Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ आफ्नै आँखाले हेरेर पत्याउनुस्, पोखराका जमिन कसरी प्वाल परिरहेको छ [भिडियोहरु]

Posted on December 8, 2013December 8, 2013 by Salokya

sinkhole13
पोखरा उपत्यकाभित्र पर्ने अर्मला गाविस पोखरा उपमहानगरपालिकासितै जोडिएको छ। महेन्द्र गुफाबाट अलिकति पर पुग्यो भने आजभोलि निकै चर्चामा रहेको यो ठाउँ पुगिन्छ। त्यहाँ ५० भन्दा बढी ठाउँमा जमिन प्वाल परेर सिङ्कहोल देखिएको छ। त्यहाँ म पुग्दा जे जस्तो देखेँ, आफ्नै आँखाले हेरे जसरी हेर्नुस् तलका केही सम्पादन नगरिएका भिडियोहरुमा।
Sinkhole2
सबभन्दा पहिला महेन्द्र गुफाबाट अगाडि बढिसकेपछि केही अघि पिच गरिएको सडकमा सवारी साधनको आवागमन बन्द गरिएको छ। पोखरा उपमहानगरपालिकाबाट यहाँ हेर्न आउनेहरुले बाइक तलै छाडेर जानुपर्छ। हेर्नुस् त्यसको भिडियो-

त्यहाँबाट अलि माथि हिँडेर गएपछि जताततै गोलो आकारका सिङ्कहोल नै सिङ्कहोल देखिन्छ। दायाँ छेउमा काली खोला बगेको छ। एउटा भिरबाट हेर्दा काली खोला चाहिँ सङ्ग्लो बगेको थियो। भिरमुनिबाट भने कमेरे माटो पगालेको सेतो पानी निस्किरहेको थियो। चासो लागेर भिरबाट तलै गई हेर्दा भिरको एउटा कापबाट कमेरो मिसिएको पानी बगिरहेको रहेछ। साथमा तपाईँले खोल्साको पानीको निकासका लागि डोजरले खनिरहेको पनि देख्न सक्नुहुन्छ। हेर्नुस् भिडियो-

अब आउनुस् फेरि माथि नै जाउँ। भिरबाट उकालो लागेर हेर्दा कस्तो अचम्मको दृश्य। सँगसँगै नै जमिनमा प्वालैप्वाल। कुनै प्वाल कति ठूला। राम्रोसँग हेर्दा देखिन्छ, ठूलो खाडलमा सानो प्वाल त धेरै तलसम्म गएको छ। कुनै खाडलमा पानी समेत जमेको छ। हेर्नुस् सिङ्कहोल देखिने भिडियो

एक जना स्थानीय बासिन्दासित कुराकानी। उनले नाग मारेको कारण यस्तो भएको विश्वासले पूजा गर्न लागेको बताएका थिए। शुक्रबार र शनिबार दुई दिन त्यहाँ पूजा पनि गरिएको छ। सिङ्कहोल बन्दै गर्दा कस्तो देखिने रहेछ, उनले सुनाएका छन्। साथमा हातको १० लाखमा बिक्री हुने त्यहाँको जग्गा बेच्न गरिएको प्लटिङको दृश्य पनि देखिन्छ। हेर्नुस् भिडियो-

किन भइरहेको छ यस्तो ? थप फोटो र जानकारी यहाँ क्लिक गरी हेर्नुस्

[के तपाईँले पोखरा वा नेपालका अन्य कुनै ठाउँमा यसरी सिङ्कहोल बनेको देख्नुभएको वा सुन्नुभएको छ ? आफ्नो अनुभव माइसंसारका पाठकसित बाँड्नुस्, तल कमेन्टमा।]

11 thoughts on “लौ आफ्नै आँखाले हेरेर पत्याउनुस्, पोखराका जमिन कसरी प्वाल परिरहेको छ [भिडियोहरु]”

  1. harkaman shahi says:
    December 14, 2013 at 9:51 am

    प्राकृतिक देन हो..! यो नेपालमा मात्र हैन कि संसारको हरेक ठाउँ ठाउँ मा हुने गरेको छ..! जसमा विभिन्न किसिमको भौगोलिक संदिर्भिक र रसायनिक तत्वहरुको मिश्रणको आकष्मिक प्रभाव हो..!

    अब कौवाले कान लग्यो भनेर कान पछि भाग्नु भन्दा…! त्यसको निकाय तिर लाग्नु मा नै बेश सम्झनु पर्दछ,!

    जय नेपाल !!!

    Reply
  2. bikash shrestha says:
    December 9, 2013 at 12:47 pm

    प्लोखारा मा बीच भाग बाट बगेको नदि मा सेतो पनि बग्छ एसको मतलब बनि मा चून को मात्र धेरै बगिरहेको छ .यसरी तल को भाग चून ले बनेको होला. तेही चून को चटन बनि ले बग्दै जादा भित्रि जमिन खोक्रो भएर भसीएको हुनु पर्छ . नाग देवता को कारण होइन . कुनै नेता लाइ दोष दिनु हुदैन . दोष त पोखरा को भौगोलि गनाओत को लागि दिनु पर्छ.

    Reply
  3. Rajan Upriti, Baltimore says:
    December 9, 2013 at 2:53 am

    काठमाण्डौमा पनि यही बिपत्ति निम्तिन बेर छैन |
    पानीको अभावमा काठमाण्डौवासी भूमिगत पानीको स्रोतमा बाँच्न बाध्य छन् | यस्तो पानीको स्रोत सुके पछि जमिन मुनि खोक्रो पर्ने र बिस्तारै जमिन भास्सिने (sinkhole बन्ने)गर्दछ | काठमाडौँ बासि समयमै चनाखो नभए यो क्रम सुरु हुन बेर छैन |

    Reply
  4. bhim says:
    December 8, 2013 at 10:58 pm

    हेर्नुस नेपालको जनताको बुद्दि , नाग रिसाएर पोखरामा खाल्डो परेको अरे , अब एस्तो दिमाग भएको जनताले भोट दीएर जितेको नेता कस्तो होला कल्पना गरौत, के नेपाल कहिले सुध्रेला ? एस्तो दिमाग भएको जति सबैलाई बाधेर त्यै खाल्डो हालेर पुर्न पर्ने हो

    Reply
  5. subas says:
    December 8, 2013 at 5:50 pm

    yes geologist hav been predicting very long ago about it around seti river coz all the white stuff is caco3 or white stone washing away by the river ,,,…yes there r lots of such cases around the world like gas blasts in russia called death hole u can see some large one from venezuala

    Reply
  6. Toran Chhetri says:
    December 8, 2013 at 5:21 pm

    भुमि पुजा गर्नु पर्छ . नदि पुजा पनि गर्नु पर्छ . देउता रिसाएर यस्तो भएको हो .

    Reply
  7. Pingback: [अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि
  8. Prashanta says:
    December 8, 2013 at 8:26 am

    सालोक्य जी ,
    पोखरा नजिकै अर्मलामा देखापरेको sinkholes को फोटो तथा video को लागि धेरै धेरै धन्यवाद | तपाइंको प्रस्तुति अनुसार यसको मुख्य कारण ground water को movement बाट भएको देखिन्छ | स्थानीयवासीहरुको विश्वासमा नागलाई मारेको हुनाले यस्तो भएको हो कि भन्ने परेको छ | मेरो विचारमा यो परिस्थितिमा नेपाल सरकारले तुरुन्तै निम्न कुराहरुमा ध्यान दिन जरुरि छ :
    १. Sinkhole बन्नुको कारण र यसले प्रभाव पार्न सक्ने क्षेत्र पत्ता लगाउन एउटा विशेषज्ञ टोलि पठाउने |
    २. प्रभावित स्थानीयवासीलाई वैकल्पिक वासको व्यवस्था गर्ने|
    ३.स्थानीय वासीहरूले पुजाआजामा भन्दा यस्को कारण , रोकथाम र राहतको निम्ति सरकारबाट चालिने कार्यमा सहयोग गर्नेे |
    ४. हामीजस्ताले चाहीं यदि राहतको आवश्यकता पर्यो भने दिल खोलेर सहयोग गर्ने ।

    Reply
  9. Bishnu Nepali says:
    December 8, 2013 at 5:48 am

    जमिन मुनि नदि (खोला) जस्तै बहि सकेको हुनु पर्दछ ! यो खोला ले , ठुलो प्वाल (सुरंग) जस्तो बनिसकेको हुनु पर्दछ ! यो खोलाको जमिन मुनिको बाटो माथिको र वरपरको को कच्चा जमिन भासिएको (सिंक) हो !
    कमेरो सहित को खोला निस्किएको ठाउँ बाट भसिएको ठाउं हरु जोड्ने रेखा नै यो खोलाको जमिन मुनि को बाटो र यसको वरपरको कम्जोर जमिन हो !
    नेपाल सरकारको पहिलो काम यो बाटो पहिल्याउने र यसको को वरपर को घरको मानिस लाइ अन्त सार्ने ! अनि जमीन मुनि कहाँ बाट पनि गएको छ तेस्लाई रोक्न/कम गर्न कम गर्ने !

    Reply
  10. kedar says:
    December 8, 2013 at 3:00 am

    अनुसन्धान छैन, ब्यबस्थित प्लानिंग छैन, पानीको निकाश छैन, निगरानी छैन जस जसले जे जे मन लागो तेही तेही गरो ….. येसरिनै निम्तिने हो मानब निर्मित बिपत्ति | बर्खामा भारतको उत्तराखण्डमा तेत्रो मानब क्षेती मानब अतिक्रमण ले नै भएको थियो | काठमाण्डौकाले पनि नचेते भुइचालोले झ्वाम पार्छ |

    Reply
  11. Basu says:
    December 8, 2013 at 1:10 am

    यहाँ अमेरिकाका विभिन्न राज्यका कतिपय ठाउंमा यस्तो भएको समाचारमा हेरिएको सुनिएको थियो | यस्तै नेपालमापनि हुनुले मलाई अचम्म लागि रहेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme