नेपालका प्रथम कृषि इञ्जिनियरका रुपमा परिचित संरक्षणविद् हुतराम वैद्यको मंगलबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ। २००७ सालमा भारतको इलाहावाद विश्वविद्यालयबाट उनले कृषि इञ्जिनियरिङ गरेका थिए। उनी बागमतीविज्ञ पनि मानिन्थे। बागमती बारे उनका निकै लेखहरु छापिएका छन्। अहिले हरेक शनिबार बिहान बागमती सफा गर्ने गरिन्छ। तर उनले त्योभन्दा धेरै वर्षअघि एक्लै बागमती सफा गर्ने काम थालेका थिए। श्रद्धाञ्जलिस्वरुप उनको बागमती सम्बन्धी एउटा पुरानो लेख।
विज्ञान र बागमती
हुतराम वैद्य
वागमती नदी २०४८ देखि स्पष्ट बिरामी परेको हो । २०२० सालबाट रोग सुरु भयो । यो उपत्यकाको रवाफिलो विकासलाई चाहिने सिमेन्टी, ढलान प्रविधिलाई नभइनहुने बालुवा उत्खनन नै यो रोग हो । नदीको बालुवा पनि समुद्रको पानीजस्तै जति झिके पनि नसकिने अथाह प्राकृतिक स्रोत हो भन्ने गलत धारणा विकास भयो । सरकारले पञ्चायतको आयस्रोत बढाउन बालुवा रोग खुला गरेको हो ।
अहिले आएर यो रोग समस्त वागमती परिवारमा सरेको छ । त्यो गल्तीले वागमती नदी परिवारको सन्तान वागमती सभ्यता पनि अहिले सिकिस्त बिरामी छ । औषधिमूलो गर्ने डाक्टर, नाडी छाम्ने वैद्य, झारफुक गर्ने झाँक्री, विभूति लगाइदिने जोगी इत्यादिहरू बिरामी भेट्न कोही लागिपरेको देखिएन । बरु अनेक अन्तर्राष्ट्रिय कुबेर आए । माग्नेको कचौरामा डलर खसाले, गए ।
यी नदी परिवारका कुनै तेह्रदिने बान्धव म हुँ, म यो परिवारको हकदार हुँ भनेर कोही बन्धु बान्धव आएको छैन । यो नदी परिवार नै बेवारिसे बन्यो ।
विस ०५२ सालदेखि अहिलेसम्म अधिकार सम्पन्न वागमती क्षेत्र ढल सुधार कार्यालयलाई नेपाल सरकारले रेखदेखको केही अस्पष्ट जिम्मा दिएको छ । सरकार यसरी अघि सरेको मौकामा मैले यस विषयमा जाने बुझेका केही कुरा वागमतीवादी, यस वागमती उपत्यकाका जनता र सरकारलाई केही जानकारी दिनु मेरो कर्तव्य ठानेको छु कारण म वागमती कालमोचन दोभानको एक नेपाली नागरिक हुँ । योसँग मेरो धेरै वर्षो उठबस छ, माया लाग्छ ।
वागमती परिवारको यो दर्ीघरोग निवारण गर्ने ०४८ देखि अहिले विसं ०६४ सम्मको उपलब्धिलाई निष्पक्ष वस्तुस्थितिको जानकारी लिन र दिन अब आवश्यक छभन्दा लाज लाग्छ । मैले वागमती आमैको दर्शन नगरेको दर्ुइ वर्षन्दा बढी भयो । कहा“ के भयो, कसले के गरे, वागमती परिवार र वागमती सभ्यताको पीडा के अवस्थामा छ भन्ने थाहा पाउन गत माघ १७ गते ताम्रगंगा गुहेश्वरी घाटदेखि गौरीघाटसम्म घुम्न गए“ । मेरो जानकारी र सरजमिनमा देखेका कुरा यहा“ पेस गरेको छु ।
पा“च वर्षपहिले म अधिकार सम्पन्न वागमती ढल कार्यालयमा कुनै मिटिङमा बोलाइएको थिए“ । मिटिङ सकिएपछि तत्कालीन अध्यक्ष विदुर पौडेललाई योजनाको कार्यक्षेत्र घुम्न अनुमति मागे“ । मलाई उहा“ले नै घुमाउनु भयो । सबैभन्दा पहिले कार्यालयको आ“गन स“गैको ताम्रगंग्ाा कुण्ड क्षेत्रमा लगेर ढल निकास सुरुङको जानकारी दिनुभयो । यसपछि हालै बनेको वागमती वारपार गर्ने गुहेश्वरी झोलुङ्गे पुल योजना र घाट निर्माणको जानकारी दिनुभयो । त्यसताका वागमती सा“गुरो पारिने काम सुरु भइसकेको थियो ।
नदी किनारामा बैंसका बिरुवा र केही नर्कटघारीको सम्झना छ । उहा“को कार्यालयमा जानुभन्दा पहिले गुहेश्वरीको वागमती नदी कति भासिएछ र यसको प्रभाव त्यहा“को लामा खुड्किलाहरू भएको घाट र भकारीहरूमा के कस्तो असर परेको छ हेरेर गएको थिए“ । वागमती ओर्लिने खुड्किलाहरूको जग खोतलिएको र खुड्किलाहरूको सबैभन्दा माथिको चारपाटे ढुंगाले छोपेको पेटी पूरै चकिएको देखे“ । उहा“स“ग बिदा हुने बेलामा मेरो प्रतिक्रिया चाहनुभयो ।
मैले यी सुझावहरू दिएको थिए“ —
क) नदीलाई उठाउने बालुवा छेक्ने प्राविधिक बा“धको कोरा नक्सा पौडेललाई टक्र्याए“ । इन्जिनियरले यो कोरा नक्सा बुभmन नसके मलाई बोलाउनुहोला भन्ने मौखिक अनुरोध पनि गरे“ ।
-ख) यस्तो बालुवा छेक्ने बा“ध एउटा ताम्रगंगामा र अर्को गौरीघाटको सिरानमा बनोस र दुवै ठाउ“को बालुवाको सतह कहिले र के दरले माथि आयो लगतको अध्ययन गर्नुस्, गराउनुस् । मलाई बोलावट कहिले पनि आएन । मैले चासो लिएर पछि लाग्ने कुरा आएन ।
-ग) गुहेश्वरीको लामो वागमती घाट चर्किसकेको छ । गौरीघाटको बा“धले नदीको सतह माथि उठाउनेछ र घाटको जगमा बालुवा पसेपछि घाट भासिने सम्भावना कम हुनेछ ।
-घ) वागमती पारिको जग्गाबाट मोटरबाटो बनाउ“दा नदीको पानी बग्ने बाटो मिचिनेछ र कुनै सालको बाढीलाई बग्ने ठाउ“ सांग्रो भएमा नदी रिसाउने हुन्छ, हामीलाई ट्राफिकजाम हु“दा रिस उठेजस्तै । यो अवस्थामा नदीले मानिसले बनाएको छेकालाई ध्वस्त गरेर आफ्नू हकभोग कायम गर्नेहुन्छ । सबै नदीको योे प्राकृतिक स्वभाव हो । कुनै पनि नदीको बाटो मिच्न हु“दैन । प्रकृतिलाई खलबल नगर्नु । होसियारीमा रहनु होला भन्ने सुझाव दिएको थिए“ ।
दर्ुइ वर्षजति पछि होला गुहेश्वरीको दर्शन गर्न जा“दा गौरीघाट सुरु हुने ठाउ“मा मेरो कल्पनाको बालुवा छेक्ने बा“धबाट पानी झरेको देखे“ । हराभरा बगर देखे“ । म उत्तेजित भएर ताम्रगंगा पुग“े । यहा“ पनि यस्तै पानी बगेको र बालुवा रोकिएको देख्दा मन फुरुङ्ग भयो । तर मेरो नक्सा सिफारिसअनुसार पूरा जलप्रवाह नछेकेकाले मैले आशा गरे जति नदी उठेनछ ।
अधिकार सम्पन्नले यो वैज्ञानिक उपलब्धिमा चासो राखेन, यसैले मैले पनि राखिन ।हालसालै अधिकार सम्पन्न वागमतीबाट १५ मंसिर ०६४मा वागमती सम्मान पुरस्कार हातलागेपछि मलाई फेरि गुहेश्वरीको बा“ध हर्ेन मन लाग्यो । गत माघ १७ गते म त्यहा“ पुग“े । केही नकारात्मक परिवर्तन आएको देखिएन । झोलुङ्गे पुल मुनि संग्लो पानी बगिरहेको थियो । हा“सको एक हूल पानीमा रमाइरहेका थिए । तल गौरीघाटमा थुप्रै महिलाहरू लुगा धुन व्यस्त भएको देखेकाले मेरो बा“ध कल्पना साकार भएको अनुभव भयो । तर घाटको जगमा बालुवा नभरिएकाले विगत वर्षा वषर्ायाममा नदीको बेगले बालुवा बगाएको अनुमान गरे ।
किन यसो भयो – किनभने नदीको पानी बग्ने बाटो अतिक्रमण भयो । वषर्ाको भेललाई शान्त राख्न नदी चौडाइ, गहिर्राई र त्यहा“को वृक्ष वनस्पतिको महत्त्व र जनसंख्यामा वैज्ञानिक सन्तुलन जुरेन ।यो एक घन्टाको मनोरम अनुभवपछि मलाई गौरीघाटको दर्शन गर्न मन लाग्यो । घाटमा दर्ुइवटा कलात्मक पाटी रहेछन् तर स्याहार संरक्षण केही नभएका । घाटमा रमझम केही थिएन । भुताहा जस्तो । गुहेश्वरीबाट गौरीघाटसम्म बगेर आएको पानीमा कहा“ कसरी र कति प्रदूषण र दर्ुगन्ध मिसियो वा थपियो मैले अनुमान गर्न सकिन । त्यहा“को दर्ुगन्धले म र्स्वर्गबाट नर्कमा झरेजस्तो लाग्यो । वाकवाकी लाग्यो ।
त्रिपुरेश्वर आएर मनतातो नुनपानीले निकैबेर कुल्ला गरे“ । केही सञ्चो भयो । बिजुली लोडसेडिङ भयो । सुत्न कोसिस गरे“ । धेरैबेर भुताहा गौरीघाटले पिरोलिरह्यो । निष्कर्षके त – वागमती नदी परिवार र वागमती सभ्यता जोगाउन ठूलठूला जटिल, खर्चिला र समय धेरै लाग्ने योजना सञ्चालन गर्न नहतारिनु । तत्काल जनताको धार्मिक सांस्कृतिक र सभ्यता भावनामा बाधा नपर्ने योजनाको स्पष्ट जानकारी खास गरी नदी उपभोक्तालाई दिन र लिन अत्यन्त जरुरी हुन्छ र छ । यो लेख यस्तो जानकारी दिने जिम्मेवारी लिएका वा पाएकाहरूलाई र वागमती सभ्यतावादीलाई सजिलो होस् भन्ने मनसायले लेखेको छु ।
यहा“ लेखिएका कुराहरू मैले विगत पन्ध्र बीस वर्षो वागमती सभ्यता विनास हु“दै गएको र प्रत्येक सालको विनास गति चर्किंदै गएको आधारमा केही कुरा पत्रिकामार्फ जानकारी दिन खोजेको ह“ु । यसै दैनिकमा फागुन ११ गते प्रकाशित विज्ञान र वागमती सभ्यता लेख पनि पढ्नुहोला । चर्को जरो आएको बिरामीलाई तत्काल लगाउन सकिने पानीपट्टीजस्तै सरल चौधवटा सुझाव त्यस लेखमा छन् । मान्नु नमान्नु, गर्नु नगर्नु, मेरो अधिनभन्दा बाहिरको हो । तर सकारात्मक जनचेतना र जनभावना जगाई दिनु, विज्ञान र विकास एकसाथ अघि र्सार्नु भन्ने जानकारी सबैलाई दिनु मेरो लक्ष्मणरेखा भित्रको जिम्मेवारी हो ।सकिन्छ भने केही काम नगिचै आएको नया“ वर्ष२०६५ सालको वषर्ात सुरु हुनुभन्दा पहिले सकिने केही जनसहभागिताको कार्यक्रम बनोस् । वागमती सभ्यता ब“ाचिरहोस् । प्रकाशित मिति: कान्तिपुर २०६४ चैत्र १
May his soul rest in peace! He has been a light among us till he lived.
सर्ब प्रथम समबेदना स्व. हुतराम प्रति. उहाँ को आत्मा को चिर शान्ति कामना गर्दै.
अब कुरा आयो उहाँ जस्ताको कुरा यो देश मा कल्ले सुन्छा र? सरकार को दोष त छदै छ तेस्मति हामी जनता ले पनि के नै गरेका छौ र? के गर्ने मन हुने को धन छैन अनि धन हुने हरु को मन छैन. चौधरी हरु जस्तो जसले एकताका आफ्नो छबि को लागि हो या साँचो अर्थ मा केहि गर्ने खोजेको हो त्यो त थाहा भएन….ले त केहि गर्न सकेनन भने अरु साना तिना जनता ले के नै गर्ने आशा राख्ने ठाउँ छ र. हो सरकार ले उचित ब्येवास्था गरेर पनि जनता ले अटेर गरेको भए जनतालाई भन्ने ठाउँ छ . तर जे भएपनि स्व. हुत राम जस्ता जसलाई खासै अर्थ मा बिभुति नै भन्नु पर्छ तेस्त व्यक्ति लै देश ले गुमाउनु एकदम अपुरनिय क्ष्यति हो. र अर्को शब्द हरु मा भन्नु पर्दा देशले स्व हुतराम जस्ता ब्येक्ति कहिले पनि पाउने छैन .
हुतराम बाजे लाइ कहिल्यै बिर्सने छैन,
बच्चा बेला देखि देखेको मान्छे , I RESPECT HIM A LOT !!!!!
हार्दिक हार्दिक हार्दिक श्रदान्जली अनि समबेदना !!!!
OUR BAGMATI AND WE ALL KTM . MISS U A LOT
I had met him 4 years back, he was still typing something on his PC at his home. he was a hard working person even on his elderly age. RIP sir
भाबपुर्ण श्रदान्जल्ली !
उहाका सुझाबलाई कार्यन्वयन गरियोस !
श्याम गिरी
USA
हार्दिक श्रद्धान्जली, आत्माले बैकुण्ठ बास पाओस, सन्तान दर-सन्तानले उनको कामको मुल्यांकन र याद गरिरहोस |
हुतराम वैद्यको आत्माले चिर शान्ति पाओस र उहाको परिवारलाइ धैर्यधारण गर्ने शक्ति मिलोस /
उहाको बारेमा अलि अलि सुनेको भएपनि उहाका लेखहरु पढ्ने अवसर मिलेको रहेनछ मलाई / यो माथि भएको एउटा मात्रै लेख पढेपछि लाग्यो उहा कस्तो राम्रो विचार भएको अनि कस्तो प्रस्टसंग लेख्नसक्ने मान्छे हुनुहुदोरहेछ / एस्तो मान्छेले दिएका ब्यबहारिक बैज्ञानिक सुझाबहरुलाई हामीले किन पालना गर्न नसकेको होला? बाग्मती बिरामी परेकोमा कसैलाई दुविधा छैन, तर पानीपट्टी लगाउने बन्दोबस्त किन भएन ? नियाश्रो लागेर आयो हुतरामको अनि बागमती आमै दुबैको /
उहाको बारेमा अनि उहाको लेख हामीसंग बाडेकोमा माइसंसार टोलिलाइ धन्यबाद / उहाले उल्लेख गर्नुभा’को फागुन ११ गते (२०६४ साल) को लेखमा भएका चौधवटा सुझाबहरु के के रहेछन जान्न मन लागेको छ / कसैले भेट्नसक्नु भयो भने माइसंसार मै लेख वा कमेन्टको रुपमा प्रकाशित गरिदिनु होला / धन्यबाद /