Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन वर्षमा १०१ शहीद, कति जनालाई चिन्नुहुन्छ?

Posted on January 29, 2013February 1, 2013 by Salokya

आज माघ १६। शहीद दिवस। सरकारी विदा। एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइँदैछ। आज अन्तिम दिन हो। यो राणा शासनको पतन भएपछि मनाइँदै आएको शहीद दिवस हो। दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिइएको दिन यसै साताभित्र पर्छ। नेपालमा यी चार मात्र शहीद पक्कै हैनन्। थुप्रै पुराना र नयाँ शहीद थपिएका छन्। खासमा नेपालका सहिद कति जना छन् त ? यकिन तथ्याङ्क पाउन गाह्रो छ। २०६२/६३ को जनआन्दोलनपछि प्रक्रिया पुर्‍याएर घोषणा गरिएका शहीदहरुको संख्यामात्रै १०१ छ। यसमा पुलिसले कुटेर मारेका, तराईका अपराधीहरुले मारेकादेखि पारिवारिक दुश्मनीमा मारिएकासम्मको नाम छ। लौ हेर्नुस् ३ वर्षको अवधिमा घोषणा गरिएका १०१ शहिदको नाम, कति जनालाई तपाईँ चिन्नुहुन्छ ?

को हुन् शहीद ?

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति (स्रोतः प्रज्ञा प्रतिष्ठानको शब्दकोश)

माथिको व्याख्यालाई घोषित शहीदको वर्गीकरणले नछुन सक्छ। किनभने हत्या गरिएकाहरुको नाम पनि शहीदको सूचिमा छ। जनआन्दोलन-०६२/६३ शहीदको संख्या २६ रहेको छ भने तराई मधेश आन्दोलनका शहीद ३० जना रहेका छन्। कर्मचारी शहीद प्रशस्तै छन्। कर्मचारी शहीदमा पनि विभिन्न प्रकार छन्- निजामती कर्मचारी शहीद, स्थानीय निकायको कर्मचारी शहीद, संस्थान कर्मचारी शहीद, शिक्षक कर्मचारी शहीद, वित्तीय क्षेत्रको कर्मचारी शहीद, कृषि अनुसन्धान परिषद्को कर्मचारी शहीद। शिक्षक शहीद पनि छन्, विद्यार्थी शहीद पनि छन्। धार्मिक शहीद ४ अनि पत्रकार शहीद १ जना छन्।

गृह मन्त्रालयको आधिकारिक तथ्याङ्कमा शहीदहरुको नामावली





ल भन्नुस् अब कति जनालाई चिन्नुहुन्छ ? आफ्नै देशको शहीद नचिन्ने तपाईँ ? कुरीकुरी !

तपाईँले माथिको सूचिमा धेरै शहीदको वर्गीकरण गरिएको देख्नुभयो होला। केहीलाई भने ‘शहीद’ मात्र भनिएको छ। उनीहरु कस्ता शहीद हुन् त ? केहीको बारेमा पहिले नै ब्लग लेखिसकिएको रहेछ।

जस्तै माथि अन्तिममा रहेको नाम प्रदीप खड्काबारे ब्लग यहाँ रहेछ।

पख्नुस्, अझै हजारौँ शहीदको नाम बाँकी छ

यति छोटो अवधिमा सय जना शहीद घोषणा भए भन्दै आत्तिनु भएको भए पर्खनुस्, त्यो त हामीले गृह मन्त्रालयमा भएको तथ्याङ्कको मात्रै कुरा गरेको ! अझै हजारौँ शहीदको नाम बाँकी नै छ। तपाईँलाई याद होला, माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा जनयुद्धमा दुवै पक्षबाट मारिएका करिब आठ हजार जनालाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिश प्रस्तावमा शहीद घोषणा गरिएको थियो। घोषणासँगै जनयुद्धका क्रममा मारिएका व्यक्तिका परिवारलाई १/१ लाख रुपैयाँ राहत दिइएको थियो। माओवादीकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि भने जनयुद्धका क्रममा मारिएका र बेपत्ता भएका व्यक्तिका परिवारलाई थप २/२ लाख रुपैयाँ राहत दिइएको छ।

सशस्त्र द्वन्द्वकालमा सशस्त्र द्वन्द्वमा परी मरेर शहीद सिफारिश भएकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुस्।

(स्रोतः शान्ति तथा पुनर्निर्माण मन्त्रालय)

यो सूचिमा झन् अनौठा घटनामा मरेकाहरुको नाम पनि छ। हुनत यसमा माओवादीले घाँटी रेटेर, छिनालेर, परिवारको अगाडि खुकुरीले मार हानेको, माछा मार्दै गरेको बेला माओवादी ठानेर सेनाले गोली हानी मारेको जस्ता आङ सिरिङ हुने घटना पनि छन्। खेलौना ठानेर बम खेलाउँदा मारिएका ९ वर्षका बालकको नाम पनि शहीद सूचिमा छ। अहिले निकै चर्चामा रहेका डेकेन्द्रराज थापाको नाम पनि शहीद सूचिमा छ। तर कसैले समाचार लेख्दा शहीद लेख्दैनन्।

अझ अचम्म, सशस्त्र द्वन्द्वसँग कुनै सम्बन्ध नभएको घटनामा मरेकाहरुको नाम पनि यसमा रहेछ। नेपाल साप्ताहिकले यस्तै एउटा नाम धेरै अघिको अङ्कमा लेखेको थियो। माथिको सूचिमा हेर्नुस् त त्यसमा सगरमाथा अञ्चल अन्तर्गत सोलुखुम्बु जिल्लामा तेस्रो र चौथो नम्बरको नाम हेर्नुस्- कुलमान परियार र लक्ष्मी थापा। हत्या मिति १७ असोज २०५८ लेखिएको छ तर कसरी हत्या गरिएको हो प्रकृति खुलाइएको छैन। पत्रिकाका अनुसार उनीहरु के खाएर शहीद हुनु! शहीदै भन्ने हो भने प्रेम शहीद भन्दा हुने रहेछ। कुरो यस्तो रहेछ- द्वन्द्वका बेला थापा गाउँमा सामान्य होटल चलाएर बस्थिन्। असोज २०६० मा थापा गर्भवती भएको हल्ला गाउँमा चल्न थाल्यो। लक्ष्मी र कुलमानको सम्बन्ध लक्ष्मीको पेटमा झांगिन थालेको चर्चा एक कान दुई कान हुँदै फैलियो। केही दिनमा लक्ष्मी घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिइन् भने परियारले पनि नजिकैको लिखु नदीमा हाम फालेर आत्महत्या गरेको पत्तो लाग्यो। उनको शव पनि भेटियो। सोलु अनलाइनमा यो बारे अझ विस्तृत विवरण छ।

तर अचम्म प्रेममा बलिदानी दिएका लक्ष्मी र कुलमान केही वर्षपछि नै शहीदमा दरिए। उनीहरुका परिवारले शहीद भन्दै सरकारले दिएको केही लाख रुपैयाँ पनि पाइसके। साँच्चै खोजीनीति गर्दै जाने हो भने देशभर यस्ता कति शहीद होलान्? माथिको सूचि हेरी तपाईँले पनि त्यस्तै कोही देख्नुभएको भए कमेन्टमा लेख्नुस् है।

61 thoughts on “तीन वर्षमा १०१ शहीद, कति जनालाई चिन्नुहुन्छ?”

  1. Gunahari says:
    January 30, 2013 at 8:50 am

    गोरुले हानेर सहिद भएकोलाई किन लेख्न बिर्सिएछन्? त्यो त सारा जनताले खाने अन्न उब्जाउने ब्यक्ति!

    Reply
  2. Rajan Upriti says:
    January 30, 2013 at 8:23 am

    यस बाट प्रतीत हुन्छ नेपालको सामाजिक मूल्य घट्दै गएको |
    ४ शहीद मरेर गए नेपाललाई राँडाको निरङ्कुश सासन बाट मुक्त गराउन |
    हज्जारौं शहीद मरेर गए नेपाललाई शाह सासन बाट मुक्त गराउन | शाह त राँडा भन्दा ठुलो जुका राहेछ… | अरु कति मर्न बाँकी नै छ अझ कस्ता कस्ता शाशन ढाल्न (यदि अहीले प्रजातन्त्र सुरक्षित गर्न नसकेमा) ….
    धेरै शहिद भए पछि शहीद को मूल्य पानि बराबर भएको हो .. तर कृपया सच्चा शहीदहरु पहिचान गरी उनीहरुको अवमुल्यन हुन न दीउं |

    Reply
  3. anjan adhikari says:
    January 30, 2013 at 1:42 am

    मात्र ४ सहिद था छ !! दसरथ धर्मभक्त शुक्र राज र गंगालाल !! येनि हरु नै हुन् सच्चा सहिद ! जे नेपाल

    Reply
  4. Tilak Pokharel says:
    January 30, 2013 at 12:34 am

    यसरी मरिसकेका मान्छेलाई पाडे गाली नगरे कसो होला ? मरिसकेका उनिहरुको त के गल्ती ? गल्ती छ त शहिद घोषणा गर्न सडक जाम गरेर टायार बाली ढुङ्गामुडा गर्ने सबै भरौटे पार्टि तथा तिनका कार्यकर्ताको र तेसो गरे मात्रा मागको सुनुवाई गर्ने सबै नालायक सरकारको । अनी हामी यस्तै नालयक पार्टीका नेतालाई जिउ नमस्कार गर्ने सबै ३ करोड नेपाली सबै ज्युदो शहिद ।

    Reply
  5. T Dhakal says:
    January 29, 2013 at 10:49 pm

    पहिले शहिदको नाम लिने बित्तिकै श्रद्धाले शिर निहुरिन्थ्यो, अहिले शहिदको नाम लिएपछि लाजले शिर निहुरिन्छ/ फरक त्यति मात्र हो/

    Reply
  6. savyata says:
    January 29, 2013 at 10:09 pm

    त्यस्तो भनेर कहाँ हुन्छ त, देश को लागि आफ्नो ज्यान दिने को नाम त कण्ठ हुन् पर.यो नि नेपाली लाइ,
    अब देखि क्लास एक को पाठ्यक्रम मा यो सहिद हरु को नाम राखेर बिद्यार्थी हरु लै कण्ठ बनाउन लगाउन पर्छ

    Reply
  7. RB Ghimire says:
    January 29, 2013 at 10:09 pm

    बिर शहिदहरुलाई हार्दिक श्रदान्जली जसले आज हामीलाई येसरी खुलमखुल्ला बहस गर्ने दिनको बाताबरण निर्माण गरे ……………..

    Reply
    1. RB Ghimire says:
      January 30, 2013 at 9:21 am

      मेरो भनाइ को मतलब यो परिबर्तनका दिनहरु ल्याइ दिय भनेको हो जनह आज हामि स्वन्त्रताता पुर्बक रहन सकेका छौ

      Reply
  8. Subas C. Dhungana says:
    January 29, 2013 at 9:46 pm

    एदी मैले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर बीरगति पाए भने पनि मलाई अब सहिद नभन्नु त्येही नै मेरो सम्मान हुने छ |

    Reply
  9. Mhan karki says:
    January 29, 2013 at 7:49 pm

    मिति नै गलत छ मधेस आन्दोलन ०६३/११ हुनु पर्नेमा ६४/११ उल्लेख गरिएको छ यस्तो छ हाम्रो तथ्यांक …..सहिदहरु प्रति हार्दिक श्रद्दान्जली ..

    Reply
  10. lok nath sigdel elmhurst newyork usa. says:
    January 29, 2013 at 7:43 pm

    अर्को जोडदार!!! माग नेपाल सरकार श्री ५ बिरेन्द्र सहित उनका सबै परिवार लाइ नि क बर्गको सहिद घोसणा गरियोस

    Reply
  11. lok nath sigdel elmhurst newyork usa. says:
    January 29, 2013 at 7:36 pm

    चितवन को जेल मा मर्ने पनि सहिद गाडी ले किचेर मर्ने पनि सहिद ? टि.बि र एड्स लगेर मर्ने हरु लाइ नि सहिद घोसणा गरियोस यो रोग त झन् गोलि खाएर मर्नु भन्दा नि खतरा छ.
    तेसै गरि सबै भन्दा ठुलो सहिद त संबिधान हो यसलाई मार्नको लागि १६ हजार सहिद को रगत अनि ठुला नेता हरुको ठुलो योगदान छ

    Reply
  12. Janak says:
    January 29, 2013 at 7:30 pm

    सहीद भएकाहरुको नाम त मलाई धेरै जनाको थाहा छैन । तर, सहीद हुनैपर्ने केही जीवितहरुको नाम चाहिँ मजाले भन्न सक्छु ।

    Reply
  13. dhan says:
    January 29, 2013 at 7:27 pm

    गंगालाल धर्म भख्त दशरथ र शुक्रराज बाहेकक पनि सहिदहरु छन् मित्रहरु. तेती मात्रै हो कि उनीहरुको इतिहास हामीले स्कूलमा पढ्यौ तेसैले सबैको मानसपटलमा सहिद भन्ने बितिकै यी चार सहिदका नाम आइहाल्छ. तर अरु सहिदका बारेमा खासै चर्चा भएन . तेसैले सहिद कसैले नाचिन्दैमा नहुने र चिनेर हुने कुरा हो जस्तो लाग्दैन. येसो भन्दै गर्दा कुनै भिड भाडमा गोलि चलेर अथवा लाठी खाएर बिना उद्देस्य मर्ने हरुलाइ आफ्नो पार्टीको झन्डा ओढाउने र सहिद घोसना गर्न हतार गर्ने हाम्रा नलाएक राजनीतिक पार्टीहरुको निक्रिसट परम्परा प्रति साची नै घृणा छ मलाई.

    Reply
  14. lok nath sigdel elmhurst newyork usa. says:
    January 29, 2013 at 7:27 pm

    माफ गर्नु होला म त महान जनयुद बाट बचेका देशका जिउँदा सहिद हरु प्रचण्ड, भट्टराई, बादल र बैद्य लाइ मात्र चिन्छु मेरो नज़रमा इनिहरुको नाम इतिहासमा सदा सदा को लागि अमर रही रहने छ

    Reply
  15. शशांक लामा, न्युयोर्क says:
    January 29, 2013 at 6:59 pm

    माओवादी शहीद, कांग्रेसी शहीद, एमाले शहीद……र शहीदको १० लाख मूल्य नै तोकेपछि शहीद पनि लाहुरेमा गनिए नि!

    Reply
  16. BInod says:
    January 29, 2013 at 6:28 pm

    पख्नुस साथी हो सहिदको नाम अझै बढ्न बाकी छ ,भर्खरै एमाले- कांग्रेस लगाएतका पार्टीहरुले आन्दोलनको घोषणा गरेका छन् ,हेरौ कस कसको नाम जाने हो सहिदको सुचिमा |

    Reply
  17. Nabin Adhikari says:
    January 29, 2013 at 5:52 pm

    हरे दैब यी डाका हरु लाई पनि सहीद भन्नु पर्ने दिन आयो?

    Reply
  18. bishal shrestha says:
    January 29, 2013 at 2:57 pm

    २००७- सहिद गंगालाल, दशरथ चन्द, धर्म भक्त माथेमा र शुक्रराज
    २०६२ – देबीलाल पौडेल, उमेश चन्द, हरिलाल ……..
    २०८०- रामे श्याम गोपाल हरि
    २०८५ – ठुले गोरे काले माहिला शाहीला
    २०९०- भैसी रागा खसी बोका कुकुर बिरालो

    Reply
  19. suman says:
    January 29, 2013 at 2:45 pm

    ४ शहीद देश का.
    अनगिन्ति सहिद कांग्रेश का
    अनगिन्ति सहिद एमालेका
    अनगिन्ति सहिद माओबादी का
    बचे खुचेका सहिद साना दलका गरि जम्मा ५ सहिद लाई चिन्दोरहेछु मैले त….

    Reply
  20. taveez says:
    January 29, 2013 at 2:29 pm

    चार जना शहिदको नाम भन भन्यो भने random चार वटा नाम बोलि दिए २ ३ता त कसरी नमिल्ला.

    Reply
  21. Bishnu says:
    January 29, 2013 at 2:03 pm

    सहिद भनेको के हो ?नया नेपाल मा त सहिद हरु को definition नै बदलि य छ त ! मैले त सानो छदा किताब मा त अर्कै पढेको थिए ! मेरो सामाजिक शिछा मा
    आजकल त लोग्ने स्वोस्नी लडेर मरे नि सहिद! अर्काको स्वोस्नी छोप्न जादा डाडा बाट खसेर मरे नि सहिद. के भाको हो एस्तो ?

    (मेरा सहिद हरु)
    गंगालाल,
    दशरथ चन्द,
    धर्म भक्त माथेमा र
    शुक्र राज..

    Reply
  22. Deepak says:
    January 29, 2013 at 1:40 pm

    राजनीतिक दलाल हरु का पालुवा कुकुर गुन्डा देखि कुखुरा मर्दा सहिद हुन्छ यो देश मा अज्ज एउटा ज्यानमारा मर्यो भने पनि सहिद हुने देश मा खोइ अब कसलाई सहिद भनेर सम्मान गर्ने नेपाली हरु ले ? तर यो सबै को जड प्रचंडे मर्यो भने चाही ठुलो भोज को आयोजना चाही गर्छु !

    Reply
  23. chiran says:
    January 29, 2013 at 1:37 pm

    आरु पनि धेरै सहिद छन् खिओ त देबराज बस्तकोतीको नाम .अहिले सम्म पनि Kehi थाहा छैन उसलाई पोखरा बाट अपहरण गरिएको थियो

    Reply
  24. Ramesh Shrestha says:
    January 29, 2013 at 1:07 pm

    १० लाख रुपिया का सहिद हरु हुन् यी सब …..पैसा पाउन का निमित्त सहिद बनेर राजनीतिक गुण्ड हरु को गुण्डातन्त्र

    Reply
  25. Sisir says:
    January 29, 2013 at 11:52 am

    As heard, In this list there are some martyrs from the neighboring country too (between SNo. 39-70).. Shame on Nepal government ..

    Reply
  26. Siyan says:
    January 29, 2013 at 11:43 am

    लुटको धन फुपुको श्राद्ध झैँ कति खोलो बगाको होला गरिब देशको धन…सोचेर मन खिन्न भयो…त्यस मध्य ५०% मात्र पनि देश विकास मा लागेको भय कति जाति हुन्थ्यो होला

    Reply
  27. Samar B. says:
    January 29, 2013 at 11:42 am

    सम्विधान बन्ने कुनै टुङ्गो छैन तै बनी हाल्यो भने दुर्घटनामा परी अथवा अकालमा मृत्‍यु भएका सबैलाई शहिद बनाइदिदा राम्रो| कसैलाई गाडीले किच्यो, कोइ झुन्डिएर मरयो अनी कसैको हत्या भयो भने सिधै प्रशासन गयो १ लाख टिप्यो हिड्यो| तेसो गर्‍यो भने नत चक्का जाम गर्नु पर्‍यो, न हड्ताल गर्नु पर्‍यो, सरकारलाई पनि हाइसन्चो जनताले पनि दु:ख नपाउने कि कसो?

    Reply
  28. Basantina says:
    January 29, 2013 at 11:13 am

    अचेल SLC पास गर्योकी second Divison आउछ यो भए पछि डाक्टरी पधना पाइन्छ कुरो चालिस लाख को मात्रै हो.योग्यता नपुगी भयका येस्ता डाक्टर “चालिस लाखे” डाक्टर हुन्. तेस्तै एक लाख दिलाउनका लागि बनैएका सहिद एक लाखे सहिद हुन्./ चालिस लाखे र एक लाखे संग होसियार!
    अनिल झा लाइ जस्तै मलाइ पनि मरे पछि सहिद बनैदेलन भन्ने पिर छ/. मलाइ सहिद बनाएर कसैले एक लाख हात पारे म भुत बनेर तर्साउन आउछु/ चेतना भया !! .

    Reply
  29. अनिल says:
    January 29, 2013 at 11:08 am

    अरु शहिद हरु त चिन्दिन तर जस्को योगदान ले आज यो मन त मेरो नेपाली हो भनेर गर्ब गर्न पाएका छौं सलाम ति सहिदहरुलाई…..हेरन सहिदहरुलाई

    Reply
  30. Kamal Thapa says:
    January 29, 2013 at 10:55 am

    यो लिस्ट वास्तविक सहिदलाइ ओझेलमा पार्ने, घोर अन्याय र सहिदप्रतिको अपराध हो/ यो कार्य सचिनु पर्छ/ राजनीतिक उधोग चलाउन यसो गरिनु राजनिक कु पनि हो/

    Reply
  31. Maxrai says:
    January 29, 2013 at 10:16 am

    मर्नु पर्ने मान्छे अजम्बरी जस्तै बाची रहेछ!
    सोजो सिधा,गरिबी निमुखा कुकुर बिरालो झैँ मारिएर गए.
    अब हाम्रो नेपाल मा हग्ने/पादने सबै सहिद लाज पचेका चोरहरु

    Reply
  32. Pitambar Giri says:
    January 29, 2013 at 10:11 am

    Shrif 4 jana matra.
    They are none other than, Gangalal, Dharma Bhakta, Sukra Raj & Dashraths Chand.
    And never, ever can’t I forget them. Thousands of salute once again.

    Reply
  33. Abhishek says:
    January 29, 2013 at 10:08 am

    नेपाल मा सहिद केवल चार छन् बाकी सबै १० लाख पाउन गएका रमिते मात्र

    Reply
  34. Prakash Prasain says:
    January 29, 2013 at 9:07 am

    पछिल्लो समयमा आएर त शहीदको परिभाषा नै परिवर्तन गर्न खोजेको भान हुन्छ, अनगिन्ती झिना मसिनालाई शहीद घोषणा गरेर । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, लोकतन्त्रिक गणतन्त्र, संघिय लोकतन्त्रिक गणतन्त्र जे भने पनि, छरपष्ट, अस्तव्यस्त र रोगी अवस्थामा, आज शहीद दिवसको दिन तिनै सच्चा र देशभक्त शहीदका सामु लाजले शीर निहुर्याउनु बाहेक केही छैन ।

    Reply
  35. Paneru Kamal , sydney says:
    January 29, 2013 at 8:19 am

    हृदयदेखी भन्ने हो भने यि कोही पनि सहिद हैनन्, यिनिहरु त राजनीतिक दलहरुले बाघको मुखम फालेका आहरा मात्रै हुन नि दाई

    Reply
    1. Pritam Thapa says:
      January 29, 2013 at 11:00 am

      एकदम सहि हो || येह त एकदम तमाशा भाको छ सहिद को नाम मा || पप्पु हजाम पनि सहिद, कुखुरा चोर पनि सहिद, सबै सहिद……..साला नेता हरु को स्वार्थ पूर्ति गर्न का लागि अकाल मा मरेको हरु लाइ के को सहिद || लाज को मर्नु || बिचार ति चार जनताहरु पनि सहिद हुने थिएन त्यो बेला का कांग्रेसी नेता हरु ले येदि चाहेको भए || तिनी हरु लाइ बचाउन मिल्द मिल्दै पनि पहल नगरेको ले सहिद हुनु परेको हो || कसै को स्वार्थ ले बिचार हरु ले आफ्नो ज्यान आहुति दिन पर्यो | तिनी हरु देश कै लागि मरेका थिए तेसैले तेही हरु लै राष्ट्र ले नै सधै सम्झिनु पर्दछ || अरु त सब दशैँ मा कुभिन्डो काटे जस्तै हाल हो ||

      Reply
  36. bibek dhakal says:
    January 29, 2013 at 8:10 am

    प्रज्ञा प्रतिष्ठान ले अब सब्दकोष परिमार्जन गर्दा माथि को सबदार्थ लाइ नम्बर १ राखेर ” (विस्वव्यापी सन्दर्भमा ) ” लेख्नुपर्यो अनि दोश्रो नम्बर दिएर लेख्नुपर्यो –
    – २(नया नेपालको सन्दर्भमा) : कालगतिले वा रोगले वाहेक मृत्यु भएका राजनैतिक नेता, कार्यकर्ता वा यस्ता व्यक्ति जसको पछाडी उनलाई शहीद घोसित गर्नको लागि दबाब दिने अराजक जत्था छ ( नोट: सहादत प्राप्ति कुनै राजनैतिक, सांस्कृतिक वा स्वतन्त्रताको विषयमा मात्र सिमित नभई भट्टीमा,दुर्घटनामा वा तस्करीको आरोप खेप्द खेप्दै जेल मा मृत्यु भएमा पनि लागु हुन्छ – सं )

    Reply
  37. Fugyaljen says:
    January 29, 2013 at 8:09 am

    अककल झुककलमा मरेको सवै शाहिद ? एउटा फटाहा़ राजनीति गनेॅ को पछाडी लागेर देशको लागी मनेॅु लाई सहिद भननु मिलला?

    Reply
  38. amit jha says:
    January 29, 2013 at 8:06 am

    श्रीमान् नेपाल सरकार र सारा नेपाली जनता
    बिषय: मृत्युपछिको इच्छापत्र

    महोदय,
    म एक सर्वसाधारण नेपाली नागरिक हुँ। म केवल आफ्नो काम गरी खाने वर्गको व्यक्ति हुँ। अहिलेसम्म दैवको अनुकम्पाले गर्दा जिउँदै छु। यदि राजनीतिक मुठभेड या गुण्डागर्दीको समूहमा या चोरी डकैतीको समूहमा या दुर्घटना अथवा जेसुकै कारणले मेरो मृत्यु भएमा कृपया मलाई मरणोपरान्त सहिद घोषणा नगर्नुहोला। र, कथित राजनीति गर्ने गुण्डाका पक्षपोषकहरुले मेरो नाममा आन्दोलन र टायर नबाल्नुहोला। मेरो लाशमा कुनै दलको झण्डा नओढाउनु होला। म कुनै पनि राजनीतिक गुण्डा दलहरुको नामले चिन्न चाहन्न।
    म सच्चा नागरिक र स्वाभिमानी नेपाली नागरिक भएर मर्न चाहन्छु। तर भिखारीको बिल्ला अर्थात् सहिदको बिल्ला मलाई नभिडाइदिनुहोला। त्यस्तो तेस्रो दर्जाको बिल्ला भिडेर म स्वर्ग पुग्न सक्दिन र मेरो आत्माले शान्ति पाउँदैन।

    भवदीय
    अमित झा

    Reply
  39. तेन्जिंग गाबा says:
    January 29, 2013 at 7:44 am

    अस्ति झापा-मोरंग तिर अर्काकी श्रीमती समात्न जादा छानोवाट गुल्टेर मर्ने पनि “पत्रकार सहिद घोषणा” गर्या जस्तो लाग्छ निजको नाम छुटेकोमा मेरो आपत्ति छ है

    जदौ

    Reply
    1. mahesh says:
      January 29, 2013 at 2:33 pm

      गुण्ड शहिद शिव पौडेल को नाम छुटेछ. फेरि नेपाली कांग्रेस ले नेपाल बन्द गर्ला है, त्यो नाम छुटाएको मा!

      Reply
  40. sures panta says:
    January 29, 2013 at 7:44 am

    म त जम्मा चार जना लै चिन्छु, गंगालाल, दशरथ चन्द, धर्म भक्त माथेमा र शुक्र राज.. बिचरा अरु त नेताको स्वार्थ लागि राजनीतक दुर्घटनामा मरेका जस्तो लग्छ.

    Reply
  41. Pradip says:
    January 29, 2013 at 7:37 am

    SAMANY GYAN: सहिदहरु को राष्ट्र भनेर. कुन देशलाई चिनिञ्छ?
    :- नेपाल.

    Reply
  42. sushi says:
    January 29, 2013 at 7:31 am

    गाडी ले किचेर मरेको कुकुर लाई पनि सहिद घोसना गर्न सक्ने सरकार भए पछि त्यहाँ सहिद घोसना भएका श्री डाका प्रसाद देखि फटाहा चोर सबै लाई सम्झी रहन आबश्यक नै छैन / कुनै राजनैतिक उपलब्धि का लागि बलिदान भएका सहिद हरु का लागि मेरो हृदय देखि श्रद्धा र तिनलाई समझदा म गौरब गर्छु र तिनका अगाडी मेरो शिर झुक्छ अरु सबै भाराभुरे सहिद नाम पाएका मात्र हुन्/ धन्यवाद

    Reply
  43. chatur rai says:
    January 29, 2013 at 7:12 am

    यो लेख पढेर सत्चा शहीदहरुप्रति दया लागेर आयो, हे ….सत्य शहीदहरु यी जंगलीहरुले हामी जीवितलाई त सुख ,शान्ति दिएनन , नेपाली हुनुको पीडा मरेर गएपछि पनि भोग्नु पर्दोरहेछ |

    Reply
  44. Milan says:
    January 29, 2013 at 7:10 am

    तिन वर्षमा जम्मा १०१ जना मात्र मरेछन र नेपालमा ?
    हिजोआज त जो मरे पनि सहिद हुने चलन छ क्यारे….

    Reply
  45. Bayan says:
    January 29, 2013 at 7:06 am

    मैले त धेरैलाई चिन्न सकिन/ अब आफै शहिद भएपछी माथि गएर भेटेर चिनजान गर्नु पर्ला/

    Reply
  46. ram subedi Connecticut says:
    January 29, 2013 at 6:49 am

    म जम्मा ४ जना शहिद लाई चिन्छु ७ सालका शहिद मात्र

    Reply
  47. रबिन्द्र राज गिरी says:
    January 29, 2013 at 6:06 am

    यो कुरामा पनि नेपालको नाम गिनिज बुकमा लेखिनेछ निकट भबिष्यमा, संसारमा सबै भन्दा धेरै शहिद भएको देश भनेर | किन चिन्ता गर्नु हुन्छ ?

    Reply
  48. Suman Gurung(UK) says:
    January 29, 2013 at 6:03 am

    मैले त सबै सहिद लाइ चिन्छु येहा सम्म कि पोहोरसाल जीप ले मारेको प्युठान को भाले सहिद लाइ पनि चिन्छु. सहिद को नाम सस्तो बनाए अब त, मैले चिनेको सहिद हरु त पांच मात्र हुन् पक्का रुप मा र अरु केहि जन आन्दोलन का सच्चा सहिद हुन एक दुइ मात्र मेरो सम्झना मा छन्.बाकि सब दस्लाखे सहिद हुन्.

    Reply
  49. द्रोण says:
    January 29, 2013 at 5:50 am

    अब भानुभक्त आदि कबि न मान्ने एक थरि ,पृथ्बी नारायण ले एकीकरण गरेको न मान्ने एक थरि ,संख धर लाइ बिभुति न मान्ने एक थरि ,दसैँ न मान्ने एक थरि ,लोसार न मान्ने एक थरि ,छठ न मान्ने एक थरि हुदै जादा अब बाहुन छेत्री सहिद न मान्ने एक थरि ,जान जाति सहिद न मान्ने एक थरि ,मदिसे सहिद न मान्ने एक थरि ,पहाडिया सहिद न मान्ने एक थरि
    गर्दै यति धेरै सहिद भएको हो |
    सानो देश को सभासद संख्या हेरौ ,रास्ट्रिय चाड बाड हेरौ ,देश मा हुने बिदा हेरौ |
    पुछार ले हाती हल्लाएको बेला नै त् हो अचम्म देखिने !

    Reply
  50. Laxman says:
    January 29, 2013 at 5:44 am

    गाडीले किचेर मरेका, रुखले थिचेर मरेका, भीरबाट लडेर मरेका, रक्सिले सडेर मरेका, सम्पत्तिको साँध सिमानाको लागि लडेर मरेका, बढी पहिरोमा परेर मरेका, चिसो/तातो/ हावा/पानी आदिले मरेका, संक्रमित /असंक्रमित रोग लगेर मरेका, आत्महत्या गरेर मरेका, काल गतिले मरेका आदि इत्यादी गरि कूल नेपाली शहीदहरुको संख्या तीन करोड पुगेको छ. (वि. सं. २१६९ शान्ति मन्त्रलाएको रिपोर्ट बाट)

    Reply
  51. NP Giri, USA says:
    January 29, 2013 at 4:00 am

    नक्कली शहिदको कारण वास्तविक शहिद नै शहिद भएको पाइन्छ …. शहिद शब्दको सही परिभाषाको खाचो छ

    Reply
  52. tulsi paudel says:
    January 29, 2013 at 3:32 am

    सबै सहिद लौ जा / आन्दोलनमा सरिक भयर बास्तवमानै सहिद भएका ‘बिर सहिद” / अरु के के जति गरेर अर्थात्( कोहि प्रेम सहिद, कोहि रक्सि सहिद, कोहि भास्ताचरी सहिद) / लौ सबै सहिद एक एक लाख पाउने सहिद /

    Reply
  53. kristi says:
    January 29, 2013 at 12:39 am

    एउटा नेपाली उखान छ नि “कन्याउने र चिलाउने मिल्या” भनेको जस्तै हो नेपालमा अहिले शहिद घोषणा गराउने र शहिद घोषणा गर्न लगाउनेहरु | निर्दोसले न्याय पाउने भन्ने एकादेशको कथा भै हाल्यो नेपालमा | बाचेर काम गरि खाने बाताबरण बनाउन सकेनन ६०१ नालायेकहरुले सधैं आन्दोलन बन्द,हड्ताल , कुर्सीकै ओरिपरिको राजनीति गर्यो जनतालाई आफ्नै पुच्छर बनाउछन ,मान्छेको बच्न पाउने अधिकार पनि जबर्जस्ति खोसिन्छ र मारिन्छ मरे पछि पनि यिनै नालाएक ६०१ मध्येको कुनै पार्टीले आफ्नो फाइदाको लागि प्रयोग गर्छ ,न्याय नपाए पनि सरकारले दिने १० लाख भने नि पाइने भएर फेमिलीहरु पनि सहिद घोषणा गराउन तिर लाग्छन | शहिद शब्द सार्है सस्तो भयो गणतान्त्रिक नया नेपालमा |

    Reply
  54. Shiva says:
    January 29, 2013 at 12:37 am

    उत्तर र दक्षिन का मित्र राष्ट्र हरुले ३ वर्षामा खरबौ खरब डलर कमायो हरे मेरो नेपाल मेरो देश धन्न १०१ सहिद कमाए छ धन्य छ मेरो देश को नेत्तालाई!

    Reply
  55. J_bhurtel says:
    January 29, 2013 at 12:29 am

    डेकेन्द्र थापा लगायत सम्पूर्ण ज्ञात-अज्ञात शहिदप्रति हार्दिक श्रद्दान्जली ….!!
    नेपाल सहिद उत्पादन गर्ने कारखाना भएछ … अस्ति दैलेखका पत्रकारहरुलाई पनि “शहिद बनाइ दिम ?” भनेर थर्काएछन् ! सक्छस देश बना, सक्दैनस सत्ता छाड, जनता नमार ! अब भन त ? – कति वोटा कोटा बाँकि छ शहिदको ??

    Reply
  56. Rajan Upriti says:
    January 29, 2013 at 12:08 am

    अब हिंड्दा हिंड्दै मरे पनि शहिद | तस्करी गर्दा गर्दै मरे पनि शहिद | शहिद… पानी सरह |

    Reply
  57. Lalit Narayan says:
    January 29, 2013 at 12:08 am

    ठुलै राजनैतिक आन्दोलनको क्रममा मारिएका मात्र सहिद हुन्छन भन्ने मानसिकता थियो त्यसैले पहिले पहिलेका सहिदको मात्र नाम याद छ मलाई l बाटोमा हिड्दा हिड्दै गोलि लागेर मारिएका पनि सहिद हुदो रैछ नेपाल मा l त्यस्ता सहिदलाई भारेभुरे सहिद भन्छु म चाही भलै उनि आबद्द संस्थान र परिवारको लागि माहान नै हुन् l , त्यस्ताको नाम याद गरिराख्न आवस्यक ठान्दिन l

    Reply
    1. Bir Bahadur says:
      January 29, 2013 at 7:09 am

      सहि कुरो हो ललित जी, तेस्तालाई बकुम्फोसे सहिद भने हुन्छ /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme