Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्वाचन आयोगको हचुवा काम, मतगणना सकियो भनेको तीन दिनपछि ६ हजार भोट थपिए

Posted on December 1, 2013December 1, 2013 by Salokya

निर्वाचन आयोगले गएको बिहीबार समानुपातिकतर्फको मतगणना सम्पन्न भएको बताएको थियो। आयोगका प्रवक्ता वीरबहादुर राईले फोनमा ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत मतलाई अन्तिम माने हुने बताएका थिए। ‘एक दुई सय तलमाथि हुनसक्ला तर ठूलो अन्तर हुन्न,’ उनले भनेका थिए। त्यसैलाई आधार मानेर सबै मिडियाले समानुपातिकमा यो पार्टीको यति सिट आउने जानकारी दिएका थिए। शुक्रबार दिनभर त्यो मतमा कुनै हेरफेर भएन। शुक्रबार रातिदेखि अचानक निर्वाचन आयोगको साइटमा ब्यान्डविथ सकिएको सूचना देखियो। शनिबार दिनभर साइट चलेन। आइतबार साँझ निर्वाचन आयोगको प्रेस विज्ञप्तिमा त्यो दिन सार्वजनिक भएको भन्दा ६ हजार १८ मत बढी अर्थात् ९४ लाख ६३ हजार ८ सय ६२ मतको तथ्याङ्क आधिकारिक भएको बताइयो। मत पनि फेरि यसरी बढ्यो कि राप्रपा नेपालको मात्रै एक सिट थपियो। अनि सबभन्दा पुछारमा रहेर एक सिट पाउने निश्चित भएको परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक समाजवादी पार्टीको सिट खोसियो। आखिर किन यस्तो हचुवा काम गर्‍यो निर्वाचन आयोगले ?

हेर्नुस् निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै-
EC

यो कस्तो हिसाब हो ? मतगणना राम्रोसँग सक्दै नसकिकन किन सकियो भन्न हतार भएको निर्वाचन आयोगलाई। सकिएको हो भने तीन दिनसम्म के हेरेर बसेको ? मत गन्ने जस्तो कामको तथ्याङ्क पनि हचुवामै हान्दिने ? अन्तिम तथ्याङ्क आएपछि बल्ल यति हो भनेर सार्वजनिक गरे भइहाल्थ्यो त किन तीन दिन अघि सकियो भन्दै सबलाई भन्दै हिँडेको आयोगका अधिकारीहरुले ? कि भोट गन्न लास्टै ढिला गरे भनेर गाली गर्छन् भन्ने डर लागेर ? यो देशमा २०६४ सालमा पनि संविधान सभा निर्वाचन भाको थियो त। त्यतिबेला त यसरी मतगणना सकियो भनेपछि मत थपिएको थाहा थिएन त। यसपालि मात्रै यस्तो किन ?

फेरि ९४ लाख ६३ हजार ८ सय ६२ त सदर मतमात्रै भयो। बदर मत चाहिँ कति त ? खोई त्यो तथ्याङ्क ? जबकि नियमावली अनुसार मतगणना गर्दा बदर मत पहिला गन्नु पर्ने प्रावधान छ। बदर मतको हिसाब पहिले नै गरिएको हुन्छ। प्रत्यक्षतर्फको समेत अहिलेसम्म सदर मत र बदर मतको तथ्याङ्क सार्वजनिक गरिएको छैन। निलकण्ठ उप्रेतिले मतदान सकिएपछि ७० प्रतिशत मत खसेको बताए पनि त्योभन्दा १० प्रतिशत बढी मत गनिएको देखिँदा पनि यसबारे किन निर्वाचन आयोग चुप?

यस्तै हो भने मंगलबार दलहरुलाई आधिकारिक पत्र दिने बेलामा योभन्दा बढी वा घटी मत संख्या भएको पत्र दिन पनि के बेर ? हचुवा तालमै हो भने त गर्न पनि बेर छैन।

निर्वाचन आयोगले आज जारी गरेको अन्तिम मत परिणामलाई संविधान सभा निर्वाचन अध्यादेश २०७० को विभाजक सूत्र अनुसार सिट बाँड्दा यति दललाई यति सिट पर्ने देखिन्छ-

(यसअघि निर्वाचन आयोगले मत गन्न सकियो भनेको बेला सार्वजनिक तथ्याङ्क अनुसारको सिट थाहा पाउने भने यहाँ क्लिक गर्नुस्)

दलको नाम समानुपातिक

सिट

प्रत्यक्ष सिट कूल सिट

(समा+प्रत्यक्ष)

नेपाली काँग्रेस

91

105

196

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)

84

91

175

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

54

26

80

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

24

0

24

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

10

4

14

राष्ट्रिय प्रजातन्त्र पार्टी

10

3

13

तराई–मधेश लोकतान्त्रिक पार्टी

7

4

11

मधेशी जनअधिकार फोरम, नेपाल

8

2

10

सद्भावना पार्टी

5

1

6

सङ्घीय समाजवादी पार्टी, नेपाल

5

0

5

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

5

0

5

नेपाल मजदुर किसान पार्टी

3

1

4

राष्ट्रिय जनमोर्चा

3

0

3

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

3

0

3

तराई मधेश सदभावना पार्टी नेपाल

2

1

3

राष्ट्रिय मधेश समाजवादी पार्टी

3

0

3

थरुहट तराई पार्टी नेपाल

2

0

2

राष्ट्रिय जनमुक्ति पार्टी

2

0

2

स्वतन्त्र

0

2

2

नेपाल परिवार दल

2

0

2

दलित जनजाति पार्टी

2

0

2

अखण्ड नेपाल पार्टी

1

0

1

जनजागरण पार्टी नेपाल

1

0

1

नेपाः राष्ट्रिय पार्टी

1

0

1

नेपाली जनता दल

1

0

1

समाजवादी जनता पार्टी

1

0

1

खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल

1

0

1

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

1

0

1

संघीय सद्भावना पार्टी

1

0

1

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

1

0

1

मधेश समता पार्टी नेपाल

1

0

1

नेपाल कम्युनिष्ट पार्टी

0

0

0

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल

0

0

0

खस समावेशी राष्ट्रिय पार्टी

0

0

0

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा

0

0

0

नयाँ संघीयता जनधारणा पार्टी

0

0

0

नेपाल गणतान्त्रिक एकता पार्टी

0

0

0

नेपाली जनता पार्टी

0

0

0

संघीय विकासवादी पार्टी नेपाल

0

0

0

ॐ सेना नेपाल

0

0

0

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

0

0

0

गरिब जनताको क्रान्ति पार्टी

0

0

0

गरीब एकता समाज पार्टी, नेपाल

0

0

0

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल

0

0

0

चुरेभावर राष्ट्रिय पार्टी

0

0

0

चुरेभावर लोकतान्त्रिक पार्टी

0

0

0

जन प्रजातान्त्रिक पार्टी

0

0

0

जनता दल नेपाल

0

0

0

जनता दल युनाइटेड

0

0

0

जनता दल लोकतान्त्रिक पार्टी

0

0

0

जनता पार्टी नेपाल

0

0

0

जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स

0

0

0

जनमोर्चा नेपाल

0

0

0

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल

0

0

0

तराई पहाड हिमाल समाज पार्टी

0

0

0

तराई मधेश पहाड हिमाल एकता पार्टी

0

0

0

तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी

0

0

0

देशभक्त समाज

0

0

0

नयाँ नेपाल राष्ट्रिय पार्टी

0

0

0

नव नेपाल निर्माण पार्टी

0

0

0

नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी

0

0

0

नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)

0

0

0

नेपाल गौरवशाली पार्टी

0

0

0

नेपाल जनता पार्टी

0

0

0

नेपाल जनभावना पार्टी

0

0

0

नेपाल जनसमावेशी एकता पार्टी

0

0

0

नेपाल नागरिक पार्टी

0

0

0

नेपाल न्यायिक दल

0

0

0

नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी

0

0

0

नेपाल मधेशी जनता दल (समाजवादी)

0

0

0

नेपाल युवा किसान पार्टी

0

0

0

नेपाल राष्ट्रसेवा दल

0

0

0

नेपाल राष्ट्रिय यातायात विकास दल

0

0

0

नेपाल राष्ट्रिय विकास पार्टी

0

0

0

नेपाल लेबर पार्टी

0

0

0

नेपाल लोकतान्त्रिक समाजवादी दल

0

0

0

नेपाल शान्ति क्षेत्र परिषद्

0

0

0

नेपाल श्रमजिवी दल

0

0

0

नेपाल सद्भावना पार्टी

0

0

0

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

0

0

0

नेपाल सद्भावना पार्टी (युनाइटेड)

0

0

0

नेपाल समाजवादी पार्टी (लोहियावादी)

0

0

0

नेपाल समावेशी पार्टी

0

0

0

नेपालआमा पार्टी

0

0

0

पिछडावर्ग निषाद दलित जनजाति पार्टी

0

0

0

बहुजन समाज पार्टी नेपाल

0

0

0

मंगोल नेशनल अर्गनाइजेशन

0

0

0

मधेश तराई फोरम

0

0

0

मधेशी जनअधिकार फोरम मधेश

0

0

0

मातृभूमि नेपाल दल

0

0

0

युनाइटेड ग्रीन अर्गनाइजेशन

0

0

0

युवा शक्ति नेपाल पार्टी

0

0

0

राष्ट्रवादी एकता पार्टी

0

0

0

राष्ट्रवादी जनता पार्टी

0

0

0

राष्ट्रिय एकता पार्टी

0

0

0

राष्ट्रिय चुरेभावर पार्टी

0

0

0

राष्ट्रिय जन विकास पार्टी

0

0

0

राष्ट्रिय जनता दल नेपाल

0

0

0

राष्ट्रिय नागरिक पार्टी

0

0

0

राष्ट्रिय मधेश एकता पार्टी, नेपाल

0

0

0

राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी

0

0

0

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

0

0

0

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

0

0

0

राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी

0

0

0

राष्ट्रिय शिवसेना पार्टी

0

0

0

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल

0

0

0

लिग नेपाल शान्ति एकता पार्टी

0

0

0

लिबरल डेमोक्रेटिक पार्टी

0

0

0

लिम्बुवान मुक्ति मोर्चा

0

0

0

लिम्बुवान मुक्ति मोर्चा नेपाल

0

0

0

लोक दल

0

0

0

लोकतान्त्रिक जनता पार्टी नेपाल

0

0

0

लोकतान्त्रिक पार्टी–नेपाल

0

0

0

विश्व सत्यवादी पार्टी

0

0

0

शान्ति पार्टी नेपाल

0

0

0

शिवसेना नेपाल

0

0

0

श्रमिक जनता पार्टी–नेपाल

0

0

0

संघीय लिम्बुवान राज्य परिषद

0

0

0

संघीय समावेशी समाजवादी पार्टी, नेपाल

0

0

0

संयुक्त जनमोर्चा

0

0

0

संयुक्त राष्ट्रवादी मोर्चा नेपाल

0

0

0

सहकारी पार्टी नेपाल

0

0

0

सोसल रिपब्लिकन पार्टी

0

0

0

हरियाली नेपाल पार्टी

0

0

0

हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल

0

0

0

38 thoughts on “निर्वाचन आयोगको हचुवा काम, मतगणना सकियो भनेको तीन दिनपछि ६ हजार भोट थपिए”

  1. xyz says:
    December 5, 2013 at 2:48 pm

    आरुलाई चोर उठाउदा तिन औलाले आफै तिर देखाउला होस् गर – मिस्टर एमाले कण्ठ उप्रेती

    Reply
  2. Lohani Indra says:
    December 4, 2013 at 8:10 pm

    धाँधली अलि व्यवस्थीत र वैज्ञानिक नभएर प्रश्न चिन्ह खडा भाको मात्रै हो . तर जातिय र साम्प्रदायिक द्वन्द, देशलाई विखण्डन हुन बाट जोगाउन निर्वाचन आयोगले बेलैमा विचार चाँही पक्कै गरेको हो .

    Reply
  3. Ram KC says:
    December 3, 2013 at 1:44 pm

    यस्तो लाग्छ कि जसले चुनाव पहिला यो उम्मेदवारलाई यति मत दिनुपर्छ अनि यो दललाई यति सिट जिताउनु पर्छ भनेर निर्वाचन आयोगलाइ सिकाउनेहरू अहिले काम सफल भए पछि आराम गर्न गएको वा बसेको जस्तो छ. बिचरा निर्वाचन आयोगलाइ कसरी मिलाउने भन्नेमा नै अप्ठ्यारो परिरहेकोछ. आदेशकर्तालाई फेरि बोलाउनुपर्यो हो!

    Reply
  4. bibek says:
    December 3, 2013 at 5:30 am

    सब नियोजित हो भन्नेमा अब शंका रहेन|

    यो निर्वाचन र यसको परिणाम सम्पूर्ण रूपले खारेज गरेर, पहिलेको संबिधान सभा नै पुनर्स्थापित नगरी हुन्न अब| बेकारमा २०-३० अर्ब बालुवामा खेर फाले! निलकण्ठ उप्रेती बेकार, असक्षम साबित भईसके| तिनको पनि सम्पूर्ण शैक्षिक प्रमाण पत्र देखि लिएर व्यक्तिगत सक्षमता सबैको अनुसन्धान गरिनु पर्दछ| दोषी ठहरिए कडा भन्दा कडा कारबाही गरिनु पर्छ| देशको भाग्य संग खेलवाड गर्नेलाई!

    Reply
  5. ekraj says:
    December 3, 2013 at 5:10 am

    एउटा कुरा, प्रचंडे जम्मा १०० भोट को फरकले जितेको भनिएको छ| यसको स्थिति नाजुक छ र पुन गरना भयो भने हार्न पनि सक्दछ|
    यो कुरा बडा चलाकी तरिकाले, चुनाब धादली गर्ने ले मिलाएको छ| प्रचंदेले ले यो कुरा कोर्ट मा च्यालेन्ज गर्दा आफ्नो घाटीमा आफैले डोरी झुन्ड्याउने काम हुने हुनाले, तेत्तिकै भुकी टोपले को मात्र हो|

    Reply
  6. ekraj says:
    December 3, 2013 at 4:49 am

    नेपाली राज नीति र यसको संचालन कहिलेइ पनि भांड भैलो भन्दा फरक हुने भएन|
    चुनाब पछि नै यस्ता कुरा आइराखेको बेलामा; सरकार बनाउन कति भांड भैलोको को कसरत भै राखेको छ भित्र भित्रै?
    कुन चै बाँदर प्रधान मन्त्रि बनेर; सरकार बनाउने हो तेस्को कति कु कृते हेर्नु पर्ने हो?
    बरु मरेका लाश र राज्य गरेको देश भए पनि केहि मात्र मा भेये पनि प्रगति हुनेथियो होला?
    यी बिगार्न र चिथोर्न मात्र जानेका; पागल जन्तुहरु बाट मैले त केहि पनि आशा गरेको छैन|

    Reply
  7. Chetan Nepali says:
    December 3, 2013 at 3:17 am

    निर्बाचन आयोग जसले स्वतन्त्र र निस्पक्ष निर्बाचन ब्यबस्थापनको ठुलो जिम्मेवारी लिएको थियो त्यस्तो संस्थाले हचुवाको भरमा निर्बाचन परिणाम निकाल्नु र मत गणना प्रक्रिया पारदर्शी बनाउन नसक्नु निश्चय पनि असफल ब्यबस्थापनको परिणाम हुन् ! त्यसको जिम्मेवारी निलकण्ठ उप्रेतीले व्यक्तिगत रुपले लिनै पर्छ !

    धाधली यदि सुनियोजित होइन भने जहाँ जहाँ धाधली भएको हो त्यहाँ त्यहाँ अनुसन्धान गरेर दोषी कर्मचारीहरुलाई कारबाही गर्नै पर्छ ! ब्यबस्थान पक्षको कमि कमजोरीलाई लुकाउनुको सट्टा त्यसलाई जनता समक्ष ल्याउनु पर्छ नत्र भने जनताले कुनै दिन निर्बाचन अधिकृत लगायतका कर्मचारी तथा निर्बाचन आयोग प्रमुख समेतको कठालो समात्ने दिन आउछ!

    Reply
  8. gobinda says:
    December 3, 2013 at 12:15 am

    निर्बाचन केटा केटीको खेल होइन मेरो आवाज हो यो २०% पक्का धाँदली भएछ , उप्रेती लगाएत सरकारको नै यो grand design हो भन्नु फरक पर्दैन रहेछ | हुनत माओबादीलाई हराउनु उनीहरुकै पूर्व लडाकु पनि मरिमेटी लागेका हुन् , पैसा नदि इ कन
    पठाएका थिए , त्यसको पनि फल हो , अब माओबादीले आफ्नो संगठन दरो पार्न ठुलो कोसिस गर्नु पर्छ, आफ्ना संगठनका सबैलाई चित्त बुझाउनु पर्छ बस !

    Reply
  9. vajra says:
    December 2, 2013 at 7:15 pm

    यो हतास मनस्थिति ले दालमा कालो भयको भान हुन्न र ?

    Reply
  10. bibek dhakal says:
    December 2, 2013 at 6:35 pm

    धाँधली भयो भन्नेहरुलाइ बाटो भयो, नियतवस यस्तो नभएको भएपनि!

    Reply
  11. mohan dangol says:
    December 2, 2013 at 5:50 pm

    क. शुरुमा ६५% अनि भोलिपल्ट करिब ७०% अनि अहिले आएर ८१% मत खसेको रे. यो भन्दा नालायकीपन के हुन्छ निर्वाचन आयोगको. यो पनि कहिँ राष्ट्रिय स्तरको चुनाब हो र. केटाकेटिको खेल जस्तो. कहिँ न कहिँ गोलमाल त छ जस्तै लाग्छ हो गाठे, नत्र यस्तो किन हुन्छ.
    ख. १-२% तल माथि हुनु त मानविय गल्ती / भूल हुन सक्ला रे. यत्रो १०% भन्दा पनि बढीको अर्थात् १० लाख भन्दा पनि बढीको अन्तर हुँदा कतै माओबादीले भनेको धाधली साचिक्कै पो भएको हो कि. होइन भने अहिले सम्म पनि निर्वाचन आयोगले किन सही तथ्यांक सार्वजनिक गर्दैन हो.
    ग. ग्रान्ड डिजाइन नै गरेर चुनाब गरेको भए कसैलाई थाहा हुने नै भएन, जस्तै कि दरबार हत्याकाण्ड. देख्नेले त बकिहले साचिक्कै दिपेन्द्रले नै गोलि हानेको. एरपोर्टमा सेट गरेर नेपालीहरुलाई गैर कानुनी रुपमा अमेरिका पठाउछ कसलाई थाहा दिन्छ / हुन्छ र.
    घ. तेस्रो घेरामा राख्ने भनेको सेना किन पहिलो घेरामा नै आइपुग्यो ? जब कि कहिँ कतै कुनै अप्रिय घटना भएको देखिदैन चुनाब भएको दिनमा. सेना पहिलो घेरामा आएको त सबै दलहरुलाई थाहा नै होला. किन गणना गर्नु अघि नै बिरोध नगरेको ?
    ङ. अन्तमा अब चाहि राष्ट्रपतिले नैतिकता देखाउने बेला आको छ हेरम के गर्छ. कुर्सि को मोह सबैलाई हुन्छ कि हुदैन.

    Reply
  12. Basant says:
    December 2, 2013 at 5:26 pm

    थपौ थपौ, माथि बाट थप्दै जाउ तल बाट हटाउदै जाउ जम्मा १० सिट भन्दा मुनिका सबै लाइ हटाईदेउ .. झिना मसिना पार्टीको काम केहि छैन यिनीहरु नै हो अन्तमा निउ खोज्दै सत्ता लेनदेन कारोबार गर्ने ..

    Reply
  13. kishan thapa says:
    December 2, 2013 at 4:39 pm

    गडबडी त भएकै छ क्यारे /

    Reply
  14. achut says:
    December 2, 2013 at 2:30 pm

    बिदेस मा बस्ने ले चै भोट हाल्न नपाउने तर २-५ लाख नै पितृ पुर्खा ह’र्ले चै हालेर पठाएछन है समानुपातिक तिर चै.अझै बक्स छन कि नर्क तिर बाट आउन येमराज लाई सोद्द्नु पर्ने भो …क्या बात निल जी थाहा नै नदिकन येत्रो प्रबिधि को प्रयोग???

    Reply
  15. harka shrestha says:
    December 2, 2013 at 12:43 pm

    नेपाल के काम पो राम्रो संग भाको छ र?? जहाँ पनि जे पनि लटर पटर कहिले होला आफ्नु काम राम्रो संग गर्नी बनि ???? लौ सबै को भलो होस्

    Reply
  16. मुक्ति अधिकारी says:
    December 2, 2013 at 12:19 pm

    नियोजित नतिजा………..!!!

    Reply
  17. Naresh Shakya says:
    December 2, 2013 at 11:04 am

    एउटा दलको (एमालेको) आन्तरिक प्रशिक्षणमा धेरै चोटी हिंडेको निलकण्ठ जस्तो निर्वाचन आयुक्त पनि कहीं निष्पक्ष हुन्छ त? म त उनलाई त्यतिबेला प्रमुख आयुक्तमा सहर्ष स्वीकार गर्ने एमाओबादी र मधेशबादी पाटीहरुलाई नै दोष दिन्छु !

    Reply
  18. Sunita Tiwari says:
    December 2, 2013 at 10:53 am

    उच्चस्तरिय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ जस्तो लाग्न थाल्यो मलाई त। यो आयोगले के नै बिगार गर्छ र – धाधली भाको रइछ भने थाहा पाईन्छ, हैन रैछ भने माओवादी झन नाङगिन्छ। आखिर ५६ सालको चुनाव पछी एमालेले पनि छान्बिन अयोग गठन गर्न लाएकै थियो, कांग्रेसले मानेकै थियो। धाँधली नगरेको हो भने कांग्रेस-एमालेलाई आयोग गठन गर्न के को डर?

    Reply
  19. Resham says:
    December 2, 2013 at 10:49 am

    मलाई पनि आजभोली त यो चुनाब २०३६ सालको निर्दलीय /बहुदलिय जनमत जस्तो पो लाग्न थाल्यो .

    Reply
  20. hridam says:
    December 2, 2013 at 10:26 am

    यहाँ निर्बाचन आयोगका सबै कर्मचारीहरु को मिलो मतोमा पुरै २४० निर्बाचन छेत्रको धाँदली भएको छ यो १००% बहिस्कार गर्नु पर्छ

    Reply
  21. ganesh khadka says:
    December 2, 2013 at 10:05 am

    निर्वाचन सम्पन्न भएको दुई सातासम्म जम्मा खसेको मत भन्न नसक्नु निर्वाचन आयोगको धाँधली नै हो । पत्तासाफ भएका हारेका प्रचण्डहरुको आरोपमा कुनै सत्यता देखिदैन । तर, कूल मतदाता र कूल मतदान अनि कूल सदर मत नै भन्न नसक्ने हो र त्यसको ठोस प्रमाण बिनाको निर्वाचन नै हुन सक्दैन । त्यसैले अब शंकाको घेरामा निर्वाचन आयोग परेको छ । यदि तथ्याङ्क नै नदिन नसकेको निर्वाचन खारेज हुनुपर्दछ । मतदान सकिएपछि पहिले तथ्याङ सार्वजनिक गररेर मात्रै मतगणना हुनुपर्ने होइन । देशैभरिका मतपेटिकाको मुचुल्का तयार गरेर सो मुचुल्का अनुसारको कूल मत संख्या निकालौं अनि निर्वाचन आयोगले दिएको तथ्याङ्क हेरौं यति हुने वित्तिकै निर्वाचन आयोगको पर्दांफास हुनेछ ।
    १८ बर्ष उमेर पुगेका बालिग मताधिकार प्राप्त व्यक्तिलाई मतदाता परिचय पत्रको छेकबार लगाएर सम्पन्न गरिएको निर्वाचनमा लाखौं मानिसले मतदान गर्न पाएका छैनन् । त्यसैले श्रीमान प्रमुख निर्वाचन आयुक्त ज्यू, तपाईले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुको विकल्प छैन । तपाईमा एक रति पनि इमान्दारिता छ भने आजै, अहिल्यै, भर्खरै राजीनामा दिनुस् । यस्तो पनि हुन्छ लोकतन्त्र ?

    Reply
  22. भोला कोइराला says:
    December 2, 2013 at 9:44 am

    नाटकको बिस्तारै पटाक्षेप हुदै छ…….अब के के देख्नु पर्ने हो ।

    Reply
  23. Dhan says:
    December 2, 2013 at 8:28 am

    येस्पलीको निर्बाचनमा राज्य नै लागेर धादली गरेको छ भन्ने कुरा घटना क्रमले बिस्तारै पुस्टि गर्दैछ |

    Reply
  24. Diwas says:
    December 2, 2013 at 6:49 am

    कस्तो गोबर गणेश मित्र हरु, बेठिक लाई बेठिक भन, ठिक लाई ठिक, बेठिक लाई पनि, सहि भन्छौ यस्तो चरित्रले नेपाल मा भांड भैलो निम्त्याउञ्छ
    म कुनै पाटीको समर्थन गर्दिन तर ईमान्दारीताको साथ भन्नु पर्दा, निर्वाचन आयोगले यसपाली जनतालाई लोप्पा ख्वायो यस्तै शुभकार्य गर्दै जानु अनि एक दिन जनताले निर्वाचन ब्यालेट बक्समा शु शु गर्न नपरोस
    साथै मेरो पसिनाको राजश्व खर्च गरेर गरिएको मतदानमा मैले दिएको मत लाई कदर गर, सायद मेरो मत सुर्य, गाई, रुख, मधेसबादी दल, जनजाती, जेमा परेपनि, अन्तिम नतिजामा मेरो बिचारको कदर गर, पर्दा पछाडी बसेर तानाबाना नबुन, जनता लाटा छैनन्, सहनेको हद हुञ्छ, मित्रहरु म चाही लाटो नेपाली. पार्टी लेस नेपाली

    Reply
  25. Jeevan Thapa says:
    December 2, 2013 at 6:21 am

    अब धेरै कुरा त के नै गर्नु … हल्का फूलका धाँधली भएकै हो … हाम्रालाई पाखा लगाउन खोजिएकै हो … यसमा कुनै दुबिधा छैन !!!

    Reply
  26. ekraj says:
    December 2, 2013 at 5:48 am

    सबैलाई चुप लगुना यो नतिजा कतै चुनाब भन्दा पहिलेइ ठिक परियोको त थियिएन?

    Reply
  27. Sanjaya says:
    December 2, 2013 at 2:49 am

    अब मिथ्यान्क (गलत तथ्यान्क) लाई तथ्यान्क बनाउन त अली समय लागि हाल्छ नि। हिसाब किताब मिलाउनु पर्‍यो।

    Reply
  28. Pradumna sharma says:
    December 2, 2013 at 1:13 am

    माओबादी ले धाँधली भो भनेको ठिक रैछ कि क्या हो ह ?

    Reply
    1. rajesh says:
      December 2, 2013 at 5:29 pm

      धाँधली नभाको हैन,पक्कै भएको हो l निर्वाचनमा धाँधली हुन्छ पनि तर कुरो मावोवादीको मात्र उठिरहेको छ र उसले एक पक्ष्यरुपमा धाँधली भो भनि रहन्छ भने त्यो कसैको लागि पनि स्वीकारोक्तिको बिषय हुनै सक्दैन l रह्यो निर्वाचन आयोग ! अन्य छिमेकी रास्ट्र बाट मागेर ल्याएको थोत्रा सामान बावोजूद अर्बौंको दुरुपयोग गरेर जनताको मत बटुल्न खोज्ने भ्रस्ट आयोगको के कुरो गर्नु l अब फेरी कुरो को चुरो तेन्ही धाँदलीमै अड्काईरहनु भनेको निभिसकेको घरमा फेरी कतै आगो छ कि भनेर घिउ थपि-थपि फुंकी रहनु हो l ०७० को चुनाब धाँदली हो भने ०६४ को चुनाव पनि धाँदली थियो भन्ने हेक्का हुन् पर्छ l तर कुरो यो यो छ कि भारतको दलाली बाट जितेका ई नेता हरु के भारतीय भैया हरुको चम्चे बेगर भोलि देश र जनताको हितमा हाम्रै लागि सुंहौदो संबिधान बनाउलान र?? ई हिजकै भ्रस्ट बासि नेता हरु कस्तो संबिधान र कसको लागि भन्ने कुरोमै रनभुल्लमा छन भने देश को बिकाश कसरि गर्ने अनि कता बाट सुरु गर्ने भन्ने कसरि निर्धारण गर्छन?? …………..क्याआ फस्साद!!

      Reply
  29. Milan kanchha says:
    December 2, 2013 at 12:37 am

    निर्बाचन आयोग को तथ्यांक मिथांक हुनु पर्छ / अब गाई ले किन धेरै vote ल्यायो भनेर प्रस्ट हुँदै छ / अनि एमाले ले पनि किन सोचे भन्दा धेरैभोट आयो भनेर बुझिन्दै आउँछ /

    Reply
    1. prakash says:
      December 3, 2013 at 3:40 am

      सबै भन्दा शंका लाग्ने एमाले को येति धेरै भोट आएर हो | मेरो विचार मा एमालेको येत्रो भोट कुनै पनि हालत मा आउदै आउदैन | कांग्रेस को आयो ठिक छ राप्रपा को आयो त्यो पनि होला तर एमाले जस्तो पार्टी को येत्रो भोट आउनु साह्रै नै शंखास्पद छ

      Reply
      1. रैथाने says:
        December 4, 2013 at 10:37 pm

        प्रकाश जी,
        यो निर्वाचन पुरा पुर् नियोजित र षडयन्त्र पुर्ण प्रायोजित हो!
        एमाओबादिलाइ तेश्रो बनाउन एमालेलाई दोश्रो बनाइयको हो!
        एमालेको कुनै पनि हालतमा यत्तिको भोट आउने स्थिति छदै छैन, देशको परिस्थिति र बस्तुस्थिति जनताको बहाब आदि बुझ्ने मान्छेले सजिलै आंकलन र अनुमान लगाउन सक्दछ!
        कि पहिलो र दोश्रो मा एमाओबादि र कांग्रेसको प्रतिस्पर्धा हुने छ, हालांकी एमाओबादि प्रथम स्थानमै आउने र आउनुपर्ने हो (देशको जनलहर निर्वाचनको स्पिरिट आदि लाइ हेरी बुझ्दा पनि)
        तर एमाओबादि जनालाहरमा बगिरह्यो उता कोठाभित्रको क्षणयन्त्रमा राजाबादी एमाले कांग्रेस र एमाओबादि बिरोधि शामन्ती शक्ति पासा खेलिरहे!
        अब यो क्षणयन्त्र पुर्ण खेल यसरि बन्यो भनेर बुझ्न सकिन्छ!
        : एमाओबादिलाइ कुनै पनि हालतमा जित्न नदिने पहिलो दल बन्नेगरी,
        : एमाओबादि बेगरको दुइ तिहाइ आउने गरि नियोजित नतिजा ल्याउने!
        : एमाओबादि बेगर दुइ तिहाइ आउनको लागि कुनै पनि हालतमा एमाओबादिलाइ पहिलो दोश्रो बन्न दिन हुदैन!
        : एमाओबादिलाइ जसरि पनि तेश्रो बनाउन पर्दछ र तेस्को लागि पहिलो र दोश्रोमा कांग्रेस र एमाले ल्याउनुपर्ने हुन्छ!
        : कांग्रेस, एमालेलाई पहिलो बनायर दोश्रो बन्न नचाहने नसुहाउने पनि !
        : एमालेलाई दोश्रो नबनाउन या त एमाओबादिलाइ दोश्रो बनाउनुपर्ने या मधेसी दल वा राप्रपालाई, यो सम्भब हुन नसक्ने,
        : राप्रपा वा अन्यदल एमाओबादि र एमालेलाई जितेर दोश्रो स्थान पाउने कुरा सोच्न पनि नमिल्ने!
        तेसैले नतिजा यस्तो निस्कियो कि कांग्रेस पहिलो एमाले दोश्रो र एमाओबादि तेश्रो अनि राप्रपा चौथो!
        काङ्रेस एमाले आनि रा.प्र.पा मिल्दा दुई तिहाइ पुग्ने र एमाओबादी साथै अर्को दललाई हटायर संबिधान बनाउन पुग्ने, प्रयाश बेबिकिङ सहितको संबिधान बनाउने!
        तेसैले निर्वाचन सकियर मत गणना सकियर निस्कर्श निकालेको तीन दिन पछि नतिजा बदलेर रा.प्र.पालाई एक सिट थपी दियको छ!
        किनकी सिराहामा प्रचन्डलाई हरायको थियो तर प्रचन्डलाई दुबइ ठाउबाट हराउदा नराम्रो सन्देश जाने र जनताले नपत्याउने तथा तेसले ठुलो बिद्रोही स्वोरुप लियर यो निर्वाचन र देश् आनि षणयन्त्र माथिनै आगात हुन सक्ने कारण त्यहाबाट हराइदियको प्रचन्डलाई जवर्दस्ती जिताइयो!
        यो सब पूर्व नियोजित निकै गहन षणयन्त्र पुर्ण तरिकाले गरियो ताकि ‘त्यो भन्छनी, ‘सान्प भी मरे लाठी भी नटुटे!’
        तर जनता र जनताको शक्ति त यध्धपी माओवादी तिरै छ अब हेरौ यो षणयन्त्रले माओवादीलाई समाप्त गर्छकी षड्यन्त्र गर्ने हरूलाई!
        हामित रमिता हेर्ने हो अब!

        Reply
        1. Diwas says:
          December 5, 2013 at 3:28 pm

          नाम चाहिं रैथाने तर बिस्लेषण त तार्किक छ है रैथाने मित्र
          बिडम्बना यो सत्य न कोहि बोलन चाहन्छ न कुनै लेख नै प्रकाशित गर्न
          धन्दा नमान्नुस यो मामा श्री हरुको दिन छिटै अन्त्य हुन्छ
          तपाईंको उखान जस्तै ” काग धेरै बाठो भए पछि खै के ठूँग्छ……भन्थे”

          Reply
  30. krishna says:
    December 2, 2013 at 12:27 am

    थपौ थपौ ककसलाई कति नपुग्या हो सबै लाई थपौ , यहि हो मौका

    Reply
  31. Rajan Upriti says:
    December 1, 2013 at 11:56 pm

    प्रत्यक्षमा एक सिट नजित्न राप्रपाको २३ र अहीले थपिएको २४ सै सिट धाँधलीरहीत हुन् त ? निलकण्ठे, जवाफ चाहियो |

    Reply
    1. Laxman Subedi says:
      December 2, 2013 at 11:56 am

      धादली भयो भन्दा हारेर भनेको भन्छन तर यो धादली मा कमल थापा पनि सहभागी छ उसलाई समानुपातिक मा सबै भन्दा बादी भोट दिने प्रतक्छ्य मा काँग्रेस र एमाले मिलाएर लिने भनिए पनि काठमान्डू भन्दा बाहेक अन्त सोचे जस्तो प्लान गरेर अनुसार गाइ लाई भोट न आए पछी कमल थाहा ले पनि धादली भाको हो भन्दै हिड्न थाले पछि आयोग र धादली गर्ने सुत्त्रधार डराएर गाइ लै १ सिट भए पनि थपेको हो. यो एस्तो सत्य हो जसको प्रमाण छैन तर खुल्ला सत्य चै हो . जस्तो जीवराज आश्रित र मदन भण्डारी ले आत्मा हत्या गरेका थिएनन् तर कसले गर्यो हत्या थाहा छैन हत्या चै हत्या नै हो सबै लाइ थाहा छ हो मावोबादी को आफ्नै थुप्रै आन्तरिक कमजोरी हरु छन् जसमा टेकेर यो धादली भाको छ ,

      Reply
      1. mim sing lama says:
        December 2, 2013 at 11:09 pm

        लक्ष्मन जी तपैले बन्नु बएको कुरो धुर्ब सत्य हो तर हामी जनता संग तेस्को ठोस सपुत छैन, तर यो कुरा सत्य हो. र Nepal मा माओबादी ले जातीय र ra pra pa ले धार्मिक युद्द लादौदै छ/ सारा नेपाली ले यो कुरा लै मनन गर्छ होला बन्ने आशा लिन्छु . अब यो दुइ पार्टी मिलेर फेरि देश लै गृह युद्द मा दकेलियेला बन्ने डर बैसकेको छ.

        Reply
        1. रैथाने says:
          December 4, 2013 at 10:45 pm

          माओबादिले जातिय युद्द लेराउदैछ भन्ने यो तपाइको आलोकाचो र हचुवा सोचाइ हो!
          माओबादिले जातियताको कुरै गरेको छैन!
          तपाइले जे सुन्नु र देख्नु भयको छ त्यो सहि भयपनी तेस्को बुझाइ पुर्ण गलत छ!
          तपाइँ आफैले बिचार गरेर तेस्को अर्थ लगाउनु भयको हो भने त्यो तपाइको कच्चा र हल्का सोचाइ र बुझाइ हो यदि अरुले तपाइलाइ तेसरी बुझ्न लगायका हुन् भने त्यो पुरा पुर् भ्रममा हुनुहुन्छ!
          तेसैले जरुरि छ यस्ता भ्रम हटाइ बिउझिनु!
          यो जातको कुरा त माओबादिले होइन माओबादीलाई असफल बनाउन र जनतामा माओबादि बिरुद्द भ्रम छर्न अरु दल वा नेता हरुले छरेका भ्रम हुन्!
          यो बुझ्न नसक्नु तपाइको कमजोरी हो साथि!

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme