एक पटक इतिहास सम्झिउँ है।
२०३० साल जेठ २८ गते बिहान ८ बजे शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान विराटनगरबाट काठमाडौँ उड्दै थियो। त्यसमा यात्रुहरु मात्र हैनन्, नेपाल राष्ट्र ब्याङ्कको ३० लाख भारतीय रुपियाँ पनि थियो। पूर्व क्षेत्र र भारतबाट जम्मा हुने त्यो रकम काठमाडौँस्थित राष्ट्र ब्याङ्कको केन्द्रीय कार्यालयमा ल्याइँदै थियो। विमानमा सशस्त्र क्रान्तिका लागि खर्च जुटाउन हाइज्याक गर्ने योजनाका साथ तीन जना कांग्रेस कार्यकर्ता चढेका थिए। गिरिजाप्रसाद कोइरालाको कमान्डमा सुशील कोइराला र दुर्गा सुवेदीले भारत, फारबिसगन्जमा बैठकपछि प्लेन हाइज्याक योजनालाई अन्तिम रूप दिएका थिए। कति रकम राजधानी लगिँदैछ, लैजाने प्रक्रिया कस्तो हुन्छ, कहिले लैजाँदैछजस्ता कुरा निकट रहेका राष्ट्र ब्याङ्कका कर्मचारीबाट लिइएको थियो। विमान उडेको केही बेरमै पाइलटको कठालो समातेर पेस्तोल तेर्स्याउँदै जहाजलाई भारतको फारबिसगन्जमा उतार्न भने। उतारेर रकम राखिएका तीन वटा बाकस निकाले। कांग्रेस कार्यकर्ताहरुले ज्यानै जोखिममा राखेर त्यो खतरनाक काम गरेका थिए। हङ्गामा भयो ३० लाख भारु लुटिएपछि।
अब वर्तमानमा फर्किउँ। ४० वर्षपछि आज देशको पश्चिमी छेउमा रहेको जिल्लास्थित महेन्द्रनगरबाट धनगढीतर्फ गाडीमा लगिएको नबिल ब्याङ्कको रकम समाचारमा सुनिए अनुसार निकै सजिलै लुटिएछ। अनि रकम पनि लाखमा हैन, करोडमा रहेछ। २ करोड ३० लाख ६० हजार आम्मामामा….!
यसरी लुटिएको रहेछ
त्यति धेरै रकम बोकेर गुडेको गाडीमा जम्मा चार जना चढेका रहेछन्- सुरक्षा गार्ड गंगादत्त भट्ट, ड्राइभर दिलबहादुर चन्द, सहायक स्तरका कर्मचारी सत्यमान तामाङ र नबिल ब्यांकका अडिटर शुक्रराज भट्टराई।
बाटोमा दुई ट्राफिक प्रहरीले गाडी रोकेर लाइसेन्स चेक गरेछन्। एक जना त गाडीमै चढ्न पो खोज्छन् बा। ब्याङ्कको गाडीमा कहाँ चढ्न पाइन्छ भनेर विरोध गर्दा पेस्तोल तेर्स्याएपछि बल्ल उनीहरुले चाल पाएछन्- यी ट्राफिकहरु त नक्कली पो रैछन्। अब उनीहरुले सबको हात बाँधे, आँखा र मुखमा पट्टी लगाइदिए। जंगलछेउ पुर्याएर पैसाको बाकस निकाले। पैसा लिन अरु पनि मोटरसाइकल चढेर आएका रहेछन्। सबले पैसा झोलामा हाले र कुलेलम ठोके। (विस्तृत विवरण, नक्सा र फोटो यहाँ क्लिक गरी हेर्नुस्)
कस्तो लापरवाही त बाब्बा !
त्यत्रो पैसा डेढ घण्टा टाढाको जंगलसमेत रहेको बाटोबाट लैजानु पर्दा समेत जम्मा एक जना गार्ड रहेछन्। त्यो पनि ब्याङ्ककै कर्मचारी हैन रहेछ, आउटसोर्सिङबाट ल्याइएका पो रे! ड्राइभर पनि आउटसोर्सिङवाला नै।
त्यही भएको एक जना गार्डसँग पनि भुत्ते खुकुरीबाहेक अरु केही हतियार रहेनछ प्रहरीका अनुसार। ल भो त अब। लुटेराहरुलाई भने कहाँबाट कति बजे कति पैसा कसरी आउँदैछ भन्ने एकएक थाहा रहेछ। ब्याङ्कका कोही न कोही नमिलीकन यति धेरै जानकारी लिन संभव होला र ?
आजभोलि यी निजी ब्याङ्कवालाहरुलाई आउटसोर्सिङ पो भूत चढेको छ। केही अघि तल्ला तहका कर्मचारीहरुले सेवा सुविधा बढाउन माग गर्दै आन्दोलन गरेपछि उनीहरुले ड्राइभर, सेक्युरिटी गार्डजस्ता सेवा अर्कै कम्पनीबाट अर्थात् आउटसोर्सिङबाट लिन थालेका छन्। हो, अहिले जमाना आउटसोर्सिङ कै छ। तर ब्याङ्क जस्तो सुरक्षामा संवेदनशील हुनुपर्ने संस्थाले महत्त्वपूर्ण विषय यसरी आउटसोर्सिङ गर्दा परिणाम कस्तो आउला त ? यो घटनाको बारेमा त अनुसन्धान भइरहेको छ। भोलिपर्सि यस्तै आउटसोर्सिङवालाबाट पनि यस्तै किसिमका अपराध नहोला भन्ने के ग्यारेन्टी ? आखिर उनीहरु ब्याङ्कका कर्मचारी हुँदैनन्, ब्याङ्कका कर्मचारीले भन्दा निकै थोरै तलब पाउँछन्। ब्याङ्कका कर्मचारीसरह सुविधा पनि पाउँदैनन। अनि धन देखेपछि महादेवको त तीन नेत्र खुल्छ रे।
आखिरमा बीमा भइहाल्छ !
आजको घटना त काठमाडौँभन्दा धेरै टाढा एकान्त ठाउँमा भएको छ। राजधानी मै कान्तिपथस्थित नबिल ब्याङ्कको शाखामै २०६१ साल मंसिर २९ गते एक १७ वर्षीय किशोर निरन्जन खनालले पुलिस भिनाजुको चोरेर ल्याएको पेस्तोलको भरमा ब्याङ्क लुटिदिए। टन्नै सुरक्षा गार्ड हुन्छन् त्यहाँ। तर एउटा पेस्तोलकै भरमा उनले ६० लाख रुपियाँ लुटे। पछि २०६६ सालमा उनै खनाल व्यापारीहरुको अपहरण गरी फिरौति माग्ने खतरनाक समूहका रुपमा देखिए।
ब्याङ्कको रकम स्थानान्तरण गर्दा वा यस्ता लुट डकैतको बीमा गरिएको हुन्छ। ब्याङ्कलाई क्षति भएको रकम बीमा कम्पनीले बेहोर्ने गर्छ। यही भएर पनि ब्याङ्कहरुले सुरक्षा व्यवस्थामा उति साह्रो ध्यान नदिएका हुन् कि! अचम्मै छ। करोडौँ रकम पनि एउटा खुकुरीको भरमा पठाउँदा रहेछन्। आउटसोर्सिङको एक जना खुकुरी बोक्ने गार्डबाट करोडौ रकमको सुरक्षा हुने ठान्दा रहेछन्।
गार्ड बहादुर भएर लुट्न नसक्दा
र, जाँदाजाँदै नबिल ब्याङ्कको एउटा असफल डकैति कान्डको सम्झना पनि।
घटना थियो २०६३ जेठ १७ गतेको। बिहान साढे ११ बजेतिर काठमाडौँको जोरपाटीस्थित नबिल बैंकमा हतियारसहित १५ जनाको समूहमा आएका व्यक्तिहरुले बैंकमा लुटपाट गरे। भाग्ने क्रममा हतियारबाट फायर खोली भाग्दै गर्दा बैँकका गार्डले पनि प्रतिकार गरेका थिए।
बैंक डकैतिलाई असफल पार्ने बैंकका बहादुर सुरक्षा गार्ड ५६ वर्षका प्रेम तामाङ घाइते भए। उपचारका लागि लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो।
हेर्नुस् त्यतिबेलाको भिडियो-
त्यतिबेलाको ब्लग हेर्न यहाँ र फोटोहरु हेर्न यहाँ क्लिक गर्नुस्।
[आजको २ करोडभन्दा बढी रकम त्यसरी लुटिनुमा तपाईँ कसको दोष देख्नुहुन्छ ? ब्याङ्कले त्यसरी रकम पठाउँदा कस्तो सुरक्षा व्यवस्था अपनाउनु पर्थ्यो? आजभोलि निजी र सरकारी ब्याङ्कहरुले अपनाउने सुरक्षा व्यवस्था तपाईँलाई कस्तो लाग्छ? आफ्नो विचार छोटकरीमा तल कमेन्टमा लेख्नुस्]
सुरक्षा िबषयमा कुनै सम्झौता गर्न हुंदैन थ्यो ।
बैंक कै लहपर्बाही हो / कतै बैंक कै कर्मचारी को सम्लंग्नता मा भयेकोता होइन यो काण्ड ?
१०० % बैंक को कर्मचारीहरु को मिलेमतो मा पैसा लुटेको हो ! एस मा कुनै २ मत छैन !
बैंकको सुरक्षा के कस्तो भन्दा पनि यो लुट बैंककै कर्मचारीहरुको मिलोमतोमा भएकोमा भने शंका छैन . किन कि तीनजनाको मोबाइल लानु १जनाको भने छोडेर जानुले नै देखाउंछ .
ओहो कस्तो सित जुधेछा यो घटना अनि ४० वर्ष अघिको घटनासंग / ४० बर्षो अगाडी को plane hijacker अब आखिर मा आएर प्रधान मन्त्रि हुने होला नि अब को सरकार प्रमुख येदि माथि उल्लेखित घटना सहि हो भने ( ४० वर्ष अघि को ) . त्येसको मतलब हाम्रो देश कता जान्छ भन्ने कुरा को अग्रिम सूचना दिएको होला . साएद येही लुटेरा हरु ४० बर्ष पछि नेपाली को बरिष्ठ नेता हुने होला कि? नत्र त यो तेती राम्रो घटना होइन..
आशा छ लुटेरा हरु छिट्टै समाइनेछ
म त भन्छु खिल राज ले मन्त्रि मण्डल को chairman को seat give up नगरुन.
एउटा काहानी:
बैंक मा ५० लाख जती गडबड भएछ । म्यानेजर लाई tension. । एक दिन बैंक लुटिएछ रु २५ लाख जती। अनी म्यानेजर ले लुटेको हिसाब देखएछ रु १ करोड । ५० लाख गडबड बह्एको रकम नि आयो, आफ्नो खल्ती मा नि अर्को ५० लाख नि आयो। म्यानेजर खुशी, बैंक ले बिमा बाट रकम पायो बैंक नि खुशी। सब लाई खुशी। तर चोर लाई tension भएछ। अनी आफ्नो partner लाई भनेछ – म पुलिस को म जान्छु, अनी भन्छु हामीले जम्मा २५ लाख मात्र लिएको हो, त्यो नि ज्यान को बाजी थपेर, तर यो मुला म्यानेजर ले १ करोड भन्यो । अनी partner ले सम्झाएछ । ” हेर भाई हामीले पढेका छैनौ , तर त्यो म्यानेजर ले त टन्नै पढेको छ नि। धेरै ठुलो डाँका हुन नि धेरै पढ्नु पर्छ अनी लुट्दा खेरी हामीले जस्तो ज्यान को बाजी नि थाप्नु पर्दैन बुउझ्यौ ।
यो कर्तुत को वास्तविक रहस्य त सिग्र बाहिर आउला / तापनि बैंकले आफ्नो कर्तुत लाई छुपौउना मअन्चन गरेको नाटक मात्र हो जस्तो लाग्छ मलाई /
बिष्णु अधिकारी
इन्सुरेन्स को पैसो पनि झ्वाम पार्ने, आफ्नु पैसो पनि लुटेको जस्तो गर्ने अनि भित्र भित्रै सेटिंग मिलाएर खाने दाउ हो जस्तो देखिन्छ ब्याङ्कको / चलचित्र “लोभीपापी”मा मह ले गरेको अभिनय जस्तो अभिनय हो ? ब्याङ्कले येसरी ठाउसारी गर्ने पैसाको क्रमसंख्या (serial number) टिपेर रेकर्ड राख्ने हो भने कसले लुट्यो भन्ने थाहा पाउन सकिन्छ / उहिले मेरा बाजे राणाकालीन पुर्बी नेपालको जिम्मावाल थिए, मेरा बा आमाबाट सुने अनुसार गाउमा कर तिरेको पैसा काठमाडौँमा बुझाउन लानुपर्थ्यो / भरियालाइ बोकाएर १५ दिन पैदल हिडेर पुग्नुपर्ने काठमाडौँमा पैसो लादा के गर्दा हुन्? कागजी नोटहरुलाइ बिचमा कैचीले काटेर आधा एउटा समूहसंग अनि अर्को आधा अर्को भरियाको हुलसंग पठाउने गरिन्थ्यो रे / अनि काठमाडौँ पुगेर सबै पैसालाइ नेपाली कागज पछाडीपट्टि टासेर (टेप नपाउदो हो उबेला) दाखिला गरिन्थ्यो रे / उतिबेला तेस्तो ध्यान दिन्थे भने अहिले प्रविधिको जमानामा चाहेको भए गर्न नसकिने होइन /
छिटै यथार्थ कुरो थाहा हुने आशा गर्न सकिन्छ.
सान्चैको डकैति हो कि नाटकीय मात्र हो , जस्तो कि पहिले पनि भएको थियो.
भुत्ते खुकुरीको भरमा रु. २,३०,६०,०००/- अनि लुटिँदैन?
भन्ने शिर्षक ले सार्है मन दुख्यो , यो यस्तो बहादुर भुत्ते खुकुरी लाइ कृपया हामि सबैले समान दिनु पर्यो किनकी यही भुत्ते खुकुरीले गोर्खा को नाम पृथिबी को कुना कुना सम्म पुग्यो ….सोझा नेपालीले भुत्ते खुकुरी को भर मा भिक्टोरिया क्रस पाए यो ससार को इतिहास को पाना मा लेखियो यो ” नेपाल को गौरब .हो” भनेर …हामि सबैले यौ भुत्ते कुकुरी लाइ समान दिनु पर्द्छ …….अहा भुत्ते खुकुरी …धन्य धन्य तेरो बहादुरी … …!!!!
.
तर अहिले त् समय अनुसार यदी भुत्ते खुकुरी पनि बदमास भएको हो ……र …भिक्टोरिया क्रस….को ……अपबाद मा यो भुत्ते खुकुरी ले आफ्नो सैली बदलेर , पैसा लुट्ने …अपहरण गर्ने जस्ता कु : कार्य गर्न खोजेको हो भने “यो बेकुब हुदै गएको संकेत हो र यस भुत्ते कुकुरी लाई हामि सबैले कारबाही गरेरै छोड्नु पर्छ ता कि फेरी पनि यस्तो कु : कार्य नगरोस है !”
फिल्मी सैली मा पो लुटेछन त !!
Why always Nabil bank is looted? Is it for he insurance or something else?
बिगतमा कर्मचारीको नै मिलोमतोमा धेरै बैंकहरु लुटिएकाछन् | यस घटनाको प्रकृति हेर्दा सिधै अनुमान गर्न सकिन्छ , एउटा नाटक राम्रोगरी मन्चन भएछ |
एस्तो नाटक मन्चन लाइ पनी के राम्रो भन्ने राई जी दुइ चार दिन मै पताक्क्षेप हुने नाटक, राम्रो नाटक त तेस्तो होस् दुइ चार बर्षै देश नै रन्थनियोस /
दालमा कालो प्रष्टै देखिन्छ ।
बैंकको लापरबाही !
धेरै नै देखियो यस्ता लापरबाहीले लुटेरालाई प्रोत्साहन
गर्ने हुदा आइन्दा कडा सुरक्षा अपनाउनु पर्यो !
श्याम गिरी
”तँ कुटेको जस्तो गर् म रोएको जस्तो गर्छु” भन्ने उखान ठ्याक्कै मिल्यो ! तर ”कुटेको जस्तो गर्ने चाहिं भाग्यो क्यारे. रोएको जस्तो गर्ने मात्रै समातिएछन.
सबै लुटपाट नबिल बैंक मा नै किन ???? दाल मै कुछ काला है !!!!!!!!!!!!!!!!!