Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विद्यार्थीलाई के भन्ने, गुरु नै यस्तो भएपछि..

Posted on December 12, 2013December 12, 2013 by Salokya

बजारमा थेसिस बिक्रीमा राखिएको विज्ञापन देखिन्छ र विद्यार्थीहरु थेसिसमा चोरी गर्छन् भनेर के चिन्ता गर्नु, जब गुरुहरु नै यस्ता काम गर्छन्। टियु र केयुका चार जना गुरुलाई चोरेको आरोपमा सजाय दिइएको छ। एक जनाले त थेसिसको कभरमात्रै परिवर्तन गरेका रहेछन्। हेर्नुस् युजिसीको विज्ञप्ति।

UGC

20 thoughts on “विद्यार्थीलाई के भन्ने, गुरु नै यस्तो भएपछि..”

  1. ekraj says:
    December 14, 2013 at 2:24 pm

    यसरी मेहनतै नगरी कन सर्टिफिकेट हात लगुना बानी परेका नेपालीहरुले, बल्ल थाहा पौछां, जब उनीहरुको डिग्री बाहिर गए पछि, ट्वाइलेट सफा गर्ने काममा पनि बिक्रि नहुदा|

    Reply
  2. Bidnod Marasini says:
    December 14, 2013 at 5:05 am

    कान्तिपुर को लेख र Nature, JACS or APS or अरु कुनै जौर्नल मा प्रकासित पपेर को एउतै evaluation हुने University मा के नै आस गर्न सकिन्छ र.

    Reply
  3. कविन्द्र says:
    December 13, 2013 at 7:33 pm

    अब चलखेलको पोल खोल्दै जाने हो भने त्रि बि बि र योजना आयोग अनि मन्त्रालयहरुमा कति जना पीएचडी छन् र कुन तरिकाले गरे त्यो अनुसन्धान भयो भने भन्डाफोर हुन्छ| आफ्नो नाउँको अघि डा. लेख्न आतुर यी भ्रष्टहरुले प्राज्ञिक क्षेत्रमा पनि कोहोलो मचाएका छन्|
    प्रशासन र राजनीतिका पहुँचमा रहेका बाबु आमाले छोरा र छोरीलाई लेखिदिनु र लेख्ने मान्छे खोजिदिनु, मेटेरियल जुटाउने र जुटाईदिने निहुमा सम्पूर्ण थेसिस नै नकल गराईदिनु र अर्काले लेखाईदिनु र थेसिस हेर्नेलाई प्रलोभन दिनु सामान्य कुरो हो|
    झन स्वीडेन, फ्रान्स आदि मुलुक मा गएर सरकारी कर्मचारी वा कर्मचारीका नाताहरुले सरकारी मेटेरियल प्रयोग गरेर सहज तर अस्वाभाविक रुपमा पीएचडी गर्नेहरु हाम्रो देशमा कति छन् कति|
    त्यस्तामा पनि अध्यापन गराउने हरु को अनुहार देखे राम्रो संग हेर्नु होला|
    हाम्रो योजना आयोगमा सिन्कहोल उहिले देखि आएको कारण पनि यही हो| डिग्री छ
    पीएचडी, काम चै खत्तम|
    एकका दुक्का डा हर्क गुरुङ हरु जस्ता कैले काँही फेला पर्छन अरु सबै झुर र महाझुर भने हुन्छ|

    Reply
  4. sumi says:
    December 13, 2013 at 3:46 pm

    Respected all Guru,

    कहिले आउछ हाम्रो गुरुहरुले हाम्रो shiksha मा गर्ब गर्ने दिन. गलत गुरु हो कि चेला? स्तुदेंट्स को मेहनतको मुल्यांकन गर्ने गुरुहरुको यहि शिक्षा हो त?
    हामी गर्ब गर्न चाहन्छु हाम्रो शिक्षय मा तर गुरुहरुको गुरुत्व ?

    Reply
  5. Abhishek says:
    December 13, 2013 at 3:45 pm

    गुरुभन्न पनि लाज लग्यो हो सरहरु ! त्यस्तो हद सम्म त रसायन शास्त्र केन्द्रिय विभागको बेइजत गर्नु त भएन नि हो केदार सर ..! हुन त तपाइको खुरापाती दिमाग बाट अपरिचित मान्छे हरु त कमै होला तपाईले department head बाट राजिनामा दिंदा राम्रो हुन्छ…

    Reply
  6. Anamol says:
    December 13, 2013 at 9:26 am

    Research एथिक को बारेमा ज्ञान नभाको ले गर्दा एस्तो भा को हो. PhD त गर्नु भयो तर Research एथिक के हो त्यो सिक्नु भयन. अझ Prof हरु को PhD थेसिस हेर्ने हो भने कति अरुको सर्नु भा को होला. Dr केदार घिमिरे त central department of chemistry का head पनि हुन् जस्तो लाग्छ.

    Reply
  7. Dhan Raj Bhattarai says:
    December 13, 2013 at 8:58 am

    यस्ता धेरै चोरहरु छन् नेपाली शिक्षण पेसामा, जसको नाम बिस्तारै आउने आशा गर्ने ठाउँ बन्यो/ बल्ल सुरु वायो यस्ता चोरहरुको मुखुण्डो खोल्ने प्रथा, मलाई सरो मन पर्यो /

    Reply
  8. डिल्ली says:
    December 13, 2013 at 7:52 am

    यस मामिलामा गुरुहरू दोषी अवश्य छन् र उनीहरूलाई तर यस्तो कार्य गर्न भने विगतका घटनाक्रम र युजीसीले आफ्नै बेतुकको अङ्कुसले समेत प्रेरित गरिरहेको छ ।

    १) गुरुजीहरू चरम राजनीतिबाट लाभको पदमा पुग्नु र त्यसैको बलले प्राद्यापक बन्नु । र त्यही पदका बलले युजिसीको ग्रान्ट हातपार्नु । यस्ता गुरुका राजनीतिक प्रशिक्षक साँसद महापुरुष महोदयहरूले सुत्केरी भत्ता पचाएको नजिर हुनु ।

    २) अर्काको थेसिस, प्रतिवेदन, र आर्टिकल छल-कपी-पेस्ट, छोपछाप र फोटोकपी गरी विभिन्न आयोगमा बुझाउनु र गुरुजीहरूले लाभको पद पढ्काउनु ।

    ३) पहिले बुझाएका प्रतिवेदनहरू अनुसन्धानकर्ताहरूको पहुँच बाहिर राख्नु र पाठकले पढ्न नपाई दराजमा थन्क्याएर राख्नु वा लुकाउनु ।

    ४) युजिसी आफैँले नानाभाँतिका आर्थिक नियमका लफडा तेर्स्याएर अनुसन्धानकर्तालाई सोचे जस्तो अनुसन्धान गर्ने वातावरण नै सृजना गर्न नदिनु । अति आवस्यक अनुसन्धान खर्च समेत बेरुजु पारिदिनु । स्थलगत अद्ययनकालागि अति दुर्गम स्थानमा जाँदा झुप्रे वा छाप्रे होटलमा लागेको लजिङ खर्चको समेत भ्याटबिल वा प्यान विल माग्नु । भरिया वा खच्चरले भारी बोकेको समेतको विल माग्नु, झुलाउनु र पेश्की बेरुजु पारिदिनु ।

    ५) प्रोपोजल र अनुसन्धानको प्रकृति र आवस्यकतासम्मत विषयमा अनुसन्धान सहयोग नदिनु र पहुँचका भरमा अनुदान दिनु ।

    ६) युजिसीले राम्रो, नयाँ र उत्कृस्ट प्रतिवेदन र अन्तरराष्ट्रिय जर्नलहरूमा प्रकाशन गर्न सक्ने छ वा छैन को आधारमा रहेर मुल्याङ्कन गर्ने परिपाटि बिकास नगरी आर्थिक नियमलाईमात्र जोड दिनु ।

    ७) १० लाख दिइने भनेको इन्स्टि्युसनल ग्रान्टको १५ प्रतिशत उसले पहिले नै काटेर ८ लाख ५० हजार मात्र दिन्छ । तर अनुसन्धानकर्ताले विल चाहीँ १० लाखकै बुझाउनु पर्छ ।

    अनुसन्धानकर्ताले जुन उत्साहका साथ युजिसिको आर्थिक सहयोग लिएको हुन्छ उस्ले चाहेको अति आवस्यक विषयमा समेत युजिसिले गर्ने काममा अप्रत्यक्ष बन्देज लगाइरहेको हुन्छ । सोझो रुपमा काम नगर, विल मिलाउ पैसा दिन्छु खाउको नीतिले यस्ता गुरुहरूको जन्म भैरहेको छ ।

    Reply
  9. rayan says:
    December 13, 2013 at 6:15 am

    कुरा के हो भने, यो पहिले देखि चल्दै आएको खेल हो . तपाई हरु ले जो कृष्ण मानन्धर को कुरा गरि राख्नु भा छ , उल्लाई पनि थाहा छ , मंगला मानन्धर department head हुदा कति सम्म र कस्तो कस्तो research मा पैसा खान्थे These people ? यो chemistry को मात्रै होइन physics, botany, Zoology, microbiology and others, सबै मा यस्तै हो. २५००० पैसा ले घंगरु को लट्ठी काट्ने भन्दा अरु काम केहि हुदैन. यो UGC क मान्छे ले commision नापेर र department का अरु प्रोफ. हरुले खान नापेर हो अरु केहि होइन.

    Reply
    1. डिल्ली says:
      December 13, 2013 at 2:53 pm

      १००% सही कुरा । यो प्राडासँग भएको डा को अर्थ चाहीँ डाका भन्ने लगाए पनि हुन्छ । कृष्ण मानन्धर र मङ्गला मानन्धर एण्ड कम्पनी आफैँले त्यही गरेका कति घट्ना बाहिर आएका छन् । यौटा विभागका विद्यार्थीले गरेको रिसर्चको डाटा थाहै नदि आफ्नो नाममा जर्नलमा उनीहरूले छापेको घट्ना २ वर्ष पनि पुगेको छैन । त्यसैले यो रिसिबी साँध्न उनले अहिलेकालाई खराब देखाउन बाहिर ल्याएको मात्रै हो कति न विज्ञको नाटक गरेर । यो नौलो रोग नै हैन । अहिलेका गुरका महागुरु त प्राडा मानन्धरद्वय नै हुन । अहिलेका गुरुले त आफ्नै कामको कपी पेष्ट गरे जस्ता छन् तर यी एक्सपर्ट त अर्काकैलाई आफ्नो बनाउन भ्याउथे । चेलालाई चोर बन्न त गुरुकै देन छ है । यिनै मानन्धर हैनन् र नास्टका पुराना सदश्य सचिब र प्लस टूका हेल्मेट प्रोफेसर ? अरुलाई प्लस टू पढाउन जान पाउँदैनौ भन्दै प्लस टूको हेल्मेट भिर्ने पनि यिनै हुन् जस्तो लाग्छ यी अहिलेका विज्ञ कृष्ण मानन्धर ।

      Reply
  10. Sanjaya says:
    December 13, 2013 at 12:55 am

    यी गुरुहरुका बारेमा जान्नका लागि http://www.cdctu.edu.np/

    Reply
  11. nishcal sharma says:
    December 13, 2013 at 12:05 am

    सधै जर्मनको खोइ कुन चाहिं मन्त्रीले PhD थेसिस चोरेको भनेर सधै सुनाएर हैरान गर्थे; अब हाम्रा पनि कम छैनन् भनेर उदाहरण गर्न पाइने भयो.

    Reply
  12. rajat sharma says:
    December 12, 2013 at 11:18 pm

    बूढाहरु ले यो result आउना साथ dictionary पल्टाएर plagiarism को अर्थ खोजे होलान .म UK को UNI masters गर्न आए पछि first lesson plagiarism AND TYPES थियो. qUALITY EDUCATION एस्तो कुरा ले असर गर्छ, mahango fees le haina.

    Reply
  13. bipin says:
    December 12, 2013 at 10:05 pm

    युनिभर्सिटी ग्रान्टले गरेको निर्णय सही छ । तर मुख्य प्रश्न यो घटनापछि सम्बन्धित विश्वविद्यालयहरुले यिनीहरुको डाक्टर वा प्रोफेसर टाइटलमाथि पुनर्विचार गर्छ कि गर्दैन भन्ने हो । जर्मनीको शिक्षामन्त्रीले त मन्त्रीको पद र डक्टरेट उपाधी दुवै गुमाए । फरिद जाकारीयालाई पनि सीएनएनले निलम्बन नै गरे । अब यी महाशयहरुले युनिभर्सिटी ग्रान्टबाट पैसामात्रै लिन नपाउने निर्णय मात्र गरेर भविष्यमा plagiarism रोकिएला र?

    Reply
  14. Bhakta Gurung Boston USA says:
    December 12, 2013 at 9:10 pm

    ” … नेपालमा के भई रहेको छ; जे मन लाग्यो त्यहि! छि छि ! धनपति सुबेदी त मेरो त्रि.वि.वि. कृतिपुर, शिक्षा संकायको( अंग्रेजी विभागको) सहपाठी ! जे पनि हुने भएकोले उसले पनि गलत हर्कत गर्न पुगेछ, बिचरा, धनपति !!!”

    Reply
  15. Max Thapa says:
    December 12, 2013 at 8:17 pm

    यति ले मात्र हुन्न, तिनलाई सिक्षण पेशाबाट पनि हटाउनु पर्छ | नत्र त जे गरे पनि छुट भैहाल्यो नि | खोइ त कडा सजाय?अनि तिनले लिएको पैसा मा सय प्रतिसत थप र ब्याज सहित असुल्नु पर्छ |तब पो अरुलेपानी डर मान्ने छन् यसरि चोर्न |

    Reply
  16. prawin says:
    December 12, 2013 at 8:16 pm

    not just in black list, these so called professors should be fired from their job, and should be taken to custody…Shame on them…

    Reply
  17. dor prasad says:
    December 12, 2013 at 7:57 pm

    गुरुहरु नराम्रो संग फसे …. गुरु नै येस्ता भएपछी के गर्ने .

    UGC ले पनि अचम्म पैसा बाद्छ …. ४-५ बर्स अघि रु २५,००० research गर्न ?? ल बन्नुहोस २५,००० के को अनुसन्धान हुन्छ यो जमाना मा ??

    सबै ले यो रकम लिदैनन, जसले लिन्छन, उनीहरु ले कि त – एस्लाई प्रोफेस्सोर हरुले पाकेटमनि मान्छन कि त अरु funding मिलायर research गर्छन …

    UGC ले research को लागि उपुक्त fund र research को राम्रो मुलायाकन र निगरानी गरोस ….

    Reply
  18. Durga says:
    December 12, 2013 at 6:26 pm

    Salokyaji, they have copied their own text (without proper citation), not others’ as you have mentioned . This is also a form of plagiarism

    Reply
    1. dor prasad says:
      December 13, 2013 at 1:11 am

      Reports are internal documents and same report can be submitted to multiple agencies if supported by multiple agencies (with proper citation), and then also be published …. I think the bigger problem with UGC is they are not serious about money needed for genuine research in science and technology rather has been a place for getting spare money for professors. This come to surface may be due to conflicts between the examining experts and the persons receiving grants …

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme