निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा बदर मत प्रतिशत कम हुनुमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको तर्क गरियो। मलाई त यो कूतर्क जस्तै लाग्यो। अघिल्लो चुनावमा भन्दा थोरै प्रतिशतले बदर मत प्रतिशत कम हुँदैमा त्यसलाई मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितासँग जोड्न मिल्दैन। हाम्रै घर छेउछाउका कतिपय सहरी बासिन्दाले समेत कसरी मत दिने थाहै पाएका थिएनन् र एउटै मतपत्रमा दुई वटा छाप हानेर मत बदर गर्न पुगे। पाँच वर्षअघि यस्तै चुनाव भइसक्दासमेत यसरी मत दिनुपर्छ भनेर थाहा नपाउनुलाई मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको मान्न मिल्छ? बदर भएका मत संख्या सुन्दा त कहाली लाग्छ। करिब १५ जना सभासद् चुन्न पुग्ने भोट अर्थात् ३ लाख १२ हजार ८४१ मत समानुपातिकमा खेर गएको छ। त्यस्तै प्रत्यक्षतर्फ झन् ४ लाख ७१ हजार ८२६ मत खेर गएको छ।
प्रतिशतको हिसाब निकाल्दा चाहिँ झिनो अन्तर देखिन्छ- अघिल्लो संविधान सभा निर्वाचनभन्दा समानुपातिकतर्फ 0.४६ र प्रत्यक्षतर्फ 0.१९ प्रतिशत बदर मत कम भएको छ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको त मैले आफ्नै वरपरका घटना देखेको छु। एक जना छिमेकी भोट हाल्न गएछन्। सुरुमा प्रत्यक्षका लागि हल्का निलो मतपत्र दिएपछि त्यसमा दुई छाप हानेछन् । त्यो मतपत्रलाई बाकसमा खसाइसकेपछि फेरि अर्को हल्का रातो मतपत्र दिएछन्। यो के गर्ने भनेर सोधेपछि यसमा पनि छाप हान्ने भनेछन् मतदान अधिकृतले। अनि उनले त्यसमा पनि दुई छाप हानेछन्। भनेपछि दुवै मत खेर।
अझ अर्को साक्षरै व्यक्तिले निलो मतपत्रलाई समानुपातिकको ठानेछन् र रातोलाई प्रत्यक्ष ठानेर भोट दिएछन्।
मतपत्रमा स्वस्तिक चिह्नको साटो औँठा छाप हान्ने पनि धेरै थिए।
प्रत्येक क्षेत्रबाट कति मत बदर भयो भन्ने हिसाब आएपछि देखिनेछ सहरी क्षेत्रमा समेत यो समस्या कति चर्को रहेछ भन्ने। गाउँगाउँमा त दुई वटै मतपत्रमा एउटै चिह्नमा छाप हाल्नुपर्छ नभए मत बदर हुन्छ भनेर पार्टीका कार्यकर्ताहरुले सुनाएका रहेछन्।
टेलिभिजनका विज्ञापनहरु पनि यसरी मत दिनुपर्छ भन्ने प्रक्रिया सिकाउने नगण्य थिए। धेरै विज्ञापन भोट हाल्न जाउँ भन्ने खालका मात्रै थिए।
४ अर्ब ८४ करोड खर्च भएको चुनावमा मतदाता शिक्षा कार्यक्रमलाई अलि प्रभावकारी बनाएको भए यति धेरै भोट खेर जाने थिएन होला। झिनो प्रतिशतले मत बदर कम भयो भन्दैमा दङ पर्ने हैन, बरु अब स्थानीय निकायको चुनावमा कसरी भोट हाल्ने हो, त्यो सिकाउन मतदाता शिक्षा प्रभावकारी बनाउनतर्फ लाग्नु उचित हुन्छ। संविधान सभाको चुनावमा त ५ वर्षअघि भोट हालेको हो, स्थानीय निकायको चुनाव नभएको त १६ वर्ष भइसकेको छ। एउटा पुस्ताले नै स्थानीय निकायको चुनाव भोगेको छैन।
[तपाईँले पनि मत कसरी दिने भनेर थाहा नपाएर बदर हुने गरी मत खसालेका साथीभाइ, आफन्त, छिमेकीको कुरा सुन्नुभएको छ? तल कमेन्टमा बाँड्नुस्।]
यसपाली को चुनाब मा पर्येब्छेक हुने मौका पाईयो…लालबन्दी ९ को मतदान स्थल मा एस्तो पो देखियो त बा ……एकजना बृद्ध महिला मत पत्र लिएर स्वस्तिक छाप लगाउन थालिन.. निकै बेर भयो बाहिर निस्किनन… अनि मैले परइ बाट . निकै बेर लाग्यो त आमै किन भनि सोधे…आमै ले. भर्खर त ७ ओटा मा छाप लगाए पो भनिन बा ….
अरुले भनोस नभनोस, निर्वाचन आयोगले आफैले हामीले राम्रो काम गर्यौ भनेर आफ्नै पिठ्युमा जबर्जस्ति स्यावासीको धाप मारीरहेका छन्| प्रमुख श्री निल कण्ठजीका बारम्बार दोहोरिएका भनाईबाट यस्तै खुल्न आउँछ| प्रत्यक्षमा मात्र करिब पांच लाखको बदर मत खस्नुले के प्रष्ट गराउँछ भने कसरि भोट खसाल्ने बारे भोटर एजुकेसन ठिक संग भएन| दात्रि संस्थावाट पाएको आर्थिक सहयोगको उपयोग ठिक संग नभएको देखियो|
उपत्यका भित्र मात्र कति भोट बदर भए त्यो तथ्यांक आए पछि झन् खुल्छ दुनिया भरिको मेडिया उपलब्ध हुँदा हुँदै पनि किन यति धेरै मत बदर हुन् गए|
फेरी कुनै अर्को निर्वाचन गराउनु हो भने प्रमुख लगायत प्रबक्ता सहित सम्पूर्ण टोलीलाई पहिले विदा दिन पर्छ| जनता दशैँ तिहार मान्न व्यस्त भए, लौ मानौ| तर चुनावको लागि तयारी गर्न छाडेर निर्वाचन आयोग पनि दशैँ तिहारमा मस्त भए कि जस्तो छ|
यति धेरै मत बदर हुनु भनेको के हो? खोइ गर्व गर्न ठाउँ?
मत पत्र भर्दा जांच बस्न दिएको जस्तो गर्ने सोचाई कसको होला? किन मेन स्ट्रिम मेडियाले यसबारे प्रचार गरेन?
सप्पै (सदर+बदर) जोडेर कति प्रतिशत मतदान भएछ ? प्रतक्ष्य मा कति, समानुपातिकमा कति? कसैले बताइदिनु हुन्थ्यो कि, जस्ट क्युरियस.
आफ्नो कमजोरीलाइ आत्मसात गर्नुको सट्टा ढाकछोप गर्ने नील कंठे निती ! वाहा वाहा !!
यो त धाँधलीको पनि महाधाँधलीको हल्लाजस्तो हुने भयो । संविधानसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको, जनताले उत्साहजनक रूपमा सहभागिता जनाएकोमा धन्यवाद दिएका एमाओवादी अध्यक्ष प्रचण्डले त्यसको भोलिपल्ट मतपरिणाम आउन थालेपछि भने अचानक अर्को वक्तव्य दिएर निर्वाचनमा धाँधलीको प्रश्न उठाए । संविधानसभाको निर्वाचन आयोजना गर्न अन्य दल सहमत हुनै नमानेपछि आफ्नै दलको छँदाखाँदाको सरकारसमेत हटाउन र प्रधानन्यायाधीशको अध्यक्षतामा अन्तरिम सरकार गठन गर्न तयार भएका, सबैले विरोध गर्दा–गर्दै पनि रेग्मीको अन्तिमसम्म बचाउ गरेका, अनेक ओलचनाका बाबजुद माओवादी वैद्य समूहबाहेकै निर्वाचनमा जान तयार भएका, सेना परिचालनलाई समर्थन गरेका, देशभर दौडाहामा निस्केर निर्वाचनको माहोल बनाउन कस्सिएका र सबैभन्दा बढी त १२बुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा प्रवेश गर्ने, जनसेना विघटन गर्ने र जनमतका माध्यमबाट आउने नतिजा स्विकार्दै लोकतान्त्रिक प्रक्रियालाई अपनाएका एमाओवादी अध्यक्ष तथा समकालीन नेपालका मुख्य नेता प्रचण्ड अचानक यसरी वक्तव्य दिन निस्केको पक्कै पनि पराजयको पीडाले मात्र हुनै सक्दैन । सुरुमा त धेरैले यसलाई त्यसरी नै लिए । पछि–पछि त उपेन्द्र यादवदेखि अशोक राईसम्मलाई लाग्न थाल्यो धाँधली त भएकै हो । तर, यसलाई पनि हरुवाहरूको कुराकै रूपमा लिइयो, यतिसम्म कि सरकार र निर्वाचन आयोग दुवैले यसलाई तिलको गेडाजति पनि महत्त्व दिएनन् । केवल कानुनी प्रश्नमा अल्झाएर हल्ला सेलाउन्जेल पर्खने विधि अख्तियार गरे । तर, धाँधलीसम्बन्धी हल्ला जो छ त्यो भने दिनदिनै बढ्दै गएको छ ।
एमाले नेता रघुवीर महासेठले त राष्ट्रपति रामवरण यादवपुत्र चन्द्रमोहनको पक्षमा राज्यसंयन्त्रले गरेको धाँधलीको फेहरिस्त नै पेस गरे । हुनत यी दुवै पराजित नै हुन् तर भुल्न नमिल्ने कुरा के छ भने जित्ने कुन मूर्ख होला जो धाँधलीको आरोप लगाउँदै हिँडोस् । यस्तो कुरा प्रमाण पुर्याएर या नपुर्याएरै पनि उठाउने भनेको त पराजितले नै हो । जे होस् जितुवा दलका हरुवा उम्मेदवारले धाँधलीको आरोप लिएर अडानै लिनु र प्रमाण पेस गर्नुले यसपटकको निर्वाचन बाहिर भनेजस्तो र सुरुमा देखिएजस्तो शान्तिपूर्ण र धाँधलीरहित थिएन भन्ने कुरालाई नै पुष्टि गर्छ ।
२-२ चोटी तेही एउतै “संबिधान साभा” को वोतिंग हुदा पनि सिकैरख्नु पर्ने पनि त “गोरु” नै हुन् नि. तिनका पछि काटी लागिरहनु? 🙂
एसो विश्लेषण हेर्दा जसका पछ्यामा बडी लेख पद गर्न नजान्ने, राम्रो संग छिन्न चुत्तौने अथवा भोट हाल्ने तरिका थाहा थिएन उनीहरुलाई खेर गएको मत को असर बडी पर्यो होला|
२०६४ सालको संबिधान सभा को चुनाब मा भन्दा यसपाली को चुनाब मा बदर मत को प्रतिशत कम भयो भन्नु नेपाली जनता बुद्धु छन् भनेर हो जस्तो लग्यो किनभने त्यो चुनाब मा भन्दा अहिलेको चुनाब मा कति मतदाता कम थिय त्यो पनि हेर्नु पर्ने होइनर ?
स्थानीय चुनावको कुरा निकाल्नु भएकोमा धन्यवाद सालोक्य, बल्ल नेपाल Normal हुन थालेजस्तो लाग्यो|