Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जंगल जा ! हामी किन जाने तैँ जा !!

Posted on January 30, 2013January 30, 2013 by Salokya

मोरा जंगलबाट आएका हैनस् ? हामीले त ल्याएका हौँ। धम्की नदेऊ, हिम्मत छ भने फेरि जाऊ जंगल।
हामी किन जंगल जाने ? हिम्मत भए तिमीहरु जाऊ न!

कस्तो घटिया वादविवाद गरेको होला जस्तो लाग्छ है सुन्दा। यो कुनै काल्पनिक संवाद हैन। ठ्याक्कै यस्तै शैलिमा अहिले नेताहरुले भाषण गरिरहेका छन्। देशमा गर्नुपर्ने काम कति धेरै छन्। तर यी नेताहरु त दोहोरी खेल्ने पाराले पो एकअर्कासित सवालजवाफ गर्दैछन् बा। जनताले गर्न पनि के गर्ने? सबै टाउके नेताहरुलाई चड्कन लगाइसकेकै छन्, चेतेनन्। अब दोहोरी सुनेरै बस्ने त हो नि।

अस्ति नै प्रचण्डले उताबाट यस्तै पारा हो भने शान्ति सम्झौता च्यातिन्छ भनेर भाषण गरे।

त्यसको जवाफमा यताबाट सुशील कोइरालाले भाका हालेर यसो भने- हिम्मत भए सम्झौता च्यातेर जंगल पसे हुन्छ, हामी रोक्दैनौँ।

अब त्यसको पनि जवाफ उताबाट प्रचण्डले दिनै पर्‍यो, आज काभ्रेमा तनावका बीच भएको जिल्ला अधिवेशनका क्रममा भाषण गर्दै उनले ठोके- ‘हामी किन जंगल जाने ? हिम्मत छ भने सुशीलजीहरु गए हुन्छ।’

त्यसको जवाफ पनि अब एक दुई दिनमा सुशील दाबाट आउने होला।

हे दैव, के सुन्नु पर्‍यो यो हाम्रो कानले। त्यत्रा मान्छे मरेर २०६२/६३ को जनआन्दोलन गरेको अब कसैलाई जंगल जान नपरोस्, फेरि यस्तो द्वन्द्व हामीले भोग्न नपरोस् भनेर पो थियो त। अब त उल्ले उल्लाई जंगल जा उल्ले उल्लाई म किन जाने तैँ जा भनेर पो बाझिरहेका छन् त भाइ। डण्डा लाउनु पर्ने राष्ट्रपति पनि मिति तोकिएको म्याद थप्दा थप्दा जोकर बनेर पाखा लागिसके अनिश्चितकालीन म्याद दिएर। अब कताबाट सहमति हुनु !

सुशील दा पनि बेकारमा नचाहिने कुरा गर्दै हिँड्छन् भन्या। कहाँ अब माओवादी पुरानो माओवादी रह्यो र। हेर्नुस् त यो भिडियोमा प्रचण्डको ‘सवारी’ सहरमा कसरी चल्छ-

यत्रो सुखसुविधा र सत्तासुखसमेत भोगिरहेका र १० वर्षसम्म छाड्दैनौँ भनिरहेकालाई जंगल जा-जा भनेर किचकिच गर्दा आउने जवाफ त त्यही न हो- हिम्मत भए तिमेरु नै जाओ।

56 thoughts on “जंगल जा ! हामी किन जाने तैँ जा !!”

  1. काउचा मगर ,बाग्लुंग says:
    February 2, 2013 at 6:14 pm

    कसरी जानु अब जंगल यिनीहरु ? १० वर्ष सम्म जंगलमा वसेर भएभरको जंगल मासेर सकिहाले ….बरु देशै छोडेर अरबको मरुभूमि तिर जाओउ भन्यो भने चाही सम्भव होला ”लागेको बानी कुकुरको, वाह्र वर्षमा पनि नजानी” भने जस्तै…अझै पनि केहि उपद्रो गर्नुपरे बचेखुचेका रुख ढाल्न तयार हुन्छन….अरुको खुट्टा समातेर सत्ताबाट ढाल्न बानी परेकाहरु संग कसले सक्ने अब ?????????

    Reply
  2. Gaurab Nepali "Oodaaseen" says:
    February 1, 2013 at 3:04 am

    राजा महाराजाहरुको कुरा छोडी दिउ ! तर, यी नवराजाहरु जो २०४७ देखि उदयीमान भयर चलायमान हुँदासम्म सुबिधा भोग्न कसले कसरि बाँकि राखेको छ र ? कहिले सासुको पालो कहिले बुहारीको ! मलाई त लाज लाग्छ प्रचण्ड राजाले मात्र भन्दा गिरिजा राजा देखि माकुने राजा सम्मलाई हेरौं कसले छोड्य छ भोग गर्न ??? कोहि किसिसे कम नही भाई ! तराजुमा राखेर जोखे हुन्छ !

    Reply
  3. indra pd thapa says:
    January 31, 2013 at 9:40 pm

    सत्ताको स्वाद चाखिसकेकाले माओबादीलाई रिस गरेजस्तो छ /माओबादिले मात्र खान लाग्यो भनेर हो कि ,उनीहरुलाई जंगल पठाए फेरि हामीले नै हालीमुहाली गर्न पाइञ्छ भनेर होला /हिजोको सत्ताको स्वाद कसरि बिर्सन सकिन्छा र ?ल है बल गर कांग्रेस ,एमाले हरु !

    Reply
  4. बेद says:
    January 31, 2013 at 9:07 pm

    रिठा को गेडा खोज्न जाँदा र मदाने टिप्न जाँदा लगारनी मास्टर आज येत्रो सबारी??????????? जनता लाई ठग्ने र मालामाल हुने जोहो हो यो !! नत्र सोधे हुन्छ ३६ साल को SLC दिनेहरु लाइ प्रचन्ड को के हबिगत थियो आरुघाट मा ?????????? इतिहास साछी छ ]

    Reply
  5. Mohan Subba says:
    January 31, 2013 at 3:43 pm

    जंगलमा लुकेर बस्दा पनि राज गरेको अब सहरमा झन् खुल्ला राज गर्न पाउदा प्रचण्ड किन फेरी जंगल जाने ?बरु अब झाले माले हरु जंगल पस्यो भने प्रचण्ड केहि वर्ष राज गर्ने दाउ मा पो छ/

    Reply
  6. Fugyaljen says:
    January 30, 2013 at 10:38 pm

    काठमाणडौ त जंगलको पनि महा जंगल़,कुन जंगलको कुरा गरेको होला?

    Reply
  7. Fugyaljen says:
    January 30, 2013 at 10:35 pm

    प्रचण्ड ,सुशील कोईराला,माधव कुमार,ज्ञानेन्द्,झालनाथ खनाल,र अरु पाटीॅको नेताहरुलाई यसरी सुरक्षा दिनुको कारण के? यिनीहरुको सुरक्षामा खटाएको सुरक्षाकमीॅहरुलाई सहरको फोहोर,माानदिरहरुको फोहोर,बागमतीको फोहोर सफ़ा गनॅ लगाए कति रामरो हुनेथियो। यिनीहरुको सुरक्षाको लागी २ जना प्रहरी भए पुगदैन?

    Reply
  8. Binod, jhapa says:
    January 30, 2013 at 10:27 pm

    एमाले कांग्रेश हरुले माओबादि लाइ परास्त गर्ने सबै भन्दा सजिलो बाटो भनेको चुनाव मात्र हो, अरु सबै उपायहरु असफल प्रयास मात्र साबित हुनेछन, जुनकुरोगर्न अलिक गाह्रो छ , बिरालोले बाघलाई रुख चड्ने प्रतियोगितामा मात्र जित्न सक्छ अब यहाँ भन्दा धेरै नभनौ होला ………………………………..अस्तु

    Reply
  9. Dor Prasad says:
    January 30, 2013 at 8:50 pm

    अरु त के जान्थे जंगल …. डाक्टर, राजा र कनडाक्टर नेता सहर मै मोज गर्न थाले ……. बैध्ए बा जडिबुटी पानछकि सत्ता मा पुग्ने भन्नि येसो कसो जान्छन कि ?? जंगल बादल र बर्सा को पुरानो सम्बन्द छ …

    Reply
  10. amanat khan says:
    January 30, 2013 at 8:29 pm

    जंगल बाट आएको जनावारे नेता हरुको टाउकोमा सबै समस्याको समाधान जंगल मा नै हुन्छ I वार्ता ,सदन, समजदार,सहमति र त्याग मा समस्याको समादान हुन्छ भन्ने उनि हरुमा कमै मात्र हुदो रहेछ तर अफ्सोज पहिले ति जनावर नेताहरु को खेल्ने खाने जंगल त अहिले वन मन्त्रीको मिलिमत्वमा र आँखा चिल्याई मा सिध्याई सके I अब जंगल होइन वनमन्त्रीको घरमा जाने अनि बास पनि माग्ने जंगल फडानी को अंश पनि माग्ने I कि कसो त त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त्त ?????????????????????

    Reply
  11. Nabin Adhikari says:
    January 30, 2013 at 8:08 pm

    गजब को सवारी रैछ यी सर्बहारा का सुकीला मुकीला नेता को | येस्तो विलासी जिन्दगि छाडेर कीना जन्न्थे जंगल |

    Reply
  12. amit jha says:
    January 30, 2013 at 7:50 pm

    जंगल जाने मन्त्रि हरु जाउलाखेल को सदर चिडिया खाना गए हुन्न .कम से कम त्या को झगडा देखेर मान्छे हरु लाई मनोरंजन नि हुन्थ्यो !

    Reply
  13. Dinesh Shrestha says:
    January 30, 2013 at 7:42 pm

    नेपालमा यी नेताहरु कोहि पनि जान्दैन जंगल / के गर्नु एस्त नेताहरु को कुरा सुन्दा सुन्दा जनताहरु यौबाहरु देशमा बस्ने आबस्था नभएर दिन दिन्नै बिदेशिभुमी मा पशिना चुहाउदै आफ्नो परिवारको पेट पाल्दै छ. अब यी नेताहरुले देश यौबा बीहींन बनाउने भयो. थुऎक नेताहरु जंगल जाने होइन केहि काम गर्न यता gulf country को मरुभूमि मा काम गर्न आइज..

    Reply
  14. Basanta Thapa,Maryland,USA says:
    January 30, 2013 at 7:30 pm

    जंगलीहरुलाइ जंगल गइ राख्नु पर्दैन हजुर ! बरु कसरी यी जंगलीहरुको(आज सम्मका सबै राजनैतिक पार्टी .नेता ,भूपू सत्ताका साशक र सस्था संग सम्बन्धित व्यक्ति ,समुह ) सैतानी साशन ,ब्रह्मलुट ,अराजकता ,बेथिति बाट देश र जनताले मुक्ति पाउने र देश बनाउने ,जनता ले मानब भएर बाच्न सक्ने ,पाउने अबस्था र आधार निर्माण गर्ने भन्ने बारे सोच ,छलफल .पहल र कदम चाल्ने सुन्दर घडी यहि हो \ कानुनी र प्रजातान्त्रिक साशन र शासक को आशा गर्दा गर्दै नेपाल र नेपालीको दुर्दशा यहा सम्म भैसक्यो \
    जलस्रोतको धनि देशका जनता पानी र बिजुली जस्ता न भै नहुने कुरा बाट प्रताडित छन् भने शिक्षा ,रोजगारी ,औसधि उपचार दुर्लब र महंगी को सिमा भन्दा माथि पुगी सक्यो \ हिजोका चप्पले नेता ,कार्यकर्ता आजका अरबपति बनि सके भने देश र जनताको हालत होम लेस मान्छे जस्तो भै सक्यो \ जब सम्म राज्य असल सिस्टममा चल्दैन ,जब सम्म जनता सिस्टममा बस्दैनन् र चल्दैनन् देश उभो कहिले लाग्दैन र जनताले सुख कहिले पाउदैन \ यी जंगली र असल सिस्टम बारे जब सम्म जनतामा भ्रम र भरोसा रहन्छ ,रहदैन जंगली पारा र जंगली हरुको ब्रह्मलुट चलि रहन्छ ,पालै पालो जनतामा नया नया लालीपप देखाएर ! …….
    ……………………………………………………………..
    मलाइ कुनै अन्धो बन्ने बिचार र सत्ताको मोह नदेखाउ
    पानी र बिजुली भए पुग्छ
    मलाइ कुनै डाक्टर ,इन्जिनियर बनाउने भ्रमको शिक्षा नदेउ
    मानब बीच माया ,सम्मान र सहयोगको आधार बन्ने
    शिक्षा दिए पुग्छ
    यो र उ हुन्छ ,दिन्छु भन्ने आशा र लोभ नदेखाउ
    मानिस भै बाच्ने आधार बने पुग्छ
    आखिर मरी लानु के छ र ?
    शान्तिले मर्न पाए पुग्छ !

    Reply
  15. Kamal says:
    January 30, 2013 at 7:13 pm

    बाबुराम मेरो फेभरेट होइन, पैले थियो| तर शुरुमा मुस्ताङ्ग गाडी चढेर के के नै नंया शुरुआत गरौला भनेको थियो गर्न सकेन| उनका अभिप्राय राम्रै थिए तर मलाई लाग्छ यी कारणहरुले उनका हात खुट्टा बाँधिएका छन् खालि मन मस्तिष्क मात्र चलेर मात्र पुगेन| यी कारणहरुले उनको विफलता तिर उन्मुख गराए:
    १. प्रचण्डले कुन बेला फालेर आफु प्र म को आसनमा बस्ने भन्ने डर
    २. मधेसी दलहरु र लोभी पापी नेताहरुको चर्तिकला र सरकार ढाल्ने चेतावनी
    ३. हिसिला यमीको चर्तिकला र सुजाता अनि आरजुको नकल र पदचिन्हमा तल्लिन
    ४. नालायकी नेपाली कांग्रेस र एमालेको सत्ताको भोक र प्यासले प्रतिपक्षीको भूमिका निभाउन भन्दा बाबुराम सरकार ढाल्न र आफु सत्तामा आउँन नकारात्मक र शत्रुरुपी व्यवहार
    ५. चन्दाको रुपमा पैसा उठाउने सुरमा भ्रस्टचारले प्रश्रय पाएको
    ६. बाबुराम खालि theoritician मात्र बढी भएको
    ७. दाता संस्थाहरु र छिमेकी राष्ट्रहरु बाबुराम सरकारले कुनै राष्ट्रवादी नीति लिए त्यसको प्रत्यक्ष रुपमा (संचारलाई सहयोग दिएर) वा परोक्ष रुपमा विफल पार्ने षड्यन्त्र

    निष्कर्ष:
    बाबुरामलाइ मन परे नी मन नपरे नी अहिलेको स्थितिमा उनी भन्दा राम्रा र योग्य प्रधान मन्त्रि राजनीतिमा रहेका हरुमा कोही देखिदैनन|
    एउटा बिकल्प छ त्यो के भने कुनै स्वतन्त्र व्यक्तिलाई चुनाव गराउञ्जेल सम्म
    प्र म वा प्रमुख सल्लाहकार बनाउन सबै दलहरु सहमति भए राम्रो हो| तर एक लाख मुद्दा पेण्डिङ्ग राखेर अनि विवादास्पद निर्णय दिने अवकाश प्राप्त न्यायधीशहरुलाई यस्ता पद दिन हुँदैन| हाम्रा बहुसंख्यक न्यायधीशहरु र उच्च पदमा पुगेका धेरैजसो निजामति कर्मचारीहरुमा प्रशासनिक दक्षता, कार्यशीलता र कार्यक्षमता भएको भए आज हामीले नेपालमा सम्भवत यो दुर्दिन देख्न पर्ने थिएन| नेतृत्व दिने सामर्थ्यको कुरै छैन|
    नेपाली कांग्रेस र एमालेलाई सो पदमा स्वतन्त्र व्यक्ति मान्य छैन भनेर अभिव्यक्त गरिसकेका छन्|एमाले र कांग्रेसमा, मधेसी दलको कुरै नगरौ, सो पदको योग्य यो लोडशेडिंगमा दिउँसै झिलिली बत्ती बालेर खोजे पनि पाइने छैन| खालि अयोग्य साबित भैसकेका र निकम्माको भीड भने गजबकै छ|
    अन्तत:, यस्तो स्थितिमा बाबुराम नै चुनावकाल सम्म प्र म रहीरहने पक्का पक्की जस्तै छ|
    अब जनताले जंगल वा जेल खेद्नेछन भ्रष्ट नेताहरुलाई|

    Reply
  16. chakrapani says:
    January 30, 2013 at 6:47 pm

    एउटा कुरा बुझे हुन्छ साथि हो नेपाल को शान्ति प्रक्रिया आफुले भने अनुसार भएन भने पुरा हुन् विदेशीले दिदैनन / बाहिर एक थोक बोल्छन भित्र अर्को गर्छन हाम्रा गोबरे नेता तिनैको आश्रिबाद लाइ शिरोधार्य गर्छन / येसैको प्रभाब हो यो / देशको बिकाश गर्न आजको युग मा कोरा पार्टी गत सिद्धान्त मुख्य होइन /नेताको देशभक्ति, योजना, निस्वार्थपन नै ठुलो हो / संसारमा , राजा भएका देश, नभएका देश, संघिय देश, एकल देश सबै बिकाशसिल छन् / यो पार्टी त्यो पार्टी सब कमाई खाने भाडा हुन् / भिजन भएको नेता आज सम्म देखिएन / इतिहास अनुसार आफ्नो स्तंद मा रहन सक्ने र बिदेशी संग taugh talk गर्ने BP र राजा मा महेन्द्र थिए रे / तेस्पछि बिरेन्द्र पनि केहि प्रतिशत ठिक हुन् तर कसको आखा लाग्यो अझै बुझिएन सायद येही अवस्था श्रीजना गरौन विदेशीले माओबादी लाइ use गरेको भनेर कतै सुनिन्छ /

    Reply
  17. K.B. Garanja says:
    January 30, 2013 at 5:19 pm

    संबिधान र निर्वाचन को नाममा पार्टीहरुले देश डुबाउने भए ! के सबै पार्टीहरुले संबिधान र निर्वाचन चाहेकै होत ?

    Reply
  18. aditi says:
    January 30, 2013 at 3:57 pm

    आर्थिक क्रान्ति को कुरा गरम…राजनीति अति भयो

    Reply
  19. kamal raj says:
    January 30, 2013 at 2:40 pm

    थुक्क चोर मकुण्डो धारी नेता भनौदा डाँका हरु संबिधान को नाटक सकेर फेरी चुनाब को नाटक गर्दै कुर्ची को लुछा चुडी गर्दै यी डाँका हरु लै पालो पालो गरि चड्कन त लगाई सकियो अझै पनि यिनी हरु को चेतना खुलेन अब त जे पायो त्यो बोल्दै सिधा जनता झुक्याउने डाँका हरु लाई मुख मै कोक्रो लगाएर जेल भित्र कम्ति मा १० वर्ष राखेर अरु नया युवा हरु ले ठाउँ पाउनु पर्छ

    Reply
  20. chatur rai says:
    January 30, 2013 at 2:30 pm

    बाबुरामलाई भगवानको औतार मानेर , रातदिन उसैको गुनगान गाउनेहरु….देखिहाल्यो नि , को कति पानीमा आब सरकारमा जो गए पनि उसतै हो भने, देशलाई बेचुन,कि खाऊन हामी जनता मुखदर्शक भएर बसौ के को टिकी त्यास…त्यास …?

    Reply
  21. R N Baral says:
    January 30, 2013 at 2:19 pm

    अब कोहिपनि जंगल जादैन , किन भने यिनीहरु ले जंगल सखाप परि सके.

    Reply
  22. hari says:
    January 30, 2013 at 2:13 pm

    वाक्क दिक्क लागिसको. अरु देशहरुले कति बिकाश गरिसके नेपाल अझै फोहोरमै. लौ न मित्रहरु देश बिदेशका जागरुक नेपालि मिलेर केहि गर्न सकिन्छ कि . कोहि संग केहि idea होला नि . म तेस्तो अभियान सुरु भएमा सबै छोडेर लाग्न तयार छु. २०-२५ जना नेता र तिनीहरुका १००-२०० भरौटे ले देश बिगार्न सक्छन भने हामि हजारौ देशप्रेमी युवाले देश बनाउन केहि त गर्न सक्छौ होला नि.

    Reply
  23. madan bajracharya says:
    January 30, 2013 at 2:10 pm

    माथि भिडियोमा देखियको दृश्यलाई श्री ५को “बाउ” को सवारी भने फरक पर्ला?

    Reply
    1. mahesh says:
      January 30, 2013 at 5:12 pm

      मदन जी
      व्यक्तिगत सुरक्षा गर्ने अधिकार सबै को छ. प्रधानमन्त्री को गाडी मा ढुंगा हान्ने हरु ले प्रचण्ड लाइ आक्रमण गर्देनन भनेर तपाई ले जिम्मा लिनु हुन्छ? एउटा अनुरोध, कांग्रेस एमाले का भिजिलान्ते को आक्रमण लाइ जनता को आक्रोश नभन्नु होला.

      Reply
      1. madan bajracharya says:
        January 31, 2013 at 1:14 am

        महेशज्यु/
        पार्टीको भिजिलान्तेहरुको उदण्डता बिरोध र समर्थनलाई पार्टीका नेताहरुले मात्रै मात्रै “जनताको आक्रोश र समर्थन ठान्छ र आफ्ना भिजिलान्तेहरु बात गरायको हत्या हिँसा लुटमार तोडफोदलाई समेत जनताले गरेको भनेर आरोप लगाउंदै आयकोछ/ जव जव जनताले नेताहरुलाई सराप्न थाल्छ अनि नेताहरु आफ्ना कार्यकर्ताहरुलाई आफ्नो जयजयकार गर्न लगायर जनताले जयजयकार गरेको भन्छ/

        अब व्यक्तिगत सुरछ्याको बारेमा/ नेताको कर्तब्य पहिला जनताको सुरछ्या गर्ने गराउने हो/ अब जनतालाई न्याय समेत दिन नमान्ने ई नेताहरुले जनताको सुरछ्या कति गरेको थियो कति गर्दै छन् भनेर देखिंदै आयकैछ/ कहा थियो प्रचंद्र जव पार्टीको नीतिको बिरुद्ध मावोबादिका उदादंड कार्यकर्ताले देकेन्द्रलाई जिउन्दै पुर्दै गरेको बेला?

        प्रचंद्र यौटा अत्यन्त सम्पन्न व्यक्ति हो त् उसले आफ्नो व्यक्तिगत सुरछ्याको निमित हुने खर्च उ आफैले व्यहोर्दैछ बा रास्ट्रको कोष बात व्यहोर्न लगाउन्दैछ; यो प्रश्नको जवाफ पनि पाउ/

        म यो भन्दिन कि प्रचंद्र्को सुरछ्याको ब्यबस्था गर्ने पर्दैन गर्नु पर्छ तर प्रचंद्र र प्रचंद्र जस्तै नेताको निमित यस्तो सुरछ्याको ब्यबस्था गर्नु पर्ने अबस्था किन आयो को दोषी छन् यसको लागि यता तिर महेशज्यु जस्तो व्यक्तिले दुई सब्द लेख्नु भय केहि जान्न पाउने थिय/

        Reply
        1. mahesh says:
          January 31, 2013 at 1:52 pm

          मदन जी

          “प्रचंद्र र प्रचंद्र जस्तै नेताको निमित यस्तो सुरछ्याको ब्यबस्था गर्नु पर्ने अबस्था किन आयो को दोषी छन्”

          राजनीति मा जे गरे पनि शत्रु कामाइञ्छ, तपाइँ को आखा मा हिजो प्रचण्ड राम्रो हुदा पनि उनका शत्रु थिए र आज “बिग्रदा” पनि शत्रु छन्. आज संसार को राम्रो भनिएको राजनीतिग्य लिंकन,केनेडी को पनि शत्रु थिए र त ति शत्रु बात नै मारिए. अरु किन टाढा जाने, महात्मा गान्धी को पनि त शत्रु थिए र शत्रु बात नै मारिए. आदर्श भनिएका मदन भण्डारी पनि शत्रु बात नै मारिए. तपाइँ कै परिभाषा अनुसार त मदन भण्डारी, गान्धी हरु को हत्या हुन् नपर्ने नि? किन भयो त हत्या? जबाफ दिनुस न.
          अरु किन धेरै कुरा गर्ने, अज्ञात शत्रु (शत्रु बिहिन) भनिएका युधिस्थिर को त शत्रु थिए!
          जब मान्छे मा बिचलन आउछ वा पराजित मनस्थिति मा हुन्छ अनि उसले खुवाई लवाइ बोलाइ हसाइ मा कमेन्ट गर्दछ. शायद तपाइँ त्यो हुनु हुदेन होला.

          Reply
          1. madan bajracharya says:
            January 31, 2013 at 10:50 pm

            महेशज्यु
            सहि उदाहरणको गलत प्रयोगको नमुना हो माथिको भिडियोमा देखाईयको ब्यबस्था/ यस्तो सुरछ्या व्यवस्थाले कुनै पनि नेतालाई केनेडी मदन भण्डारी र गान्धी माथि भयको आक्रमण जस्तै बात मात्र होईन थप्पड खान बात पनि बचाउन सक्दैन/

            बास्तविक कुरा त् यहि नै हो कि ई नेताहरुमा “राजा बन्ने लालसा” पलायकोछ र अब ईनिहरुले कुनै दिन कसैले गुलेलीले हान्न सक्छ भनेर” श्री पेच” समेत लगाउन बेर छैन!!!/

            आम जनताले आफ्नो आदर्श नेता जुन रुपमा आफ्नो माझमा आउन भनेर चाहना राखेको हुन्छ त्यो अनुरुप को आचरण “अरु” बादको नेताहरुले देखाउन नसकेकोमा मलाई चकिन बनायको छैन चकित त् “मावो” बाद को नेताहरुले बनायकोछ/ मलाई मात्रै किन ई “मावो” वादको नेताहरुले “मावो” को देसलाई नै चकित बनायर “मावो” को शिद्धान्तले “सत्रु” मानेकालाई हर्षित बनाउंदै आयको छ!!!!/

            अब तपाईंले “पहिला मैले प्रसंसा गर्ने प्रचंद्र” भन्ने बाक्यको प्रतिबाद प्रधान मन्त्रीको चुनाव हार्दै गरेको प्रचंद्र र आजको प्रचंद्र नाम मात्रै उही हो भने पछि महेशज्यु कुरा बुझि हाल्नु हुन्छ/

            अन्तमा; नेपालका राजनैतिक सिधान्त र बादहरुलाई नेपालको नदिहरु जस्तै भयको मान्नु हुन्छ भने मावोबाद कोशी नदि जस्तै नै हो/ यसमा कसको बाँध भत्कनु पर्छ कसको बन्नु पर्छ तेता तिर केहि सोच्नुस गर्नुस/

            कोशी नदीमा अस्ति भर्खरै भारतले नेपालको स्वीकृति बिना बाढीको पानि नेपालमै फर्काउने पाईलट च्यानल बनायको थियो/ तेतिबेला हिजोको प्रचान्द्र्ले बिरोध गरेको थियो/ तर आज मावोबादी दल भित्र भारतले बनायको पाईलट च्यानलको कारण दुई बिपरित धारमा बग्ने कोशी नदि बनेको छ/ तर आजको प्रचंद्र चुप छ/

            मदन भण्डारीको यमाले पनि यस्तै भारतीय पाईलट च्यानलको कारण दुई बिपरित धारमा (माले र यमाले) बगेको कारण जनमत उल्टो बगेको थियो/ दुई बिपरित धारमा बगेको नदीहरुमा “म” जस्तै माछाहरु कता तिर बग्छ र तेस्ले कस्तो परिणाम निक्लन्छ त्यो कुरा के भनि रहनु जरुरि छ?

            Reply
  24. तेन्जिंग गाबा says:
    January 30, 2013 at 2:01 pm

    एपंचान्ग्रेस, भुरा, क्यास-ड्यास-झ्यास माओबादी सबै जंगलमा नै बस्ने खालका छन् अनि यिनीहरुले पुरै देशैलाई नै जंगल बनाई सके अब किन जानु नि जंगल ?

    जदौ

    Reply
  25. SANU says:
    January 30, 2013 at 1:03 pm

    नेपाल ले भारत संग र नेपालीहरुले नेता हरुसंग नसकिनेनै भयोनि,
    अब के गर्न सक्छौ होला नि हामीले देशको लागि ?

    Reply
  26. Maxrai says:
    January 30, 2013 at 12:52 pm

    कहिले चित्त बुझ्ने कुरा सुन्न पाएन हाम्रो नेपाल मा जहिले पनि कुक्कुर हड्डी मा जुझे जस्तै भो अब उमेर को हिसाब ले म ४० वर्ष पुगे आउने दिनहरु बाचुन्जेल सम्म शान्तिले बाच्न दिएन. जुनै पाजी आएपनि कान मेरो रित्तै भो हाम्रो देश को भविष्य!
    येही मेरो संसार मा पढेको थिए अब ४५ दिन मात्रै बाच् बाबुराम/प्रचंडे भन्ने कमेन्टस औला भाची भाची गन्दै छु दिनहरु!

    Reply
  27. कमल थापा(साउदी अरब) says:
    January 30, 2013 at 12:45 pm

    कुहिएका आलुको बोरा, सबै उस्तै, जनताका लागि-देश विकास भन्दै हात-हात मा झन्डा र डण्डा बोकाएर एक आपसमा लडाई लडाएर खुशी हुनेहरुको के कुरा? सबै हराम…

    Reply
  28. yam pun says:
    January 30, 2013 at 11:35 am

    नेपाललाई विश्वकै पहिलो नम्बरको गरिब देश बनाई हाल्योउ! आफुहरु चाही रोडपति बाट करोडपति, अरबपति भै हाल्योउ! अब त तिमीहरु संसारको जुनसुकै कुनामा पनि पुगे पनि आराम संग राजसी शैलीमा जीवन बिताउन सक्ने भएका छोउ! हामीलाई थाहा छ, तिमीहरु कहिँ पनि जादैनोउ! हात्तिको देखाउने दात जस्तै झगडा गरे झैँ गरेर तिमीहरु जनतालाई झुक्याउदै छोउ किन कि तिमीहरु अझै देश लाइ लुट्न चाहन्छोउ! तिमीहरु लुटेरा होउ! अब यस्तो नाटक नगरे पनि हुन्थ्यो!!!

    Reply
  29. SURENDRA SUBEDI hongkong says:
    January 30, 2013 at 11:23 am

    भिजन न भएका औठा छाप,गवार,पशु हरु लाई नेपाली हरु ले विश्वास गरेको परिणाम हो यो/जंगल होइन बरु चिडियाखाना मा गए बेश/यिन को स्थान त्यही नै सुहाउने खाल को छ/

    Reply
    1. bibek dhakal says:
      January 30, 2013 at 2:25 pm

      Well said…The zoo is the one and only suitable place to keep all these political leaders and their cadres on display. They should be placed under a special section with a cautionary signboard- ” Beware! The most savage, violent, cunning and unpredictable beasts on the earth”

      Reply
  30. अनिल says:
    January 30, 2013 at 11:19 am

    एकजना लाई मात्र हैन सब नेता हरु लाई जंगल लैजान पर्छ बल्ल देश प्रगति तिर लाग्छ होला

    Reply
  31. Amrit says:
    January 30, 2013 at 10:51 am

    नेताहरु दोहोरि गाउने …
    बिचमा कायकर्ता नाच्दै बाजा बजाउने
    जनता ताली बजाउदै सुन्ने, क्या गजबको देश भयो नि नेपाल
    यी कुकुर हरुलाई एकै ठाउमा राखेर जिउदै जलाउनु पर्छ, अनि नया नेपाल को सुरु हुनेछ धन्यवाद |

    Reply
  32. Satya says:
    January 30, 2013 at 10:40 am

    हामीले सुनेका छौं कि रेडियो, TV पत्रपत्रिकामा कांग्रेस एमालेका नेताहरुले बाबुरामलाई इतिहाँस कै भ्रष्टाचारी भनेर आफुहरु पनि पहिला भ्रष्टाचारी नै हौँ भनेर स्विकारी सकेका छन् / किनभने माओवादी भन्दा पहिला २० सौं वर्ष सत्तामा बस्ने कांग्रेस र एमाले नै हुन् क्यारे /

    गोर्खे राजा पृथ्वीनारायण शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोचेर काठमाडौँ उपत्यका नेवार मल्ल राजाहरुको धनसम्पति, गरगहना, मुर्तिहरु लुटपाट गरे/ २४० वर्षसम्म राजा, राणा, पन्चे, कांग्रेस र एमाले मिलेर राज्यको ढुकुटी लुटपाट र भ्रष्टाचार गरे / त्यस मध्ये २ वर्ष मात्र माओवादीले शासन चलाई रहेको छ / सबै नेताहरु चाँदीको आसनमा बस्न चाहन्छन / यो राजनीतिमा लागेकाहरुको परम्परा यसरी नै चलि रहन्छ /

    Reply
  33. िदवा says:
    January 30, 2013 at 10:23 am

    माओबािदले सत्ता कब्जा गरीसक्यो । एमाले-काँङ्गं्ेस हातको मुसो फुस्काएर दुलोमा हात हालीराछन ।

    Reply
  34. resham says:
    January 30, 2013 at 8:49 am

    यिनीहरुको चाला नै येस्तै छ / न पुह्तना सक्छन न जुट्न सक्छन / भिरमा भालेको कुभिन्डो जस्ता देखियका छन् / के गर्ने?

    Reply
  35. बि टि मल्ल says:
    January 30, 2013 at 8:46 am

    मेरो विचार मा ए माओबादी हरु नै जंगल जान्छन होला किन भने यिनी हरु ले अब ५० वर्ष जंगल मा बसेर खान पुग्ने सम्पति थुपारी सके का छन्.! बाहिर बसे भने त जेल त होनी यिनी हरु को बास !!!!

    Reply
  36. Kamal says:
    January 30, 2013 at 8:43 am

    यी नेताहरु खान सम्म खायो, झाडा लागेपछि मार्बल र फ़्लश भएको टोइलेटले पचेन र तब जंगल जाने कुरो आयो| जंगल नभए पनि जेल चै नेताहरु जानपर्यो|
    जंगल र जेल नगए पनि अवकाश लिनपर्ने नेताहरुको लिस्ट तपसिलमा हेर्नुहोला र अरु थप गर्नुहोला| तर अवकाशमा पठाउन अघि कामै नगरी थुपारेको धन सम्पति चाइने उनीहरुबाट खोस्नुपर्नेछ| नत्र ज्ञानेले जस्तो कामै नगरी लुटेको पैसाको बलमा ताव देखाएर नौटंकी रचाई हिन्दुस्तानलाई पुकार्दै देशमा शान्ति खलबल गर्दै सत्ता फर्कने लोभ मोहमा धमिलो पानीमा माछा मार्न तल्लिन रहनेछ|

    क. प्रचंडे, बाबुराम, बैद्ये, नारायणकाजी र उनीहरुका धुपौरेहरु
    ख. सुशील, राम्चंद्रे, शेरे, प्रकाशे, अर्जुन गगन ससुरा ज्वाईं, महत दाजुभाइ, र अन्य भाई बैनी साली र कोइरालाका बहाना भान्जी र नाता पर्नेहरु
    ग. ओली काजु कान्छा, झले, माकुने, इश्वर शंकर दाजुभाई, भिम, प्रदिप दुइतै, बामदेव हाम्देव, रघुजी, र कम्युनिस्टका नाउँ बिगार्ने बल्खुका अरु जुकाहरु
    घ. डांडाको सुर्य बहादुर, लोहनी, पशु पति, कमले मुसा, चन्द, आरजुमाता र खासे आसेपासेहरु
    न. अरु आल्तु फाल्तुहरु र कवाफमे हड्डी अनि जता मलको उतै ढलको (मैनाली दाजुभाइ, चित्र बहादुर, भक्तपुरे श्रमिक नायके, त्रिपाठी, महतो, यादव, गुप्ता, गच्छदार, ताक परे तिवारी नत्र गोतामे हुने शरदे भण्डारी, सिंह, आदि|

    Reply
  37. samrat~ says:
    January 30, 2013 at 8:20 am

    अनि अर्को खुषद बुढो (कोइराला) मर्ने बेला भै सक्यो, काशी (बालुवाटार) न गइ मारिने हो कि भन्ने चिन्ता ले ग्रस्त छ.

    Reply
  38. Abhi says:
    January 30, 2013 at 8:17 am

    My comment won’t get published, still commenting. Prachanda looks like those villains in some H/Bollywood movies in that video.

    Reply
  39. samrat~ says:
    January 30, 2013 at 8:17 am

    हत्तेरी का ! यी भारतीय बिस्तार बाद का एजेन्ट हरु , बिचरा हरु लाइ जंगल को नाम लिन साथ् तर्सिन्छ. किन भने यिनी हरु जंगल मा कहिले पो थियो र ? सोझा साझा गाउ को अनपढ जनता हरु लाइ ठगेर झुक्याएर जंगल मा पुर्याएर आफु टाउके हरु त मस्ती मारेर भारतीय गुप्तचर को सेक्युरिटी हरु को माझ मा एस सर एस बोस गरेर बसी रहेको थियो. प्रभु हरु ले पनि हामि ले भनेको मानिस भने भबिस्य मा महल मा बस्लास, झन्डा भएको गाडी चध्लास , दाया बाया नोकर चाकर , ड्राइभर , सेक्युरिटी अनि अकुस्त धन राशि कमाउलास अनि एकदिन भारत को नया प्रान्त नेपाल राज्य को मुख्य मन्त्रि बन्लाश भनेर जुन सपना देखाएको थियो त्यो सपना अहिले करिब बिपना भएको छ यिनीहरु लाइ अनि राज्य सक्ति को आघात मस्ती मा लिप्त भएर बसेको छ अहिले. अब कसैले जंगल को नाम लिन साथ् झसङ्ग सपना बाट बिउझेको जस्तो मात्र भएको हो. बाकि भरौटे हरु चाइ सक्ति चाख्न न पाएर छुट्टै ड्यास माओ बादी भएर अल्लागिये को छ . अनि दाउ हेर्दै छ र पालो कुरेर बसेको छ.

    Reply
  40. xyz says:
    January 30, 2013 at 7:46 am

    I have been writing that there need two conditions to be fulfilled to resolve Nepal’s ongoing political stalemate situation. (1) Dr. Bhattarai should not and must not resign and (2) the opposition must seek to topple the GoN of Dr. Bhattarai from the streets. I am happy that gradually both conditions are going in a right direction. It is not just Dr. Bhattarai expressing his unwillingness to resign, now, even Prachanda is requesting his opponents to wait, at least ten years, before they expect Maoists to be out of power. This is great. With regards to second condition, the opponents have already declared Jana Andolan III. Mr. Jhala Nath is determined to create “a whirlwind of movement”, even Mr. Bam Dev Gautam, once a good friend of Maoists, seems to be dead against the Maoist rule. The second condition is also going to be fulfilled soon. We, the common Nepali people, have to just wait and see what unfolds in the days to come. The combined results of these conditions will tell us who will finally head to the jungle.

    Reply
  41. Yam says:
    January 30, 2013 at 7:14 am

    Sushil कोइराला जंगल हैन चिडियाखाना जादा ठिक छ कमसेकम चिडिया खान जानेको संख्या badne chha.

    Reply
  42. Netra Prasad says:
    January 30, 2013 at 7:07 am

    I have never understood why these kind of issues become the news. These things was there, is there and will be there. When you have any kind of cracies (तन्त्र)…there will be these kind of things. Earlier, people didn’t speak because of fear now every body is speaking. But the irony is that why we are highlighting. What is the problem, if our top leader drives in a good car with security…हामीहरुको सानो चित्त छ. There is nothing harm on driving in a secured vehicle or living in a good and secured place. Are we jealous…Why Salokya doesn’t write about the business man who drives mercedes and lives in castle. That business man is actually a leader of corruption. He/she has evaded taxes, produce low quality products, risk the people’s life….and we are saying who is driving what, where they are living and what they are eating…will you please excuse them for their personal life. Talk about ideas in your blog dude…what is the benefit of following Congress principle or Maoist principle or other parties principle…do some good analysis…calculate pros and cons. Analyse issues, speculate the impact, think about suggestions/solutions,,,if you cannot do this then stop this kind of petty issues….sorry to say…please come out of box and bring people out of box too….

    Reply
    1. samrat~ says:
      January 30, 2013 at 10:18 am

      नेत्र जी,
      तपाइँ को नेत्र अलि धमिलो भए जस्तो छ. तल्लो बर्ग गरिब जनता को लागि कम्युनिस्ट को सिधान्त बोकेर लडेको लडाई जति धन सम्पति आर्जे पनि जनता र पार्टी को लागि बलिदान हो. राम्रो गाडी र महल को सपना बोकेका तपाइँ को नक्कली कम्युनिस्ट लिडर हरु ले मात्रै सम्पति र महल को बिलाश खोज्छ. आफु मुस्तांग चद्च अनि सिरिमति अरबौ सम्पति जम्मा गर्दै हिड्छ. अर्को नेता छोरो लाइ करादौ को सम्पति बोकाएर विदेश भगाउच. येदि माओ को सिधान्त लिएर क्रान्ति गरेको हो भने ओरिजिनल माओ ले जस्तै साइकल चढेर हिड्न सक्नु पर्छ सत्ता मा पुगे पछि पनि. चेगुवारा ले जस्तै एउटा क्रान्ति मा बिजय प्राप्त गरे पछि अर्को अधुरो रहेको क्रान्ति मा होमिनु पर्छ. उसको लक्च्ये सम्पूर्ण दक्चिन अमेरिका लाइ गरिबी बाट मुक्त गराउनु थियो अनि तेही अधुरो रहेको क्रान्ति मा आफ्नो जिबन अर्पण गर्यो. त्यो हो कम्युनिस्ट को पक्का लिडर. त्यो हो कमुनिस्ट को मुख्य सिधान्त. तपाइँ को जस्तो नक्कली कम्युनिस्ट लिडर को जस्तो हैन. यिनी हरु भेडा को खोल मा ब्वासो हो. तपाइँ लाइ पनि यिनी हरु ले मन्त्र मुघ्द गरेको जस्तो छ. बेलै मा आफ्नो नेत्र खोल्नुस नेत्र जी.

      Reply
  43. Samsundar says:
    January 30, 2013 at 5:32 am

    लोभी – पापी हरु को हात मा राजनीति को डोरी हुन्जेल यो देश मा केहि हुने वाला छैन | प्रोफेसर ताहिर उल कादरी ले हाल को भ्रस्ट जर्दारी सरकार को विरुद्ध लाखौ लै इस्लामाबाद उतारे झैँ एउटा विद्वान र स्वछ छाबि भएको व्यक्ति ले नेत्रित्वो लिएर अघि बढे नेपाल मा पनि यहि किसिम को रेस्पोन्स पाउने तय छ , जनता अहिले को परजीवी-पाखण्डी नेता हरु बाट वाक्क भएको कुरा त भर्खर को झापड काण्ड हरु मा जनता को आपार समर्थन प्रचण्ड / सुशील / झलनाथ का आक्रमणकारी हरु को तर्फ़ मा हुनु ले नै जनौछ |
    आशा छ हाम्रो माझ पनि नेपाली कादरी आउनेछन र यी जियुदै गाड्ने , देश बेच्ने , भारत का दलाल लोभी पापी हरु बाट हामी ले मुक्ति पाउने छौ |

    Reply
  44. NP Giri, USA says:
    January 30, 2013 at 4:28 am

    धन्नानै नसकिने महंगी
    बेरोजगारी
    हत्या
    हिंसा , अपहरण
    सत्तामा बसिरहन जे पनि गर्ने
    सत्तामा जान जे पनि गर्ने
    ……अझ कति जनता लाइ उल्लु बनाउने हो ….हद भयो यार

    Reply
  45. द्रोण says:
    January 30, 2013 at 3:41 am

    अहिले त् जा ,उ जा ,म जान्छु भन्ने पर्दैन केहि समय पछि तिमीहरु सबै सग सगै जाने हो |
    बरु कहा जानेछौ त्यो चै , गएपछि मात्र थाह पाउछौ |

    Reply
  46. raj says:
    January 30, 2013 at 3:35 am

    होतनी पहिला पहिला अरु सबै ले मोज गरेको देखेर कति चित्त दुख्थियो होला, हाम्रो पनि दिन आउला भन्ने लागेकै थिएन, अब बल्ल बल्ल पाएको भुत्रो छाड्नु, राजधानी को बानि लागे पछि गाउँ जना त मन लाग्दैन दसैं तिहार बाहेक, जंगल को त कुरै नगरे बेस, धम्क्येर लुटेको बानि येति चाडै के छुट्छ, तर्सौना त परि हाल्यो नि ! अब कुरा आफु तिर नै मोडिए पछि दोहोरि खेल्न किन बाकी राख्ने ! उसै पनि काम त के नै छ र ! समय पनि त काट्नु छ !

    Reply
  47. डिल्लीरमण न्यौपाने says:
    January 30, 2013 at 2:52 am

    भर्खरै त जंगलबाट आ’को, हाम्लाई बेसरी घिचेर डकार्न पुगेकै छैन किन फेरि जंगल जाने? जंगलमा के के न हुन्छ भनेर गइयो, सारै दुख पाइयो, बल्ल बल्ल सहर पसेर येसो खुट्टो घुमाउन थाल्या छौं / किन रिस गर्छौ ए? तिमे’रुले ४६ साल देखि ‘मोज’ गरेकै हौ, अब हाम्ले नि गोडा दसेक बर्ष ढलिमली गर्न पाउनुपर्छ / नत्र येत्रो गन (Gun) तन्त्र ल्या’को केलाई हो?

    Reply
  48. raj dahal says:
    January 30, 2013 at 2:37 am

    बल्ल बल्ल जंगलबाट सहर छिरेका कम + रेडहरुलाइ फेरि जंगलनै जाउ भन्ने सुशील बाको कत्रो हिम्मत !

    Reply
  49. ramhari says:
    January 30, 2013 at 2:31 am

    जुन दिन देखि नेपाल मा बिदेशी को इशारा मा बार्ह बुदे गरियो र कुनै जनता को अभिमत नलिकन नेपाल लै गदतंत्र र धर्म निरिपेच्यय घोसदा गरियो तेस्को side effect हो हिजो आज को राजनीति.
    हो गदतंत्र ठिक होला तर हामी नेपाली लाई कान ले गदतंत्र लोकतन्त्र , राजतन्त्र सुनेर त हुदैन बिहान बेलुका को चुलो बल्नु परिओ, सान्ति हुनु परिओ, विकास हुनु परिओ तिओ तन्त्र को नाम जे राखे पनि हुन्छ , हामी लाई बिकाश तन्त्र चैएको हो.
    अनि एउटा कुरा
    यो नेता हरु ले कहिले पद्दैनन, कहिले आनन्द ले सोच्दैनन्, उनीहरु कहिले कहिँ जेल गए, के जेल जादैमा अनि आन्दोलन गर्दै मा उनीहरु लाई देश बिकाश गर्न को लागि आबस्यक ज्ञान सबै औचा, यहाँ आफुलाई बिहनु बेलुका हाड घोटेर पड्दा अनि मेहनत गर्दा त एउटा पढेको बिसयाको ज्ञान हुदैन, यो बकम्फुसरे, जुन्गले पसेका अनि जेल परेका नेता लाई कसरि सबै चिज औछ PM हुन् देखि , अनि साबि चिज हुन, अब राम्रो दिमाग भाका हुन् भन्दा बाबुराम देखि बाहेक सबै कम्जोर नै देखिन्चन पदाई मा पनि.
    अनि अन्त मा गदतंत्र को सानो उपहार, नेपाल को फिल्म हरु सम्बदी को टाउके body मा के “पपु” नीउकत भाको हरे, यसै को लागि हमेरु गदतंत्र भनेर करको!
    मलाई त हिजो आज गद्तंत्र auda एकदम राम्रो हुन्छ भन्ने नेता हरु (गगन थापा नरहरी आचाय) संजी संजी रिसुत्चा. किन भने नेता भनेको तिओ हो जसले नया बेबस्था मात्र लिऔदैन, त्स्लाई बेबस्थित पनि गर्छ. किन भने नया बेबस्था बेबस्थित नहुदा मनपरी तन्त्र हुन्छ र मेरो मतलब जुन नेता ले नया बेबस्था ल्याए अनि बेबस्थित गर्न सकेनन, तिनीहरु जानेर नजानेर आफ्नो असचामता ले गर्दा मनपरी तन्त्र क नायक भएका छन्. हामी अनि जनता तिनीहरु को गोटी.
    जो नेता सम्जिओ तेही देखि रिसुत्चा किन होला, फेरि कति बिबस, तिनीहरु ले नै केहि गर्लान भनेर बस्नु परेको छ!

    Reply
  50. Anjan Shrestha says:
    January 30, 2013 at 1:13 am

    अब दिमाग खुस्के मात्र जंगल जान्छन प्रचण्ड, पहिलाजस्तो छापामार, मिलिशिया, लडाकु, कमान्डर त सहरको मोजमस्ती मै ब्यस्त छन् | लुटेको सम्पतिमा राज गर्दागदै ठिक्क छ को जाने र जंगल ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme