समानुपातिक उम्मेदवारका नमूनाः सर्वोच्चले हत्यारा ठहर गरेका ढुंगेल, नागरिकता विवादमा परेका लामा, भुवन केसी, शम्भु थापा, टिके सभासद् बन्दिनँ भन्दै हिँडेका खनाल दोस्रो संविधान सभा निर्वाचनका लागि एक सयभन्दा बढी दलहरुले समानुपातिक उम्मेदवारहरुको सूचि बुझाएका छन्। दलहरुले बढीमा ३३५ जना उम्मेदवारको सूचि बुझाउँछन्। तर ती सबै समानुपातिकबाट सभासद् बन्न पाउँदैनन्। सूचिमा रहेको क्रम अनुसार दलले… Continue reading
Author: Salokya
एनआरएनको नेतृत्व शेष घलेलाई
स्थापनाको एक दशकपछि यसैपालि नेपालमा विधिवत् दर्ता भएको गैर आवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व शेष घलेको हातमा आएको छ। स्थापना कालदेखि नै सर्वसम्मतिबाट हुँदै आएको नेतृत्व चयन यसपटक भने चुनावी प्रक्रियामा गएको थियो। सुरुमा अध्यक्ष पदका पाँच आकांक्षी भए पनि रामप्रताप थापा, हितमान गुरुङ र रामेश्वर शाहले नाम फिर्ता लिएपछि तेन्जी शेर्पा र शेष… Continue reading
भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत
वर्क भिसा मिलाइदिन्छु भनी नेपाली विद्यार्थीहरुबाट हजारौँ डलर कुम्ल्याउने तर भिसा मिलाइदिन नसकेपछि सम्झौतास्वरुप रकम फिर्ता नदिने मात्र हैन, ज्यान मार्ने धम्कीसमेत दिएको खुलासा भएको छ। अस्ट्रेलियाको एबिसी टेलिभिजनमा सोमबार प्रसारण भएको लेटलाइन कार्यक्रममा दुई नेपाली छात्रा छवि भुसाल लामिछाने र शिव निरौलाले आफूहरु ठगिएको बताए। त्यस्तै एक नेपाली छात्रले आफूलाई ज्यान मार्ने धम्की आएको… Continue reading
पायलिनले बनाएको खल्लो दशैँ, बाढीको खतरा?
शनिबार राति करिब नौ बजे पायलिन चक्रवातले भारतको उडिसास्थित तटीय क्षेत्रमा प्रहार गर्यो। एकदम खतरनाक आँधी थियो त्यो। तर, पूर्व तयारीका कारण क्षति व्यापक हुन पाएन। पायलिनकै प्रभावले नेपालका पूर्व र मध्य क्षेत्रमा आइतबार साँझदेखि पानी पर्न थाल्यो। झन् दशैँको महत्त्वपूर्ण दिनमा त बिहानैदेखि पानी परेको पर्यै। टीका लगाउन आफन्तकहाँ जानु पर्नेहरुलाई साह्रै पिरल्यो यसले।… Continue reading
विजया दशमीको शुभकामना! कसरी मनाउनु भयो?
भारतको तटीय क्षेत्रमा आएको चक्रवातको प्रभावले हिजैदेखि नेपालका अधिकांश भागमा पर्न थालेको पानीका बीच यस पटक हिले दशैँ मनाइँदैछ। दशैँको सबैभन्दा महत्त्वपूर्ण दिन विजया दशमी सोमबार मान्यजनबाट टीका र आशिषसहित मनाइँदैछ। पानीले बाधा पुर्याए पनि रोक्न सक्ने कुरा पक्कै हैन यो। तपाईँले चाहिँ आफू बसेको ठाउँमा कसरी दशैँ मनाउनु भयो ? आफ्नो अनुभव तल कमेन्टमा… Continue reading
१५ लाख बाहिरिँदा पनि काठमाडौँ यस्तो
यो वर्ष दशैँका लागि काठमाडौँको सडक मार्गबाट मात्रै १५ लाख बाहिरिने अनुमान छ। हिजो महाअष्टमिको दिनसम्म १३ लाख ५५ हजारभन्दा बढीले राजधानी छाडिसकेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। काठमाडौँ उपत्यका बाहिरिँदा ट्राफिक प्रहरीले गाडी नम्बर र यात्रु संख्या दर्ता गर्ने गर्छ। त्यसैबाट यस्तो तथ्याङ्क आएको हो। तर १५ लाख बाहिरिँदा पनि काठमाडौँका मुख्य स्थान पहिले जस्तो… Continue reading
ठूलाठालुहरुलाई फोकटमा मासु
योगेश्वर अमात्यले गीतै गाएका छन्- दशैँ नै हो कि यो मेरो दशा…! त्यही गीतमा छोरो भन्छ- बा, यसपालि घोर्ले खसी ल्याउनु पर्छ ल। बाउले जवाफ दिन्छ- खालास बजिया घोर्ले खसी, पैसा न सैसा टिकी ट्याँसट्याँस! औसत नेपालीको वास्तविकता हो यो। कतिले त रहर पुर्याउन ऋणै गर्दा रहेछन्। सानातिना नागरिकहरुको यो गति भए पनि देशका उच्च… Continue reading
कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन
कतारमा कार्यरत नेपाली आप्रवासी कामदारलाई दास सरह व्यवहार गरिएकोबारे बेलायती अखबार गार्डियनले खोजमूलक समाचार छापेपछि उत्पन्न तरङ अझै कम भएको छैन। यसले कतारको एनआरएन र अरु देशका एनआरएनबीच मतभेद पनि चुलिएको छ। गुगल र याहू ग्रुपमा विभिन्न देशका राष्ट्रिय संयोजन समितिका सदस्यहरु (एनसिसी) बीच भएका इमेल कुराकानीमा कतारको एनसिसी र सल्लाहकारहरुले लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन… Continue reading
अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम
The American people are sick and tired of the corruption that is destroying America! We therefore declare a GENERAL STRIKE on the weekend of October 11-13, 2013! Truck drivers will not haul freight! Americans can strike in solidarity with truck drivers! विपक्षी रिपब्लिकन र सत्तापक्षीय डेमोक्रेटहरुको राजनीतिक खिचातानी र मेरो गोरुको बाह्रै टकाबीच अमेरिका सरकार… Continue reading
एक्लो छैन माइसंसार, साथ दिन उठे ७७ हात
अपडेट (अक्टोबर १२): ‘जतिबेला पत्रकारिता अखबारका रुपमा सुरु भयो, त्यतिबेलादेखि नै यो स्थापित शक्तिहरुको शत्रु, वैरी बन्यो’, आरआर कलेजमा पत्रकारिता पढ्दा हाम्रो एउटा रातो किताब हुने गर्थ्यो- डेनिस मक्वेलको मास कम्युनिकेसन थ्यौरी। मक्वेलले यसमा ज्यादै सरल भाषामा पत्रकारिताका सिद्धान्त र व्यवहारलाई बुझाउँदै लेखेका छन्, ‘त्यसैले पत्रकारिताको इतिहास छापाखाना सञ्चालक, सम्पादक र पत्रकारहरुविरुद्ध हिंसाबाट सुरु हुन्छ।… Continue reading
नालायक निर्वाचन आयोग !
आउँदो मंसिर ४ गते देशमा दोस्रो पटक संविधान सभाको निर्वाचन हुँदैछ। मतदानको दिन अब ३९ दिन मात्रै बाँकी छ। तर अहिलेसम्म देशभर कुन क्षेत्रमा को-को उम्मेदवार छन् र उनीहरुको निर्वाचन चिह्न के हो भन्ने बारे ज्ञान पनि मतदाताहरुलाई छैन। निर्वाचन आयोग त यति नालायक साबित भएको छ कि आफैले घोषणा गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन… Continue reading
खुमबहादुर दाइ, जिन्दावाद !
१११ किलोको माला। पञ्चे बाजा। नाचगान। अनि खुमबहादुर दाइ जिन्दावादको नारा। राजधानीमा आज एउटा उत्सव मनाइयो। भ्रष्टाचारी जेल गएर फर्केको महान अवसरमा। गाडीमा राखेर नगर परिक्रमा गराइयो सजाय काटेर फर्किएका भ्रष्टाचारीलाई। सयौँ सहभागी भए उनको शोभायात्रामा, नाचगान चल्यो, नाराबाजी भयो। देखाइदिए खुमबहादुरले आफ्नो तागत।
संविधान सभा (भाग-२)
पहिलो हुने निर्वाचित हुने संविधान सभा भाग २ निर्वाचन केही तथ्याङ्क।
बन्दले अमेरिकामा बिजोग
अपडेटः विकेन्डको विदामा विरलै बस्ने प्रतिनिधि सभाको शनिबारको बैठकले एकमतले विधेयक पास गरेको छ, जसले आठ लाख सरकारी कर्मचारीलाई जति दिन बन्द भए पनि तलब दिने ग्यारेन्टी गर्नेछ। सन् २०११ मा नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दैगर्दा तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले फेसबुकमा सार्वजनिक रुपमा आलोचना गरे। बन्द गर्नेहरुलाई भिसा नदिने कुरा पनि… Continue reading
कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन
“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” “We also stress that all Nepali workers are safe and fully respected” -Mohammad Ramadan कतारमा रहेका सबै नेपालीको सुरक्षा र सम्मानको ग्यारेन्टी लिने यी बन्धुलाई बेलायती समाचार एजेन्सीले employed by the Nepali government as a legal advisor अर्थात् नेपाल सरकारले कानुनी… Continue reading
कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ?
विश्वव्यापी प्रभाव रहेको बेलायती पत्रिका गार्डियनले ‘आधुनिक दासता’ सम्बन्धी समाचार सामाग्री शृङ्खला तयार पार्ने क्रममा अहिले कतारमा नेपाली आप्रवासी कामदारहरुले पाइरहेको दुःख खुलासा गरिरहेको छ। युएनमा सम्म यो कुरा उठेको छ। गार्डियनले ती सत्य उजागर गर्नुअघि पनि नेपाली छापामा यस्ता दुःख आएकै थिए। तर यसले अहिले जस्तो विश्वव्यापी प्रभाव पार्न सक्दैन थियो। अहिले कतारलाई विश्वकप… Continue reading
सुदर्शन भन्छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन
अमेरिकाको ‘फ्याउरे खबर’ च्यानलले अपाङ्ग अधिकारकर्मी सुदर्शन सुवेदीलगायतलाई उडाएर बनाएको कार्यक्रमपछि विश्वभरका नेपालीहरु बहस गर्दैछन्। उनी आफै भने यसमा के भन्छन् त ? बिहीबार राति उनले फेसबुकमा लेखेका छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। म अंग्रेजी बोल्ने सीपभन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु। ‘फ्याउरे… Continue reading
आत्मसमर्पण ?
“गलत रिपोर्टहरुमा उल्लेख गरिएका सबै कुरालाई हामी अस्वीकार गर्छौँ। हामी यस्तो छाप्नेहरुलाई आफ्ना अनुचित लक्ष्य र अजेन्डाका हासिल गर्न नेपाली कामदारको उपयोग नगर्न आग्रह गर्छौँ।” “हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।” माथिका दुई भनाई बेलायतको गार्डियन पत्रिकाले छापेको कतारमा नेपाली कामदारलाई दाससरह व्यवहार गरिएको खोजमूलक समाचारबारे नेपाल… Continue reading
गिज्याउने हो? ल गिज्याउनुस् तर वास्तविकता पनि बुझ्नुस्
अमेरिकाको फ्याउरे खबर (Fox News) को जसलाई पनि उडाउने कार्यक्रममा एक जना नेपाली पनि परेछन्। Fox News का Jesse Watters ले पाए तपाईँलाई पनि उडाउँथे। हामी चैँ के विधि सिरियस भा’का। सरकारदेखि लिएर सरकारी कर्मचारीसम्मलाई गाली गर्दैछौँ। सुदर्शन सुवेदी कुनै सरकारी कर्मचारी थिएनन्, डिप्लोम्याट थिएनन्। सरकारी पैसामा घुम्न गएका पनि थिएनन्। उनी राष्ट्रिय अपाङ्ग महासंघ… Continue reading
ड्यास माओवादीको कोठामा के देखियो गाँठे !
उहाँलाई चिन्नुहुन्छ ? धेरैले चिनेकै हुनुपर्छ। नचिन्नेले पनि ध्यान दिएर याद गरिराख्नुस् यिनी ड्यास माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन्। एमाओवादी फुटेपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा-माओवादी बनेको थियो। अर्को खेमाले त्यसलाई उडाउन नाममा रहेको ड्यासलाई जोडेर ड्यास माओवादी भन्न थालेका हुन्। ड्यासहरु पनि के कम, अर्को पक्षलाई क्यास माओवादी भन्न थाले। यो त… Continue reading