Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

[अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि बिचल्लीमा पार्छु, छोड्दै छोड्दिनँ

Posted on December 8, 2013December 10, 2013 by Salokya

Naag_re
पोखरा उपमहानगरपालिकासँगै जोडिएको अर्मला गाविसका खेतहरुमा धमाधम सिङ्कहोल (जसलाई भूगर्भविद्हरु नेपालीमा भुवान भन्ने गर्छन्) बन्दै गर्दा त्यसको आ-आफ्नो हिसाबले व्याख्या गर्नेहरु निस्किएका छन्। शु्क्रबार र शनिबार त्यहाँ पूजा पनि गरियो। नाग मारेको कारण त्यहाँ यस्तो भएको भनेर धामीहरुले भनेका छन् रे भन्ने त त्यहीँ पुग्दा स्थानीय बासिन्दाले बताएका थिए। माइस‌‍ंसारलाई इमेलमा प्राप्त एउटा भिडियो भने अचम्मको लाग्यो। भिडियोमा एक महिला काम्दै बक्दैछिन्। नागले मान्छेको भाषा पनि बोल्दो रहेछ। मान्छेको भाषामा बक्दै किन त्यसो भएको भन्दै रहेछन्।

पश्चिम दिशामा घुमफिर गर्न आमा-छोराछोरी गएको रे। बीच बाटोमा एउटा मर्दले देख्यो रे (दुइटा मर्द हुँदै तीन वटासम्म मर्द पनि भनिन्)

भिडियोमा काम्ने आइमाइ भन्छिन्, “मेरो बाउलाई मार्‍यो। हामी बिचल्ली परेछौँ। रुँदैरुँदै डाँडापाखा हिँड्छौँ। जस्तो गरेर मेरो बाउलाई मार्‍यो त्यस्तै गरेर मैले बिचल्ली पारेर छोड्छु। मैले कन्या केटा कन्या केटी नखाई छाड्दिनँ। मलाई जस्तो गरेर रुवाए मैले पनि रुवाएरै छाड्छु। पूरा जमिन ध्वस्त पारेर…..पूरा ताल बन्नेछ।”

एक जना महिला दर्शक प्योर पोखरेली लवजमा कराउँछिन् बीचैमा, ‘तपाईँ एक जना बिचल्ली परेर त्यत्रो जनतालाई बिचल्ली पार्नु त भएन केरे नि’

नबोलौँ न नबोलौँ भन्छन् अर्का पुरुष रमिते।

काम्ने आइमाइ भन्दै गर्छिन्- “मेरो बाउलाई चोट लागेको भए माफी मागेर मान्ने थिएँ। मेरो बाउलाई मारेर फाल्यो। मैले पनि माफी माग्दै माग्दैन। मैले ध्वस्त गरेँ गरेँ।”

हेर्नुस् भिडियो-

अन्धविश्वासको हद

त्यो ठाउँमा हिजो र अस्ति दुई दिन पूजाआजा गरिएछ। पूजाआजा भनेको एउटा विश्वासको कुरा हो। पवित्र मन्त्रोच्चारणले पोजिटिभ इफेक्ट गर्ला त्यताको वातावरणमा पक्कै। तर यो बकाइ त अन्धविश्वासको हद नै भएन र। हो, विज्ञानले व्याख्या गर्न नसक्ने केही शक्ति र तत्व हुन्छ यो जगतमा। म मान्छु त्यसलाई। तर अहिले त्यहाँ जे भइरहेको छ त्यो विज्ञानले स्पष्ट रुपमा व्याख्या गर्न सकेको कुरा हो। त्यहाँ जानुभयो भने आफ्नै आँखाले पनि देख्नुहुन्छ तपाईँ के भएर यस्तो भइरहेको छ भनी।

तपाईँ आफै पनि हेर्न सक्नुहुन्छ। भिडियोहरु यहाँ छ क्लिक गरी हेर्नुस्।

त्यहाँ एउटा डाँडामुन्तिरबाट सेतो पानी निरन्तर बगिरहेको छ र कालीखोलामा मिसिरहेको छ। त्यो भनेको त्यस क्षेत्रको भूमिगत पानीले कमेरो माटो बगाएका कारणले हो। त्यो सेतो पानी बग्न नरोकुञ्जेल सिङ्कहोल बन्न रोकिने छैन। जमिनमुनिको कमेरो माटो पगालेर बगाएपछि त्यहाँ प्वाल बन्छ। त्यसै पनि त्यो ठाउँको जमिनको भारवहन क्षमता अत्यन्तै कमजोर भनेर १५ वर्षअघि नै भूगर्भविद्हरुले पहिचान गरिसकेका छन्। अनि त्यस्तो ठाउँमा बाक्लो बस्ती बसाउने, सडक बनाउने, खहरे खोलाको प्राकृतिक बाटोलाई मिचेर जग्गा घर बनाउने गरेपछि यस्तो हुनु स्वभाविकै हो। पोखराका शहरी भूभाग न्युरोड आसपास, छोरेपाटन आसपास, चिप्लेढुंगा आसपास पनि कमजोर छ भनेर उतिबेलै भनिएको हो। अब त्यो प्राकृतिक रुपमा नै त्यस्तै छ त हामीले गर्न सक्ने केही हैन। हामीले त क्षति न्युन कसरी गर्ने भन्ने हेर्ने हो। त्यस्ता ठाउँमा विस्तृत भौगर्भिक अध्ययन गरेर बल्ल कस्तो संरचना आवश्यक पर्छ भनेर डिजाइन गर्नुपर्छ। त्यो नगर्ने अनि नागले मान्छेको भाषामा नेपाली बोल्दै गरेको कुरामा विश्वास गर्दै जाने हो भने के गर्न सकिन्छ र।

Sinkhole12
अस्ति म पोखराबाट फर्केपछि त्यस क्षेत्रको स्थलगत भ्रमणबाट फर्किएका अनि १५ वर्षअघिको भौगर्भिक अध्ययनमा पनि सहभागी भएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई भेट्न गएको थिएँ। उनले निकै सरल भाषामा यो के भएको हो भनेर बुझाइदिए।

अडियो सुन्नुस्-

भिडियोमा हेर्नुस् भूगर्भविद् के भन्छन्-

44 thoughts on “[अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि बिचल्लीमा पार्छु, छोड्दै छोड्दिनँ”

  1. Dipesh Limbu says:
    December 11, 2013 at 7:14 am

    अनि त्यो ग्वाटेमाला मा संसार को सबै भन्दा डर लाग्दो sinkhole भएको छ त्यहाँ चाही कुन जीव मरेछन बा

    Reply
  2. BIBEK SHARMA says:
    December 10, 2013 at 2:10 am

    बिज्ञान ले भनेरै डोजर लाका फेल खायो / आध्यात्म नै विज्ञानको बिकाशको आधार भएको हुदा आध्यात्मबाद्को खिलाफ मा गएर बैज्ञानिक बन्ने रहर कोहीलाई होला मलाई छैन / जे होस् नाग लाई पृथ्वीको राजा मानिन्छ र धर्मशास्त्र मा नाग र पृथ्वीको सम्बन्ध उल्लेख छ नै / बिज्ञान ले होइन बिपत्ति ले नै साबित गर्यो अर्मलामा\ नागको पूजाआजा पछि भासिने क्रम झन्डै बन्दै भएको पनि छ /बिज्ञान को नाम मा आध्यात्माबाद लाई खिल्ली उडाउने होइन बरु आवस्यक्तानुसार अनुसरण गर्नु पर्ने हाम्रो धार्मिक परम्परा कायम राख्दा अबैज्ञानिक भइने होइन क्यारे /

    Reply
    1. Bishnu Nepali says:
      December 11, 2013 at 1:58 pm

      आध्यात्मबाद् र अन्धबिस्वास को कुनै साइनो छैन ! आध्यात्मबाद् भनेको सत्य, धर्म, प्रेम, शान्ति, क्षमा, दया करुणा हो !
      अन्धबिस्वास राक्क्षासी पन हो ! ति काम्ने महिलाले जे भनेकी छन् त्यो अन्धबिस्वास हो राक्क्षासी पन हो ! तेसैले क्षमा दया करुणा को साटो राक्क्षासी एउटा कन्या र एउटा केटा खान्छु भनेको छ, राकक्षस ले जसरि!

      त्यो नाग मर्ने लाइ राम्रो त अबस्य हुन्दैन ! तेस्ले यो नराम्रो कर्म फल कुनै समय भोग छ ! आध्यात्मबाद् को नियम हो, यो लाग्छ, ! चेतना भया !

      Reply
  3. santosh says:
    December 9, 2013 at 11:13 pm

    This is called Butterfly Effect. A small wing flapping of butterfly in japan can cause tornado in Brazil. Those nags are doing the same thing. They got power to do so.

    Reply
  4. सिर्जने says:
    December 9, 2013 at 9:57 pm

    पोखरामा भ्वांग पर्यो भनेर हल्ला खल्ला हुदा १५ बर्षअघि भुगर्भबिदले येसो भन्या थिए रे भन्ने पनि उल्लेख छ / काठमाडौँका लागि भुगर्भबिदहरु ले के भनेका छन् भन्ने खोजौ / काठमाडौँमा पनि जमिन भासिनसक्ने, भ्वांग पर्नसक्ने अनि ठुलो भुकम्प आयो भने जमिन थलथले हुनसक्ने (liquefaction) सम्भावना देखिएको छ / तेस्को मुख्य कारण “जमिनमुनि बाट धेरै पानी तनेकोले” भनिएको छ / येसो भयो भने अत्यधिक धनजनको क्षति हुने कुरा भन्नै पर्दैन / तल UNEP को रिपोर्टबाट एक अंश, अनि त्यो रिपोर्ट को लिंक –

    http://www.unep.org/pdf/KVEO/KVEO_final_pg_51_to_134.pdf

    Kathmandu Valley’s geological condition is unstable
    because of the presence of fluvial-lacustrine deposits
    such as clay, silt, and fine sand. There has been
    extensive extraction of groundwater for drinking as well
    as industrial purposes. The supply of water from
    underground sources has met more than 50% of the
    total demand of Kathmandu Valley. The sea of concrete
    buildings constructed in the valley reduces the
    percolation of surface water, increasing the demand for
    water and causing a fall in the water level each year.
    This renders the valley prone to land subsidence.

    Reply
  5. Jeevan Thapa says:
    December 9, 2013 at 6:37 pm

    बल्ल भिडिओ हेरे … जसले मारेको हो तेस्को तल्लो हर चल्दैन रे त्यो पनि त्यहि मारेकै दिनदेखि बडो गज्जब भाको रहेछ … सर्प मारेको दिनदेखि कसको तल्लो हर चल्न छाडेको रहेछ खोज्नु पर्यो ..
    यो भन्दा त हाम्रो घरतिर को काइलो सार्की बढी काप्थ्यो !!!

    Reply
  6. rajesh says:
    December 9, 2013 at 3:45 pm

    समस्यामा परेको मान्छेले बिकल्पको खोजीमा जुनसुकै उपाय पनि गर्छ यसले समाधान नदिए पनि रहरले गरेको हैन र अन्य उपाय केही नगरी धामी झाक्रिको भर परेको पनि हैन । –यहि काम्ने आइमाइ वसेको ठाउमा सिङकहोल परेर निल्देको भए टन्टै साफ– यस्तो कमेन्ट गर्ने बिद्धान र कमेन्ट लाइक गर्नेहरु को मानविय संवेदना देख्दा टिठ लाग्यो

    Reply
  7. harka shrestha says:
    December 9, 2013 at 12:45 pm

    जे होस् रमाइलो गरेको छन् .लामा झाक्री हरु ले .मान्छे कहाँ पुगिसके नेपाल मा ????कहिले होला चेतना आउनि ???

    Reply
  8. Navin says:
    December 9, 2013 at 9:23 am

    Here in the West, these kind of activities are called ‘channeling’ and there are quite a bit of followers to these channelers..

    From wiki:::
    —————–
    Mediumship, or channeling, is the practice of certain people—known as mediums—to purportedly mediate communication between spirits of the dead and other human beings.[1][2]

    Attempts to contact the dead date back to early human history, with mediumship gaining in popularity during the 19th century. Investigations during this period revealed widespread fraud—with some practitioners employing techniques used by stage magicians—and the practice started to lose credibility.[3][4] The practice still continues to this day, and high profile fraud has been uncovered as recently as the 2000s.[5]

    Reply
    1. Kisan says:
      December 9, 2013 at 10:48 am

      ए ए विकिपिडिया तपाईँलाई मात्र चलाउन आउँदो रैछ 🙂
      यहाँ मरेको मान्छेको आत्माको कुरा भइराछैन भनेर बुझ्नुस् पहिले

      Reply
      1. Navin says:
        December 9, 2013 at 2:12 pm

        You need to do little research before retorting. Channeling as they say can be achieved through souls of various life forms,, be it animal, be it dead human or be it intergalactic life forms. I know these concepts sound pretty funky to talk about but in the new age community this is what channeling means. So, before you ignorantly reply anyone, just do little research. I’m not trying to say what this woman doing is credible act but just trying to define that these concept is prevalent in western world as well. I hope fellow compatriots don’t have small minds to unlike this comment of mine. I was just saying this happens here in the west too.

        Reply
    2. Kisan says:
      December 9, 2013 at 3:10 pm

      विकिपिडिया हेरेर रिसर्च रे
      खित् खित् खित्
      First learn to remove those footnote marks (1,2) before pasting it in comment as ur ‘research’ 😛

      Reply
  9. Roshan Sharma, Australia says:
    December 9, 2013 at 8:10 am

    सालोक्य जी,
    आदि काल देखि नै मानब द्वारा प्रयोग भैरहेका – यस्ता बिषय बस्तु हरुलाई ‘अन्ध विश्वास’ भनेर नकार्नु भन्दा
    अहिले सम्म प्राप्त स्रोत सहन र ज्ञान को उपयोग गर्न सकियो भने ‘अधय्त्मिक’ सभ्यताको उपलब्धि लाई अझ ब्यबहारिक रुपमा मानब को मात्रै नभएर, अन्य जिबात्माको उत्थान को लागि पनि प्रयोग गर्न सकिन्छा कि !

    तलको लिंक मा भएको भीडियो ले त्यहि छेत्र मा काम गर्नु पर्ने भनेर भदै छ त !
    १- अद्यात्मा सम्बंदी भीडियो (१६ मिनेट पछि ):-
    https://www.youtube.com/watch?v=qsH1U7zSp7k&feature=youtube_gdata_player

    2- बिज्ञान को उपलब्धि सम्बंदी भीडियो (पुरै) :-
    http://w3.newsmax.com/blaylock/video_gmo.cfm?ns_mail_uid=63622012&ns_mail_job=1549138_12082013&promo_code=15DB4-1

    Reply
    1. Rabindra Basnet says:
      December 9, 2013 at 10:47 am

      यो अध्यात्म सध्यात्मको कुरा हैन ठग्ने बहाना हो
      अस्ट्रेलियामा बसेर पनि ठगले जथाभावी बोलेको कुरा पत्याउने ?

      Reply
      1. bibek dhakal says:
        December 9, 2013 at 8:21 pm

        अस्ट्रेलिया पुग्दैमा आइ क्यु बढ्ने त हैन होला!!!

        Reply
        1. rabin says:
          December 14, 2013 at 7:08 am

          नेपाली को IQ देश ले देखाई रान …..कुरा गर्छौ ढकाल बा ….

          Reply
  10. Jeevan Thapa says:
    December 9, 2013 at 6:22 am

    पूरा जमिन ध्वस्त पारेर…..पूरा ताल बन्नेछ।”………….. फेवाताल, राराताल, बेगनासताल ….. अब बन्ने नया ताल हड्ताल!!!

    Reply
  11. डिल्ली says:
    December 9, 2013 at 4:30 am

    कुन नाग हो भनिदिनुस् भनेकोमा नागको नाम लिन सकिनन् नि यी झक्रिनीले । अनकनाइन जस्तो छ र तुरुन्तै काम्न छाडिन् । नागको आइक्यु कम्जोर छ कि नाग मार्नेले नाम चाहीँ मेटिने गरी मेमोरीमा हानेछ त ? अब अर्को पटक उनी काम्दा त्यो प्रश्न सोध्यो भने ठ्याक्कै जवाफ देलिन् कुन नाग हो भनेर ।

    Reply
  12. गणेश says:
    December 9, 2013 at 3:17 am

    कामेको पुगेकै छैन भन्दिम् न क्या । हाम्ले कस्तो कस्तो कामेको देखेको छम ब्यारे । चल्दैन यो त ।

    Reply
  13. Shree... says:
    December 9, 2013 at 1:50 am

    superstition मा विश्वास नराख्ने परियो तर खोज्दै जाँदा यो video देखें. नागराजको बारेमा रहेछ… के एस्तो पनि हुँदो रैछ त…
    http://www.youtube.com/watch?feature=player_embedded&v=so4VYE_u9aU#t=०

    Reply
  14. sudhir says:
    December 9, 2013 at 12:49 am

    यति धेरै सचेत मानिसहरुको भीडमा कतै एक्लो भईन्छ जस्तो लग्यो मलाई.
    तर सायद हामीले बिर्सेउपनि होला आफ्नो धर्म संस्कृति र परम्परालाई, आज पनि मलाई यहि हजुरहरुको अविस्वासमा बिस्वास लाग्छ.
    हस्तरेखा, नुमेरोलोजी सबैको विश्वास गर्नुस किनकि आफ्नो कर्ममा जे लेखेको छ तेही हुन्छ. हजुरहरुलाइ अन्धबिस्वास लाग्ने कुराहरु येहा सिंगापुर मा प्राय मानिशलाई भन्दा सहि नै हो कुरा मेरो जिन्दगि मा तेस्तै भएको हो भन्छन . उनीहरु त अरुनै धर्म मा विश्वास राख्ने हाम्रो भन्दा बिकसित मुलुकका व्यक्ति सायद धर्मको कुरा गलत हुने भए मिल्ने थिएन होला. यो मेरो व्यक्तिगत विचार हो . यसको अनर्थ नलगाउनु होला. धन्याबाद

    Reply
  15. Himan says:
    December 9, 2013 at 12:16 am

    कम्जोर मान्छे तेसरी काँप्ने गर्छ l जसको आत्मबल एकदम कम्जोर छ भन्ने बुझिन्छ जुन भिडिओ मा देखिएको छ l

    Reply
  16. Shankar says:
    December 9, 2013 at 12:01 am

    जब जब देश मा कांग्रेस ले जित्छ तब तब देश मा ठुला बाडी, पैरो , भुकम्प , राजदरबार हत्या काण्ड भएको नजिर छ तेस्मा पनि गिरिजा प्रह्धान मन्त्रि हुदा बिपत्ति पनि दाइजोमा मा आउथ्यो |

    अब यो खाल्टो परेको कोइराला खानदान कै कोइ पी यम हुने छाट काट देखेर नेपाल धर्ति डराएको हो |
    ग्रिजा पर्धान मन्त्रि भएपछी विपद आउथ्यो , सुसिल हुनु पहिले नै आउदैछ , तेसैले साबधान !!

    Reply
  17. Kopila Grg says:
    December 8, 2013 at 11:17 pm

    नेपाली लाइ मुर्ख बनाउने अर्को साधन पायो यो आइमाई ले… काम गर्ना को अल्छिले नागीन चढेको ढोंग गरेर नक्कली कपाई.. मा त्यहाँ भएको भए, नमस्कार र पुजा होइन, बहिस्कार र सजाय दिन्थे… जे को पनि हद हुन्छा नि, थाहा छैन कति मान्छे मिलेर बनाएको योजना होला, यो नागीन को होइन राजनीति को खेल हो जो भुगर्भ लाइ दैव संग जोडेर देश लाइ बिगार्ने अर्को सड्यन्त्र 🙁

    Reply
  18. Lohani Indra says:
    December 8, 2013 at 10:52 pm

    लौ न पोखरेलि बन्धुहरु हो , यिनिलाई संविधान सभा भवन अगाडी लगेर बक्न लगाउन पर्यो, १७००० मान्छे मारेर आउने, भ्रस्टाचार गरेर देश डुबाउने, अनि अझै पनि जनता झुक्क्याएर संबिधान नबाउनेलाइ यसैगरी माफी मान्दै मान्दिन , एक वर्षभित्रै खाइदिञ्छु भनिन भने त संबिधान बनि पो हाल्थ्यो कि .

    Reply
  19. yogi says:
    December 8, 2013 at 10:30 pm

    अरु केहि होइन त्यो महिला नाग हो भने नाग (सर्प) संग पक्कै पनि डर मान्दैन होला…तेसैले एक दुइ वटा आफन्त संगै राख्दिए कसो होला… त्यो महिला फता हो कि होइन भनेर पनि थाहा पाउने, अनि गाउलेले पनि बिरोध गर्दैनन्,
    साँचो कुरा आफै बाहिर आउछ त्यो महिला सर्प देखेर कुलेलाम ठोक्यो भने..
    लौन यो कुरा त्यो स्थानीय बासिन्दाको मा पुर्याई दिनु पर्यो सालोक्य जी…

    Reply
    1. yogi says:
      December 9, 2013 at 12:32 am

      सर्प को भाँडो मा नक्कली सर्प राख्दापनि हुन्छ 😉

      Reply
    2. prabhat says:
      December 9, 2013 at 5:36 am

      होइन, मानसिक अवस्था ठिक नभएको हरुलाई सरकार ले केहि गर्न सक्दैन र भने? जब उसको ब्येबहार बाट समाजमा असर पर्न थाल्छ, केहित गर्नुपर्योनि

      Reply
  20. मन says:
    December 8, 2013 at 9:07 pm

    त्यो काम्नेलाई कामेर बकी रहेको बेलामा सियोले च्वास्स घोची दिन पर्छ| होस् आउँछ| मान्छेलाई धर्म प्रति भड्काउने र बितृष्णा सृजना गर्ने यस्तै चरम क्रियाकालाप हो| लौ यो अब टुंडिखेलमा आयोजना गर्न पर्यो| आजको युगमा उनको बकाई लाजमर्दो छ|
    म माईसंसारका चेतनशील पाठकहरुलाई के भन्न चाहन्छु भने लगभग स्वस्थ शरीरमा कम्पन सिर्जना गर्न त्यति गाह्रो छैन जति गिटारको सुर मिलाएर कर्ड सिक्न हुन्छ| पहिले आँखा चिम गरेर एकान्तमा कम्पन कसरत गर्नुस र आईहाल्छ अनि ओठ कंम्पन संगै शब्द प्रस्फुरित गर्नुस| यो पनि कम्जोर र धर्म भीरु मानसिकता अनि gullibility संग खेल्ने एउटा खेल नै हो|
    संसारका सबै कम्पन वाहियात हुन् त भन्दिन तर हिजाज देखिने ९९% कम्पन नक्कली हुन् जस्तो लाग्छ|
    यसै सन्दर्भमा भन्नपर्दा, महायोगी मिलारेपा कम्पन, चिन्तन, शरीर ट्रान्सफरमेसन आदिका गुरु हुन्| उनी साश्वत हुन्| योगी हुन्, तर देउता होइनन| गुरु पनि होइनन| ध्यानमा वायुमा विचरण गर्न सक्ने क्षमता भएका सफल योगीका कुनै गाउँ घर हुँदैन भनिन्छ तर यो पनि भनिएको छ उनी हाम्रै नेपालको भादगाउँ देखि डांडा पारिका गाउँका हुन्|
    कुनै दिन उनको बारेका लेख र पुस्तक पाए पढ्नु होला|

    Reply
  21. योगेश आदी says:
    December 8, 2013 at 8:53 pm

    एकपटक यस्तै खालको जान्नेको खिल्ली उडाएर फेसबुकमा कमेन्ट गरेको थिएँ, त्यसको भोलिपल्टै मेरो हात नराम्रोसंग काट्यो, त्यसपछि यस्तो फूटेजमा कमेन्ट गर्न पनि झस्किन्छु ! हामी हुर्केको परिबेस, सिकेको संस्कार, बिस्वास गरेको तत्व र आस्थाको मानसिक असर होला सायद, कता कता झसक्क लाग्ने !

    Reply
  22. bibek dhakal says:
    December 8, 2013 at 8:03 pm

    आफ्नो भविष्य राम्रो बनाउन हत्केला भन्दा हस्तरेखामा विश्वास राखेर ज्योतिषी खोज्दै हिड्ने पढेलेखेका मुर्खहरु र यो झाँक्रीलाइ मान्नेहरु एकै कोटिका हून….फरक मात्र “डिग्री” को हो !!!

    Reply
  23. Manish Duwadi says:
    December 8, 2013 at 7:59 pm

    यहि काम्ने आइमाइ वसेको ठाउमा सिङकहोल परेर निल्देको भए टन्टै साफ ।

    Reply
  24. दीप says:
    December 8, 2013 at 7:13 pm

    यसरी एउटा केटा र केटि खान्छु भन्नेलाई पुलिश को मा जिम्मा लगाउनु पर्दछ !

    Reply
    1. sujan joshi says:
      December 8, 2013 at 11:20 pm

      मान्छे मार्नेलाई त कानुन लाग्न छोडो हाम्रो देशां….. अब जाबो खान्छु मात्र भन्दा पनि कसले समात्ने होला ….. 🙂

      Reply
  25. Subhash Neupane says:
    December 8, 2013 at 6:04 pm

    दिपक राज गिरि हरुले बनाको नया कमेडी फिल्म “छ एकान छ” को लागि सुहाउछ यो सिन !

    Reply
  26. पुष्प says:
    December 8, 2013 at 4:49 pm

    पूजाआजासम्म त ठिकै हो, तर यो त वाहियात नै भएन र ! भिडिओ हेर्दा/सुन्दा त धन्न झाँक्री दिदीलाई नै पिटुम्ला झैं पो गरे त है ! उल्टो नागदेवताप्रति रीसइवी पो बढाए ।

    Reply
  27. abhishek says:
    December 8, 2013 at 4:42 pm

    सालोक्य जी ले हिन्दि सिनेमा भूल भुलैया हेरेको छैन? तेस्मा SCIENTIFIC र SUPERSTITION दुवै मेल खाने तरिका ले देखाको छ/ साएद येस्मा पनि SCIENTIFIC र SUPERSTITION को समोग हुन सक्छ/

    तपाईं आफ्नो चाड INDRAJATRA को बारे लेख्नु हुन्छ/ के तेस्ले सच्चाई पानी पार्छ र ??? संसार बिचित्र को छ साथी/ साब कुरा लाई मान्नु पर्ने हुन्छ/

    Reply
    1. Subhash Neupane says:
      December 8, 2013 at 6:06 pm

      भुल भुलैया भन्ने फिल्ममा त लास्ट मा superstitious कुरा होइन, भूत भन्ने हुदैन बिद्या बालन को दिमाग खल्बलिएर तेस्तो भएको भन्ने पो देखाउछ त !

      Reply
      1. abhishek says:
        December 9, 2013 at 2:32 am

        साथि ले फिलिम हेरेर बुज्नु भएन छ / एकचोटी एउटा real घटना मा अधरारिक THE EXORCISM OF EMILY ROSE हेर्न सक्नु हुन्छ/ त्यो एकचोटी हेर्नुस र साचिकै EMILY ROSE को YOUTUBE मा FOOTAGE हेर्नुस/ ऐले सम्म बिज्ञान ले तेइ हो भनेर भन्न सकेको छैन/

        Reply
    2. Rabindra Basnet says:
      December 8, 2013 at 9:28 pm

      इन्द्रजात्रा भनेको पानी पार्नलाई भनेर कल्ले लाइदिएछ यिनलाई ? हाँसेरै मर्ने भएँ म । कति विश्वास लागेको हो बकेको 🙂

      Reply
    3. Abhishek™ says:
      December 9, 2013 at 12:32 am

      हाम्रो छिमेकी देश चीनमा ओलम्पिक हुदा पानी पर्छ भनेर बादलनै सारिदिए ‘Cloud seeding’ प्रविधिको प्रयोगले, हाम्रो देशमा पानी पर्यो भने ‘देउता’ रिसायो भनेर हार/गुहार गर्दै पुजा/यज्ञ गर्न थाल्छन. यहि हो आत्मविश्वास र अन्ध-बिश्वास बीचको फरक. यहि हो विकसित र गरिब मानसिकता बीचको फरक.

      Reply
  28. Bishnu Nepali says:
    December 8, 2013 at 4:13 pm

    त्यो काम्ने/बक्ने आइमाई झाँक्री लाई दुई झापड दिनु पर्ने ! नाग मर्ने राम्रो त होइन ! त्यो मार्नेलाई राम्रो त हुदैन तर त्यो झाँक्रीले दुनिया उल्लु बनाएर ठग्न खोजेको छ !
    यसरी एउटा केटा र केटि खान्छु भन्नेलाई झापड दिनु पर्दछ अथवा पुलिश को मा जिम्मा लगाउनु पर्दछ ! लात को भुत बातले मान्दैन !

    Reply
  29. rabin k says:
    December 8, 2013 at 4:12 pm

    होइन नाग लाको हो कि जाडो लाको हो ??
    खतरा कामेको छ त

    Reply
  30. nayan nepali says:
    December 8, 2013 at 2:24 pm

    कमाइ खाने भाँडो बनाउन लाग्यो यो झाँक्री ले !! अझै अन्धबिस्वासमा रुमलिएको छ हाम्रो समाज ! सम्झाउन बुझाउनै गारो !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme