Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोन्सान्टो वर्षौँअघि नेपाल भित्रिसकेको रहेछ…र नेपाली किसानलाई बर्बाद पारिसकेको रहेछ

Posted on December 18, 2013December 18, 2013 by Salokya

makai
यो फोटो तपाईँले कतिको याद गर्नुभएको छ। ‘कान्तिपुर’को पहिलो पेजमा यो फोटोसँगै एक गरिब किसानको पीडा छापिएको थियो- ‘मेरो त सर्वस्वै भयो’ शीर्षकमा।

यस्तो थियो शंकरपुर-९, सर्लाहीका हीरा कोइरालाको पीडा-

आफ्नो नाममा जम्मा ६ कट्ठा जमिन मात्र भएको म गरिब किसान हुँ । हाइब्रिड मकै लगाउँदा राम्रै आम्दानी हुने देखेर अर्काको जमिनसमेत ठेक्कामा लिई रिनपान गरेर दुई बिघाभन्दा बढी खेती गरेको थिएँ । तर घोगामा दाना नलागेर नराम्रो धोका पाइयो । म त केही सोच्न पनि सकेको छैन । पीडामा छटपटिएको छु । खेती गर्दा लिएको ऋणमात्रै २ लाखभन्दा बढी छ । मकै नफलेपछि मर्नु न बाँच्नुको अवस्था छ ।
makai2

makai1
पाँच जना छोराछोरी छन्, परिवार बिरामी छे । पढाउनु, खुवाउनु र औषधिमुलो गर्नु परिहाल्यो । त्यसमाथि यसवर्ष ठूलै ऋण काढेर केही गर्न सकिन्छ कि भनी जमिन ठेक्कामा लिएर मकै लगाएको थिएँ । यही मकैबालीको आम्दानीले ऋण तिर्ने र घरपरिवारको गुजारा पनि चलाउने सपना थियो । तर सबै खरानी भयो ।

मनले हरेस खाएपछि क्षतिपूर्तिको आन्दोलनमा आफ्नो पीडा पोख्न निस्केको हुँ । केही नभएको बुंगोले जे गरे पनि भयो । साह्रै विचलित र निरीह महसुस गरेको छु । सरकारले पनि किसानलाई त्यति ध्यान दिँदैन । मकैमा दाना लागेन मात्र भन्ठान्या छ । तर मेरो सर्वस्वै हुने अवस्था छ । मैले र छरछिमेकले जसरी अरूले यो पीडा कसरी बुझून् !

सरकारले के, कति र कुन हिसाबले राहत दिने हो ? दिने हो कि हैन ? यस्तो अवस्थामा मैले राहत पनि नपाए त उठिबासै हुन्छ । कसले बुझिदिने मेरो मर्म ? स्थानीय सहकारी संस्थाबाट ऋण लिएको छु । बीउबिजन र मलखाद्य उधारोमा ल्याएको छु । तिर्न कचकच गर्छन् । भए पो तिर्नु ! (२०६६ चैत १६ गते कान्तिपुरमा प्रकाशित)

मोन्सान्टोको कुरा गर्दा हामी छिमेकी देश भारतका किसानहरुले आत्महत्या गरेको उदाहरणमात्रै दिन्छौँ, नेपालकै किसानहरुले पाएको यस्तो पीडामा त हाम्रो ध्यानै गएको रहेनछ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएताका तराईका झन्डै आधा दर्जन जिल्लामा मकैखेती यसरी नै बिग्रेको थियो। यो विषय काठमाडौँका सञ्चारमाध्यमलाई खुबै महत्वका साथ उठाएका थिए। मकैका बोट र दानाबिनाका घोगा बोकेर एकहूल किसानले सिंहदरबारको प्रवेशद्वारमा धर्ना दिएका थिए। किसानलाई बिचल्ली बनाउने यी मकैका बीउ हाइब्रिड थिए। त्यसमा अरु कम्पनीसँगै मोन्सान्टो कम्पनीको बीउ पनि थियो।

नेपाल म्यागेजिनले यसबारे विस्तृत छापेको थियो। पत्रिकाका अनुसार त्यतिबेला मोन्सान्टोका यी बीउहरुमा दाना लागेको थिएन-

मोन्सान्टो कम्पनी:
जातः पिनाकल स्थितिः ७० प्रतिशत नफलेको,
जातः ९०८१ स्थितिः ४० प्रतिशत नफलेको,
जातः ९००एम गोल्ड स्थितिः २५ प्रतिशत नफलेको

त्यसो भए के मोन्सान्टोले पहिल्यै अनुमति पाइसकेको हो?

हो, मोन्सान्टो कम्पनीका केही हाइब्रिड मकैका बीउलाई नेपालले पहिले नै अनुमति दिइसकेको उपलब्ध कागजातबाट प्रष्ट हुन्छ।

Nov-April 2010/011 मा रामपुरको National Maize Research Program (NMRP) ले परीक्षण गरेको थियो जसमा मोन्सान्टोका तीन हाइब्रिड जात संलग्न थियो। रिपोर्ट हेर्नुस्-
summary report
summary report1
रातो चिह्न लगाइएको जात मोन्सान्टोको हो।

बाली विकास कार्यक्रमको वार्षिक प्रगति पुस्तिका २०६७/६८ मा राष्ट्रिय बीउ बिजन समितिबाट पञ्जीकृत भएका मकै बालीका हाइब्रिड जातहरुमा मोन्सान्टो कम्पनीका चार जातको नाम प्रष्टै उल्लेख छ। हेर्नुस्-
bali_bikas_67_68
कृषक बिज भण्डारको प्रस्तावमा मोन्सान्टोका यी जातलाई दर्ता गरिएको थियो।

अभियानमुखि मकै/भट्मास उत्पादन कार्यक्रम वार्षिक प्रतिवेदन, २०६९ हेर्ने हो भने पनि मोन्सान्टो लगायत हाइब्रिड मकै जातका बारेमा धेरै प्रष्ट भइन्छ।

आ.व २०६४/६५ मा ६ वटा जिल्लामा २०५० हे. क्षेत्रफलबाट शुरु गरिएको यो कार्यक्रम हाल ९ वटा जिल्लामा
८१०० हे. क्षेत्रफलमा बिस्तार भएको रहेछ। यी जिल्लामा मोन्सान्टो लगायत हाइब्रिड मकैका बीउ ३३ प्रतिशत डिस्काउन्टमा बाँडिएको थियो।

कहाँ कहाँ पुगेको थियो मोन्सान्टो ?
सोही प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा विभिन्न जिल्लामा यसरी मोन्सान्टो लगायतका हाइब्रिड बीउ बाँडिएको थियो
Bara
त्यसैगरी काभ्रेको उग्रचण्डिनाला, टुकुचानाला, काभ्रे, पात्लेखेत, फूलवारी,वालुवा, शारदावतासे, धुलीखेल न.पा., मेथीनकोट, शंखु, पाँचखाल, दोलालघाट, होक्से, भुम्लुटार, पोखरीचौरी, कात्तिकेदेउराली, पनौती न.पा. मा डिकेसी ७०७४ जातको बीउ ४७२ केजी बाँडिएको थियो।

रुपन्देहीमा डिकेसी ९०८१, सुपर ९०० एम गोल्ड, पिनाकल र अलराउन्डर जातका मोन्सान्टो बीउ बाँडिएको थियो। प्रतिवेदनमा यो जिल्लामा समस्या यस्तो देखाइएको थियो-
rupandehi

त्यसैगरी दाङको ईश्वरपुर, हरिपुर, बरहथवा, कौरेना, पत्थरकोट, अत्रौली, लालबन्दि गरी जम्मा ७ गा.बि.स.मा DKC-9081,All Rounder मोन्सान्टोका बीउ वितरण भएको थियो। यहाँ पनि समस्या यस्तो भएको प्रतिवेदनमा उल्लेख छ-
dang

प्रतिवेदनमा समस्याका रुपमा यी विषय उल्लेख छन्-
१. हाइब्रिडमाथिको बढदो निर्भरता : अभियानमुखि मकै, भटमास उत्पादन कार्यक्रमको नर्मस तथा
निर्देशिकाले हाईब्रिड तथा उन्नत दुबै प्रकारका बीउमा अनुदान दिने कुरा स्पष्ट गरिदिए पनि कार्यक्रममा
अत्यन्तै न्यून वा नगण्य मात्रामा मात्र उन्नत बीउ प्रयोग गरिएको छ। Seed Association Nepalको तथ्याँक अनुसार नेपालमा औपचारिक बाटोबाट बार्षिक १ हजार मे.टन मकैको बीउ आयात तथा बिक्रि
हुने गर्दछ। यो तथ्याँक अनुसार करिब ५० हजार हे क्षेत्रफलमा हाईब्रिड मकै खेती गरिन्छ। अर्का तर्फ
हाईब्रिड मकै खेती गर्ने प्रचलन तराईका जिल्लाहरुमा अधिक रहेको तथा खुल्ला सिमानाका कारण करिब
थप १ हजार मे.टन मकै अनौपचारिक तवरले नेपाल भित्रिने अनुमान गरिन्छ। यी दुबै तथ्याँकलाई मिलाउँदा
नेपालमा बार्षिक १ लाख हेक्टर क्षेत्रफलमा हाईब्रिड मकै खेती गरिन्छ जुन कूल मकै क्षेत्रफलको करिब ११
प्रतिशत हुन आँउदछ।

यसले एकातिर रामपुर कम्पोजिट जस्ता राम्रो उत्पादन दिने क्षमता भएका जातहरुको नजरअन्दाज भएको छ
भने अर्कातर्फ देशमा आफ्नो हाईब्रिड बीउ उत्पादन नभएको हुँदा,हाईब्रिड बीउबिजनको प्रयोग गर्ने
प्रचलनलाई थप प्रोत्साहन प्रदान गरेको छ।

२. हाइब्रिड हँगामा :

बिगत केही बर्ष देखि नेपालको तराई क्षेत्रका मकै खेती हुने जिल्लाहरुमा हाईब्रिड मकैमा
दाना नलागेको समस्याका नाममा हाईब्रिड हँगामा हुने गरेको छ। यस बर्ष पनि बारा,सर्लाही,म्कापा,रुपन्देहि
जस्ता जिल्लाहरुमा यो समस्या देखा परेको छ। बिगत बर्षहरुमा यसै समस्याले गर्दा सरकारले ठुलो रकम
क्षतिपुर्ति दिनु पर्ने अवस्था श्रृजना भएको तथा कृषक हकहित सँघर्ष समिती जस्ता सँस्थाहरु समेत गठन भै
सकेको प्रशँगहरु पनि जोडिएर आएका छन। हालका बर्षहरुमा हाईब्रिड मकैमा जे समस्या आए पनि दाना
नलाग्ने समस्या कै रुपमा चित्रण हुने परिपाटि विकास भै हाईब्रिड हँगामाको स्वरुप फेरिएको देखिन्छ।
उदाहरणको लागि यस आ.व को हिउँदे सिजनमा बारा जिल्लाको केही स्थानहरुमा खेती गरिएको मकै
बालीमा Turcicum Leaf Blight -TLB रोग देखा परयो। बिगतमा देखिएको Pollination को समस्या
भन्दा बिल्कुलै पृथक प्रकृति भएता पनि यसले समेत मकैमा दाना नलाग्ने समस्या कै रुपमा चर्चा पायो।

३. दाना नलाग्ने समस्या

अहिले के हुँदैछ?

माथि प्रतिवेदनमा नै स्पष्ट भनिएको छ रामपुर कम्पोजिट जस्ता राम्रो उत्पादन दिने क्षमता भएका जातहरुको नजरअन्दाज गरिएको छ र मोन्सान्टो जस्ता विश्वमै बदनाम कम्पनीका बीउहरु प्राथमिकतामा परेका छन्। आक्रामक प्रचार रणनीति अपनाउने अनि केही तलमाथि भएमा विज्ञापनको डरले मूलधारे मिडिया चुँक्कसम्म बोल्न नसक्ने हुनाले चौधरी ग्रुपको सिजी सिड्सको सहयोगमा मोन्सान्टोले अहिले करिब ५० हजार हे क्षेत्रफलमा भइरहेको हाइब्रिड मकैको खेतीमा एकाधिकार जमाउने खतरा बढ्छ। त्यसपछि बीउका लागि पूरै मोन्सान्टोमा भर पर्नुपर्ने स्थिति आउँछ। त्यतिमात्र नभई रासायनिक मलका लागि पनि मोन्सान्टोमै भर पर्नु पर्ने स्थिति आउँछ। बीउ जोगाउन नपाइने हुनाले हरेक वर्ष मोन्सान्टोले जतिसुकै चर्को भाउमा बीउ बेचे पनि किन्नुको विकल्प हुनेछैन।

माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा मकैको घोगामा दाना नलागेपछि पीडित किसानलाई राहतस्वरुप २० करोड रुपियाँ दिने निर्णय गरेको थियो। अब मोन्सान्टोको बीउ चौधरी ग्रुपबाट किनेर रोप्दा त्यस्तै भयो भने सरकारले राहत पक्कै दिँदैन। चौधरी ग्रुप वा मोन्सान्टोले देला ? नदिए धेरै उत्पादन हुने लोभमा बीउ किनेर रोप्ने हीरा कोइराला जस्ता गरीब किसानको हालत के होला ? तपाईँ आफै सोच्नुस् !

सम्बन्धित लिङ्कहरु
मोन्सान्टोका उत्पादनहरु
अभियानमुखी मकै कार्यक्रमको प्रतिवेदन
बाली विकास कार्यक्रम वार्षिक प्रगति २०६७/६८
A COMPENDIUM OF OUTREACH RELATED ABSTRACTS OF AGRICULTURAL RESEARCH IN NEPAL
विवादित मोनसान्टो कम्पनीका बीउ बेच्न सरकारको अनुमति
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि
मोन्सान्टो किन ?

35 thoughts on “मोन्सान्टो वर्षौँअघि नेपाल भित्रिसकेको रहेछ…र नेपाली किसानलाई बर्बाद पारिसकेको रहेछ”

  1. Rayan says:
    December 24, 2013 at 5:32 pm

    There is a variety of cucumber called as Malini which is one of the registered varieties in Nepal. This is also product of Monsanto India but the government agriculture extension agencies have been promoting this variety, so who is to blame?

    Reply
  2. Buddha K. says:
    December 20, 2013 at 4:26 pm

    यदि यो वृत्तचित्र हेर्नु भएको छैन भने-
    http://www.youtube.com/watch?v=omtYlsG1P5U

    Reply
  3. Gopal says:
    December 20, 2013 at 1:06 am

    यसै बिसयमा तयार पारिएको डकुमेन्ट्री यो लिंक मा हेर्न सकिन्छ |

    http://www.youtube.com/watch?v=sjo4f6nErz4

    Reply
  4. Roshan Gantawa says:
    December 19, 2013 at 8:19 pm

    परिवर्तन आफुबाट सुरुवात गरौँ , हामी सबैका घरमा धेर थोर भएपनि किसानी गर्नलाई खेत छ। वाली विउँ विजन किन्न जाँदा पसलेलाई सोधेर किन्न सक्छौँ, मोन्सान्टोको विउँ हो की होईन भनेर,, पसलवाला लाई त थाहा हुन्छ यो कुन कम्पनिको विउँ हो भनेर,, यस तरिका बाट पनि केहि हद सम्म त बच्न सकिन्छ । चौधरी ग्रुपलाई कारवाही गर्नुभन्दा पहिले त्यस्ता विउँलाई अनुमति दिने को को सरकारी निकायका कर्मचारीहरु थिए तिनलाई कठघेरामा ठड्याउन पर्ने हो।।

    Reply
  5. anjaya sharma atreya says:
    December 19, 2013 at 5:07 pm

    मकैमा फल नालाग्नुमा को दोसी?
    सिफारिस नगरिएको जातमा फल नलागे तेस्को दोसी त्यो बिउ बेच्ने पसले तथा बिउ किन्ने किसन र बजार नियमन गर्ने नियामक निकाय हो तेस्तै सिफारिस गरिएको जातमा फल नलागेमा तेस्को सिफारिस गर्ने सस्था हो (बिउ उत्पादक ले प्रस्तुत गरेका बिउ सम्बन्धि सूचना हरु सहि छन् भन्ने मान्दा, गलत सूचना प्रस्तुत गरेको छ भने अवस्य नै बिउ उत्पादक दोषी हो /)

    सामान्य तय कुनै जातको बिउ कुनै स्थान बिसेषमा कुनै बिसेष समयका लागि सिफारिस गरिएको हुन्छ भने कुनै ठुलो क्षेत्र को लागि सिफारिस गरिएको हुन्छ/ जस्तै चित्र ५ मा जात DKC 9081 मध्य तराई क्षेत्रको हिउँद (कार्तिक देखि माघ) सम्मका लागि सिफारिस गरिएको छ/ एसको मतलब, हामीले उक्त बिउ उन्नत हुदाहुदै पनि त्यो क्षेत्र भन्दा बाहिर लगाउदा वा फरक समय मा उक्त क्षेत्रमै लगाउदा पनि उत्पादन राम्रो हुन सक्दैन / यो hybrid मा मात्र नभई अन्य प्रकारका जातहरुमा पनि लागु हुन्छ / अब हिउँद मा सिफारिस गरिएको मकै वा पहाडी छेत्रमा सिफारिस मकै (चिसो ठाउँ वा समय को लागि सिफारिस जात ) तराई छेत्रमा गर्मि मा लगाउदा उच्च तापक्रमका कारणले तेस्को परागकण मर्न गइ परागसेचन हुन नपाई फल नलाग्ने हुन सक्छ / तेसैले बिउ सिफारिस गर्दा सिफारिस पुर्व कम्तिमा ३ वर्ष सो छेत्रमा सो जातको उत्पादन के कस्तो रह्यो भन्ने हेरिन्छ जसले गर्दा सो जात को अनुकुलता (Adoption )के छ भन्ने तह हुन्छ / येदि यो सामान्य कर्म पनि नगरी बिउ सिफारिस गरिएको हो भने सिफारिस गर्ने सस्था पूर्ण जिमेवार छ /
    मोनासंतो को बिरोध गर्ने हरुले यो सूचना किसन लै कहिले पुर्याउने हो? येही सामान्य सुचनाले पनि धेरै किसन हरुलाई फाइदा पुर्युना सक्छ /

    Reply
  6. ekraj says:
    December 19, 2013 at 3:32 pm

    किसन यो बिचल्ली देखेर मुटु भएको र बिबेक भएकाहरुमा कसलाई दुख नलाग्ला? यो बिभस्त्स भबिस्य बाट बच्ने उपाए को खोजि र बहिस्कार आफ्नो आफ्नो ठाउं बाट निरन्तर नै गर्नु पर्दछ|
    यो चौधरी ग्रुप को, मान्छेको मुटु भएको भए सर्ब साधारण को एस्तो बिजोग गराएर कमाएको पैसा मा रमाउने थिएन|

    Reply
  7. Udeep Shakya says:
    December 19, 2013 at 3:13 pm

    Monsanto ले ब्यबसायिक रूपमा नेपाल छिर्न के गर्दैछ त भन्ने विश्वलाइ थाहा दिन यहाँ एउटा खुल्ला दरखास्त बनाइएको छ | विश्व भरका नेपाली र बिदेशीहरुले पनि दस्तखत गरेर दर्खास्तमा सम्मिलित भाका छन् | दरखास्तमा नेपाल सरकार र चौधरी समूहलाइ Monsanto नेपालमा न भित्राऊन आह्वान गरिएको छ | तपाई पनि समर्थन गर्न चाहनु हुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस |
    http://bit.ly/1foK1lA

    Reply
  8. Poudel says:
    December 19, 2013 at 1:29 pm

    म गान्धीको अहिम्सत्मक आन्दोलन बाट सार्है नै प्रभावित मान्छु हु | गान्धी को हुति ले गर्दा त अंग्रेज लै भारत छोड्न पर्यो | हामीले पनि यो चौधरी लाई डाडा कटाउन सक्छौ | यदी हामीले बढी भन्दा बढी नेपाली किसान दाजुभाइलाई यो कुरा बुझाउन सकेउ र बृहत रुपमा चौदारी समूह को सबै उत्पादित बस्तुको आजदेखि नै बहिस्कार गर्न सक्येउ भने एस्ता मानिस को सरिर धारण गरेका दानाबलाई परस्त गर्न सक्छौ | एस्ता दानाबहरुलाई थाह छैन कि मान्छे भएर बच्नु के हो भनेर |

    Reply
  9. डिल्ली says:
    December 19, 2013 at 11:37 am

    तर यो मोन्सान्टोले पहिले नै नेपाल भित्रिसकेर तान्डव मच्चाइ सकेको रहेछ । खोजी गरेर यो लेख प्रकासित गर्नु भएकोमा उमेशजीलाई लाख लाख बधाइ । गरिब किसान माराहरू धनी बन्न के के गर्छन् भन्ने यिनीहरूको चर्तिकलाले देखिदै छ । यी निमुखा मारा जुकाहरूलाई कसरी नुन छर्केर भगाउने हो राज्यले सोच्नु पर्ने हो । तर जिम्मेवार निकायकाहरू नै घुस खाएर क्लिन चिट बाँडि हिड्ने भएकोले किसानले आफ्नै भण्डारबाट वीउ प्रयोग गर्नु नै उत्तम होला । नत्र मार्सी धान सकिए जस्तो सकिने छ हाम्रा रैथाने प्रजाति । यी गरिव किसान मारा खर्बपति सर्वहारा लुटाहाबाट बच्न राज्यले नगरे पछि आफैँले गर्नु पर्ने त भयो । विरोध गरौँ । तिनीहरूको वीऊ हामीले नकिने पछि फर्काएर लैजान्छन् ।

    Reply
  10. किरण शर्मा (बागी ) says:
    December 19, 2013 at 10:08 am

    यो आजको खेल होइन ,धेरै समय अघि देखिनै हामि कृषकहरु थोरै जग्गामा कुन बिउ लगाउदा धेरै उत्पादन हुन्छ भन्दै नया – नया जात र किसिमका बिउहरु लगाउने गरेउ र अझैँ लगाइ रहेका छौ ,म पनि एउटा कृषकनै हु किसानको यो पिडा पुरानो हो ,हेरौन धानको कुरा गर्ने हो भने खै मसिनो ,मन्सुली ,बत्तिससरा आज नाम पनि सुन्न पाइदैन सबै बिकासी जातका ,
    आम जनमानसमा सूचना पुर्याउने मिडिया पत्र पत्रिका लगायत हामी सबैले समस्या भै सकेपछि समस्यालाई लियर मात्र बहस गर्छौं यहि बहस पहिल्य किन गर्दैनौ मेरो गुनासो के हो भने हामि सम्पूर्ण नेपालीहरु छलफल र परामर्स गर्न बाट भाग्न खोज्छौ ,गरिहाले पनि रचनात्मक नभैकन गालि गलौज अनि कसैलाई सिद्धाउने किसिमले लागेका हुन्छौ ,सर्बप्रथम यो रोगबाट मुक्त हुन् सक्नु पर्छ ,हामी राम्रो भएपो देस राम्रो हुन्छ ,कहिँ कसैले थोरै गल्ति गर्यो जुन गल्ति सुधार्न सकिन्छ तेस्लाई किन अरु बिगार्नेतिर लैजाने ,यदि हामि सचेत नागरिक हौ भने हाम्रो सोच सकारात्मक हुनुपर्छ ,/
    यो मेरो कमेन्ट हेरेर यो नबुझ्नुहोला अथवा यो नभन्नुहोला कि यो साला तेही चौधरी ग्रुपको मान्छे हो ,सोचाई यस्तै छ नेपालीहरुको के गर्ने तेही भयर त यो हालत भयो देसको

    Reply
  11. Roshan Sharma, Australia says:
    December 19, 2013 at 8:16 am

    मुरी मुरी धन्य बाद उमेश जी र सहयोगी मित्रहरु – बिना स्रोत र साधन बिना नै देश स्वफ़ुर्त देश र जनताको दिर्घ कालिन भलाइ को लागि परिरहनु भएको मा !!!
    तर,

    ९५%किसन ले तिरेको राजस्व खाएर – देशको चौथो अंग भन्दै विभिन्न
    स्रोत, साधन र सुबिधा ले परिपूर्ण मुख्यधार का पत्रकार हरु को मौनतालाई ‘देश र जनद्रोही’ कार्य भन्दा अर्को रुपमा बुझ्न सकिदैन /

    – यिनीहरुको समाचार को स्रोत नै – २ नम्बरी गरेर देश लुट्ने २-३ % माफिया र जनद्रोही हरु को खबरलाई ‘प्रमुख’ समाचार को रुपमा प्रस्तुत गर्नु नै मुख्य पेसा हुन गएको छ/
    अन्य खबर हरु भनेको copy and paste र २-४ नियमित ”पैसा
    मा किनिएका लेखहरु” प्रकाशन गरिरहेको को कुरा आजका युवा पिढी ले राम्ररी नै बुझ्न थालेको छ/
    यो छेत्रमा मुलधारका संचार माध्यम हरु र पत्रिका ले अधिकार को दुरुपयोग गरेकोले ‘अख्तियार का साथै राष्ट्रिय सुरक्छ्या परिषद्को’ छानबिन को को दायरा भित्र पर्छ कि कि पर्दैन ???
    तसर्थ , आजको सन्धर्भ मा पत्रकात्रिताको परिभाषा लै पुनर्ब्यख्या गर्नुपर्ने देखिन्छा/
    जब नया सम्भिधन बनाउन सकिन्छा भने पत्रकारिता को हक र अधिकार को बारेमा पनि पुनर्ब्यख्या गर्नु पर्ने देखिन्छा/

    किसन सम्म प्रचार -प्रसार :
    कसरि किसन समछ्या हैब्रिड र मोसान्तो बिउ को बारेमा कसरि पुर्र्याउने – देशभरिका FM & facebook हरुमा प्रचार प्रसार गर्ने अनि ‘तिजको गित र अन्य तराइ बासीका लोकगीत हरुमा यी कुराहरु लाई जतिसक्दो चाडो पुर्याउने /

    यसको प्रचार को लागि ‘उमेशजी’ को माइ संसारमा सहयोग गरेर ‘कोष
    बाट रकम जुटाउने !

    -ल यस अभियान मा सहमत हुने र सक्ने महानुभाहरुले ‘उमेश जी ‘ को माइ संसार मार्फत सहयोग गरौ !!!

    Reply
  12. Jeevan Thapa says:
    December 19, 2013 at 6:41 am

    अब यस्तै नराम्रो नै हो भने त ति गल्लि गल्लि मा खुलेका FM हरुले नै फुकिदियो भने त किशान हरुले पनि बुझ्थे कि …

    Reply
  13. Suren says:
    December 19, 2013 at 6:12 am

    I salute you Umeshji for having courage and enthusiasm to expose the dirty truth about so called billionaire’s of Nepal. These moron have no ethics and would do anything to make money no matter happens to poor farmers. We should raise voices against these and not let Montaso enter the country.

    Reply
  14. ekraj says:
    December 19, 2013 at 5:11 am

    अझै चौधरी ग्रुप को समर्थन मा र जनता झुक्यौना नागरिक समाचार; बिनोद चौधरी को भनाइ लै छापेको लेख पड़ियो| तेस्मा नेपाल सरकार ले अनुमति दिएकोले नियेम पुराएर यो बिउ भित्राएको भने को छ|
    नेपाल जस्तो भ्रस्ट सरकारी कर्मचारी र चौधरी ग्रुप को पैसाको नाता कसलाई थाहा छैन?
    नेपाल सरकारले अनुसन्धान गरेर, पैसा नाखैकन दिएको अनुमति दिएको हो र?
    बिनोद चौधरी ले पैसा ख्वाएर किनेको अनुमति हो र नागरिक निउज पनि बिनोद कै बचावट मा लागेको जस्तो देखिन्छा|
    किन चौधरी ले फालेका हड्डी चुसेर रमाउने नेपाली राजनीतिक नेता र चौधरी ले फालेको रछान का सितामा बाच्न रमाउने मुख्य मेडिया र समाचार हरु केहि बोल्दैनन र लेख्दैनन भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो|
    अब किशान र अरु जनता नै यो घृणित बेपारिको बिरोद र बिउ बहिस्कार मा लाग्नू पर्ने बध्येता छ हाम्रो माटो, खेति र सर्बसदारण को जिबिका र भाबी सन्तान बचौना को लागि|
    यसमा कुनै पनि सम्झौता गर्नु आफुलाई आफैले फाँसीमा झुन्ड्याउने जस्तो हो|

    Reply
  15. bijay says:
    December 19, 2013 at 3:35 am

    Monsanto त बिदेशी डाका भैहाल्यो, तर स्वदेशी डाका चौधरीको बिसयमा जत्ति बोले पनि कम हुन्छ जस्तो लाग्छ/ Hopefully यो नया सरकारले चौधरी विरुद्ध यो र अरु पुराना मुद्दाहरु माथि केहि कारवाही गरोस, नत्र नेपालमा चुनाब भोट हाल्नु भनेको बालुवामा पनि हाल्नु जस्तै हो भन्ने बुझ्नु पर्ने अवस्था आउनेछ/

    अनि मुलधारका संचार मध्यम हो, विज्ञापनको पैसाको डरले चौधरीको गुलाम नबन/

    Reply
  16. Prem L says:
    December 19, 2013 at 3:04 am

    मोंसंतो विरुद्ध क्यानाडा मा भयको legal war को बारेमा तयार गरेको Documentry (David vs Monsanto) तलको लिंक मा हेर्नुस जसमा एक जना किसान Percy Schmeiser ले कसरि Monsanto माथि jeetcha
    http://www.naturalexposures.com/david-versus-monsantogenetically-modified-food-fight/

    Reply
  17. Dambar says:
    December 19, 2013 at 2:48 am

    मैले त घर मा फोन गरेर भनेको छु, सायद समाचार मेरो गाउँको किसान दाजु भाई हरु सम्म पुर्याउन सकें कि कुन्नि??… बुवा लाइ गाउ तिर सबैलाई भन्नु नि भनेको छु

    Reply
  18. Madhu says:
    December 19, 2013 at 2:35 am

    Monsanto कुनै पनि हालतमा ठिक होइन भन्ने कुरा त बुझिनै हालियो….तर अब यसलाई रोक्न चौधरीलाइ गालि गरेर मात्र पुग्छ जस्तो लाग्दैन…..ब्यापारी न हुन्……जे पनि गर्छन…..नाफा खान जे पनि बोल्छन….आमिर खानको ‘सत्यमेवजयेते’ भन्ने कार्यक्रम मा आएर एकजना ब्यापारिले किटनाशक औशदिले केहि हानि गर्दैन भनेर मजाले गफ दिए ……त्यसैले फगत चौधरीलाई गालिगरेर पुग्ला जस्तो लाग्दैन……हाम्रा ….. नालायक नेता तथा सरकारी कार्यालयका घुसखोर कर्मचारीलाई बेलैमा तहलगौने कुनै उपाए खोज्न पर्यो…..जस्ले Monsanto भित्रौन मद्दत गरेका छन्…वा गर्ने वाला छन्!

    जय रैथाने मकै!!!!

    Reply
  19. prakash paudel says:
    December 18, 2013 at 11:25 pm

    मेरो बिचारमा यो कदम र गल्ती मुख्य रुपमा सरकारको हो । ब्यापारीहरु त सँधै नाफाखोरि र चोरीमा रमाएका हुन्छन् र त्यसैको खोजीमा हुन्छन् । सम्यन्त्र राम्रो भए पछि त कोही भातमाराले केही गर्नै पाउँदैन नि । चौधरीजिले पनि प्रेस बिग्यप्ती त्यो पनि अर्काको नाममा निकाल्नुको साटो , यो गलत रहेछ भनेर स्विकारेर पछि हट्नु पर्यो अनि माफि माग्नु पर्यो। नत्र सबैलाई अख्तियार लाग्नू जरुरी छ ।

    Reply
  20. सिर्जने says:
    December 18, 2013 at 11:22 pm

    इ ठुला भनौदा पत्रिका ले चै किन चुक्क बोल्न नसक्या? ए चौधरीका पुच्छरहरु हो, चौधरीको टाङ्गमुनिबाट निस्केर पत्रकारिता गर्न थाल, नपुन्सकहरु …….

    Reply
    1. bibek dhakal says:
      December 19, 2013 at 7:48 am

      ठुला पत्रिकालाई नेताहरुको घर दैलो गर्नबाट अरु कुराको लागि फुर्सद भएपो ! !

      Reply
  21. Prakash says:
    December 18, 2013 at 11:20 pm

    लौ न धेरै चिन्ता लाग्यो मलाई त, नेपाली किसानहरुलाई कसरि पुराउने यो खबर? कुनै नेपाली दैनिकलाई घच्घच्यायर यो समाचार पहिलो पानामा प्रकाशित गराउन सकिन्छ कि सालोक्य जी ?

    Reply
  22. Tanka Basel says:
    December 18, 2013 at 9:00 pm

    लौअख्तियार! थोते मकै फल्ने बिउ नेपाल भित्राउन कस्ले अनुमति दियो अनुसन्धान गरि कारबाही गर्नु पर्यो! ढिलो गर्नु भएन!

    Reply
  23. dor prasad says:
    December 18, 2013 at 8:15 pm

    नेपाल जस्तो जिबिका उन्मुख कृषि प्रणाली भएको देशमा सबै खाले आधुनिक प्रणालीहरु राम्रो testing बेगर उचित हुँदैनन् ….. USA जस्तो देश मा बालीनाली को बिमा गरिन्छ …. तेसैले होला किशानहरु बढी जोखिम मोलेर नया प्रबिधि उपोयोग गर्न सक्छन … तर हाम्रो जस्तो देशमा देश सुहाउदो कृषि प्रणाली विकास गरिनु पर्छ … नत्र बिचल्ली पनि हुन्छ

    Reply
  24. धौलबीर राई says:
    December 18, 2013 at 7:27 pm

    उपभोक्ताबाट संकलन गरेको अरबौ भ्याट डकार्ने भ्रष्टहरुको सर्वस्व हरण गरेर जन्म कैद गर्नु पर्ने सरकारले नै संरक्षण गरेर राखेको नतिजा हो यो l

    Reply
  25. रैथाने says:
    December 18, 2013 at 7:01 pm

    खबरदार! कृषि प्रधान देश् र ८०% भन्दा बढी कृषक ले बाच्ने देशमा आफ्नो तुच्छ र निहित स्वार्थको लागि माटो माथी खेलबाड र ब्यापार नगरेस! बिनोद् चौधरी जस्तालाई यो देशको माटो बिग्रिय पनि यो देश् मरुभुमी भयपनी कुनै सरोकार छैन्! यो देशमा मकै नफलेपनी यिनीहरू स्विट्जर्यान्ड बाट मकै ल्ययर आफ्नो भोक र चाहना पूरा गर्न सक्छन्! यो देशमा पानीको मुला नफुटे पनि नर्वे बाट पानी ल्याइ खालान यी धनाड्याहरू! यो देशको माटो बिग्रियर मरुभुमिकरण भय बङलादेश जालान वा अमेरिका भासियलान तेसैले यिनीहरूलाई माटोको कुनै वास्ता छैन् किनकी यिनीहरूको आफ्नो माटो नै छैन् यिनीहरू सिर्फ ब्यापारी हुन जहाजान्छन ब्यापार सोच्दछन ब्यापार गर्दछन नाफा गर्छन्! ब्यापारमा पैसा नै यिनीहरूको माटो हो धन नाई यिनीहरूको धर्ति हो! नाफानै यिनीहरूको धर्म हो!
    तर, भोलि यहाको मकैमा दाना नलाग्दा हाम्रा नानीहरू भोका हुन्छन्! यदि माटो बिग्रिय मेरो देशको बिग्रिनेछ मेरो देश् मरुभुमिकरण भएए रेगिस्तानमा भोलि हामि र हाम्रो सन्तती ले जीवन् खोज्न सक्ने छैनन्!
    यसको लागि हामिले सोच्नु पार्ने बेला आयको छ हाम्रो माटो हाम्रो भबिश्य हो तेसमाथी कसैको निहित र तुच्चा स्वार्तह आनि फाईदाको लागि खेल्न नदिउ!
    हाम्रो माटो हामीलाई पुर्याउने र हामीलाई स्वाद आनि शक्ति दिने मकै उमार्न काफी छ हामीलाई कुनै हाइब्रिड र जेनेटिक मोडिफाइ बिउ बिजन चाहिदैन यस्तो घ्रिस्टता नगरेस अन्यथा हाम्रो हातको कोदालो र खुकुरी उठाउन नपरेस हामीलाई वाध्य नबनाओस!
    यदि तिमीहरू हामी र हाम्रो सन्तती निमिट्यान्न बनाउने काममा उध्धत्त हुन्छौ भने एसै पनि मार्ने हाम्रो ज्यान फालेर तिमीहरूलाई मरि भनेपनि हामि हाम्रो माटो र हाम्रो भबिश्य बचाउने छौ!
    देशघाती माटोको बलत्कार गर्ने ब्यापारी र तिनिहरुसङ सम्बद्द दलाल हरू- मुर्दार्बाद!
    हाम्रो माटो हाम्रो देश्- जिन्दाबाद!

    Reply
  26. Udeep Piya says:
    December 18, 2013 at 6:46 pm

    Boycott GMO food products, our food is being poisoned by insecticide laden GMO food.. I pray GMO &nd Round up will be banned world wide..

    Reply
  27. Prabin says:
    December 18, 2013 at 6:23 pm

    मेरो बिचारमा यो समाचार हरु येसरी इ निउस मा धेरै फैलाउनु भन्दा किशन Jo एस्तो पदना पौदैना बुझ्दैन तिनीहरु माझ गाउ गाउ कार्येक्रम बनाएर बुइहौनु पाएता अनि सरकारी तबर बाट एस्त दुस्ता हरुलाई सधै छानबिन गरेर बहिस्कार गरेमा सोझा साझा गरिब. किसान हरु बच्ने थियोकि किनकि एस्त चोर हरुले जहिले येस्तै सोझा साझा लाइनै हो सिकार banaune

    Reply
  28. neerose says:
    December 18, 2013 at 5:44 pm

    Hybrid र Genetic Modify जस्ता कुराहरू मेसिनमा यन्त्रिक बस्तुमा र निर्माण जन्य कुरामा गरौ प्राणीमा कम गरौ तर भुमिमा (माटोमा) कदापी नगरौ!
    अर्बपती बिनोद् चौधरी को ब्यवसायले नेपालमा, बिश्वोको थुप्रै देशमा तिरस्क्रित र बहिस्कार सहितको कारबाही गरिएको मेन्सन्टो को हाइब्रिड र जेनेटिक मोडिफाइ मकैका बिउ बिक्री गर्ने कुराले मलाइ निकै दुखि बनायको छ! नेपाल् सरकारले यो कार्य तुरुन्त रोकिकन बिनोद् चौधरिमाथी छनबिन गरि कारबाही गरुन्!
    नेपालि जनताले यसमा तुरुन्त दबाब सुरु गर्नु अत्याबस्यक छ!
    जब माटो बिग्रिन्छ त्यो सपार्न सकिदैंन! कृषि प्रधान हाम्रो देशको माटो बिगार्न नदिउ!

    Reply
  29. Santosh says:
    December 18, 2013 at 4:21 pm

    I think, Monsanto and other hybrid seeds must not be brought to use before thorough testing by experts, Hybrid seeds are also said to cause health problems, snatch the right to seeds of the farmers, increase dependency, cause loss of seeds variety etc.. GMOs are to be studied well and initial harvest shouldnot be the measure of its quality..

    Reply
  30. Ghegateghara says:
    December 18, 2013 at 3:26 pm

    एस्तो समाचारले नेपालका दैनिक पत्रिकामा स्थान नपाउनु दुखको कुरा छ / दैनिक पत्रिकाहरुमा प्रकसीत भयो भने अझ किसनहरु बढी सुसूचीत हुन्थ /

    Reply
  31. ekraj says:
    December 18, 2013 at 3:09 pm

    यो लेख जानकारीको लागि एकदम समसामयिक छ| यी बिस्व ठग हरुले, यी वास्तविक लाई सजिलेइ बाङ्ग्वौने छन्| ति निन्न बमोजिम हुन सक्ने:
    १. प्रबिधि नपुर्याई बिउ लगाएको
    २. उनीहरुले भनेको मोल नहालेको
    ३. इनिहरुले भनेको झार मार्ने पेस्तिसाइट उनिहरुसंग नकिनेको
    ४. समस्या हुनु भन्दा पहिला नै उनिहरुसंग परामर्स नलिएको
    ५. सबै सर्त पुगे हामी क्षतिपूर्ति दिन्छौं|
    देख्नु भयो, माथि लेखिएको हरेक चिज लाई इ ब्वाँसा हरुलाई छुटै पैसा बुझौन पर्ने हुन्छा|
    यसरी पार्दछन गरिब किसान हरुको बिचल्ली – चौधरी ग्रुप र मसंतो मिलेर|
    यो जाल बाट नेपाली किशन लाई बचौना सबै मिलेर लाग्नु प्रदछा र सबै भन्दा घृणित मसंतो र चौधरी को कडा भ्रत्सना गर्नु पर्दछ|
    एस पटक चौधरी ग्रोउप लाई यो बिउ भित्र्यौन कसले अनुमति दियो; चौधरी ग्रुप सहित इनिहरुलाई कारबाई गर्न ढिला गर्नु हुन्न|

    Reply
  32. rabin k says:
    December 18, 2013 at 1:24 pm

    हाम्रो तिर त परेवालाई हालेको चारा फल्यो भनेपनि त्यो किसानको मालाको भन्दा बढी फल्छ

    Reply
  33. देवराज जोशी, कैलाली says:
    December 18, 2013 at 12:55 pm

    कसै लाइ हुने व्यापारिक फाइदा बेफाइदाको मलाइ कुनै चासो छैन तर भविष्यमा हुने पर्यावरणीय क्षति प्रति चनाखो हुनु अतिनै जरुरी छ | GM बिउ बाट उत्पादित खाद्यान्नले स्वास्थ्यमा गर्ने असर बारे त अनुसन्धान बाट थाह होलानै तर स्थानीय प्रजाति हरु लोप हुने निश्चित छ | समस्त जीवित संसारको निरन्तरताको लागी bio – diversity तथा genetic diversity कायम रहनु पर्छ भन्नेमा म १००% विस्वस्त छु |

    Reply
  34. Nabin Adhikari says:
    December 18, 2013 at 12:39 pm

    भने पछि यीनी हरुले त धेरै अगाडी बाट पो खुन पसिना चुसेका रहेछन… अब यीनी हरु लाई सार्बजानीक रुप मा बहीसकार गरौ!!!

    सोसल मेडिया मा सक्दो सेयर गरौ मोन्सान्टो र चौधरीहरु लाई बहीसकार गरौ!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme