Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भगवानकै अगाडि चोरी !

Posted on December 25, 2013December 25, 2013 by Salokya

chori
स्वयम्भूमा देउताको मूर्ति चोरी हुनबाट जोगाउन फलामे जाली हालिएको छ। केही दर्शनार्थीले जालीभित्रै सिक्का चढाउँछन्। तर त्यही जालीभित्रैबाट एक बालकले चलाखीका साथ देउतालाई चढाइएको सिक्का चोर्न सफल हुन्छन्। आज बिहान स्वयम्भूमा यो दृश्य देख्दा गजब लाग्यो। हेर्नुस् भिडियो र साथमा स्वयम्भूका केही फोटोहरु।

अर्को धार्मिक स्थल पशुपति, आर्यघाटमा पनि झण्डै यस्तै दृश्य देखिएको थियो। हेर्नुस् यहाँ क्लिक गरी।

swayambhu1

swayambhu

swayambhu3

swayambhu2

swayambhu4

swayambhu5

swayambhu6

22 thoughts on “भगवानकै अगाडि चोरी !”

  1. Hiramani says:
    December 28, 2013 at 4:07 am

    म यसलाई नराम्रो भन्दिन . आखिर मा त्यो छाडेको भेटि को सदुपयोग हो. उसले पैसा लियो र आफ्नो लागि खर्चियो, अन्यथा त्यो पैसा कहाँ कसले प्रयोग गर्थे र ?? मलाई लाग्छ मन्दिर रेखदेखका लागि छुट्टै चन्दाबाकश हुन्छ, र उसले त्यहाँ बाट पैसा झिकेको छैन जोसलाई चोरेको पनि भन्न मिल्छ. तर मन्दिर बाट लिएको भेटि चोरेको मान्न मा तयार छैन. यसको मतलब मा त्यो बालाको को कार्यलाइ समर्थन भने गरि रहेको छैन. पक्कै पनि उसलाई सु-संस्कार को आबस्यकता छ. प्रत्येक बाबु आमा ले आफ्नो छोरा छोरी लै सु-संस्कार सिकाउनु जरुरि छ.

    Reply
  2. Abhyankar says:
    December 27, 2013 at 1:56 am

    What the kid is doing is wrong, he need his parents or some guardians to watch /guide him teach him right things .

    Reply
  3. krish says:
    December 26, 2013 at 9:28 pm

    कुरा सुका मोहर को होइन, प्रबृत्ति को हो, सियो चोर्नेले फाली चोर्छ ,फाली चोर्नेले घर फोर्छ /सानोमा लौरो बोकेर चानचुन तान्नेले भोलि हेक्सो बोकेर सङ्लो काट्दै मुर्ति गायब गर्न सक्छ / कदरौं चोर्ने पनि छन् भन्दैमा लाख चोर्ने ठिक भन्ने सोचाई कस्तो होला ? चोरकै मतियार हरुले मात्रै एस्तो सोच्दा हुन् /चोरेको देखि देखि स्यावास भन्ने कमेन्ट पढेर हाँस उठ्यो /

    Reply
  4. Basant says:
    December 26, 2013 at 3:46 pm

    भगवानको नाम पारेर चढायियेका भेटि चोर्नु पाप हो भन्छ शास्त्र ले.. सानो रकम चोरिएको ठुलो देख्छ सबैले तर तेही मन्दिर का पुजारी ठुलाठाला ले गरेका करोडौको घोटाला, ढुकुटी रित्यौदा बोल्ने को? सकिन्छ भने पशुपतिको लुटको बारेमा बोलौं न सबै …

    Reply
  5. Kamal bishwokarma says:
    December 26, 2013 at 11:00 am

    केटो को आइडियालाई मान्न पर्छ! त्यो पैसाको सर्बोत्तम उपयोग हो यो!

    Reply
  6. Bijay kerung says:
    December 26, 2013 at 10:22 am

    बेस्ट आइडिया लगायेछा अन्तरे ले

    Reply
  7. ramesh says:
    December 26, 2013 at 9:24 am

    खाने मुख लाइ जुंगाले छेक्दैन भनेको यहि हो | चोर्ने मनसाय भएपछी जाली ले के छेकोस ?

    Reply
  8. Jillabasi baburam says:
    December 26, 2013 at 8:43 am

    भोकले आन्द्रा बटारेको वा जाडोले लुग लुग कामेको बच्चा भए त भगवान पनि प्रशन्न नै हुन्थे होलान पैसा चोरेर लगे पनि, तर
    यो भाई त्यस्तो दुखि गरीब त लागेन!

    Reply
  9. Raj says:
    December 26, 2013 at 8:25 am

    यो दिमाख लाई सकारात्मक बाटो मा लगाऊ

    Reply
  10. samrat~ says:
    December 26, 2013 at 3:29 am

    त्यो सिक्का भगवान लाइ भन्दा त्यो बालक लाइ आवस्येक छ येदि उसले खालि पेट को लागि चोरेको हो भने. कस्तो अन्ध बिस्वास मा डुबेको छ हाम्रो संस्कृति कुनै कुनै कुरा मा. भगवान लाइ पैसा को के आवश्येक्ता ? येदि धार्मिक मठ मन्दिर को सरसफाई र मर्मत सम्भार को लागि हो भने ताला भएको डोनेसन बक्स राख्दा यो समस्या न हुदो हो.

    Reply
  11. Deepak Aryan says:
    December 26, 2013 at 1:34 am

    God doesn’t need money, these kids do. Why don’t people give money directly to these kids? These temples are already richer than we could ever imagine. If you want to make your god happy, help those poor creations of him who are struggling to survive.

    Reply
  12. suzee says:
    December 26, 2013 at 1:10 am

    भगवान को पैसा पनि हाम्रै हो , बिचरो ले लियो त के भयो , नया पुस्ता को त थाहा छैन , हाम्रो पालामा हामीले पनि पाला को आखा छलेर चानचुन तप्क्य्यौउन भ्याउन्थ्यो !!!!!!!!!!

    Reply
  13. Hari says:
    December 26, 2013 at 1:10 am

    पशुपतिमा चढ़ाको करोडौको भेटि चोर्ने पनि छन् भन्ने सुनेको थिए..

    Reply
  14. Mahesh says:
    December 26, 2013 at 12:30 am

    हामी त्यो पैसा पुजारी ले लागे नि पुजारी ले खायो भनेर बिरोध गर्छौ. त्यो चानचुन पैसा को लागि कुनै गुठि नै त खोलेको छैन होला. भगवान ले आफु संग भएको कुरा चाहिने गरिब गुरुवा ले नै लागुन भन्ने चाहन्छन होला. फेरि कुनै दर्सनार्थि ले चढाएको कुरा अर्को दर्सनार्थि ले प्रसाद को रुप मा लाग्ने चलन त छ दै छ हामी कहाँ. त्यो जाली चाही त्यो चानचुन पैसा जोगाउनु भन्दा मुर्ति को सुरक्ष्या को लागि राखेको जस्तो लग्यो मलाई त. सबै जस्सो मन्दिर मा बाल बालिका ले मन्दिर मा दियो, फलफुल, चानचुन पैसा उठाउने चलन नै हो. एस्लाई ति बाल बालिका लै मुर्ति नै उप्कौना खोजेको चोर को रुप मा प्रस्तुत गर्नु हुदैन जस्तो लाग्छ.

    Reply
  15. dharmendra says:
    December 26, 2013 at 12:05 am

    भगवानलाई पैसा चढाउने चलन हटाउनु नै बुद्दिमानी हुन्छ / भगवानलाई पैसाको आबस्यकता पनि छैन / दिनै छ भने दानपात्रमा खासल्दिये भैहाल्यो नि / अझै आजभोली त पानीको कृत्रिम कुण्ड बनाई तेस्मा पैसा फालेर भाग्यमानी बन्न खोज्ने मुर्ख हरु देखेर त हांसै उठ्छ

    Reply
    1. सिर्जने says:
      December 26, 2013 at 11:21 pm

      पानीको कुण्डमा पैसा फ्याकेको त मैले अम्रिकमा’नि देख्या छु / एताको चलन उता गा’को हो कि उताको चलन एता आ’को हो त्यो चै थाहा भएन /

      Reply
  16. Magar says:
    December 25, 2013 at 11:57 pm

    मानिस हरु धर्म गरे भन्दै भगवान लाई पैसा फलफुल धुध आदि दान भेटि गर्छन जुन भगवान ले खाने पनि हैन लाउने पनि हैन..बोरु येस्तै बालक सडक बालक बृद्ध हरुलाई दिनु तेइ नै धर्म हो. येदि कसैले यो बालक लाई फलफुल पैसा देको भए उल्ले एस्तो काम गर्नु नै पर्ने थिएन…

    Reply
  17. सुगतश्री शरण says:
    December 25, 2013 at 10:58 pm

    यो कुनै आश्चर्य को कुरो भएन . जो संग जेव खर्च हुन्न त्यसले प्रसाद किन ग्रहण नगर्ने ?…भगवान भनेकै असहायको सहारा न हो !

    Reply
  18. बासु says:
    December 25, 2013 at 10:08 pm

    जाली मन र चोर, फटाहा हुन् हुर्किएकै मात्र हुनुपर्छ भन्ने छैन भन्ने यसले देखाउंछ | घर परिवेशकोपनि दोष हो |

    Reply
  19. Nabin Adhikari says:
    December 25, 2013 at 10:05 pm

    पासाले दिमाग लगाकै हो |

    Reply
    1. Dambar says:
      December 27, 2013 at 2:53 am

      मानब को आवश्कता आफनै ठाउँ मा हुन्छ .. दिमाग त लगाकै हो पासा ले राम्रो काम मा चाही लगाको होइन… आफनै आँखा ले देखेको छु त्यै उमेर को केटो ले त्यै स्वयम्भु मा चना चटपट बेचेको… त्यो पो केहि हद सम्म दिमाग लगा हो कि ??

      Reply
  20. dusyanta bhattarai says:
    December 25, 2013 at 9:30 pm

    खाने मुख लाइ जुंगाले छेक्दैन भनेको यहि हो | चोर्ने मनसाय भएपछी जाली ले के छेकोस ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme