो कि ???? सरमहारा, आफै चोर्ने आफै छानबिन र कारबहि गर्ने /

    हैन जनतालाई ठग्ने तरिका नि कस्तो कस्तो आउछ भने इनिहरुलाई / चोरेर, मारेर, …हुदै……..आइलेको तरिका !!!

    Reply
  19. Arun says:
    July 27, 2012 at 9:03 pm

    अरु त तेस्तै हो. यो लोकेन्द्र विष्टमगर को इमेल चाही जाम हुने भयो. अब सबैले माओबादी को रिश इमेल मार्फत लोकेन्द्र विष्टमगर लाई पोख्ने भए जेस्तो छ.

    Reply
  20. Deepak Parajuli says:
    July 27, 2012 at 8:56 pm

    माओबादी पार्टी होइन कलाकारहरु को संघ हो जस्तो लाग्छ त्यसमा पनि प्रचंडे ठुलो कलाकार हो

    Reply
  21. nimesh, bkk says:
    July 27, 2012 at 7:32 pm

    घ्यु कहाँ पोख्यो आफ्नै भातमा पोख्यो भने जस्तै हो यो छानबिन पनि .

    Reply
  22. Sonam Sherpa says:
    July 27, 2012 at 6:19 pm

    यिनीहरु दुई जिब्रे महाभ्रष्ट हुन्

    Reply
  23. Suman bhote says:
    July 27, 2012 at 5:43 pm

    How much maoist had looted or killed before Ganatantra (federalism)?
    ten billions rupees? Or more? But one thing we should understand that they were feeding 20 thousands PLA shoulders….. Yea, everybody knows that they ran the parallel government, that time, and gathered money from the taxes, by cutting governments relations with those states…..
    I am not saying that thy did all these stuffs mathematically or scientifically, may be some had misused some money; If there are all written documentations, then it can be possible to re-calculate it.
    If the money were used for their political agendas then it is different story, but it somebody missused for their individual purpose, it is autocratic….
    They are now in government, but I am not hearing about corruptions… I agree 95% of government officers are dishonest, we can’t change it in one day.
    If there there was a rule, to check all government officers and politicians, it would be wonderful……
    But the the world will say…. It’s not a democratic way….

    Reply
  24. gambhir ghimire ,benidorm ,spain says:
    July 27, 2012 at 5:31 pm

    साथी हो , सुन्दा पनि अचम्म लाग्छ !….प्रचंडे को सम्पति लोकेन्द्र ले छानबिन गर्ने रे , कहाँ बाट सुरु गर्ने ? ?प्रचंडे को १६ लाख को हिरा को औठी ,९ लाख को सुत्ने खाट, १३ करोड को घर (बढी पनि हुन सक्छ ,मेडिया मा आय अनुसार ), कृष्ण tower ,१ करोड को गाडी ,अनि छोरा , ज्वाईं छोरी ,स्वास्नी , भतिजा आदि क नाम मा भएको सम्पति बाट ? !…..हिजो जन युद्द (आज धन युद्द )हुदा २ रंग का चप्पल लागेर हिड्ने प्रचण्ड र बाबुराम हो …. यो नाटक बन्द गर ,अब नेपाली हरु अब झुक्कीदैनन ……

    Reply
  25. Durga Adhikari says:
    July 27, 2012 at 5:22 pm

    दरिद्रता, हरेक नेपालीको दुस्मन/ यो दुस्मनलाई कन्ट्रोल गर्न हामी नेपालीलाई धेरै गारो छ/ जब सम्म दरिद्रताले हाम्रो साथ छोड्दैन तबसम्म हाम्रो दुर्दसा यस्तै रहने छ/ हामी राजनैतिक तबरले जुनसुकै बादी भय पनि दरिद्रता बादी छौ/ सक्छौ भने मनबाट दरिद्रताको अन्त गरौ/ आखिर अन्तमा खालि हात लियर बिदहुने नै हो/

    Reply
  26. deepak says:
    July 27, 2012 at 3:22 pm

    फेरी देशद्रोही गदार भ्रस्टचारी आतंकबादी ज्यानमारा लुटेरा हरु को अर्को डाका हाल्ने चाल सुरु भयो ! अख्तियार लाइ खारेज गर !! जब जनता को रगत पसिना को कमाई मा डाका हाल्ने लाइ केहि गर्ने औकात छैन भने किन हामी अख्तियार भन्ने जन्तु लाइ पालेर राख्ने ! खारेज गर नपुसक हिजड़े अख्तियार लाइ !!!!

    Reply
  27. maheshwar says:
    July 27, 2012 at 3:06 pm

    नाटक भित्र को नाटक हो यो. यो छानबिन अख्तियारले गर्नु पर्छ, कस्तो अचम्मको कुरा दिनदहाडै करोडौ करोड लुटेको सोझा साझा जनता सबलाई थाहा छ………एती सम्म कि नेपाली जनताको रगत पसिना चुस्न सम्म चुसेर फेरी नेपाली जनतालाई कमारा बनाउनका लागि महराले चीन संग कुकुरहरु खरिद गर्न करोडौ मागेको त्यो पनि सबैलाई थाहा छ भने यो सब नाटक किन?
    सोझा साझा जनताको छातीमा तेर्सौदै मार्दै,धम्कौदै,लुट्दै हिन्न प्रयोग भएको बन्दुक आफनै छाती तिर सोझिए पछि प्रचंडे,बाबुरमेले रातका रात जसरि आफ्ना कथित जनसेना बिसर्जन गरे त्येसरी नै बिस्तारित बैठक मा आफ्नै कार्यकर्ताको कुर्सि ढाडमा बज्रियेपछी कसो गोलि पो खाइयेन भनेर रचिएको नाटक हो यो अनि प्रचण्डले आवास र गाडी छोड्नु पनि………………एदी माओबादी सांचिकै सचिएको हो भने फर्जी जनसेनाको रकम बुझेको कति हो त्यो प्रस्ट छदै छ…..त्यो रकम राज्येलाई फिर्ता गर्ने हिम्मत हुनु पर्यो नि ………….नत्र यो गोहीको आँसु ले आफ्ना अंधा कार्यकर्तालाइ त मुर्ख बनाउन सकिएला तर………………………….अरुलाई………….होइन………कि कस्स्स्सूऊऊओ

    Reply
  28. Suman bhote says:
    July 27, 2012 at 2:50 pm

    कसरी छानबिन गर्ने? अलि बुझिएन मित्रहरु…
    बैंक balance हेर्नेहो? सम्पति कसरी हेर्ने? कि घर को तलाशी लिनुपर्यो को लालपुर्जा पत्ता लगाउनुपर्यो? सरकारी कर्येलयले मद्दत गर्नुपर्यो कि??
    सरकारी काम मा कसरी धक्हल दिन्छन?? बैंक ले कसरी भन्छ अर्काको balance ??
    मैले त बुझिन गाठे….
    एक मुस्टा पैसा कसरी राख्ने पार्टीको नाम मा… पैसा धेरै छ…बेक्ती को नाम मा राखे विश्वास कसरी गर्ने?? फर्सद भयो अब माओहरुलाई…..

    Reply
  29. bikash says:
    July 27, 2012 at 2:23 pm

    राज्यको स्वतन्त्र निकायमा मात्र उजुरी गरौ नत्र बाकी रहेको जिन्दगी छिटै मावोलोक पुगिन्छ

    Reply
  30. kiran says:
    July 27, 2012 at 2:02 pm

    इ इ इ इ इ इ इ इ इ इ इ इ इ इ गर्छस तिमीहरुले माओबादीको नेताहरुको सम्पति छानबिन.
    सबै भ्रस्टचारी हुन्/

    Reply
  31. Ramesh Neupane says:
    July 27, 2012 at 1:34 pm

    त कुटे जस्तो गर म रोए जस्तो गर्छु झैँ नाटक मन्चन गर्दै छन्. सक्नेभय अक्तियार बोलायर, स्वोतन्त्र व्यक्तिहरु सम्मिलित आयोग बनायर छानबिन गरुन त हेरुम हामी पनि ? दुध को साक्षि बिरालो

    Reply
  32. Sisir says:
    July 27, 2012 at 1:27 pm

    सर्ब प्रथम त सालोक्य जीलाई बिसय बस्तुलै अति उचित title दिनु भएकोमा धन्यबाद ..

    कुरा पनि कति काइते प्रचण्डको हनुमान लोकेन्द्र बिष्टले छानबिन गर्ने रे …
    लौ सुन म भन्छु प्रचण्डको (ह)राम कहानी …
    हेटौडाका कुनै समयका टाट पति ब्यापारी अजय सुमार्गी संग छ प्रचण्डको सम्पति
    —————————————————————————————–
    मैले त पहिले देखि नै यो कुरा लेखदै आएको हो … येही mysansar मा पनि कैयोउ पटक लेखि सके .. फेरी एक चोटी लेखदै छु ..
    हेटौडामा चुन ढुंगाको व्यापारबाट टाट फर्केका कुनै बेलाका राजाबादी/ अबसरबादी अजयराज सुमार्गी माओबादी खुल्ला राजनीतिमा आए पछि राता रात कसरि अरबौ लगानीको नेपाल satellite / हेल्लो नेपाल (telcom ) को मालिक भए, काठमाडौँका बिशाल र भब्य मुक्ति (प्रचण्ड पिताको नाममा ) र सुमार्गी टावोरको मालिक र अन्य अरबौको सम्पतिका मालिक भए त्यो पनि ६२-६३ को आन्दोलन पछिको २-४ बर्समै … कुरा गहिरो छ .. कुन आम्दानीको स्रोतमा येत्रो अरबौ लगानी गरिरहेछ सुमार्गी…येत्रो लगानी गर्ने हैसियत हुने सुमार्गीले राज्यलाई कति tax बुझौथे/ र अहिले बुझाउछान त ?? प्रचंड़का अति विश्वास पात्र कृष्ण महरा संचार मन्त्रि हुदा सबै बिधि बिधान मिचेर किन सुमार्गीलाई तेलिकोमको license दिए त … उस्तै सेवा दिने अरु तेलिकोमलाई २० अरब नबिकरण सुल्क, सुमार्गीको(प्रचण्डको) कम्पनीलाई चाही किन २५ लाख मात्र तिरे पुग्ने प्राबधान राखेत महराले … ७० हजार ग्राहक नभाको उनको कम्पनीलाई ७० लाख भन्दा बडी ग्राहक हुने कम्पनी भन्दा ज्यादा GSM mobile frequency किन दिए त महराले (GSM mobile मा त्यो frequency सिमित हुने हुदा तेस्को निकै महत्व हुन्छ , २ मेगा हर्जले पुग्ने कम्पनीलाई किन साढे छ गुना बडी १३ मेगा हेर्ज़ दिए महराले , त्यो पनि सित्तैमा) … जुन कुरा गएको संसदको लेखा समितिले नै ठुलो चलखेलको संखामा छानबिन गर्नु पर्ने भनेको छ … गएको जेठ महिनामा उक्त कम्पनीमा कार्यरत कर्मचारीले इस्थाही नियुक्ति पत्र माग्दा किन तिनै कृष्ण महरा कुन हैसियतले गएता कुरा मिलौना, र महरा त्यहाँबाट निस्के लगतै किन अधिकांश कर्मचारीलाई निस्कासन गरियो त ?? त्यो कम्पनीमा महरको येत्रो रुची किन हो ?? याद गर्नु पर्ने कुरा महरा तेही पार्टीका बरिस्ट नेता हुन् जसको नेत्रित्वोमा येस्तई बिषयलाई लिएर ६४-६६ तिर देश भरका सम्पूर्ण कल कारखाना बन्द र थोड्फोद गरिएका थिए र यी महरा तिनै व्यक्ति हुन् जसले प्रचण्डलाई प्रधान मन्त्रि बनाउन मधेसी सांसद किन्न कुनै चिनिया संग ५० करोड मागेका थिए … महरा रुचिको कुरा घाम जतिकै छर्लंग छ .. हाम्रा नेताहरु खाने मामलामा तेस्ता लाटा छैनन् जसले आफ्नो नाममा अकुत लगानी गरुन, उदाहरण लै अस्ति मात्र भ्रस्ट प्रमादित गोविंदे / गुप्ता / वाग्ले काफी छन् …

    प्रचण्डका सवारी मन्त्रि यानी, प्रचन्डलाई भ्रमद गर्न आफ्नै निजि खर्चमा घन्टाको लाखौ तिरेर हेलिकोप्टर कसरि उपलब्ध गरौदैछान सुमार्गी … किन सुमार्गीकै काठमाडौँ निवासमा प्रचण्डको बिसेष र गोप्य बार्ता हुन्छ(धेरै हल्ला पछि अहिले यो बन्ध भाछ रे ) , चितवन भरतपुरमा कार्यक्रम हुदा त्यहाँ खाने बस्ने ठाउँ नै नभए जस्तो ९० Km टाडा हेटौडाको सुमार्गीको र उनका आफन्तका खान बस्न जान्छन त प्रचण्ड … के सम्बन्ध हो यिनीहरुको .. थाहा भए सम्म त यिनीहरुको दुर दुर सम्म कुनै पनि नाता , राजनीतिक, सामाजिक सम्बन्ध छैन , छ त केवल आर्थिक सम्बन्ध … सुमार्गीलई नांगे झार पारे सबै कुरा छर्लंग हुन्छ .. छ त त्यो प्रचंड़का हनुमानहरुको यो नौटंकी छानबिन समितिसंग त्यो ल्याकत ??
    ———————————————————————————-
    अर्को प्रसंग ,
    प्रचण्डको आचरण भ्रस्ट नहुदो हो त यिनी प्रधानमन्त्री हुदा सचिबलायामा अरु योग्य कोहि नभए जस्तो आफ्नो परिवारका भाई भतिज १२ -१५ जनालाई सरकारी लाभका पदमा राखे … आफ्नी माहिली बहिनिलाई संसदमा मनोनित गरे … भतिज समिर निजि सहायक र छोरो प्रकाशलै(खासमा निजि चालक ) कुम्पुटर operator भन्दै जग हसौदै गरिब राज्यको ढुकुटीबाट आफ्ना नातागोतालाई २ हप्ते अम्रिका भ्रमद गराए ..पुत्र प्रकाश कुन कमैले येत्रो मस्ती गर्दै छ … के यो भ्रस्टाचार होइन …

    मेरै गाउमा २ रुपियाको सुर्ती र ४ रुपियाको चिया कसैले खुवौछ कि भनि अरुको मुख ताक्दै हिड्ने गाउका फटाहा र गजडी भनेर चिनिएका केटाहरु पोहोर साल हाम्रै अघि निजि गाडीमा धुलो उदौदै हिडेको पनि देखे … बुझ्दै जादा उनीहरुको बैधानिक आम्दानी केहि पनि छैन रे ?? तिनिहरु मद्य २-४ जना चाही जबर्जस्ति एकलौटी टेन्डर पारी गाबिसमा ढाट राखी कर उठौचन रे , जुन मुस्किलले बर्सिक ५-१० लाख होला, जस मद्य पनि ठुला हिस्स त गाबिस मै बुझाउनु पर्छ , गाडी चड्न त एसले पुग्दैन .. २-५ वर्ष अगी मात्र माओबादीमा छिरेका त एस्तो रवाफ छ भने अरु टाउकेको के कुरा गर्ने … अघिल्लो महिना मात्र डन भनिने गणेश लामा (right hand of बिजय गछादर) कान्तिपुर संगको कुनै अन्तरबार्तामा भन्दै थिए तातोपानी नाकाबाट हुने रक्त चन्दन तस्करीमा माओबादीले प्रति केजी १० हजार लिन्थे भनेर …माओबादीको आफ्नै अन्तरिक लफडाले गर्दा केहि महिना अगी नवलपरासी लगायत अरु जिल्लामा उनिहरुले लुकाई राखेको रक्त चन्दन ठुलो परिणाममा बरामत भएको थियो … बन्दुक , यार्सागुम्बा देखि लिएर लुटिएको डोलर सम्म यिनीहरुकै कार्यकर्ताबाट बरामद हुन्छ , हत्या हिम्शा , धाक धम्कि , कुट पिट, तोडफोड , लुटपाटमा सधै यिनीहरु अगी … यिनकै राजनीतिक गुरु बैद्य बाका चेलाले धरान निर बिद्यार्थी भएको गाडीमै आगो झोसेर क्रान्तिको हिंग रट्दै छन् ..एस्ता संगठन र तिनका कार्यकर्ता राजनीतिक हो कि अपराधिक ??

    एस्तो संगठन जो सामाजिक र आर्थिक अराजकताको बेसमा उभिएको छ तेस्मा आर्थिक र नैतिक अचारंको कुनै मूल्य हुदैन …राजनीति त आवरण मात्र हो ..
    अन्त्यमा “नेपालमा सज्जनहरु विभाजित छन् र दुर्जनहरु सबै भन्दा संगठित छन् ” .. यिनीहरुकै बोलवाला र रवाफ छ … येही हो बिडम्बना ..
    आची गनौछ कि गनौदैन भनेर छानबिन गर्नु जस्तै हो यो सब …

    Reply
    1. Deep says:
      July 28, 2012 at 1:19 am

      Sisir जी,
      निकै राम्रा लागे हजुरका तार्किक comments.

      हामी सबैले आ-आफ्नो स्थानबाट आवाजहरु निरन्तररुपमा उठाउनु पर्छ, एकै जनाले कुरा बुझेपनि आबाज सफल भएको ठान्नु पर्छ, नेपालीलाई सुसुचित पार्नुपर्छ ताकि माओबादी जस्ता कुनै पनि समुहलाई साथ दिएर फेरी अर्को भुल गर्ने छैनन् l
      My Sansar मा साथीहरुका comments पड्दा मलाई लाग्छ यो अभियान अब शुरु भै सकेको छ l

      निरन्तर यौगदान का साथ् आशा गरौँ – नेपाल सज्जनहरु एकजुट भएको र दुर्जनहरु तिरस्कृत र अस्तित्वबिहिन भएको सभ्य समाज हो भन्न र लेख्न छिटै पाइने छ l

      Reply
  33. Debendra says:
    July 27, 2012 at 1:21 pm

    कार्यकर्ता लाई अल्मल्याएर आफ्नो पद र प्रतिस्ठा जोगाउने यो अर्को एनेकपाको नेताजी हरुको चालबाजी सिबाये यो केहि होइन / जंगलमा बसुन्जेल (माओबादी को सन्दर्भमा ) अनि बहुदल पछी (कांग्रेस र एमालेको संदर्वामा) कुन नेता को सम्पति कति थियो र अहिले कति गुना भयो त्यो देखिएकै छ / ति सम्पति कुम्ल्याउने सबैलाई समातेर खरक्क जेल पुर्याए हुन्छ, छानबिनको आबश्यकता नै छैन /

    Reply
  34. madan bajracharya says:
    July 27, 2012 at 12:48 pm

    ई कुराहरुमा त् अख्तियार अनि सरकार कै सम्पति आयोगले छानबिन गर्नु पर्ने होईन र भने? जमाठी आरोप लागेको छ तिनीहरुकै नेत्रित्वोमा छानबिन आयोग बनाउनु भनेको त् तेही धमला चोख्याउने प्रयास जस्तै न हो/ हिजो केहि नभयका, गाउँ जंगलमा खोजि मागी नपुगेर ठुतेरै पनि खायका ई नेताहरु आज नवाव भन्दा कम छैनन्; कहा बात आयो तिनीहरु सिट सम्पति?

    कांग्रेस यमाले राजा भ्र्स्ताचारी भन्दै आयका ई मावोबादिका नेताहरु आफुलाई चोखो फेखाउँ सक्नु पर्ने थियो तर कुरो त् उल्टो देखियो/ यस्तै भई रहे ईनिहरुले साँच्चैको लोकतन्त्र र कानुनि राज नेपालमा ल्याउने सपना कसैले नदेखे पनि हुन्छ/ साँच्चैको लोकतन्त्र र साँच्चैको कानुनि राज चल्यो भने ईनिहरु जेल जानु पर्ने पो हुन्छ/

    Reply
  35. robei says:
    July 27, 2012 at 12:26 pm

    सबै भन्दा पहिले त लोकेन्द्र कै छानबिन हुनु पर्यो | पर्यटन मन्त्रि हुदा कति झ्याप पार्या छ नि !!

    Reply
  36. Anjan Shrestha says:
    July 27, 2012 at 12:21 pm

    उजुरी नगरी छानबिन नगर्ने ? कसैको आँखामा पट्टि बाधिएको छैन .. सबै कुरा छर्लंग छन् | सबैभन्दा हाँस उठेको कुरा चाही ….अनि आफैले लुटेको सम्पतिको छानबिन आफैले गर्ने अरे ?? 😀

    Reply
  37. Tamu Phalindra says:
    July 27, 2012 at 12:03 pm

    कंगाल ले बनायो चण्डाल भने जस्तै जता बाट, जसरि पनि, जे भए पनि अन्तिम मा तेइ पैसा कै कुरोमा नै रडाको मच्चिन्छ, यो जता-ततै सर्ब बितितई हो, तेसैले सर्ब हारा वा होस् वर्ग हारा अन्तिम मा पैसा कै र सम्पत्तिकै कुरो ले लफडा हुने कुरो तपाई हामी सबैलाई थाहा नभाको पनि होइन ! एउटा लोग्ने-स्वास्नीको बिचमा साथै दाजु भाई बीच मा तेइ पैसाको मामलामा केके हुन्छन ! भने तेत्रा२ पार्टी मा यो नहुने कुरै आउदैन ! तेसैले हामी सबैले ओ लेवेल बाटनै यसलाई व्यवस्थित गर्नुई पर्छ नत्र लफडा भइहाल्छ ! तेसैले म भन्छु तपाई-हामी सबैले यसलाई सफा छात तरिकाले चलाउदा autometakly ठिक भइहाल्छ !

    Reply
  38. Surendra pd. says:
    July 27, 2012 at 11:11 am

    हुने केहि हैन …………………..खाली कार्यकर्ता को आक्रोस लाइ थामथुम पर्ने नाटक मात्र हो यो सबै …………….हेर्नु होला

    Reply
  39. Tenjing Gaba (Himalee) says:
    July 27, 2012 at 11:08 am

    भरे राती देखि सुरु हुने London Olympics मा Joke भन्ने विधामा पनि प्रतिस्प्रधा हुने भए त् यो जोकले स्वर्ण पदक पक्का पाउथ्यो /
    “Joke भन्ने विधा ” लन्डन ओलम्पिकमा नराखेकोमा नेपाल बन्द गर्ने होइन त् कामरेडहरु अब ? कि जनबिद्रोह नै गरौ ह ?

    Reply
  40. krishna says:
    July 27, 2012 at 11:04 am

    महान काटमार युद्धका बेला,उनीहरुको परिभाषामा म शर्बहारा भन्दा पनि मुनी रहेछू|म जस्तो शर्बहाराबाट इनका हनुमानहरुले वर्षमा २५०० सयको लेखापडी
    गर्दथे |म भन्दा माथी कती वग्र छन तपाई आफै अनुमान गरनुस| त्यो जगली युगमा गर्वबती महीलाको पेट भीत्रको बच्चाले समेत लेबी बुजाउनु पर्थो भनी
    उनीहरु सग भयको रकमको हीसाब तपाई हाम्रो क्यालकुलेटरमा अटाउदैन|
    कम्प्युटर समेत जील खान्छ| इमेल गर्नी झनझट नगरम साथी हो|यो हीसाब
    गर्न सक्ने मएकालाल यो ससारमा नै छैन |अब एउटै उपाय मात्र छ;आफ्नु
    कान समाउने,राम राम भन्ने टन्न जाड खानी सुत्ने |जय धनयुद

    Reply
  41. Nischal says:
    July 27, 2012 at 11:04 am

    कहाबाट आएका छन् दरबार,महल,प्राडो पाजेरो,काठमान्डूमा घर घडेरी,देशका शहरहरुमा घर धडेरी?त्यसैले त्यो जनयुद्ध थिएन,धन युद्ध थियो/सबैलाई जानकारी भया

    Reply
  42. Yukta says:
    July 27, 2012 at 10:02 am

    राजनीति को रंगमंच मा एउटा नाटक मन्चन हुदैछ नाटक को शीर्षक हो ” म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर “

    Reply
  43. Rai Tek Hong Kong says:
    July 27, 2012 at 9:58 am

    होइन भिसा नलिकन विदेश जाने ले के चाही प्रचण्ड को छानबिन गर्ला र खोइ छानबिन गर्ने नै भए एमाले र कांग्रेश को नेता हरु लाइ छान बिन समिति बनौनुनी तब पो छानबिन हुन्थ्यो होला

    Reply
    1. Sisir says:
      July 27, 2012 at 12:55 pm

      पैसा र सुबिधाको मामलामा यी सबै पार्टी एकै हुन् ..
      बाबुरामको महान मितव्ययी सरकारले बर्सिक जाबो ५०-६० करोडको सुबिधा आजीवन यिनै पार्टीका केहि टाउके भनौदालाई दिदा कोहि चु सम्म बोले त ?? देउबाले संसद र केहि बरिस्ठहरुलाई भन्सार र डलर सुबिधा दिएर गाडी किन्न मौका दिदा तत्कालिन महान क्रान्तिकारी भन्ने एमालेका क्रान्तिकारीहरु कसैले बिरोध गरेत ?? बरु भ्रस्टको पर्याय मानिने कंग्रेसका तत्कालिन संसद प्रा. बिधुर पौडेल र भिम बहादुर तामांगले मात्र बिरोध गरे ? नतिजा तिनीहरुको राजनीतिक जीवन नै समाप्त प्राय भो .. राम चन्द्र पौडेल लगायत निकै कमले भने त्यो सुबिधा लिएनन् … काले काले मिलेर खाऊ भाले भन्या येही हो ??

      Reply
  44. SURENDRA SUBEDI hongkong says:
    July 27, 2012 at 9:27 am

    खाने घुसिया ले जे गरेर पनि खान्छ नेपाल मा किन कि माथि कै टाउके हरु घुसिया भएका ले तल का झिना मसिना कार्यकर्ता ले पनि नखाने कुरै भएन/यहा आयोग बनाएर कसले कुन तरिका ले सजाय पाएको छ त अहिले सम्म ???कस्को बाऊ को हिम्मत छ कारबाही गरेर देखाउने????? हाम लाई पनि कारबाही गरेको हेर्ने रहर हुदा हुदै ४० वर्ष बितेको पत्तो नै भएन /

    Reply
  45. tuyoo bhaju says:
    July 27, 2012 at 9:27 am

    विषालु औषधि बजारमा निकाल्नेले पहिलेनै यसको दुरुपयोग हुने संकाले त्यसको शमन गर्ने अर्को उल्टो औषधि बनाई सकेको हुन्छ .
    तर हाम्रो अजब नेपालमा भने , विष खाएर मान्छे आर्यघाट पुगे पछी मात्र विषमारक बुटी (antidote) खोज्न जाने परम्परा रहेको छ .
    यो पनि त्यसैको निरन्तरता सिबाय अरु होला जस्तो लागेन

    Reply
  46. Arun says:
    July 27, 2012 at 7:28 am

    नाटक पनि कस्तो कस्तो प्रचण्ड को सम्पति लोकेन्द्र बिस्ट भन्ने प्रचण्ड को हनुमान ले गर्ने re

    Reply
  47. ryan says:
    July 27, 2012 at 6:53 am

    विचार नमिलेर पार्टी फुटेको हो भन्ने साला माओबादी पैसा नमिलेर पो रहिछ . नया नेपालका गिद्दे अनुहार हरु . कामकुरो एकातिर पैसा बोकी बैंक तिर ……….हेर्दै जा आउदो चुनाबमा तिमीहरुलाई कुखुरा भुत्लाये जस्तै सबै नाङ्गो बनाउचौ…………बनको स्याल लाइ कुखुरा हेर्ने जिम्मा दिएर पनि हुन्छ ………….उनीहरु बीच नै तेत्रो चलखेल भएको देख्दैन भन्ने बेलामा बिदेसी चलखेल भन्दै कराउछ……..

    Reply
  48. Mahesh says:
    July 27, 2012 at 6:30 am

    नाटक हो सब /

    Reply
  49. raj ,USA says:
    July 27, 2012 at 5:52 am

    यता आफ्नो गाडी र घर फिर्ता गर्छु भन्ने अनि अध्यादेश जारी गर्दै पूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिने सरकारी निर्णय गर्नेहरु हुन् ,हास्ने र देखाउने दात मात्र फरक !

    Reply
  50. योगेश आदी, न्यूयोर्क says:
    July 27, 2012 at 5:01 am

    के को उजुरी गर्ने ?? बन्दुक बोकेर मध्यरातमा घरभित्र पसी चन्दा असुलेको कि; रसुवा जस्तो कयौ दुर्गम जिल्लामा शिक्षकहरुको मासिक तलबबाट प्रतिशतको आधारमा असुलेको रकमको कि; दिन-दहाडै डाका शैलीमा बाणिज्य बैंक लगायतका बैंक लुटी प्लास्टिकको झोलामा रमक बोकेर कुदेको रकमको कि; बिदेशी पर्यटकलाई प्रवेशशुल्क स्वरूप उठाएको रकमको कि; सडक-सडकमा बाँसको बार लगाई पार्टीलाई सहयोग भनेर राजमार्गमा उठाएको रकमको ??
    – बडो ठुलो-ठुलो खस्रो भाषण ठोकेर मुट्ठी कस्थे त धनसेनाका साथीहरुले…. धन हात परेपछि त आफु-आफुमा मुट्ठी ठोक्न पो थाले त, गजबको छ यो माओबादी भन्ने ढल पनि !!

    Reply
  51. Harke says:
    July 27, 2012 at 3:54 am

    1. आफै बोक्सी, आफै झाक्री….क्या गज्जब, नया नेपालमा !
    २. दुधको साक्षी बिरालो….क्या मज्जा (बिरालोहरुलाई)

    Reply
    1. पुष्प says:
      July 27, 2012 at 1:53 pm

      यो व्यवस्था बुरुकबुरुक उफ्रिँदै वायुप्रदूषण गर्ने अन्धविरोधीहरूका लागि हो । हाले हुन्छ उजुरी । नभए अरु पनि थुप्रै निकायहरू छन्, उता गएनि हुन्छ ।

      Reply
      1. kedar says:
        July 27, 2012 at 7:50 pm

        कति ठुलो पिर परेछ ! डराउनु पर्दैन, गौरवशाली पार्टीका महान धनी योद्धा तथा नेता प्रचण्ड १००% सुद्ध छन् र हुने पनी छन् | निश्चिन्त भएर निदाए हुन्छ | हाम्रा महान नेताको खैरो खन्ने तल र माथीका कमेन्टहरु सबै प्रतिक्रियाबादी, यातास्थीतीबादी, संसोधनबादी, बिस्तारबादी, साम्राज्यबादी, पुँजीबादी, एकीकृत नेपालबादी, अखण्डबादी, जातजाति मन नपराउने बादी, संघियेता बिरोधि, …….. आदि इत्यादि सबै गरिएका हुन्, यिनको सफाया जरुरि छ | नत्र संचले सुत्न खान नदिने भए |

        Reply
      2. maheshwar says:
        July 27, 2012 at 7:51 pm

        कता जाने पुष्प जी तपाई हरुको जान अदालतमा….??? त्येता गयो भनेत हर्के जी ले भनेको जस्तै
        1. आफै बोक्सी, आफै झाक्री….क्या गज्जब
        २. दुधको साक्षी बिरालो….क्या मज्जा (बिरालोहरुलाई)
        हुने हो होइनत ?

        Reply
      3. Harke says:
        July 27, 2012 at 9:26 pm

        पुष्प जी,
        उजुरी हाल्ने बेला अब रहेन…जेल हाल्न नै धेरै ढिला भैसक्यो..! चेतना भया..!

        Reply
        1. पुष्प says:
          July 28, 2012 at 10:36 am

          त्यसो भए पहिला तपाईं आफैं जाकिनुस् ।

          Reply
          1. Ramesh says:
            July 28, 2012 at 12:31 pm

            पुष्प जी,

            बफादार होस् त कोहि तपाइँ जस्तो .. बफादारिता को अनुपम उदारहण हुनुहुन्छ तपाई | सायद ब्रेनवास भन्या यहि होला |

            Reply
          2. शरद-क्षितिज पारीबाट says:
            July 28, 2012 at 7:23 pm

            यो समितिमा हुने पर्ने मान्छे छुट्नु भयो पुष्प जी सार्है दुख लाग्यो ! खै यो पार्टीले पनि मान्छे त चिनेन कि क्या हो ? नत्र त बबुरो प्रचण्ड बा ले पहिल्यै सर्टिफिकेट पाउने थिए ‘सर्वहारा नेताको’
            रिपोर्ट :-
            १- छाता ३ वटा तार भाँचिएको १ थान ( बिहेमा ओडेको )
            २- २ वटा किटको कराई,३ वटा सिल्टीको थाल, १ वटा गिलास
            ३- चितवनमा ६ धुर जग्गा
            ४- छोराका नाममा २ वटी बिहे गरेर १ वटी चोरेर ल्याएकी स्वास्नी
            ५- फिता टुटेका ४ जोर हात्ती छाप चप्पल, तुना हराएका,सोल भाँचिएका ५ जोर गोल्ड स्टार जुत्ता (पार्टीले सुविधामा दिएको )

            Reply
  52. kedar says:
    July 27, 2012 at 3:45 am

    नाटक पनि नाटक जस्तै हुनु पर्छ र न हेरौं हेरौं लाग्छ | हिन्दि फिलिममा जस्तो हेर्न सुरु गरेको ५ मिनेट भाको छैन अन्त्य कसरि हुन्छ भन्ने थाहा भैसक्ने खालको नाटकमा समय खेर फाल्नु भन्दा त “एक था टाइगर” पर्खेर बस्ने हो, सलमान खानको लास्ट एक्शन फिलिम | संकाको बिउ सुरुमै रोपीसके प्रचण्ड बाट सुरु गर्ने भनेर उसैलाई चोख्याउना | हैन यिनले सबलाई लाटा गाँडा सोचेका छन् कि के हो ? बिरेन्द्रको परिवार हत्याको छानबिन समितीकै हालत हुने भो यिनको पनी ! भ ट ट ट ट ट ट ट ट ट ट ट ट ट

    Reply
  53. laxman says:
    July 27, 2012 at 3:23 am

    हेटौडा को अजय सुमार्गी संग छ . प्रचण्ड को सम्पति.. …

    Reply
    1. arun says:
      July 27, 2012 at 9:39 am

      होइन हो यो अजय सुमार्गी भन्ने मान्छे को नाम ज्ञानेन्द्र को ज्वाईं राज बहादुर सिंह को ब्यापारिक साझेदार हो भनेर सुनेको थिएँ र प्रचण्ड संग पनि साझेदार रहेछ क्या गजब/ तेसो हो भने त अजय सुमार्गी को बिगत र अहिले दाजेर हेरौं बढेको हिसाब राज बहादुर र प्रचण्ड को आधा आधा भाग परिहाल्छ अनि दुध को दुध पानि पन्नी छुट्टी हालचा नि कि कसो हो / ल है अमिक सेरचन जी प्रचण्ड संग होइन उनको हिसाब सुमार्गी संग माग्नुहोस /

      Reply
      1. Abhyankar says:
        July 27, 2012 at 9:43 pm

        अजय सुमार्गी कांग्रेसको गिरिजा, चक्रप्रसाद बास्तोला आदि अनि ज्ञाने शासनमा ज्ञानेन्द्र, राजबहादुर का पनि अभिन्न business पार्टनर र मित्जु हुन्, यो धुर्त अवसरबादी ब्यापारी जसरिपनि सत्ताको नजिक रहेर देशको ढुकुटी रित्यौना tallinchha

        Reply
  54. Shree Basant says:
    July 27, 2012 at 3:02 am

    छानबिन गर्ने मान्छे आफु भित्रै बाट राख्ने हो ? दुधको साँची बिरालो भएन ? आफ्ना महान् नेताहरुको छानबिन यिनीहरुले गर्लान भन्नेमा कसैले विश्वास गर्नु भुल हुनेछ |

    Reply
    1. Sisir says:
      July 27, 2012 at 12:36 pm

      ठिक भन्नु भो .
      गरिब राज्यले जनताबाट उठाएर गरि खावो भनेर दिएको पैसा पनि जबर्जस्ति लुट्ने, खोस्ने र तेस्मा पनि घोटाला गर्ने राज्य स्रोतको संस्थागत ब्राम्हलुट र भ्रस्टाचारको छानबिन पार्टीले गर्ने कि राज्यको स्वतन्त्र निकायले ?? ९ अरबको कुरा नमिलेर हिसाब देखाऊ भन्दै बैद्य बाले अर्को पार्टी खोलि सके नि होइन र ??

      Reply
  55. Ram Thapa says:
    July 27, 2012 at 2:56 am

    सर्बहारा बर्गको नेतृत्व गर्ने भनिएको पार्टीले सबै भन्दा पहिला सर्बहारा सुकुम्बासीको घर टहरा भत्काउछ,युद्धको समयमा कार्यकर्ता चाहिएकोले जमिन्दारहरुको जग्गामा जोद्जबर्जस्ती बस्न लगाउछ अनि प्रहरी प्रशासन लगाएर उठाउछ,जनसेनाको शिविरमा रातारात शाही सेनाबाट कब्जा गराउछ,सुकुम्बासी सर्बहारालाई बर्षादको समयमा तितर बितर पारे आफुहरु आलिशान महल,महंगा विलाशी गाडी अनि जिबन भर पदमा बसेर लूट्न सम्म लूटेकालाई आजिबन घर गाडी सेवा शुबिधा ?वा माओबादी वा,अब माओबादीकै अर्को नक्कली स्वाके बाट सम्पत्ति छानबिन?कति गर्न सकेको नाटक/सम्पत्ति छानबिन बर्ष मान र कृष्ण महराबाट गरौनता /हामी रोल्पालीहरुले हेर्छौ/

    Reply
  56. aman says:
    July 27, 2012 at 2:51 am

    त्यो प्रकाशेले इंडिया तरुनी घुमौना काँहा बाट पैसो पायो. छानबिन हुनु पर्यो

    Reply
    1. robei says:
      July 27, 2012 at 12:24 pm

      के तरुनी हुनु नि बुढी भन्नुस न अर्काकी बुढी !

      Reply
      1. kiran says:
        July 27, 2012 at 2:06 pm

        अझ त्यै प्रकाशको ठुलो स्वर सुन्नु भो/बाऊ श्रीसम्पति लम्पट छोरा स्त्री लम्पट/

        Reply
  57. Suprabhat Shrestha says:
    July 27, 2012 at 2:27 am

    यो समाचार मात्र जनताको आखामा छारो हाल्ने एक नाटक मात्र हो/सबै सबैको सामनेमा छर्लंगै छ र स्वयम् प्रचण्डको सिडी साक्षि छ कि नक्कली जनसेनाको नक्कली कागज गराएर राज्य कोषबाट अरबौ आशुले,धाक धम्कि र जोड जबरजस्तिबाट कति आशुले,सरकारी ठेक्का पट्टाबाट कति आशुले/हिसाब किताब्नै छैन/हिजोको माओबादीका लठुवा र आजका माओबादीहरुको तुलनै हुदैन/त्यसकारण यो नाटक मात्र हो/छानबिन गराउने हो भने स्वतन्त्र माओबादी बाहिरको कुनै संघ सस्था बा व्यक्तिबाट गराउ ,त्यस पछी आउछ उजुरी/अहिले उजुरी हालेर कसैले टाउको बाजी लगाउदैं?लुटेका कुराहरु त सबैका सामने प्रष्ट छ/कहाबाट आएका छन् दरबार,महल,प्राडो पाजेरो,काठमान्डूमा घर घडेरी,देशका शहरहरुमा घर धडेरी?त्यसैले त्यो जनयुद्ध थिएन,धन युद्ध थियो/सबैलाई जानकारी भया/

    Reply
  58. HIMAL says:
    July 27, 2012 at 2:07 am

    हुने त केहि होइन तै पनि ल है साथी हो केहि कहिँ छ भने पठाएर यो नाटकमा भाग लिओँ /

    सबलाई थाहै छ यो बोगोटी र बिष्ट प्रचंडेका हनुमानहरु हुन् /

    यिनले सब ढाक छोप् गरेर एउटा पत्रु रिपोर्ट निकाल्ने छन् /

    बस त्यत्ति हो /

    Reply
  59. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    July 27, 2012 at 1:33 am

    ब्रह्मलुटको दृश्य दुनियाले छर्लङ्ग देखिसकेका छन् / माओवादीहरुको बोलाइ र गराईको के बिश्वास नाम गोप्य राख्ने भन्ने पछी यस.यल.आर. वा ए.के.४७ कन्चटमा तेर्सिन के बेर ति लोकेन्द्र कामरेड पनि त त्यहि ड्यांग मै हुर्किएका न हुन् /
    अब पनि बेकारमा जानी जानी मर्नु छैन बाबा, अब लुट्न के पो बाकी राखेका छौ र तिमीहरुले बरु भ्रष्ट आचरण लाई लुकाउने अर्को नाटक नगर भो/

    Reply
  60. uttam says:
    July 27, 2012 at 1:31 am

    आफै बोक्सी- आफै झाक्री भनौ या दुध को साक्षि बिरालो भनौ, कुरा उस्तै उस्तै हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme