Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुदर्शन भन्छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

sudarshan
अमेरिकाको ‘फ्याउरे खबर’ च्यानलले अपाङ्ग अधिकारकर्मी सुदर्शन सुवेदीलगायतलाई उडाएर बनाएको कार्यक्रमपछि विश्वभरका नेपालीहरु बहस गर्दैछन्। उनी आफै भने यसमा के भन्छन् त ? बिहीबार राति उनले फेसबुकमा लेखेका छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। म अंग्रेजी बोल्ने सीपभन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु। ‘फ्याउरे खबर’लाई उनले सोधेका छन्- प्रश्न सरल ढंगबाट सोधिन्छ कि अन्तर्वार्ता सहज तरिकाबाट लिइन्छ कि बाटोमा हिँडेको मानिसलाई जबर्जस्ती बोलाएर आफै अशिष्ट रुपमा प्रश्न सोधिन्छ? पत्रकारिताको धर्म यही हो? बजफिडमा पनि कुरा उठेको छ Bill O’Reilly ले अपाङ्ग महास‌ंघका अध्यक्षलाई गिज्याएको बारे। 

sudarshanमैले अंग्रेजी बोल्न जान्नु र नजान्नु प्रसंगमा संसारभर बस्ने नेपाली दाजु भाइ दिदी बहिनीहरुले राखेको धारणा पढ्दै गर्दा मन बुझाउन पुरानो याद ताजा गर्न मेरो फोटोपत्र पल्टाएँ। मलाई संयुक्त राष्ट्र संघ पुर्‍याउन योगदान गर्ने यी समुदाय मेरो प्रेरणाका पात्रहरु, जहां घर-घरमा चन्दा उठाएर यी भाइबहिनी पाल्ने पढाउने कार्य भएको छ। मेरो जीवन १४ वर्षको उमेरदेखि यस्तै कार्यमा बित्यो। अंग्रेजी फरर बोल्न र पढ्न कुनै आवश्यक्ता नै महसुस भएन मलाई। किनकि मैले कार्य गर्ने समुदायमा त नेपाली अनि थारु, मैथिली, नेवार, भोजपुरी, राई, लेप्चा, राउटे, जिरेललगायत थुप्रै स्थानीय भाषा बोलिन्छ।

क्याम्पस जानु त मेरा लागि केवल भर्नाको दिन र परीक्षा दिने दिनमा मात्र थियो। बाँकी समय समुदायकै सेवामा। नेपालका सबैभन्दा गरिब अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा कार्य गर्दा अंग्रेजी बोल्ने जरुरत कहिल्यै परेन मलाई। त्यो आवश्यकता पनि भएन।

मानव अधिकार पुरस्कार, गैर आवासीय नेपालीहरुबाट परिवर्तनका सम्वाहक पुरस्कार, अशोका फेलोसिप आदि आदि पाउँदा पनि अंग्रेजी बोल्ने सूचक पक्कै थिएन होला, खोई कसैले यस विषयमा प्रश्न उठाएन।

जीवनमा मैले धेरै सिक्नुछ, धेरै गर्नुछ, यो देशको लागि। मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन। भाषा भनेको संचार हो र संचार जसरी पनि गर्न सकिन्छ। म अंग्रेजी बोल्ने सीप भन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु।

यस विषयमा अरु मलाई केही भन्नु छैन। मात्र फ्यउरो समाचार च्यानलले मलाई गिज्यायो। प्रश्न सरल ढंगबाट सोधिन्छ कि, अन्तर्वार्ता सहज तरिकाबाट लिइन्छ कि बाटोमा हिँडेको मानिसलाई जबर्जस्ती बोलाएर आफै अशिष्ट रुपमा सोधिन्छ? पत्रकारिताको धर्म यही हो ? अमेरिकामा यस्तै हुन्छ कि कुन्नि, चार दिनमात्र बसेर फर्कने मलाई यस विषयमा अनुभव भएन।
-सुवेदीले फेसबुकमा राखेको विचार

यो पनि हेर्नुस्-
गिज्याउने हो? ल गिज्याउनुस् तर वास्तविकता पनि बुझ्नुस्

अझै त्यो भिडियोले नेपालकै बेइज्जत भयो भन्ने ठान्नेहरुले एक पटक यी भिडियो पनि हेर्ने कि, खै कसैले अमेरिकाको बेइज्जत भएको ठानेका छैनन् त 🙂

अनि यो पनि हेर्नुस्, दलाई लामालाई उडाउँदा उनको बेइज्जत भएन त

54 thoughts on “सुदर्शन भन्छन्- मलाई अंग्रेजी नजानेकोमा कुनै दुःख छैन”

  1. bibek dhakal says:
    October 9, 2013 at 8:34 am

    फक्स च्यानल भनेको कति सम्म वाइयात हो भन्ने कुरा त त्यो १० १२ बर्ष अघिको “मून होक्स” भन्ने भिडियो बाट थाहा पाएको थिएँ. प्रत्यक्ष अप्रत्यक्ष रूपमा दशौँ लाख व्यक्तिहरु लागिपरेको त्यो मिशनलाई एउटा कन्स्पिरेसी को संज्ञा दिएर “मुर्ख”हरु र आफुलाई विद्वान ठान्ने “मुर्ख उपबुज्रुकहरु”को समुहमाझ पपुलर हुने यस्तो “फ़्याउरे” च्यानलका संवाददाता र रिपोर्टर हरु को स्तर माथि को भिडिओ जस्तो हुनुमा कुनै आस्चर्य मान्नु पर्दैन. र यस्ता दुइ पैसे हरुलाई धेरै भाउ दिनु भन्दा नदिनु ठिक छ – Tabloid televisions like “AAj tak” are far more competent than FOX NEWS !

    Reply
  2. Sam Sharma says:
    October 9, 2013 at 1:26 am

    हीनताबोधले ग्रस्त छौ हामी / सुदर्सनजी ले भने झैँ भाषा संचारको माध्यम हो / भाषाले सानो- ठुलो बनाउदैन / सानो-ठुलो त तपाइको आफ्नो दैनिक सु-कर्म, सु-आचरण, सृजनात्मक सोच, जिम्बेवारीबोध आदीले बनाउछ / संसारका धनी र सबैभन्दा सुरक्षित राष्ट्रहरुका जनताले पनि अंग्रेजी बोल्दैनन / उदाहरणको लागि नर्वे, डेनमार्क, स्विडेन, जर्मनी, फ्रान्स आदीलाइ लिन सकिन्छ / तर त्यहाका नागरिकहरुलाई हीनताबोध छैन; हामीलाई छ / हामी पैसाले मात्र होइन, मनले पनि गरिब छौ / यसकारण हामी सबैले (जो हीनताबोधले ग्रसित छौ ) आफु भित्र स्व-परिवर्तन गर्नु जरुरी छ / हामीले बिलियन डलर कमाएपनि यस्तो हीनताबोध र परजिबी संस्कारले हामीलाई आन्तरिक (आत्मिक) सुख दिनेछैन /
    हाम्रो मन र दैनिकी यती परजीबी भैसकेको छकी, हामी सबै कुरामा अरु (राष्ट्रको) को भर पर्दा बिष पनि अरुको राम्रो र अमृत पनि आफ्नो देशको नराम्रो भन्ने भैसकेका छौ / धिक्कार छ हामीहरुलाई जो अलिकति पनि बिबेक प्रयोग गर्दैनौ र कागको पछि पछि दौडनछौ (आफ्नो काननै नछामी) /

    Reply
  3. Rahar says:
    October 7, 2013 at 3:27 am

    अंग्रेजी फरार बोल्नु अनि लेख्नु ठुलो प्रतिष्ठाको कुरा हो हामी नेपालीको लागि / मैले २०४८ सालमा धनकुटा जिल्ला बाट एस एल सी प्रथम श्रेणीमा पास गरेको हो, तर सरकारी स्कूलबाट नेपाली माध्यममा/ पछी आइ एस सी गरे , गाउँमा गएर १ वर्ष जति बिज्ञान र गणित संखुवासभा जस्तो दुर्गम ठाउमा गएर पढाए / पछी बि एस सी पनि प्रथम श्रेणीमा नै गरे / अनि हाम्रो देशको राजधानी काठमाडौँमा गए/ किसानको छोरो म काठमाडौँ गएर पढ्ने सपना कहाँ सजिलो थियो र / यो २०५८ साल को कुरा हो , काठमाडौँका बोर्डिंग स्कूलमा मास्टर जागिर खान खोजे / मेरो अंग्रेजी नराम्रो त होइन , आइ एस सी,बि एस सी दुवै अंग्रेजीमै पढेको हो / तर तेतीखेर तेती फरर चै थिएँन / काठमाडौँका बोर्डिंग स्कूलले मलाई जागिर दिएनन् / ३,४ महिना सयौ स्कूलमा कोसिस गरे / कोहि पनि जागिर भएन मेरो / धेरै स्कूलले त मेरो एस एल सी नेपाली मध्यम भएको दरखास्त नै अस्विकार गरे/ तेती बेला मेरो मन धेरै नै रोयो/ आफैले आफुलाई धेरै धिकारे / तर हरेस भने खाईन मैले / यो अंग्रजी जसरि पनि राम्रो बनाउछु भन्ने बाचा गरे र एङ्ग्लिश पत्रिका खोजि खोजि पढ्न थाले अनि बि बि सी वोर्ल्ड सर्विस सुन्न थाले / १ वर्ष जति औसधि कम्पनि मा मेडिकल रेप्रेसेंतातिवे काम गरे / पछि एम एस सी पनि गरे/ नेपाल मा ४ वर्ष जति मेडिकल कलेज मा लेक्चरर पनि गरे/ अहिले अमेरिकामा पी एच डी गर्दै छु / अहिले मेरो एङ्ग्लिश मा धेरै सुधार भएको छ / तेसैले हामी नेपाली को विचारनै गलत छ / एङ्ग्लिश फरर बोल्न नसक्ने लाइ नपढेको गबर ठान्ने मान्छे हरु धेरै छन् हाम्रो नेपालमा/ एउटा अमेरिकनले त्यो भनेको कुरामा मलाई चै तेस्तो ठुलो लागेको छोइन/ मैले नेपालमै बसेर तेस्तो भेद भाब को सिकार भएको छु /

    Reply
  4. Aakash says:
    October 6, 2013 at 6:41 am

    देशमा अम्रिकन कवाड जहाज उतरगील हम्रा सारा देश थर्कमान भईल, पत्र पत्रिका मुखपेजमा उस कवाड कार्गो जहाज कि त्सबिरवा आईल, अब फोक्स्वा न्युज्ज्वा मजाक उडाईल, माइ बाप दौ चार दिनवाका खातिर हमरा पत्तार्कार साब्का समाचार मिलल, हे राम !!

    Reply
  5. Bijay Shivakotee says:
    October 5, 2013 at 6:05 pm

    I am writing this article in English not because my native language “NEPALI” is any less great than English but because I want this article to reach to those having FOX mentality and also to those who pretend to be over smart by claiming to have much knowledge in English and a little knowledge in the own native language.
    I really feel bad about how Mr. Sudarshan Subedi was taunted by a conceited host, unaware of propriety and uprightness, representing a soi-disant FOX channel. I truly appreciate the serenity and self-possession with which Mr. Subedi responded to the contemptuous interviewer. This egotistical interviewer is overlooking the fact that his mocking smile during the course of interview manifests how uncouth and boorish he must be. I wonder whether he was laughing at himself unconsciously.
    I felt even worse to know that Mr. Subedi’s not being able to speak English was made an object of ridicule by those who thoughtlessly think that being able to speak English is a sign of being intelligent and smart.
    To me, language is just a medium of communication. One should keep it in mind that all the languages in the world have their own values and beauties in them and are equally respectable. Even SILENCE is a language. There are so many great personalities in the world who spoke the best language of humanity through their work for humanity just as did Mr. Sudarshan Subedi without having to resort to speaking English. I am not against English language either as I have already mentioned that all languages are honorable. But, It is funny that some people think that Non-English speakers are worthy of contempt. I feel pity to them who think this way as does the FOX representative.

    I don’t personally know Mr. Sudarshan Subedi. But, considering his contribution for the disables, he is truly a great person.

    Mr. Subedi says the right, “I don’t regret that I don’t know English.”

    Reply
  6. Anil thapa says:
    October 5, 2013 at 4:23 pm

    कुरा अङ्रेजी जान्नु र नजान्नु मात्र होइन सुदर्शनजी आँफैलाई आफुलाई अङ्रेजी आउँदैन भन्ने त थाहा थियो नि । क्यामरा तेर्स्यार आए पछी “नो थ्यांक यू ” त भन्न सकिनथ्यो होला नि ?
    त्यती भन्दिएको भए त कुरै खत्तम । जे हुनु भैसक्यो , अब facebook मा स्पष्टिकरण दिएर के गर्नी ?
    कि दोभासे लानु कि क्यामरा अगाडि नपर्नु , simples

    Reply
  7. shrestha says:
    October 5, 2013 at 4:04 am

    From Colbert Report and Jay Leno to O”Rielly Factor and Conan O’Brien, they all ridicule people of all stripes from Presidents to John Does. That is the nature of their programs (like our Haribansha and Madan Krishna)– make fun and sometimes exact a political score too. So let’s take it as it should be–fun and laugh at it.

    Not knowing his disability, had Bijay Kumar interviewed him, he would have laughed even louder than Jessie Watters or Bill O”Rielly for that matter. It is a bitter pill to swallow for many of us seeing our fellow Nepali being ridiculed that way. But the blame does not go to the TV show hosts; that is their profession, that is their business. In this case perhaps they intend to ridicule the whole UN and its delegates. Tiwari ji just happened to be an accidental victim. Madan Krishna and/or Haribhansa does it all the time, so do O’Brien and/or Jay Leno. Let’s take it easy as a joke and laugh at it. There is no need to sweat nor is it necessary to defend. After all O’Rielly is a satirical political commentary show !!

    Reply
  8. निर्मल says:
    October 5, 2013 at 1:26 am

    युएन मा जाँदा अंग्रेजी जान्नै पर्छ भन्ने छैन| तर अंग्रेजी वा यु एन को भाषा नजानेमा अनुवादक वा दोभाषे साथमा भए कुरा बुझ्न सकिन्छ र समय सार्थक हुन् सक्छ|
    हाम्रा नेपाली डेलिगेटले अंग्रेजी नजाने वा राम्ररि नछिचोले नेपालीमै भाषण गरे हुन्छ| केही बर्ष अघि धर्मशीला भन्ने मन्त्रीले युएन मा कक्षा दुईमा पढ्ने छात्राले जस्तो जबर्जस्ति कनिकुथी अंग्रेजीमा भाषण दिंदा एकक्षण सम्म त् कुन भाषामा बोलेकी हो भनेर ठिम्याउँन पनि गाह्रो परेको थियो| यसपाला खिलराज सरको खिलवाड़ी अंग्रेजी पनि सुनियो| बिष्णु शर्मा र रामशाहको न्यायको नजिर राख्दै एक लाख केस पेन्दिंग राखेर न्याय दिने सर्बोच्चका प्रधान न्यायधीशको अंग्रेजी प्राक्टिस हुने कुरै आएन तर दोभाषे राखेर नेपालीमै भाषण दिएको भए के बित्दो थियो?
    सुदर्शनजी, तपाइले अंग्रेजी बोल्न सकिन भनेर हीनता बोध गर्न पर्दैन| तर अंग्रेजी सिकेर फाइदा हुन्छ भन्ने सोच लिनु होला| नेपालीमै बोलेको भए के फरक पर्थ्यो?
    वा विनम्रता पुर्बक हात जोडेर “नो इङ्ग्लिश प्लिज” वा “नो इङ्ग्लिश स्पिक वा स्पिकिंग” “सरि” भनेको भए पनि हुन्थ्यो|
    गिरिजा प्रधान मन्त्रि भए ताका सीएनएनका खान भन्ने जर्नलिस्टले उनलाई अन्तर्वार्ता लिएका थिए| धेरै चोटी गिरिजाले “वाट” “व्हाट” दोहोराउदा कस्तो नमज्जा लागेको थियो| उनका पढेलेखेका र बुझेका सल्लाहकारहरु र सुपुत्रिले किन सिकाएन रहेछन|
    “एक्सक्युज मी”, “आइ ई बेग योर पार्डोन”, “प्लिज” र “आई एम सरी” भन्ने शब्दहरु सिकेको र प्रयोग गरेको भए कति राम्रो हुने थियो| यस्ता शब्दहरु हाम्रो देशमा अध्यागमन, प्रहरी, र भन्सारलाई पनि गायत्री मन्त्र सरह घोकेर हालीदिन पाए हुन्थ्यो|

    Reply
  9. durga says:
    October 4, 2013 at 5:59 pm

    एउटा स्वाभिमानी नेपालीलाई आफ्नो स्वोतन्त्र अभिब्यक्ति बेक्त गर्न कुनै पनि अन्य भाषाको जरुरत पर्दैन/ हाम्रो भाषा, देश र संस्कृतिको सम्मान गर्न हामीले नेपाली भाषा मात्र प्रयोग गर्नसके कति सुन्दर हुन्थ्यो होला/

    Reply
    1. बेखालाल नेपाल says:
      October 4, 2013 at 7:59 pm

      किन नेपालमा अरु भाषा छैन ? अरु भाषा बोले सुन्दर होइन्न ?

      Reply
      1. durga says:
        October 5, 2013 at 9:08 pm

        बेखालाल जी, नेपालका हरेक भाषाहरु सुन्दर र कर्णप्रिय छन/ तर यहाँ प्रसङ्ग नेपाली/औंग्रेजिको भयकोले मैले नेपाली भाषाको पछयमा लेकको हो/

        Reply
  10. आगत अवस्थी says:
    October 4, 2013 at 4:32 pm

    सुदर्शन सुवेदीज्यू,
    एक जना नेपाली संयुक्त राष्ट्र संघमा उपस्थति हुनु भनेको सबै नेपाली समुदायको लागि गर्वको विषय हो। त्यस माथि तपाइँले नेपालका गरिब अपाङ्गता भएका व्यक्तिहरुमा पुर्‍याउनु भएको योगदानको कदर गर्दछु। कुरो तपाइँको अंग्रेजीको सम्बन्धमा! यहालाई “अंग्रेजी नजानेकोमा कुनै दुःख रहेनछ”। तर मेरो प्रश्न – तपाईको यहि “अंग्रेजी बोल्ने सीप”ले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा कसरी व्यक्त गर्नुभयो? त्यहाँ प्रस्तुत घोषणापत्रहरु तपाईले के-कति बुझ्नुभयो? अन्य देशका प्रतिनिधिहरुसँग कसरी अन्तरकृया गर्नुभयो? संयुक्त राष्ट्रसंगको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी र अरबी भाषाको प्रयोग हुन्छ। यसका कार्यक्रममा सहभागी हुने हो भने तपाईंलाई यी ६ भाषाहरु मध्ये एक जान्न जरुरी छ। नेपाली र केही स्थानीय भाषा वाहेक यहाँलाई अन्य भाषाको ज्ञान नि नहोला! न तपाईसँग भाषा अनुवादक नै थिए होला। त्यहाँ भएको छलफल नै नबुझेको अवस्थामा तपाईँले यहाँ सरोकारवालाहरुलाई के-कसरी सुझाव दिनु हुन्छ? त्यहाँ गएर ट्वाल्ल- ट्वाल्ल ‘अडिटोरियम’को भित्ता मात्र हेर्ने र हाइ-हाइ गर्ने हो भने जानुको के औचित्य? संयुक्त राष्ट्र संघले पक्कै पनि तपाईंको कार्यको सम्मान स्वरुप तपाईलाई आमन्त्रण गरेको हो। अपाङ्ग अधिकारको कुरा नै गर्न संयुक्त राष्ट्र संघमा जादै हुनुहुन्थ्यो भने, तपाईले राष्ट्रिय अपाङ्ग महासंघ का अध्यक्षको नाताले अरु कसैलाई पनि प्रतिनिधि बनाएर किन पठाउनु भएन? के नेपालमा “अंग्रेजी जान्ने र बोल्न सक्ने” अपाङ्गको प्रतिनिधित्व गर्ने पात्र हुँदै नभएका हुन्? “अंग्रेजी बोल्ने सीप” भएका अन्य कोही गएका भए नेपालमा अपाङ्गता-मैत्री वातावरण बनाउन अझ टेवा मिल्थ्यो कि?

    Reply
    1. Rabindra Basnet says:
      October 4, 2013 at 5:01 pm

      यसलाई यसरी लेख्नुपर्ने आगत जी, म लाखौँ खर्च गरेर केयु र भारतको एलपीयुमा पढिरा मान्छे अहिलेसम्म कतै जान पाएको छैन, तँ गरिब परिवारमा जन्मिएर अपांगहरुको पक्षमा उल्लेखनीय काम गरेकै आधारमा युएनले आइदेउ भनेर पाहुना बनाएर बोलाएर अरुकै खर्चमा जानु पर्ने? तैँले अंग्रेजी बोल्न र पढ्न फरर आउँदैन भनिस् लेखेर वा हाउभाउले नै आफूले गरेको काम बुझाइस् होला, मलाई जान दिएको भए तैँले लेखेर दिएको घोकेर फरर पढेर आउँथेँ।

      Reply
    2. पुष्प says:
      October 5, 2013 at 12:52 am

      धेरै विद्वानहरूले यस्तो खालको प्रश्न उठाएको पाइयो । ल अँग्रेजी जान्नुभएको भए यो पढ्नुस् नआए, नेपालीमा व्याख्या गर्दिम्ला :
      http://ec.europa.eu/dgs/scic/what-is-conference-interpreting/

      Reply
    3. dinesh says:
      October 12, 2013 at 2:53 am

      कुरा राम्रो गर्नु भयो तर अमेरिका जाने visa पाउन पर्यो आरु ले अनि पैसा को कुरा आयो आलिक विचार गरेर लेख्नु भएको भए राम्रो हुन्थियो नि. सबै कुरा घर मा गरे जस्तो हुन्न नि

      Reply
  11. Santosh says:
    October 4, 2013 at 4:26 pm

    There is no mistake or no point to feel down , if any representative from Nepal couldn’t speak in English or answer the English question. Many Italian , spanish, German, french , and other south American don’t speak English. Lets take example in English premier league – higher salary earning foreign players many of them don’t speak English in the UK , they give answer in their native language. However , point to be noted if you don’t know then , don’t reply what reporter asks, reply in Nepali , and tell them you don’t speak English in Nepal. Answer in Nepali then he goes off or he needs to bring translator. We honest and try to copy others that’s our problem.

    Reply
    1. Karna says:
      October 5, 2013 at 8:06 am

      सन्तोष जी
      तपाईंले पनि कमेन्ट नेपालीमा लेख्नु भाको भए राम्रो हुन्थ्यो !!!

      Reply
  12. suresh says:
    October 4, 2013 at 4:10 pm

    Thank u salokya ji for showing “How stupid American really are”( most shocking was about KFC ,they don’t know which US state does KFC come from & 1 guy thinks AUSTRALIA is a NORTH KOREA in world map)
    HA HA HA for a few seconds I can’t stop laughing seriously American people are very backward in general knowledge .
    anyway Hat off to Sudarshan subedi ji !

    Reply
  13. Pushpendra says:
    October 4, 2013 at 2:39 pm

    प्रस्न सोद्धा नेपालीमा बोलेको भए झन् राम्रो हुने थियो, विश्व प्रसिद्ध रोनाल्डो , मेसिलाइ त पत्रकारहरुले सोद्धा उनीहरुकै भासामा उत्तर दिन्छन

    Reply
  14. उदास अनन्त says:
    October 4, 2013 at 1:56 pm

    आधुनिकताको बोक्रोमा अल्झिएको अमेरिकी रवाफ कति वजनदार छन् भन्ने त माथिका भिडियोहरुले नै बताउँछन् | बुज्रुक मानिसले कसैको मजाक उडाउँदैन| अंग्रेजी भाषा जान्ने सबै मानिस स्तरीय हुँदैनन् र स्तरीय हुनलाई अमेरिकी भाषा जान्नैपर्छ भन्ने पनि त छैन?
    ईराक,लिबिया,अफगानीस्तान मा आक्रमण गरेर नपुगेर अब अमेरीका अन्य राष्ट्रको अस्तित्वमाथि नै आक्रमण गर्न थाल्यो है?
    तर अर्काको धोती च्यात्दाच्यात्दै आफ्नो धोती फुस्किएको कहिले थाहा पाउने हो अमेरिकाले?

    Reply
  15. Sisir says:
    October 4, 2013 at 1:43 pm

    Keep on Going Sudarshan jee, तपाई त्यहाँ अंग्रेजी भाषा प्रसिक्ष्यद दिन जानु भा त होइन नि , भन्न खोजेको कुरा बुझे भै गो नि ..
    काग कराउदै गर्छ पिना सुक्दै गर्छ ,
    कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ .

    Reply
  16. Suren Gautam says:
    October 4, 2013 at 11:35 am

    Dear Friends, I do not think that we need to make a big issue regarding interview of Sudarshan Ji. We need to appreciate what he is doing. He came up to stage with a lot of struggle and now when we are talk about his English means we are wasting our time.

    He did not go to English School, he struggled a lot proved what he is. When some one comes from struggle and becomes international figure, it is not necessary that they should be able to speak English fluently. OK, let us take an example of famous poet of Nepal Ms. Jhamak Ghimire. I just finished reading her biography. Reading to her biography, I realized that she is wonder and if her biography would be translated in English, French and other languages. I am sure, she is going to become an International figure and she deserves it. OK now please tell me, if one reporter from USA comes to her and expects she give written interview in English. Is it wise to discuss about it? No, of course not.

    So, please let us Sudarshan Ji and I strongly feel that the Fox Channel was just making and nonsense out of him.

    Reply
  17. Zen says:
    October 4, 2013 at 11:19 am

    Hats off to Sudarshan Subedi!! He tried to remain calm and did not disrespect the interviewer & Left unattended. This is an example of true Nepalese Behaviour, Remember, We Nepalese at least try to help the tourists, even we don’t have Idea about what they are speaking in Nepal.

    Reply
  18. manish says:
    October 4, 2013 at 10:35 am

    यो भिडिओ हेरेर सबै हासेकै हो, त्यो नेपाली लाई सबैले सुरु मा गालि नि गरेको हो किनकि उसलाई कसैले चिनेको थिएन र सबैले कर्मचारी होला र मौका मा घुम्न गाको भन्ठान्यो| वहाँ येदि सुदर्शन सुबेदी नभैदिएर साचै सरकारी कर्मचारी र त्यो पनि कुनै पार्टी संग सम्बन्ध भैदेको व्यक्ति भए त यहाँ कसैले पनि अंग्रेजी बुझ्ने नबुझ्ने बारे बसस गर्दैन थियो होला र अज्झै गालि गर्दै बस्थ्यो होला| अंग्रेजी जान्नु पर्ने नपर्ने आफ्नै ठाउँमा छ तर देश को प्रतिनिधि बनेर विदेशमा प्रतिनिधत्व गर्ने सरकारी कर्मचारी बाट त साधारण अंग्रेजी बुझ्ने योग्यता को सबैले आश गरेकै हुन्छ, र त्यो पुरा नभाको अवस्थामा उसको योग्यता माथि नै प्रश्न उठ्नु र रीस पनि उठ्नु स्वाभाविक हो| तर सुबेदीजीको केस अर्कै पर्यो, वहाँ को परिचय थाहा पाए पछि सबैबाट वहाँले धेरै इज्ज़त पाउनु भयो र बेकारमा गालि गरेछु भनेर आत्मग्लानी गर्यो| यो वहाँको लागि Blessing in Disguise हो, हिजो सम्म वहालाई थोरैले चिन्थ्यो, thanks to fox, आज वहाँ National Celebrity बन्नु भाको छ|

    Reply
  19. harkaman shahi says:
    October 4, 2013 at 9:59 am

    I hereby request with you all news watcher, 1st of all find out the description about FOLKS, what exactly mean to influence, then move forward with the opinion, else, don’t simply leave messages saying blah..blah…blah.. etc..

    Reply
  20. gs nepali says:
    October 4, 2013 at 9:34 am

    अर्काको भाषा नबुझ्दैमा सानो भन्ने हुदैन र प्राय मान्छेले सामान्य नै ठान्छन । मलाई पनि कहिले काही त्यस्तो हुन्छ । पहिले धेरै पटक भाषा नजानेकोमा हिस्याउनेहरुलाई मज्जाले नेपालीमा फोहरी शब्दले गाली गर्थे अनी सोध्थे आर यू अनडस्ट्याड माई ल्याड.गोज ? उस्ले बझिन भन्ने बित्तिकै तेरो भाषा मैले केही त बुझ्छु नि म भन्दा त पाखे भने पछि जिल्ल पर्थे र सरी भन्न बाध्य बनाउथे ।

    Reply
  21. pragati rai says:
    October 4, 2013 at 9:00 am

    :कुरा ठिकै हो। आफूलाई जान्ने देखाउन अङ्रेजी बोल्नै पर्ने संस्कारको न्युनिकरण गर्नुपर्दछ ।

    Reply
  22. बेखालाल नेपाल says:
    October 4, 2013 at 8:58 am

    ठिकै हो अंग्रेजी जानेको रहेन छ स्विकार्नु भयो धन्यवाद| तर इन्टरभ्यु नै किन दिनु भयो त! म जान्दिन भनेर पन्छिनु पर्ने नि! देशको प्रतिनिधि गरेर (राष्ट्रिय पोसाकमा सजिएर) बुझ्दैन नबुझ्ने भाषामा किन भलाकुसारी गर्न तम्सेको किन डटेर बस्नु भयो???? तपाई अलि जान्ने बन्न खोजेकोको जस्तो भएन र?? फ्रेन्चहरु, चिनियाहरु अंग्रेजीमा कसैले सोध्न आए कुनै प्रतिक्रिया नदिई खुरुक्क जान्छन! तपाई आफुले नजानेको भाषामा प्रतिक्रिया गर्नु भयो त्यो गलत थियो! बेफ्वाकमा ति दुइ खैरेले नेपालको मजाक उदायो त!

    Reply
  23. Saroj Rijal says:
    October 4, 2013 at 8:45 am

    हरेक कुराको सकारात्मक असर हुन्छन ,
    आफुले त यी, एति राम्रा काम गर्ने सुदर्शन को नाम सुनेकै थिइन् , तेही फ्याउरो ले चिनाई दियो, ठिक छ शुदर्शन जी, ठिक छ, अंग्रेजी बोलेर अनैतिक काम गर्नु भन्दा, अंग्रेजी बोल्दै नबोलेर राम्रा राम्रा काम गरे तेही राम्रो, जापानी, रुसी, डच, फ्रेन्च, जर्मन, हरु अंग्रेजी बोल्दैनन तर संसार खायाकै छन् क्यार ……………… तपाई आफ्नो लक्छ्य प्राप्त गर्दै जानुस , अंग्रेजी छुसी नजाने केहि हुन्न ……..

    Reply
  24. Roshan Sharma says:
    October 4, 2013 at 8:02 am

    ल रमाइलो रहेछ !
    सुदर्सन जी को पनि क्यामेरा को अगाडी ‘एक्तिंग’ गर्ने गर्नु हुनुहुदो रहेछ/
    cuisine को माने थाहा नभए पनि उहाको उच्चारण सुन्दा त अंग्रेजी राम्रै छ/ खालि क्यामेरा को अगाडी मात्रै नक्कल गरेको जस्तो लाग्यो !
    फोन, टिवी, रेडियो, राजनीति, पुरानो कागज खालि सिसि देखि , लोकगीत देखि क्याब्रे जुलुस देखि जात्रा सम्म जता पनि टुटे फुटेको अंग्रजी ले राम्ररि नै गाजेको देशमा ४-८-१० वर्ष अगाडी ‘डिप्लोमा’ गरेको मान्छेले अंग्रजी आउदैन भनेको कुरा पत्याउने त कुरै आउदैन !
    यी पत्रकार ले पहिलेनै भनेको हुनुपर्छ हामि यस्तो गर्दै छौ भनेर नत्र अमेरिका जस्तो ठाउमा एअकै चोटी फोटो खिच्न पाइदैन/ privacy को कानुन बाट बच्न को लागि !

    उमेश जी र समूहलाई साधुबाद ‘अन्य’ भिडिओ लिंकहरु पनि राखी दिनु भएको मा !
    जे होस् , भाषा ‘साधन’ हो साध्य ( जिबन पद्दति ) हैन भन्ने कुरा नेपाल हाम्रो नेपाल नै साछी छ !

    Reply
  25. Gaurab Nepali "Oodaaseen' says:
    October 4, 2013 at 7:46 am

    दोर्सो भाषाको समस्यानै येही हो र यो बात सबै जना गुज्रेका हुन्छन ! सुदर्शन जी को अंग्रेजी वज फार बेटर देन हिज जेरो नेपाली भाषा ! i want to go Nepal अनि I love Nepali guy ले पनि सकारात्मक माने राख्छ ! बहुसंखेक विदेशीलाई नेपाल भन्ने कुन चारको नाम हो थाहा छैन र यो प्रोग्रामबात कतिले गुगलमा सर्च गरे होलान, यसले परेटन बेबसयेलाई थोरै भएपनि सहयोग गर्छ !

    Reply
  26. jaya says:
    October 4, 2013 at 7:37 am

    More than 10 percent of Americans don’t speak English. if Americans in America aren’t speaking English, then why Nepalese needed to speak English. Lot of Madheshi Leaders in constitution assembly deny to speak Nepali. Nepalese needed to learn Nepali; English is exceptional. If speaking English was necessary in America; why there is translation service in most of governmental offices?

    Reply
  27. limbuwan says:
    October 4, 2013 at 7:36 am

    यो भाषाको कुरा आउदा मेरो एउटा real घटना पस्कन चाहन्छु/ कुरो 2010 to 2012 बिचको हो- England को कुनै सहरमा जहाँ मा गोरै-गोराहरु संग कम गर्थे/ धेरै चोटी मेरो गोरा साथीहरुले मेरो english माथि खिल्ली उदाए पछि मलाई पनि रिस उठ्यो/ मैले पनि सोधे त्यसका बाजेलाई “ङ” को उच्चारण गर्नु लगाको पुरै दुइ बर्षमा पनि भन्न जानेन त्यसका बाजेले….

    Reply
  28. रबिन लामा says:
    October 4, 2013 at 6:37 am

    सुदर्शनजीलार्इ धेरैले चिन्ने मैाका पायो । त्यसैमा खुशी हुनुहोला । भाषा बुझेन भने जवाफ दिइरहनुपर्छ भन्ने छैन । तर्केर सुन्दै नसुने झैं गरेर हिंड्ने नी । त्यसपछी त भाषा बुझ्दैन रहेछ भनेर तीनिहरू नै साइड लागिहाल्छन् नी ।

    Reply
  29. Suman Gurung(UK) says:
    October 4, 2013 at 5:17 am

    केहि छैन सुबेदी जी तपाई ले राम्रो काम गर्नु नै भाको छ, नेपाल भरि त के बिस्व ले नै तपाई लाइ चिन्यो र राम्रो संग जान्यो.तपाई को प्रसंसा गर्ने को भिड राम्रो संग लाग्यो इन्टरनेट मा. तपाई अरु को राम्रो गर्ने को जय होस्.

    Reply
  30. Hari Lal says:
    October 4, 2013 at 4:38 am

    होइन होउ कसरी हुन्छ नेपालको बेइजेत, मैले त यो कुरापो बुझेको छैन? नेपालबाट लाखोउ केटीहरु ईन्डियामा बेचिन्छन, नेपालको economy डोनेशनमा चल्छ, नेपालमा धेरै भोक रोग छ। तेस्लेपो नेपालको बेइजेत हुन्छ र भैरहेको छ। अनी एकजना
    मान्छेले बोल्न जानेन भने कसरी नेपालको बेइज्जेत हुन्छ? म त हिजो-आज एकदमै दिग्भ्रमित भएको छु , यो नेपाली भन्ने जात देखी। के नेपाली भनेको भेडो जात नै हो? नेपालीहरु जत्तिको आडम्बरी र खोक्रो राष्ट्रबाद शायद कसैले देखाउदैन यो संसारमा। आँफै राम्रो, आँफै सुरो, आँफै जान्ने, आँफै बलियो अनी के के अरे। नेपालले कुन देश सग युद्ध गरेर जितेको छ र हामी वीर भन्नु? अङ्रेजसग हारेको ईतिहास छ, त्यो पनि एउटा सानो फौज सग पुरै देश लडदा पनि। खोइ जापानिजहरु या अङ्रेजहरु एस्तो कुरा गर्दैनन त। बुद्ध जन्मेको देश अरे, सगरमाथाको देश अरे। सगरमाथा नेपालीले बनाएको हैन र बुद्ध जन्मेको ठाउँ अहिले नेपालमा पर्छ भनेर तेत्रो घमन्ड गर्नु?
    कुरा रहयो, एउटा नेपालीले गर्दा देशको बेइज्जेत भयो अरे? कुन इज्जत नै छ र नेपालीको अन्तरराष्ट्रिय जगतमा? अनी भेडाहरु येति पनि बुझ्दैनन कि सुदर्शनजीले बोलेको कुरा सम्पादन गरेर रमाइलोको लागि प्रसारअण गरिएको हुन्छ भनेर। मानोउ उन्ले बोल्न जानेनन् अरे, नर्बश भये अरे, अनी तेस्ले देशको इज्जत जान्छ त?
    साथीहरुहो, खोक्रो आदर्श र आडम्बरिपन छोडेर नेपाल लाई प्रगती पथमा लैजाउ, तेस्पछी मात्र संसारले चिन्छ नेपाललाई र इज्जत पनि दिन्छ। बुद्धको देश र सगरमाथाको देश भन्दैमा कसैले इज्जत दिदैन यो भिकारी परालाई.

    Reply
  31. दिनबन्धु says:
    October 4, 2013 at 4:37 am

    ल कुनै एउटा खैरे ले भ्ल्यादिमिर पुटिन लाइ ‘पुटिन’ भनेर सुनावोस, म त्यसलाई हजार बार सलाम गर्छु| अनि खैरे ले ‘पुटिन’ लाइ ‘पु…’ भन्यो भनेर म पनि हास्दै हिनु मुस्कान पासा जस्तो, भुडी फुटेर मर्न नसकेका हरु!
    लु जा, आज अलि बढी नै रिस उठ्या झोकमा भनियो, जे पर्ला पर्ला|

    Reply
  32. अर्जुन says:
    October 4, 2013 at 3:54 am

    मैले पनि सम्पूर्ण सूचना पाउन भन्दा अगाडी फेसबुक मा ” बेइजत गरेछन ” भनेर लेखेको थिए. सुदर्शन को बारेमा थाह पाए पछि ग्लानि भयो .

    जसले जे भनोस, हो अंग्रेजी भनेको भाषा हो, तर जानेर बिग्रन्न. कुनै पनि ज्ञान आफै मा खराब हुन्न, प्रयोग/दुरुपयोग/बुझाइ ले खराब बनाउन सक्छ. अहिले भन्छु – उनले अंग्रेजी नजानेर गल्ति गरेका हैनन् तर अंग्रेजी कम्जोर छ भने पछि – अन्तरबार्ता नदेको भए बुद्धिमतापुर्ण हुने थियो .

    भाषागत समस्या जहाँ जसलाई पनि हुन्छ. त्यो सामान्य कुरा हो – तर अर्को कुरा – अन्तरबार्ता पछि पनि सुदर्शन लाइ अवसर थिओ कि “मेरो अन्तरबार्ता प्रसारण नगर्नु होला” भन्नका लागि . यदि उनले तेसो भन्दा भन्दै प्रसारण भाको भए त्यो गलत हो . उनि पनि कानुन क बिद्यार्थी हुन्. यदि उनले नै भनेनन् भने त्यो उनको कमजोरी हो .

    जे होस्, सुदर्शन को काम प्रसंसनिय छ. सवलाङ्ग ले गर्न नसकेको काम उनले गरेका छन्. यस बाट उनले देखाएका छन् कि – काम गर्न जिउ हैन आत्मशक्ति चाहिन्छ.

    यो पनि हेरी हालौ न त : http://www.youtube.com/watch?v=9jgYmRD8VCg {इटालियन अम्रिका पुगेसी भाको बिजोग }

    सबै ले हेर्न पर्ने – टम ह्याङ्क्स को २००४ को फिल्म – द टर्मिनल { The Terminal – 2004 }

    Reply
  33. raj says:
    October 4, 2013 at 3:29 am

    Folks, please chill out.
    It aint about English. It aint about Rice either. It is just a funny bit. Why do we have to make mountain out of every mole?

    No one is humiliating no one. Nobody takes this kind of stuff seriously around here. You watch you chuckle, and that’s about it. Nepali in general just need to have a bit of sense of humor.

    Reply
    1. rajendra shrestha says:
      October 4, 2013 at 8:28 am

      you are right. But the issue started when so called smart ‘nepaleses’ or ‘Nepricans’ started to make a mountain out of a mole. I was surprised to see even re-known ‘scientists’ and ‘phd doctors’ who are staying in USA anyhow and haven’t contributed at all for Nepal were making big comments scolding him, and spending govt. fund.

      Reply
    2. Nabin says:
      October 4, 2013 at 9:16 am

      कुमारी र रास्तीय झण्डा लै गरेको पनि तपाइको अनुसार SENSE of humour होला होइन. धिक्कार छ आफ्नो बेइजत भाको नि चुटकिला समझाने हरुलाई
      अनि अमेरिकामा बसेर कति सनले भन्न सक्या यहाँ येस्तै हुन्छ रे! टाइट
      मलाई अंग्रेजी नाऔदैन क मा मान्छे नै होइन?????

      Reply
  34. Keshav says:
    October 4, 2013 at 3:14 am

    I think nobody in here knows what Fox New O’Reilly Factor Program is. Water’s World Segment is 5 min segment in 1 hour long program. It pokes fun at different event. I think we Nepalese are too childish when somebody calls us something bad we act like child. Like if any Indian says Lumbini is in India or Nepal is a part of India we destroy our own properties by burning tires etc. Be grown ups. If any official calls it I oppose but if some people make fun of Nepal no need to worry about.

    Reply
  35. Nawaraj Subedi says:
    October 4, 2013 at 3:13 am

    सुदर्शन जी ,अंग्रेजी बोल्ने सीपभन्दा पनि कसरी अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सीप सिक्न समय खर्चिन चाहन्छु भन्नु भएको रहेछ। साएद अब अनुभव भयो होला अंग्रजी बोल्ने सीपको विकासले पनि जीवनमा ठुलो परिवर्तन आउंछ। कृपया तपाईसंग जीवनमा परिवर्तन ल्याउने सीप सिक्न आउनेहरुलाई पनि अंग्रेजी पनि सिक्न हौसला दिनुहोला।

    Reply
    1. sanjay says:
      October 4, 2013 at 3:53 am

      केहि लोछारपातो लाग्ने वाला छैन साथी अंग्रेजी बोल्दैमा अन्तरिक्षमा पुग्ने भए रस्सियन हरु अनि चाइनिज हरु कहिलै पुग्ने थिएनन् होला …

      Reply
  36. Suz says:
    October 4, 2013 at 2:03 am

    कुरा ठिकै हो सुबेदीजी, मलाई लाग्छ तपाइंले आफ्नो अंग्रेजी कम्जोर हुँदा हुँदै, बिदेशी अंग्रेजी च्यानल संग कुरा गर्न खोज्नु नहुने थियो. प्रश्न सामान्य थियो, Cusine को अर्थ नबुजेर सोधेको ठिकै हो, तर तपाइंले ” rice ” बाहेक अरु केहि भन्न नसक्नु तपाईं स्वोयामको पनि कमजोरी नै हो. फेरी तपाईं सरकारी होस् या गैर सरकारी, आखिर तपाईं नेपालको प्रतिनिधिको रुपमा नै जानु भएको छ. तपाइंलाई त्यो पाखण्डी च्यानलले गिज्यौन्दा सबैनेपाली ले आफुलाई गिज्याएको जस्तो महसुस गरि रुस्ट हुनुलाई तपाइंले अन्यथाको रुपमा लिनु हुन्दैन. के थाहा कुनै खैरे ले तेरो देशको मान्छे ले एस्तो बोल्यो तेरो देश को खाली रिके मात्र खंचन हो आदि आदि कसैले भन्यो भने गोर्खे लाइ त संकी चडि हालचा नि. तपाइंले दिएको योगदान को कदर आफ्नो ठाउँमा छ तर त्येही कारणले तपाईंको कमजोरीको कुरा नगर्ने भन्ने कुरा पनि ठिक होइन. हो तपाइंले अंग्रेजी बोल्न नआउने भनेर गिज्याउने कुरा गलत हो, तर तपैन्को कमजोरीलै तपैन्को योगदानले छोप्नु सहि होइन. तपैन्को अंग्रेजी त्यति सरो कम्जोर भएको भए तपाइंले UN मा र अन्य अन्तरास्ट्रिय कार्यक्रममा के कति बुज्नु भयो त? कसरि भलकुसारीहरु गर्नु भयो त? हामी जापान र चिन जस्तो अनुवादक लिएर त हिड्ने गर्दैनौ नि. तपैन्को योगदान को कदर गर्दै तपैले पनि यो घटनाबाट सकारत्मक सिक्च्या लिनु भो होला. आउँदा दिनमा तपाइंले भाषाको सम्बन्धमा उचित ज्ञान लिनु भयो भने तपैन्को ब्येक्तित्वो मा आज निखार आउला येस्तार्फा सोच्दा केहि घत देख्दिन.

    Reply
  37. Sunil Shrestha(belgium) says:
    October 4, 2013 at 1:58 am

    cuisine (भोजन) भनेको वाहाले बुज्नु भएन , वाहाले नबुजेको ले लाज नमानी सोध्नु भयो, तेस्मा सरम मान्ने कुरा मैले केही देखीन, सुदर्सनजी को कुरालाई सहमत गर्दछु ,UN मा सहभागी हुन आउने ठुला देशका नेताहरुले कती ले अंग्रेजी बुज्दैन, तेस कारण त headphone अनुवादक राखे को हुन्छ, अनी अंग्रेजी कती नयाँ सब्द आविष्कार गरेको हुन्छ

    Reply
  38. राम प्रसाद उपाध्याय says:
    October 4, 2013 at 1:56 am

    ठिक छ, सबैलाई अंग्रेजी आउनु पर्छ भन्ने केहि छैन|सुबेदीजिलाई अंग्रेजी नआउदा बेज्जेती भयको ठान्नु ठिक हैन |तर प्रस्न के हो भने, जब उहाँलाई भाषा नै आउदैन भने तेस्तो ठाउमा उहाँलाई लगेर किन कार्टुन बनाइयो ????तेत्रो पैसा खर्च गरेर कार्यक्रममा भाग लिन गयको मान्छेलाई तेहा प्रयोग हुने भासानै आउदैन भने तेस्को के मतलब भयो त ???पक्कै बाबुको पछि लागेर दोकानमा चकलेट खान गयको बालक जस्तो गरि जानु भयको त हैन होला !!!

    Reply
    1. kedar says:
      October 4, 2013 at 2:53 am

      संयुक्त रास्ट्र संघ अन्तर्गतको शक्तिशाली निकाय सुरक्षा परिसदका पांच रास्ट्र मद्धे फ्राँस, रुस, र चीन का रास्त्रपतीहरु जस्ता अधिक जिम्मेवार नेताहरु तथा प्रतिनिधिले ले त अंग्रेजी जान्नु र संयुक्त रास्ट्र संघ अन्तर्गतका कार्यक्रम भित्र बोल्नु आबस्यक ठान्दैनन् भने दोभासे उपलब्ध भएको रास्ट्र संघको महाशाभामा उनले आफ्नो क्षेत्रमा गरेका राम्रा कामको अनुभब सेयर गर्न आमन्त्रित सुबेदीले अंग्रेजी जानेन भनेर तपाइँ लाइ किन टाउको दुखेको ? जर्मनी, स्पेन जस्ता अधीकांस यूरोपेली रास्ट्रहरु, इरान, जापान र कोरिया जस्ता रास्ट्रहरुका प्रतिनिधिले पनी तेस्ता कार्यक्रममा अंग्रेजी बोल्दैनन र आबस्यक पनी ठान्दैनन र पनि उनीहरुका कुराहरु संसारले बुज्छ भने हामीले चैं अंग्रेजीकै पुच्छर समात्नु पर्ने किन नि ? के उनि त्याहाँ अंग्रेजी बोल्ने पर्छ भनेर लगिएका थिए ? तेसो हो भने त TOEFL गराएर लैजान्थे होला नि / उनि कुनै न्यु योर्कको बिश्वबिद्यालयमा लेक्चर दिन गएका तपाइंले खोजे जस्ता धुरंदर विद्वान होइनन, नेपालमै सहायेता गर्नु पर्ने खालको एउटा समुहको हक हितको लागि काम गर्ने पौरखी हुन् जहाँ अंग्रेजी नभए पनी चल्छ / बाटा बाटामा मान्छे उल्याउनेले उल्याउछ भनेर तयारि गरेर त न तापाई हिड्नु हुन्छ न कोही हिंड्छ, उल्याउनै परे पछि बोलाक्कड़ रामदेव लाइ पनी उल्याउछन /

      Reply
    2. Rajan Upriti says:
      October 4, 2013 at 3:18 am

      भाषा बोल्न जान्नु र सुनेर बुझ्न सक्नु भनेका दुइ भिन्दै भिन्दै कुरा हुन् |
      बोल्नको लागि अभ्यास जरुरि हुन्छ | नेपालमा के संग अंग्रेजी बोलेर अभ्यास गर्ने ? भित्ता संग ? म पहीलो पटक अमेरीका पढ्न आउँदा पढाएको १००% बुझ्थे, लेख्न जान्दथे, पढ्न जान्दथे तर अंग्रेजी बोल्नु पर्दा कन्नु पर्थ्यो |
      वहाँ सेमिनारमा आउनुभएको हो भने वहाले सेमिनारको कुरा सिक्नु भयो होला, नत्र तपाई जस्ता काइतेले एकपल्ट वहांको परिक्षा लिने कि ?

      Reply
  39. harihar sharma says:
    October 4, 2013 at 1:51 am

    कुरा सहि हो / आफनो काम गर्न लाई जे शिप चाहिन्छ, त्यो पो सिकिन्छ /
    सुबेदी जी को काममा अंग्रेजी आबश्यक छैन भने कि सिक्नु पर्यो / अनि गिज्याउनेले नि common sense राख्नु पर्छ /
    अम्रिकामा बचा-बचाले अंग्रेजी बोल्छ त के भो, नेपालमा नि त बचा बचाले नेपाली बोल्छ /
    आफनो काम संग काम राखौं / सके अरुलाई हासौं, नभए कमसेकम अरुलाई होच्याउने काम नगरौं /
    अघि बढ्दै गरौँ सुबेदी जी /

    Reply
  40. Bijaya says:
    October 4, 2013 at 1:18 am

    Good on you Mr Sudershan Subedi .
    Keep on doing the good work and all the best

    Reply
  41. Sunil Shrestha(belgium) says:
    October 4, 2013 at 1:17 am

    म सुदर्सनजी को कुरालाई सहमत गर्दछु ,UN मा सहभागी हुन आउने ठुला देशका नेताहरुले कती ले अंग्रेजी बुज्दैन, तेस कारण त headphone अनुवादक राखे को हुन्छ, अनी अंग्रेजी कती नयाँ सब्द आविष्कार गरेको हुन्छ, recpies भनेको वाहाले बुजेना र वाहाले नबुजेको ले लाज नमानी सोध्नु भयो

    Reply
  42. Mahesh S says:
    October 4, 2013 at 1:12 am

    सुदर्शन जि,

    मलाई नि खैरे ले how do you do भनेर सोध्दा नबुझेर वाल्ल परेको थिए, जब कि मैले बोर्डिङ मै पढे को हो र अङ्रेजी मा जाच दिएर university degree पनि लिये को हुँ। तेसैले खैरे ले बोलेको अङ्रेजी नबुझ्नु कुनै ठुलो कुरो हैन। त्यो कर्एक्रम एउटा मान्छे हरु लाई उडाउने कार्एक्रम हो। तपाईंले उस्को उत्तर दिनु भये नि यस्तै अरु कुनै प्रश्न सोध्थ्यो होला। तपाईंले उस्को सबै उत्तर दिनु भएको भये तपाईं को बोली प्रसारित नै गर्दैन थ्यो होला। त्यो च्यानल ले नराम्रा्ओ प्रस्तुती गर्दा गर्दै नि म त एउटा राम्रो कुरा भएको देखे। तपाईं ले तेती धेरै राम्रो काम गर्दा नि तपाईं लाई धेरै ले चिनेको रहेन छ। त्यो च्यानल ले त तपाईं लाई चिन्न पो मद्त गरेको छ त। मैले नि तपाईं लाई चिन्ने मौका पाये , तेसैले त्यो च्यानल लाई धन्यवाद। तपाईं जस्तो राम्रो काम गर्ने मान्छे को ब्यक्तितो मा एसता झिना मसिना कुरा ले केही फरक पर्दैन। आफ्नो कर्तब्ये पथ मा लम्किनुस्, शुभकामना ।

    Reply
    1. Rajan Upriti says:
      October 4, 2013 at 3:07 am

      बास्तबमा “how do you do ?” को खाँट्टी अर्थ त “तपाइँ कसरी गर्नुहुन्छ ?” हो | तर यी खैरे मोराहरुले “how are you doing ?” भन्नु पर्दा पो तेसो भन्दा रै’छन |
      अर्को चाहिं “म संग पैसा छैन” भन्न पर्यो भने “I do not have no money” भन्दा रहेछन | तेसो भन्दा त झन् “म संग पैसा नभएको हैन” वा झन् “I do have money” भने जस्तो अर्थ लाग्दैन र ?
      खई यो खैरया भाषा सिक्न यिनै खैरे कै देशमा बस्नु पर्छ, ग्रामर हेरेर सिकिंदैन |

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme