Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरियाली केटाको जालमा परेका नेपाली चेलीहरु

Posted on December 29, 2013December 29, 2013 by Salokya

crying२६ वर्षकी ….तामाङको बिहे ५० नाघेका एक अधवैँशे कोरियालीसँग भएको थियो। तीन महिनाअघि उनी कोरिया आएकी थिइन्। सुरुमा त उनी निकै खुसी थिइन्। कोरियाली पतिले काम पनि गर्न दिएका थिए।

एक दिन उनी घरमा ढिला फर्किएकी थिइन्। पतिले उनलाई नराम्रोसँग पिटे, टाउको भित्तामा ठोक्काए र घरबाट निस्के।

उनी त्यो रात र भोलिपल्ट दिनभर बेहोस् भइन्। कसैले उनलाई बेहोस भएर लडिरहेको अवस्थामा फेला पार्‍यो र अस्पताल दौडायो।

अस्पताल पुग्दा उनको आधा शरीर नचल्ने भइसकेको थियो।

यो घटना भएको दुई महिना भइसक्यो। उनी अझै त्यस्तै स्थितिमा छिन्। (पहिलेभन्दा थोरै अवस्था गतिलो भएको छ)

नेपाली दूतावासले कोरियाको कानुन तथा न्याय मन्त्रालयलाई पत्र लेखेर यसमा ध्यानाकर्षण गरायो। प्रहरीले त्यसपछि मुद्दा दर्ता गर्‍यो।

उनले कानुनी उपचार खोजेकीले उनका पति अब उनलाई नेपाल फर्काउन खोजिरहेका छन्। उनको भिसा पनि छिट्टै सकिँदैछ। भिसा नवीकरण नभएर उनी इल्लिगल हुनेछिन्।

यो पीडादायी व्यहोरा राष्ट्रिय मानवअधिकार आयोगले दक्षिण कोरियाको स्थलगत अध्ययन भ्रमणपछि तयार पारेको प्रतिवेदनमा समेटिएको एउटा प्रतिनिधि घटना हो। गएको सेप्टेम्बर नेपालको राष्ट्रिय मानवअधिकार आयोगको एउटा टोली त्यहाँ गएको थियो। टोलीले प्रस्तुत गरेको प्रतिवेदनमा बिहे गरेर कोरिया जाने नेपाली महिलाको सस्थिति दयनीय भएको औँल्याउँदै उनीहरुलाई विशेष सुरक्षा जरुरी रहेको बताएको छ।

पहिलो प्राथमिकता
प्रतिवेदनले कोरियाली पुरुषसँग बिहे गरेर जाने नेपाली महिलाको सुरक्षा कोरियाको नेपाली समुदायको पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ। दूतावासका अनुसार त्यहाँ झण्डै हजार जना नेपाली चेली म्यारिज ब्युरोबाट कोरियाली बिहे गरेर आएका छन्। यी म्यारिज ब्युरोहरुले केही वर्षदेखि कोरियाली केटालाई नेपाली केटी मिलाइदिने धन्दा गरिरहेका रहेछन्।

कोरियामा खुसी जीवन बिताउन पाइन्छ, टन्न पैसा हुन्छ, काम पनि पाइन्छ र परिवार पनि राम्रो हुन्छ भनी यस्ता म्यारिज ब्युरोहरुले हाम्री चेलीहरुलाई सपना देखाउँदा रहेछन्। टोलीसित राजधानी सउलको एउटा एनजिओ यङ स्टारका प्रतिनिधिले यस्ता ब्युरोहरु खारेज गर्नुपर्ने बताए। किन त ? किनभने उनीहरुले नेपाली चेलीहरुलाई बूढा, अपाङ कोरियाली केटाहरुसँग भर्खरकी तरुनी केटीहरुलाई बिहे गर्न हुनेनहुने सपना देखाएर लोभ्याउँछन्।

गुल्मी सम्पर्क समितिका अध्यक्ष सिनहोङ कलेजका गान्डिव सुवेदी भने नेपाली युवतीहरुले बिहे गरे पनि कोरिया नआइदिए हुने विचार राख्छन्। कारण- एक त ती युवतीहरुले कोरियाली भाषा सिकेका हुन्नन्। कोरियामा कोरियाली भाषा नै धेरै चल्छ। मानिसहरुले कोरियाली बाहेक अरु भाषा कमै जानेका हुन्छन्। दोस्रो बूढा कोरियालीहरु मात्रै विदेशी दुलही रोज्छन्। अनि त्यस्ता बूढाहरु महिलालाई सम्मान गर्दैनन्। म्यारिज ब्युरोहरुले झुटो सल्लाह दिन्छन् र कोरिया पुगेपछि भाग्न मिल्ने बताउँछन्। तर यहाँ आइसकेपछि भाषा, श्रीमान्‌को कडा निगरानी र अपरिचितहरुको कोरियामा जीवन कठिन हुने हुनाले उनीहरु उम्कनै सक्दैनन्।

दूतावास भने सबै बिहे त्यस्तो खराब नहुने बताउँछ। करिब ३ सय विवाहित दम्पती आफ्नो जीवनमा खुसी छन्। उनीहरु दूतावासमा पनि बारम्बार आउँछन् र कोरियाली पुरुषसँग सुखी जीवन बिताइरहेको बताउँछन्। तर केही श्रीमान्‌हरु भने दुर्व्यवहार गर्छन्। विवाहित नेपाली महिला आप्रवासीमाथि हिंसा भएको घटनाहरु बारे दूतावासलाई थाहा छ।

कानुनी कठिनाइ
दूतावासलाई विवाहित आप्रवासी महिलाको सुरक्षा गर्न ठूलो चुनौति किन पनि छ भने यस्ता आप्रवासीको अधिकार र कोरियाली नागरिकको अधिकार कहिलेकाहीँ एकापसमा बाझिने खालका हुन्छन्। कोरिया र नेपाल दुवैले आप्रवासी कामदार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरेका कारण दूतावासलाई जानकारी नभए अधिकारको कुरा उठाउन सकिन्न। यस्तो अवस्थामा एउटै मात्र उपाय दूतावासले कोरियाली सरकारलाई उसको नागरिकविरुद्ध कानुनी कारबाही गर्न अनुरोध गर्ने हुन्छ।

धेरै पहिलेदेखि उठेको मुद्दा
यो अहिले भर्खर उठेको कुरा हैन। चार वर्षअघि हिमाल खबरपत्रिकाले एउटा विशेष रिपोर्ट छापेको थियो जसमा प्रष्ट पारिएको थियो कि कसरी म्यारिज ब्युरोको नाममा नेपाली चेलीहरुलाई कोरियामा बेचिँदैछ। राम्रो आम्दानीको लोभ देखाएर कोरियाली युवकसँग नेपाली युवतीलाई विवाह गरेर लैजाने र त्यहाँ वृद्ध, अशक्त र केटी नपाएका पुरुषहरूलाई बेच्ने गरेको रहस्य खुलाइएको थियो।

रिपोर्टमा केही घटना उल्लेख थिए- कोरिया जान पाउने लोभमा बानेश्वरको एउटा म्यारिज व्युरोमार्फत ३२-३३ वर्षको एक कोरियाली युवकसँग बिहे गरेर उडेकी नुवाकोटकी दावा शेर्पा (२२)लाई मानसिक अवस्था ठीक नभएका एक वृद्धलाई हस्तान्तरण गरियो। रोइकराइ गरेपछि तिनै वृद्धका छोरालाई थमाइएकी दावा अहिले कोरियाको किम्जेमा तेस्रो व्यक्तिसँग बसिरहेकी छन्। काठमाडौंमा ३५ वर्षको एउटा कोरियालीसँग बिहे गरेर गएकी बाग्लुङकी शान्ति मगर (२१)लाई कोरिया पुगेपछि ५६ वर्षका अर्का व्यक्तिलाई सुम्पिइयो। दलाललाई रु.१० लाख बुझाएर बिहेको कागजात बनाई कोरिया पुगेकी थिइन् उनी।

[के तपाईँले पनि कोरियामा यस्तै दुःख पाएको घटना देख्नु वा सुन्नुभएको छ? आफूले थाहा पाएको घटना पीडितको परिचय नखुल्ने गरी बताउन चाहनुभए तल कमेन्टमा लेख्नुस्। के थाहा, तपाईँको कुराले त्यस्तै पीडा अरुले भोग्न नपर्ने पनि पो हुनसक्छ कि।]

17 thoughts on “कोरियाली केटाको जालमा परेका नेपाली चेलीहरु”

  1. रामजी पार्क says:
    January 3, 2014 at 3:33 am

    वास्तवमा कोरीयनलाइ दोस दिनु भन्दा केटीहरुनै त्यस्तै भएर दुख पायका हुन। विचार एक बुढो कोरीयन ले दुख गरेर कमायको पैसा लगभग 2करोड कोरीयन वन खर्च गरेर बिवाह गरेको हुन्छ गर्छ । जव नेकी श्रीमती भनेर ल्याइ सकेपछी उसले आफ्नो श्रीमती माथी माया सहानभुती साथै नगरानि पनि बढाउछ। केटीहरु जो पाय त्यसै संग सुत्न तयार हुन्छन त्यो कुरा थाहा पाइशके पछी श्रीमान ले के गर्छ मुल्यंकन गर्नु वास्तवमा नेपालमा लेडीज वार, नाइट क्लव, र यौन पेसामा सक्रीय केटीहरु नै कोरीयामा विहेगरेर आएका छन उनिहरुको इज्जत हुदैन र उनिहरुले उदांगो परा देखयपछी श्रीमानलाइ चित्त बुझ्दैन अनी 쓰팔 창녀 들 (साला रण्डीहरु) भन्दै अभद्र ब्यवार गर्छ ।
    मैले बिवाह गरी आयका लगभग 80%केटीहरु भेटेको छु र तिनीहरुना 95% केटीहरु गलत बिचारले प्रेरीत छन शनीबार आइतबारै पिछ्छे केटा फेर्ने पैषाको नाउमा जे पनी गर्ने त्यस्ता केटीहरुलाइ कुन श्रीमावले पुजा गरेर राख्छ र तिनीहरु नेपालीको इज्जतलाइ कोरीयामा धुजा धुजा पर्ने नेपालीको नाउमा कलंक हुन

    Reply
  2. Himal raja says:
    December 31, 2013 at 2:35 pm

    नेपाली केटि कोरियान संग बिहे गर्ने रहर होइन योत पैसाको दुखले गरेको हो, यस्ता संग बिहे गरेर सुखी जीवन बनछा होला बनेर पनि हो. यस्ता बिहे गर्नु बन्दता आफ्नै देशको युबक संग बिहे गरि दुख-सुख गरि खानु नै राम्रो हो |

    Reply
  3. manish says:
    December 30, 2013 at 2:53 pm

    “नेपाली राजदुताबासले प्रभाबकारी भूमिका खेल्न नसकेको ज्वलन्त उदाहरण हो यो”
    बिहेको सम्बन्ध मा त यौ लागु हुन्दैन होला.

    Reply
  4. shantdil says:
    December 30, 2013 at 5:57 am

    कोरिया को केटा/बुढोलाई लोग्ने बनाउन १० लाख नेपाली रुपैयाँ तिर्न सक्ने नेपाली केटिहरुले किन कोरिया आउने नी. मन मिल्ने सुन्दर योग्य नेपाली युबक संग सुखमय जीवन जिउनु नी. येस्ताले कोरियाका बुढा अपाङ्ग, बदमास संग बसेर दुख नपाए कुन लुतो लागेको कुकुरले दुख पाउने ?

    Reply
  5. Madhu says:
    December 30, 2013 at 3:53 am

    खोइ कसलाई दोष दिने? म त हाम्रै चेलीहरुको दोष देख्छु ! धन्दा नै त्यहि गरेर बस्ने दलाल लाइ के दोष दिउँ? उसले त मिले आफ्नै छोरी चेली पनि बेच्ला?

    Reply
  6. rajan says:
    December 29, 2013 at 11:33 pm

    easy money कमाउने बाटो पनि कहिँ राम्रो होला र ?

    Reply
  7. Mk says:
    December 29, 2013 at 11:09 pm

    मैले बुझेको कुरो को चुरो के भने :- नेपाल समुन्नत नहुन्जेल सम्म नेपालीले दुख: पाई नै रहनेछन/ यो गाँठी कुरा लाई मनन गरि , सबै मिलि जुली जत्तिसके छिटो नेपाल लाइ समुन्नत गरउनु पर्यो/

    Reply
  8. eklavya says:
    December 29, 2013 at 10:03 pm

    जात बात को कारणले हाम्रो देशमा बिहे नहुनु स्वाभाविक नै मानिन्छ झन् अंतर्रास्त्रिया बिहे ….थुप्रै कमेन्ट हरुले बुझ्न सकिन्छ ति महिलाहरुलाई सलाम जसले येत्रो साहस राखेर देखाए के हाम्रोदेशमा मात्र महिला हिंसा छैन र के यहाँ मात्र महिला सुरक्छित छन् र …त्योपनि कोरिया भन्दा …गलत कहाँ हुन्छ भन्दा राम्ररी देखेर बुझेर अध्ययन नगरी वा भाषा जस्तो अतिआवश्यक कुरा नसिकी जानु ….थुप्रै पुरुष साथीहरु पनि कोरियामा बिहे गरि बसेका छन् तिनका पनि हालत तेती राम्रो देखिदैन बिहान बेलुका कम गरे नि आर्थिक सबै स्वस्निकै खल्तीमा … राजदुताबास भएर पनि भरपर्दो कानुन नीति को पहल नगर्नु भने बिडम्बना हो…

    Reply
  9. Karbir says:
    December 29, 2013 at 9:10 pm

    नेपाली दिदि बहिनीहरु किन हण्डर खान विदेश जान्छन होला ? त्यो भन्दा त हाम्रो नेपालमा धिण्डो सिस्नु खाएर गिट्टी कुटेको ठिक !

    Reply
  10. Hillman Myagdi says:
    December 29, 2013 at 3:53 pm

    बिहे भनेको “मन मिले घरबार न मिले व्यापार” भनिन्छ| धनको लोभमा भाष, संस्कृती र सामाजिक परिवेश नै बेग्लै भएको विदेशी संग लगन गाँठो कस्नु ठिक होईन|

    Reply
  11. r.h.l. says:
    December 29, 2013 at 1:04 pm

    यस्तो दुखद सामाचारमा पनि नकारत्मक टिप्पणी गर्ने हरु लाई खै के भन्ने? आफ्नै दिदी बहिनीहरु लाई पराई ठान्ने अनि बिवाह लाई जुवाको संज्ञा दिनेहरु लाई खै के भन्ने? जे,जो होस, आखिर उनीहरु नेपाली चेली त हुन नै! देशको गरिबीपन अनि यि नेताहरु को बदचलन व्यवहारले गर्दा, हामी नेपालीले आज बिदेशी भुमीमा दुख कष्ट सहनु परेको छ!

    Reply
  12. CHNDRA says:
    December 29, 2013 at 12:04 pm

    बस्ताब मा नेपाल भनेको दलाली नै दलाली गर्ने देश हो / बेना दलाली को ही पनी बचानै सकतैन को ही जानी र को ही नजानी ‘इनै दलाली को जल मा नेपाली चली परी रहीकाचन/ तर नेपाली चलीपनी कम छैनन्/ यदी तपाई कही बाटोमा नेपाली देदे बैनी लाई बतू मा भेट्नु भयो भनी बोल्न पनी पैसा पर्चा जस्तू गर्छन तसै ले के ही गर्नू भन्दा पहिले सोच बीचार गरेर मात्र कुनै कम गर्न उचीत होला

    Reply
  13. suman p says:
    December 29, 2013 at 11:33 am

    पैसा को लागि बिहे(व्यापार ) गर्ने लाई के भन्ने ? ये मंगले लड़िस आफ्नै ढंगले …………

    Reply
  14. बशन्त राज says:
    December 29, 2013 at 11:12 am

    यो सब हुनुको कारण महिला स्वयंम हो / धन सम्पति नभाको नेपाली गाऊको केटा संग बिबाह गरेमा खेतिपति, मेलापात, पर्म, घास दाउरा, आदि गर्नु पर्छ / भैसी गाई को भकारो सोर्नु पर्छ / फेरी एस एल सी पास गरेपछि केटीहरुले एस्तो काम गर्नु लाज मर्दो हुन्छ / त्यो भन्दा कोरीया को केटा संग टन्न धन हुन्छ / भकारो सोर्नु पर्दैन / न त घास दाउरा कै टन टन / सुख को आसाम कोरियन केटा संग बिबाह गर्या हुन् / चोक्टा खान गको छोलमा डुबेर मारी भन्ने उखान जस्तो / अर्को कारण भनेको कोरियन टेली सीरीयल प्रभाब भयर पनि हुन सक्छ / मेरो घरको बहिनि कोरियन सीरीयल हेरेपछि कोरियन केटा संग बिबाह गर्न पाय हुन्थ्यो भन्दै थी /

    Reply
  15. mangal says:
    December 29, 2013 at 11:06 am

    नेपाल मा केटा हरु को कमि छ र ??दुख गरेर भए नि दुइ छाक राम्रो त दिन्छ नी बिदेशी केटा नै रोज्नु पर्ने ?? दुख लग्यो एस्तो समाचार सुन्दा

    Reply
  16. Shiris says:
    December 29, 2013 at 7:49 am

    नेपाली राजदुताबासले प्रभाबकारी भूमिका खेल्न नसकेको ज्वलन्त उदाहरण हो यो | एन आर एन र च्याउ जस्तै फलाइएका संघ संस्थाहरुको मौन स्वीकृतिमा खेति जस्तै भएको यस्ता क्रियाकलापहरु केवल चेलिबेती बेचबेखन सरहको पेपर म्यारिज मात्र सिमित छैन | “सेमाउल उन्दोंग” र “सन मुन पीस फेडेरेसन” जस्ता झट्ट सुन्दा र देख्दा राम्रो काम गरेको जस्तो देखाउने, नेपालका बरिस्ठ देखि कनिस्थ पदाधिकारीहरुलाई कोरिया घुमाउन ल्याउने (यस्तै घुमाई मा मकख पर्ने र दुइ चार पैसा TA/DA मा रमाउने सरकारी पदाधिकारी हरुले नै यस्ता गतिबिधिलाइ बढावा दिएको देखिन्छ) जस्ता क्रियाकलापबारे नेपाल राजदुताबास र नेपाली अधिकारीहरु के भन्छन, यो सम्बन्धमा पनि खोजमुलक रिपोर्ट आबश्यक भएको छ | गरिबी देखाएर र त्यसैलाई बेचेर गर्ने “धन्दा” ले नै नेपालको समग्र छबीमा नकारात्मक असर पार्ने कामको जरैदेखि उन्मुलन गर्ने काममा सरकारको ध्यान जाने छ भन्ने आशा गर्छु |

    Reply
  17. Mahesh says:
    December 29, 2013 at 4:28 am

    बस्ताव मा बिहे भनेको स्वार्थ रहित माया हुनु पर्छ. यी जाने महिला हरु ( नेपाली दिदि बहिनि भन्न नि लाज लाग्छ ) सिर्फ केहि पैसा कमाइन्छ कि भनेर गएका हुन्, एक किसिम ले जुवा खेले का हुन् . अब जुवा मा कोहि जित्छन कोहि हार्छन , धेरै जसो हार्छन नै. अब तेसरी हार्ने लै के को सहानुभूति गर्नु .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme