Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि

Posted on December 15, 2013December 16, 2013 by Salokya

नेपालको कानुनमा विद्यमान व्यवस्था टेकेर विश्वभर बदनाम अमेरिकी कम्पनी मोन्सान्टो नेपाल भित्रन लागेको छ। अनि यसलाई काँध थापेर नेपाल ल्याउने काम चौधरी ग्रुपले गर्ने पुष्टि भएको छ। चौधरी ग्रुपका तर्फबाट सिजी सिड्सका अध्यक्ष वसन्त चौधरीलाई उद्धृत गर्दै आइतबार राति जारी विज्ञप्तिमा नेपाल सरकारको कानुन अनुसार र बीउ गुणस्तर निर्धारण केन्द्रको अनुमति लिएरै मोन्सान्टोको ‘अन्तर्राष्ट्रिय गुणस्तरको’ बीउ आयात गर्न लागेको प्रष्ट पारिएको छ।
CGseeds
हाइब्रिडको नाममा भित्रिँदै
चौधरी ग्रुपको दावी अनुसार मोन्सान्टो अहिले हाइब्रिड (वर्णशंकर) बीउको रुपमा नेपाल भित्रन लागेको हो। मोन्सान्टोले विश्वको ९० प्रतिशत जिएमओ (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) प्रकारका बीउ उत्पादन गर्छ।

बीउविजन ऐन २०४५ अनुसार आयातित हाइब्रिड जातका बीउ बिक्रीबितरण गर्न पाइन्छ। तर जेनेटिकली मोडिफाइ (वंशाणुगत गुणमा फेर वदल गरिएका) बीउको आयात, उत्पादन तथा बिक्रीबितरण प्रतिबन्धित छ।

यसअघि अमेरिकी सहयोग नियोग युएसएडले नेपालमा भित्र्याउन तम्तयार गरेको तर विरोधका कारण पछि हटेको मोन्सान्टोको मकैको बीउ हाइब्रिड कि जिएमओ? हाइब्रिडै हो भन्ने दावी छ यहाँ। २०६८ को भदौ २७ गते युएसएडले निकालेको विज्ञप्तिमा यूएसएड, कृषि तथा सहकारी मन्त्रालय र मोन्सान्टो कम्पनीबीच मकै उत्पादन वृद्धिको लागि सहकार्य भएको घोषणा गरिएको थियो। पछि विरोध बढ्दै गएपछि सरकारले सहमति भएकै छैन भन्न थालेको थियो।

अहिले भने चौधरी ग्रुपले बकाइदा ‘हो’ भनेको छ। सरकारी तवरमा हुन नसकेको काम गर्न चौधरी ग्रुप अघि सरेको छ। त्यो पनि हाइब्रिडको नाममा।

युएसएडको सहयोग?
विकिलिक्सका केबलहरुले मोन्सान्टो जस्ता आफ्नो देशका बहुराष्ट्रिय कम्पनीको पक्षमा अमेरिकी सरकारले कसरी लबिङ गर्छ भनेर त प्रष्टै पारिसकेको छ। नेपालमा पनि मकै उत्पादन वृद्धिका लागि सहकार्य गर्ने भन्दै झण्डै सरकारी तवरबाटै युएसएडले मोन्सान्टोलाई भित्र्याइसकेको थियो। तै चर्को विरोध भएर यो योजना बीचैमा तुहियो। तर, युएसएड के चुप लागेर बस्थ्यो! युएसएडकै सहयोगमा सिजी सिड्सका प्रतिनिधिसहित केही सरकारी अधिकारीहरुसमेत मोन्सान्टोको बारेमा बुझ्न अक्टोबरमा भारत पसेको समाचार यहाँ फेला परेको छ।

सरकारी तवरबाट असफल भएको प्रोजेक्टलाई निजी क्षेत्रबाट भित्र्याउन चौधरी ग्रुपलाई युएसएडले के कस्तो सहयोग गरेको छ, त्यो सार्वजनिक भएको छैन।

तीन लाख किसानको आत्महत्याको कारण
मोन्सान्टो जुनसुकै नाममा भित्रिए पनि यो एउटा विवादास्पद कम्पनी हो। छिमेकी देश भारतमा मात्रै सन् १९९५ यता मोन्सान्टोकै कारण तीन लाख किसानले आत्महत्या गरेको तथ्याङ्क छ।

यो तथ्याङ्क बढाइचढाइ भएको आरोप लगाउनेहरुले NY University School of Law को तथ्याङ्क मान्दा पनि सन् २००९ मा मात्रै १७ हजार ६३८ किसानले आत्महत्या गरेका हुन्।

पहिले सस्तोमा बीउ बेच्ने, पछि चर्को महँगो गर्ने। यति धेरै फल्छ भनी झुटो दावी गर्ने, निकै कम फल्ने गरेपछि ऋणमा डुबेर ती गरिब भारतीय किसानले आत्महत्या गर्न बाध्य भएका थिए।

अब नेपालमा पनि गर्ने त्यही हुनसक्छ। धेरै उत्पादन हुने नाममा बीउ बेच्न खोज्ने अनि सुरुमा सस्तोमा दिन खोज्ने। पछि चर्को महँगो गर्ने। उत्पादन पनि खासै बढी नहुने। फेरि एक पटक यसको बीउ किनेपछि त्यसलाई सञ्चय गरेर अर्को वर्ष त्यही रोप्न पनि नपाइने। त्यसरी रोपे मुद्दा हालेर लाखौँ जरिवाना तिराउँछ कम्पनीले।

त्यति मात्र हो र, उसको बीउ किनेपछि उसकै रासायनिक मल किन्नु पर्ने। सँधै उसकै बीउ, सँधै उसकै रसायन। क्यानडामा मोन्सान्टोको बीउ भित्रिएको चार वर्षमै Canola र सोयाबिनको एउटा पनि शुद्ध बीउ बाँकी रहेको थिएन। के हामीले नेपालमा पनि यस्तै चाहेको ? नत्र किन चाहियो मोन्सान्टो ??

विदेशमा विरोध
मोन्सान्टोको नामै बदनाम छ। मोन्सान्टोले हैटीमा मकैको बीउ भित्र्याएपछि त्यहाँका कृषकले रासायनिक पदार्थले ‘कोट’ गरिएको बीउ वितरण गरेको र यो रैथाने बीउविजनको विकासका लागि हानिकारक भएको भन्दै आन्दोलन गरेका थिए। कृषि कानुनलाई मिचेर मोन्स्यान्टोलाई प्रवेश दिएकोमा जनता विरोधमा उत्रेपछि हैटी सरकार निर्णय फिर्ता लिन बाध्य भएको थियो।

कहाँ कहाँ मोन्सान्टो पसेर के के गर्‍यो ? कसरी विरोध भयो ? थाहा पाउन यहाँ क्लिक गर्नुस्।

मिडिया चुप बस्ने !
कृषि विषयमा कलम चलाउने पत्रकारहरुले मोन्सान्टोको बीउको विषयमा केही पनि नलेख्ने अनौपचारिक सहमति गरेको स्रोतले जनाएको छ। यो तथ्य कतिको सही हो, आउने दिनका मिडिया सामाग्री हेरेर थाहा हुनेछ।

विश्वकै नम्बर एक अनैतिक कम्पनी
स्विस रिसर्च फर्म कोभालेन्सले विश्वको सबैभन्दा अनैतिक कम्पनी कुन हो भनी अध्ययन गर्दा नम्बर १ मा परेको कम्पनी हो मोन्सान्टो। विश्वभर आलोचना र बदनामी कमाएको कम्पनी हो यो।

यति बदनाम कम्पनीलाई चौधरी ग्रुपले किन काँध थाप्नु परेको हो? त्यसमा पनि गीतसंगीतका रुचि भएका कवि मन भएका वसन्त चौधरी अध्यक्ष भएको सिजी सिड्सले किन मोनसान्टोसँग मन साटेको हो ? कृपया तपाईँलाई पनि यो मन परेको छैन भने चौधरी ग्रुपको पेजमै गएर आवाज उठाउँ। यहाँ क्लिक गर्नुस्।

यो पनि हेर्नुस्-
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
विवादित मोनसान्टो कम्पनीका बीउ बेच्न सरकारको अनुमति
Why Monsanto?
Instead of improving harvests, a USAID program to push hybrid maize will make Nepali farmers more destitute

44 thoughts on “‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि”

  1. raj says:
    December 22, 2013 at 8:13 pm

    बय्पारी हरुको उदेशे भनेको जति धेरै सक्यो पैसा कमाउनु हो / जतिनै आदर्स्य को कुरा गरेपनि आखेरी पैसा नै उनीहरुको अन्तिम लक्क्ष हो / यो नै उनीहरुको धर्म हो / यिनीहरुलाई विश्वास गरनै हुन्न / काठमाडौँ को सडकमा ७० -८० लाखको गाडी कुदाउने र रात परेपछि expensive restaurant र bar धाउने इनिहरु हरु समाजका धमिरा हुन् / Monsanto नेपाल भित्त्रएरा पैसा कमाउने बाहेक चौदेरी group अर्को केहि पनि उदेष छैन/

    Reply
  2. Sanjaya says:
    December 19, 2013 at 4:38 am

    Hybid हैन GMO हो; सिधै आँखा मा छारो हाल्ने ?

    A corn variety developed by Monsanto, for instance, includes genetic material from the bacterium Bt (Bacillus thuringiensis), which kills European corn borers.

    Read more: http://www.motherearthnews.com/real-food/hybrid-seeds-vs-gmos-zb0z1301zsor.aspx#ixzz2nryyivnK

    Reply
  3. Sanjaya says:
    December 19, 2013 at 4:29 am

    Unlike hybrids, which are developed in the field using natural, low-tech methods, GM varieties are created in a lab using highly complex technology, such as gene splicing. These high-tech GM varieties can include genes from several species — a phenomenon that almost never occurs in nature. “With GM varieties, genes are transferred from one kingdom to another, such as bacteria to plants,” Navazio says. A corn variety developed by Monsanto, for instance, includes genetic material from the bacterium Bt (Bacillus thuringiensis), which kills European corn borers.

    Read more: http://www.motherearthnews.com/real-food/hybrid-seeds-vs-gmos-zb0z1301zsor.aspx#ixzz2nrvmFN5p

    Reply
  4. Rayan says:
    December 18, 2013 at 10:30 am

    नेपाल आफैंमा एक Biodiversity Rich देश हो। कानुनीरुपमा कुनै पनि कृषिसंग सम्बन्धित commodity, Nepal इम्पोर्ट गर्दा यसको बारेमा नेपालमै अनुसन्धान गरिएको हुनु पर्ने र यदि हाम्रो अनुसन्धानले यसलाई ठिक मानेमा मात्र ल्याईनु पर्ने हुन्छ। But in reality, the research system if Nepal is under a severe financial as well as human resource constraints. I saw in this comments a list of people who are breeders, scientists but are away from Nepal. Then in such a situation how come Nepalese agricultural research system perform to our expected level? The concern is not of the improved seeds but of the depletion of our indigenous germplasms and the possible consequences. NARC is doing its level best for producing hybrid seeds and has already produced some varieties of hybrid maize but farmers prefer to use the foreign seeds as they are influenced by the mega advertisements those foreign companies have made.

    Reply
  5. Suraj Khadka says:
    December 17, 2013 at 11:27 pm

    प्लिज नेपाली जनता, यो मोन्सान्टो को कुनै पनि खाद्यान्नपदार्थ नेपालमा भित्रिन दिनुहुन्न यो कम्पनी क्रिमिनल कम्पनी हो र यदि चौधरीग्रुपले मोन्सान्टो नेपाल भित्रौछन भने चौधरिग्रूपलाइ नेपालबाट हटाउनु पर्छ! चौधरीग्रुप पनि त चोर हो!
    मोन्सान्टो ले नेपाली कृषक को जिन्दगी तहस नहस बनाउनु को साथै नेपालको माटोलाई खत्तम बनाउने छ. कृपया मोन्सान्टो को बिसयेमा इन्टरनेट मा सर्च गर्नु होला र युतुब मा भीदीयो हेर्नु होला संसारमा मोन्सान्टोको कसरि बिरोध भैरहेको छ!

    Reply
  6. Pingback: मोन्सान्टो किन ? « Mysansar
  7. manish says:
    December 17, 2013 at 10:16 am

    Let everybody like this facebook page and join the race against Monsanto in Nepal
    https://www.facebook.com/stopmonsantoinnepal

    Reply
  8. Rajan Upriti says:
    December 17, 2013 at 7:32 am

    तेसै गईन्छ त Forbes मा ? खै बुझ्या हाम्रा मित्रहरुले |

    Reply
  9. aasish swiss says:
    December 17, 2013 at 6:36 am

    बिश्वो कै अनैतिक कम्पनि भनेर स्विस रिसर्च ले पुस्टि गर्ने अनि स्विस सरकार चै त्यै कम्पनि संग सहकार्य गरेर त्यसै लाइ प्रोत्साहन गर्ने?? पछिल्लो ब्लग मा भएको प्रमाण हरु हेर्दा नेपाल सरकार को लोगो र USAID को बीच मा स्विस सरकार को लोगो (schweizerische eidgenossenschaft ) देखिएको छ,अनि स्विस सरकार को अधिकारिक कार्यालय SDC को नाम पनि देखिएको थियो,के स्विस सरकार ले पनि सहयोग गरेको रहेछ कि क्या हो यो काम मा ???
    आशिष
    स्विस

    Reply
  10. ram sharma says:
    December 16, 2013 at 5:43 pm

    एउटा कुरा के सत्य हो भने Monsanto को सबै बिउ GMO होइन … तर Nepal जस्तो देश मा कसले जाच गर्ने ??? फेरी तेस्तो बिउ सस्तो त पकै छैन होला …. एउटा कम्पनी यो वा त्यो भन्दा एस बारेमा राष्ट्रिय नीति बनाउनु आबसकेक छ .

    Reply
  11. Surya says:
    December 16, 2013 at 5:25 pm

    दोलखा भिमसेनको पसिना आएको यसै कारणले त होइन? monsanto र चौधरी ग्रुपले नेपालीको चप्पल भेट्ने भो.
    मैले आफ्नो बिरोध यहाँ गरिसकें. तपाईंहरु पनि गर्नु होला: http://www.chaudharygroup.com/index.php/contact-us.html

    फेसबुक: https://www.facebook.com/ccgworld
    यहीं बाट सुरु गरौँ.

    Reply
  12. Gocool says:
    December 16, 2013 at 3:43 pm

    नेपाली दाजु भाई हो यो website लाई एक पटक हेरेर मुल्यांकन गर्नु पर्यो!
    http://www.march-against-monsanto.com/

    Reply
  13. kusan sharma says:
    December 16, 2013 at 3:04 pm

    मान्छेलाई पैसाको नसा लागेपछि, ऊ जे गर्न पनि तयार हुने रहेछ l

    यदि सालोक्यजीको यो रिपोर्ट सत्य हो भने,यती कुरा चौधरी जस्तो बुद्धीमान
    मान्छेले नबुझेको त अबस्य होइन होला ?

    धेरैलाई रुवाएर कमाएको पैसाले,आफुलाई पनि गर्ने त्यहीनै हो l

    समयमै बुझौ l

    Reply
  14. Subhash Neupane says:
    December 16, 2013 at 2:59 pm

    अब नेपालमा पनि किसानहरु ब्याज तिर्न नसकेर आत्महत्या गर्ने भए ! धेरै मर्नु भन्दा एउटा मर्नु ठिक हो, तेही भएर आफै जानी बुझी यो चौधरी आफै आत्महत्या गरे हुन्छ, नत्र जनताले एसको छाला काढ्नेछन् !

    Reply
  15. Poudel says:
    December 16, 2013 at 2:29 pm

    म आफै Genomics को सोधकर्ता हु | म युरोप को एउटा DNA Sequencing Center मा काम गर्छु र साथ साथै cancer मा gene भूमिका क हुन्छ वन्ने बारेमा phD गर्दै छु | केहि मित्र हरु ले केहि गलत संदेश दिन खोजेको हो कि जस्तो लग्यो | म येस्बरे केहि कुरा राख्न चाहन्छु |

    फ्रान्सेली प्र्फेसोर Gilles-Eric Séralini ले पहिलो पटक दिर्घ कालमा GM corn ले र त्योसंगै प्रयोग हुने roundup बिसादी (safe level) ले मुसाहरु को स्वास्थ्यमा कस्तो पर्छ भनेर अनुसन्धान गरे | यो वन्द अगाडी लामो समय अबधिमा GMO को असर कस्तो हुन्छ वनेर अध्यन गरिएको छैन | एस अगि छोटो समय अवधिका अध्यन नभएका भने होइनन | धेरैजस्तो अध्यन Monsanto को पैसा को प्रभाबले गर्दा ‘दूध को साछी बिरालो’ भएका छन् | उनको यो सोध Food and Chemical Toxicology मा प्रकाशित भएपछि ठुलै हल्लाखल्ला भयो | थप जानकारी को लागि http://www.theguardian.com/environment/2012/sep/28/study-gm-maize-cancer |

    मानब स्वस्त्येमा सरोकार राख्ने GMO को यथेस्ठ अध्यन नै नगरि किन संसार भरि लादिदै छ | येसो गर्दा फाइदा कसलाई हुन्छ ?

    Corporate greed को कारण मानब जति को कल्याण को लागि नभई corporate profit क लागि गरिने येस्ता कार्य ले भोलिका दिनमा समाजमा नकारात्मक परिवर्तनहरु पक्कै देखिनेछ |

    Reply
  16. Lekhnath Kafle says:
    December 16, 2013 at 2:20 pm

    नेपाल तिर मोंन्सान्टोको हल्ला चलेछ. मैले बुझे अनुसार gmo र हाइब्रिड वा परम्परागत तरिकाले पनि गरिने उन्नत जातको विकास पनि जीनकै बदलाव / फेरबदलले नै हो. परम्परागत प्रबिधिले भन्दा हाइब्रिड धेरै गुना छिटो नया जातको बिउ विकास गर्न सकिन्छ र हाइब्रिड भन्दा अझै छिटो gmo बाट. यो त ल्याण्डलाइन र मोबाइल फोन भने जस्तै हो, नया प्रबिधि.

    जसले प्रविधिको विकास गर्छ त्यसको प्राधिकार / अधिकार उसै माथि हुनु भनेको पनि आइफोन को प्राधिकार एप्पल संग मात्रै हुनु भने जस्तै हो. अरु कम्पनीले पनि gmo बनाउन पाउछन र सक्छन. बनाए भने उसले मोंन्सान्टो संग प्रतिस्पर्धा गर्ने हो जस्तो सामसुङ र एचटीसी ले मोबाइलमा गरेका छन् एप्पल संग. सबै पुराना कुरा राखेर सम्भव पनि हुदैन र त्यो हुने पनि छैन. प्रबिधि हो आउछ, नया नया रुपमा. मन पर्नेले प्रयोग गर्ने, मन नपर्नेले नगर्ने. सक्नेले प्रयोग गर्ने नसक्नेले नगर्ने. gmo पनि त्यहि नै हो.

    Reply
    1. janak says:
      December 16, 2013 at 4:19 pm

      Please do some research and study before write. It would be useful for you and others at long run!!

      Reply
    2. sujit says:
      December 16, 2013 at 5:29 pm

      लेखनाथ जी. देश क नेता हरु ले जस्तै रतेको भासन नगरिदिनुस प्लेअसे. पहिले ग्मो र ह्य्ब्रिड भनेको क हो बुझानुस अनि मात्र एस्तो गम्भीर बिसय मा केहि बोल्नुस. ज हुदै छ गलत हुदैछ. सम्भंदित निकायले ध्यान दिनु पर्यो . यो भन्दा बादी हामी ले के भन सक्चम र?
      सुजित हरि था श्रेष्ठ (प्लान्ट ब्रीदर, UK) (MSc Plant Genetics and Crop Improvement, University of East Anglia (2010)

      Reply
    3. Poudel says:
      December 16, 2013 at 6:07 pm

      कृपया आफु लाई थाह छैन भने कि त चुप लग्नु कि त थप अध्यन गर्नु | धन्यवाद !!

      Reply
      1. लेखनाथ काफ्ले says:
        December 16, 2013 at 8:10 pm

        पौडेल जी, मैले तेत्तिकै भनेको होइन है. म त्यो फिल्डमा सैद्धान्तिक रुपमा पनि राम्रै दखल राख्दछु. मैले कमेन्ट सजिलो र बुझ्ने भाषामा लेखेको मात्रै हो. म पनि कृषि अनुशन्धानमा नेपाल र नेपाल बाहिरको १ दशक भन्दा धेरैको अनुभव छ. प्रविधिलाई रोकेर रोकिदैन बरू परिष्कृत, परिमार्जित र अझै बढी उन्नतिशील बनाउन सकिन्छ. त्यो सकिदैन भने उचित कानुनले ब्यबस्थापन गर्नु पर्छ तर कानुनि ब्यबस्थापनले लामो समय थेग्न सक्दैन. ढिलो छिटो प्रविधिसंगै हिड्नै पर्दछ.

        GMO प्रविधि गलत र नराम्रो होइन बरू त्यसको प्राधिकर/अधिकार र त्यसको बिजिनेस मोडल ज्यादै आक्रामक छ.

        Reply
        1. poudel says:
          December 17, 2013 at 1:58 am

          काफ्ले जी मा तपाई संग केहि हद सम्म सहमत छु, मानब सुमदाये को विकास को लागि प्रबिधि प्रयोग गरिनु पर्छ | तर कुनै पनि प्रबिधि जुन मानब माथि गरिन्छन तीनको निस्पक्ष्ये र बैज्ञानिक तरिका ले अध्यन गरिनु पर्चा | GMO प्रयोगबाट मानब स्वस्थमा पन्रने असर बारे मनग्ये सोध वयेका छैनन् | प्रविधिलाई ethical dimension बाट पनि हेरिनु अबस्येक हुन्छ| जस्तै कुनै दिन मृत्यु नै न हुने प्रबिधि आयो भने तेस्को माग कति होला आफै कल्पना गनुहोस , अब भन्नु होस् त्यो प्रबिधि प्रयोग मा ल्याउने कि नल्याउने ?

          अर्को कुरा लोकतन्त्र भनेको जनताको को आवाज सुन्ने प्रणाली हो | येदि जनताले त्यो प्रबिधि को बिरोध गर्दागर्दै प्रयोगमा ल्याउदा लोकतन्त्रको खिल्ली उडाउनु र plutocracy लाई democracy को खोल ओडाएर जनतालाई सिकार बनाउनु हो |

          आज सम्म GMO को प्रयोगबाट बिस्व भरिका विभिन्न ठाउँमा नराम्रो प्रभाब नै पढेको या सुनेको छु| GMO ले गरेको सकारात्मक कुरा केहि पढेको या सुनेको छैन | एसले बिब्धितालाई कसरि नस्ट पर्चा वन्ने कुरा Mexico को कथा ले बोल्छ | एसले समाजमा गरिबीको खाडल कसरि गहिरो बनौचा भन्ने भारत को कथा ले बोल्छ | एसले मानब स्वस्थमा कस्तो असर गर्छ भन्ने South American राष्ट्रहरुका कथा ले बोल्छ |

          अर्को कुरा ब्येक्ति को आत्मानिर्णय को अधिकरको कुरा | कुनै प्रबिधि राम्रो हुदा हुदै येदि मैले प्रयोग गर्न चाहन्न भने त्यो मा माथि लादिनु हुन्न | research lab मा सुँगुर र मकै को gene बाट बनेको ‘मुगुर’ खान नचाहनेले त्यो नखाना पुन पर्चा |

          Reply
          1. Lekhnath Kafle says:
            December 17, 2013 at 9:21 am

            साथीहरु, मोंन्सान्टो र GMO पर्याय होइनन. नेपाल सरकार वा कुनै व्यवसायीले प्रयाप्त सहयोग गर्यो भने हामीले आफै GMO मा आधारित कृषिका बिबिध उन्नत जात / नश्ल को बिकास गर्न सक्छौं. हामीले प्रयोग गर्ने धेरै जस्तो औषधिहरु पनि GMO प्रविधिबाट नै बनेका छन्.
            मोंसान्टोको आफ्नो उत्पादन माथिको कडा पकड, महँगो बिउ र आक्रामक बजार ब्यबस्थापनले हामीलाई डर लागेको हो. त्यो त सरकारले नीतिगत निर्णय गरेर आफ्नो पक्षको सुरक्षा गर्ने कुरा हो. निजि क्षेत्रले त जे गर्दा कानुनी रुपमा बैधानिक हुन्छ र राम्रो बेपार हुन्छ त्यहि गर्छ.
            प्रविधिले केहि खतरा सधै ल्याउछ, हामी सबैले प्रयोग गर्ने इमेल र फेसबुक का सर्बरहरु अमेरिकामा छन, हामी सबैका व्यक्तिगत विवरण पनि उतै छन्, के त्यो ग्मो भन्दा खतरा होइन र ? यो सबै स्थान, काल र परिस्थिति सापेक्ष कुरा हुन.
            जुन प्रविधिले हाइब्रिड बिउ बन्छ लगभग त्यसैले उन्नत तरिकाले GMO बनाउने हो. जीन परिबर्तन नगरि न हाइब्रिड बिउ / नश्ल बन्छ न त कुनै उन्नत जात. GMO पनि त्यहि जीन परिबर्तन गरि आफुलाई सुहाउँदो र समस्या समाधानमा सहयोगी जीन आफुले चाहेको जातमा राख्ने बिधि मात्रै हो.
            GMO प्रबिधी हो भने मोंसान्टो त्यो प्रविधिमा अनुसन्धान गरि आएका नतिजाको व्यापार गर्ने ब्यापारी.

            Reply
    4. prakriti says:
      December 17, 2013 at 10:37 am

      यहाँ GMO को मात्र होइन मित्र संसार भरि बद्नाम भयको MONSANTO GMO को कुरा गरियको हो.कुरा बुझेर मात्र कमेन्ट लेखौ .यी अरुलाई मारेर धनि हुनेहरु आफु चाही WHOLE FOOD र ORGANIC FOOD खाने अनि संसारभरी अरुहरुलाई GMO को SEED फैलाउने ?च्ग चोर देश छोड ……

      Reply
  17. पुष्प says:
    December 16, 2013 at 11:23 am

    यदि यो कुरो साँच्चिकै सत्य हो भने यसको चौतर्फी विरोध हुनुपर्छ । मोन्सान्टो भित्रिन दिनुहुन्न ।

    Reply
  18. Bharat Mainali says:
    December 16, 2013 at 10:49 am

    राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका माफियाहरुको सञ्जालले के के गर्छ गर्छ । पैसाका लागि यिनले आफ्नै घरकालाई पनी विक्री गर्छन …

    Reply
  19. Ramesh says:
    December 16, 2013 at 9:42 am

    यो एउटा सानो अंश मात्रै हो …यसको बारेमा मैले पनि २०१० अनुसन्धान गरेर एउटा सानो पेपर लेखेको छु मानव अधिकार को बिषयलाई समाबेस गरेर.. तथापी यसमा भारत मा रहेका किसानहरुको पीडा र समस्या लाई पनि उजागर गर्न खोजिएको छ… मोंशान्तो को कारणले यस्तो कसरी भयो ….पढ्नुस
    http://deshar.blogspot.com/2010/02/how-many-deaths-do-we-need-for-human.html

    Reply
  20. Shramik says:
    December 16, 2013 at 9:04 am

    आफ्नो बिउ अफ्फई बनाऊ, c g ग्रुप, मोनसन्तो बहिस्कार गरौ/ स्वबिमान र स्वाबलम्बी नेपाली बनौ/ बिदेसी मल ,बिउ बहिस्कार गरौ/

    Reply
  21. Akash Giri says:
    December 16, 2013 at 8:45 am

    छिमेकि राष्ट्र भारत को किसानले भोगेको व्यथा नेपाली किसानले न भोगुन भन्ने मन बाट चाहने नेपाली दाजु भाई लै मेरो आग्रह, चौधरी group विरुद्ध देश ब्यापी सोचिअल मेडिया बाट आलोचना गर्नु होस्, एक काँ दुइ काँ मैदान गर्दै जनविद्रोह गरौ.

    ग्लोबलिज़शन को अनैतिक उदाहारन मोंसंतो र सहयोगी चौधरी ग्रुप को बिरोध गरौ.

    Reply
  22. Arogya says:
    December 16, 2013 at 6:55 am

    चौधरी ग्रुप बाट देश ले कुनै राम्रो कुरा अपेछा गर्नु भूल हो I यो त गरिब जनता लुट्ने पार्टी हो I

    Reply
  23. डिल्ली says:
    December 16, 2013 at 6:38 am

    मोन्सान्टोको वीउ हाइब्रिड हो कि जिएमओ प्रयोगशाला परीक्षण गरे थाहा भैहाल्छ । सरकारकै केन्द्रिय वीउ परीक्षण प्रयोगशालामा समेत उक्त सुविधा उपलब्ध छ तर सरकारी कामकाज, रुपैयाँ देखे महादेवका तीन नेत्र, सर्बहारा खर्बपति कामरेड चौधरीजी प्रतिको राजनीतिक संरक्षण, अमेरिकी विकास नियोग कै दवाब आदिले परीक्षण गर्ने आँट कस्ले गर्ला र !

    अर्को तर्फ जिएमओ प्रतिको अफवाह पनि अलिक चाहीँ बढी नै भयो कि ! यसले पर्यावरण र मानव स्वास्थ्यमा के कस्तो हानी पुर्याउँछ भन्ने हालसम्म थाहा हुन सकेको छैन । त्यसैले विश्वका धेरै देशले प्रयोगशालामै मात्र सिमित राखेका छन् । आम खेति प्रणालीमा ल्याउन त्रसित छन् फलतः प्रतिबन्धित छ । जिएमओ उत्पादनको सबैभन्दा ठूलो दुर्गुण भनेको यसमा प्रयोग हुने रोग प्रतिरोधी वंषाणु हो जुन यसलाई चिन्नकालागि प्रयोग गरिएको हुन्छ । यस्मा प्रयोग हुने सजिलै टुक्रिन सक्ने र उचित वातावरण पाए अरु जीवको वंषाणुमा प्रवेश गर्न सक्ने सम्भावनायुक्त वंषाणु प्रयोग भएकाकारण हानीकारक होला भन्ने अनुमान हो ।

    रोगलाग्ने वा रोग प्रतिरोधक हुने, के कस्तो गुण युक्त हुने भन्ने यस्मा राखिने थपिने वा हटाइने वंषाणुको गुण मुताविक हुन्छ । धेरैले अड्कल गरेजस्तो क्यान्सर गरिहाल्ने, उपयोग गर्ने वित्तिकै हानी पुगिहाल्ने वा रैथाने प्रजाति लोप भैहाल्ने भन्ने प्रमाणित हुन सकेको छैन ।

    हाम्रो जस्तो देशमा जिएमओको प्रवेश दिनु घातक हुन सक्छ किनकि यसको भावी असर कस्तो हुन्छ हालसम्म थाहा हुन सकेकै छैन । अनुकुल भए त राम्रै हुने थियो तर प्रतिकूल बने भयावह हुन सक्छ ।

    धेरै देशले प्रयोगशाला प्रमाणित गरेर मात्र रोग विहीन मानव वा वातावरण स्वाश्थ्यमा प्रतिकूल नहुने भए मात्र जीवित वस्तुको आयात गर्ने विश्वव्यापि चलको उपयोग नेपालीले पनि गर्न वेलैमा थाल्नु पर्छ । नत्र उन्नत नश्लकानाममा रोग युक्त भित्र्यराउँदा रैथाने जाति नष्ट हुने महामारी फैलिने सम्भाबनालाई नकार्न सकिदैन । फूलको रुपमा बनमारा भित्र्याउँदा होस् वा प्राणी उद्यान बनाउँदा व्रिटिसले अफ्रिकाबाट कलकत्ता ल्याएको शंखेकिरा हाल पर्यावरण तथा कृषिबालीकालागि कति घातक बनेकाछन् धेरैले भोग्नु परेको हण्डर हो ।

    त्यसैले प्रयोशाला परीक्षणकालागि बाहेक उत्पादन प्रयोजनकालागि मोन्सान्टोका बीउ भित्र्याउन दिनुहुँदैन ।

    Reply
    1. Surya says:
      December 16, 2013 at 11:03 am

      संसारका कैयौं देशहरुले मोन्सान्टोलाई त्यतिकै प्रतिबन्ध लगाएका हैनन् होला. Mask लगाएर किटनाशक औषधि छर्किनु पर्ने र त्यसबाट प्राप्त खाना कस्तो होला भन्ने अनुमान लगाउन गार्हो छैन.

      Reply
  24. Bel Bahadur Gurung says:
    December 16, 2013 at 6:22 am

    यो कम्पनी को बीउ प्रयोग गर्न हुन्न / यो कम्पनीले अमेरिका मै धरै किसान र सहकारी हरुलाई बर्सेनि आफ्नो बीउ प्रयोग नगरे बापत मुद्दा हाल्दै दुख्ख दिदै आएको छ / यसको बीउ सुरुमा सस्तो दिने र किसान अभ्यस्त भएपछी चर्को मूल्य तिर्नु पर्छ / भारतमा ७ रु को कपासको बीउ हाल किलोको १७००० पुगेको छ / यो बीउ बाट १५०० किलो उत्पादन हुने भनिएकोमा हाल औसतमा ३००-४०० किलो मात्र उत्पादन भएको पाइएको छ / यसको बीउ संगै अनाबस्यक झारपात उम्रने र त्यसको नियन्त्रण गर्न यसैले उत्पादन गरेको झारनासक प्रयोग गर्नु पर्ने हुन्छ /

    Reply
  25. ekraj says:
    December 16, 2013 at 5:57 am

    चौदरी ग्रोउप ले नेपाल मा अनुमति दिने कर्मचरी र नेता हरुलाई किनेर पैसाकै बल मा सर्ब साधारणको जिबिका र स्वस्थमा खेल बाड गरि राखेको यो तेसैको निरन्तरता मात्र हो|
    चौदरी ग्रुप को पेस नै जसरि हुन्छा पैसा कमाउने अनि कर छल्ने र करको थोरै हिस्सा खर्च गरेर कर्मचारी र नेता लाई किन्ने अनि जन साधारण को जीवनमा खेलवाड गर्ने इनिहरुको पचासौं बर्सको धन्दा हि|
    एस मा नियेत्नै खराब र अन्धो र बैरो सरकारले निर्णय उल्ट्याउने कम ठुलै बिरोध नभई गर्दैन|
    तेसैले जन चेतना र बहिस्कार नै यसको सबभन्दा ठुलो उपाए हुन सक्दच्चा| येदि नेपाल मा चल्ने पत्रिका, रेडियो र स्कूल मार्फत यो बिउ बिक्रि वितरण रोक्न लगाउने पर्दछ| नेपाल मा कति जनाले आत्मा हत्या गर्ने कुरामा चौधरी जस्ता द्रब्य पिचास र लूटमै रमाउने ले केहि चासो देखौदैनन|
    तेही हो देश निकाला गर्नु पर्ने लाई हिरो बनाए पछि देश मा एक पछि अर्को नियति को सिकार बन्नु सिबिये अरु के हुन्छा?

    Reply
  26. Surya says:
    December 16, 2013 at 3:34 am

    मोन्सान्टो र चौधरी ग्रुपले निहु नै खोजेको हो भने हामीले पनि यसको कडा प्रतिकार र बिरोध गर्नु पर्छ. यस्तै कुरामा त हो नि हामी सबै एकजुट हुने भनेको.

    बिदेशमा बस्ने नेपालीहरुले online बिरोध गर्ने – देशका मीडिया र मीडियाकर्मीहरुलाई यसको बारेमा बोल्न, लेख्न र सार्बजनिक बहस गराउन आह्वान गर्ने; सामाजिक संजालको माध्यमबाट यसलाई फैलाउने; र सम्बन्धित निकायलाई इमेल पठाएर दवाब सिर्जना गर्ने. नेपालमा बस्नेहरुले सडकमा बिरोध र्याली आयोजना गरेर जनचेतना बढाउने र सम्बन्धित निकायलाई दवाब सिर्जना गर्ने.

    तात्तो न छारो राजनीतिक कुरामा भन्दा यस्तो कुरामा आन्दोलन गर्नु जरुरि र उपयुक्त हुन्छ. यस्ता बिषयमा नेताहरुले खासै चासो दिन्छन जस्तो लाग्दैन. तिनीहरुले आँट पनि गर्दैनन्. हामी आफैले केहि नगरी पार लाग्दैन.

    के छ त विचार साथी हो?

    Reply
  27. Basant says:
    December 16, 2013 at 3:16 am

    ब्यापारी ले खाली ब्यापार गर्न जानेको हुन्छ र लेनदेन नाफा नोक्सानीमा आफ्नो बाउ आमा सम्म लाइ पनि बाकी राख्दैन रे … रह्यो गीत लेख्ने कुरा, आज भोलि थेसिस त किन्न पाइन्छ भने पैसा भएपछि गीतकार संगीतकार कलाकार जे पनि बन्न सकिन्छ, अब आयो बद्नाम मोंसानटो कम्पनीको … सर्बोच्चले येस्ता बदमास कम्पनि र तेसका दलालहरुलाई घोक्रेठ्याक लगाउन सक्दैन र भन्या ????

    Reply
  28. anjaya sharma atreya says:
    December 16, 2013 at 2:27 am

    GMO यसका हल्लाहरु र यथार्थ

    म एउटा आणुबांसिक बालि प्रजनन (Molecular Plant Breeding) को बिधार्थी को नाताले यसका बारेमा सरल सब्दमा केहि प्रस्ट पार्ने कोसिस गरेको छु साथै प्राबिधिक बिषय भएकाले नेपालीमा अभाव भएका वा मेरो सम्झनामा नरहेका केहि प्राबिधिक सब्दहरुको अंग्रेजीमा नै प्रयोग गरेको छु /

    हालसम्म ज्ञान भएका सबै जीवित बस्तुहरुको कोष भित्र DNA हुन्छ जसले सो जीवित बस्तुको रुप, आकार, प्रकृति तथा गुण निर्धारण गरेको हुन्छ र यो बंसानुगत रुपमा हस्तान्तरण हुन्छ/ यो DNA धेरै लामो हुन्छ (जुन कोष भित्र आफैमा गुडूलकिएर बसेको ले हामीले देख्न सक्दैनु) र एसका केहि टुक्रा जसले कुनै निश्चित गुण (जस्तै हाम्रो आँखा को रंग) निर्धारण गर्छ तेस्लाई gene भनिन्छ/ सबै प्राणीका DNA एकै प्रकारका अणुहरुले बन्ने भएपनि ति अणुहरुको DNA मा रहने स्थान र संख्या फरक-फरक रहने हुनाले तिनीहरुले भिन्न-भिन्नै गुणहरु निर्धारण गर्दछन (जस्तै हामी सबैको मोबाइलको नम्बर १ देखि ० सम्मका संख्या ले भन्ने भयपनी तिनी हरु एक आपसमा फरक हुन्छन) / तेसैले एकै बाबु आमाका सन्तान भए पनि दाजु भाइ मा धेरै फरक देख्न सकिन्छ/

    के मानिस र मकै दुबैमा DNA पाइन्छ?
    हो पाइन्छ तर gene हरु भने फरक हुन्छन/ (जस्तै-मकैमा घाम बाट खान बनाउने gene हरु पाइन्छ जुन मानिसमा पाइन्दैन)

    GMO के हो?
    GMO भनेको gene परिवर्तन गरिएको जीव हो जुन कुनै बिसेष उदेश्य प्राप्त गर्नको लागि गरिन्छ / जस्तै insulin मानिसको अग्न्यसय (pancreas) मा उत्पादन हुन्छ तर मधुमेह बिरामीले यो पर्याप्त मात्रामा उत्पादन गर्न सक्दैनन् तेसैले बैज्ञानिकहरुले सो gene मानिसबाट अन्य एक कोसीय जीवमा राखी Insulin उत्पादन गर्दछन जुन सुइ बाट मधुमेह को बिरामी लै दिइनछ/ तेसैले इन्सुलिन आफैमा GMO product हो/ चिकित्सासास्त्रमा विभिन्न रुपमा मानव स्वास्थको लागि यस्ता उत्पादन प्रयोग भैरहेको छ /

    कृषिमा खतरा!
    बिशेषरुपले यो राजनीतिक रुपमा ठुलो विवादको बिषय हो/ भारतमा तथा युरोपमा GMO मा रोक लगाइएकोले नेपालमा पनि रोक लगाइनु पर्छ भन्नु मुर्खता मात्रै हो /

    भारतमा यसको रोक किटनासक निर्माताहरुको उक्साहटमा भएको बुज्न सक्नु पर्छ / उदाहरण को लागि, GMO भन्टा (बैगन जुन फल दुलो पर्ने किरा (Helicoverpa sp) प्रतिरोधी थियो) प्रतिबन्धित गरियो / किटनासक निर्माताहरुलाई थाहा थियो कि यसको प्रबेस पछि उनीहरुको बिसादी प्रयोग ज्यादै न्युन हुन्छ/ फलस्वरूप आजपनि किसान बिसादिको व्यापक प्रयोग गर्न बाध्य छन् र उपभोक्ता खान/ यो सत्य हो कि GMO को बिउ परम्परागत बिउ भन्दा महँगो हुन्छ तर किसन ले बिसादिमा गर्ने खर्च ज्यादै कम हुन्छ / अब आत्महत्या गर्दछन वा धेरै कमाइ गर्दछन त्यो कसले कसको लागि गरेको आद्ध्यन हो तेस्मा भर पर्छ / साथै, आत्महत्या महँगो बिउ ले मात्रै नभई साहुमहाजन, बैंकको चर्को ऋण, महँगो मलखाद आदिका साथै सिंचाई प्रबन्ध को अभावले हुने कम उत्पादनको कारणले पनि हो भन्ने बिर्सनु हुदैन /

    युरोपको आधुनिक कृषि प्रणालीले गर्दा धेरै उत्पादन हुन्छ/ रोग किरा नियन्त्रण को लागि पर्याप्त विकल्पहरु छन् (जैविक, रसायेनिक, भौतिक आदि,) / किसानहरु पढेलेखेका छन् जसले गर्दा ति विकल्पहरुको उचित प्रयोग गर्न सक्दछन/ साथै,युरोपको अर्थतन्त्र को लागि पनि येसो गरिएको हो / नया बिस्व (अमेरिका) बाट आउने कृषि उत्पादनमा रोक लगाई कृषि आयात घटाउने उद्देस्यले गरिएको यो काम नेपाल ले पनि गर्नु पर्छ भन्ने छैन जहाँ आफ्नै नागरिकको भोकमरी हटाउन उत्पादन बढाउनु छ/

    स्वास्थ्य मा खतरा !
    GMO मा हुने DNA ले गर्दा कुनै खतरा हुदैन तर, कुन gene प्रयोग गरिएको छ र तेस्को प्राणी मा कस्तो असर पर्छ सो अध्यन आवस्यक हुन्छ तसर्थ बजारमा आउनु अगि यस्ता बिसयमा अध्यन हुने हुनाले मानवीय स्वास्थ्यमा हुने खतरा ज्यादै न्युन हुन्छ /

    के GMO निर्वाध गरिनु पर्छ?
    पक्कै गरिनु हुदैन / मुख्य रुपले जैविक बिबिधता केन्द्र (center of diversity) नेपाल वा आसपास भएका बालीहरु (जस्तै धान) को निर्वाध प्रवेश नियन्त्रित हुनु पर्छ तर मकै, आलु, जस्ता बालीहरु जसको जैविक बिबिधता केन्द्र (center of diversity) नेपाल होइन (मकै को मेक्सिको र आलुको पेरु हो) तिनीहरुमा तेती नियन्त्रण को आवसेकता छैन /

    Reply
    1. Vijay says:
      December 16, 2013 at 12:46 pm

      यहाँ तेस्को बिउबिजन को खतरा त छदै छ, त्यो भन्दा पनि मोन्साण्टो को ईस्ट्रटेजिको कुरा हुदैछ कि कसरि उसले कुनै देश को खाध्य संरचनालाइ कन्ट्रोल गर्ने गर्छ !
      यदि उद्धेश्य सहि थियो भने चोर बाटो हुदै आउनु जरुरि थिएन…
      पहिला यो बुझ्नुस कि आज सारा विश्व ले मोन्साण्टोलाइ किन ब्वाईकट गर्दैछ !
      एउटा उदाहरण दिउँ, तपाईंको घरमा अलरेडी लैनो भैंसी छ, सानो परिवारलाइ त्यति भए प्रशस्त पुग्छ ! एउटा छिमेकीको थारो भैंसी छ, जो सधै बिरामी हुन्छ, छ टाइम घाँस दिनुपर्छ, रोजी रोजी तैपनि, जसले तपाइको समय र पैसा बर्बाद हुने पक्का छ र तपाइकै एउटा नातेदार तपाइलाई त्यो भैंसी भिडाउन लागिपरेको छ भने तपाई त्यो भैंसी लिने कि नलिने ? त्यो नातेदारको कुरा मानेर आफुलाई जानी जानी घाँडो थप्ने कि नथप्ने?

      Reply
    2. kedar says:
      December 16, 2013 at 4:42 pm

      जानकारीको लागी धन्यबाद,
      ……….यहाँ GMO बिउ बिजनले ल्याउने समस्या भन्दा पनी Monsanto भित्र लुकेको भित्रि आसय नै ठुलो समस्या हो भन्ने बुझ्नु परो, सुरुमा ७० रुपैयाँ किलो बिउ बेचेर तेही बिउ एक, दुइ बर्षमै १७ हजार रुपैयाँ किलो बेच्ने Monsanto नै हो, यो के नियत हो ? येति र उति फल्छ यो बिउले भन्दै बेचिएको त्यो बिउले आधा पनि नाफल्दा चैं Monsanto लाइ मुद्धा नलाग्ने तर खन खन पैसा गनेर किनेको बिउले पसिना बगाएर आफ्नै खेत बारीमा फलाएको अन्न बालि चैं आफुले चाहे जसरि प्रयोग गर्न नदिने Monsanto नियतको नै धेर बिरोध भए जस्तो लागो मलाइ /

      Reply
    3. देवराज जोशी, कैलाली says:
      December 18, 2013 at 12:47 pm

      कसै लाइ हुने व्यापारिक फाइदा बेफाइदाको मलाइ कुनै चासो छैन तर भविष्यमा हुने पर्यावरणीय क्षति प्रति चनाखो हुनु अतिनै जरुरी छ | GM बिउ बाट उत्पादित खाद्यान्नले स्वास्थ्यमा गर्ने असर बारे त अनुसन्धान बाट थाह होलानै तर स्थानीय प्रजाति हरु लोप हुने निश्चित छ | समस्त जीवित संसारको निरन्तरताको लागी bio – diversity तथा genetic diversity कायम रहनु पर्छ भन्नेमा मा १००% विस्वस्त छु |

      Reply
  29. भाइ काजी श्रेष्ठ says:
    December 16, 2013 at 1:47 am

    चौधरी ग्रुप एउटा एड्स जस्तो प्राण घातक रोग हो ! यति नै काफी छ @ धेरै बुझी रहन जरुरि छैन !
    चौधरी ग्रुपको यो कामको लागि सबैले बिरोध गरौ !

    अमेरिका अन्य देशलाई औला लगाएर बिगार्ने र झगडा गराउने देश भनेर सबैले बुज्छन ! बास्तबमा त्यो सहि हो !
    यो कुरा कहिले पनि नभुलौ………..

    चौधरी ग्रुप मुर्दाबाद………..

    Reply
  30. madheshi says:
    December 16, 2013 at 12:26 am

    सरकार ले तत्काल सत्य तथ्य सार्बजनिक गर्नु पर्छ. यो देस को भबिष्य र लाखौं किसन को दैनिकी संग जोडिएको बिषय हो. CG ले भ्रम को खेति गर्न लागेको हो भने, तत्काल एसको बिरोध गर्नु पर्छ.

    Reply
  31. kedar says:
    December 16, 2013 at 12:25 am

    सर्पलाई दुध खुवाएर आफ्नो बनाउन खोज्नु र चौधरी घरानियाँ वा ग्रुपबाट नैतिकता सहित को व्यापारको अपेक्षा गर्नु एकै हो /

    Reply
  32. दिप श्रेष्ठ says:
    December 16, 2013 at 12:24 am

    पैसा सबै दुष्ट चिज हरु को जरा हुन्|

    Reply
  33. तुयू भाजु उदास says:
    December 16, 2013 at 12:10 am

    यसमा यस्तो छ –
    वसन्त व्यक्तिगत रूपमा त गीत संगीत प्रेमी होला. तर यिनको मूल चौधरी ग्रुप संग नै त गाँसिएको छ नि… विनोदे जसले करोडौं को भ्याट छलेको थियो ; वाईवाई चौचौ मा अखाद्य तेल प्याक गरेकोमा मुद्दा लागेको पुरानो भएको छैन …त्यस अर्थ र पृष्ठभूमिमा हेर्ने हो भने , ‘चोर चोर मौसेरे भाइ ‘ भन्ने आहान चरितार्थ भयो भने ताजुब नमाने हुन्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme