Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विजया दशमीको शुभकामना! कसरी मनाउनु भयो?

Posted on October 14, 2013October 15, 2013 by Salokya

tika भारतको तटीय क्षेत्रमा आएको चक्रवातको प्रभावले हिजैदेखि नेपालका अधिकांश भागमा पर्न थालेको पानीका बीच यस पटक हिले दशैँ मनाइँदैछ। दशैँको सबैभन्दा महत्त्वपूर्ण दिन विजया दशमी सोमबार मान्यजनबाट टीका र आशिषसहित मनाइँदैछ। पानीले बाधा पुर्‍याए पनि रोक्न सक्ने कुरा पक्कै हैन यो। तपाईँले चाहिँ आफू बसेको ठाउँमा कसरी दशैँ मनाउनु भयो ? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुहोस्। आफ्नो वा आफूले खिचेका टीका, जमरासहितको फोटो बाँड्न चाहनुहुन्छ भने माइसंसारको फेसबुक पेजमा अपलोड गर्नुस्। राम्रा फोटोलाई माइसंसारमा समेत राखिनेछ। फोटो पठाउन यहाँ क्लिक गर्नुस्।

तपाईँहरुको दशैँ शुभ होस्। सबको मंगल होस्, सबको कल्याण होस्, भलो होस्। शुभकामना !

दक्षिण कोरियाबाट सुशील देवकोटाले पठाएका फोटो-
हामी दक्षिण कोरियाको योंसे विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका नेपालीहरु हौँ। मच्चिने पिङ्ग तथा जमराको कमी भए पनि, उल्लास तथा हर्षमा कुनै कमी नराखी हामीले यसपटकको दशैं खुशीका साथ मनायौँ। हाम्रा हर्षका यी पलहरु माइसंसार ब्लगमार्फत् संसारका सम्पूर्ण नेपालीहरुसंग साट्न चाहन्छौँ-
Slide3

Slide1

Slide2

पोर्चुगलमा यसरी मनाइयो दशैँ। अमृत पौडेलको फोटो।
पोर्चुगलमा यसरी मनाइयो दशैँ। अमृत पौडेलको फोटो।
राम गहतराजले पठाएको युकेको दशैँको फोटो।
राम गहतराजले पठाएको युकेको दशैँको फोटो।

Post by Mysansar.
मलेसियाको दशैँ: रमेश पान्डेको फोटो।
मलेसियाको दशैँ: रमेश पान्डेको फोटो।

इन्स्टाग्राममा #tika का फोटो-


4 thoughts on “विजया दशमीको शुभकामना! कसरी मनाउनु भयो?”

  1. Bhuwan says:
    October 15, 2013 at 1:34 pm

    दशै तिमी खुशीयाली लिइ आयौ ।
    तिमी जहाँ छौ त्यहाँ उज्यलो छ,
    तर म अन्ध्यरोमा छु ।

    सपनिमा तिमीलाई देखे,
    मेरा आमा बुवा सँग रमाउदै थियौ ।
    आधिरातमा ब्युझी हेरे,
    तिमी त एक्कासी गायब भयौ ।
    परदेशी को पिदा हो यो,
    बुझ्न अलि गार्हो नै छ ।
    गाउँघर को याद बोकि,
    बस्न अलि साह्रो नै छ ।
    बध्यता हो यो मेरो,
    रहर भन्ने नठान्नु है ।
    मेरी आमा मेरो यादमा,
    दुख धेरै नमान्नु है ।
    बुवा मेरो मर्म बुझ्ने,
    भाइहरुमा मेरो मुहार देख्नु ।
    बुढा मेरा बजे बोइ,
    नातिलाई आशिष दिनु ।

    दशै तिमी खुशीयाली लिइ आयौ ।
    तिमी जहाँ छौ त्यहाँ उज्यालो छ,
    तर म अध्यारो म छु ।

    Reply
    1. Luna says:
      October 16, 2013 at 12:06 am

      मार्मिक भाब पोख्नु भो भूबन जी ले .

      दिवाकर ज्ञवालीजी को फोटोले हसायो !
      दिक्क लाग्ने बेलामा यस्तै यस्तै फोटोहरु हेर्नु पर्छ 🙂 हाँसो आउछ — हाँसो आउनु
      स्वास्थ्यको लागि आबश्यक हुन्छ ——–

      Reply
  2. simit gauchan says:
    October 15, 2013 at 3:24 am

    सबैलाइ दशैँ लाग्यो आफुलाई त दशा लाग्यो !
    सबैको खुशी आयो आफ्नो त खुशी भाग्यो !!
    कर्म खोटो ,निराषता अनि उराठमय भाग्य
    कुल्ची मारी गाडेको दशा फेरी बिष पिएर जाग्यो !!!

    Reply
  3. Subhash Neupane says:
    October 14, 2013 at 11:26 am

    फेरी एकथरीले हिन्दु हरुको दशैंमा हामी अहिन्दु मंगोल को बच्चाको फोटोमा टिका लाएर के गर्न खोजेको भन्लान ! सबैलाई दशैं को शुभकामना !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme