Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पायलिनले बनाएको खल्लो दशैँ, बाढीको खतरा?

Posted on October 14, 2013October 14, 2013 by Salokya

शनिबार राति करिब नौ बजे पायलिन चक्रवातले भारतको उडिसास्थित तटीय क्षेत्रमा प्रहार गर्‍यो। एकदम खतरनाक आँधी थियो त्यो। तर, पूर्व तयारीका कारण क्षति व्यापक हुन पाएन। पायलिनकै प्रभावले नेपालका पूर्व र मध्य क्षेत्रमा आइतबार साँझदेखि पानी पर्न थाल्यो। झन् दशैँको महत्त्वपूर्ण दिनमा त बिहानैदेखि पानी परेको पर्‍यै। टीका लगाउन आफन्तकहाँ जानु पर्नेहरुलाई साह्रै पिरल्यो यसले। साथमा यही पायलिनकै प्रभावले के के हुनसक्ने भन्दै हल्ला पनि फैलियो। हल्लाका कारण नेपालको मौसम विभागले विशेष बुलेटिनै निकाल्नु पर्‍यो। तर भारतको मौसम विभागले भने कोशी र गण्डक नदीमा बाढी आउन सक्ने भन्दै अलर्ट जारी गरेको छ।

सतर्क हुनका लागि हामी निम्न साइटहरु हेर्न सक्छौँ

मौसम पूर्वानुमान शाखाको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्

सोमबार बिहान विभागको विशेष बुलेटिनमा यस्तो छ

मिति:२०७०।६।२८ (सोमबार बिहान)……गत शनिबार बेलुका भारतको ओरिशाको समुद्रितटको भू-भागबाट प्रवेश गरेको फाइलिन नामक चक्रवात (cyclone) कमजोर भै भारतको झारखंड क्षेत्रमा रहेको छ र त्यहाँबाट सोझै उत्तरी दिशामा नेपालतर्फ अगाडी बढदै छ। चक्रवातको प्रभावबाट नेपालमा भारतिय तटिय क्षेत्रहरुमा जस्तै आँधि तुफान भने आउने छैन। बरु लगातारको वर्षा भने हुनेछ। त्यसैले हिजो आइतबारबाट देशको खास गरि पुर्व र मध्य क्षेत्रहरुमा शुरु भएको वर्षा आज पनि जारि नै रहिरहनेछ। देशको सुदुर पश्चिममा मौसम सफारहने तथा पश्चिमी क्षेत्रहरुको बाँकि भू-भागमा भने आंशिक बदलिसम्मको स्थिति रहि मौसममा खासै प्रभाव पर्ने छैन।मौसमको यस प्रकारको बिग्रदो अवस्था भोलि सम्म पनि रहन सक्ने देखिएको छ। फाइलिन चक्रावातका कारणले नेपालमा हुने मौसमी अवस्थाको बारेमा हल्लै हल्लाको पछि नलाग्न आम जनसमुदायमा अपिल छ। साथै मौसम सम्वन्धि सूचनाहरुका यस महाशाखाको नोटिस वोर्ड सेवाको नंबर १६१८-०७-०७-३३३३३ मा डायल गरेर दैनिक बुलेटिन मार्फत समेत सुन्न सकिनेछ।

भारतको मौसम विभागको साइट हेर्न यहाँ क्लिक गर्नुस्। त्यहाँको मौसम विभागको बुलेटिनलाई गुगलले सरल रुपमा हेर्न मिल्ने गरी राखेको छ। त्यसलाई हेर्न यहाँ क्लिक गर्नुस्।

बिहान ११३० को बुलेटिनमा यस्तो भनिएको छ-

Warning for Jharkhand, Bihar, Sub-Himalayan West Bengal & Sikkim
Heavy rainfall: Rainfall at most places with isolated heavy to very heavy falls would occur over Bihar
including Kosi and Gandak river catchments during next 24 hour and over Sub-Himalayan West
Bengal & Sikkim including Teesta river catchment during next 48 hours. Rainfall at many places
would occur with isolated heavy falls over north Jharkhand during next 24 hours.

भारतीय मिडियामा पनि यस्तै खबर आएका छन्। भिडियो हेर्नुस्-

कोशी र गण्डकको पानी भारत पुग्नुअघि नेपालमै असर पर्न सक्छ। त्यसैले कोशीमा पानीको स्तर कस्तो छ त ?

नेपालको बाढी पूर्वानुमान परियोजनाले सबै नदीहरुको पानीको स्तर रियल टाइममा कम्प्युटरबाटै हेर्न मिल्ने गरी अपडेट गरिरहेको छ। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

यो ब्लग लेख्दासम्म सोमबार पौने ४ बजे चतरामा कोशी नदीको पानी बढिरहेको छ (२.४९ मि) तर खतराको स्तरभन्दा मुनि नै छ।

सरल रुपमा प्रमुख नदीको पानीको स्तर हेर्न यहाँ क्लिक गर्नुस्।

यो ब्लग तयार पार्दासम्म नारायणघाटमा नारायणी नदी, खोकनामा बागमती नदी र सेती नदीमा पानीको स्तर बढेको छ तर त्यो खतराको स्तरभन्दा मुनि नै छ।

यसमा अपडेट भएका तथ्याङ्क हेरी खतराको स्थिति आइपरे स्थानीय प्रशासनले सतर्क गराउनेछ। त्यसैगरी सामाजिक सञ्जालहरुमा पनि तपाईँले खतरको स्थिति आइपरेको देख्नुभए ‘हल्ला’ गर्न सक्नुहुन्छ। अरु बेकारका ‘हल्ला’ फैलाउन जरुरी छैन।

2 thoughts on “पायलिनले बनाएको खल्लो दशैँ, बाढीको खतरा?”

  1. samir Joshi Dhankuta-5 says:
    October 15, 2013 at 9:44 am

    दाल पनि पारीबाट नै,चामलपनि पारीबाट नै, नुन पनि पारीबाट नै,तेल जति सब पारीबाट नै, येति सम्म कि हामी नेपालीका दैनिक उपभोक्का सम्पूर्ण सामग्री पारीबाट नै, अब त हुदा हुदा झरी-बर्षा,हावा- हुण्डरी प्राकृतिक प्रकोप जति पनि सब पारीबाटनै नेपाल भित्रिन थाले गजब को Connection रहेछ बा पारी संग हामि नेपालीको !!!!!!!!!!!!!!

    Reply
  2. xyz says:
    October 14, 2013 at 5:01 pm

    येसो छाँट कान्त हेर्दा दसैं दसा होला जस्तो छ, येही कारण देखायारा चुनाब पछि सर्न बेर छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme