Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को-को हुन् सरकारबाट पैसा पाउने भाग्यमानीहरु ?

Posted on January 31, 2013January 31, 2013 by Salokya

यो आर्थिक वर्षमा सरकारले एक करोड १८ लाख २८ हजार ९ सय ८५ रुपियाँ बाँडेको छ। पुस महिनासम्ममा ५१ जना भाग्यमानीले सरकारी ढुकुटीबाट पैसा पाएका हुन्। अधिकांश रकम सचिवस्तरीय निर्णयबाट बाँडिएका हुन्। आर्थिक सहायता, क्षतिपूर्ति, औषधि उपचार, क्षतिपूर्ति जस्ता नाममा यी रकम बाँडिएका हुन्। क-कसले कति रकम पाएका छन् त ? आउनुस् हेरौँ विवरण-

सामान्यतया यस्तो रकम पाउन दलका कार्यकर्ता हुन जरुरी हुन्छ। सत्तारुढ दलका कार्यकर्ता भयो भने झन् सजिलो। पार्टीको माध्यमबाट मन्त्रालयसम्म पुगी यस्तो आर्थिक सहायता रकम निकासा हुने गर्छ। क्षतिपूर्ति जस्ता रकम चाहिँ आन्दोलनको बलले पनि पाइने गरेको छ।

गृह मन्त्रालयबाट कसलाई कति रकम दिइयो र कुन शीर्षकमा दिइयो भन्ने विवरण प्राप्त भए पनि उनीहरु को हुन् भन्ने त्यसमा खुलाइएको छैन। तपाईँहरुले नै चिन्नुभएको भए तल कमेन्टमा भनिदिनुस् है।

(ठूलो पारी हेर्न फोटोमा क्लिक गर्दा हुन्छ)

*सूचीको अन्तिममा रहेको नाम एयरपोर्टमा पैसा र इज्जत लुटिएकी भनी सीता राईको छद्म नाममा मिडियामा आएको नाम हो। सूचीमा वास्तविक नाम भएकोले मेटिएको हो।
** सूचीको सुरुमा रहेको हिरा, निरा, निरन्जन र शान्ति पुन कालिमाटी तरकारी बजारमा भएको आगलागीमा जलेर निधन भएकाहरु हुन्।
***इजहार पमरिया प्रहरीको कुटाइले मृत्यु भएको हो।

20 thoughts on “को-को हुन् सरकारबाट पैसा पाउने भाग्यमानीहरु ?”

  1. Bijaya says:
    February 4, 2013 at 9:59 am

    सरकार चलाएर बसेपछि बेला बखत हेरी आर्थिक सहयोग गर्नु आबस्यक हुन्छ होला| त्यसैले बिरोधको लागि बिरोध गर्नु भन्दा कतै दुरुपयोग भएको छ भने त्यसलाई मात्र खोतल्नु राम्रो हुन्छ|

    Reply
  2. raj says:
    February 2, 2013 at 12:20 pm

    रास्ट्रको ढुकुटी लाइ आफ्नो खल्तीको सम्झेर खर्च गर्ने दुस्टलाइ के भन्नु.

    Reply
  3. शान्तिप्रेमी says:
    February 1, 2013 at 11:08 pm

    रकम दुरूपयोग बारे सम्प्रेषण हुनु अति राम्रो हो । तर माथिको शिर्षक “को को हुन् सरकारबाट पैसा पाउने भाग्यमानीहरू” अलि आपत्तिजनक भएन र ? माथिको शीर्षकमा भएका अधिकांश भाग्यमानी होलान् तर क्षतिपूर्ति पाएका इज्जत लुटिएकी सीता राइ, कालिमाटिमा मरेका हिरा,नीरा, निरञ्जन, शान्ति अनि पुलिस कुटाइमा मरेका इजहारहरू त पक्कै पनि भाग्यमानी होइनन् नि ! माइसन्चारले शिर्षक सच्याउने हो कि !

    Reply
  4. कमल थापा (साउदी अरब) says:
    February 1, 2013 at 10:09 pm

    ढुकुटीको अन्न, भोको पेट भर्नका लागि नै हो/ तर तर तर !!!!!! भोको पेटमा लात मार्दै, हातमा पावर हुनेहरुले नै लिनु भएन/ कसले पायो होइन, उसले किन पायो? हामीले पाइएन, आज सम्म चहिएन पनि,सरकारबाट पैसा पाउने भाग्यमानीहरु, भित्र पर्नु र कम्जोर हुनु भन्दा बाहिर हुनुको मज्जा नै अर्को/

    Reply
  5. Mohan Subba says:
    February 1, 2013 at 12:55 pm

    सरकारी ढिकुटी बाट नेपाली दाजु भाइले पाएको अनुदान प्रति किन डाहा गर्नु?हामी नेपाली ले नेपालको सम्पति नखाए के विदेशीलाई बाड्नु ?बरु हामी पनि अनुदान माग्नु जाउन ..हाम्रो पो नाम छुटे जस्तो लाग्यो माथिको नामावलीमा !!!!!

    Reply
  6. abhandari says:
    February 1, 2013 at 10:18 am

    सि. नंबर ५१ चै किन धमिलो ? आफन्त पर्यो कि के हो ?

    Reply
    1. Salokya says:
      February 1, 2013 at 12:10 pm

      लेखेको कुरा नपढी कमेन्ट हान्दिन कति हतार हजुर ? माथि एकचोटी फेरि हेर्नुस् त के लेखिएको छ, किन धमिलो गरिएको हो ठ्याक्कै पत्ता लाउनु हुनेछ।

      Reply
    2. puru says:
      February 2, 2013 at 2:28 am

      माथि पढ्ने पनि कि कमेन्ट मात्र गर्ने साथि ???

      Reply
  7. Sisir says:
    February 1, 2013 at 10:17 am

    अनि हाम्रा सर्बहारा कमरेड श्री नारायण काजी श्रेष्ठले गर्दनको उपचार गर्न सरकारी खर्चमा ऐर यम्बुलेंस सहित जापानमा गएर महिना दिन गरेको २ करोड भन्दा ज्यादाको उपचार खर्च विवरण त छुटे जस्तो छ नि … धन्य हाम्रा मुक्तिदाताहरु .. होइन हाम्रा नेता हरुलाई कस्तो रोग लाग्छ जुन नेपालमा उपचार नै सम्भव नहुने .. दिल्ली उपचार त सामान्य नै हो ..

    Reply
  8. बि टि मल्ल says:
    February 1, 2013 at 10:03 am

    तेसका बाउ !!!! बढ्नु सम्म बाडे छन् नि ! मर्का परेका लाई त ठिकै हो ! हज वालालाई दिए को भने चित्त बुझेन !!!

    Reply
  9. Ram Thapa Magar says:
    February 1, 2013 at 2:02 am

    लूटौ कामरेड हो लूटौ,यो भन्दा उत्तम समय फेरि आउला नआउला नया नेपालको स्वाद त चाख्ने प-यो नी/ तर सचिब ज्युहरु,होस् गर धेरै राजनैतिक चाकडीमा लागेउ भने सुडान काण्डमा नेता भरि बचे पुलिस भरि जेल गए /त्यस्तै होला /

    Reply
  10. सन्तोष संकल्प 'पान्थरे' says:
    February 1, 2013 at 12:29 am

    शिवरात्री को लागि भनेर नेपाल सरकारले ५० लाख अनुदान दिन्छ , त्यसै पनि पशुपति अरबौ पैसा को मालिक .. त्यो पैसा त लुट्यो लुट्यो अझै ५० लाख सरकारी अनुदान मा शिवरात्रि को लागि दिन्छ , त्यो रकम को हिसाब त यहाँ देखिएन त ????

    Reply
  11. kedar says:
    January 31, 2013 at 9:42 pm

    धर्म निरपेक्ष रास्ट्रमा कुनै एक धर्मको धार्मिक यात्राको लागि पैसा दिन बन्द गरिनु पर्छ कि सबैलाई दिनु पर्छ /

    Reply
    1. Kul Birk says:
      February 1, 2013 at 12:21 am

      See no 2 and no 5 in the list. Your question is answered there.

      Reply
  12. aashish says:
    January 31, 2013 at 9:04 pm

    हैन ‘हज यात्रा’ मा चाही नेपाल भरि को सबै मुस्लिम साथी हरु लाई लागिएको थियो कि के हो ?????? ७० लाख रे हो !!! बाबा

    Reply
    1. सन्तोष संकल्प 'पान्थरे' says:
      February 1, 2013 at 12:26 am

      होइन तपाई किन तर्सिनु भएको ??? अब जाबो ७० लाख त कति नै हुन्छ र ??? मन्त्रीलाई २५ लाख , सचिवलाई १० लाख , सहसचिब, उपसचिव, शाखा अधिकृत सबैलाई भाग लगाउदा लगाउदा बचेको १० लाख त पाउने हो तिनीहरुले बिचराहरु ….

      Reply
  13. K.B. Garanja says:
    January 31, 2013 at 7:13 pm

    एक्दमै पिडित, असहाय, गरिब दुखि व्यक्तिहरुलाई सरकारले आपतकालीन अवस्थामा सहयोग गर्नु त सरकारको कर्तब्य नै हो तर हुने खानेले पनि पहुँच र भनसुनमा त्यसरी राज्यको रकम लिने काम भयो भने त् यसरि रकम बाण्नु भनेको राज्यको ढुकुटी को दुरुपयोग गर्नु भएन र येस्मा चाँही ध्यान पुर्याउने हो की ?

    Reply
  14. Max Thapa says:
    January 31, 2013 at 7:07 pm

    औषधि उपचारको लागि ४०५०.०० मात्र दिएको छ अनि हज को नाममा घुम्न जाने लाई ७०,०००००.०० दिएको छ | के यहि हो त सर्बहारा जनताको सरकारले गर्ने काम??? कसलाई के भन्ने ???

    Reply
    1. raj says:
      January 31, 2013 at 10:46 pm

      थापा जी यो कुरा भन्ने होइन सुन्ने मात्र हो / थाहा पाउनु भो त्यो पनि ठुलो कुरा हो /

      Reply
    2. balaraam says:
      January 31, 2013 at 10:52 pm

      पैसा नदिए भोट कसरि आउछ त म्याक्स जी ? १३ लाख मुसलमान को भोट आफूतिर तान्नु परेन ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme