Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत

Posted on October 16, 2013October 16, 2013 by Salokya

singaporeवर्क भिसा मिलाइदिन्छु भनी नेपाली विद्यार्थीहरुबाट हजारौँ डलर कुम्ल्याउने तर भिसा मिलाइदिन नसकेपछि सम्झौतास्वरुप रकम फिर्ता नदिने मात्र हैन, ज्यान मार्ने धम्कीसमेत दिएको खुलासा भएको छ। अस्ट्रेलियाको एबिसी टेलिभिजनमा सोमबार प्रसारण भएको लेटलाइन कार्यक्रममा दुई नेपाली छात्रा छवि भुसाल लामिछाने र शिव निरौलाले आफूहरु ठगिएको बताए। त्यस्तै एक नेपाली छात्रले आफूलाई ज्यान मार्ने धम्की आएको भ्वाइस रेकर्ड नै प्रस्तुत गरे।

kang
नेपालीहरुलाई ठग्ने यो कम्पनी रहेछ सिङ्गापुर आयल। यसका प्रमुख रहेछन् एड्डी काङ्ग।

छवि भुसालले पाँच वर्षअघि नेपाल छाडेकी थिइन्। पढ्न अस्ट्रेलिया आएकी उनले कमर्सियल कुकरी र बिजनेसमा डिप्लोमा हासिल गरिन् र आफूलाई रेजिडेन्सीका लागि स्पोन्सर गर्न सक्ने रोजगारदाताको खोजी थालिन्।

अनलाइनमा खोज्दा उनले नर्थ सिड्नीको सिङ्गापुर आयल भेटिन् र अप्वाइन्टमेन्ट लिइन्।

काङ्गले २० हजार डलरमा ४५७ भिसा दिने वाचा गरे। ४५७ भिसापछि फेरि २५ हजार डलर तिर्नुपर्ने थियो। काङ्गको एउटा कम्पनी आइकन प्यासिफिकमा कस्टमर सर्भिस म्यानेजरको रुपमा काम दिने वाचासहितको सम्झौता पत्रमा हस्ताक्षर गरिन्।
chhabi
तर काङ्गले भोलि भोलि भन्दाभन्दै काम गर्ने ठाउँ कहिल्यै देखाएनन्। भिसा पनि रिजेक्ट भयो। त्यो सानो कम्पनीमा कम्तिमा चार जना कस्टमर सर्भिस म्यानेजर स्पोन्सरसिप गर्न खोजेका कारण भिसा रिजेक्ट भएछ।

अब न भिसा छ हातमा, न काम। डलर पनि फिर्ता पाएकी छैनन्।

उनी एक्ली हैनन् यसरी पीडित हुने। ४०० जनासम्म शिकार भएको हुनसक्ने कार्यक्रममा बताइयो।

फोन उठाउनेको परिचय नखुलाइएको एक फोन वार्तामा काङ्गले तँलाई मारिदिन्छु, तँ कहाँ छस् भन्दै अश्लील गाली गरेका छन्। तर कार्यक्रममा अन्तर्वार्ता दिँदै काङ्गले दोहोरो झगडा भएको र ग्राहकले पनि आफूलाई नेपाली माफिया लगाइदिने धम्की दिएको दावी गरे।
कार्यक्रममा अर्की पीडितका रुपमा देखाइएकी नेपाली छात्रा थिइन् शिव निरौला। हेयर ड्रेसर हुन् उनी। काङ्गकै अर्को कम्पनी एडेलाइड पेट्रोलियम एन्ड हस्पिटालिटीमा काम गर्नका लागि उनले कन्ट्रयाक्टमा साइन गरेकी थिइन् जनवरीमा। १५ हजार डलर पनि तिरेकी थिइन् उनले। तर अध्यागमन विभागले भिसा दिन मानेन।
shiva
निरौला भन्छिन्, मेरो कुनै गल्ती थिएन। मलाई स्पोन्सर गर्ने बिजनेस अथराइज्ड थिएन। निरौलाका अनुसार काङ्गले उनलाई अझै ९ हजार डलर तिर्न बाँकी छ। ब्याजसहितको हिसाब गर्ने हो भने त ११ हजार।

लेटलाइन कार्यक्रममा अर्का एक विदेशी विद्यार्थीले कुकका रुपमा काम गर्न १५ हजार डलर तिरेको तर काम गर्न भनेर रेस्टुरेन्टमा जाँदा त रेस्टुरेन्ट नै अस्तित्वमा नरहेको फेला पारेको बताए।

[अस्ट्रेलियामा रहेका माइसंसारका साथीहरु, के तपाईँले पनि यसरी नै नेपालीहरु भिसाका लागि पीडित भएको देख्नु/सुन्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्।]

53 thoughts on “भिसाको लोभमा हजारौँ डलर मात्र गुमेन, नेपालीहरुले पाए ज्यान मार्ने धम्कीसमेत”

  1. Raj says:
    October 25, 2013 at 10:19 am

    Dear all Nepalese victims of Eddie Kang Action Group

    Please be find the official invite to the Legal meeting at the following link:

    https://migrationalliance.com.au/immigration-daily-news/entry/2013-10-victims-of-eddy-kang-action-group-meeting-wed-30-october-6pm.html

    Please be advised you will need confirm your attendance in advance, please confirm with your full name as it appears on your Passport and bring a photo id with you to ensure entry.

    Strict security arrangements are in place for your safety and we want to ensure only the right people get in.

    Reply
  2. Netra Prasad Paudyal (Krishna) says:
    October 18, 2013 at 1:18 am

    हामी सँगै पढेको साथि (छबिकला जी) लाई द:ख पर्यो भन्ने सुन्दा साह्रै चित्त दुख्यो। कानुनी लडाइ लड्दै जानुस, काङले सबै नेपाली साथिहरूको पैसा छिटो फिर्ता गर्ने वातावरण बनोस! NRNA अस्ट्रेलियाले पनि केहि गर्न सक्छ कि कुरा बुझ्दा राम्रो होला कि त ।

    Reply
  3. arjun,sydney says:
    October 17, 2013 at 6:56 pm

    ठिक्क भयो +२ पास गरेर PR लिन खोज्ने ,यस्तै हुनुपर्छ.

    Reply
  4. krish says:
    October 17, 2013 at 5:45 pm

    हौ जागिर र विसा को लागि पैसा. हुने त येस्तै हो नि. पढ्ने बेला मा कलेज नगई लुकेर कम गारो. जस्तो तस्तो पढाई सको. आफ्नो योग्यता अनुसार को कम गर्न त सक्ने कुरै भएन. अनि पैला कमाएको पैसा खर्च गरेर विजा मिलाउन खोजो.

    खै आफु ले पढ्ने बेला मा दरै पढियो. कम नि पहियो. विजा नि पहियो. न कसै लै पैसा ख्यौनु पारो. पढ्दा अलि अलि कम गर्थे. तर पढाई कहिले नै रोकिन. तेती खेर सेविंग हुदैन थियो. हल्का बरु ऋण नै लागेको थियो. कमाएर तिरियो.

    बिदेस चिर्ने बित्तिकै सुन क अंदा पर्न खोजे पछि कहाँ बाट हुन्छा त. दिमाग लाउनु पारो. मोटो बुद्दि ले चल्दै न.

    Reply
  5. Devsh says:
    October 17, 2013 at 12:20 pm

    आज भोलि येस्ता कुरा धेरै सुन्न पहिञ्छ. दुखको कुरा तर के गर्ने सबैले सजिलो बाटो रोज्छन. पैसा दिएर ४५७ विसा कसले किन्छन्. जसले IELTS मा राम्रो score ल्याउन सक्दैन, अस्ट्रेलिया बसेको ५-७ वर्षमा पनि राम्रो अंग्रजी बोल्न जान्दैन, दस थरिको कोर्स गरेर उमेर ढल्केका र अस्ट्रेलियामा रहेका नेपाली (राम्रा) agent को भरमा परेका, सहि र गलत छुट्याउन नसकेका पधेलेख्य विद्वानहरु.
    IELTS मा पैसा खर्च गरेर score 8 ल्याउने कोसिस गर्नु, सिड्नी बसेर होइन regional area जानु जहाँ बढी employment oppurtunity हुन्छ. तर के गर्नु चाहिने कुरा मा मेहनेत गर्दैनन्. अरुलाई दोष दिनु भन्दा आफ्नो बुद्धिलाई दिनु पर्छ.
    Come to Cairns, lots of job oppurtunity over here. Employer needs serious staff. apply job, show your performance they will definetly sponser you. And that does not cost you lot.

    Reply
  6. Bikash says:
    October 17, 2013 at 10:52 am

    आज नेपाली हरु थागिदा नेपालीहरु नै बादी खुसि वयाको देख्दा मलाई सारै नै दुख लग्यो. कुनै पनि मान्छ लै ठुलो रकम तिरेर ठगिन मन कसैलाई हुदैन. यहाँ जसले जतिनै खोके पनि कोरिया कै visa लिन पनि लाठी चार्ज हुन देश हो हाम्रो हो हाम्रो . राम्रो देश मा बस्ने राम्रो लुगा लाउन सबैलाई रहर हुन्छ. आफ्ना नेपाली बासी हरु अरु बडी न थ्हगिउन vanara ऊनले यो कुरा news मा ल्याउन सहस गरिन . नत्र vane eddie ले अस्ट्रेलिया varika नेपाली कसैलाई पनि बाकी राख्न थिएअन . ठग को जाल मा पर्न लै पैसा धेरै vayara हैन आफ्नो बाध्यता ले परिस्थितिले हुन्छ
    नत्र वने नेपाली मात्र पहिला thagiaka होइनन. kang बाट अरु थुप्रै देसका मान्छे हरु पनि thagiaka छन्.

    काब्रे का मान्छे सबै ले मिर्गौला बेचे vanare काब्रेकै सबै मान्छे दोषी हुदैनन् . दोसी हो उनीहरुको परिस्थितिको उनीहरुको बाध्यताको , म यति नै vanna चाहन्छुकी , I am proud of these people from coming in media and saved other nepalese to be cheated by eddie kang. Anyway we all nepalese are the same . and we should not celebrate because they are being cheated. And if someone still want to celebrate then their day will also come soon. when situations are beyond your control and you will soon meet the grandfather of eddie kang. and you will remember what you have said to others

    Reply
  7. regmi Dai says:
    October 17, 2013 at 9:41 am

    मलाई २ वर्ष अगाडी सिड्नी को कुनै नेपाली registered migration agent ले झुलाएको हुनाले उसको काम बाट खुसी नभई मेरो फाइल मागे र पछी मा आफै ले visa apply गरे , पछी त्यसले यस्तो इमेल पठायो मलाई, यो इमेल अझै मेरो inbox मा छ.

    Now you have shown your color . I won’t ask you to pay any more. I will now sue you for all the costs as per agreement. See you in the Court. Also not you have signed to pay within 7 days and after that you will be liable to pay full costs.
    Please note if you loose the case in court, you may be liable to pay our entire legal costs for litigation.

    Reply
    1. Akash says:
      October 18, 2013 at 4:29 pm

      त्यस पछि के भयो ?

      Reply
  8. ekraj says:
    October 17, 2013 at 9:41 am

    यो घटनाका (नाटक) का दुवै पात्र उत्त्तिकै दोषी छन् र दुवै सजाय भोग गर्न योग्य छन्|
    एउटा योग्यता पुग्ने मान्छेले नियेम पुर्याएरै विस लिन सक्तछ| योग्यता नपुगेको छैन झुटा कागज बनाएर पेश गर्न दलाल हरुले सहयोग पुर्यौछां| पुलिस ले र सरकार ले यस्ता किर्ते गर्ने हरुलाई कारबाई नगरिन्जेल उम्केर बच्हन| तेस्मा इमिग्रेशन एजेन्ट भानौता, वकिल र नाम्कलागी रेस्टुराँ चलाउने हरुपनि यो ठगि नेटवर्कमा छन्( बिसेष गरेर नेपाली पनि)
    आशा गरौँ यस्ता गैर जिम्मेवारी कम गर्ने हरुले नियेम अनुसार को सजाए पाउन

    Reply
  9. Rabindra (australia says:
    October 17, 2013 at 7:40 am

    i dont understand why these people pay that much amount for the 457 visa.whenever apply for 457 visa company should pay $54000 minimum to worker as a salary.not by worker to company. i just want to ask a question all the nepalese who pay heaps of money to that person.do you know about 457 visa rule?????? or you just buying a PR from that person. not only Eddi kung is wrong.people who gave a money to him they are also want a fast track to get a PR IN AUSTRALIA.think about it you people are also doing illegal things.

    Reply
  10. कमल says:
    October 17, 2013 at 3:39 am

    नेपाली जहीं होस्, लुटिएको र ठगिएको देख्दा दुख लाग्छ| भारतीय रेलमा यात्रा गर्दा दिनहु सुधा साधा नेपालीहरुलाई भारतीय ठगले सबैको सामु ठग्छन, लुट्छन| जागिर नपाएर नेपालमा थन्किएर अनि मर्नु बाच्नु स्थितिमा पुगेकाहरुलाई खाडी मुलुकका दलालले ठग्छन|

    तर अष्ट्रेलियामा बसेका नेपालीहरु, हेर्दा पढे लेखेकै जस्तो देखिन्छ, कसरि यस्ता ठगको फन्दामा परे होलान? कंहाबाट आयो त्यतिका पैसा? त्यति पैसाले नेपालमै केही गर्न सकिन्थ्यो|
    केही समय अघि अष्ट्रेलियामा पढ्न आएका केही बिद्यार्थीहरु खर्च धान्न वा अलपत्र परेर शरीर बेच्ने धन्धामा सलग्न हुनसक्ने संशय गरी नेपाली एम्बेसीले परराष्ट्रलाई बोध गराएको पनि समाचारमा आएको थियो सायद माईसंसार मार्फत नै होला|
    जानी जानी झुटो र फर्जी सुचना दिएर 457 र PR किन्नु भनेको अपराध होइन र?
    एड्डी काङ्ग जालसाज फर्जीबाजले कुन फ्याक्ट्रीमा 457 उत्पादन गर्छ भन्ने सम्झेकी होली?
    तल ललित नारायणजीको मन्तब्य पनि अलि ध्यान दिएर पढौ है|

    Reply
  11. बाजे says:
    October 17, 2013 at 3:37 am

    मैले यो ब्लग पढे पछि खोजि गरेको त यो एड्डी कांग ले न्यु जिल्यान्ड मा पनि तेस्तै बदमाशी गरेर उस्को कम्पनी bankrupt भाको रैछ, अनि पुलिस ले पनि समातेको रैछ २००९/२०१० मा. तेस्को बारेमा history थाहा पाएर बल्ल पैसा दिनु पर्नी, साथीहरुले गल्ति गर्नु भयेछ.

    Reply
  12. Madhavji says:
    October 17, 2013 at 3:34 am

    मेरो बिचारमा त अस्ट्रेलिया सरकार पनि केही हद मा दोषी छ यो घटनामा !जहिले पनि बहुसंख्यक आवेदकहरु सोझा र निस्छल हुन्छन ! विसा आवेदन दिनसक्ने यस्ता विध्यार्थी हुन सक्ने कुरा पहले नै अध्यन गरेर सरकारले ४५७ जस्तो विसा पोलिसी तयार गर्नु पर्ने हो !यसको नियमित अनुसन्धान गरेर मीडिया मार्फत जानकारी गराई रहनु पर्ने!यसमा सरकारलाई ठगेर एजेन्टहरुले निमुखा आवेदकहरुलाई पनि ठगिरहेका छन ! यस्ता एजेन्टहरु पक्राउ गरेर धमाधम सार्वजनिक गर्नु पर्ने सरकारको पनि दायित्व हो !

    Reply
  13. Kanta says:
    October 17, 2013 at 3:11 am

    I think if company is wiling to sponsor they should agree to pay all the expences, maybe I was lucky enough all possible expences were covered by work including corporate lawer fees. Unfortunately, my second cousion was scamed by IELTS sirlankan agent fake about $5k. He was lucky enough, at last got sponsored with related exp covered by his work. Bottom line is – Speak to your HR or manager first about sponsorship!! Good Luck.

    Reply
  14. Ishwor says:
    October 16, 2013 at 9:57 pm

    There is a company called Jewel of India in Sydney that’s sells work visa in $40000 and main agent is nepali

    Reply
  15. Lalit Narayan says:
    October 16, 2013 at 9:33 pm

    कस्तो धनि बिद्यार्थी बाबै l यहाँ आफु संग सेमिस्टर फी तिर्न धौ धौ, उहाँ भने रेसिडेन्सी भिसा किन्न पचिसौं हजार डलर को चलखेल l सक्कली बिद्यार्थी हो कि नक्कली हो?

    Reply
    1. Thebe says:
      October 19, 2013 at 5:38 pm

      ललित नारायण जी सक्कली कि नक्कली विद्यार्थी भनेर दोमन हुनु पर्दैन,उनीहरु सक्कली बिद्यार्थी नै हुन् | तपाइलाई जानकारी दिन मन लाग्यो कि अस्ट्रेलिया मा ४५७ visa को लागि कम्तिमा certificate ३ को आबस्यक पर्छ | उनीहरुको त certificate ४ हो | यो केस मा उनीहरुलाई कम्पनीले धोका दिएको मात्र हो| संसारमा जो कोहि पनि बाधेताको फाइदा मात्र उठाउछन् | उनीहरु तेसैको सिकार भएकाहुन् |

      Reply
  16. Amrit Baral says:
    October 16, 2013 at 9:11 pm

    हामी नेपालीहरु संसारकै सोझा र सजिलै ठगिनसक्ने मान्छेहरु हौ। यूकेमा पनि वर्क पर्मिट Tier 2 (General) भिसा मिलाइदिन्छु भन्दै २-३ हजार पाउण्ड खाने दलाल देखी १०-१२ हजार लिएर टाप ठोकने ईण्डियन, पाकिस्तानी वा नेपाली रेस्टुराँ मालिकहरु छन। भिसा पाइहले पनि ट्याक्स नतिर्दिने, र आँफैले तिर्न पर्दा कमाएको सबै पैसा ट्याक्समा खर्छ हुन्छ। भिसा लागिहाले पनि रेस्टुरेन्टहरुले गधाजस्तो गरी दिनमा १२ घण्टासम्म काम दलाउछन र पैसा निकै कम दिन्छन। यस्तो दयनिय अबस्था हुँदा पनि नेपाली विध्यार्थीहरु वर्क पर्मिट भिसा अपलाई गर्न दलालहरुकोमा धाउन आतुर रहन्छन।

    Reply
  17. dhan says:
    October 16, 2013 at 8:43 pm

    म कसैको पक्ष वा बिपक्षमा बोल्न चाहन्न तर कुरा के हो भने विदेश आइसकेसी बिदेशी कार्डको लोभ सबैलाई हुन्छ | राम्रो भबिस्यको खोजीमा अस्ट्रेलिया अमेरिका युरोप र अन्य बिकसित देशमा जाने चलन चल्न थालेको निकै भो | अहिलेको अलि सजिलो र सहज अनि राम्रो गन्तब्य भनेको अस्ट्रेलिया हो जुन कुरा सबैलाई थाहा छ | यहाँ कोम्मेंट गर्नेहरुले जति नै खोके पनि उनीहरु पनि केहि उपाए नचलोस त येस्तै उपाय तिर लाग्चन | सम्बन्धित बिसयमा अनुभब र योग्यता हुदा हुदै पनि अहिले काम पाउन पहिले जस्तो सजिलो छैन तेसैले अन्य उपाय तिर लागेकाहरु देखिन्चन | यहाँ डलरमा राम्रो कमाई गरेकाहरु र नेपालको भन्दा दस गुना राम्रो जीवन बाचेकाहरु कसलाई फेरी नेपाल फर्केर उही अनिश्चित भबिस्यमा बाच्नु मन लाग्ला र ? जहाँ भ्रस्टचरीको जयजयकार हुन्छ |

    म येति मात्रै भन्न चाहन्छु कि येस्ता fraud हरु संग बच्न सके केहि पैसा तिरेर राम्रो स्पोंसोर पाउन सक्नु हुन्छ भने बुझेर तिर्दा फरक पर्दैन | If its a win win game for everyone, what’s bad in it ? तर आखा चिम्लेर विश्वास नगर्नुस | सबैलाई ऑल द बेस्ट !

    Reply
  18. Vinay says:
    October 16, 2013 at 6:30 pm

    म यहाँ दुबैको गल्ति देख्छु तर यि बिद्यार्थीहरुको भन्दा त्यो कांग भन्नेको दोष कता हो कता बढी छ.त्यसको काम नै मान्छे सँग पैसा लिएर वर्क राइट र अझै पुरै परिवार नै अस्ट्रेलिया ल्याउन पाउने visa (सब क्लास ४५७) को सपना देखाएर धोका दिने भए पछि त्यसैको गल्ति भइ हाल्यो नि.अझै यि बिद्यार्थीहरुले त एउटा गल्ति गरे, त्यो कांगले त्यस्तो गल्ति (अपराध) २००-४०० जना सँग गरे पछि त्यसको दोष त धेरै नै देखियो नि.
    अर्को कुरा……दुइ जना बिचको सहमतिमा एकले काम खोजिदिने र अर्कोले त्यस वापत शुल्क तिर्ने कुरा यदि बैध करार अनुसार गरिएको छ भने त्यो नाजायज होइन( after adhering to its basic elements-offer and acceptance, intention of legal consequences and consideration). त्यहि भएर त न्युज रिपोर्टरले पैसा किन लिएको भनेर प्रश्न नगरेको नि. उसको प्रश्न थियो- पैसा लिएर काम किन नगरिदिएको र काम नभए पछि करार अनुसार पैसा किन फिर्ता नगरेको.
    मलाइ थाहा भए सम्म नेपालीहरु मात्रै होइन धेरै नै देशका मान्छे हरु त्यसबाट ठगिएका छन्. कार्ल कोनराड ( माथि समाचारमा देखाइएका माइग्रेशन एजेन्ट )अस्ट्रेलियाका गिनेचुनेका माइग्रेशन एजेन्टमा पर्छन र मलाइ लाग्छ उसले तोकेरै २००-४०० मान्छे ठगिएका छन् भने पछि सायद यो कुरामा केहि दम त छ.
    र अन्त्यमा, हो, केहि गरि साँच्चिकै पैसैको भरमा भिसा पाउन खोजेको भए यो अनैतिक काम हो. तर त्यो कुरा प्रमाणित नभए सम्म त यि बिद्यार्थीहरुले benefit of doubt त पाउने पर्यो नि !

    Reply
  19. सागर, अस्ट्रेलिया says:
    October 16, 2013 at 5:49 pm

    हामी कति सजिलो बिक्छौ भन्ने ज्वलन्त उदाहरण हो यो | कुरै नबुझी पैसा दिदैमा काम हुन्छ भन्ने मानसिकता लिने सायद हामी बिस्वको एकमात्रै नमुना हौ , मानसिक दरिद्री हौ , काम नगरी खान पल्केका संसार का सबसे लम्पट हौ हामी नेपाली! .यो यस्तै अकंछा को नमुना अबम उदाहरण हो . आफ्नो योग्यता अनुसार हिडम ! घाटी हेरी हाड निलाऊ !
    यहाँ अस्ट्रेलिया मा नेपाली र इन्डियन दलाल हरुनै सक्रिय छन् | अझै यहाको नेपाली consultancy हरु त कुरै नगरे पनि हुन्छ | यिनी हरुको राम्रो networking हुन्छ दलाल हरुसंग | सबै मिलेर खाने हो त्यो पैसा | सब कमिना हुन्
    चोरीको सामान बेच्ने र किन्ने दुवै दोषीभएजस्तै यहाँ पनि दुवै दोषी हुन् | अस्ट्रेलिया सम्म IELTS दिएर र अरु अनेकौ कागजात बनाएर आइपुगेका नेपालीहरुलाई पैसादिएर भिसालिनु गैरकानुनी हो भन्ने थाहाहुदैन भन्नेचाही मलाई अपच हुन्छ र लज्लाग्छा हामी एकै देश का हौ भन्न पनि | येस्तै गतिबिधिका कराण कानुनपुर्याएर काम गर्ने नेपालीहरुलेसमेत सास्ती भोग्नु परिरहेको छ |

    साएद सहानुभूति देखाउनुहरुलाई मेरो कुरा चित्त बुज्दैनहोला तर येथार्थ फेरि दोर्याउन्छु “चोरीको सामान बेच्ने र किन्ने दुवै दोषीभएजस्तै यहाँ पनि दुवै दोषी हुन्” |
    साथीहरुले किन येति धेरै पैसा तिरेर बाहिर बस्न चाहन्छन ? के नेपाल मा यो पैसाले केहि गर्न सकिन्न अथवा यो पैसा को पनि सुरक्षा छैन ? यो बिषय मनन गर्न लाएक छ.

    नेपाल बस्न अयोग्य भै सक्यो त ? आफ्नो योग्यता मा विश्वास गरम साथी हो !
    नांग्लो बानेर आकाश मा उड्न सकिन्न साथी हो. त्यसै धेरै आशा नगरम परिश्रम गरम अनि कर्म मा विश्वास गर्नुस . भबिस्य बनाउने हो बरदान स्वोरुप पाउने होइन . साथी हरु सत्य कुरा लेखे है रिसानी माफ
    सागर, अस्ट्रेलिया

    Reply
  20. Rabi (sydney) says:
    October 16, 2013 at 4:48 pm

    This is common nowdays that people who cannot do hard works tries to get the easy access for 457 Visa n PR by paying them thousands of $ which affects the people who try to get them legally. I have seen people paying about $40k for that..mostly south asian countries , india n nepal on the top, r involved in such action in here

    Reply
  21. Anup says:
    October 16, 2013 at 2:39 pm

    नेपाली माफिया संग पनि नडराउने भने पछि खतरा रैछ यो चाईनिज बुडो!!!

    Reply
  22. अनोज शाक्य says:
    October 16, 2013 at 1:53 pm

    भिसामा आर्थिक लेनदेन भयो भने यस्तै समस्या हुन्छ । तर माइसंसारले यस्तो समाचारलाई स्थान दिनु राम्रो होइन जस्तो लाग्छ । भिसा भनेको आफुले आफ्नो कागज पत्र र ब्यक्तीगत आचरण बाट प्रभाव परेर पाउने स्वीकृती हो । अब नेपालमा त जस्ले पनि घर खेत बेचेको पैसाले बिदेश जान तम्सन्छन । म पनि जापानमा औध्योगिक प्रशिक्षार्थी ल्याउने काम गर्छु । मलाई मेरो पारीश्रमिक दिनु कहाँ हो कहाँ ? भिसा भए पछी पैसा दिन्छु भन्छ मैले मेरो काम गर्ने हो भिसा त उनीहरुको कागज अनुसार दिने हो । भिसा त अध्यगमनले दिन्छ मैले दिने हो, मैले त उनीहरुको लागि राम्रो कम्पनी खोज्ने, कम्पनीको सम्झौता अनुसार दुबै पक्षलाई पालना गराउने हो । कुनै पनि ब्यक्तीले आफु सक्षम छैन,कागज पत्र दिन सक्दैन भने किन अरुलाई भिसा मिलाउन को लागि मान्छे खताउने हो ? सक्कल कागज पत्र लेउ प्रकृया गरिदिन्छ भिसा आउछ । मैले भिसा दिने हो । मैले कसैसँग माग्ने, मेरो जापानको कम्पनी र मेरो अफिसको ब्यबस्थापन खर्च हो । भिसाको पैसा त राजदुतावासमा तिर्ने हो । भिसा दिन तपाईंको कागज र तपाईंसँग सम्बन्ध राख्ने कम्पनीसँग सम्बन्धित कागज पत्रको आधारमा दिने नदिने निर्णय हुने हो । कुनै फताहाले १५ हजार डलर तिर्दैमा भिसा पाउने होइन । नेपाल कै बेइजत ।

    Reply
    1. dilip gurung says:
      October 16, 2013 at 8:10 pm

      अनोज सर,
      यस्तो दिन दहाडै लूट हुँदा पनि पनि तपाइँ पिडितलाई नै गालि गर्नु हुन्छ| भिसाको लागि त्यत्रो फी तिर्ने बदमास कि सानो कम्पनीको लागि चार जना कस्टमर सर्भिस म्यानेजरको लागि भिसा स्पोन्सर गर्ने व्यक्ति बदमास? तपाइको कमेन्टमा घटिया दलालीको दुर्गन्ध मात्रै छ|

      Reply
      1. अनोज शाक्य says:
        October 17, 2013 at 2:23 am

        दिलिपजी, तपाईंको कमेन्ट पढेर मैले आफ्नो प्रतिकृया दोहोर्याइ तेह्रयाइ पढे । यो पटक माइसंसार मेरो कमेन्टमा पहिलो पटक धेरै Dislike भएको आएकोमा,म खिन्न भए । सर्वप्रथम मलाई नेपाली भाषा र नेपाली साहित्य सव्द खासै आउँदैन । मेरो लेखाइ साधारण भाषामा नै हुन्छ । यो पटक मेरो लेखाइ र मैले भन्न खोजेको अर्थ अर्कै बुझ्न गएकोमा माफि माग्छु । अस्ट्रेलियामा मात्र होइन संसारमा छरिएर बसेका नेपाली हरुको त्यस्तै मिल्दो जुल्दो समस्यामा परेको छ । म जापानमा भिसा सम्बन्धी परामर्सको काम पनि गर्ने भएको हुँदा, बिदेशमा बस्ने नेपालीहरुले कहाँ नेर कस्तो समस्या सिर्जना गरेको हुन्छ, नजिकैबाट देख्न सक्छु जस्तो लाग्छ । माथिको बिषयमा नेपालीलाई आफु जसरी पनि अस्ट्रेलियामा बस्नु परेको देखिन्छ । त्यो नेपालीले अस्ट्रेलिया बस्न अधिकार पाउन उपायको खोजीको क्रममा, कुनै कम्पनीमा आबब्ढ हुन खोजियो । त्यो क्रममा, कुनै ब्यक्ती भेत्तियो,एकजनाको प्रस्ताव, एकजनाले स्वीकार गरियो । तर भिसा दिने त सम्बन्धित देशको अध्यगमनले हो ।अध्यगमनले त कागज हेर्ने हो कसैले कसैलाई पैसा दिएको छ, कि छैन, कती पैसा दियो? भने केरकारगर्ने त होइन । जो नेपाली आफु बिदेशमा बस्न खोजेको हो उसलाई बसाइको स्वीकृती दिने र नदिने भन्ने अधिकार त सम्बन्धित देशको अध्यागमनलाई मात्र हुन्छ । यदी माथि पीडित भएको मान्छे आँफैले सबै प्रकृया आँफैले कागजपत्र मिलाएर,अध्यगमनमा गएर निबेदन गरेको भए त्यस्को पैसा त खर्च नै हुँदैन नि । किन अरुको भरमा जानु पर्‍यो । ठीक छ, त्यो बिदेशीको पेशा नै भए पनि त्यो नेपालीले कागजपत्र र उस्को ब्यक्तित्वमा विश्वाश लागेन भने त्यो देशमा बस्न दिदैन । तर त्यो बिदेशीको आफुले कागजपत्र बनाउने,अध्यगमन धाउने गरी पैसा त खर्च भईसकेको हुन्छ । म यहाँ जापानमा बस्छु मेरो नेपाली पासपोर्ट नै हो । अहिले सम्म मैले अध्यागममा तिर्ने शुल्क र सम्बन्धित देशको राजदुतावासमा तिर्ने सुल्क बाहेक एक पैसा पनि खर्च गरेको छैन । आफ्नो काम अरुलाई अह्राउने,झुठो र फर्जी कागज दिने अनी भिसा भएन भने, मेरो पैसा खायो भने ? वाइयात ।
        पैसाको आडमा होइन आफ्नो दक्षताले मान्छे चल्नु पर्छ । हुन त, त्यो बिदेशीको नियतमा पनि भर पर्छ । प्राय जस्तो नेपालीहरुको मुर्खाइले गर्दा देशको बेइजत हुन्छ । माथिको समाचार टि.भी मा प्रसारण भयो, नेपालीलाई केही सहानुभुती कसैले देला । तर, मित्र राष्ट्रहरुमा नेपालीहरु कस्ता हुन्छन भन्ने नकारात्मक सन्देश बढी जान्छ ।
        अहिले जापानले नेपालीहरुले आफ्नो छोरा वा छोरी कोही ल्याउछ भने DNA परिक्षणको प्रमाण खोज्ने जस्तो कुरा भईरहेछ । हामी नेपालीहरुलाई मात्र किन जुन देशमा गए पनि यस्तो व्यबहार हुन्छ ? राम्रो सँग सोच्नुस् । जब सम्म मुर्ख र बुढ्ढु ,शिक्षा भन्ने आँखा हुँदाहुँदै पनि अन्धो भएर छमछम्याएर हिंड्ने बौदिक अन्धाहरु हुन्छन, तब सम्म आफ्नो पेसागर्नेहरुलाई पनि दलाल देख्छ उल्लु ।

        Reply
        1. जीवन नेपाली says:
          October 17, 2013 at 1:37 pm

          अनोज जी, शायद तपाइले (मैले भिसा दिने हो र ) भन्न खोज्नु भाको होला, तर, (मैले भिसा दिने हो ) लेख्भनु भाको छ। शायद त्यसैले नेगतिवे धेरै अ।को होला

          Reply
          1. अनोज शाक्य says:
            October 18, 2013 at 6:03 am

            जीवनजी,नमस्कार सच्याएर बुझी दिनु भएकोमा धन्यबाद । अर्को कुरा, आफ्नो प्रतिकृयामा dislike, Like भन्दा बढी भयो भने एकदम मानसिक तनाव हुने रहेछ । मैले १९९६ देखी ईन्टरनेट चलाएको, तर यो पटकको प्रतिकृयामा एकदम खेद छ । मेरो भाषा सैली नमिलेको भन्ने कि आफुसँग नेपाली भाषाको ज्ञानको कमी भन्ने । जे होस् एउटा कुराको अनुभव भयो ।

            Reply
            1. rajesh says:
              October 18, 2013 at 6:38 pm

              अनोज जी,
              तपाइको प्रतिक्रिया साबिक र यथार्थपरक छन् तर भाषिक समस्या ले नै negetive प्रतिक्रिया आएको हुनसक्छ | आफुले भन्न खोजेको कुरा भन्दा उल्टो बुजाई पर्दा तनाब त हुन्क्षनै तर प्रतिक्रिया पोस्ट गर्नु अगाडी चेक गर्नुहोस नत्र गलानी र clarification गर्नु सिबाय विकल्प हुन्न | मा पनि अस्ट्रेलिया मा बस्छु तर यो बिसयमा दुबैको गल्ति भएपनि हामी नेपाली बीच अध्यन गरेर skilled visa बाट Pr लिनुभन्दा छोटो बाटो अपनाउने विकल्प बदेकोछा तथापी सायद की समस्या र आबस्यकता पनि होला यो बाटो अपनौनुमा ,Please even if have to go this way Please Take a legal support and seek assurance of security for worst case !!

              Reply
        2. dilip gurung says:
          October 18, 2013 at 7:48 pm

          अनोज जी,
          तपाइँको लेखाइ मै दलालहरु प्रति झुकाव देखिन्छ| हो नेपालीले गल्ति गरेका हुन् त्यत्रो पैसा तिरेर| तर अस्ट्रेलियामा ४५७ भिसा (वर्क परमिट) आबेदन दिनका लागि कुनै पनि रोजगारदाताले कमिसन/घुस माग्नु कानुन बिपरित कुरा हो| अझ ४५७ आबेदन दिनको लागि जुन सरकारी शुल्क लाग्छ त्यो धरी उक्त रोजगारदाताले नै तिर्नु पर्ने कानुनि ब्यबस्था छ| म आफै पनि एक ताका अस्ट्रेलियामा ४५७ मा बसेको कारणले मलाई पनि यो सम्बन्धि ग्यान छ| तर तपाइँ सबै दोष नेपाली दाजुभाई माथि थोपरेर त्यो ठग “रोजगारदाता” लाइ चोख्याउन चाहनु हुन्छ भने तपाइले पनि ४२० वटा dislike पाउनै पर्छ भन्ने हाम्रो मान्यता छ| धन्यबाद| 🙂

          Reply
    2. rj says:
      October 18, 2013 at 6:48 pm

      अनोज जी,
      तपाइको प्रतिक्रिया साबिक र यथार्थपरक छन् तर भाषिक समस्या ले नै negetive प्रतिक्रिया आएको हुनसक्छ | आफुले भन्न खोजेको कुरा भन्दा उल्टो बुजाई पर्दा तनाब त हुन्क्षनै तर प्रतिक्रिया पोस्ट गर्नु अगाडी चेक गर्नुहोस नत्र गलानी र clarification गर्नु सिबाय विकल्प हुन्न | मा पनि अस्ट्रेलिया मा बस्छु तर यो बिसयमा दुबैको गल्ति भएपनि हामी नेपाली बीच अध्यन गरेर skilled visa बाट Pr लिनुभन्दा छोटो बाटो अपनाउने विकल्प बदेकोछा तथापी सायद की समस्या र आबस्यकता पनि होला यो बाटो अपनौनुमा ,Please even if have to go this way Please Take a legal support and seek assurance of security for worst case !!

      Reply
      1. अनोज शाक्य says:
        October 20, 2013 at 7:23 am

        दिलिपजी, हामी नेपालीहरु धेरै तर्कगर्न मन पराउदो रहेछ । म पनि त्यसमध्ये एकजना हुँ । मैले रोजदाताको पक्षमा आफ्नो तर्क राख्न खोजेको जस्तो पनि लाग्दैन । हाम्रो देशको अवस्थाले धेरै नेपालीहरु बिदेशिन वाध्य छ,बिदेशी भुमीमा आफुले भन्ने जस्तो त हुँदै हुँदैन । एउटै हातको ५ वटा आउँला समान्तर हुँदैन भन्ने,कुन मान्छेले कस्तो मान्छे भेतिन्छ भन्ने कुरा कसैले भन्न सकिन्दैन । तर हामी नेपालीहरुको, माछा परे भित्र हात भ्यागुता परे बाहिर हात, जस्तो सोचाइ राम्रो होइन जस्तो लाग्छ । समाजमा राम्रा मान्छे पनि होला नराम्रो मान्छे पनि होला । तर नेपालीहरुले जहाँ गए पनि सबैले जस्को पनि सहयोग पाउने बातावरण होस् भनी आसा गर्दछु ।
        म, आफु सक्षम भए संसारमा जहाँ पनि अबसर छ. भन्ने नाराका साथ अघी बढीरहेको छु ।

        Reply
  23. Jeevan Thapa says:
    October 16, 2013 at 1:44 pm

    २० हजार डलर मा visa किन्ने? मा भए त गाउँ मा गएर पाखोबारी मा त्यहि २० हजार लगानी गरि फलफुल खेति गर्थे…

    Reply
    1. suzee says:
      October 16, 2013 at 8:30 pm

      १०० आना ठिक कुरो !!!!

      चोर बाटो बाट भिसा लगाउने अनि मित्ररास्त्र को खानाघर मा भाडा माझ्दै बस्ने धेरै नेपाली देखेको छु हो विदेशतिर ,
      यो ठुलो गल्ति हो नेपालीहरुको , आफुलाई नै पहिले बिश्वास गर्न सिक्नुपर्यो .
      खाली अरुको हातबाट गर्न लगाउने अनि जति पनि पैसा दिन तयार हुने मुर्ख काम छोड्नुपर्यो
      सहि तरिकाले भिसा लिन कहिले सिक्ने हो नेपाली हरुले !!!!!!!!!!!!

      Reply
      1. bhim says:
        October 17, 2013 at 11:40 am

        नेपाल मै कहिँ हुने vaya त आज यतिका नेपाली हरु किन विदेश जान्थे होलान र . २० लाख मा अमेरिका को visa सोझै vanos त नेपाल सबै रितिन्छा , र पहिलो number मा तपैले नै घर बेचेरे उड्नु हुन्छ कि कसो. तपैले vanako कुरा ठिक हो तर खाट्टी कुरो यहि हो

        Reply
  24. sabin says:
    October 16, 2013 at 1:41 pm

    हामी कति सजिलो बिक्छौ भन्ने ज्योलन्त उदाहरण हो यो | कुरै नबुझी पैसा दिदैमा काम हुन्छ भन्ने मानसिकता लिने सायद हामी बिस्वको एकमात्रै नमुना हौ | ४५७ भिसा को लागि $ ५००००-$६०००० सम्म खर्च गर्ने नेपालीहरु अनगिन्ति रुपमा छन् | हामीलै भित्रीरुपमा जतिनै खोक्रो भय पनि बाहिर भने भरिभराउ छौ भनेर देखाउनु पर्छ | हातमा सिपको बिकास गर्नु त कता कता दलाल लै पैसा दिनचाही निकै हतार हुन्छ हामीलाई | मैले एउटा नेपाली साथीलाई भेटेको थिय | उनि पनि ४५७ visa लियर बसेको रैछन| IT Help Desk Support Level 1 मा काम गर्छु भन्ने सुन्दा निकै नै खुसि लागेको थियो तर वास्तविक कुरा बुज्दा त निकै झोक चलेर आयो | काम के भन्दा घरमा बसेर पदने रे | अनि पैसा चै इन्डियन लै बुजौनु पर्ने रे $२५००० जति अनि काम कुन कम्पनीमा गर्छौ भन्दा छैन answer | यहाँ पनि नेपाली र इन्डियन दलाल हरुनै सक्रिय छन् | अजै यहाको नेपाली consultancy हरु त कुरै नगरे पनि हुन्छ | इनिहरुको राम्रो networking हुन्छ दलाल हरुसंग | सबै मिलेर खाने हो त्यो पैसा |

    Reply
  25. Tej(Tj) says:
    October 16, 2013 at 1:26 pm

    तेस्तै नेपाली र इन्डियन bsiness owner हरुले पनि SPONSER गर्छु भनेर $ ४०००० ,$५०००० लिने हरु धेरै छन् . अनि student हरुको पनि गल्ति हो . मिहिनत नगरी सजिलो तरिका ले PR पाउने लोभ मा CON artist हरुको सिकार हुनु र illegal way अपनाउनु .

    Reply
    1. kaj says:
      October 17, 2013 at 11:04 am

      तेज जी म सारै मेहनती छु मलाई स्पोंसोर मिलाई दिनु नि त अस्ट्रेलिया मा, मुखले बोले जस्तो सजिलो हुदैन यथार्त मा. Voli तपैले नै होटेल खोल्नु अनि फ्री मा स्पोंसोर गरेर देखाउनु अनि मात्र वन्नु vannu कि student हरु ले गल्ति गरे, म हुदा हुदै पैसा तिरे vanara

      Reply
      1. rj says:
        October 18, 2013 at 6:47 pm

        Mr kaj,
        do you really think there aren’t people who has got sponsored from the company in legal way? But truth is bitter majority of Nepalese study trade courses just because of shortest way of getting PR or else focus on working and more keen to study diploma level study repeatedly rather studying degree and going through skilled migration. Despite the fact immigration rules is harder and some time our capabilities alone doesn’t results betterment but it is very foolishness to blindly trust on the agent and con people just trusting their words, it is their responsibility to find the fact and seek the security for the worst case too!!!!!

        Reply
  26. Sachin says:
    October 16, 2013 at 1:05 pm

    I have seen few similar cases as well. Clearly, the company is fraudulent and making money out of overseas students. There is no argument on that. However, students should be blamed as well. After living in Australia for 5 years, one should be able to recognize the company, especially if you are dealing with your Permanent Residency (PR). I think no one in this article did enough research about the company they will be working for. At least they should have inquire with consultancy or legal adviser. They could have checked their website, get information and reports.

    Kang owes 3 different businesses and only hires people looking for 457 visa. If someone offers you sponsorship then either you got to be an asset for that company that they do not want to lose. Else, everyone knows that you are only doing it for visa and here you have to on your toes.

    I understand that life here is hard and everyone wants to get PR. However, you can’t just bluntly trust any company just because they will sponsor you.

    The good thing is they have agreement and email. As now local media and authorities got involved in this case, hopefully, everything will be sort out ASAP and anyone unlawful should legally processed. Good luck to all students!!

    Reply
  27. shantdil says:
    October 16, 2013 at 12:56 pm

    साथीहरुले किन येति धेरै पैसा तिरेर बाहिर बस्न चाहन्छन ? के नेपाल मा यो पैसाले केहि गर्न सकिन्न अथवा यो पैसा को पनि सुरक्षा छैन ? यो बिषय मनन गर्न लाएक छ.

    नेपाल बस्न अयोग्य भै सक्यो त ? नेपालीहरुका लागि, जिम्मेवार निकाय ले यो सोच्न जरुरि छ.

    Reply
  28. Thanu says:
    October 16, 2013 at 12:20 pm

    Yes it is common to those who want to get visa illegal way . How a cookery student get business relation manager post ?

    Reply
    1. kaj says:
      October 17, 2013 at 11:18 am

      Dont you know that you have to study business along with cookery, Thanu ji It is better to have some information of the subject before you question???

      Reply
      1. Thanu says:
        October 18, 2013 at 1:20 am

        Sorry to hurt you mr kaj. As far as I know in commercial cookery student even they don’t know how to operate kitchen knife . The real scenario with cookery ( I am not saying all but 75 %) student start their career with kitchen hand . My be some had really talent that’s why some slag offer manager post . Good on them .

        Reply
        1. bhim says:
          October 18, 2013 at 2:03 pm

          its not the topic what you have raised about, better stay on the topic and have some information on topic before you write and come to the point. you may be true but the concern you have raised is different.

          Reply
  29. Deep Mahat (sydney) says:
    October 16, 2013 at 12:11 pm

    Because of these slack students, qualified and skilled people are not getting visa. Thorai liyexa paisa, at least $50,000 झ्वाम बनाईदिनु पर्ने यस्ता student ko.

    Reply
    1. bhim says:
      October 17, 2013 at 12:01 pm

      the one eddie has cheated are all qualified and skilled like you deep ji. and if this news has not been out, Mr Eddie kang would have the most skilled, generous and talented student Mr Deep Mahat before finishing his current visa. and deep ji you would be the one in interview saying Eddie took my 50,000 hohoho. Atleast you should have some appretiation, That these guys saved me from eddie kang.

      Thanks for those who exposed eddie kang and saved other nepalese from eddie kang.

      Reply
      1. rj says:
        October 18, 2013 at 6:53 pm

        mr BHim,

        At least why they didnt try to search information about the working place that was promised to??Its not only the option to maintain and extend current visa , feel sorry for them but should have seek skilled migration instead expending such big amount and messing around with con man and spending time

        Reply
  30. Prakash says:
    October 16, 2013 at 12:08 pm

    He clearly cheated these people, threatened to kill a guy and he still got away with it? Why is that bas**rd not behind the bars? Isn’t Australia a modern developed country? It is a shame how the Australian police handles fraud and death threats.

    Reply
    1. Sagar (Sydney) says:
      October 16, 2013 at 2:30 pm

      Even if It is a developed and civilized country, buying a visa is serious crime. They tried to buy because the are not qualified. Because of these 457 buyers, genuine 457 applicant may be targeted by immigration and their application can be rejected.

      Reply
  31. Sagar says:
    October 16, 2013 at 11:46 am

    Because of these visa buyers, qualified students are missed out. Hope people will stop paying money for visa. No simpathy for these students!

    Reply
  32. SP says:
    October 16, 2013 at 11:31 am

    नियम अनुसार अस्ट्रेलियामा ४५७ भिसा लगाउन स्पोन्सरगर्ने कम्पनी/संस्थाले सबै खर्च ब्योउर्नु पर्छ | मलाई थहाभयेन माथि उल्लेखित व्यक्ति हरुले थाहा पाएर पैसा दिएर भिसा किन्नु खोज्नु भयो या थाहा नपाइ | ४५७ भिसा पाएपछि PR लगभग सुनिस्चित हुन्छ | येही लोभमा अरु तरिका बाट PR लिन नसक्ने धेरैले ४५७ भिसा पैसा तिरेर लिएका हुन्छन |

    चोरीको सामान बेच्ने र किन्ने दुवै दोषीभएजस्तै यहाँ पनि दुवै दोषी हुन् | अस्ट्रेलिया सम्म IELTS दिएर र अरु अनेकौ कागजात बनाएर आइपुगेका नेपालीहरुलाई पैसादिएर भिसालिनु गैरकानुनी हो भन्ने थाहाहुदैन भन्नेचाही मलाई अपच हुन्छ | येस्तै गतिबिधिका कराण कानुनपुर्याएर काम गर्ने नेपालीहरुलेसमेत सास्ती भोग्नु परिरहेको छ |

    साएद सहानुभूति देखाउनुहरुलाई मेरो कुरा चित्त बुज्दैनहोला तर येथार्थ फेरि दोर्याउन्छु “चोरीको सामान बेच्ने र किन्ने दुवै दोषीभएजस्तै यहाँ पनि दुवै दोषी हुन्” |

    Reply
    1. manab says:
      October 16, 2013 at 9:11 pm

      अस्ट्रेलिया को कानुन अनुसार संचालन भयको business लाई विचरा student हरु ले कशारी बिस्वाश नगरुन, student हरु लाई पनि राम्ररी थाह छ एडवार्ड कंग ले अस्ट्रेलिया को visa बेचन सक्दैन उस्ले ता केवल job दिने मात्री हो. . सिन्गपोरे ओइल कम्पनी ले बेभिन्न समय मा कुक dog handler ,hairdresser जस्ता पोस्ट को लागि gumtree , seek .com लगायत अन्य माध्यम हरु बाट बिग्यपान दिएर नेपाली मूल का मात्री होइन asutralian नागरिक हरुको समेत पैसा ठगेको छ . र येसरी गैर कानुनी रुप मा संचालन भयको कम्पनी को बारे मा आम नागरिक हरु लाई थाहा दिनु भयको मा नेपाली बिधेर्थी हरु लाई मेरो धन्यबाद . तपाई हरु ले औठुनु भयको आवाज ले अरु धेरी निर्दोष मान्छे हरु लाई मधत पुग्छ . तपाई हरु ले उठानु भयको आवाज ले गर्दा नै आज बाट त्यो कम्पनी को विरुद्ध मा इम्मिग्रेशन department , औस्त्रलियन पुलिस ले अनुसन्धान गर्ने भयको छ जसले गर्दा अरु धेरी मानिस ठगिन बाट जोगीने छन् . शाहसिक कदम को लागि धन्य बाद.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme