Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Exclusive [Company Confidential] : यस्तो थियो नेपाल पस्ने मोन्सान्टोको गेमप्लान

Posted on December 16, 2013December 17, 2013 by Salokya

विश्वमै बदनाम अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई अब चौधरी ग्रुपले काँध थापेर नेपाल भित्र्याउँदैछ। तर, त्यसअघि सरकारसँगै मिलेर अमेरिकी सहयोग नियोग युएसएडले मोन्सान्टोलाई योजनावद्ध रुपले नेपाल भित्र्याउन पूरै गेमप्लान तयार पारिसकेको थियो। योजना अनुसारको काम भएको भए यतिबेलासम्म चितवन, नवलपरासी र काभ्रेका माटोमा मोन्सान्टोका मकैका बीउहरुले जरा गाडिसकेका हुन्थे। तर, जनस्तरमा भएको चर्को विरोधका कारण सरकार र युएसएड पछि हट्न बाध्य हुनुपर्‍यो। त्यतिबेला तयारी कै क्रममा सन् २०११ मा भएका कार्यक्रमको एउटा गोप्य कागजात माइसंसारले फेला पारेको छ। आउनुस् हेरौँ, कस्तो थियो नेपाल पस्ने मोन्सान्टोको गेमप्लान ? को को सहभागी थिए मोन्सान्टो भित्र्याउन गरिएको कार्यक्रममा ? मोन्सान्टोका को-को प्रतिनिधि थिए यसमा सहभागी ? हेरौँ यो गोप्य कागजात जस्ताको तस्तै।

यो पनि हेर्नुस्-
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि

14 thoughts on “Exclusive [Company Confidential] : यस्तो थियो नेपाल पस्ने मोन्सान्टोको गेमप्लान”

  1. dinesh says:
    December 17, 2013 at 2:21 pm

    I want my father back भन्ने डकुमेन्ट्रीमा बिउ लगायतका सामग्रिका लागि अरुमा भर पर्दा भारतका किसानको के हालत भएछ भन्ने कुरा देखाइएको छ । तलको लिंकमा यो फिल्म हेर्न सकिन्छ । केही वर्ष पहिलेको काठमाडौँ पर्वतीय फिल्म महोत्सब (किम्फ) मा यो फिल्म देखाइएको थियो । किम्फले यो फिल्मको नेपाली भषाामा अनुवाद गरेको छ जस्तो लाग्छ । http://www.youtube.com/watch?v=yjn_Ov1Z15Q

    Reply
  2. manish says:
    December 17, 2013 at 10:16 am

    Let everybody like this facebook page and join the race against Monsanto in Nepal
    https://www.facebook.com/stopmonsantoinnepal

    Reply
  3. ekraj says:
    December 17, 2013 at 10:14 am

    अरु समाचार र मेडिया का ठेकेदारहरु एस्तो नैतिक हिन कुराको भ्रत्सना नगरी कसको खल्तीमा पसेका छन्?

    Reply
  4. राम बहादुर says:
    December 17, 2013 at 9:48 am

    हाम्रो नेपालमा विदेशीले वा संस्थाले कुनै नीति लाद्न लाई तपसिलका कदमहरु अपनाएर लबिङ्ग गरेर सफलता आर्जन गरेको देखिन्छ|
    यो भुल हाम्रै हो|

    १. कुनै आई एन जी ओ वा प्रजेक्ट मार्फत एउटा वर्कशप, सेमिनार वा तालिमको नाउँले पुर्ब निश्चित परिणाम लिएर निश्चित व्यक्ति हरुलाई होटल वा सभा कोठामा सहभागी गराईनु अनि ती सहभागीहरुलाई दिवा भोज उपलब्ध गराईनु र साथ् साथै दैनिक भत्ता पनि उपलब्ध गराईनु
    २. सहजकर्ता वा पेपर प्रेजेण्टेसनको नाउँमा व्यक्ति बिशेषलाई पारिश्रमिक स्वरुप मोटो रकम उपलब्ध गराईनु
    ३. सरकारी जागिरे हरु वा सरकारी ओहदामा भएका व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तोकेका व्यक्तिलाई सहजकर्ता वा सहभागी बनाईनु
    ४. अध्ययन भ्रमण वा कन्सलटेनसीको नाउँमा विदेश भ्रमणमा सरकारी टोली लगिनु
    ४. सरकारी वा प्रभावशाली व्यक्तिहरुका छोरा छोरी र आफन्तलाई विदेशमा पठन पाठन गर्ने सुबिधा मिलाईदिनु वा प्राजेक्टको जागिर लगाईदिनु

    नंया औषधी टेस्ट गर्ने होस् वा बिक्रि गर्ने होस्, वा अन्य देशले नकारेको डीडीटी होस्, बजार मुल्य भन्दा बढी भएको, माप नपुगेको, क्वालिटी नमिलेको औषधी र औजार होस्, हाम्रो स्वास्थ्य मन्त्रालयले लिई हाल्छ| पहिले देखि यस्तै भएको हो र अहिले पनि यस्तै भै रहेको छ|
    किन स्वास्थ्य र कृषि मन्त्रालयका हरु विदेश भ्रमणमा मात्र जान्छन, किन तालिम र वर्कशप र सेमिनार मात्र? कसैले यसको लेखा जोखा गर्ने होइन| विदेशीले जे भन्यो, पैसा पाएपछि मानिहाल्ने बानी छ|

    सरकारी जागिर मा रहेकाहरुले सार्बजनिक नगरी बाहिर संस्था र व्यक्तिको सुबिधा लिन नपाउने र सरकारी जागिर समाप्त भए पछि कहिले सम्म लबिङ्ग गर्न नपाउने भन्ने बारे दरिलो कानुन केही छैन| जो कानु बनाउने र कार्यन्वयन गर्ने छन्, उनीहरुकै मति भ्रष्ट छ भने हाम्रो देशले कसरी उन्नति गर्ने होला| मेन स्ट्रिम मेडियाले धुम धामले मन्साण्टोको मुद्दा जनसमक्ष राख्नपर्ने हो, तर यसो भएको छैन|
    धन्न यो मुद्दा माई संसारले लिएका छन्| छाड्नु हुँदैन| जति जनचेतना बढ्यो उति राम्रो|

    Reply
  5. pyakurelk says:
    December 17, 2013 at 8:02 am

    यो प्रोजेक्ट हाम्रो देसको लागि योग्य छैन .एसले हाम्रो कृषि योग्य भूमिलाई नै खराब बनाई हाम्रो मौलिक उत्पादन बिनाश गर्छ …मैले भर्खर पढेर सकाए येदि येहाहरु पनि चाहनुहुन्छ भने यो लिंक http://occupy-monsanto.com/during-the-cold-war-24-d-was-an-agent-of-biological-warfare/ हेर्नु होला. Monsanto ….

    From sunset Friday, January 10 until at least 2am, January 11, 2014, safe food activists will be holding an nighttime vigil outside of the FDA’s Center For Food Safety and Applied Nutrition (5100 Paint Branch Pkwy College Park, MD 20740) to demand the FDA require mandatory labels for foods containing genetically engineered ingredients. Throughout the evening activists will be projecting crowdsourced food labels, photos, and videos submitted by concerned citizens from around the world on to the side of the FDA building.

    This is a Call to Action for a
    Non-Hierarchical Occupation of Monsanto Everywhere
    Whether you like it or not, chances are Monsanto contaminated the food you ate today with chemicals and unlabeled GMOs. Monsanto controls much of the world’s food supply at the expense of food democracy worldwide. This site is dedicated to empowering citizens of the world to take action against Monsanto & it’s enablers like the FDA, USDA, EPA, GMA, BIO, and the processed food companies that use Monsanto’s products.

    Reply
  6. ekraj says:
    December 17, 2013 at 7:43 am

    नेपाल को समस्या भनेकै, , बाठा भनाउदा, पैसा भयेकारा पैसा मा बिक्नेहरु मिलेर सर्ब साधारण लाई सिकार बनाएर खान पल्केकाले; जनतालाई धोका र देश दुबयेका हुन्|
    यिनी हरुले काग बडी बाठो भए पछि गु खाञ्छ भन्ने उखान सयौं पटक चरितार्थ गरि सके| कति हराम होलान त घरमा आगो लगाएर खरानी बेचेर धनि हुने तरिका भयेनारा|
    एस्ताको:
    १. भ्रत्सना गरौँ
    २. पहिलाको बिरोद लाई झन् प्रभाब करी बनाउन
    ३. सर किसान लाई यसको पुरै बहिस्कार गर्न सिकौं
    ४. यी ठग बेपरी र अनुमति दिनेलाई करबि गराउन अदालत मा मुद्दा हालौं
    ५. जनता लाई सचेत गरौँ
    ६ सारा मेडिया र जनता एकजुट भएर- यो नराम्रो कुराको ठुलै बिरोध गरौँ
    ७. दुलामा लुकेका नेता हरुलाई घिसारेर लाएर यी कुराको बिरोध गर्न लगाउन
    भाबी सन्तान र देश प्रति केहि न केहि जिम्मेबार बनौँ, चौदारी जस्ता लाई एस्तो अनैतिक बेपार गर्न बाट रोकौं|

    Reply
  7. aasish swiss says:
    December 17, 2013 at 6:10 am

    स्विस सरकार ले पनि स्पोन्सर गरेको छ कि क्या हो ??लोगो भएको पेज(२९ )मा नेपाल सरकार पछि र USAID को बिच मा स्विस सरकार को लोगो पनि देखियो त schweizerische eidgenossenschaft भए जस्तो लाग्यो हो??
    आसिश
    स्विस

    Reply
  8. डिल्ली says:
    December 17, 2013 at 6:07 am

    नेपाल भित्र्याउन खोजेको वीऊ जिएमओ हो भन्नेमा अब द्वीविधा रहेन । यी अमेरिकन खैरेहरू गरिब देशका जनतालाई प्रजातन्त्र र खुला अर्थ तन्त्र, डब्लुटिओ आदिको नाम दिएर लुटेरै खान खोजि रहेकाछन् । यिनीहरूले खाद्य बालीका बंषाणु चोरेर, झुक्याएर, डकैति शैलीमा लुटेर लगिसके गरिब मुलुकबाट (मकैको उत्पत्ति मुलुक मेक्सिको मानिन्छ) । अब त्यही हामीलाई अनेक बहानामा बेच्न कट्टु फुकालेर लाग्दै रहेछन् । प्याटेन्टको नाम दिन्छन् र उसको प्रयोग गर्न बाध्य पार्छन् यिनीहरू । अरु त अरु नीम, वास्मती धान र वेसारमा समेत उनीहरूकै देशमा उत्पत्ती भएको भन्दै प्याटेन्ट ठोक्न भ्याए यी अमेरिकन खैरेले । इन्टलेक्चुवल प्रोपर्टी राइट, कपीराइट, प्याटेन्ट के हो के के को नाममा दस्तुर उठाउँछन् । हुँदा हुँदा अब वीऊ पनि राख्न नपाउने ? सधैँ त्यस्का बाजेकै वीऊ खोज्न जानु पर्ने ? हाइव्रिडको नाममा नेपाल भित्र्याउन खोजेको पनि संसारको महान प्रजातन्त्रबादी अमेरिका र खर्वपति सर्बहारा कामरेड चौधरीको विपरित ध्रुबको कार्यगत एकताबाट ? सबै किसानले त्यसको वीऊ नकिनौँ नछरौँ । अर्को वर्ष खैरे आफैँले फिर्ता लैजान बाध्य हुन्छ ।

    Reply
  9. Surya says:
    December 17, 2013 at 6:01 am

    Page 23: “If there is no maize, there is nothing to eat.”
    मकै कन्ट्रोल गर्न सकियो भने सबै कन्ट्रोल गर्न सकिन्छ. यसमा पैसा, राजनीति सबै छ.
    नेपालका टिभीहरुले यसको बारेमा केहि रिपोर्ट गरेको छैन र?

    Reply
  10. Sargam says:
    December 17, 2013 at 5:20 am

    नेपालका धेरै जसो कर्मचारीहरुले आफुलाई ५ रुपया मात्र पनि फाइदा हुन्छ भने गु लाइ गोबर हो भनेर दैलो पोत्छन् ! यिनीहरु तिनै मद्धे का हुन् !!

    Reply
  11. Krishak says:
    December 17, 2013 at 4:07 am

    यो अरु केहि होइन monsanto ले नेपाल को organic मकै का बीउ सबै खत्तम परेर उसको आफ्नो GMO बीउ बिकाउन गरेको करामत हो. Monsanto को बीउ बाट उम्रेको मकै बाली बाट फेरि अर्को वर्ष बाली लगाउन को लागि बीउ निकाल्न मिल्दैन | जसको कारण हरेक वर्ष Monsanto संग बीउ किन्न पर्ने हुन्छ | अनि अर्को कुरा Monsanto को “round up ” नाम को बिसादी पनि धेरै हानिकारक छ |

    Reply
  12. manish says:
    December 17, 2013 at 2:00 am

    मोनसानटो = नेपाली को पैसा बिदेशी को खल्ती मा
    मोनसानटो = कृषकहरु उम्किनै नसक्ने contract को जालोमा (USA , CANADA , INDIA मा थुप्रो reported cases छन् ! india मा ३ लाख कृषक हरुले suicide गरेको रिपोर्ट छ )
    मोनसानटो = उपभोक्ता लाई १०० थरि रोग (cancer , retarded child birth , reduced thyroid function , sex hormone interference )
    नेपाल को लागि मात्र होइन, earth को लागि नै नराम्रो छ . किन? यो youtube documentary हेर्नु होला !
    http://www.youtube.com/watch?v=N6_DbVdVo-k
    http://www.youtube.com/watch?v=eUd9rRSLY4A

    Reply
  13. Dambar says:
    December 16, 2013 at 11:35 pm

    दोलखा भीमसेन लाइ पसिना आको यही मोन्सान्टो को कारण त होइन कतै???… होसियार भएर बसौं है हामी नेपाली…

    Reply
  14. सिर्जने says:
    December 16, 2013 at 11:28 pm

    भनेसी त कृषि बिभाग, नार्क, गैसस सबै मिलेर गर्न लाग्या रैछन क्यारे त!
    नेपालमा अहिले फलेको मकै सबै खानको लागि (१००% consumed as food) प्रयोग हुन्छ भन्ने जान्दा जान्दै GMO किन प्रयोग गर्न खोज्या? खान मिठो हुदैन, पशुको आहारा मात्रै हुन्छ भन्ने त थाहा थियो हैन र? कि नेपालमा भोकमारी गराएर USAID बाट सहयोग मागेर आफ्नु खल्ती भर्ने “गेम प्लान” हो?
    “pirated seeds” भन्या चै के? मोनसान्तोबाट नकिनी आफ्नै बिउ बनाउने लाइ भन्या होला?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]sansar.com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme