देशभर चर्को विरोध भएपछि कृषि मन्त्रालयले नेपालमा मोन्सान्टो बीऊ प्रयोग नगर्ने भन्दै हात झिकिसकेको अवस्थामा चौधरी ग्रुप यसको बीऊ बेच्न अघि सरेको छ। कान्तिपुरमा आज प्रकाशित विज्ञापनमा ‘मोन्सान्टोको मकैको बीऊ बेच्न तयार रहेको’ भनिएको छ। दुई वर्षअघि कृषि मन्त्रालयकै अग्रसरतामा मोन्सान्टोको बीऊ प्रयोग गर्ने योजना बनेको थाहा पाएपछि देशभर विरोध चर्किएको थियो। भारतमा समेत यसको चर्को विरोध भएको थियो।
अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा खाद्य सुरक्षा बढाउने र नेपाली किसानको आम्दानी बढाउने लोभ देखाएर संसारभर बदनाम भइसकेको बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको बीऊ भित्राउने तयारी गरेको थियो। नेपालमा सुरूको चरणमा चितवन नवलपरासी तथा काभ्रेका बीस हजार किसानहरूमाझ यी हाइब्रीड मकैको बीऊ विस्तार गर्ने अनि क्रमशः नेपालभरी यो कार्यक्रम गर्ने योजना बनाएको थियो। तर विरोधका कारण पछि हात झिकेको यो कम्पनी अब चौधरी ग्रुपको सहयोगमा भित्रन लागेको हो।
हेर्नुस् किन मोन्सान्टो घातक छ-
रैथाने बीऊ मासिन्छ
जेनेटिकली मोडिफाई बिऊले अरू सबै बिऊहरूलाई मासिदिन्छन् र कुनै पनि देशमा भित्रिएपछि मोन्सान्टोले पहिले त्यहाँको बिऊ आपुर्तिलाई नियन्त्रणमा लिन्छ । त्यसको माध्यमबाट कृषकहरू पनि उसकै नियन्त्रणमा फस्न पुग्छन् । यो मोन्सान्टोको भित्री रूप हो । यसको प्रभावले पौष्टिक खाद्य पदार्थको उत्पादन कम हुने, सानो समयावधीमा उत्पादन घट्ने, विषादीको प्रयोग बढ्नेजस्ता समस्याहरू आउन सक्छन् । हाम्रो वातावरणमा पनि यसको नराम्रो प्रभाव पर्न सक्छ । माटो बिग्रिन्छ ,रैथानै बीऊहरू मसिन्छन् र जैविक विविधतामा ह«ास आउन सक्छ ।
युएसएडले मोन्सान्टो परियोजनामार्फत् प्रवद्र्धन गर्न लागेको कार्यक्रमले हाइब्रीड मकैको प्रयोग मानिसहरूले सिधा उपभोग बढाउनका लागि गर्न लागेको होइन । यस परियोजनाबाट उत्पादन हुने मकै विष त होइन तर स्वाद भने मानिसले खान मन नपराउनेखालको हुन्छ । यसको अर्थ यो मकै पशुको दाना उत्पादनका लागि प्रयोगमा आउँनेखालको हुन्छ अर्थात् नेपालमा दाना उद्योगको लागि चाहिने मकै उत्पादन गर्नु यसको उद्देश्य हो । यसका साथै नेपालमा मासुको उपभोग बढेको पक्कै हो र पशुजन्य खानाको माग पनि बढेकै छ । दुध र दहीको उत्पादन र उपभोग पनि बढेकै छ । ठूलोस्तरमा पालिने कुखुरा र बाँधेर पालिने पशुका लागि अन्नमा आधारित दानाको आवश्यकता पर्दछ । नेपालमा उत्पादन हुने मकैले त्यो दानालाई थेग्न सक्दैन । त्यसैले यस दानाका लागि भारतमा नै भर पर्नुपर्छ । त्यसैले यो अवस्थामा मकैको उत्पादन बढाउँने कुरा सरसर्ती हेर्दा स्वभाविक लाग्न सक्छ । तर गहिरिएर हेर्दा यो उत्पादनले नेपाली खाद्य सुरक्षा बढाउँने काम गर्न सक्दैन । जस्तै, मकैजस्तो वनस्पतिजन्य खानालाई पशुजन्य खानेकुराको उत्पादनमा प्रयोग गर्दा झन्डै नौ गुणा बढी खानेकुरा चाहिन्छ अर्थात् मानिसलाई चाहिने प्रोटिन मकैबाट सिधै प्राप्त गर्ने हो भने एक किलो मकैले पुग्छ भने मकै खुवाएर पशुपालनमार्फत् गर्ने हो भने कम्तीमा दश किलो मकै चाहिन्छ । यसको मतलव जति धेरै मासु उत्पादनका लागि जमिनको प्रयोग गरिन्छ, त्यति नै कम मानिसका लागि खानाको उत्पादन गर्ने जमिन बँच्न सक्छ । यसका साथै हाइब्रीड मकैको विस्तारले खेतिपाती गर्ने अरू खर्च बढ्नेछ भने उत्पदित मकैको मुल्यमाथि किसानको नियन्त्रण नहुने पक्का छ र यो मकै प्रसोधन गर्ने व्यापारीको हातमा मुल्य निर्धारण गर्ने शक्ति रहन्छ । त्यसकारण यो परियोजनाले नेपाली खाद्य सुरक्षाको रक्षा गर्ने तथा किसानको आम्दानी बढाउँने कुरा त परै जाओस यसले नेपालको खाद्य असुरक्षा बढाउँने पक्का छ ।
यसकारण नेपालको खाद्यान्न उत्पादन बढाउन तथा किसानको उत्पादन बढाउन मोन्सान्टोको बीऊ प्रयोग कुनै हालतमा पनि राम्रो बाटो हुन सक्दैन । (पूरा पढ्न यहाँ क्लिक गर्नुस्)
आम किसानलाई चुस्न र नेपालको जैविक विविधता तहसनहस पार्दै नेपाललाई कालान्तरमा मोन्सान्टो निर्भरता बनाउन उच्च पदस्थ कर्मचारीहरुलाई भ्रमण तथा भत्ताको लालसा देखाउँदै वैधानिक तवरमा नेपालमा दादागिरी मच्चाउन खोजिरहेको छ । यसको समयमा नै संरक्षण कर्मिहरुले सचेत अवरोध त गरेका छन् तर चोर बाटोबाट यो नेपालको संक्रमण काल र राजनैतिक नेतृत्वको यस विषयमा नजरअन्दाजका कारणको फाइदा उठाउँदै सक्रिय भने रहेको आभाष आम कृषिकर्मीहरुलाई रहेको छ ।
मोन्सान्टोको विरोध किन ?
धेरै अरु अन्तराष्ट्रिय क्षेत्रहरुसँगै हाम्रै छिमेकी मुलुक भारतका गरिब किसानहरुलाई आफ्नो जालोमा पारेर पछि आत्महत्या सम्मको विकल्प रोज्न वाध्य पारेर कुख्याति कमाएका कारण मोन्सान्टो विश्व भरि नै आलोचित रहि आएको छ । बिउ माथि किसानको अधिकारलाई मोन्सान्टो जस्ता बहुराष्ट्रिय कम्पनिहरुले विविध पक्षबाट आक्रमण गर्ने गर्दछन् र किसानलाई परनिर्भर बनाउँदै लगेर चुस्ने प्रवृत्तिलाई यिनिहरुको काम गर्ने विधिको रुपमा लिन सकिन्छ । अनुवांशिक रुपमा परिवर्तित बालिको प्रयोग मोन्सान्टोले किसानहरुको खेत वारिमा उत्पादन धेरै हुने, किरा तथा झारको लागि किटनाशक औषधि धेरै प्रयोग गर्न नपर्ने र अझ गर्नै नपर्ने जस्ता लालचा दिएर लोभ्याउने गर्दछन् । विश्वभरि यसले गरेको खेतिलाई मुल्यांकन गरेर निकालिएको रिपोर्टलाई केलाउने भने केहि वर्ष राम्रो उत्पादन दिएता पनि पछि क्रमशः त्यस क्षेत्रमा यसले आफ्नो साइड व्यापारको रुपमा अगाडि सारेको किटनाशक औषधि र मलको प्रयोग मात्रा बढाउँदै लानुको विकल्प किसानलाई नरहने देखिन्छ । त्यस पश्चात किसानहरुको उत्पादन खर्च चरम उत्कर्श पुग्दै जाने देखिन्छ । यसकारण मोन्सान्टोको दलदलमा फस्न भन्दा पहिले हामिले एक चोटि गहिरिएर सोच्नुपर्ने हुन्छ ।
दोस्रो मन्सान्टोले आफ्नै देश अमेरिकाका किसानलाई पनि एक चोटी फन्दामा परेपछि कयौ वर्ष दुख दिन नछाड्ने गरेको धेरै उदाहरण रहेका छन् । परिक्षणको नाम होस् या जग्गा भाडामा लिएर होस या उत्पादन धेरै हुने लालशा देखाएर होस् यसले कुनै किसानलाई आफ्नो चंगुल पारेर आफ्नो उत्पादन सुरु गरेको हुन्छ । त्यस पश्चात यसले खेति गरेको क्षेत्रमा विभिन्न कोणबाट आनुवांशिक उलट पुलट गरिएका वालिहरुको उत्पादन लिने कुरा त सामान्य नै रह्यो तर यो यसमा मात्र सिमित रहनेवाला पटक्कै छैन । यसको आनुवांशिक उलट पुलट गरिएका वालिहरुको(Genetically Modified Plants) पराग उडेर केहि पर सम्मका किसानको खेत वारिमा पुगेर तिनिहरुको उत्पादनलाई समेत दुषित पारेको हुन्छ । यसरी दुषित पारिएको खेतिलाई हर्जाना तिर्नुपर्ने होला सामान्य रुपमा सोच्ने भने तर यहाँ मोन्सान्टोले आफ्नो भयानक असलि रुप देखाउँछ । यि गरिव किसानहरुलाई उल्टै यसले आफ्नो बिऊ चोरेर प्रयोग गरेको अभियोगमा लाखौं रुपयाँ तिर्न लगाउँछ । गरिब किसान मोन्सान्टोको अघि निरिह हुन्छ । यसरी यसले आफ्नो बहुराष्ट्रिय कम्पनिको चरित्र देखाउँछ र लुट्न सफल उक्त अकुत सम्पत्ति राजनितिज्ञ तथा नेताहरुलाई आफ्नो अगाडि पछाडि रिंगाउन प्रयोग गर्ने गर्दछ ।
तेस्रो अनुवांशिक परिवर्तित बालिको (GMO’s) खेति गर्दा माटोमा र उत्पादनको प्रयोगबाट मानिसमा हुने विभिन्न नकरात्मक असर अत्याधिक हुने विभिन्न वैज्ञानिकहरुले तथ्यगतरुपमा अघि सारेका छन् । हाइब्रिड तथा अनुवांशिक परिवर्तित बालि उत्पादन गर्न अत्याधिक रुपमा प्रयोग हुने किटनाशक औषधि र अजैविक मलहरुले मानिसको स्वास्थ्यमा क्यान्सर लगायतका दिर्घ हानिकारक रोग तथा माटोको स्वास्थ्यमा पनि दिर्घकालिन असर पार्ने गर्दछ । यसका साथ साथै अनुवांशिक परिवर्तित बालिको सेवनले मानिसमा गर्न सक्ने हानिको सिमाको त कुरा नगरौं, यसले माटोमा पनि अपुरणिय क्षति पुराउने विभिन्न तथ्यहरु फेला पर्दै गएको वैज्ञानिकहरुले बताउने गर्दछन् । (पूरा यहाँ पढ्नुस्)
भारतमा हजारौँ किसानको आत्महत्याको कारण यही
मोन्सान्टोले उपलब्ध गराउने मकैको हाइबि्रड बीउको प्रभावले वातावरणमा भएका प्रांगारिक बीउविजनलाई दूषित गरी नष्ट गरिदिन्छ । भारतमा मोन्सान्टोले उत्पादन गरेका मकै, भटमास, कपास, उखुलगायतका हाइबि्रड बीउका कारण प्रांगारिक प्रणालीबाट उत्पादन गरिएका अन्य बालीमा समेत असर देखिन थालेपछि किसानहरू त्रसित भएका छन् ।
मोन्सान्टोले आफूले उत्पादन गरेको बीउसँगै रासायनिक मल तथा किटनाशक विषादीका लागि पनि उसैप्रति निर्भर बनाई किसानलाई ‘निल्नु न ओकल्नु’ को अवस्थामा पुर्याउने अर्गानिक अभियन्ताको ठम्याइ छ । मोन्सान्टोका कारण कृषिमा उत्पादन लागत बढ्ने र उत्पादनको मूल्य घट्ने अवस्था आउँछ । एभि्रथिङ अर्गानिक नर्सरी पातलेखेतका जिम डेनिसका अनुसार परम्परागत प्रणालीमा जस्तो किसानले आफैं बीउ भण्डारण गर्न नमिल्ने र बीउ उत्पादन अधिकार -प्याटेन्ट राइट्स) मोन्सान्टोमै सीमित रहने हुँदा किसानले बीउकै लागि धेरै पैसा खर्चिनुपर्ने हुन्छ । डेनिस भन्छन्, ‘यसै समस्याबाट पिरोलिएर भारतमा हजारौं किसानले आत्महत्या गरिसकेका छन् ।’ (पूरा पढ्न यहाँ क्लिक गर्नुस्)
पहिले बुझौ कि हालसम्म ‘terminator’ बिउको उत्पादन संसारको कुनै पनि स्थानमा भएको छैन (बैज्ञानिक आध्यानका लागि बाहेक) / यो भनेको बिल्कुल भिन्दा बिसय हो जसमा एस्तो gene प्रयोग गरिएको हुन्छ जसले गर्दा हामीले बिउ बारीमा प्रयोग गरिसके पछि तेस बाट उत्पादित बिउ पुन रोप्न सकिदैन / हाल उत्पादित GMO ‘terminator’ होइनन /
दुइ वटा वाय वाय को पकेट थियो बाकी त्यो पनि हुर्याई दियो झ्याल बाट आज बाट बहिस्कार चौधरी को सब उत्पाधन/
The road to hell is paved with good intentions. Especially with the attitude of “Kindly let me help you” said the monkey, putting the fish safely up a tree. This is what happens of short sight decision, greed taking over common senses. Soon we will see thousands of farmers commit suicide like it happened in India and other parts of world and what to say about long term human health damage? This is chain reaction and there are agency who will be benefit by expenses of others like corporation agency like Food Chain, health associated business and First World Governments!!!
Let me ask you all of you one question!!
What do the White House/British Parliament kitchen and Monsanto’s cafeteria have in common?
A: They all serve organic food.
Country like Nepal where packaging, labeling, health and safety standard is below par in compare to other countries, How can we know which food is GM or which one is organic? After so many years of people resistance in USA, 25 states are preparing to clear labeling on GMO products so people have choice what not to buy? In Europe GMO food is not allow to sell, In Britain due to people pressure GMO farming is off the shelf and off the HOUSE OF COMMON discussion topic even greedy minster try to pressure people to use GMO seeds to framing!!
So We must stop GMO Framing in NEPAL!!!
Check this one too..
http://rt.com/news/china-rejects-us-corn-087/
http://rt.com/news/monsanto-europe-gmo-food-309/
http://www.foodfirst.org/en/GMO+corn+banned+in+Mexico
http://www.organicconsumers.org/articles/article_27292.cfm
http://modernfarmer.com/2013/12/post-gmo-economy/
यो मोंसनतो नेपालमा इन्ट्री गर्नमा WTO को सदस्यता बन्न तत्कालिन एमालेको मा कु ने सरकारको अर्थमन्त्री सुरेन्द्र पाण्डेले हस्तात्छेर गरेको हो / एसको (wto ) कानुनीपर्तिबेदन किताब ५०० पेज बडी छ, लेखियको कुनैपनि धाराको एकसब्द संसोधन गर्न अमेरिकी काँग्रेसबाट २/३ बहुमतबाट मात्र पास हुन्छ / अमेरिकी सरकारले wto को कानुनी कितव आफनो सम्बिनधान भीतर लेखियको छ ग्लोबलिज़शन,agricultural मर्केतिज़शन , नातुरलिज़शन ,इन्दुस्त्त्रिलिज़शन , इत्यादी / खासगरि गर्रिब देसको कृषकहरुलाई मारमा पारिएको छ/ मात्र एक उपाए छ, मोनसन्तो लै बहिस्कार गर्नु , चौधारी ग्रुप लै बहिस्कार, अन्नी आफ्नो अन्नबिउ जोगाउ /
“जानेर र थाहा पाएर चौधरी ग्रुपको कुनैपनि उत्पादन उपभोग र प्रयोग गर्ने छैन प्रयोग गर्ने सल्लाह पनि दिने छैन” भनेर कसम खाउँ सबैले, मैले त खाएँ /
यस्ता बिबादित बिउहरुको बारेमा सकभर किशानहरुलाई सचेत गराउने, थाहा भएकाले नकिन्ने, र मेडिया र सरकारले चौधरी जस्तो भ्रस्ट, लोभी, द्रब्य पिचास को भ्रत्सना मात्र होइन करबि पनि गर्ने|
यो ग्रुप पहिला पनि धेरै ठगि व्यापार मा संग्लाना भएकोले यस्तालाई कारबाई गर्न कहिले रोकेको छ भने त्यो हो नेता र कर्मचरी तेस्ले लुटेको धनमा किनिएको भएर हो|
सच्चा नेपालीले बिरोध मात्र होइन; चौधरी जस्ताको जरै उक्काइ दिहे पनि हुन्छा|
मैले बल्ल बुझे हाम्रा पूर्वजहरुले किन हुल्मुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु भनेका रहेछन भन्ने कुरा । त्यस्को गम्भिर अर्थ त यस्तो पो रहेछ ।
नेपालामा भएकाहरु ले चौधरी ग्रुपका सामानहरु बाइकट गर्नु नै सर्बोत्तम समाधान हुन सक्छ . वाई वाई जस्ता चौधरी ग्रुपका उत्पादनहरुको मायोज जस्ता विकल्प पनि त छन् नि .
रास्ट्रीय दैनिक पत्रिका मार्फत सर्व साधारण किसानहरु सम्म सुचना पुग्ने गरि र सजिलै बुझिने गरि लेख तथा सामाग्रीहरु प्रकासित गरि जनचेतना जगाउने काम गरौ /
नैतिकता र व्यापार को सम्बन्ध पानी र आगो जतिकै घनिष्ट छ|
अब एक दुइ साल भित्रै Forbes को लिस्टमा अझै अगाडी नै आउने भो नाम
प्रतिबन्ध लगाउनुको विकल्प छैन !
श्याम गिरी
माथि को लेख र सबै जनाको भनाइ अलि साहित्यिक भयो सामान्य मान्छेले अलि नबुझ्ने / मैले Robert Kenner ले निर्देशन गरेको डकुमेन्ट्री Food Inc मा हेरे अनुसार अनि सोहि नाम को किताबमा पढेको अनुसार मोनसान्तोबाट बिउ किनेर खेति गर्दाको सबैभन्दा ठुलो समस्या भनेको बिउ राख्न नपाइने नियेम हो / आफुले खेति गरेको बालीको बिउ राखेर फेरि बालि लगायो भने मोनसान्तोले तपाइलाई अदालत मा पुर्याउछ / अनि करोडौको हर्जाना तिराउछ / कसरि थाहा पाउछ त? तपाइले बिउ किनेको नकिनेको रेकर्ड उनिहरुसंग हुन्छ, अनि बाली हेरेरै थाहा पाइन्छ कसको बिउ हो भनेर / अरबौ सम्पत्ति भएको कम्पनिका घघडान वकिलहरु संग बिचरो किसानको केहि लाग्दैन / पहिले बिउ किन्दा सम्झौता पत्रमै यो कुरा लेखेको हुन्छ, अदालतले त्यसैको व्याख्या गर्ने हो / अमेरिकामा सयौ किसान हरुलाइ आफ्नै बिउ राखेको र हरेक बर्ष मोनसान्तोसंग बिउ नकिनेको भनेर कपिराइट मुद्धा लगाएर मोनसान्तोले करोडौ डलर तिराएको छ / हरेक बर्ष उसैसंग बिउ किन्नुपर्ने भएपछी उसले बिउको मूल्य जति राखेपनि भयो, किन्नै पर्छ / हामीलाई राम्रो लागेपनि एकचोटी सोचौ: युरोपियन युनियन, भारत जस्ता ठुला देशहरुले किन मोनसान्तोलाइ निकालेका हुन् / युरोप मा त Genetically Modified Organism (GMO) निषेधित नै छ / दुइ अरब जनसंख्या भएको भारतलाइ धेरै अन्न उत्पादन गर्नु छैन र? हामीले राम्रोसंग नबुझेपनि अरुले बुझेर गरेका छन्, तेस्को नक्कल गरौ / राम्रो कुरा नक्कल गर्नुमा फाइदा छ / यो कुरा हामी सकेसम्म धेरै मान्छेहरुलाई, खासगरी नेपालका गाउगाउमा बस्ने सबैलाई भन्दै जाऔ /
http://rt.com/news/monsanto-march-berlin-protest-115/
नेपाली हरुलाई यो खाधयाना नभई बिष हो भन्नेकुरा जनचेतना गरौना जरुरि छ र यो नेपाली को Blood Sucker Vampire CG लाई नेपाल बाट Kickoff गर्नु पर्यो .
Food Inc यता हेर्न सकिन्छ
http://www.youtube.com/watch?v=f69TUDbPdLs
१:००:०० जतिमा मन्सान्टोको बारेमा आउछ ।
“monsanto falsely accused us of breach of contract and violation of patent laws . none of them were true. you go into the market find a dominant farmer and if you ruin them the scare the rest of them to fall in line.
spend 400k fighting the battle pre trial and we were told it would a million just to take to court.”
‘ मोन्सन्टोले हामीलाई पेटेन्ट कानून तोडेको आरोप लगायो जुनमा कुनै सत्यता थिएन । मुद्दा लड्ने तयारीमै ४० हजार डलर खर्च भैसकेको थियो अदालत पुग्न अझै एक लाख लाग्ने बताइयो । उनीहरूको नीति नै त्यस्तो रहेछ प्रभुत्व भएको एक किसानलाई बित्थैमा दुःख दियो, धरासायी बनायो र अरू सबै डरले उनीहरूको पछि लाग्ने भए । ‘
‘मन्सान्टोले अमेरिकी कृषि बजार र विशेषतः भटमासमा एकाधिकार जमाएको छ । रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षमा पहिले मन्सान्टोको लागि काम गरिसकेका मान्छेहरु छन् यसैले बीउ बचाउन नपाउने कुरा कहिल्यै राजनैतिक मुद्दामा पर्दैन । अमेरिकी सर्वोच्च अदालतका एक जज जसले बीउ बचाउन नपाउने कानूनमा धेरै फैसलाहरू गरे उहाँ पहिले मन्सान्टोको वकिल थिए । ‘
‘एकै खाले बालीमा मात्र भर पर्नाले जैविक विविधता नष्ट हुन जान्छ र वातावरणमा केही तलमाथि जस्तै नयाँ रोग, हावापानी परिवर्तन भएमा खाद्य प्रणाली नै ध्वस्त हुने अवस्था आउछ । ‘
धेरै उत्पादन गर्ने होडसँग सँगै खाने मुख नबढाउने वा घटाउनेतिर पनि सोच्ने बेला आयो कि ? सधै जनसंख्या वृद्धि भैराख्ने हो भने झनै धेरै उत्पादन गर्नलाई जोड परिरहनेछ र त्यसको लागि अपनाउन पर्ने हतकन्डाहरू पृथ्वीले थेग्न नसक्ने हुन बेर छैन ।
Hi this is very inhuman to control to over seed.Monsanto makes all Nepali more poor..please boycott and avoid mansanto seed whoever it promote. Untie all Nepali against this seed.
(१) चौधारी ग्रुप लै गाली गर्नु भन्दा सरकार लै कानुन बनाउन पो भन्ने हो . संसार भरि क बेपरी लै पैसा चाहिन्छा ….
(२) कुरो रह्यो ग्मो सीड को …. अमेरिका जस्तो देश मा (केहि बिरोद को बाबजुद ) एस्लाई कृषि उधोय्गीकरण मा ठुलो परिबर्तन गरि दियको छ तर Europe जस्ता देश ले एस्लाई निषेध गरेका छन्
(३) बलि प्रजन बाट उत्पादित सबै जातले रैथाने कम फल्ने जात लै पुर्स्थापन गर्छन … नेपाल मा नार्क ले रैथाने भन्दा केहि बढी फल्ने जात विकास गर्ने आएको छ … ओर्गानिक नारा ठुलो भए पनि आफै लै खान न पुग्ने देश को लागि नारा मात्र हो …
(४)) Nepal मा कुनै बलिप्रजन बेपरिक कम्पनि छैनन् ….एस्तो अवस्था मा अरुदेश वा बहु रस्तिया कम्पनी ले आखा ग सोभाबिक हो .नार्क लै प्रभाबकारी बनाउने वा देशी सीड कम्पनी प्रोस्थान गर्नु उत्तम उपाय हो
डोरप्रसाद जी,
तपाइको कुरो अलि बाझियो / मोनसान्तो र नार्कले बिकाश गरेका बिउहरुमा फरक छ: मोनसान्तोको बिउ जिएमो हो, नार्क को हाइब्रिड हो / नार्क को बिउमा नेपाली किसानलाई कपिराइट लाग्दैन, बालि फलाएर बिउ राख्न पाइन्छ, मोनसान्तोको बिउ फेरि अर्कोबर्ष मोनसान्तोसंगै किन्नुपर्छ, नत्र अदालत जानुपर्छ /
नेपाल खान नपुग्ने मुलुक होइन, सबै दक्ष्य जनशक्ति (तरुना / तन्नेरी) सहरतिर वा खाडितिर लागेकोले येस्तो भएको हो / खेतीपाती गर्ने मान्छे नपाएर गाउगाउमा जग्गा बाझो छ / धेरै फल्ने मकै रोपेर पैसो कमाउने सपना देख्नुभन्दा इलाम बासीहरुले गरेको जस्तो “पाच अ” (अदुवा, अलैची, ओलन, अम्लिसो, आलु) को खेति गरे उभो लागिन्छ / इलामेलिहरुले कस्तो प्रगति गरेका छन्!
हाइब्रिड र जी. एम. ओ. बिउमा फरक के छ त? यो लिंक मा हेरौ –
http://www.foodrenegade.com/hybrid-seeds-vs-gmos/
मैले यथार्थ राख्न खोजे को मात्र हो …. प्राविधक रुपमा भन्ने हो भने नार्क ले मकै को एउटा बाहेक अरु कुनै हिब्रीड निकालेको छैन (http://www.narc.org.np/publicaton/pdf/varieties_released/VarietiesEng.pdf) र त्यो हैब्रिड मा copyright न लागेपनि किसानले फेरि तेही बिउ प्रोयोग गर्न किन भने उत्पादन घट्नु का साथै बिसमता देखा पर्छ … Monsanto को बिउ नेपाली को लागि किन्ने पर्छ भन्ने होइन (माथि बुदा ४)…. हामी कहाँ कानुन र बुझाई को अभाब छ …. कृषि प्रसार सन्ता मा कसैले ओर्गनिक को कुरा गर्छ कसैले रसैनिक मल र किटनासक को कुरा गर्छ, कसैले ह्य्ब्रिड को कुरा गर्छ, कसैले रैथाने को कुरा गर्छ, आब कसैले gmo को – सरकार ले नेपाली कृषि लै दिशा दिनु पर्ने हो … सरकार लै का फुर्सद … कृषि पेशा सबै भन्दा हेला !
यो बिउबाट साम्राज्य फैलाउने र नाफा कमाउने चाल हो. हाम्रो मौलिकता सबै हराउने भो. अब कृषि र जैविक बिबिधतामा पनि उपनिवेश हुने? केहि गर्नु पर्छ एसको बिरुद्ध. यो कम्पनीलाई अमेरिका मै पनि धेरै कुरामा काम गर्न प्रतिबन्ध छ. सबैलाई चेतना भया.
कृषिमा आत्मनिर्भर बन्ने प्रणाली अपनाउनुपर्ने अवस्थामा कुन बाटो लाग्न थालेको हो सरकार ?
कर छल्ने , आफ्नो फाइदा मात्रै हेर्ने , चौधरी समूह र यस्तालाई सभासद बनाउने र यमाले को यौटा गुटलाई डाडा कटाउनु पर्छ .
It is all about power and monopoly.
Monsanto is being unethical by not telling the truth . It’s all about greed and profit for them.I would not believe a word they say.From what I hear,Their staff themselves do not eat in their cafeteria because they are full from GMo. Monsanto is arguing that Gmo seeds would have exact same components and nutrition as the natural ones, then my question would be what gives them a right to patent these seeds and sell them.Next thing we know they will start patenting all of our natural things.Thank you to the writer for creating awareness to nepalese people.
चौदरी ग्रुप ले त हो नि तेस्तो बिबादित समान बिच्ने, उसलाई कानुन लाग्दैन l तर एसको सजिलो उपाय छ, हामी एसको समान न किन्दिउ न ?
संसारका कतिपय देशहरुले मोन्सान्टो र gmo crops लाई निषेधित गरिसकेका छन. हाम्रै छिमेकी राष्ट्र भुटान organic farming गर्दै छ. यस्तो बेलामा मोन्सान्टो नेपालमा भित्रिनु ठुलो दुर्भाग्य हुन्छ. मोन्सान्टोलाइ कदापी नेपालमा छिर्न दिनु हुँदैन. हामी सबै मिलेर सरकारलाई दबाब दिनु पर्छ र जसरि भएपनि रोक्नु पर्छ. यसको साथ-साथै कसरि organic खेतिलाई बढी प्रभाबकारी बनाउन सकिन्छ भनेर सोच्नु पर्छ.
मोसनातो कम्पनी लै प्रोत्साहन गर्नु हुदैन भारत संग सिक्नु पर६ जैविक बिधि ले हानी पुर्यौ६
बालि तथा पशु को क्षमता बढाउने मुख्य तिन तरिका छन्;
१. आफु संग भयको बिउ मध्ये राम्रो छानेर अर्को पुस्ता को लागि त्यो बिउ प्रयोग गर्ने ; बाहिर हेरेर मात्र हुन्न , जेनेटिक भाग र बाताबरण को असर छुट्याएर राम्रो जेनेटिक भएको मात्रै छान्ने हो; कसरि भनेर सोध्ने हो भने साधारणतया statistical तरिका ले (संगै रोपेको बालि वा पशु को उत्पादन हेरेर ) छुट्याउन सकिन्छा.
२. पहिलेइ अन्त राम्रो भएको बिउ वा पशु लै आफ्नो जात मा मिसायर क्रमिक अपडेट गर्ने ;
एस्तो गर्दा आफ्नो बाताबरण मा हुन् सक्छ कि सक्दैन साथै तेस्लाई चाहिने मल , वा पोषण पुराउने विचार गर्न पर्छ ;
३. नया हाइब्रिड बिउ ल्याएर रोप्ने वा पशु ल्याएर पाल्ने; उदाहरण नेपाल को सबै बोइलेर कुखुरा र अन्डा पार्ने कुखुरा हाइब्रिड हुन् (लोकल छोडेर है ), एसले गर्दा प्रतेक चोटी बिउ वा माउ बाहिर बाट किन्न पर्छ भरकर एउटा बोइलेर को ग्रान्ड Parent सम्म पाल्ने फर्म काभ्रे मा खुलेको छ ; र किन नेपाल मा गर्न सकिन्न त यो काम; हामी नेपाली अल्छि कामचोर अर्काको कुरा काट्ने आफु केहि नगर्ने भयर हो त , यो पनि हो यो भन्दा मुख्यतया यस्ता अनुसन्धान धेरै लामो समय लाग्ने , नाफा नहुन पनि सक्ने र सब भन्दा गारो अगाडी बढेको कम्पनि लै भेट्नै नसक्ने भयर
४; जेनेटिक modified भनेको अनुसन्धान गरेर पत्ता लगाएको बिसेस बिसेस जिन हरु आर्को बालि वा पशु मा हालेर खेति वा पालन गर्ने ; यो अझै पनि विकास हुने क्रम मा छ ; अमेरिका क्यानाडा ब्राजिल र युरोप क़ा केहि देश मा खेति हुन्छ; पशु मा खास ब्यापारिक रुप मा आएको छैन;
मोंसान्तो राम्रो वा नराम्रो ? सोझो भाषा मा व्यापार गर्न आको हो लगानी गर्छ नाफा लैजन्न्छा ; ग्राहक तान्न र retain गर्न जसले जे जे गर्छन एसले नि तेही गर्छ ;
छोटकरी मा आफु संग भएको बिउ वा पशु लै क्रमिक सुधार गर्नु नै नेपाल को लागि अहिले को लागि उपयुक्त हो , नया पर्बिधि को बिउ लगाउने हो भने त्यस लै चाहिने आधार नि बनाउने र प्रयोग गर्ने; हावा को भर मा राम्रो नराम्रो नभन्ने
जेनेटिक्स मै अनुसन्धान गरि रहेको ले अहिले लै येति नि थप जानकारी चाहिएमा [email protected] मा पत्राचार गर्नु होला ;
यो मोनासान्टो बिऊ प्रबिधि अमेरिका भित्र नै रुचाईन्दैन साथै अन्य बिकसित देशहरुमा पनि, त्यहाँ र अन्य स्थानमा फ्लप भएको प्रबिधि नेपालको (सुपर डुपर फ्लप सरकार अनि plagiarism गर्न खप्पिस नेपालको Dr. धारी बिद्व्वानहरुले ) ले हिट नगरौंला भन्न सकिन्दैन
समयमै बुद्धि पुर्याऊं, भारतमा हजारौं किसानहरुले अकालमा ज्यान गुमाउनु परेको छ, यो प्रबृत्ति नेपालमा नदोहोरियोस
लौ बधाई छ नेपाल लै !!!
यो भन्दा ठुलो उदाहरण के हुन् सक्छ , कृषि मा ब्यापारीकरण , मनसआन्तो को बिउ ल्याउन को लागि कति घूस खाए अनि खुवाउन भ्याए ,
कृषिप्रधान देश (गरिब देश ) नेपाल मा यो गेनेटिक modify गरेको बिउ बिजन अनि तेस्मा गरिने patency को राजनीति , खै के गर्न खोजेका हुन् .
गरिब जनता लै बलि को बोको बनाउनु भन्दा केहि गर्ने हैन,
चौधरी ग्रुप लै घोक्रे ठ्याक लगाउने बेला भो ,
१०० मा सायद ३ जना लै पनि मोनसान्तो को बारेमा थाहा छैन होला , सायद मा नेपाल मा नै भएको भए त्यो पनि साधारण कृषक हुदो हो , मलाई पनि पक्कै थाहा हुन्थेन होला,
लु साथी हो !!!!मोनसान्तो लै भित्रिन नदिन को लागि के गर्न सकिएला त ?
सोचेभन्दा धेरै हानिकारक हो यो GMO seeds
you tube ma herey huncha , there are many documents in other language too…but in different TV channel of europe.
###in you tube ###GMO, Global Alert 2yr scientific study certifies MONSANTO GMO is poison and cancer causing
following blog can explain a bit.
###Crimes Against Humanity: How Monsanto is Turning a Hawaiian Island into a Petri Dish Complete with Human Lab Rats
Posted by: Daisy Luther | on June 13, 2013
– See more at: http://www.theorganicprepper.ca/crimes-against-humanity-how-monsanto-is-turning-a-hawaiian-island-into-a-petri-dish-complete-with-human-lab-rats-06132013#sthash.sFN1bk0x.dpuf
यो चौधरी ग्रुप भनेको तेही VAT बिल काण्डमा पनि मुछिएको बेपारी अनि कुन्नि के को सुचिमा उदाउदा धनि को लिस्टमा पर्न सफल ब्यक्तित्यो होइनन हुन् नि . के गर्ने पैसा कमाउन के गर्न पर्छ थाहा भो तर सोजो मन पाप गर्नै मान्दैन .
एस्तो काम नगरी कसरि आउछ त (Forbes ) मा नाम?