Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम

Posted on October 12, 2013October 12, 2013 by Salokya

shutdown The American people are sick and tired of the corruption that is destroying America! We therefore declare a GENERAL STRIKE on the weekend of October 11-13, 2013! Truck drivers will not haul freight! Americans can strike in solidarity with truck drivers!

विपक्षी रिपब्लिकन र सत्तापक्षीय डेमोक्रेटहरुको राजनीतिक खिचातानी र मेरो गोरुको बाह्रै टकाबीच अमेरिका सरकार बन्द १२ औँ दिनसम्म लम्बिरहँदा १ लाख ९० हजारभन्दा बढी लाइक भएको फेसबुक पेज ट्रकर्स राइड फर कन्स्टिच्युसनले तीन दिने आम हड्तालको घोषणा यसरी गरेको हो। पूरै अमेरिकामा आम हड्ताल त गर्‍यागर्‍यै हो तर खासमा योजना भने राजधानी वासिङटन डिसीमा ट्रक ड्राइभरहरुले तीन दिन चक्काजाम गर्ने थियो। सरकार बन्दबाट पीडित भएका ट्रक ड्राइभरहरुले वासिङटनको मुख्य सडकमा ट्रक तेर्स्याएर चक्काजाम गर्ने योजना बनाएका हुन्। उनीहरुको माग पनि कडा छ।
Truckerssupport3
फक्सन्युजसित कुरा गर्दै कार्यक्रम आयोजकका प्रवक्ता पिटर सान्टिल्लीले मंगलबार भनेका थिए, “हाम्रा माग जस्ताको तस्तै पूरा हुनुपर्छ। राष्ट्रपति ओबामालाई अमेरिकाविरुद्ध अपराध गरेकोले कार्यालयबाट हटाइनु पर्छ र सबै अस‌ंवैधानिक कार्यकारी आदेशहरुलाई बदर गर्नुपर्छ। यसलाई कानुनी रुपमा कसरी पूरा गर्न सकिन्छ त्यो कानुन र संविधानविद्‌हरुले निर्णय गर्ने कुरा हो।”

मान्छे यतिविधि यसै रिसाउँदैन। वासिङटन पोस्टले अहिलेको सरकार बन्दबाट पीडित केही ट्रकधनीहरुको पीडा छापेको छ।

लेथ मन्सुरको आम्दानी ६५ प्रतिशतले घटेछ। १२ जना कर्मचारीलाई कसरी पाल्ने? गएको सोमबारसम्म बन्द नहटे आफ्ना ट्रकहरु नचलाउने उनले बताएका थिए। अर्का ट्रक सञ्चालक जोश साल्टजम्यानको व्यापार ५० प्रतिशतले घटेको छ। उनले पनि ट्रक नचलाउने निर्णय गरिसकेका छन्। खासमा यी खानेकुरा बोक्ने ट्रकहरु हुन्। सरकारी कर्मचारीहरु सरकार बन्दका क्रममा घरैमा बस्न बाध्य भएकाले र उनीहरुले तलब पनि नपाएकाले खर्च गर्ने क्षमता कम भएकाले यी ट्रकको व्यापार प्रभावित हुन पुगेको हो। ट्रक मालिकहरु घाटामा गएपछि ट्रक चालकसहित कर्मचारीहरु पाल्ने कुरा भएन, उनीहरु पनि बेरोजगार।

आफ्नो रोजिरोटी नै खोसिने अनि गरी खान नदिएपछि के चुप बस्थे त उनीहरु? हिँडे चक्काजाम गर्न। ३ हजारभन्दा बढी ट्रकर्स अनि पैदलै थप हजारौँले शुक्रबारदेखि वासिङटन डिसीमा चक्काजाम गर्ने कार्यक्रमका साथ। अमेरिकी अर्थतन्त्रका मेरुदण्ड मानिने ट्रक ड्राइभरहरुको यो अभियानमा अब अरुले पनि चासो देखाउन थालेका छन्। अब अति भयो, सरकारले जनताको दुःख बुझेन, देश बचाउनु पर्‍यो जस्ता कुरा सुनिन थालेका छन्।

प्याट्रिक हेन्निङसेनले आरटी डट कममा लेखेका छन्, ‘धेरै प्रचार भएको तर खासै उपलब्धि नभएको अकुपाइ मुभमेन्टभन्दा यो फरक छ। ट्रकरहरुसँग संवैधानिक मागका विस्तृत बुँदाहरु छन्।’

अकुपाइ आन्दोलन जस्तै यो अकालमै मर्ने हो कि यसले चर्को रुप लिने हो, समयले देखाउनेछ।

आन्दोलनमा सेन्सरसिप
ट्रकरहरुको आन्दोलनलाई निस्तेज गर्ने प्रयासहरु पनि नभएका हैनन्। ट्रकरहरुको अभियानको प्रचार व्यापक हुन थालेपछि राइड फर कन्स्टिच्युसनका आयोजकहरुका व्यक्तिगत पेजहरुका पुराना फेसबुक पोस्ट र लाइकहरु खोजेर उनीहरुको बदनाम गराउने अभियान सुरु भएको छ। सेन्सरसिपको तरवार पनि उनीहरुको घाँटीमा झुण्डियो। राइड फर कन्स्टिच्युसनको फेसबुक पेज ८६ हजार लाइक पाइसकेपछि बन्द गरियो। यसको ट्विटर अकाउन्ट पनि फेसबुक पेज जस्तै छ दिनपछि नै बन्द गरियो। दुवै सोसल नेटवर्कका अकाउन्ट बन्द गर्ने काम अज्ञात व्यक्तिको उजुरीको आधारमा गरिएको बताइयो। आयोजकले यो विरुद्ध कानुनी लडाइँसमेत गर्ने बताएको छ।

आन्दोलनको भिडियो-

truckers-3
अन्यौलको आन्दोलन
खासमा युएस न्युज एन्ड वर्ल्ड रिपोर्टमा ट्रकरका साह्रै चर्का कुरा – शपथ भङ्ग गर्नेलाई पुलिसले पक्रनु पर्ने, नभए ट्रकरहरुले पक्रने- आएपछि यो खबर सबतिर फैलिएको हो। कति दिन त अन्यौलै रह्यो। वासिङटन पोस्टले ८ अक्टोबरमा यसलाई हल्लामात्रै भएको खबर छाप्यो। दुई दिनपछि उसैले यो हल्ला हैन भनेर छाप्यो। इन्टरनेसन बिजनेस टाइम्स पनि त्यस्तै अन्यौलमा रह्यो। आन्दोलनकै दिन बल्ल थाहा भयो, हल्लामात्रै पनि हैन रहेछ, हल्ला गरे जस्तै पनि हैन रहेछ। सयौँ हैन, केही दर्जन भने आन्दोलन गर्न आए। एनबिसी वासिङटन, सिबिएस सिक्सले साँच्चिकै केही दर्जन आन्दोलनकारी आएको रिपोर्टिङ गरे। पहिलो दिनको कमजोर उपस्थितिका बावजुद बाँकी दुई दिनमा उनीहरुको उपस्थिति कस्तो हुनेछ, हेर्न बाँकी छ।

Yesterday in DC…don't let the media fool you….#T2SDA pic.twitter.com/6d4Lq17Jdl

— Beth (@betbell3) October 12, 2013

ट्विटरमा आन्दोलन
ट्विटरमा #T2SDA ह्यासट्यागमा आन्दोलनको धुँवाधार प्रचार भइरहेको छ। हेरौँ ट्विटहरु-
Tweets about “#T2SDA”

12 thoughts on “अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम”

  1. sanjeeb yadav(USA) says:
    October 17, 2013 at 4:49 pm

    Now its good news for all or us. This problem is been solved now

    Reply
  2. sanjeeb Yadav(USA) says:
    October 13, 2013 at 7:12 pm

    I would like to request political leaders in United state of America then about America and Americans.No more Poltics like this in fevour of America.Message due to this go in whole world will destroy America Image in whole world.So I request all think seriously about this and take good decision which is fevour American People.

    Reply
  3. sanjeeb Yadav(USA) says:
    October 13, 2013 at 7:05 pm

    Its very sad news for America and Americans.I get depressed when came to know about this news.All Americans should once visit Nepal

    Reply
  4. Narayan says:
    October 12, 2013 at 11:26 pm

    लाज लग्यो मलाई त …. हिजो नेपाल हालत देखेर कराउने अम्रिकन हरु चै क भन्छन होला अब 🙂

    Reply
  5. Rajan Upriti says:
    October 12, 2013 at 7:07 pm

    रिपब्लिकनले ओबामाको रिसले अमेरीकालाई ध्वस्त बनाउने भए | ओबामाको इर्श्याबाट जलेका “चिया-भोज टोली” ले ओबामाले नाम कमाउलान कि भन्ने त्रासले उनले गर्न खोजेको Universal Health Care जस्तो हितकारी काममा पनि भाँजो हाल्न खोजेका छन् | आशा गरौँ अर्को चुनाबमा यी चियाधारीहरुको सफाया हुन्छ भनेर |

    Reply
    1. jeevan verma says:
      October 12, 2013 at 9:52 pm

      यसको बिरोध गर्ने यता ” नेपाली कांग्रेस ” हुनु प् पर्छ या त रिपुब्लिकन ?

      Reply
    2. Saagar says:
      October 14, 2013 at 7:04 pm

      Universal Healthcare Act AKA Obamacare ओबामा र ओबामाको मेडियाले भनेको जस्तो राम्रो छैन र हाम्रो मित्र ले भनेको जस्तो हितकारी पक्का पनि छैन | त्यस्तो राम्रो र हितकारी हुदो हो त Republican पार्टी ले यति धेरै बिरोध गर्दैन थ्यो | Republican ले अब २०१४ मा हुने Senate र Congress को चुनाबको लागि यो मुद्धा बनाउ जसले त्यसमा जित्छ त्यहि नै गरौला भन्दा Obama र Obama को Democratic पार्टी लै चुनाब मा जित्ने कुनै आस छैन त्यसैले Government Shutdown गर्दै बसी राछ | Obama American इतिहासकै सबैभन्दा खत्तम प्रेसिडेन्ट भएर निस्किदै छ | Tea Party र Republican ले जे गर्दै छन् American को लागि राम्रो गर्दै छन् |

      Reply
      1. Rajan Upriti says:
        October 15, 2013 at 4:16 am

        हीतकारी छ कि छैन त लागु भए पछि पो थाहा हुन्छ | अहीले त;
        १. ठुलो रोग लागेको ले insurance ले तिरस्कार गर्न नपाउनु |
        २. २६ बर्षको उमेर सम्म बा-आमाको insurance मा बस्न पाउनु |
        ३. Insurance कम्पनीले ८०% सम्म आम्दानि स्वास्थोपचार मा खर्च गरेको हुनुपर्ने, प्रयोग नभएको पैसा फिर्ता गरिनु पर्ने |
        जे होस् मैले पनि healthcare.gov को Marketplace मा खुल्ला प्रतिस्पर्धा बाट insurance किनें |
        अहीले भइ रहेको अमेरीकाको चियाबादीहरुको हड्ताल चाहिं गैर जिम्मेबार, अप्रजातान्त्रिक अभ्यास हो | प्रजातान्त्रिक तवरले आफ्नो कुरा माथि नपरे पछी अप्रजातान्त्रिक तरीकाले कुरा उपर गर्ने प्रयास हो, जसलाई रीपब्लिकनको नै पूर्ण समर्थन छैन | यदि clean budget प्रस्ताब गर्ने हो भने तुरुन्त पास हुन्छ, तर रिपब्लिकनले हाउसमा त्यस्तो बजेट ल्याउने दिएका छैनन् |
        विदेश बाट आउनेहरु त उदारवादी र प्रगतिशील हुन्छन, Democrat लाइ समर्थन गर्छन, तपाइँ उल्टो पर्नु भएछ | शायद तपाइँ अमेरीकाको कुनै पिछडिएको गाउँमा बस्नुहुन्छ र कसैले तपाइको Brainwash गर्यो |

        Reply
        1. Saagar says:
          October 15, 2013 at 7:34 pm

          कुरो के हो भने नि मित्र Democrat को media धेरै छ अमेरिकामा अनि यो democratic Media ले Democratic पार्टी विदेश बाट आउने मान्छे हरु को लागि यस्तो राम्रो उस्तो राम्रो भन्छ र सबै जना त्यस्तै हो कि भन्ने सोच्छौ हामी पनि तर हामी हरु जस्तो family Value भएको बिदेशी हरुको लागि ठिक पार्टी भनेको Republican Conservative पार्टी नै हो | अनि बिदेशी हरु लै राम्रो हुने खाले हरेक policy Republican कै पालामा मात्र भाको छ | Democrat हरु खाली बोल्चन बिदेशी को लागि गर्न चै केहि नि गर्दैनन् |

          President , Commander In Chief त्यहि माथि अमेरिका को, त्यस्तो ठुलो पद मा बसेको मान्छे ले ३-४ वर्ष को बच्चा जस्तो cherry नभए केहि खान्न जस्तो कुरो गर्न आली सुहौदैना | Obamacare १ वर्ष लै defund गर्ने र चुनाब मा जसले जित्छ २०१४ मा त्यहि गर्नु सबै भन्दा राम्रो हो |

          यो Obamacare को काम भनेको पैसा भाधौने मात्र हो Insurance को | आनी Insurance कम्पनी पनि त पैसा कमाउन खोलेको हो| रिस्क फच्तोर धेरै भाको लै इन्सुरंस नदिनु ठिकै हो इन्सुरंस कम्पनी ले | अमेरिका आहिले को जस्तो condition मा आएको सबै Corporate Policy ले गर्दा हो र यहाको Market Policy ले गर्दा नै हो र Government ले जति थोरै हात हाल्यो यसमा त्यति राम्रो हुन्छ | ओबामा ले यो यस्तो Obamacare को पछाडी नलागी बरु Healtcare cost कसरि घटाउने त्यता तिर लाग्दा ठिक हुन्छ | एउटा सानो पिलो आयो र त्यो फोड्नु पर्यो भने $५०,००० को बिल आउछ | बरु त्यसको पैसा घटाउनु पर्यो र र ३००-४०० बनाउनु पर्यो | यस्तो बेकार को Obamacare को लागि Government Shutdown अलि शुहौदैना |

          Reply
  6. Kshitij K.C. says:
    October 12, 2013 at 6:58 pm

    अमेरिकनहरुले नेपालीबाट यो एउटा कुरा चै सिकेछन् नेपालीहरु ले नेपाल बन्द छोडी रहेका छन् उनि हरु गर्दै छन् – अब नेपाल अमेरिका हुने भो अमेरिका नेपाल हुने भो जस्तो छ विचार र संकृतिमा

    Reply
  7. कमल says:
    October 12, 2013 at 6:46 pm

    अब यिनी हरु लाइ नेपाल ल्याउनु पर्यो

    Reply
    1. jeevan verma says:
      October 12, 2013 at 9:54 pm

      त्यसो होइन हड्ताल मा साहयोग गर्ने बैद्य बा क केहि छाउराहरु लाई अमेरिका लानु पर्ला

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme