Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिएनएन, वासिङटन पोस्ट, ल मोन्द अब नेपालीमा

Posted on December 11, 2013December 12, 2013 by Salokya

cnn
माथिको स्क्रिनसट अमेरिकी समाचार संस्था सिएनएनको वेबसाइटको हो। सिएनएनको अङ्ग्रेजी भाषाको वेबसाइट तपाईँहरुले देख्नुभएको होला। नेपाली भाषामा सिएनएन त अहिलेसम्म देख्नुभएकै छैन होला। अब संभव भएको छ। गुगलले आफ्नो अनुवाद सेवामा आजदेखि नेपाली भाषासमेत थपेपछि अब केही शब्द वा वाक्यमात्र हैन, सिङ्गै वेबसाइटसमेत नेपालीमा अनुवाद गरेर हेर्न मिल्छ। मेसिनबाट गरिएको यो अनुवाद ठ्याम्मै भने मिल्दैन। बिस्तारै यसमा सुधार हुँदै जान्छ। त्यसैले जिस्काउनु भन्दा पनि तपाईँहरुले पनि यसलाई सुधार गर्न सघाउन सक्नुहुन्छ। तपाईँले जान्दै नजानेको भाषामा यतिको अनुवाद हुँदा पनि के भन्न खोजेको हो भन्ने भेउ पाउन सकिन्छ। उदाहरणका लागि तपाईँलाई फ्रेन्च भाषा केही थाहै छैन भने फ्रेन्च भाषाको प्रख्यात पत्रिका ल मोन्दको वेबसाइटमा लेखिएको कुरा तपाईँले छेउटुप्पा केही बुझ्नु हुन्न। तर गुगल ट्रान्सलेटले ल मोन्दको पेज यस्तो देखाइदिन्छ भित्र हेर्नुस्।
lemonde1

lemode2

अब आउनुस् एकचोटी वासिङटन पोस्ट कस्तो देखिन्छ नेपालीमा त्यो हेरौँ-
washingtonpost

अनि न्युयोर्क टाइम्स पनि हेर्ने हैन त ?
nytimes

अङ्ग्रेजी त धेरथोर अधिकांशले जानेका हुन्छन्। स्पेनिस वेबसाइट हेरौँ न त-
el
माथिको स्क्रिनसट एल पेरियोडिकोको हो।

गुगलले आजदेखि ८० वटा भाषामा स्वचालित अनुवाद सेवा सुरु गरेको हो। यसको मतलब ७९ वटा भाषामा लेखिएका सामाग्रीलाई तपाईँ नेपालीमा पढ्न सक्नुहुन्छ। अनि नेपालीमा लेखिएकोलाई ७९ वटा भाषामा अनुवाद।

एसियाबाट नेपालीसँगै पञ्जाबी र मंगोलियन भाषालाई अनुवाद सेवामा राखिएको हो।

कुन कुन भाषामा अनुवाद हुन्छ त?

  • Afrikaans
  • Albanian
  • Arabic
  • Armenian
  • Azerbaijani
  • Basque
  • Belarusian
  • Bengali
  • Bosnian
  • Bulgarian
  • Catalan
  • Cebuano
  • Chinese
  • Croatian
  • Czech
  • Danish
  • Dutch
  • English
  • Esperanto
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • Galician
  • Georgian
  • German
  • Greek
  • Gujarati
  • Haitian Creole
  • Hausa
  • Hebrew
  • Hindi
  • Hmong
  • Hungarian
  • Icelandic
  • Igbo
  • Indonesian
  • Irish
  • Italian
  • Japanese
  • Javanese
  • Kannada
  • Khmer
  • Korean
  • Lao
  • Latin
  • Latvian
  • Lithuanian
  • Macedonian
  • Malay
  • Maltese
  • Maori
  • Marathi
  • Mongolian
  • Nepali
  • Norwegian
  • Persian
  • Polish
  • Portuguese
  • Punjabi
  • Romanian
  • Russian
  • Serbian
  • Slovak
  • Slovenian
  • Somali
  • Spanish
  • Swahili
  • Swedish
  • Tamil
  • Telugu
  • Thai
  • Turkish
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh
  • Yiddish
  • Yoruba
  • Zulu

कसरी काम गर्छ यसले ?
यो मेसिनले गर्ने अनुवाद हो। लाखौँ करोडौँ डकुमेन्टहरुलाई हेरेर कुनै शब्दको बारेमा तपाईँलाई उपयुक्त हुने शब्द छानेर यसले देखाउँछ। ती डकुमेन्टहरुमा भने मान्छेले अनुवाद गरेका हुन्छन्। गुगल ट्रान्सलेटको काम कुन शब्दका लागि कुन अनुवाद गरिएको शब्द ठीक होला भनी अनुमान गरी प्रस्तुत गर्नु हो। यसलाई “statistical machine translation” भनिन्छ। मेसिनले अनुमान गरेर अनुवाद गर्ने हुनाले ठ्याम्मै अनुवाद गरेको मिल्नुपर्छ भन्ने हुँदैन। जति धेरै मान्छेले अनुवाद गरेका डकुमेन्टहरु गुगलले पाउँछ, त्यति अनुवाद सही निकट पुग्छ।

तपाईँ पनि सहयोग गर्न सक्नुहुन्छ
अनुवाद हेरेर हाँस्ने, उडाउने गर्नु एक ठाउँमा। तर तपाईँले फूर्सदको समय अलिकति यसमा लगाउनु भयो भने धेरैलाई सहयोग हुनसक्छ। अनुवाद सही बनाउन तपाईँले स्वयंसेवा गर्न सक्नुहुन्छ। अङ्ग्रेजी-नेपाली र नेपाली-अङ्ग्रेजी अनुवाद बारे तपाईँलाई ज्ञान छ भने यहाँ क्लिक गरी स्वयंसेवा गर्न सक्नुहुन्छ।

त्यसैगरी कुनै वाक्य अनुवाद गर्दा मिलेन भने त्यसलाई सच्याउने सुझाव दिनसक्नुहुन्छ। उदाहरणका लागि I am gorkhali लाई अनुवाद गर्दा म फिलिपिन्सबाट छु देखाउँछ।
gorkhali1

 

तपाईँ यसरी दायाँ छेउको मुनि रहेको बटनमा क्लिक गरी यसलाई offensive छ है भनेर जनाउ दिन सक्नुहुन्छ।

gorkhali2

 

त्यसैगरी शब्दमा क्लिक गर्दा त्यसले तपाईँलाई विकल्प देखाउँछ। यसमा छु हैन हुँ हुनुपर्ने हो, त्यसैले हुँ छान्नुस्।

gorkhali3

 

त्यसैगरी फिलिपिन्सबाट नमिलेकोले गोर्खाली छनौट गर्नुस्। अनि सेभ टु फ्रेजबुक गरिदिनुस्। त्यसपछि फ्रेजबुकमा गएर हेर्नुस्। त्यहाँ क्लिक गर्दा तपाईँलाई Is this translation better than the original? सोधिन्छ। हो भनेर सबमिट गरिदिनुस्।

जाँदाजाँदै माइसंसारलाई पनि विभिन्न भाषामा हेरौँ न त
अरबी भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्
चाइनिज भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्
बंगाली भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्
डच भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्
जापानी भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्
कोरियन भाषामा माइसंसार हेर्न क्लिक गर्नुस्

तयार हुनुहुन्छ त तपाईँ आफूले चाहेको अनुवाद गर्न? क्लिक गर्नुस् http://translate.google.com

19 thoughts on “सिएनएन, वासिङटन पोस्ट, ल मोन्द अब नेपालीमा”

  1. sanjeeb Yadav(USA) says:
    December 13, 2013 at 7:36 pm

    अब भने बल्ल नेपाली वेबसाइटहरुको अंग्रेजी अनुबाद गर्दा ” This page has been translated from Hindi to English” भनेको देख्नन नपर्ने भयो !!!

    Reply
  2. sanjeeb Yadav(USA) says:
    December 13, 2013 at 7:20 pm

    हाँस्नु नै पर्ने मित्रहरुलाई त लाफ योगा गरे हुन्छ I अन्यथा गुगलको यो कामलाई हामी नेपालीले आत्मै देखि धन्यबाद ज्ञापन गर्नु पर्छ I यसले अरु भन्दा पनि खाडी र मलेशियामा गएका नेपाली दाजुभाईहरुलाई धेरै सघाउने छ, जहाँ भाषिक समस्याले कयौं नेपाली, मानसिक समस्यामा परेका छन्, धेरै नजाने पनि स्थानीय भाषामा खतरा, निषेध, दण्डनीय इत्यादी शब्द गूगलको सहयोगले थाहापाउनु पनि धेरै ठुलो कुरा हो

    Reply
  3. Rishi Ram Khawas says:
    December 13, 2013 at 1:25 pm

    पक्कै पनि गूगल ले गरेको यो कामलाई सलाम ठोक्नै पर्छ | शुरुवातका दिनहरुमा पूर्ण रुपले भाषानुबाद भएका छैनन् यो सत्य हो तर आगामी दिनहरुमा छिट्टै नै सम्पूर्ण भाषाहरु संग मेल हुने गरि अनुबाद हुनेछ हजुर हाम्रै सहयोग ले भन्ने कुरामा बिस्वास छ |

    Reply
  4. Prakash says:
    December 12, 2013 at 7:28 pm

    र यो पनि :
    http://translate.google.co.uk/translate?hl=en&sl=ne&tl=en&u=http%3A%2F%2Fwww.mysansar.com%2F

    खुसि लाग्यो 😀 .

    Reply
  5. अनुराधा पौडेल फ्रान्सबाट says:
    December 12, 2013 at 5:24 pm

    सालोक्य जी ले मोन्दे होइन । तपाँइले फ्रान्सेली शब्दलाई अँग्रेजी उच्चारण गर्दा ले मोन्दे भएको हो । खासमा यसलाई फ्रान्सेली भाषामा ल मोन्द भनिन्छ । जसको अर्थ सँसार भन्ने बुझिन्छ । यो फ्रान्सको उच्च स्तरिय दैनिक पत्रिका हो ।

    Reply
  6. suresh nepali says:
    December 12, 2013 at 12:54 pm

    यो निकै रम्रो काम हो, बिस्तारै बिस्तारै नेपाल र नेपालीलाई अन्तराष्ट्रिय स्तर मा थोरै भए पनि बाहाल दिइदै छ, google translate नेपाली मा आउनु and cnn web site पनि नेपाली मा आउनु, नेपाल मा अब शान्ति सुरक्षा स्थापित गर्ने अनी बिकास को बाटो तीर लाग्ने खेलकुद मा अझै अगाडि बड्ने हो भने अन्तराष्ट्रिय स्तर मा हामि लाई धरै नै बाहाल दिनै कर लाग्छ .

    Reply
  7. सुदर्शन says:
    December 12, 2013 at 12:43 pm

    अब भने बल्ल नेपाली वेबसाइटहरुको अंग्रेजी अनुबाद गर्दा ” This page has been translated from Hindi to English” भनेको देख्नन नपर्ने भयो !!!

    Reply
  8. nime, bkk says:
    December 12, 2013 at 11:33 am

    राम्रो प्रयास, भविष्यमा प्रगति गर्नेनै छ . सत्प्रयासको लागि धन्यवाद .

    Reply
  9. Bijay says:
    December 12, 2013 at 10:46 am

    Prachanda is Good man भनेर translate गर्या त
    धत हाम्लाइ उल्लु सम्झेको छ्स कि क्या हो

    भनेर पो देखायो 😛 😛

    Reply
    1. bibek dhakal says:
      December 12, 2013 at 9:19 pm

      हैन यो प्रचण्ड को प्रसङ्ग ननिस्किने कुनै विषय छैन र भन्या? जहिले ( हारेनी, जितेनी) उसकै चर्चा परिचर्चा….!

      Reply
  10. Dnes says:
    December 12, 2013 at 9:23 am

    राम्रो काम को सुरुवात भयो प्रबासी नेपाली र विधार्थीलाई धेरै सजिलो हुनेभयो, *** जिस्काउनु भन्दा पनि तपाईँहरुले पनि यसलाई सुधार गर्न सघाउन सक्नुहुन्छ ***

    Reply
  11. दिप श्रेष्ठ says:
    December 12, 2013 at 5:38 am

    अनि तिर्छे मिर्छे परेको वाक्य अनुवाद चै कसरी गर्ने हो|

    Reply
  12. योगेश आदी says:
    December 12, 2013 at 5:11 am

    अब त आलुहरुलाइ झनै सजिलो भयो !!

    Reply
  13. dilliram says:
    December 12, 2013 at 5:05 am

    फेन्च टेलिभिजन LE MONDE नेपालीमा “ले मोन्डे” नभएर “ल मोंद” हुन्छ किन भने Le MONDE का albhabet हरु अंग्रेजी का नभएर फ्रेन्च albhabet हुन् |

    Reply
  14. Diwas says:
    December 12, 2013 at 3:43 am

    हाँस्नु नै पर्ने मित्रहरुलाई त लाफ योगा गरे हुन्छ I अन्यथा गुगलको यो कामलाई हामी नेपालीले आत्मै देखि धन्यबाद ज्ञापन गर्नु पर्छ I यसले अरु भन्दा पनि खाडी र मलेशियामा गएका नेपाली दाजुभाईहरुलाई धेरै सघाउने छ, जहाँ भाषिक समस्याले कयौं नेपाली, मानसिक समस्यामा परेका छन्, धेरै नजाने पनि स्थानीय भाषामा खतरा, निषेध, दण्डनीय इत्यादी शब्द गूगलको सहयोगले थाहापाउनु पनि धेरै ठुलो कुरा हो I

    Reply
  15. dor prasad says:
    December 12, 2013 at 3:42 am

    राम्रो सुरुवात, जे भएपनि नेपाली भाषा को प्रचार हुन्छ …. गूगल लै धन्येबाद ….

    Reply
  16. सिर्जने says:
    December 12, 2013 at 3:09 am

    गूगल ट्रांस्लेट ले त कति छिटो सिक्तो रै’छ बाइ / २-४ ओटा बाक्य सिकाएको थिए, फरर लेख्न पो थाल्यो ………

    Reply
  17. Sudarshan Ghimire says:
    December 12, 2013 at 2:16 am

    जिन्दगीको यात्रा को अन्तराल मा हामि हरु डच भाषा बोल्ने ठाउमा बसोबास गर्ने भेकोलॆ यो नेपाली शब्द / भाषा डच भाषा मा उल्था हुने कुरा, हाम्रो लागि धेरै उपयोगी र सहयोगी सिद्द हुने छ पुन : एक पटक धन्यबाद गुगल कम्पनी जी लाई !

    Reply
  18. Sudarshan Ghimire says:
    December 12, 2013 at 1:46 am

    यो धेरै अगाडी देखि आश गरेको हो तर हाम्रो जस्तो गरिबी र सानो मुलुक को लागि कसको नजर लाग्थ्यो र तर आज अलिकति भए पनि नेपाल को स्वॉभिमान र गौरब लाई हृदयंगम गरि गुगल ले जुन राहत दियो यो धेरै स्वॉगत योग्य छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme