Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोन्सान्टोसँग सम्बन्ध समाप्त भइसक्यो, अब विदेशबाट बीउ ल्याउँदैनौँ : चौधरी ग्रुप

Posted on December 20, 2013December 20, 2013 by Salokya

चौधरी ग्रुप अन्तर्गत रहेको सिजी सिड्स एन्ड फर्टिलाइजर्सले अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोसँगको सम्बन्ध एक वर्षअघि नै समाप्त भइसकेको बताएको छ। मूलधारे मिडियाले चुइँक्क नगरे पनि विश्व मै बदनामी कमाएको कम्पनीका बीउ बेच्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढ्दै जाँदा सिजी सिड्सले आज पत्रकार सम्मेलन गर्दै यो नयाँ कुरा अगाडि ल्याएको हो। पत्रकार सम्मेलनको अध्यक्षता सिजी सिड्सका अविनाश पन्तले गरेका थिए। आरपी मैनालीको हस्ताक्षरमा वितरित प्रेस विज्ञप्तिमा कम्पनीले अब विदेशबाट बीउ नल्याउने पनि उल्लेख गरेको छ। के छ प्रेस विज्ञप्तिमा ? हेर्नुस्-

CGSeeds

त्यसो भए कान्तिपुरमा मोन्सान्टोको बीउ बेच्ने भनी यो विज्ञापन चाहिँ किन छापिएको रहेछ त ?
CG
यही विज्ञापनपछि नै यो सब कुरा उठेको थियो।

पत्रकार सम्मेलनमा उपस्थित पत्रकार अर्पण श्रेष्ठका अनुसार यस्तो जवाफ आएको थियो-

CG Seeds says the Monsanto advertisement in Kantipur was a storekeeper's mistake. Wonder who handles their PR?

— Arpan Shrestha (@arpanshr) December 20, 2013

अर्थात् यो स्टोरकिपरको गल्तीले छापिएको विज्ञापन भनिएको रहेछ। तर हिजो बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा भने सीजी सीड्सका प्रबन्ध निर्देशक अभिनास पन्तले अघिल्लो बर्ष आयात गरेको बीउ केही मात्रामा बाँकी रहेकाले बेचविखनका लागि विज्ञापन गर्दा पनि यसलाइ ठूलो विषय बनाएर अनावश्यक विवाद गरिएको भनेको थियो।

बीबीसीको समाचार हेर्नुस्।

त्यस्तै मोन्सान्टोको कुन कुन जातका बीउ तपाईँहरुले बेच्नुभो भन्दा पनि यसको जवाफ उनीहरुले दिन सकेनछन्

CG Seeds clearly fails in telling the name of Monsanto hybrids it dealt(s) w/. Forget not that 1 of the 4 approved seed is a banned one.

— Arpan Shrestha (@arpanshr) December 20, 2013

बीबीसी र आजको पत्रकार सम्मेलन दुवैमा मोन्सान्टोसँग कम्पनीको कुनै सम्बन्ध अब नरहेको भनियो। अब विदेशबाट बीउ समेत आयात नगर्ने पनि भनिएको छ।

आफूहरुले जिएमओ नभई हाइब्रिड बीउ मात्रै भित्र्याएको पनि कम्पनीले दावी गरेको छ। यसअघिको प्रेस विज्ञप्तिमा यस्तै दावी थियो-
CGseeds

जिएमओ नेपालमा प्रतिबन्धित छ। तर नेपालमा सन् २००९ मा नै जिएमओ भित्रिसकेको यो कागजातले प्रष्ट पार्छ, हेर्नुस्।

कुन कम्पनीले भित्र्याएको हो, कसरी भित्रिएको हो, त्यो भने सरकारले स्पष्ट पार्नुपर्छ।

चौधरी ग्रुपले विश्वमा बदनाम कम्पनीसँग सम्बन्ध नरहेको घोषणा गर्नु सकारात्मक पक्ष भने हो। यसले अरुलाई हैन, चौधरी ग्रुपलाई नै फाइदा हुने हो।

16 thoughts on “मोन्सान्टोसँग सम्बन्ध समाप्त भइसक्यो, अब विदेशबाट बीउ ल्याउँदैनौँ : चौधरी ग्रुप”

  1. kiran ghimire says:
    December 24, 2013 at 1:30 pm

    इनि हरु ले एस्तो काम किन बन्द गर्थे र ? अस्ति भर्खर, खोइ के के हो मोन्सान्टो को प्रिन्ट गर्न आका थिए ……फेरि पनि बिउ बाडने भनेर सल्लाह गर्दै थिए ……

    Reply
  2. Ekraj says:
    December 23, 2013 at 3:57 am

    मलाई चौधरी महा ठग को नोकरले दिएको प्रेस बिज्ञप्ति को केहि पनि पत्यार लागेन| किन भन्दा इनिहरुले हप्तामा तिन पटक आफ्नो भनाइ फेरि सकेका छन्|
    १. पहिला भने – जी एम होइन , मसंतो को है ब्रीद मकै
    २. तेस पछि भन्यो- नियेम पुर्याएर सरकार बाट अनुमति पाएर मात्र ल्याएको
    ३. मसान्तो संग सम्बन्ध सिध्हिसके एक वर्ष भयो
    ४. फेरी भन्यो पुरानो बेची नसकेको बिउ
    ५. फेरी बिज्ञापन मा मसंतोको अरकै बढी उन्नत जातको बिउ
    माथिका सबै कुरा एकदमै झुक्याउने र भ्रम पर्ने खल क छन्{ यो चौधरी ग्रुप को अपराधी र misleading प्रेस बिज्ञप्ति सिबये केहि पनि सत्य छैन}
    म ठोकुवा संग भन्न सक्दछु उनीहरु संग मोसंतो को बिउ अझै छ
    सम्बन्धित निकाए हरु अनुसन्धान र कारबाई तिर नलागेर कसका केरा हेरेर बसी राखेका छन्\

    Reply
  3. Tenzing K Ukyab says:
    December 22, 2013 at 1:11 pm

    एस्तो बदनामी काम लाइ नाङ्गे झार बनाएकोमा धेरै धन्यबाद .

    Reply
  4. सिर्जने says:
    December 21, 2013 at 2:32 am

    ताजा समाचार –
    चीनले अमेरिकाबाट आयात गर्ने मकैमा स्वीकृत नभएको जिएमओ मकै फेला परेकोले मकै फिर्ता:
    http://www.latimes.com/business/money/la-fi-mo-china-gmo-corn-shipment-rejected-20131202,0,3620490.story#axzz2o39z2RKS

    ए गाठ्ठे हो, मकै ले त निक्कै ठुलो तहल्का पिट्यो त ……..

    Reply
  5. kedar says:
    December 21, 2013 at 1:55 am

    मुल्धारे मुर्धारहरुले पाएभने त देश र हामी जनतालाई त चौधरी र मोनासान्टो लाइ नै बेचिदिने रहेछन, हामी सर्बसाधारणको सशक्त हतियार भनेकै Mysansar जस्ता जनाताप्रेमी ब्लग र सामाजिक जन्जाल नै हुन्, यिनैको शशक्त प्रयोग गरौँ र बेला बेलामा टाउको उठाउँदै गर्ने दानबहरुलाई हराउंदै जाउँ /

    Reply
  6. prabin lama says:
    December 21, 2013 at 12:24 am

    हैन यो चौधरी ग्रुप त मुखमा राम राम बगलीमा छुरा बोक्ने हरु हुन् येस्मा सरकारी तबर बात्तनै ग्यारेन्टी हुनु पर्चा गरिब किसन र नेपालको क्रिसक को भाबिस्स्येको लागि यो चौधरी ले त तेस्तो दुइ नम्बरी काम गर्न को लागि कसैले रोक्नु सक्दैन भोलि एसले कुनै बाटो बत्त अरुनै नाम गरेर सेम बिउ लै नै भित्र्यौन्छ

    Reply
  7. जनकमान डंगोल says:
    December 21, 2013 at 12:01 am

    ब्यापारी त्यही माथी मारवाडी तरल राजनीतिको फाइदा लुटदैछ भने नेपालका द्रब्यपिचासहरु त्यस्ता लाइ सहयोग गर्दैछ ! पुजीपति र कम्युनिस्ट त एक अर्काको दुश्मन हैन ? कसरि एमालेको कामरेड भए चौधरी ? एमाले त जनताको पार्टी हैन र ? छानबिन गरेर सब लाइ पाता फर्काउनु पर्छ !

    Reply
  8. गगने says:
    December 20, 2013 at 11:57 pm

    छलकपट!
    देश र जनता माथि छलकपट पुर्ण तरिकाले माटो माथि धोखा गर्दैछन यी अरबपति धनाड्या हरु!
    जनताको पेट आत्मा अनि भबिष्य साथै देशको माटो माथि स्वार्थपूर्ण ब्यापार गर्दैछन यी!
    अब यिनीहरुलाई तह लगाउनुपर्ने भयको छ!

    Reply
  9. सुगतश्री शरण says:
    December 20, 2013 at 10:55 pm

    माथि भनिएका कुरा मा पूरा विश्वास गर्ने बेला भएको छैन
    सत्य र तथ्य छानवीन गर्ने निकायहरु चनाखो र सतर्क हुनु पर्ने समय आएको छ.
    सरकारको करोडौं रकम क्षतिपूर्ति बापत नोक्सान गराउने यी चौधरी समूहले नेपाली जनता र नेपाल सरकारको स्वार्थ मा लात हानी मात्र आफ्नो भुँडी भर्ने गरेको विगत सबै लाई थाहा छ.

    Reply
  10. सिर्जने says:
    December 20, 2013 at 10:16 pm

    यो प्रेस बिज्ञप्ति आउनुमा माइसंसार र यसका पाठकहरुको ठुलो हात छ / उमेशजीलाइ धेरै धेरै धन्यबाद /

    Reply
  11. सिर्जने says:
    December 20, 2013 at 10:14 pm

    ए बाबै स्टोरकिपरको तेत्रो अधिकार हुदोरहेछ चौधरी ग्रुपमा? म नि सिजी सीड्समा स्टोरकिपरको जागिरमा निबेदन हल्नुपरो ब्यारे !

    Reply
  12. ईश्वर says:
    December 20, 2013 at 9:26 pm

    यस्तो भयावह स्थिति बनाउन खोज्ने यो चौधरी ग्रुप लाई चै किन यतिकै छाडीन लागेको हो नि । यिनिहरुको त भन्ने एउटा र गर्ने अर्को हुन्छ ।

    Reply
  13. pemdorje pakhrin tamang says:
    December 20, 2013 at 8:53 pm

    यो सरकार ब्यापारी संग भिख माग्ने अनि व्यापारीले मन परि गर्ने गाजब छ हाम्रो दशको नियम Monsanto जमाना देखी बेचेको रहेछ गरिब किसान मकै फलेना भनेर के गर्नु बिचारा यो सबै गरिब मारा रहेछ | जान्ने ले गरिबको राम्रो गर्छ भन्ने हैन भनेर राम्रो बुज्नु होला |

    Reply
  14. suzee says:
    December 20, 2013 at 7:36 pm

    ए !!!!!कुरो गझ्यांग मझ्यांग पारेका !!!!!

    Reply
  15. Udeep Piya says:
    December 20, 2013 at 5:59 pm

    It’s all about profits.. Monsanto has no history or expertise in nutrition or food.. Its entire background is in producing substances of mass extermination (DDT, Aspartame, Agent Orange, Sarin Gas).. When corporations capture government &nd the media, we hv fascism (“the merging of the interests of the state &nd the corporations” as Mussolini defined it).. Monsanto = “Mass Extinction”. .That is their real business!!

    Reply
  16. Nabin Adhikari says:
    December 20, 2013 at 5:56 pm

    आखिरमा चौधरीहरु घुडा टेक्न बढ्यनै भयो | जनता को बिरोदको अगाडी कसको के लाग्दो रैछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme