Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले यी मूर्ति चोरेर अमेरिका पुर्‍यायो?

Posted on January 21, 2013January 22, 2013 by Salokya

तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको क्यालिफोर्नियास्थित Crocker Art Museum मा “Celestial Realms: The Art of Nepal” शीर्षकमा भइरहेको छ। आउँदो फेब्रुअरी १० तारिखसम्म जारी रहने यो प्रदर्शनीमा छिर्न १० डलरको टिकट काट्नु पर्छ। नेपालका ४० वटा ऐतिहासिक सम्पदा अहिले विदेशी भूमिमा सजिएका छन्। तिनीहरुलाई कसले चोरेर, बेचेर सात समुद्रपारी पुर्‍याए, हामीलाई थाहा छैन। जसले गरे, उनीहरुले प्रशस्त सम्पति कमाए। तर राष्ट्रलाई घात गरे।


म्युजियमले प्रदर्शनीमा राखेको परिचय-

Celestial Realms: The Art of Nepal from California Collections
On view on the Museum’s second floor.
The Newar people, who have inhabited Nepal’s Kathmandu Valley for centuries, are renowned for their skill as artisans, creating both Buddhist and Hindu sculptures, paintings, and architectural carvings. While Indian art inspired early Newari art, these artists developed a unique style that influenced both Tibetan and Chinese artists. This exhibition explores Newari art through paintings, ritual objects, and stone, wood, and bronze sculptures drawn from private California collections and the collection of the Crocker Art Museum. These 44 diverse works highlight the richness of Nepalese culture. A full-color catalogue featuring an essay by independent scholars Nancy Tingley, Ph.D., and Nutandhar Sharma will accompany the exhibition.

अमेरिकाको यही स‌ंग्रहालयमा मात्र नेपाली मूर्ति रहेको हैन। बोस्टनको म्युजियम अफ फाइन आर्टस, शिकागोको स‍ंग्रहालय लगायतका धेरै स‍ंग्रहालयमा यस्ता ऐतिहासिक कलाकृति सजाएर राखेको पाइन्छ। न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा पनि हाम्रा यस्ता चोरीका कलाकृति सजिएका छन्।

नेपालबाट अमेरिका ल्याइएको भनिएको १३ औं शताब्दीमा निर्मित ठानिएको पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा गत वर्ष भएको एक लिलाम बढाबढमा २४ लाख ९० हजार डलरमा बिक्री भएको थियो।

क्यालिफोर्नियाको म्युजियममा अहिले प्रदर्शनीमा राखिएका मूर्तिहरु मध्ये थप केहीको फोटो-

भैरवको यो मूर्ति १७ औँ शताब्दीको हो।


सिद्धलक्ष्मीको यो मूर्ति पनि १७ औँ शताब्दीको हो।


यो पनि १७ औँ शताब्दीको मानिएको छ।

विक्रम संवत् २००७ सालमा नेपाल विश्वका लागि खुला भयो। त्यसपछि पञ्चायत कालमा यस्ता धेरै मूर्ति चोरिए, बाहिरिए। स्व. लैनसिंह वाङ्गदेलको ‘Stolen Images of Nepal’ र Jurgen Schick को ‘The Gods are leaving the country: art theft from Nepal’ पुस्तकले चोरिएका कलाकृतिबारे विश्वमा चेतना जगाउन मद्धत गर्‍यो। तर चोरिएका यस्ता सबै कलाकृतिलाई नेपाल फर्काउन इमान्दार प्रयास भने हुन सकेको छैन। जसरी इजिप्टमा भएको छ। उदाहरण हेर्नुस्।

लैनसिंह वाङ्गदेलको पुस्तकमा रहेका चोरिएका कलाकृतिका फोटो र जानकारीबारे विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुस् तपाईँलाई साँच्चिकै देशको माया लाग्छ भने यी चोरिएका, अङ्गभङ्ग पारिएका मूर्तिहरु देखेर मन रुनेछ। यसमा रहेका सबै मूर्तिहरु पञ्चायत कालमा चोरी भएका मूर्तिहरु हुन्।

चोर्नु जतिकै अपराध चोरी भएका सामान किन्नेको पनि मानिन्छ। त्यसैले वाङ्गदेल र Schick को पुस्तकमा रहेका चोरिएका मूर्तिका फोटोहरुलाई धेरैले आधार बनाएका छन्। तर चोरिएका सबै कलाकृतिको पूर्ण जानकारी भने त्यसमा छैन। काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टले पनि चोरी भएका कलाकृतिबारे जानकारी अनलाइनमा राखेको छ। यहाँ चाहिँ पञ्चायत अन्त्य भएर बहुदल काल लागेपछि चोरी भएका कलाकृतिको जानकारी छ। हेरौँ केही जानकारी-

WINDOWS AND WALL NICHES

1. KATHMANDU, ITUM BAHA, KAYAGU NANI. KAYAGU AGACHE
2. PATAN, SWATHA TOL. SWATHA NARAYAN TEMPLE 
3. PATAN, DARBAR SQUARE. CAR NARAYAN TEMPLE
4. PATAN, DARBAR SQUARE. VISVESVARA TEMPLE
5. PATAN, SWATHA TOL, RADHA KRISHNA TEMPLE

 

TYMPANA

1. PATAN, KWALKHU TOL. UMA MAHESHVARA TEMPLE
2. PATAN, SULIMA TOL. JOSHI AGAMCHEN
3. KATHMANDU, ASAN TOL. ANNAPURNA TEMPLE
4. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE

 

CARVED ROOF STRUTS

1. KATHMANDU, ITUM BAHA. KESH CHANDRA MAHAVIHAR
2. KATHMANDU, YETKHA TOL. YETKHA SATTAL
3. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE
4. PATAN, PATUKVA TOL, PATAN DARBAR WORLD HERITAGE SITE. LAKSHMI NARAYAN TEMPLE
5. PATAN, PATAN DARBAR WORLD HERITAGE SITE. TALEJU TEMPLE
6. KATHMANDU, CHUSYA BAHA

तपाईँले पनि विदेशमा कतै चोरिएका नेपाली कलाकृति देख्नुभएको भए सके फोटोसहितको जानकारी तल कमेन्टमा दिनुस्। अथवा कोही क्यालिफोर्नियामा हुनुहुन्छ भने फूर्सदमा यो म्युजियममा गएर त्यहाँ राखिएका नेपालका सबै कलाकृतिको फोटो खिचेर हामीलाई बाँड्न सक्नुहुन्छ। के थाहा, कसैले ठ्याक्कै यो कहाँबाट चोरिएको हो भनेर पत्ता लगाइहाल्छन् कि। अनि शायद सन् २००० मा बर्लिनको म्युजियमले हाम्रो मूर्ति हामीलाई नै फर्काए जस्तै फर्किन पनि सक्छ कि! म्युजियमको ठेगाना यहाँ छ।

36 thoughts on “कसले यी मूर्ति चोरेर अमेरिका पुर्‍यायो?”

  1. madan bajracharya says:
    January 27, 2013 at 2:02 am

    मित्रहरु
    हामि आज पनि शाह बंशको राजाहरुको कारण आजको नेपालले यो आकार पायाकोमा उनीहरुको गुण त् मान्छौं तर शाह बन्शिय राजाहरुले आफुले यकिकृत गरेको सबै नेपालीलाई यकै दर्जाको नागरिक चाहिं मानेको थियन/ सायद यसै कारणले आज नेपालमा राजतन्त्रको अन्त भयकोमा सबै नेपालीहरु चाहेर पनि दुखि हुन् सकेन/

    नेपालको कलाकृति बिदेशमा पुगेकोमा फर्काउने कुनै प्रयास गरेनन/ अरु त् अरु सुन्नमा त् यो पनि आयको थियो कि महेन्द्र लण्डनमा पुग्दा हाम्रो भोटो जात्रामा देखाउने सक्कली भोटो समेत उतै उसले देखेको थियो रे/

    हामि सबैलाई थाह भयकै कुरा हो कि पसुपतिको मूल ढुकुटी भित्र अमुल्य अप्राप्य दुर्लभ कला कृतिहरु र अकुत धनको भण्डार छ/ तर तेस्मा दछिना समत चोर्ने हिनामिना गर्ने भारतीय मूल भट्टको रजाइँ हुन् दियकै कारण त्यो ढुकुटी भित्र आज पनि पहिला भयको अमुल्य कला कृति र धन रहेको कुरामा बिस्वास गर्न कसैले सक्दैन/

    मित्रहरुलाई थाह भयकै हुनु पर्छ भारतीय मूल भट्ट नेपाल बात फर्कंदा उसको सामानहरु भन्सारले खोलि जाँच्न पाउंदैन/यो कुरामा उसलाई भारतीय राजदुतले पाउने कुटनैतिक छुट दियको कारण तेस्ले चाहेमा पसुपतिको ढुकुटी लुट्न सक्छ; लुते पनि होलान/ यक जना मूल भट्ट नेपाल बात फर्कंदा उसले लाग्न खोजेको ५२ वटा बक्साहरु भन्सारमा जाँच्न खोज्दा भारतको राजदुत भासार सम्मै पुगेर ती बक्सा हरु बिना जांची नेपाल बात बाहिर लाग्न दियको कुरा उति बेला चर्चामा आयको थियो/

    मूल भट्ट नेपाल बात फर्कंदा उसको सन्दुक बक्सा भित्र जे पनि कोचेर लाग्न सक्छ/ पशुपति को महादेव को लिङ्ग मात्रै होईन अटाउने भय त् सायद सगरमाथा पनि लाग्न सक्छ/ तर तेस्को बक्सा भित्र के छ कसैले खोलेर हेर्न जाच्न नपाउने सुबिधा किन दियो?

    पसुपतिको मूल ढुकुटी उहिले राजाहरुले समेत देस चलाउन सापटी लिने बैंक जस्तै थियो/तर त्यो ढुकुटीमा हिजो कति थियो के के थियो र आज कति मात्रै बाकि छ र के के हरायो तेस्को हिसाव कसै सिट छैन; के दछिनाको सुक मोहर समेत हिनामिना गर्ने भट्टहरुले त्यो पसुपतिको ढुकुटी यथावत राखे होलान?

    पसुपतिको भट्टमा नेपाली नियुक्त हुने कुरा चलेकै अबस्थामा पसुपतिको मूल ढुकुटीमा आगो लागेको थियो/ अनुसन्धानको क्रममा धेरै संखा लाग्ने कुरा हरु भयको कुरा बाहिर आयको थियो/ तत्पस्चाद पसुपतिको मूल ढुकुटीमा भयको सम्पतिको विवरण सरकारले लिन पनि खोजेको थियो तर यो कुरामा यौटा जाने मानेको अधिबक्ताले अदालतमा रित राखेर त्यो कुरा रोके/

    पशुपति राज्यको मन्दिर हो त्यहा सबै सरकारले नियुक्त गर्छ तर राज्यले समेत त्यहा भयको ढुकुटी को विवरण जान्न नपाउने तेही भट्टकै दया मायामा रहनु पर्ने नियमले नेपालको कलाकृतिहरु नेपालमा सुरछित रहन सक्ला?

    Reply
  2. ramesh says:
    January 23, 2013 at 5:15 am

    के पाउने हो यस्ता कुराहरुले, फेरी कुरा बुहारीले काम नपाएर कन्नो कन्याएको जस्तो

    तर पढेकोहरु, जान्ने न परे

    चोरले चोरे भन्दैन, फर्काउने कुरा हो भने शुशासनको को कुरा पर्यो..
    शासन को कुरा गर्यो भने त्यहि कोन्ग्रेस्सी, मायॊस्सि, एमाले खालिसिसि…
    जनता हेरयाहेरै

    फिर्ता ल्याउन सकिन्छ भने कसरि हो कमेन्ट ठोस, explicitly गरेको राम्रो

    (कम्प्युटर किन्दा सातजाना संग कुरा गरेर, सत्रवटा web हेरेर कहाचाही सस्तो त्यहाबाट किनेको जस्तो इमान्दारी देखाई सार्बजानिक हितको कुरा गर्दा देश बन्ने हो…देश त्यस्तो भएको नेताले मात्र त हैन)

    Reply
  3. शशांक लामा, न्युयोर्क says:
    January 22, 2013 at 8:49 pm

    क्रेन लगेर भूपतिन्द्र मल्लको सालिकै उखेल्नु खोजेको थियो भने साना साना मुर्तिको त के कुरा गराई भयो र? दिवंगत इन्स्पेक्टर रुपक शर्माले उखेल्न दिएन भनेर सुनिएको थियो| धेरै अघिको कुरो हो| बिचरा रुपक बिमान दुर्घटनामा परेका थिए|!

    Reply
    1. madan bajracharya says:
      January 27, 2013 at 1:13 am

      शसांकज्यु
      ज्ञानेन्द्रको नाम लिनु भयन/ तत्कालिन शासकका आसेपासेहरु नेपालमा जता हेर्यो तेता जनजाति र आदिबाशिकै शिप र कला संस्कृतिले सजेकोमा डाहले भुतुक्क भयको थियो/ तेसैले उनीहरुले जनजातिको कला शिप र संस्कृतिको नमुनाहरु चोरे मासेका हुन्/ मात्र धन कमाउन यस्तो कलाकृतिहरु विदेश सम्म पुर्यायको होईन/ सामान्य तस्करले देसको तेस्तो कला कृतिहरु विदेश सम्म पुर्याउनै सक्दैन/ कस्तोले पुर्याउञ्छन भनेर तपाईंले माथि उल्लेख गरेको कुराले नै प्रमाणित गर्छ/

      म अर्को उदाहरण दिन्छु तपाईंलाई/ नेवारी समाजमा नाम चलेको प्रेम बहादुर कंसाकार सिट ऎतिहासिक अमुल्य र दुर्लभ नेवारी साहित्य तथा कलाको ठुलो संकलन थियो/ तत्कालिन अञ्चलाधिसले उहाँको सबै संकलनहरु जफत गरे/ बर्सौं सम्म ती अमुल्य साहित्य, ग्रन्थहरु र कलाकृतिहरु अञ्चलाधिस कार्यालयको छिडीमा नसदुन्जेल थन्कायो/ बिदेशमा पुगेको त् सायद फर्काउन पनि सकिन्छ होला तर तेसरी मासियका त् ………/

      Reply
  4. kancha Tamang says:
    January 22, 2013 at 7:03 pm

    अहिले फर्काउने हो भने हिसिला ले फेरि बेची दिन्छे कि कसो ??

    Reply
    1. arpan says:
      January 23, 2013 at 11:53 pm

      अलिक हुने कुरा गर्नु नि मुर्ति को कुरा भन्दा देश नदि नाला बेचिएको कुरा गरौन चेतना भए !!

      Reply
    2. robin says:
      January 24, 2013 at 8:51 am

      कान्छा जी पहिला तपाइँ को गिरिजा र माकुने ले बेचेको मुर्ति अहिले हिसिला ले नै हो ल्याउन सक्ने

      Reply
  5. Saroj says:
    January 22, 2013 at 1:55 pm

    http://collectionsonline.lacma.org/mwebcgi/mweb.exe?request=keyword;dtype=d;keyword=nepal

    Reply
  6. bibek dhakal says:
    January 22, 2013 at 1:55 pm

    कसले तस्करी गर्यो…कसरि गर्यो भन्दा पनि तस्करी हुनुको एउटा प्रमुख र नजरअन्दाज गरिएको कारण चाही हामीले यस्तो प्राचिन कला र मुर्तिहरुको महत्व नबुझ्नु जस्तो पनि लाग्छ. विदेश तिर , उदाहरणको लागि फ्रान्सका नागरिकहरु जति नै आधुनिक भएपनि प्राचिन कला, संस्कृति, साहित्य भनेपछि मरिहत्ते गर्छन. मयूजिय्म नगएका नागरिक कमै हुन्छन ! यदि उनीहरुको यसरि मुर्ति चोरी निकासी भै बैर पुगेको थाहा भए पक्कै देशभर खैलाबैला हुन्थ्यो होला अनि सरकारले “लबीयीङ्ग ” गरेर फिर्ता लेरौथ्यो पनि होला! हाम्रो मा त न नागरिक लाइ मतलब छ, न सरकारलाई, न सरोकारवाला “पुरातात्विक विभाग” (जसले तदारुकता देखाउनु पर्थ्यो, अपडेट हुनु पर्थ्यो यस्ता कुरामा ) लाइ यो बारे केहि थाहा होला! त्यहि भएर ति मुर्ति रुपी भगवानलाइ पनि बरु मेरो महत्व बुझ्ने देशमै बसेको ठिक छ लाग्दो हो !

    Reply
  7. SURENDRA SUBEDI hongkong says:
    January 22, 2013 at 12:34 pm

    सबै कुरा प्रस्ट नै भएको छ नि ,क-कस ले मुर्ती विदेश पुर्याए भन्ने कुरा त/धुर्मुसे ले भने झैँ “”खै के,खै के पुत्त”” बढी बोल्न सकिन्न है /देस मा ३ थरि का मान्छे को हाली मुहाली छ,( क) मुर्ती बेच्ने (ख) देश बेच्ने (ग) चेली बेटी बेच्ने /

    Reply
  8. Jiwan Maden says:
    January 22, 2013 at 10:59 am

    यो सब पन्चे, कांग्रेस, एमाले का चोर नेता हरु को काम हो | यो भगवान को मुर्ति बेच्ने नेता हरु तथा तिनीहरु का परिवार हरु लाइ कहिले सुख नमिलोस |

    Reply
  9. Satya says:
    January 22, 2013 at 10:58 am

    गोर्खे राजा पृथ्बीनारायण शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ, पाटन, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे । उनि पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोचेर काठमाडौँ उपत्यका नेवार मल्ल राजाहरुको धनसम्पति, गरगहना, मुर्तिहरु लुटपाट गरी २४० वर्षसम्म राज्य गरे / जसको फल स्वरुप अहिलेका सबैभन्दा जाली, फटाहा, धुर्त, भ्रष्टाचारी बाहुन छेत्रीहरुको मोजमस्ती भै राखेको छ / आज त्यहि बाहुन छेत्रिहरु पृथ्बीनारायण शाहलाइ युद्ध अपराधी पो भन्न थालेको छन् / उदाहरणको लागि लुकाइएको नेपाली इतिहास: http://mdpnepal.blogspot.com/2012/11/blog-post_13.html

    Reply
    1. Pawan says:
      January 22, 2013 at 1:40 pm

      पृथ्बीनारायण शाहले नेपाल को एकीकरण नगरेको भए साथि तिमि कुनै धोति को घर को दरबान हुने थिएउ . बुद्धि बिकास गर आफ्नो

      Reply
      1. xyz says:
        January 22, 2013 at 6:07 pm

        Who said that had Prithivinarayan Shah not united Nepal, we would have been under India? Asshole, f*** analysis. Dr. Narayan Khadka from Nepali Congress had posited similar hypothesis in his book on foreign policy – his reasoning goes like this: Had Nepal lost war with Britain in 1814-16 Nepal would have become a superpower in South Asia. Again, what a f*** analysis. First, Mr. Shah is a looter, this is exemplified by looting done by Shah Dynasty. The Ranas were far better than Shahs, at least, they left huge palaces for the government ministries and departments. Shahs left nothing, they had all the money stashed in foreign banks. After palace massacre, some Marwaris became overnight billionaire in Nepal – anybody taken a stock on this?

        Reply
        1. robin says:
          January 24, 2013 at 9:14 am

          It is not a surprise that History is always written by the winners, and we read it. We are all on mercy of whats dictated to us. But this cannot over-shadow the fact that Prithivi Narayan Shah ‘in-deed’ united the then fragmented Nepal. Loot? I guess the loot done by handful of Shah Rulers is shit compared to loot done by an ‘established’ bureaucracy currently in Nepal, leaded by the notorious Bahuns and Chhetris of Nepal. By saying this I don’t mean to justify all the killings, loots, genocide done in the name of ‘fairness’ of war. Ranas were good? Just because they built fu**ing over-priced white neo-classical buildings? Do you even realise the price we had to pay for the British architects who build those palaces? Are you even aware of fact that Rana regime banned education in the country just to rule over us?
          Whatever the regime that is ruling over the country currently, there will always be the aristocrats(Ranas, Koiralas, handful of bahun families) dictating the government and society, bureaucrats(Bahuns, Chhetris) parasiting over the established system, handfuls of shrewd businessmans(Marwaris) piping their way into richness, a widow-ed old woman burnt alive in Medieval fashion accused for being ‘witch’ and a Humleli woman on her menstural cycle still being forced to live in a cow-shed. Who is to blame?

          Reply
        2. sanjeev sharma says:
          January 24, 2013 at 12:48 pm

          you see other’s analysis as “asshole” and “f****** ” , but MR. XYZ did u ever realized on what base ur analysis stands ? i don’t wonder why anarchists like you have no respect for history and historical persons. It is quiet clear that Prithivi Narayan shah was driven by his ambitions to rule a large country than a small state . But, only pointing to this fact how could u say that he was a looter ? Malla era was marvelous time in the history of Nepal, no doubt , But they failed to unite the citizens . Licchavis founded the Nepalmandal which was stretched to the gandaki river in the west and to the Dolkha and Ramechapp to the east. But mallas failed to keep the Nepalmandal intact. Nepalmandal not only disappeared in the middle of Malla era but also the large and prosperous kantipur valley (aka Nepal upatyaka) was divided into Malla brothers to settle their disputes. After all this Prithivi Narayan Shah came up ( with his “AMBITIONS” or “DUTY” whatever u like to say) . There were “lootings” or “war crimes” in the course of action . But don’t u see these things are happening in modern times as well ? We need not to see anywhere else to find these examples . the 10 year long insurgency or so called “people’s war” and the events that took place after the 2nd janandolan took lives of numerous people.

          Reply
      2. Bikash Thapa says:
        January 25, 2013 at 11:58 pm

        Mr. Pawan.. you think that if Mr. Prithvi narayan shah did not unification of Nepal, Nepal would be India…… But why bangladesh, pakistan, srilnka & Bhutan are not part of india… these country were also same as Nepal…. why they are not merged into India???? So if Mr. prithvi didn’t unified Nepal, Nepal would be independent country but country name would be different……. This is your nonesense arguement ………………

        Reply
    2. saroj says:
      January 22, 2013 at 1:52 pm

      सत्य sir ,
      बहुत intresting कुरा,, तर एउटा प्रस्न ,, अनि त्यो बेला मा प्रिथिभी नारायण ले ,, चि के गर्दा राम्रो हुन्थ्यो त ?? के गर्नु पर्थ्यो होला ?? के नेपाल लाई २२, २४ से राज्य नै हुन दिन पर्त्यो ??? तेसो भए त आज हामी , इन्डियन हुन्थेउ हैन र ???
      तत्कालिन नेपाल , सासक , हरु ले त नेपाल लाई एक बनाउने ,, त सोचेको पनि , देखिदैन ,, तेस्तो सोचाई ले ,, नेपाल भारत मा त ,, एक दिन न एक दिन ,, त. जाने नै थियो नि, सानो सानो देस कसरि , आफ्नो अस्तित्यो बचौना सक्तयो होला र >>??
      यदि , ब्रिटिस संग गोर्खा मिलेको भए पनि, त्यो राजनीति नै हो,, त्यो गलत थिएन,, यदि मल्ल या अरु सासक ले पनि ,ब्रिटिस संग मिलेर नेपाल एक बनाएको भए थुन्त्यो नि,
      त , किन त्यो चि नगरेका उनीहरु ले ??? तत्कालिन समय मा एक नेपाल need थियो ,, जुन प्रिथिवी ले पुरा गरे,, leadership जसले गर्ने छेमता रखछ ,,उसले नै देस चलाउने हो . तर जसले गरेको भए पनि हुन्त्यो , मल्ल राजा ले,,.नेवार राजा ले,, वा अरु कुनै राजा ले ,,, आफु नसक्ने भए सक्ने को ledership स्वीरकर गर्नु पर्छ, , आफु पनि गर्न नसक्ने ,, अरु ले. गरेको पनि,, नमान्ने ?? आज को नेपाल को राजनीति जस्तो ,,
      तर, जनता लाई तेस्तो दुख चि दिन हुदैन थियो , प्रिथिवी राजा भनौदा ले ,,,

      ,

      Reply
    3. Aayush says:
      January 22, 2013 at 6:17 pm

      सधै पुर्बग्राही सोचाई राखेर हुदैन हो साथी , इतिहास को मुल्यांकन पनि गर्न सिक्नुस किन भने तिनका सन्तति जे जस्तो भएपनि हामी लाई कसैको गुलाम हुन बाट जोगाउने तिनै गोर्खे राजा हुन् | अहिले को ज्ञाने लाई हेरेर पृथिवी नारायण शाह को कद नाप्नु को कुनै अर्थ छैन अर्को कुरा एउटा राजा को सट्टा मा २२ -२४ वटा राजा चाहिएको पनि होइन |

      Reply
    4. Agni Raj says:
      January 22, 2013 at 11:47 pm

      छेत्री बाहुन ८० प्रतिशत जाली फटाह छन् भनेर अन्तर्मनको यात्रा पुस्तकमा जगदीश घिमिरे सरले आत्मा स्वीकृती गरिसकेका छन्| यो कुन नया कुरो हो र? माधव नेपाल, झलनाथ, प्रचण्ड, बैद्ये, गिरिजा, सुशील, र अहिले आएर बाबुरामलाई हेर्नोस र बुझ्नोस, यो स्वत थाहा हुन्छ| जब सम्म छेत्री बाहुनले यो आत्मा स्वीकृतिलाई शिरोपर लिएर अरुको पनि दुख बुझ्दैनन् र आफ्नो मात्र दुनो सोझाउने प्रबृत्ति लाई निरन्तरता दिन चाहन्छन, धरोधरम सत्तॆ कसम नेपालको कहिले बिकाश सम्भव छैन| बिनाश मात्र सम्भव छ|

      Reply
  10. nabin says:
    January 22, 2013 at 10:16 am

    काटो खाई ने बाहुन हरु को राज भए सम्म येस्तै हो .

    Reply
  11. A Shakya says:
    January 22, 2013 at 10:12 am

    मुम्बई मा रहेको Chhatrapati Shivaji Maharaj Vastu संग्रहालय मा पनि काठमाडौँ उपत्यका का नेवार हरु ले बनाएका प्रशस्त कला कृति हरु छन् /
    विकिपीडिया मा पनि बुद्ध को मुर्ति लै दान्सिंग कृष्ण भनेर राखिएको छ/ लिंक: http://en.wikipedia.org/wiki/Prince_of_Wales_Museum

    Reply
  12. raj says:
    January 22, 2013 at 8:25 am

    यी अधिकांस मुर्ति कसले चोरेको भन्ने थाहा नभएको हो र, मान्छे मर्दा त कानुन नलाग्ने ठाउँ मा मुर्ति चोरका के कुरा. बिदेशी ले त फिर्ता पनि देलान तर हामीले राख्न पनि त सक्नु पर्यो .

    Reply
  13. Santosh Dhakal says:
    January 22, 2013 at 7:39 am

    Dont worry, It all gonna comeback one day. That’s stolen property and if Nepalese Government wants, they can file a suit against the holder of such property in US court. All of these stolen idols gonna come back one of these days.

    Reply
  14. सुभाष सिद्धि उदास says:
    January 22, 2013 at 7:32 am

    ~अबका नेताहरुले जन्माउलान र कुनै प्रतिभा !~

    बिदेसिएका होलान यस्ता अनगिन्ती मूर्ति ,
    के होलान र मूर्तिकार यिनको गर्ने पूर्ति //
    नेता भन्दै हिड्नेहरु लाउञ्छ्न बाँदर घुर्की ,
    बिर्सी मर्नु पर्ने माटो , जहाँ खाई हुर्की //

    खप्परमा अब थोरै बुद्धि भए सोच्नू ,
    आफ्नो नालायकिलाई धिक्कारेर घोच्नू /
    आम़ा-बाबु हरुलाई जो गर्न सकेनन ,
    नेपालआम़ा अगाडी प्रायश्चित गर्नू //

    Reply
  15. barsha bhandari says:
    January 22, 2013 at 7:27 am

    कसले हुनु नी ! त्यो बेला अधिराजकुमार ज्ञानेन्द्र र धिरेन्द्र सरकारको बरद बाहुलीबाट भएका हुन् येस्ता महान कार्य ./ के पो राखे र बेच्नलाइ अब देश बाहेक //

    Reply
  16. Nigam, NH USA says:
    January 22, 2013 at 6:21 am

    हो दोष हामि नेपाली जनता कै हो
    अन्याय सहेर बस्ने
    ज्ञानेको जय जय कार गर्ने
    कांग्रेस लाई तिरस्कार न गर्ने
    मदन भण्डारी को नाममा
    राजनीति गर्ने एमालेको भर पर्ने
    १३००० नेपाली जनताको नाम मा
    रगत को होलि खेल्ने माओबादी
    प्रचण्ड / बाबुरामलाई बिस्वास गर्ने
    हो दोष हामि नेपाली जनता कै हो

    Reply
    1. neerose says:
      January 22, 2013 at 6:12 pm

      तेसैले यिनी अमेरिका टाप कस्या जस्तो छ!
      जादा कतै मुर्ति त लग्याथेन, संका गर्नु पर्नेछ गाठे!

      Reply
  17. nawraj adhikari says:
    January 22, 2013 at 5:47 am

    कसले चोर्यो कहिले चोर्यो यो त सबै नेपाली लाइ थाहा भएको कुरा हो / देश मा हैकम जमाउने शासन सत्ता आफ्नो हात मा हुदा ऐस्वर्स्य र ज्ञाने ले सम्पत्तिको नाममा तराई को जंगल भारत लाई कति बेचे अनि तेही बेला अमुल्य मुर्ति बिदेस मा बेच्ने को तेही चोर ज्ञाने हो . साला देशै भरि चोर मात्र छन् कोहि मुर्ति चोर कोहि तराई चोर कोहि सत्ता चोर जसको अलि भर थियो त्यो नि चोर . लाखौ नेपाली विदेश मा ज्यान जोखिम मा राखेर पठाएको पैसा बाट देश को आर्थिक स्थिति चलेको छ .. कति गिरेर ह्यापियेर बिदेस मा जीवन फल्दैछ्म हामी … अब नेपाल को त्यो सिंहदरबार मा निर्मल निवास मा फेरी एउटा कोतापर्ब चाहिएको छ फेरी एउटा जंगे चाहियो//

    Reply
  18. योगेश आदी says:
    January 22, 2013 at 5:31 am

    न्यूयोर्क शहरको मुटुमा अवस्थित “Rubin Museum of Art” मा सजाइएका अधिकांस मुर्ति तथा थान्काहरु नेपालबाट ल्याइएको हो / यसै गरि न्यूयोर्कको नै” Asian Society Museum” मा पनि नेपालको कलाकृति देख्न सकिन्छ /
    कसले चोर्यो, कसले पुर्याए त्यो त दैब जानून; तर नेपालमा अझै पनि संरक्षणको अभाबमा रहेका मुर्ति तथा कलाकृतिहरुको सम्बर्धन गर्न सके मात्र पनि राम्रो !

    Reply
  19. Prem Nepali says:
    January 22, 2013 at 4:46 am

    During Panchayat regime, people used to talk a lot about these idol theft. People also used to talk about the involvements of palace in these kinds of thefts. Himalaya, Bashundhara, Gyanendra, Dhinrendra, and Sharadchandra Shah were the household names involved in these theft, but god knows the reality.

    Reply
  20. dinesh says:
    January 22, 2013 at 4:07 am

    क्यानाडाको क्यालगरी मा रहेको ग्लेनबोव म्युजियममा पनि नेपाली मुर्तीहरु छन् उसले आफै लेखेको छ यी नेपालबात प्राप्त भएका भनेर , यही फोटो राख्न खोजेको भएन या जानिन मैले
    लिंक यहाँ छ
    http://www.glenbow.org/collections/museum/world/asia.cfm

    Reply
  21. karma says:
    January 22, 2013 at 4:05 am

    धन्य अमेरिकामा रहेछ र नेपालको अझै परिचय बचेको रहेछ । नेपालमै रहेको भए नेपालका हिन्दु शासकहरुले उहिलेनै यो इंडियाको भनेर नेपाल सरकारको छाप हाली इंडिया लाई बेची सक्ने थिए । उहिले ज्ञानेले र अहिले माओबादी नामक डाँकाका सरदार प्रचन्डले यसरी नै बुद्धलाई बेचेर खाने धन्दा चलाई रहेका छन् ।

    Reply
    1. Roshan says:
      January 22, 2013 at 10:06 pm

      हो नि हो,के गर्नु बुद्द जन्मेको देशमा हिन्दु शासकले शासन चलाउनुनै सत्तरी प्रतिशत नागरिक र देशको निम्ति दुर्भाग्य हुन् गयो/जता हेरे नि भ्रष्टचार नै भ्रष्टचार,जता हेरे नि बिदेशी दलालहरु कै बिगबिगी,देश नै चोर,डाँका बिदेशी दलालले चलाए पछि देशभक्त राष्ट्र र राष्ट्रियताबादी नागरिकहरुलाई यिनै चोर,डाँका,दलालहरुले अराष्ट्रियबादी देख्छ/ भ्रष्ट नेता र कर्मचारीहरु उनीहरु नै सच्चा इमान्दार हुन्छन/यी कुराहरु नेपाली नागरिक ले नभोगेको नदेखेको भए पो होइन भन्नु/

      Reply
  22. Biren kumar Rijal says:
    January 22, 2013 at 3:15 am

    यो मुर्ति चोर पक्का पनि कुनै नेता अथबा ठुलै दलाल हुनु पर्छ एस्लाई समाएर जेल मा हाल्नु वायेक अरु कुनै बिकल्पै छैन हो मैले देखेको नत्र यस्ता देस बेचहा ले अरु मुर्ति पनि नाबेच्ला भन्नि के बेर कि कसो नेपाली देस भक्त साथी हरु! यो कुन हो एस्लाई समाउन तिर लागौ, जय नेपाल,
    माओबादी, कांग्रेस, एमाले मुर्धाबाद!!!!
    हाम्रो पियारो नेपाल जिन्दाबाद!!!!

    Reply
  23. NP Giri, USA says:
    January 22, 2013 at 12:26 am

    अमुल्य हाम्रो एतिहासिक मुर्ति लाई सरकार र सरकारी निकायले ले निरन्तर रुपमा प्रमाण सहित मुर्ति रहेको संस्था वा राख्ने व्यक्ति बिसेस लाइ यो मुर्ति हाम्रो चोरिएको हो यो हामीलाई फिर्ता चाहिन्छ भनि लागिपरेन फिर्ता हुने हो !!! सकारमा बस्ने दलहरुलाई लाई २४ सै घण्टा कुर्ची बचाउने देखि केहि मतलब छैन ….सरकार बाहिर बस्ने दलहरुलाई लाई २४ घण्टा सरकारमा बस्ने अवसरको खोजि गर्दै समय छैन | कुलंगार नेताहरुको बिग बिगी रहेसम्म खोइ के आशा गर्नु ????

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme