Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?

Posted on December 27, 2013December 27, 2013 by Salokya

काठमाडौँ महानगरपालिका बोर्डलाई पार्किङ निःशुल्क बनाउने अधिकार छैन, यसरी निःशुल्क गराउने हो भने सयौं व्यवसायी बेरोजगार हुन्छन् भन्दै पार्किङ ठेकेदारहरुले अदालतमा मुद्दा ठोकेपछि पुस १ गतेदेखि लागू गर्ने तयारी भएको निःशुल्क पार्किङ योजना अलपत्र परेको थियो। मुद्दा ठोकेपछि पुनरावेदन अदालतले अर्को आदेश नहुन्जेल सित्तैमा पार्किङ गराउने योजना कार्यान्वयन गर्ने प्रक्रियालाई अघि नबढाउन अन्तरिम आदेश दिएको थियो। तर हिजो अदालतले सो आदेश जारी राख्न नपर्ने फैसला गरेपछि अब पार्किङ निःशुल्क हुने भएको छ। फ्रिमा पार्किङ त हुँदै हुन्न भन्दै बाजी ठोक्न तयार हुने पार्किङ ठेकेदार र उनीहरुका दलालहरुले यसलाई कार्यान्वयन हुन देलान् नदेलान् त्यो भने हेर्नै बाँकी छ। मासिक एकदमै न्युनतम शुल्क नगरपालिकालाई बुझाएर बाँकी केही रकम घुस खुवाई आफू मोटाइरहेका पार्किङ ठेकेदारहरुबाट यो खोस्न सक्नु चानचुने कुरा भने हैन। अहिलेलाई भने काठमाडौँका कुन कुन ठाउँमा पार्किङ निःशुल्क भएको छ, त्यो जानकारी लिउँ।

क्षेत्र नं. १ :
• नयाँ बानेश्वर बाटो पश्चिम मन्दिर अगाडि १३२ फिट एक लाइन मोटरसाइकल
• नयाँ बानेश्वर पानीट्याँकी अगाडि ९९ फिट एक लाइन मोटरसाइकल
• के.एम.सी अस्पताल बाटो दक्षिण खाली जग्गा ११५ फिट दुई लाइन मोटरसाइकल
• एयरपोर्ट गेट अगाडि २०० फिट एक लाइन कार/मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ७६ फिट दुई लाइन मोटरसाइकल
• कोटेश्वर भाटभटिनी अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ६६ फिट एक लाइन कार
• तिनकुने वैदेशिक रोजगार अगाडि ११४ फिट एक लाइन मोटरसाइकल
• के.एम.सि. अस्पतालबाट सिद्धिविनायक जाने वाटो १०० फिट एक लाइन मोटरसाइकल

क्षेत्र नं. २ :
• मेडिकेयर अस्पताल अगाडि ९२ फिट एक लाइन मोटरसाइकल
• बौद्ध बाटो दक्षिण ५७५ फिट एक लाइन मोटरसाइकल
• चावहिल टेलिकम अगाडि ६६ फिट एक लाइन मोटरसाइकल

क्षेत्र नं. ३ :
• महाराजगञ्ज पुलिस स्टेशन अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• सामाखुशि विनायक अस्पताल अगाडि ११० फिट एक लाइन मोटरसाइकल
• हिमालय जावा क्याफे अगाडि ६० फिट एक लाइन मोटरसाइकल उत्तर, दक्षिण मात्र

क्षेत्र नं. ४ :
• दरवार मार्ग मूल सडक २२६ फिट एक लाइन कार उत्तर, दक्षिण मात्र
• दरवार मार्ग मूल सडक २०० फिट एक लाइन मोटरसाइकल
• सरस्वती मार्ग १५० फिट दुई लाइन मोटरसाइकल
• सरस्वती मार्ग ३३० फिट एक लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र
• विणा मार्ग १६४ फिट दुई लाइन मोटरसाइकल उत्तर दक्षिण मात्र

क्षेत्र नं. ५ :
• प्रज्ञा भवन पश्चिम ३९० फिट एक लाइन मोटरसाइकल
• प्रज्ञा भवन पश्चिम १६४ फिट एक लाइन कार
• कमलादी भवन पूर्व १६४ फिट एक लाइन मोटरसाइकल
• कमलादी भवन पूर्व ३९० फिट एक लाइन कार
• शंकर देवी क्याम्पस अगाडि ७३ फिट एक लाइन मोटरसाइकल
• शंकर देवी क्याम्पस अगाडि ६५ फिट एक लाइन कार
• पुतली सडक लालुपाते मार्ग ११९ फिट एक लाइन मोटरसाइकल
• नक्साल टेलिकम अगाडि ४० फिट एक लाइन मोटरसाइकल
• वि.के. क्याम्पस अगाडि २९५ फिट एक लाइन मोटरसाइकल
• रानीपोखरी आयुक्तको कार्यालय अगाडि ७० फिट एक लाइन मोटरसाइकल

क्षेत्र नं. ६ :
• प्यूखा पश्चिम उत्तर १०३ फिट दुई लाइन मोटरसाइकल
• प्यूखा चोक ८७ फिट एक लाइन कार
• प्यूखा चोक पूर्व ६३ फिट दुई लाइन मोटरसाइकल
• शुक्र पथ ४५० फिट एक लाइन मोटरसाइकल
• शुक्र पथ १२३ फिट एक लाइन कार
• महावौद्ध पूर्व २० फिट दुई लाइन मोटरसाइकल
• महावौद्ध दक्षिण १५ फिट एक लाइन मोटरसाइकल
• जमल चोक ४३ फिट तिन लाइन मोटरसाइकल
• भोटाहिटी दरवार स्कुल दक्षिण ५५ फिट एक लाइन मोटरसाइकल
• भोटाहिटी नयाँ साझा अगाडि ६० फिट एक लाइन कार
• भोटाहिटी साझा अगाडि २५ फिट तिन लाइन मोटरसाइकल

क्षेत्र नं. ७ :
• खिचापोखरी (ए) ११८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी (वि) ११८ फिट दुई लाइन मोटरसाइकल
• खिचापोखरी १३२ फिट एक लाइन कार (पाँच ट्याक्सी निशुल्क )
• खिचापोखरी डबली १७८ फिट एक लाइन माइस‌ंसार मोटरसाइकल
• खिचापोखरी मुखमा १२८ फिट एक लाइन मोटरसाइकल
• खिचापोखरी चौधरी गु्रप अगाडि १२६ फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि १४० फिट एक लाइन मोटरसाइकल
• पशुपति प्लाजा अगाडि ५३ फिट दुई लाइन मोटरसाइकल
• संकटा मन्दिर परिसर ४० फिट तिन लाइन मोटरसाइकल
• सुन्धारा उत्तर पश्चिम ३० फिट दुई लाइन मोटरसाइकल
• सुन्धारा पश्चिम १०० फिट एक लाइन मोटरसाइकलड
• धरहरा बाटो दक्षिण ८६ फिट एक लाइन कार
• धरहरा दक्षिण बाटो उत्तर ३५ फिट एक लाइन मोटरसाइकल
• धरहरा पूर्व हुलाक अगाडि २० फिट तिन लाइन मोटरसाइकल

क्षेत्र नं. ८ :
• पिपल बोट ४० फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर पश्चिम ४९ फिट दुई लाइन मोटरसाइकल
• पाको मन्दिर दक्षिण १६२ फिट एक लाइन कार
• पाको दक्षिण १३८ फिट दुई लाइन मोटरसाइकल
• पाको दक्षिण ९४ फिट एक लाइन मोटरसाइकल
• रणमुक्तेश्वर उत्तर १२० फिट एक लाइन मोटरसाइकल
• धर्मपथ १२२ फिट एक लाइन कार (५ ट्याक्सी सहित)
• धर्मपथ ९२ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ ५९ फिट दुई लाइन मोटरसाइकल
• धर्मपथ १६५ फिट एक लाइन कार
• वसन्तपुर २ नं. काउण्टर पछाडि १४२ फिट एक लाइन मोटरसाइकल
• मरु प्याफल ४ नं. काउण्टर सँगै ५७ फिट एक लाइन मोटरसाइकल
• का.म.पा. २५ वडा अगाडि ३६ फिट एक लाइन मोटरसाइकल
• सुरज आर्केड अगाडि ५० फिट एक लाइन मोटरसाइकल
• ताम्राकार प्लाजा अगाडि ३० फिट एक लाइन मोटरसाइकल
• तारणी वहाल अगाडि ३० फिट छ लाइन मोटरसाइकल

क्षेत्र नम्बर ९
२४ वडाको यो क्षेत्रमा पार्किङ सम्झौता बाँकी रहेको भन्दै मुद्दा परेकोले यहाँ भने निःशुल्क हुँदैन।

क्षेत्र नं. १०
• कालिमाटी पेट्रोल पम्प पश्चिम ३०० फिट एक लाइन मोटरसाइकल
• कलंकी मालपोत अगाडि १०६ फिट एक लाइन मोटरसाइकल

हजार रुपियाँ तिर्नुपर्ला है होस् गर्नुस्
माथिका ठाउँमा पार्किङ गर्दा कसैले पैसा मागेमा त्यो गैरकानुनी हो। पैसा दिनु पर्दैन। अब तपाईँलाई लाग्ला, मोटरसाइकल पार्किङ व्यवस्थापन कसरी हुन्छ त ? कसले मोटरसाइकल मिलाएर राख्ने, निकाल्ने गरिदिन्छ त ? महानगरपालिकाको अल्पकालीन मापदण्ड अनुसार ‘सवारीधनीमा आफ्नो सवारीको पार्किङ्ग तोकिएको स्थानमा स्वयम व्यवस्थापन गर्ने बानी बसाउने’ उद्देश्य छ।

पार्किङ स्थलमा चिह्न लगाइनेछ र त्यो रेखाभन्दा बाहिर पार्किङ गरेमा हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। यसरी जरिवाना लिँदा असुल भएको जरिवाना रकमको बीस प्रतिशत अर्थात् २०० रुपियाँ प्रोत्साहन स्वरुप सो समयमा खटिएका महानगरपालिकाका वा अन्य कर्मचारी (ट्राफिक इत्यादि)लाई उपलब्ध हुने हुँदा उनीहरु ज्यादै नै चनाखो हुनेछन्। त्यसैले सतर्क रहनुहोला, फ्रिमा पार्किङ भन्दाभन्दै हजार रुपियाँ झ्वाम होला।

यो व्यवस्था कहिलेसम्म ?
एउटा अर्को मुद्दा अदालतमा विचाराधीन छ। त्यसको फैसला नहुन्जेलका लागि यो व्यवस्था हो। मापदण्डमा लेखिए अनुसार-

महानगर क्षेत्रमा औपचारिक र अनौपचारिक रुपमा ७३ स्थानभन्दा बढी स्थानमा दुई पाङ्ग्रे र चार पाँग्रे सवारी साधन पार्किङ्ग हुँदै आएका छन्। स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले गरेको प्रावधान अनुरुप महानगरले पार्किङ्ग शुल्क लिई यस्ता स्थानको व्यवस्थापन गर्दै आएको छ। पार्किङ्ग शुल्क महानगरको कोषमा अत्यन्त न्यून स्थानकेा मात्र दाखिला हुने तर त्यो भन्दा बढी स्थानमा क्लव, टोल सुधार, मन्दिर संरक्षण लगायतका नाममा पार्किङ्ग शुल्क संकलन हुने गरेको यथार्थ रहेको छ। यस्ता अनौपचारिक क्षेत्रले राज्य कोषकेा आम्दानी छली गरी गुण्डा गर्दीको संरक्षण गर्न, प्रशासन कमजोर बनाउन, समानान्तर कुशासित संयन्त्रको विकास गर्न र असुरक्षा बृद्धि तथा सुशासनको उपहास गर्न भरपूर सहयोग गरेको छ।

उक्त तथ्यलाई मनन गरी खुला प्रतिस्पर्धाका माध्यमद्वारा नियमानुसार शुल्क संकलनका लागि बोलपत्र आव्हान गरी स–शुल्क पार्किङ्गकोसू–व्यवस्थापनको कार्य मिति २०६९।११।७ बाट प्रारम्भ गरेको छ। उक्त व्यवस्थापनमा चित्त नबुझने पक्षले सम्मानित अदालतमा उजुरी दर्ता गरेकोले सो विषय विचाराधिन अवस्थामा रहेकेा छ।

उक्त आय ठेक्का सम्बन्धी विषय अदालतबाट अन्तिम किनारा नलागुन्जेल र त्यसपछि आर्थिक प्रशासन नियमावली २०६४ को आय ठेक्का व्यवस्था अनुसार व्यवस्थापन नहुन्जेल सम्मका लागि यो मापदण्ड कार्यान्वयन गर्न आवश्यक देखिएको भन्दै यो व्यवस्था लागू गरिएको हो।

मापदण्ड पूरा हेर्नुस‌

[काठमाडौँ महानगरपालिकाको यो निःशुल्क पार्किङ कार्यक्रम कस्तो लाग्यो ? पार्किङका क्रममा तपाईँले केही असुविधा, अनियमितता भोग्नु परेको छ कि ? यसलाई अझ राम्रोसँग लागू गर्न के गर्नुपर्ला ? आफ्नो सुझाव तल कमेन्टमा लेख्नुस्]

14 thoughts on “काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?”

  1. pratima says:
    December 29, 2013 at 11:28 am

    निसुल्क गरेकोमा धन्यबाद. पार्किंगमा राखेका बायकहरुको सुरछ्या कसले जिम्मा लिने .चोरिगर्नेहरु बिगबिगी ६
    त्यसकोलागी पनि व्यवस्था गरिदिए अझ राम्रो हुने थियो. ब्यबस्थित गराएर राख्न लगाएको खण्डमा धेरै बैएक अतौन्थ्यो.महानगर पालिकाले यता पनि ध्यान दिने कि

    Reply
  2. निरन्जन says:
    December 28, 2013 at 10:32 am

    ठेकेदार मात्र मोटाउने पार्किंग निसुल्क गर्नु त राम्रो हो है ,तर आज मैने साधन पार्किंग गर्ने बेला मा चाही पहिलेको भन्दा अर्कै दृश्य देखे .पहिला पार्किंग वाला हुदा साधन जहाँ तही राख्न दिदैन् थियो अनि धेरै पैसा आउछ भनेर सानो ठाउँ मा पनि साधन मिलायर राख्थ्यो ..अहिले निसुल्क भए पछि त ,अब जहाँ राखे पनि हुन्छ भन्दै ,टेढो ,मेड़ो बांगो टिङ्गो आ -आफनै पारा ले पार्किंग गरेर सडक झन् जाम भएको थियो .यो चाही निसुल्क पार्किंग को दुरुपयोग गरेको देखियो .

    Reply
  3. Abhyankar says:
    December 28, 2013 at 5:46 am

    Should fix the parking rate minimum like Rs1.00 for an hour Rs.2.00 for two hrs strictly monitoring by govt.
    All contractors and their agents in govt. will be in form automatically when their will be not lot profit & room(money) for commission or bribery. This way public get parking in reasonable rate and some fare contractor only can run the business same time some needy young unemployed get jo too.

    Reply
  4. Upendra says:
    December 27, 2013 at 11:19 pm

    पार्किंग निसुल्क गर्नु भनेको शहरमा सवारी साधनलाइ आज प्रोत्साहन गर्नु हो. पैदल यात्रीमाथि कार र मोटर साइकल को बोलवाला बढ्नु हो. ससुल्क पार्किंग गर्दा उठ्ने राजस्वोले अन्य शहरी विकासको काम गर्दा धेरै फैदा हुने थियो. सार्बजनीक स्थानमा पैदल यात्रुलाई मिच्ने सवारीलाई चिट्टा पर्यो भने शहर अफैन्को लागि चैही घाटा को सौदा हो.

    Reply
  5. कमल says:
    December 27, 2013 at 11:08 pm

    यो राम्रो कुरो हो| ठेकेदारबाट घुस लिएर ठेका दिएका हाकिम कर्मचारीलाई फायदा भए पनि कामनपा लाई केही फायदा भएको देखिएको छैन|
    घर पसल अफिस नजिक र वर पर हुनेले घन्टौ निशुल्क पार्किङ्ग गरेर अरुलाई उपलब्ध नगराउने पनि भएको थाहा लागेको छ| एउटा सवारीले कति अवधि सम्म पार्किङ्ग गर्न सक्छ एकपल्टमा त्यो पनि तोकिए रार्मो हो|
    बेढंगले पार्किङ्ग गर्नेलाई हजार रुपिया जरिमाना गरेर रु २०० दिनु राम्रो व्यवस्था हो|
    भन्सारका कर्मचारीलाई खल्ती नभएको पोशाक दिइदा कसरि अन्तराष्ट्रिय न्युज बन्यो अनि भन्सारका कर्मचारीले कापी, पुस्तक र कट्टु भित्र पैसा लुकाई हालेर आफ्ना इनोभेटिभ चरित्रको परिचय दिए| यँहा पनि बरु मोठ रु ५०० दिन्छु रसिद भरपाई टिकट पर्दैन, तपाईलाई पनि फायदा मलाई पनि फायदा भनेर जाँचकीले सुटुक्क खल्तीमा सम्पूर्ण रु ५०० हाल्ने पनि बेला बेलामा छड्के अनुगमन हुनपर्छ|

    Reply
  6. निकेश says:
    December 27, 2013 at 9:51 pm

    कसैले पार्किंग शुल्क मागेमा जनताले कता, कसरी उजुरी गर्ने अनि यस्ता गैर कानुनी तरिकाले शुल्क असुल गर्न खोज्ने अपराधीलाइ के सजाय हुन्छ भन्ने पक्ष स्पष्ट हुनुपर्छ । तोकेको स्थान बाहेक अन्य के कस्ता ठाउँमा शुल्क लिन पाइन्छ, कति लिन पाइन्छ भन्ने जस्ता कुरा पनि छ्लेअर हुनुपर्छ जस्तो लाग्छ ।

    Reply
  7. Tanka Basel says:
    December 27, 2013 at 9:06 pm

    गाडि हुनेले २/४रुपियाँ तिर्न त सकिहाल्छन नि! निशुल्क र सशुल्कको कुरा भन्दा पनि पार्किङ व्यवस्थित गर्ने काम राम्रो हो।साथै सवारि साधनको सुरक्षा प्रत्याभुत हुनु पर्छ । अरु नगरपालिकाले पनि पार्किङ व्यवस्थित गर्ने काम सुरु गरुन।

    Reply
  8. darsak says:
    December 27, 2013 at 7:02 pm

    ठिलै भए नि काम राम्रो हो, अब ठाँउ ठाँउमा नि शुल्क शैचालय नि बनाउनु पर्छ।

    यसमा चै यो भन्दा महानगर पालिका आफैले मान्छे राखेर २ वा ५ रुपया लिए ठिक होला(ठग्ने भाँडो बन्न दिने भन्दा) अब अहिलेकोमा समस्या आउन सक्नेमा
    -बाईक निकाल्न समस्या हुन सक्छ,देश नै अनुशासन हिन भई आफ्नो मात्र सोच्ने अवस्थामा बाईक वाला सब सभ्य तरिकाबाट काम गर्छन भन्नु नेपालको सार्वजनिक गाडिका ड्राईभरले पाए पनि ठग्दैनन भनेको जस्तै हो।
    –जस्तो पायो त्यसतै राखेर निकाल्न आगाडिको बाईकको मान्छे खोजेर हिड्नु परे अर्को टेन्सन आउने सक्ने अवस्था
    वा
    अरुको बाईक ढालेर हिड्न सक्ने
    वा पार्किङ पाउनै समस्या हुन सक्ने
    र
    अर्को समस्या जसले यसलाई ठगी खाने भाँडो बनाएका थिए उनीहरु पनि फिल्ममा अन्तिममा भिलेन सप्रे जसरी पक्कै चुप लागेर त बस्दैन,टोली नै खटाएर कसरी भाँड भैलो मचाउने प्लान बनाउदै होलान।
    यो सब ब्यवस्थापन र प्लान बनाउनेलाई समातेर कारबाहि गर्न सके चै केहि हो नत्र मान्छे उल्लु बनाउने बा झन बढी पैसा कमाउने वा ढग्ने खेलको लागि बाटो हुनेछ

    Reply
  9. Bishnu Pantha says:
    December 27, 2013 at 5:30 pm

    पार्किंग लाई अझै बढी बेबस्थित गराउनको लागि १ भन्दा बढी लाइन हुने पार्किंग हरुमा चै छुट्टा छुट्टै ENTRY र EXIT को बेबस्था गरिनु पर्दछ साथै पार्किंग areama सुरक्षित स्पीड लिमिट तोकिनु पर्दछ /

    Reply
  10. सुगतश्री शरण says:
    December 27, 2013 at 4:07 pm

    सरसर्ती हेर्दा उपरोक्त व्यवस्था नराम्रो जस्तो त् देखिन्न . तर अर्को व्यवस्था भनेको कहिले आउने हो , र त्यो के कस्तो हुने हो भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर , यो अस्थायी व्यवस्था को जानकारी लाखौं सवारी चालक सम्म पुर्याउने र सुसूचित गर्ने कसरी भन्ने चुनौती बाकी नै देखिन्छ.

    Reply
  11. बिप्लव says:
    December 27, 2013 at 3:03 pm

    ललितपुरमा चाहिँ नि:शुल्क नरहेछ? पुनरावेदन अदालत, पाटनले गरेको निर्णय अरे, पाटनमा लागु नहुने गरी भएछ?

    Reply
  12. पुष्प says:
    December 27, 2013 at 2:59 pm

    एकलाइनमा त सजिलै हुन्छ, तर दुइ लाइन पार्किङमा चाहिँ भद्रगोल होला जस्तो छ ।

    Reply
  13. ranabhat says:
    December 27, 2013 at 2:35 pm

    welldone! This is really good. People in ktm were tired of paying parking fee which used to go in to only few people. Let this plan be the parmanant. Also same time we all vehicle owner also should be helping gov by obeying the parking rules.

    Reply
  14. sudip bogati says:
    December 27, 2013 at 2:11 pm

    अब भविष्यमा यी भन्दा पनि लाभदायक सुविधाहरुको अपेक्षा राख्दै महानगरपालिकाको सकारात्कम कदमको स्वागत छ । आशा छ दिगो र ब्यबस्थित हुनेछ | शुभकामना !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme