Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ड्यास माओवादीको कोठामा के देखियो गाँठे !

Posted on October 2, 2013 by Salokya

chand2
उहाँलाई चिन्नुहुन्छ ? धेरैले चिनेकै हुनुपर्छ। नचिन्नेले पनि ध्यान दिएर याद गरिराख्नुस् यिनी ड्यास माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हुन्। एमाओवादी फुटेपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेकपा-माओवादी बनेको थियो। अर्को खेमाले त्यसलाई उडाउन नाममा रहेको ड्यासलाई जोडेर ड्यास माओवादी भन्न थालेका हुन्। ड्यासहरु पनि के कम, अर्को पक्षलाई क्यास माओवादी भन्न थाले। यो त भयो नामको रमाइलो। माथिको फोटोमा तपाईँले के देख्नुभयो ? मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको स‍ंयुक्त फोटो अनि दायाँपट्टी माथि चे ग्वेभारा। कम्युनिस्टहरुका त आदर्श नै हुन् नि यी, भगवानै भन्दा फरक पर्दैन। जसरी भक्तहरु धर्मग्रन्थका व्याख्या गर्छन्, कम्युनिस्टहरु यिनैका वाणी, पुस्तकका व्याख्या गर्छन्। यति देखिनु त खासै अचम्मको कुरा भएन। जुन कम्युनिस्ट नेताको घर वा कार्यालयमा पनि हुन्छ यस्ता फोटो त। अचम्म त अर्कै कुरा देखिँदा पो भो त। रिपब्लिकामा छापिएको आजको यो फोटोको एक अंश लुकेको छ। त्यसमा चाहिँ अर्कै कुरा देखिन्छ। के देखिन्छ त ? हेर्नुस् भित्र।

chand
अङ्ग्रेजी दैनिक रिपब्लिकाको आठौँ पेजमा छापिएको फोटोको पूर्ण स्वरुप यस्तो छ। आठौँ पेज पूरै हेर्न यहाँ क्लिक गर्नुस्।

केही देख्नुभो ? अझै नदेख्नुभाको भए रातो चिह्न लगाइदिएको छु

chand1

त्यहाँ देखिएका दुई पोस्टर मध्ये एउटा यो हो-
miley
यिनी माइली हुन्। हाम्रो गाउँघरतिरकी माइली हैनन्, ‘साम्राज्यवादी’ अमेरिकाकी गायिका तथा नायिका माइली साइरस। डिज्नी च्यानलमा हान्ना मोन्टाना बन्ने यिनै हुन्। इन्टरनेटमा सर्च गर्दा माइलीका कस्ता कस्ता सेक्सी फोटो भेटिन्छन्, धन्न भित्तोमा सभ्य फोटो टाँसिएको रैछ।

बीचको फोटो अलि चिनिएन। अर्को फोटो चैँ यो हो-
justin1
यिनी हुन् जस्टिन बिबर। क्यानाडेली हुन् यिनी। किशोर पप गायकका रुपमा खुबै ख्याति कमाएका। उही क्या बेबी, बेबी, बेबी ओउउउउउउउउउउउ गाउने। कोरियन साइको गंगनम स्टाइल आउनु अगाडि यिनैको गीत त थियो नि युट्युबमा सबभन्दा धेरै हेरिएको रेकर्ड।

ड्यास माओवादीलाई धेरैले शास्त्रीय कम्युनिस्ट भन्थे। तर ड्यासका मुख्य रणनीतिकार मानिने चन्दको भित्तामा (फोटो अफिसमा खिचेको कि घरमा रिपब्लिकामा प्रष्ट लेखिएको छैन) माइली साइरस र जस्टिन बिबरका फोटो देख्दा भने यिनी पनि अरु जस्तै मोर्डनै लाग्यो। नपढेका, अशिक्षित, सोझासाझा नेपालीलाई यिनले फेरि जङ्गल लगेर हतियार बोक्न बाध्य बनाउँदैनन् होला। धेरै शंका नगरम्। माओ र माइलीको फ्युजन चन्द पथ गज्जबको हुनेछ। केही पर्खौँ।

38 thoughts on “ड्यास माओवादीको कोठामा के देखियो गाँठे !”

  1. ashok thapa says:
    October 5, 2013 at 12:55 pm

    यो अरु केहि होइन साथी हो प्रचण्ड माड्साप को गुरु योजना हो किन भने अब को चुनाब पछि एमाओबादी पहिला को भैसी आकार बाट मुसो आकार मा आउदै छ तेस पछि सुरु हुन्छा नाटक प्रतिगामी बाट धादली भयो बिदेसी ले छल खेल गरे भन्दै rastiye स्वाधीनता र अग्रगमन का लागि भन्दै बैदे बा र माड्साप का सेना मेना सडक मा हुने छन् Nepal र नेपाली लाई एकचोटी फेरी बेबकुफ बनाउने छन् हामी जनता समय मै होसियार बनौ.

    Reply
  2. Uttam says:
    October 3, 2013 at 7:48 pm

    प्रचण्ड को रेखा लाई बिप्लव को ड्यास ////

    Reply
  3. Ananta says:
    October 3, 2013 at 1:25 pm

    मानिस को स्वभाव हो, चाहे जुनसुकै सिधाण्ठ मा विश्वास गरोस उसलाई सुदरता,मनोरंजन आदि चाहेकै हुन्छ. कमुनिस्ट ले प्राकृतिक स्वभाव लाई जबर्जस्ति दबौना खोदा येस्तै परि नाम आउंछ. मुख मा राम राम बगली मा छुरा

    Reply
  4. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
    October 3, 2013 at 3:53 am

    माइली नानी र जस्टिन फुच्चे पनि कम्युनिस्ट बने कि कसो? नेपालको ड्यास र क्याश माउबादी मद्धे को कुन मा छिरे?

    Reply
    1. shyam says:
      October 4, 2013 at 1:53 pm

      जस्टिन भन्नुस माइकल अथवा material girl Madonna सबै भौतिकताका उपज हुन्| भौतिक बादीहरू भौतिकतामा रमाउनु कुनै नौलो कुरो होइन| नौलो कुरो त् त्यो हो जो आफुलाई आदर्शबादी भन्छन तर चरम भौतिकतामा लिप्त हुन्छन\

      Reply
  5. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    October 2, 2013 at 10:06 pm

    अब उमेशजीको ब्लग मा धेरै राम्रा कुरा हुन्छ, तेस्को समर्थन गरिन्छ, तर यो एउटा फोटो जसका बारेमा बिचार विप्लव कमरेड अनबिज्ञ हुनसक्छन, तेस्लाई लिएर व्यक्तिकै पुरा मुल्यांकन नगर्नु बेस , यी त भए येस्तै कुरा, अब अर्को गम्भीर कुरा के भने, नेकपा माओबादी को सिद्दान्त र विचार अर्को ठाउँमा छ तर देश र जनताको लागि सोच्ने र defensive र दुरदर्शी राजनीति गर्ने हो भने बैद्य माओबादीलाइ सहमतिमा नल्याई गर्ने चुनाब recipe for disaster हुने छ, अब मलाई साथीहरूले माओबादी भनेर रातो थिच्देलन तर अर्को एउटा राम्रो analysis यहाँ पनि छ !

    http://myrepublica.com/portal/index.php?action=news_details&news_id=62420

    धन्यवाद !

    Reply
  6. सत्य प्रकाश says:
    October 2, 2013 at 9:53 pm

    यो ए-माओवादी र बी-माओवादीहरु दुवै उस्तै उस्तै हुन्| ए टीम र बी टीम|
    पहिले मंग्सीरमा चुनाव हुन्छ हुँदैन थाहा छैन| भए पनि त्यसको केही काम छैन|
    ६०१ लाई तलब भत्ता नदिने गरेर चुनाव भए राम्रो हो| यति दिन खान नपाउदा भोकले आतुर छन्, बौलाएका छन् दल र दल निहित व्यक्तिहरु| पावर नपाउदा काकाकुल छन् भ्रस्टचार गर्न|
    चुनाव के का लागि? संबिधान बनाउन? चार चार बर्ष तलब भत्ता खाएर पनि संबिधान बनाउन सकेंनन| अब आएर सक्छन भन्ने के ग्यारन्टी?
    चुनाव समयमा नभए वा चुनाव पछि पनि कलाह्मयी दलहरुको निश्कर्मन्य्ता र हिलो छ्याप्ने कार्यले अर्को द्वन्द लक्षित गर्ने भय देखाएर सेनाले अस्थायी रुपमा भन्दै सत्ता हसुर्ने र ज्ञानेलाई पनि बिस्तारै ठाउँ दिने स्थिति नआउला भन्न सकिदैन|
    दल दलमा फंसेको चार दल लाई चुनौती:
    १. के तलब भत्ता नलीई ६०१ सभासद्ले चुनाव पछि संबिधान बनाउने प्रतिज्ञा जनसमक्ष राख्न सक्छ? (पैसा र सत्ताको राजनीति त्यागौ)
    २. विद्यमान बढ्दो भ्रष्टचार निर्मुल पार्न दलहरुले के कस्तो परिवर्तनको कार्यक्रम प्रस्तुत गर्न सक्छन चुनाव अघि?
    ३. सरकारी खर्चमा सत्तामा आएपछि सचिव र पी ए नियुक्त गर्दा नजिकका नाता र आफन्तलाई नियुक्त नदिने प्रण गर्न सक्छन चोर नेता र सत्ता धारी दल वा बिपक्षी दलहरुले? त्यो पहिले भ्रष्ट चार निर्मुल्को सानो कदम हुनेछ|

    Reply
  7. kiran says:
    October 2, 2013 at 7:34 pm

    केटाकेटीले टाँसेका होलान , अहिलेका बच्चाहरूलाइ ( छोरीहरू विषेश ) लाइ यि गायक र गायीका सारै मन पर्छ ।

    Reply
  8. Sudip Adhikari says:
    October 2, 2013 at 6:46 pm

    तरुनी देख्दा तपस्या गरिराखेका ऋषि मुनि को त ध्यान भंग हुन्छ रे!ड्यास माओबादी को त के कुरा भो र!हा हा हा …हास्न भने पाइन्छ के नेपाल मा फ्री मा कहिले काही!!

    Reply
  9. sanu maya says:
    October 2, 2013 at 6:32 pm

    अब अमेरिका र क्यानाडामा पनि कमुनिज्म आउने भो भन्ने देखौन खोजेको कसैले कुरै नबुझे पछि बिचार बिप्लव …………..

    Reply
  10. raj says:
    October 2, 2013 at 6:17 pm

    ड्यास माओवादी को जासुसी संयन्त्र का अनुसार माइली र कान्छो दुवैमा कम्युनिस्ट धार छ तेही भएर हो क्या |:) 🙂

    Reply
  11. द्रोण says:
    October 2, 2013 at 5:35 pm

    गीत गाएर कमाउन अब गाह्रो भएकोले माइली साइरस र जस्टिन बिभर पनि ड्यास मावोबादी प्रबेस गरेर लुटेर क्यास कमाउन छिरेका हुन् सक्छन |

    नेपालि डलर |

    Reply
  12. Diwakar says:
    October 2, 2013 at 5:00 pm

    सबै ढोंग मात्र हो , जुन गरिब देश मा सधै चलिरहांचा , गरिबी हटाऊ कम्युनिष्ट लाइ निर्मुल पारौ

    Reply
  13. मानुका पौडेल says:
    October 2, 2013 at 5:00 pm

    होइन यिनले गाका गीत बुझ्ने कति होलान् ड्यासमा ?

    Reply
    1. Pradeep says:
      October 3, 2013 at 6:25 am

      के कुरा गरेको ,ड्यासमा बुझने सबै छन् तर हल्का बोतल र सेकुवाले लाठी चार्ज हुनु पर्छ |

      तेस्पछि तिनले अंग्रेजीमा गफ र वेस्टर्न पप, पोर्न हेर्छन किनभने मनमा कुण्ठा छ |

      “यिनी सब मुखमा राम राम बगलीमा छुरा” भन्ने हुन्

      Reply
  14. सचेत says:
    October 2, 2013 at 4:46 pm

    गीत संगीतको न कुनै भाषा हुन्छ, न कुनै जात, हामी २१अैँा शताब्दीका ड्यास माउवादी हैाँ,वाइवर र माइली हाम्रा पार्टीका सदस्य हुन सक्छन है भन्ने सन्देश दिन हामीले उनीहरूको फोटो ससम्मान अन्य कम्युनिस्ट नेताहरूको लहरमा पार्न खोजेका थियैाँ, कोठा सानो भएर छेउमा लहरै टाँसेको …………. (y)

    Reply
    1. dharmendra says:
      October 2, 2013 at 6:20 pm

      संगीत को भाषा नभए पनि ताल हुन्छ तर जति राम्रो ताल भएनी माओबादी नाच्न कहिल्येइ जानेन / सधै बेसुरा र बेताले

      Reply
  15. परदेशी कृष्ण says:
    October 2, 2013 at 4:13 pm

    जनताको अगाडी अमेरिकी साम्राज्यबाद भन्दै खोक्नी, आफ्नै भित्तोमा चाहि माइली साइरस र जस्टिन बाइबर सजाउने!! गजब छ कमरेडहरुको चर्तिकला !!!

    Reply
  16. बशन्त राज says:
    October 2, 2013 at 4:08 pm

    नेत्र बिक्रम चन्द ले नेपाल बन्द गरेको दिन बाहिर जान नपाएर घरको एम.टि भी मा माईली साईरस लाईभ हेरोको थिए / त्यस दिन उनले उत्तउलो नाचेर उधुम मच्चाएकि थिईन / त्यो देखेर यिनीको मनमा पनि उधुम मच्चीएछ / अनि त्यस दिन देखि यिनी पनि माईलीको फ्यान भको अनि उनैको फोटो फुर्सदमा हेर्न त्यहा कुनामा टासेको कहाबाट प्रत्रकार को क्यमराले त्यो पनि भ्यईहलेछा नि / मन मन मा हाना मोन्टानालाई ………. कर्त्रो रहर छ /
    अब जसटिन गीत “बेबी बेबी………..” भन्दा बैध बा बैध बा भने जस्तो लग्छ / अनि बैध बा त् अमरीकाको केटोलाई पनि मनपर्दो रछ / अनि अर्को एमाओबादीलाई हेर हाम्रो बैध बा त् अमरीकामा समेत पपुलर छन् भनेर देखाउन फोटो टासेको क्या / जोक गरेको क्या हाहाहा

    Reply
  17. भोला कोइराला says:
    October 2, 2013 at 4:06 pm

    हैन सालोक्य जि, जे पनि भन्ने नेत्र दाईलाई …? त्यो फोटो उनले आफ्नो लागि टासेका होलान त ? …।अब सपनामा मार्क्स, लेनिन, हरु आएर यसो मनोरञ्जनको लागि केहि गर त चन्द बाबु भनेर भनेछन, बस आफ्ना भगवानले भनेको पनि नमान्नु त बिचरा चन्द दाईले……अनि बजार गए, बिबर भाईले गाएको गितमा माईलीले नाचेको फोटो टाँसिदिए नि ….हुन त उनले नेपाली माईली नै भनेर मागेका थिए होलान पसल सँग, तर पसलेले पनि झुक्काएको होला नि चन्द दाईलाई…

    Reply
  18. kusan sharma says:
    October 2, 2013 at 3:41 pm

    पहिला भाडामा बस्नेले टासेको होला l
    कामरेडलाई भासण गर्नमै फुर्सत छैन,
    पछाडिको फोटो पनि mysansar कै ब्लग
    पढेर थाहा पाउलान l

    Reply
  19. Gopal Niure says:
    October 2, 2013 at 3:32 pm

    कता यो ब्लग को बिरोद मा पनि नेपाल बन्द गर्ने हुन् ड्यास मावोबादी ले ………………..

    Reply
  20. neeraj says:
    October 2, 2013 at 3:18 pm

    माथि कतै गंगनम स्टाइल लेखिएको रैछ, गंगनम होइन गाङ्नाम हो, कोरियन भाषामा गाङ माने खोला, नाम माने दक्षिण, गाङनाम माने खोलाको दक्षिणको टोल।

    Reply
    1. Krishne says:
      October 2, 2013 at 4:48 pm

      “लौ मित्र तिमि चाहि कोरिया को फुर्ति लगाउन छाड-देउ” भन्न मन लाग्या थियो…भैगो नभनुम क्यारे 😀

      Reply
  21. Tenzing Gaba says:
    October 2, 2013 at 2:47 pm

    “Sunny Leone” को पुरानो फिल्म कै पोस्टर राख्नु खोज्या तर उपलब्ध नभएर “हाना मोन्टाना” को पोस्टरले काम चलाएको हो /
    ————————————–
    (नोट: “Sunny Leone” को पुरानो फिल्मको सबै पोस्टर प्रकास कमरेटले हडपेको बुझिन्मा आएको छ)

    Reply
  22. hareram says:
    October 2, 2013 at 2:38 pm

    दोश्रो तस्बीर फूटबल खेलाडी Cristiano Ronaldo जस्तो देखिन्छ

    Reply
  23. SURENDRA hongkong says:
    October 2, 2013 at 2:37 pm

    भने पछि ड्यास मावोबादी हरु सेक्सी प्रकार का होलान नि सर के आप्पती मान्ने?

    Reply
  24. Shahil says:
    October 2, 2013 at 2:37 pm

    कति मार्क्स को दारी, माओ , लेनिन को चिन्ड़े टाउको र स्तार्लिन को जुँगा हेर्नु कहिले कहिँ येसो माइली त बिबर को जवानी पनि हेर्न मन हुन्छ होला नि !!! आखिर मनै त हो 😉

    Reply
  25. jeevan says:
    October 2, 2013 at 2:24 pm

    हो एकदम राम्रो उजागर यसरी नै केलाउनु पर्छ यिनीहरुको काला
    कर्तुतहरु!

    Reply
  26. Tenzing Gaba says:
    October 2, 2013 at 2:22 pm

    भो-भो-भो, बैद्द्यहरुको कुरै नगरम !
    “….” लाई चलाए गन्ध !!
    ” बैद्द्य ” लाई चलाए बन्द !!!

    Reply
  27. Ram B. says:
    October 2, 2013 at 2:11 pm

    Nazis ,Fascists , Communists सबै Racists हुन् ; आफ्नु भन्दा अलग विचारधारा राख्ने/हुने हरु यिनीहरुको नजर मा मान्छे नै होइनन् | र यिनीहरु लाइ आफु र आफ्ना ले गरेको जुनसुकै गल्ति पनि सहि नै लाग्छ | आफ्नु कुरा माथि पार्नको लागि शुरुमा मुख , अनि गालि अनि त्यसरी पनि जित्न नसके हात नै हाल्न थाल्छन | पत्याउनुस नपत्याउनुस यो तितो यथार्थ हो | नेपालमा liberal सोचवाला मान्छे हरु को कमि नै छ अझै |

    Reply
  28. kalyan ghiimire says:
    October 2, 2013 at 2:10 pm

    विचरा….छोराछोरिले टासे होलान नि त !!!

    Reply
  29. राधेश्याम says:
    October 2, 2013 at 2:01 pm

    मार्क्स र एङेल्स त त्यतै हेर्दै छन त हौ , अनी लेनिन र स्टालिन पनि हल्का नहेरे नहेरे जस्तो गरेर चिआउँदै छन…… बुढाहरुमा माओ चाँही हल्का सोझा रैछन कि ।

    Reply
  30. shiva kumar timilsina says:
    October 2, 2013 at 1:51 pm

    यो त केहि नौलो कुरो नै भएन नि के कमुनिस्ट ले अमेरिकन singer एक्टर को फोटो घरमा राख्ने हुन्न र भन्या . के कमुनिस्ट ले english music सुन्ने हुन्न्ना तिनको fan बन्नै हुन्न र ?????????????????????

    Reply
    1. Rabindra Basnet says:
      October 1, 2013 at 11:08 pm

      हुन्न कोल्ले भन्या छ । जति सुने नि हुन्छ जति फ्यान बने पनि हुन्छ । बन्नु हुन्न सुन्न हुन्न भनेर माथि लेख्या छ त ? माथि त झन् ड्यास माओवादीलाई धेरैले शास्त्रीय कम्युनिस्ट भन्थे। तर ड्यासका मुख्य रणनीतिकार मानिने चन्दको भित्तामा माइली साइरस र जस्टिन बिबरका फोटो देख्दा भने यिनी पनि अरु जस्तै मोर्डनै लाग्यो भनेर प्रश‌ंसा पो गरिएको छ । यी शिव दाजुको मन चैँ यत्तिकैमा किन कटक्कै खाएको होला है

      Reply
  31. दिलिप, भक्तपुर says:
    October 2, 2013 at 1:51 pm

    बिचरी रेखा, चित्त दुखाउन्दै होलिन् र पक्कै सोध्लिन आफ्नो ठाउँमा यनिहरुको फोटाहरु किन भनेर ।

    Reply
  32. sabin says:
    October 2, 2013 at 1:37 pm

    नाम चाही नेत्र ध्यान चाही अन्नेत्र!! तेती बुज्ने भय चुनाब मा आइहाल्थ्यो नि बैद्य बा को suputra हरु!!

    Reply
  33. पारंगत राई says:
    October 1, 2013 at 11:07 pm

    प्रचण्ड त भए भए, बिप्लव कमरेडमा पनि बुर्जुवा बिचलन आयो जस्तो छ नि। कमरेडको पनि अब चाँडै सलेवा ब्राण्डको ज्याकेट, बहुचर्चित पलङ र घडी, छोड्छु भनेर एक वर्षसम्म नछोडेको घर, तनावमा आयो कि रिसोर्ट, हङकङ-सिंगापुर त हुने होइन होला।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme