Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्

Posted on December 3, 2013December 3, 2013 by Salokya

Hridayendraनेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाहको नयाँ फोटो मंगलबार राति फेसबुकमा सार्वजनिक भएको छ। फोटो ‘हिमानी शाह’को फेसबुकमा राखिएको हो। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था गरिएपछि उनको गद्दी उत्तराधिकारी हक खोसिएको थियो। अर्थात् नेपालमा गणतन्त्र स्थापना हुनुअघि नै उनी गद्दीका उत्तराधिकारी नहुने कानुन बनिसकेको थियो। यहाँ हेर्नुस् पुरानो ब्लग।

ह्रदयेन्द्र अहिले ११ वर्षका भए। गणतन्त्र घोषणा भएपछि बाबु पारस शाहसँगै सपरिवार सिङ्गापुर गएका थिए। तर पारस-हिमानी खटपट भएपछि हिमानी छोराछोरी बोकेर नेपालै फर्किएका थिए। पारस भने गत वर्ष ह्रदयाघातबाट बचेपछि अझै थाइल्यान्डमै छन्। बीचमा स्वदेश फर्कने भने पनि उनी नेपाल आएनन्। ह्रदयेन्द्र बुबाको माया बिना हजुरबुबा ज्ञानेन्द्र, हजुरआमा कोमल र आमा हिमानीको काखमा निर्मल निवासमा हुर्कँदैछन्।

एक लाखभन्दा बढी लाइक भएको ‘हिमानी’ नामको फेसबुक पेज पूर्व युवराज्ञी हिमानी शाहले नै चलाउने हुन् कि अरु कसैले चलाइराखेका हुन्, प्रष्ट छैन। तर यो पेजमा उनी स्वयं र परिवारका केही अन्तरङ फोटोहरु पनि हेर्न पाइन्छ। ती फोटोमा हजारौँले लाइक अनि कमेन्ट र सयौँले सेयर गरेको देखिन्छ।

नयाँ संविधान सभाको निर्वाचनमा राजतन्त्र पक्षधर पार्टीको सिट संख्या छ गुणा बढेको स्थिति छ। तर चुनावअघि सुदूरपश्चिममा बाढीपीडितलाई राहत वितरणको समाचारपछि पूर्व राजपरिवारका सदस्य कुनै पनि समाचारमा छाएका छैनन्।

Post by Himani.

Post by Himani.

Post by Himani.

Post by Himani.

Post by Himani.

18 thoughts on “ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्”

  1. Lochan says:
    December 10, 2013 at 10:18 am

    आफ्नो आफ्नो विचार, राज संस्था फाल्ने पर्ने थियो जस्तो त लाग्दैन, राजा बाट सबै संबैधानिक सक्ति खोसेर नाराय्न्हीती मै थन्क्या को भए भै हल्थियो/ आनी बेला मौका मा जात्र मा भोटो देखाउने र अन्य चाड पर्व को लागी बाहिर आउन दिए हुन्थियो/ आखिर राजतन्त्र पानि त हाम्रो संस्कृतिक धरोहार हो / फेरी त्यसो गर्य भए आउने पिडि लै ऎउत उदहारण पनि त हुन्थियो कि जना आकन्षा विरुद्ध जना खोज्यो भने क हालात हुन्छ भनेर/

    Reply
  2. shristi shah says:
    December 5, 2013 at 2:18 am

    चोरको खुट्टा काट्न लाग्दा जो चोर तेस्ले पैले झिके जस्तो कुरो किङ्ग को कुरो गर्दैमा किङ्ग गद्दीमा उत्पति हुने हैनन राजाले चाहेको भए सेना लगाएर देश मा रगतको खोलो बग्न सक्थ्यो हामि नेपाली जनता उनले पनि आफ्नो गल्ति स्वीकारेर लौ अब गरि खाउँन नेपाली जनताले भनेर लुरुक्क छोडे तर तर बिडम्बना पहिले एउटा राजा पाले पुग्ने अहिले हजारौ श्रीपेच नलाउने राजा पालेको छ देश ले ……..किन हुन नसकेको बेबी किङ्ग भन्नु पर्र्यो र????बिचरा बाउ बाजेले गरेको गल्तिको सजाएको उप नाम हृदयेन्द्रलाई किन??जे होस् कलि मा गरेको गल्ति को सजाय आज को भोलि देखिन्छ भनेर सबैले राजा ज्ञानेन्द्रको गल्ति बाट सिके हुन्छ/येदि ज्ञानेन्द्र को मन सोजो भएको भए राजा बिरेन्द्र र उनको परिवार को सम्पति रास्तियेकरण गरेर कुनै कोष खडा गरि पारदर्सी गर्थ्ये होलान के के न पितृ भएकाको श्राद्द र दकछिना मा समेत कु गरेर सबै अपुताली सोहोरेका थ्ये आखिर धेरै टिकेन/तेसै गरि १० बर्से युद्द गरेर के के न गरछौ भनेर आक लाइ जनताले ठुलो दल बनाएर हेरे तर देश र जनताको बारेमा कहिले सोचेनानन अहिले हेर हेर लाज मर्नु तेसैले अहिले हामीले सर्ब साधारण भएर बाचेका राजा र उनका परिवार लाइ नाना थरि किन भन्नु पर्र्यो???उनीहरुको पनि हाम्रो जत्तिकै अधिकार छ स्वोतन्त्र बाच्ने हैन र????

    Reply
  3. Sandesh says:
    December 4, 2013 at 10:22 pm

    नेपाल कुन बाटो तिर लाग्दै छ, गोरखनाथले नै जानुन. जति भोट दिएर यी नेतालाइ पठाए पनि त्यहाँ पुगे पछि सबै जोगी कानै चिरेका जस्ता ! हाम्रो भाग्य खोस्न खोज्ने भ्रस्ट नेताहरुलाई ठिक पर्नु पर्छ.
    राजतन्त्रको रामनाम सत्य हो भै सक्यो, अब त्यसको कुरा नगरे नै बेश हुन्छ. किन मान्यता दिई राख्ने भन्या, बिर्सिदिए हुन्न र !

    Reply
  4. रैथाने says:
    December 4, 2013 at 7:39 pm

    ए दुनियावाला हो!
    बेबी किङ्ग होस् कि हेभी किङ्ग होस्,
    राजतन्त्रको सपना नदेख्दा हुन्छ अब!
    हृदयन्द्रको राजा बन्ने कुनै कर्मकाण्ड र भाग्यनै छैन, बेकारको!
    यो देशबाट राजतन्त्र विधिवत अन्त भैसक्यो!
    कसैले पनि सिनो घसिटेर ब्युताउने प्रयाश नगर्दा हुन्छ अब!
    यो गुरु गोरखनाथको आशिर्वादको समय समाप्त भैसकेको छ जुन तेह्र पुस्तालाई थियो!
    गल्ति ज्ञानेन्द्रको हो अन्यथा पारस राजा बन्न मौका पाउनेथियो!
    ज्ञानेन्द्रले गुरु गोरखनाथको आसिर्वादको दुरुपयोग गरि आफ्नो स्वार्थको लागि हत्ताना पत्त मृत्यु भयको दीपेन्द्रलाई मुर्दा राजा घोषणा गरिदियर अनि तेस्को एकदिन पछि आफुलाई राजा बनायर बिचरो पारसको राजा बन्न पाउने मौका गुमाइदियको छ!
    अन्यथा गर्नुपर्ने एस्तो थियो,
    बिरेन्द्रको बंशनाश भयपछि ज्ञानेन्द्रले तेतिबेला आफुलाई राजा घोषणा गरिदियको भय यो शाह बंश याध्धापी १२औ बन्शामानै रहन्थ्यो र पारस १३औ बंश हुनेथ्यो अनि ज्ञानेन्द्र पश्चात पारस राजा बनेर नेपालबाट राजतन्त्रको अन्त हुनेथियो!
    त हत्तनपत्त ज्ञानेन्द्रले दीपेन्द्रलाई राजाबनायर गुरु गोरखनाथको आशिर्वादको समय कटाइदियो अनि जवार्दस्ती श्रीपेच भित्र टाउको घुसारेर आफुलाई राजा घोषणा गरे, त्यो भंछानी हिन्दीमा , ‘मान न मान मै तेरा मेहमान’ तेसै गरे!
    अब गुरु गोरखनाथको आशिर्वाद र बचन उल्ट्याउन खोजेर हुन्छ?
    यो सब ज्ञानेन्द्रको बहुलठ्ठी पाना र हताश मानाश्थिति को उपज हो!
    अन्यथा हृदयान्द्रले त पाउने थियन तर पारस भने अहिले सम्म वा तत्कालिन केहि समय सम्म राजा बन्ने सौभाग्य चाहि पाउने थियो! सब ज्ञानेन्द्रले धाराका धारा बगाइदियो!
    उडायो सपना सबै हुरीले ! बिचरो पारस!
    यो देशको सस्थापन पनि गुरु गोराखा नाथ हो र यसको भाबिस्यपानी गुरु गोरखनाथ हो!
    तेसैले जसले गुरु गोरखनाथको उपेक्ष्यागरी अनादार गर्दै उल्ट्याउने सोच्दछ वा गदछ तिनीहरुलाई गुरु गोरखनाथले एकदिन छिटै हेर्ने छ र सजाय दिनेछ!
    तेसैले गुरु गोरखनाथको इक्च्छा र चाहनाको बिपरित naboles!

    Reply
  5. Gaurab nepali "Oodaaseen" says:
    December 4, 2013 at 6:06 pm

    एक व्यक्तिको चाहनाले राजतन्त्र फर्किने होइन ! यहाँ फर्कौं खोजिएको राजसंस्था हो! जुन नेपालको माटो र दुई छिमेकी को स्थईत्तो को कारक को रुपमा हेरियाको छ ! यहि कारक तत्तो बात राजा पछि हटेका हुन्! र यहि कारक तत्तो ले राजसंस्था फर्किन्छ र यसलाई लिद गर्ने कमल थापा हुन् भने मल जल गर्ने त चुनाबको नतिजाले देखईसक्यो येसैले तपसिलका कुरा गरिरहनु पर्ने आबस्यकता छैन जस्तो लाग्छ!

    Reply
  6. abhi says:
    December 4, 2013 at 11:34 am

    कांग्रेस र एमालेलाइ पनि राजा भएकै फाइदा देख्छु म. कम से कम माओवादीको जंगलीपानाको चेक गर्ने त कोहि हुन्छ. र नेपाल र नेपललीलाइ पनि एउटा अभिभावक संस्था (पूर्ण संबैधानिक) को सार्है खाँचो छ अहिले,.खास गरि उग्र विचारधारा राख्ने तत्वहरुबाट देशलाइ बचाउन.

    Reply
  7. यात्री भण्डारी says:
    December 4, 2013 at 10:01 am

    सामान्य नागरिकको हैसियतमा रही सामाजिक शेवामा लाग्नु हिमानी शाह को उदाहरणिय काम हो भन्नु पर्छ, पारिवारिक पृष्ठभूमि जस्तो सुकै होस् हिमानी जी को समाजशेवा गर्ने अभियान बाट हामि नेपालि हरुले वास्तबमै केहि सिक्नु पर्छ जस्तो लाग्छ मलाइ अनर्थ न लागोस यसको अर्थ राजसंस्था फर्काउ भन्ने हैन.

    Reply
  8. Bijay kerung says:
    December 4, 2013 at 10:01 am

    नेपाल मा राजतन्त्र को पुनर्गमन को सपना देख्न कैले छोदिन्छा होला किन होला यो भूतले लखेटेको लाखेतेकै छ हाम्लाई आबो राजतन्त्र आउदैन आउन पनि हुन्न.

    Reply
  9. Krishna Lamsal says:
    December 4, 2013 at 6:02 am

    सालोक्य जी, के हो तपाई पनि संस्थापन पक्छ्य कै पर्नु भयो कि कसो. बजार को हल्ला संग मिल्ने गरि ब्लग लेख्नु भयो त (just kidding है)…जेहोस, सुने अनुसार यो इलेक्सन पछि बेबी किङ्ग राख्ने पहिले नै तय भै सकेको छ रे. जस अनुसार सुरु मा ज्ञानेन्द्र ले नाति को सम्रक्छ्यक (patron ) को हैसियत मा निम्मित्त राजा भै आउदो सात वर्ष गद्दी मा बस्ने र नाति बालिग भै सके पछि गद्दी उसलाई छोडी दिने. सुनिए अनुसार ज्ञानेन्द्र यसमा राजि भैसकेका छन्. यसो गर्दा पारश equation बाट आउट हुने (र बिरोध पनि कम हुने). भनिन्छ, अहिले एमाले र कांग्रेस बीच को रास्ट्रपति सम्बन्धि बिबाद यसै को लागि गरिएको gound work हो, जसले जनता मा पनि ‘बरु राजै राम्रो’ भने पर्न जान्छ. तर सुनिए अनुसार कमल थापा भने यसमा खुसि छैनन्.

    Reply
  10. ekraj says:
    December 4, 2013 at 4:56 am

    पैसा भएका परिवार न परे? बच्चाको शोख पुर्याई राखेका रहेछन| एस्तो मोटर साइकल नाबालकको लागि कत्तिको सुरछित हुञ्छ कुन्नि, इनले पब्लिक बाटोमा चलौछां कि चलौदैनन थाहा भएन?
    चुनाब को लगत्तै पछि, पुराना छाला र हाड कुइ सकेका फटाहा नेता हरु, चिहान बाट जुर्मुरौदै उठेको भुत को सिनेमा उठे जस्तो गरि साच्चिकै उठेर आएको बेला यो फेसबुक को पनि केहि अर्थ छकि? राम जाने?

    Reply
  11. Deepak Bista says:
    December 4, 2013 at 3:41 am

    Media must not drag children into controversies as they have no role In Nepali political circus.

    Reply
    1. रैथाने says:
      December 4, 2013 at 7:15 pm

      मेडिया ले ड्राग गरेको भन्दा पनि ज्ञानेन्द्र शाह रउनका परिवार साथै राजाका पालिएका पाल्तु भारदार अनि राजतन्त्रका भक्त हरुले यो बच्चालाई राजनैतिक कनट्रोभर्सि मा ड्राग गरेको भनौ साथि!
      Media just informing the peoples.
      But I agree with you more and less.
      That red thumps down is not me.

      Reply
  12. Surya says:
    December 4, 2013 at 3:28 am

    नेपालमा राजतन्त्र फर्कन सक्छ. राजगद्धीको उत्तराधिकारीको छनोट आफ्नो बन्शजको merit को आधारमा हुनु पर्छ र सिर्फ जेष्ठ सुपुत्रमात्र राजा बन्न पाउने प्राबधान हटाएर राजाका जेठो छोरा या छोरीलाई राजगद्धीको उत्तराधिकारीको समान अवसर दिइनु पर्छ. यसो गर्दा केहि हदसम्म पारस जस्तो अलोकप्रिय पात्रले राजा बन्ने अवसर गुमाउने छ.

    नेपाल राजतन्त्र बिना पनि अगाडी बढ्न सक्छ तर राजतन्त्र फर्किएपनि केहि बिग्रिने वाला चाहिं छैन. तर धर्म निरापेक्षता र संघियता (बिशेष गरि जातिय आधारको संघियता) चाहिं आवश्यक छैन.

    Reply
  13. Shankar says:
    December 3, 2013 at 11:42 pm

    मावली इन्डिया भएर के गर्नु ?पुर्खा उताबाट अनि आएर के गर्नु ? साह राजाहरुले इन्डिया लाइ आफ्नो बनाउन सकेन परिणाम यादब बंस को सुरुवात भयो |

    भारत सग सुरुङ्ग युद्द गर्ने भन्ने , बिस्तारबादी ,साम्राज्यबादी भन्ने हरु चै इन्डिया सग भित्रि साठ गाठ बाट चल्ने ,यिनीहरुले नागरिकता बिधेयक रोके , धेरै चिनिया कार्ड परुग गरेर बाजी हारे |

    भुटान को जिग्मे ले जान्यो आज निस्कन्टक राज्य पनि गरिराछ , एसिया मै बिकसित हुन् थालिसक्यो भुटान |
    सायद नेपाल को राजतन्त्र ले पनि राजनीति गर्थ्यो होला तर सोच्ने दिमाग जति लाइ दर्बार हत्याकाण्ड ले नै सफाई गर्यो |

    आफनै तलब बढाउने दिमाग ले जानेन |

    Reply
    1. Rajan Upriti says:
      December 4, 2013 at 2:11 pm

      ज्ञाने लाइ त “मै खाउँ मै लाउँ….” ले नै बर्बाद पार्यो | देश को हित नै गर्न चाहेको भए जनताले प्रशस्त अवसर दिएका थिए | दरवार हत्याकाण्ड बाट शक्तिमा आएर सरकार अपदस्त गर्दा समेत् जनता चुप लागेर बसेका थिए |

      Reply
  14. dilip gurung says:
    December 3, 2013 at 11:24 pm

    मेरो विचारमा पुर्बराजपरिवारले सर्बसाधारणको लागि सामाजिक सेवाका कामहरु आफु अपदस्थ हुनु अघि नै मन लगाएर थालेको भए आज यो हबिगत हुने थिएन| अब शुरु गर्नु नराम्रो नभए पनि नियतमा शंका गर्ने ठाउँ प्रशस्तै जन्माउछ| केहि बर्ष मै राजतन्त्र आउला भन्ने कल्पना गर्न गाह्रो छ| केहि समय पछि ज्ञाने सकिन्छ र पूर्व राजतन्त्रको प्रमुख पात्रको रुपमा पारस देखिन्छ| त्यसपछि त झन् के ब्युतेला त राजतन्त्र? ज्ञाने एण्ड कमल थापा कम्पनीले आशा मारे पनि हुन्छ जस्तो देकिन्छ|

    Reply
  15. JB Gurung says:
    December 3, 2013 at 10:45 pm

    परश लाई heart attack नै भएको हो त ? heart attack भएको मानिस त साररिक रुपमा अलिकति भए पनि अपंगा हुन्छ हैन र ? उसमा यो लकछन् देखिनछ त ? मलाई त विश्वास लागेन है l Drug overdose?

    Reply
  16. dharmendra says:
    December 3, 2013 at 10:37 pm

    देशको बेबी किङ्ग हुन नसकेपनि घरमा मायाले बोलाउदा बाबु राजा त पक्कै भन्छन होला / जे भए पनि ” ज्ञानी नेपाली नागरिक भएस ” येही छ अंकलको शुभकमाना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme