Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणेश थापाले पत्‍नी र छोरालाई प्लेन टिकट भन्दै $ लिएको खुलासा

Posted on July 25, 2012July 26, 2012 by Salokya

हाम्रो फुटबल संघका सदाबहार अध्यक्ष तथा एसियाली फुटबल महासंघका उपाध्यक्ष गणेश थापाका छोराको खातामा १ लाख अमेरिकी डलर अध्यक्ष मोहम्मद बिन हमामले डिपोजिट गरिदिएको खबर त अन्तर्राष्ट्रिय मिडियाले समेत प्रचार गरेकै थियो। यसको डिफेन्समा थापाले ‘ऋण लिएको हो, तिरिसक्यो’ मात्रै भने। अरु अनेकन् प्रश्नको कुनै जवाफ दिन आवश्यक ठानेनन्।

अब फेरि अर्को खुलासा भएको छ। लेखा परीक्षण प्रतिवेदन हात पारेका जेम्स एम डोर्सीले आफ्नो ब्लगमा मिडियामा अहिलेसम्म नआएका कुरा खोलिदिएका छन्। त्यसमा लेखिए अनुसार गणेश थापाले पत्‍नी र छोराको लागि प्लेनको टिकट भन्दै $ लिएका थिए।


लेखापरीक्षण प्रतिवेदनमा सन् २०११ को जनवरीमा ११ मा प्लेनको टिकट किन्ने भन्दै $४३६६ कुम्ल्याएको खुलेको छ। दोहामा भएको एसियन कप २०११ का लागि टिकट किनिएको देखिएको संलग्न प्लेनको टिकटबाट खुलेको रहेछ।

यसबारे गणेश थापालाई रिपब्लिकाले सोध्दा उनले यो बारे केही भन्दिनँ, एएफसी हेडक्वार्टरमै सोध्न जाऊ भन्दिएछन्।

के असर पर्छ त गणेश थापालाई यसबाट ? नेपालमा त खासै असर नपर्ला। के भो त पत्‍नी र छोराको लागि प्लेन टिकटको पैसा विदेशीबाट कुम्ल्याएर, नेपालीको पैसा हैन क्यारे पनि भनिएला। तर अन्तर्राष्ट्रिय रुपमा भने उनलाई यो कान्डले ठूलै असर पार्छ।

हमाम त्यसै पनि भ्रष्टाचारको आरोपमा अहिलेसम्म एएफसीबाट निलम्बित अवस्थामा छन्। फिफाले समेत उनलाई फुटबल सम्बन्धी केही पनि क्रियाकलापमा संलग्न हुन नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो। खेलको सर्वोच्च अदालतले उनलाई प्रमाण नभएको भन्दै प्रतिबन्ध जायज नभएको फैसला गरेको केही दिनमा उनले आफू र आफू निकटकालाई मनपरी पैसा बाँडेको प्रमाण सार्वजनिक भएको हो। हमामको दाहिने हातका रुपमा रहेका थापाले हमामबाट पाएको एक लाख अमेरिकी डलर छोराको बैँक खातामा राखेको पनि खुलिसकेकै थियो। फेरि फुटबलसँग सम्बन्ध नै नरहेका पत्‍नी र छोराको लागि प्लेनको टिकट भन्दै $ कुम्ल्याएको खबरले एएफसी फुटबलको विकासका लागि हो कि आफू र आसेपासेको विकास र सुविधाका लागि प्रतिवद्ध संस्था हो भन्ने नैतिक प्रश्न उठाइदिन्छ।

हमाम त यसमा निश्चित रुपमा फँस्ने भइसकेका छन्। अडिट रिपोर्टले उनीमाथि मनी लाउन्डरिङ, कर छलेको, भ्रष्टाचार गरेको, इरान र उत्तर कोरियाविरुद्ध अन्तर्राष्ट्रिय नाकाबन्दीको उल्लङ्घन गर्दै नगद बाँडेको आदि देखाएको छ। कहाँसम्म भने उनले आफ्नी छोरीहरुको दाँत बनाउन, इभनिङ गाउन किन्न, फेसियल गर्न, ब्युटी पार्लरको खर्च समेत बेहोरेका छन्। छोराको हनिमुन खर्चदेखि के कारणै नखुलाई पत्‍नीको खातामा १ लाख डलर ट्रान्सफर गरेका छन्।

साथमा यो पनि बुझ्नु पर्छ कि फिफाको अध्यक्षमा उम्मेदवार हुन खोज्दा वर्तमान अध्यक्ष सेप ब्लाटर र उनीबीच कुरा नमिलेको थियो। ‘खाने कुरा’ नमिलेपछि दुई बीच भएको विवादले यो स्थिति आइपुगेको हो। ब्लाटरले हमामलाई खत्तमै गर्न खोजेको जस्तो अहिले देखिएको छ। कुरा मिलेको भए यस्ता अनियमितताका कुरा कहिल्यै सार्वजनिक हुने थिएन।

हाम्रै नेपालको एन्फामा पनि के कति अनियमितता भएका छन्, कसैले छानबिन गर्न सकेको छैन। यहाँ त छानबिन गर्ने नै कति चोखो छ भन्ने प्रश्न पनि उठ्न सक्छ। त्यसैले यहाँ अझै उनलाई कसैले छुन सक्दैन। तर यो कान्डले गणेश थापाको अनुहार अन्तर्राष्ट्रिय रुपमा उदाङ्गिएकै हो। ब्लाटरले एएफसी उपाध्यक्ष समेत रहेका थापालाई कस्तो व्यवहार गर्ने हो, त्यसमा भर पर्छ उनको अन्तर्राष्ट्रिय खेल करिअर। हमाम डुब्ने भइसकेपछि के अब उनले ब्लाटरको चाकडी थाल्लान् ?

यो पनि हेर्नुस्-
खेलकुदमा माफिया (कान्तिपुर सम्पादकीय)

29 thoughts on “गणेश थापाले पत्‍नी र छोरालाई प्लेन टिकट भन्दै $ लिएको खुलासा”

  1. madhu says:
    July 27, 2012 at 5:15 am

    म त के हि पनि बोल्दिन इ नेपाली नेता र भ्रष्ठ मानिस हरु को बारे मा
    बिरामी हो इनी हरु

    Reply
  2. शशांक लामा, न्युयोर्क says:
    July 26, 2012 at 7:01 pm

    लोकतन्त्रमा त थापाकाजीहरुले यसरी लुन्ड्याएको रहेछ भने राजतन्त्र हुँदा कति हसुरेको थियो होला गाँठे!!!!

    Reply
  3. pukar says:
    July 26, 2012 at 5:56 pm

    येस्ता डाका लै त टुडिखेल मा पुब्लिक को अगाडी राखेर गोलि ठोक्नु पर्छा अनि मात्र देश मा भारस्ताचार निर्मुल हुन्छा.

    Reply
  4. Sisir says:
    July 26, 2012 at 10:50 am

    अन्तरास्ट्रिय जगतमा देशको नाम बदनाम हुदा सम्म हैन यो देशका क्रान्तिकारी खेलकुद मन्त्रि कुन दुलोमा लुकेर बसेका छन् ?? सरकार किन एक सब्द बोल्दैन ??

    Reply
  5. xyz says:
    July 26, 2012 at 6:49 am

    After all he is a yonger brother of Mr.Kamal Thapa. These people have corrupted blue blood in their gene.

    Reply
  6. योगेश आदी, न्यूयोर्क says:
    July 26, 2012 at 5:10 am

    खेलकुदमा गीता गणेशको गुट,
    गुट – गुट पछी भयो फुट ,
    बल्ल बल्ल भयो एन्फा एकजुट,
    तर भित्र भित्रै हुँदो रैछ लुट !!!

    Reply
  7. गगने says:
    July 26, 2012 at 3:52 am

    मोरोले तेत्ति गरि सके पछी नेपालमा एउटा फुटबल गत्तिलो फुटबल स्टेडियम बनाउने पैसा पनि ओसुलेर ल्याई केहि काम देखैदियाको भय त हुने नि! आफुलाई र आफ्नै स्वास्नी छोरोलाई मात्र हसुरेछ! थुक्क!
    बेलैमा एउटा गणेश स्टेडियम बनैदेको भय त जेलने गयापानी नाम त स्टेडियममा सदा टासिने थियो नि!

    Reply
  8. Raju CHATERJEE says:
    July 25, 2012 at 11:11 pm

    गणेश थापा राजिनामा र कारबाही गर l

    Reply
  9. alex says:
    July 25, 2012 at 9:59 pm

    गणेश थापा जस्ता मान्छे ले गर्दा नेपाली खेल को बिकाश हुन नसकेको हो … खेलाडीले भने diet खाने पैसा छैन तर एनी हरु crore खायर फूटबल फूटबल भन्दै रात दिन कुद्दै छन् यो त बाहिर आको मात्र हो यस्ता त कति छन् कति काण्ड ….टाउके हरु ले गर्दा नै विचरा खेलाडी जति खेले पनि मेडल लेयौना नसकेका…..

    Reply
  10. Jenish says:
    July 25, 2012 at 8:46 pm

    गणेश थापा भन्ने मान्छे आइले हो र? मेरो बाजेको पाला देखि घुष खाएको कुरा मा संगलग्न थियो!

    Reply
  11. Chetan Nepali says:
    July 25, 2012 at 8:39 pm

    अबत भेडा जनताले प्रस्ट रुपमा बुझ्ने होलानी किन थापकाजीहरु ज्ञाने लै ल्याएर राजतन्त्र फर्कौ भन्दो रहेछ भनेर !

    यो अहिले कलि युग हो पाप धुरी बाट करौछ “हिजोको आजै तिर्न पर्छ” सबैलाई चेतना भय !! कर्म अनुसारको फल त पाउनु नै पर्यो नि, प्रकृतिको नियम अनुसार !!

    Reply
  12. Dhir says:
    July 25, 2012 at 8:11 pm

    हाम्रा नेता भनाउदाहरु नै त्यस्ता भएपछी गणेशेले पनि त्यसैको सिको गरेका होलान|
    प्रदिप नेपालले ओलम्पिक हेर्न मन्त्रीको जागिर छुटिने भएपछी पनि आफै र पत्नीलाई समेत बेजिंग लगे| दीपक बोहराले कोपेनहेगनमा वातावरण महासम्मेलनमा जात्रा गरेर सपरिवार लगे| प्रचण्डको छोराको कम्प्युटर अपरेटर भनेर अमेरिका भ्रमणमा गए बाबु संगै प्रधान मन्त्रि भएको बेला| गिरिजा र सुजाताको कति कुरा गर्नु?
    सबै मौकामा चौका हान्ने मात्र छन्| जता हेर्यो तेतै लथालिंग, भताभुंग|
    अब हेरम गणेशलाई के कारवाही गर्दोरहेछ|

    Reply
  13. dilip gurung says:
    July 25, 2012 at 6:55 pm

    हाम्रो देशमा स्वच्छ छबिको मान्छेहरुको खडेरी परेकै हो त?

    Reply
  14. Resham says:
    July 25, 2012 at 4:58 pm

    आफ्नो छोरा छोरी भतिज श्रीमतीको बिकासमा लागेकोले देशको विकास नभएको यहाँ. खोइ के दिनमा एस्त खबरहरु सुन्नु र पढ्न पाइन्छ हौ गाठे?

    Reply
  15. Kesharjjang says:
    July 25, 2012 at 4:39 pm

    यतिका खबर सामुन्ने आएपछि अरु छानबिन नभएसम्म गणेश थापामा अलिकति पनि नैतिकता र जिम्मेवारी बचेको छ भने तुरन्त राजीनामा दिनपर्छ|
    एक लाख डलर कसरि भित्रियो र करमा रिपोर्ट गरियो कि गरिएन र फिर्ता तिर्दा कसरि तिरियो त्यसको पनि छानबिन हुनपर्छ|
    खेलकुद मन्त्रि को हुन्? होला हिम्मत गणेश थापालाई निलम्बन गर्ने? सके आफै खान खोज्दा हुन्|

    Reply
  16. Sisir says:
    July 25, 2012 at 4:25 pm

    गणेशको दुइटा मुख हुन्छ , भुडी पनि ठुलो हुन्छ … प्रमाडीत गर्यो एसले …
    काठमाडौँ दोहा २ (राउण्ड ट्रीप होला ) टिकेटलाई $४३६६ ??? टिकेटको पैसामा पनि थापा साहेबले ठुलै हात साफ गरे जस्तो छ …

    Reply
  17. prajwal says:
    July 25, 2012 at 4:09 pm

    टाउकै दुख्यो बा ……. होइन हो नेपाल मा म बाहेक सबै ले पैसा कुम्लाएका छन् …….. .. मैले के गर्ने होला …………
    नेपाल मा हक्की खेल सुरु भाको छैन कि हो एउटा टिम अनि यसको पनि एउटा संगठन खोल्नु पर्यो . . मैले पनि येसो $$$$$$ लाख पाउछु कि …..

    जय लक्ष्मी माता …….

    Reply
  18. सैलेश पौडेल,पोखरा says:
    July 25, 2012 at 3:52 pm

    गणेश जी , यो लाख डलर बाट माओबादी पार्टी मा चाही कति जान्छ ? खाट्टी कुरो बताई दिनु न ..

    Reply
  19. lalanath says:
    July 25, 2012 at 2:53 pm

    बास्तबमा भन्नु पर्दा नेपालको जग, भनौ वा संस्कृति वा चलन वा परम्परा नै खराब रहेछ (थियो अनि छ) जो लोभी, स्वार्थी, अपराधि, निच काम गर्न पछी नपर्ने, दानबिय स्वभावका व्यक्ति र समाज को उत्पादन तथा सुरक्षा गर्यो अनि गरिरहेछ.

    अपवादमा १, २ जना असल होलान तर ३ करोडमा १, २ को के अर्थ?????

    आखिर गोमनको बच्चा गोमन नै हुन्छ तर कम्तिमा त्यो बिस निस्कने दात निकालिदियेपछी गोमन पनि घरमा राख्दा केहि समस्या हुन्न. हामी नेपालीको बिस केमा छ?? पत्ता लगाएर तेस्लाई निर्मुल पारौ ताकी मेरो उन्नति होइन नेपालको उन्नति भएको होस्.

    Reply
  20. Ingwaba says:
    July 25, 2012 at 2:13 pm

    भ्रष्टाचारको सुरुवात ‘मन’बाट हुन्छ । मन सँस्कारद्वारा तालिम प्राप्त गर्दछ । रामायन र माहाभारत लगायत अनेकौँ (पूर्विय वा पाश्चात्य) ग्रन्थहरूले जालझेल गर्न जान्ने (चलाख बनिने)लाई नायक भनिने गरेकोछ । यिनै नायकहरू सँस्कारका एक स्रोत हुन् । जसले गर्दा अरुभन्दा ‘चलाख’ बनेर ठग्नु पर्छ, मूर्ख बनाउँनु पर्छ अनि पो आफ्नो नाम उच्च हुन्छ भन्ने सिकाउँछन् ।

    सँस्कार दिने अर्को स्रोत वाल्यकाल देखि ‘आमा’ हुन् । आमाहरूले ‘उन्नती गरेस् धेरै पैसा कमायेस्’ भनेर आशिर्वाद दिन्छन् । ‘धेरै’ पैसा कमाउँनु पर्ने मानसिकता बनाएर वच्चा हुर्कन्छ र कमाउँन सक्ने उमेर पुगेपछि भ्रष्टाचार गरेरै भए पनि उ पैसा कमाउँछ ।

    त्यस्तै गरेर नातागोता, छरछिमेक, गुरु-कुटुम्ब र सरकारी प्रणाली सबैले जसरी पनि कमाउँने मानिसलाई ठूलो ठान्छ । जसले गर्दा मानिस भ्रष्ठ हुने गर्दछ ।

    Reply
  21. tuyoo bhaju says:
    July 25, 2012 at 1:42 pm

    यहाँ कुरो व्यक्तिको मात्र उठ्दो छ . वास्तवमा केलाउने हो भने , कसैले यी र यस्ता अनीति , अधर्म र अपराध गर्ने भनेको उपयुक्त वातावरण र संस्कृतिक प्रचलन ले नै बढी उक्साएको फेला पर्छ .
    तसर्थ , मुख्य कुरो कालो-धनले मात्तिएका ‘ भलादमी ‘हरुको सामाजिक वहिष्कार गर्ने हिम्मत र सोच विकाश गर्नु नै सबैको ध्यान केन्द्रित हुनु जरूरी देखिन्छ.
    छोटकरीमा , तडक-भदकलाई हेला ### सोजो-सरललाई मन-वचनले नै सम्मानपूर्वक भेला गर्ने गराउने राम्रो र नयाँ ‘ संस्कृति ‘ को जग हाल्ने काम निकै ढिलो भै सकेको याद गरौँ .

    Reply
    1. Debendra says:
      July 25, 2012 at 4:30 pm

      तपाइको कुरो कटु सत्य हो, तर हामी सबै तर मार्न लागि परेका हुन्छौ, अनि मौका पाउनासाथ अरु तिर औला ठडाउदछौ /
      प्रधानमन्त्रि देखि पिउन सम्मले मौका पाउँदा चौका हानेका खबरहरु सुनिए-देखिएकै हुन्,/ भ्रस्टाचार निवारण को प्रक्रिया अब हामी ले हामी आफैबाट सुरु गर्न जरुरि छ / त्यसपछि बल्ल आउछ भ्रस्टाचारीहरुको बहिस्कार गर्ने कामको सुरुवात गर्ने समय/ सबैजनाले मन बचन र कर्म ले आफुले भ्रस्टाचार नगर्ने संकल्प गरौ र त्यसपछि भ्रस्टाचारी (जो कोहि हुन्) लाई बहिस्कार गर्न एकजुट हौ /

      Reply
  22. sujan says:
    July 25, 2012 at 1:32 pm

    गणेश थापा भन्थे ” हामीले त पाएनौ अब तिमीहरुको पालो” गाँठी कुरो अहिले पो बुझियो, विश्व कप मा खेल्न नपाएर के भो, आम्दानी त टन्न हुने रहेछा!!!

    Reply
  23. Suraj says:
    July 25, 2012 at 1:26 pm

    Netra Jee you are absolutely right, हामी नेतालाई मात्र देश बिगारे बिगारे भन्छौ तर हामी सबै मा के लत बसेछ भने पाएको ठाउँ मा कोहि कसैले छोड्दैन न तपाई न म न नेता न कर्मचारी न कोहि….. I think we need autocracy in our country….

    Reply
  24. Bishnu Chapagain says:
    July 25, 2012 at 1:21 pm

    को भन्दा को कम , अब एसको पनि मन्त्रि हुने योग्यता पुग्यो . भट्टराई ले सिधै युवा तथा खेलकुद मन्त्रि बनाइदिए हुन्छ.

    Reply
  25. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    July 25, 2012 at 1:10 pm

    नेताले, नेताका छोरा छोरी, स्वास्नी तथा आफन्त ले मात्र खान्थे अब खेलाडीको सम्म आइपुग्यो बिस्तारै बिस्तारै हाम्रो खातामा पनि डलर आउन सक्ने सम्भावना बढेको जस्तो छ बैंक खाता नभएकाले बैंक खाता खोलौं है / कि कसो?

    Reply
  26. Netra P. Paudyal says:
    July 25, 2012 at 12:51 pm

    यो र अरू पनि हाम्रा दैनिक खबर हेर्दा, पढ्दा र सुन्दा मलाई कस्तो लाग्यो भने यदि कोहि ठाउँमा छ र मौका पायो भने झ्याप पारिहाल्ने । अाफ्नो गोजी भरिहाल्ने, अरु जाउन भाँडमा के मतलब । देशका लगभग सबै निकायहरूमा खुल्लमखुल्ला भ्रष्टाचार ब्याप्त देखिन्छ । निजि क्षेत्र अगाडि अाउदै त छ तर उसमा पनि इमान-जमान कम छ ! यिनीहरूपनि सबैको ढाड सेक्ने गरि चर्को सेवा सुल्क असुल्न तयार छन् (हेर्नुस अहिलेका निजि स्कुल, कलेज, हस्पिटल) । जस्ले जति कमायो समाजमा उस्को ईज्जत त्यति बढ्छ, कमाईको स्रोत कहि कतै खुलाउनु पर्दैन ।

    बिदेश तिरको जस्तो National ID लागु गरि सबैको अायस्रोत र कमाईको लगत राख्ने । कसैको धेरै रकम देखिएमा तुरुन्त छानबिन गर्ने र अायको स्रोत माग्ने । तीन चार वटा जागिर गर्दै अाएको भए, उसलाई पुग्ने र चाहिने जागिर मात्र उसलाई दिएर वाकि काम अरु, काम नपाएकारूलाई दिने (हेर्नुस कतिपय मान्छेहरूले २-३ वटा सम्म जब गर्दै अाएको हामीले देखेका छौ ।) यस्ता काम गर्ने सकेमा राम्रो हुने थियो । तर कस्ले गर्ने, यो मैले यहाँ लेखेको कुनै नौलो कुरा त होईन, सबैलाई थाहा भएकै कुरा हो ।

    अब अाफ्नो ठाउँबाट हामी सबैले सकेको सहयोग गरौ, देशमा असल सुशानको बिकाश गरौ !

    Reply
  27. Resham says:
    July 25, 2012 at 12:41 pm

    गणेश थापाले हमाम बाट रकम त मजाले लिएछन, अब येश्मा त हमाम ले दियो लियो / नेपाली फूटबल छेत्रको बिज्जेत नहोस / तेती नै हो/ कि कसो?

    Reply
  28. anuj says:
    July 25, 2012 at 12:37 pm

    जय गुरु गणेश
    (जेलको) भित्ता मा अडेश

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme