Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० कित्तेलाई तीन-तीन दिनमा १० रुपैयाँ ठटाउने एनसेलको आइडिया

Posted on August 3, 2021August 3, 2021 by Salokya

‘१० कित्ते’ भनेको के हो भनेर नबुझेको भए बुझ्नुस्- यो मूलधारे मिडियाका पत्रकारहरुले युट्युबरलाई हेपेर ‘युट्युबे’ भने जस्तै शब्द हो। धितोपत्रको दोस्रो बजारमा सयौँ, हजारौँ कित्ताको कारोबार गर्नेहरु आइपिओ भर्नेहरु र थोरै संख्यामा दोस्रो बजारमा कारोबार गर्नेहरुलाई हेपेर ‘१० कित्ते’ भन्ने गर्छन्। किन त्यसो भन्या त? कुरो यसो हो के, कुनै कम्पनीको प्राथमिक शेयर निश्कासन (आइपिओ) खुल्दा लाखौँले भर्छन्। कयौँ गुणा बढी आवेदन परेपछि सबैलाई दिने कुरा आएन। अनि चिट्ठा हालेर न्यूनतम १० कित्ता बाँडिन्छ।

यसरी आइपिओ भर्नेहरुको संख्या थुप्रो हुन्छ। पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको  आइपिओमा २० लाखले आवेदन दिए। आम्मामा… २० लाख।

यही ठूलो संख्या एनसेलको आँखामा परेछ। त्यसबाट पैसा कमाउने जुक्ति अपनाएछ।

माथिको एसएमएस एनसेलले आफ्ना ग्राहकहरुलाई पठाएको हो। यस अनुसार नम्बर डायल गर्‍यो भने प्रति तीन दिनमा १० रुपैयाँ काटिन्छ। त्यो पनि शायद करबाहेक भनेको होला। कर जोड्दा त १० रुपैयाँभन्दा बढी काटिने होला।

तीन – तीन दिनमा १० रुपैयाँ असुलेर उसले दिने सुविधा भनेको कुनै पनि नयाँ आइपिओ सेयर र राइट सेयर समयभित्र भर्नुस् भनेर एसएमएस अलर्ट मात्रै आउने रे।

यो आइपिओ र राइट सेयर भनेको दिनदिनै खुल्ने विषय पनि होइन। महिनामा एउटा पनि नहुन सक्छ कुनै बेला त। तर यसले रकम भने तीन तीन दिनमा काट्ने किन बनाएछ, उही जानोस्।

अझ कोही सेयर बजारमा चासो राख्ने छ भने त उसले अहिलेको सामाजिक सञ्जाल र विभिन्न अनलाइनहरुबाट तुरुन्त जानकारी पाइहाल्छ- कुन आइपिओ खुलेको छ, कतिले भरे, कति म्याद छ- सबै। उसलाई त्यो एसएमएस अलर्ट कुरिरहनु जरुरी पनि नहोला। हुन पनि सेयरका विभिन्न फेसबुक र भाइबर ग्रुपहरुमा बुम बुम भन्दै उफ्रनेहरु पनि यस्तै १० कित्ते हुने लाख कित्तेहरुको आरोप हुन्छ।

तर १० कित्तेलाई फँसाउन एनसेलले राम्रै उपाय अपनाएछ। हुन पनि कोही कोही सामाजिक सञ्जालमा उफ्रिरा देखिन्छन्- हजार रुपैयाँ भए वर्षभरी आइपिओ भर्न पुग्ने रहेछ। त्यसरी हजार रुपैयाँ खर्च नभएकाहरुबाट असुल्न नै एनसेलले यो स्किम ल्याएको होला, कि कसो ? 🙂

1 thought on “१० कित्तेलाई तीन-तीन दिनमा १० रुपैयाँ ठटाउने एनसेलको आइडिया”

  1. अस्मित अधिकारी says:
    August 4, 2021 at 1:50 pm

    कञ्चटमा बन्दुक तेर्स्याएर “खुरूक्क एक्टिभेट गर्” भनेर जबर्जस्ती गरेको जस्तो कुरा गर्नु भयो त सर ??
    म यस्तो सेवा पनि दिन्छु है भन्न त पाइयो होला नि । लिने नलिने तपाइँ हाम्रै हातमा हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme