Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनको नेतृत्व शेष घलेलाई

Posted on October 22, 2013October 22, 2013 by Salokya

shesh_ghale_251x150स्थापनाको एक दशकपछि यसैपालि नेपालमा विधिवत् दर्ता भएको गैर आवासीय नेपाली स‌ंघ (एनआरएन) को नेतृत्व शेष घलेको हातमा आएको छ। स्थापना कालदेखि नै सर्वसम्मतिबाट हुँदै आएको नेतृत्व चयन यसपटक भने चुनावी प्रक्रियामा गएको थियो। सुरुमा अध्यक्ष पदका पाँच आकांक्षी भए पनि रामप्रताप थापा, हितमान गुरुङ र रामेश्वर शाहले नाम फिर्ता लिएपछि तेन्जी शेर्पा र शेष घलेका लागि मतदान भएको थियो। शेर्पाले २८० मत ल्याए भने घलेको पक्षमा ५१० मत खस्यो।

अष्ट्रेलियाका शीर्ष २०० धनीको सूचिमा पर्ने धनाढ्य रहेका घलेले सन् २००३ देखि २००५ सम्म गैरआवासीय नेपाली संघको सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी संघको कुनै आधिकारिक निकायमा थिएनन्। तर अहिले गैरआवासीय नेपाली संघले ल्याएको सामूहिक लगानीको कार्यदलको उपसंयोजकमा उनी सक्रिय छन्। नेपालमा पाँच तारे होटलदेखि स्वास्थ्य, शिक्षा र सञ्चार लगायतको क्षेत्रमा लगानी भित्राउने तयारीमा छन् उनी।

घलेको बारेमा अस्ट्रेलियाको EOY ले लेखेको परिचय-

Shesh Ghale
Melbourne Institute of Technology

Shesh Ghale left his small village in rural Nepal at the age of 12 to attend school: walking 40 kilometres and studying seven days a week. After studying in Russia on a Nepalese government grant, he went on to complete an MBA in Australia. Observing how international students could be better serviced, Shesh co-founded the Melbourne Institute of Technology (MIT) in 1996 with his wife, Jamuna Gurung.

MIT is a private higher education provider of degree and post-graduate degree courses in business, engineering and information technology. It aims to produce employable, work-ready graduates who value life-long learning. It has a longstanding partnership with the University of Ballarat, with whom MIT has recently signed an additional ten year contract. Despite a ten year decline in the Australian education industry, MIT continues to thrive.

Although MIT has been profitable since its first year operation, Shesh believes in controlled and measured growth. He is taking a number of steps to safeguard the institute from a change in the market. Partnership relationships with universities have provided the necessary revenue, market credibility and clientele to grow. Now, MIT is developing its own core programs to accompany the programs delivered on behalf of the partner university. This is to reduce over-reliance on the partner university’s contractual relationship.

Currently, only 30% of students are domestic, a number Shesh would like to grow to 50% in the short to medium term.

Despite its successes, MIT is not immune to economic and political forces, for example, the Indian student security issue put the business at serious risk. MIT is working to recruit international students from countries other than India and China using a mixture of agents, his own marketing staff and the internet.

Shesh believes the institute is ready to go public in the near future to further strengthen its capital base.

He has recently provided financial support to build a high school in Nepal with a classroom dedicated to his father, who made his education possible. He is also undertaking a project to reconstruct the primary school where he studied.

उनका प्रतिस्पर्धी शेर्पालाई एमालेको समर्थन रहेको बताइएको थियो। ५ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको हाइड्रोपावरसम्बन्धी एक कोरियन कम्पनीमा काम गर्दै आएका शेर्पा नेपालमा फर्किसकेकाले गैरआवासीय नेपाली संघको सदस्यता समेत धरापमा रहेको उनका आलोचकहरुले बताउँदै आएका थिए।

माइसंसारले गरेको पाठक सर्वेक्षणमा पनि घलेले ६० प्रतिशत भन्दा बढी मत ल्याएका थिए।

निर्वाचित भए लगत्तै उनले खाडी मुलुकमा काम गर्नेका लागि एक साताभित्र एक उद्धार कोष खडा गर्ने योजना सार्वजनिक गर्ने बताएका छन्।

घलेसँगै उपाध्यक्षमा भवन भट्ट र टीबी कार्की निर्वाचित भएका छन् भने महासचिवमा कुमार पन्त, सचिवमा रन्जु थापा र कोषाध्यक्षमा बद्री केसी चुनिए। मध्यपूर्वमा चन्द्र रोका,एसिया संयोजकमा गंगा राई, युरोपमा अर्जुन श्रेष्ठ, अफ्रिकामा हिक्मत थापा, अमेरिकामा नवराज गुरुङ निर्वाचित भएका छन्। ओसियाना संयोजक छानिन बाँकी छ।

46 thoughts on “एनआरएनको नेतृत्व शेष घलेलाई”

  1. sanjeeb Yadav(USA) says:
    October 28, 2013 at 11:19 am

    Now it time for give proper definition for NRNA

    He studied on government grant and migrated. Sounds like never worked for country. Why is government spending money on people who doesn’t come back and work. I think it should be mandatory for 5-10 years to work back after spending so much money

    Reply
  2. sanjeeb Yadav(USA) says:
    October 28, 2013 at 11:15 am

    एकतिर NRN ले पहिलो पल्ट पूर्ण प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व पाएको छ, अर्कोतिर देश संबिधान सभाको एक्जाम्टेड (हाम्रो बोलीचालीको भाषामा फेल भए पछि फेरी पुरै दिनुपर्ने परिक्ष्या) निर्वाचनमा व्यस्त छ |

    जित्ने लाई बधाई , संबिधान सभाको चुनाबका उम्मेदवारहरुलाई शुभकामना तर,

    मेरो ध्यान भने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द भएको छ, भन्ने समाचारले तान्यो र सारै दुख लाग्यो
    नेपालको दुर्गन्धित राजनीति बाट मुक्त राखी, NRN लाइ नेपाल र नेपालीको हितमा लगाउन, NRN का प्रति NN (नेपाली नागरिक )हरुले बनाउन थालेको नकारात्मक धारणा लाइ चिर्दै प्रतिबद्दता बमोजिम ठोस काम गर्न पनि शुभकामना !!
    NRN ले नेपालमा गर्ने जुनसुकै लगानी पनि नितान्त नाफामुखी मात्र नभएर सेवा मुखी हुन र नेपालमा कमिएको नाफाको सके सत प्रतिसत नत्र पनि कम से कम ३/४ हिस्सा नेपालमा नै लगानी होस्, नेपालमा आर्जन गरेर दाम बिदेस ओसार्ने काम नहोस |
    अन्तमा,
    १)नेपाल सरकारले केहि रकम (३० लाख) यस अधिबेसन लाइ दिएको भन्ने मा धेरै NN हरु बेखुस देखिएको ले त्यो रकम तपाइको ” खाडी मुलुकमा काम गर्नेका लागि एक साताभित्र एक उद्धार कोष खडा गर्ने ” योजनामा लगाउनु होला |
    २)तपाईको टिम का साथी टीबी कार्की कतारको मजदूर बिबादमा तानिएका छन्, चुरो कुरा बुझी कारबाही वा सत्य-तथ्य बाहिर ल्याउनु होला |
    तपाईं को सफल कार्यकालको पुन: शुभकामना !!!
    जय होस् !!

    Reply
  3. Shakya says:
    October 25, 2013 at 10:00 pm

    खोई हल्ला मात्र बढी गर्नु भएन काम देखाउनु परयो अनि बधाई पाउनु हुनेछ अहिलेलाई शुभकामना

    Reply
  4. Saagar says:
    October 24, 2013 at 11:22 pm

    हार्दिक बधाई र बोलेको काम गर्नुस सबैलाई मिलाएर लग्नुस, जुटले संगठन मजबुत हुन्छ फुटले के हुन्छ यहाँलाई भन्नै पर्दैन, Best Wishes !

    Reply
  5. Limbu naYan says:
    October 24, 2013 at 7:07 pm

    बल्ल चिनेँ बाहिरबाट अब काम हेरुँला. पैसा हो त्यो ठाउं पुग्ने! नत्र पहिला पनि सुनिनु पर्ने महाशयको परिचय../ शुभकामना मेरो पनि/

    Reply
  6. Neupane shree says:
    October 23, 2013 at 8:39 pm

    चुस्त नीति र निस्वार्थ मन सहित
    सफल कार्यकाल को कामना

    Reply
    1. Rai Kanchha says:
      October 24, 2013 at 12:01 am

      आखिर शेष घले,जीवा लामिछाने र उपेन्द्र यादव तिनै जना रुसमा अध्ययन गर्दा ताकाको साथीहरु हुन्!तिनै जना धनाढय पनि हुन् यी तीन जनाको अगाडी गांठ नभएका फिष्टेहरुले केहि नसोंचे हुन्छ !नेपालीको बानी व्यहोरा नेपाली कसलाई थाहा नभएको हो र ,कति जनालाई प्लेनको भाडा खाने बस्ने सुबिधा दिए होलान यस पटकको एनआरएनको चुनावमा कसलाई के थाहा?एनआरएन स्थापना भएको एक दशक पछि चुनावमा मात्र देखा परेका नौ बर्ष सम्म गुप्तबास रहेका महोदयले चुनाव जित्नु भनेको चानचुने कुरा होइन ! यो कांग्रेसका भाङ्ग्रेहरुले खुम बहादुर खडकालाइ माला लगाई दिएर स्वागत गरे जस्तै हो!

      Reply
  7. mohan dangol says:
    October 23, 2013 at 6:17 pm

    दोहोरो नागरिकता
    १. भन्न चाहि २ बर्ष बिदेशमा बस्नेलाई गैर आवासीय नेपाली भन्ने , फेरि दोहोरो नागरिकताको माग किन राख्ने ? २ बर्ष बिदेशमा बस्ने बितिकै को नेपालीले बिदेशी नागरिकता पाएको / लिएको हुन्छ र ? भन्नु को मतलब २ बर्ष बिदेशमा बस्ने नेपालीहरु मध्ये ९९% भन्दा बढी त नेपाली नै रहेको हुन्छ. अनि नेपालीलाई फेरि नेपालको नागरिकता किन चाहियो र भन्या ?? के यौ सब बकबास होइन र ???
    २. गैर आवासीय नेपालीको परिभाषा पनि मिलेन. बिदेशमा बसेर बिदेशी नागरिकता लिएका नेपाली मूलका बिदेशीहरुलाई कसरि गैर आवासीय नेपाली भन्न मिल्छ ? उनीहरु त बिशुद्द रुपमा बिदेशी नागरिक नै हुन् नेपालको कानून अनुसार,
    ३. यदि नेपाल र नेपालीको यथार्थरुपमा चिन्ता भए, नेपाललाई सक्दो आर्थिक प्राबिधिक सहयोग गर्न मन भए नेपालको कुन कानून ले रोकेको छ र ? नेपालमा आर्थिक लगानी गर्न कुन कानूनले छेकेको छ र ? बिदेशी लगानीलाई त झन नेपाल सरकारले प्राथमिकतामा राखेको छ नी.
    ४. बिदेशी नागरिक भएर नेपालमा आउदा भिसा शुल्क तिर्नु पर्दा कता कता मिलेन रे , नेपाली भएर नेपालमा आउदा पनि भिसा शुल्क लिनु भएन रे. यो जस्तो बकबास अरु केहि हुन्छ ? कुन चाही बिदेशी नागरिकलाई बिना भिसा शुल्क नेपालमा प्रवेश मिल्छ (सार्क मुलुकका केहि देश बाहेक) ? बरु सकिन्छ भने बर्षको एकचोटी नेपाल आएर भिसा शुल्क तिरेर नेपाललाई एक हिसाबले सहयोग गर्न सकिन्छ र त्यसो गर्न पाएको मा आफुलाई गर्व लाग्छ भन्न किन नसक्ने ?
    ५. फेरि बिदेसी नागरिकता त्यागेर नेपालमा जुन सुकै समयमा आउदा पनि नेपाली नागरिकता मिल्छ भने लौ भन्नूस किन चाहियो दोहोरो नागरिकता ?
    ६. नेपालमा बाहिर देखिने हामी जनताले थाहा पाउने एक थोक हुन्छ अनि भित्रि बास्तबिकता अर्कै हुन्छ, त्यो चाहे दरबार हत्याकाण्ड नै किन नहुन् चाहे गणतन्त्र नै किन नहुन्, चाहे त्यो दोहोरो नागरिकता नै किन नहोस.
    ७. जन-आन्दोलन ६२-६३ बाट नेपालमा गणतन्त्र ल्याएको हाम्रो दावी करिब ६-७ बर्षमा नै गलत साबित भईदियो. यो भित्रि गुदी कुरा बुझ्न गगन थापा जस्ता युवा नेताहरुलाई पनि ६-७ बर्ष लाग्यो. बाहिर जलप हेर्दा ओहो कति सुन्दर लाग्छ, देश र जनताको लागि जनताले ल्याएको गणतन्त्र. भित्रि गुदी कुरा अर्कै ?
    ८. संबिधान सभाको हत्या किन गरियो / गराइयो भन्ने कुरा त कसैले नुन को सोझो गरे बापत पाएको पुरस्कारले नै छर्लंग पार्छ नि, पार्दैन र ?? हेर्नुस त भित्रि चलखेल संबिधान सभाको हत्या गर्नको लागि. बाहिरी जलप हेर्नुस त देशको सर्वोच्च अदालतको निर्णय, कसले उल्टाउने ??
    ९. ल दियो रे नेपाल सरकारले (हेर्दा हेर्दै यो दिन पनि आउच, नेताहरु यिनै हुन्). शुरुमा सार्क मुलुक बाहेकको लागि भनेर दिने होला. अनि केहि समय पछि जुलुस बन्द हुन्छ होला यो त विभेदकारी नियम भयो भनेर, सार्क मुलुकको लागि पनि दिनु पर्छ भनेर. त्यति बेला त्यो मागलाई पुरा नगरी धरै पाउन्न नेपाल सरकारले.
    १०. आगे के के हुदै जान्छ हामीले अहिले नै पनि केहि अनुमान लगाउन सकिन्छ नि. सकिन्न र ? हो त्यतिबेला नेपाली जनताको लागि भनेर दिएको दोहोरो नागरिकता नेपाल र नेपालीको हितको लागि होइन रहेछ भनेर थाहा पाउनेछौ अहिले दोहोरो नागरिकताको माग गर्नेहरुले, जसरी अहिले गगन थापा जस्ता उर्जावान, होनहार युवा नेता लगायत हामीलाई थाहा भयो कि बास्तबमा जन-आन्दोलन ६२-६३ बाट मात्र नेपालमा गणतन्त्र आएको होइन भनेर.
    ११. सरकार बनाउने जस्तो कुरा नेपाली नेताहरुको हातमा छैन, संविधानको रक्षा गर्नु पर्ने निकाय रास्ट्रपतिले संबिधान को बलात्कार हुदा समेत केहि गर्न नसक्ने मुलुकमा, न्यायपालिकाको प्रमुख (प्रधान न्यायाधिश) नै संबैधानिक कानून् को घेरा भन्दा बाहिर गएर संबिधान को धारा उपधारामा नभएको पदमा आसिन हुने मुलुकमा , आफुलाई आपत पर्दा नेपाली जनता होइन, अर्कैलाई गुहार्ने सेनापति हुने मुलुकमा कसरि दिन मिल्छ हो दोहोरो नागरिकता ??????

    Reply
    1. Krishna Lamsal says:
      October 23, 2013 at 11:26 pm

      मोहन जी,

      हामीले जाने अनुसार गगन थापा जी गणतन्त्र बादी हुन्. के उनको बिचार मा पछिल्लो समय मा परिबर्तन आएको हो र? तपाइँ को बुदा ७ र १० मा उल्लेख गरिएका गगन थापा सम्बन्धित बिचार हरु कुनै पत्रपत्रिका मा पनि आएका हुन् भने साभार गरि दिनु भए आभारी हुने थिंए (बिशेष गरि कुनै अनलाइन स्रोत भए हामीले पनि पढ्न पाइन्थ्यो कि भनेर हो)

      Reply
  8. sanjeeb yadav(USA) says:
    October 23, 2013 at 2:54 pm

    Congratulations sir , you should be work for people who are in aboard. We are nepali and we never forget it so we should be treated as nepali citizen . Fight for it to legalized in Nepalese constitutional अम्मंदेमेंट

    May the success that has come your way today lead you to a bigger achievement in the years to come. Congratulations!

    Reply
    1. Krishna Lamsal says:
      October 23, 2013 at 11:18 pm

      सर को सुजाब त ठिक हो, तर अंग्रेजी मा लेख्दा चाहिने भन्दा अलि बढी सब्द घुसाउने बानि रहेछ. पहिलो बाक्य मै मलाइ लाग्छ “be” र “in ” चाहिन्न थियो कि…खालि मेरो सुझाब है..

      Reply
  9. sanjeeb yadav(USA) says:
    October 23, 2013 at 2:41 pm

    “कागलाई बेल पाक्यो हर्ष न बिस्मात ” भन्या जस्तो नहोस भन्ने शुभकामनाको साथमा
    “शेष घले” जी लगायतका सम्पूर्ण निर्बाचित पदाधिकारीहरुलाई हार्दिक बधाई !!!

    अन्तत विदेशिएका नेपालीहरुको संगठन NRN ले नया नेतृत्व नेपालमा भेला भएर चुनेको छ बिदेशिएका नेपालीहरु को यो संस्था उनीहरुको हकहितको काम गर्न सफल बनोस श्री शेष घले साथै सम्पूर्ण निर्वाचित पदाधिकारी हरुमा सफलताको शुभकामना !!
    एक पटक को नेपाली सधैंको नेपाली !!

    Reply
  10. sanjeeb yadav(USA) says:
    October 23, 2013 at 2:40 pm

    अरुलाइ नहेरे नि खाड्डी मुलुक र मलेशिया तिरका रोजगारमा विवश भएका ति दुखित नेपालिहरु प्रति बिशेष ध्यान पुर्याउनु भन्दै शुभकामना !!!

    NRN ले नेपालमा गर्ने जुनसुकै लगानी पनि नितान्त नाफामुखी मात्र नभएर सेवा मुखी हुन र नेपालमा कमिएको नाफाको सके सत प्रतिसत नत्र पनि कम से कम ३/४ हिस्सा नेपालमा नै लगानी होस्, नेपालमा आर्जन गरेर दाम बिदेस ओसार्ने काम नहोस |
    अन्तमा,
    १)नेपाल सरकारले केहि रकम (३० लाख) यस अधिबेसन लाइ दिएको भन्ने मा धेरै NN हरु बेखुस देखिएको ले त्यो रकम तपाइको ” खाडी मुलुकमा काम गर्नेका लागि एक साताभित्र एक उद्धार कोष खडा गर्ने ” योजनामा लगाउनु होला |
    २)तपाईको टिम का साथी टीबी कार्की कतारको मजदूर बिबादमा तानिएका छन्, चुरो कुरा बुझी कारबाही वा सत्य-तथ्य बाहिर ल्याउनु होला |
    तपाईं को सफल कार्यकालको पुन: शुभकामना !!!
    जय होस् !!

    Reply
  11. sanjeeb Yadav(USA) says:
    October 23, 2013 at 8:43 am

    लौ बधाई छ है घले सर|
    चुनाव हुने राम्रो परम्परा हो| तर एनआरएन प्रति धेरै नेपालीको आस्था कमजोर भएको देखियो यसलाई कसरी सुधार गर्नु हुन्छ त्यसबारे पनि सुन्न पाम|
    सर्बप्रथम, एनआरएन भनेको दोस्रो मुलुकको नागरिकता लिएका अनि बिदेशमा बसोबास गर्दै आएका नेपाली हुन् भन्ने प्रष्ट पार्नु पर्यो|
    अर्को पल्ट अधिवेशन गर्दा सरकारी पैसा नलिनु होला| दर्ता नगरी ३० लाख दिए भने दर्ता गरेपछि करोडौ देला|

    अन्तत विदेशिएका नेपालीहरुको संगठन NRN ले नया नेतृत्व नेपालमा भेला भएर चुनेको छ बिदेशिएका नेपालीहरु को यो संस्था उनीहरुको हकहितको काम गर्न सफल बनोस श्री शेष घले साथै सम्पूर्ण निर्वाचित पदाधिकारी हरुमा सफलताको शुभकामना !!
    एक पटक को नेपाली सधैंको नेपाली !!

    Reply
  12. Bimal says:
    October 23, 2013 at 8:27 am

    हे रामो राम! यस अज्ञानीलाई कसैले बुझाई दिन पर्यो|
    मेरो बुझाईमा एन आर एन भनेको दोस्रो मुलुकको नागरिकता लिएको व्यक्ति हो|
    खाडीमा भोट बैंक कसरि हुन् गयो जब कोहि पनि छैन होला त्यहाको नागरिकता लिएर बसेका नेपाली| १८२ दिन बाहिर बस्दै एन आर एन हुने हो भने दोहोरो नागरिकताको मांग किन चाहियो| १८२ दिन बाहिर घुम्न गए पनि हुने हो कि वा अध्ययन गर्न वा जागिर खाएको हुनपर्ने हो?
    नेपाल सरकारको वा सरकारको स्वामित्व भएको संस्थान वा युनिभ्रिसिटि कलेज आदिमा जागिर छंदै प्लान वा अध्ययन ग्रान्ट छात्रवृत्ति अन्तर्गत अध्ययन वा यु एन आदि संस्थामा अर्को मुलुकमा गएका हरुका गन्ति गर्नु हुँदैन एन आर एन मा| भगौडालाई पनि एनआरएन मा राख्न हुँदैन|
    पैसा र फुर्सद भए पछि अलि गफ साफ गर्न साथै नेटवर्क बढाउँन संगै केहि सामाजिक कार्य पनि गरौ भनेर रोटरी र लायन्स क्लब छन्| यो एन आर एन पनि त्यस्तै हो कि कसो?

    Reply
  13. शशांक लामा says:
    October 23, 2013 at 6:29 am

    हिम्मतिहरुले आफ्नो काम फत्ते गरेरै छाडछन | तन मन र धनले फिट छन् उनि NRN नेता बन्न !!!!

    Reply
  14. Bishnu Nepali says:
    October 23, 2013 at 5:57 am

    घले जी लाई बदाही छ ! अबसर र चुनौती धेरै छन् !

    एन आर एन अस्ट्रेलिया गुटबन्दि बाट माथि उठेर घले जी लाई सहयोग गर्नु पर्यो ! घले जी लाई सारा एन आर एन को सहयोग रहयो र छ !

    गुटबन्दि गर्ने, भाडभैलो गर्ने एन आर एन अस्ट्रेलिया को अर्को खेमा, धेरै तल नगिर ! चेतना भया !

    Reply
  15. madan bajracharya says:
    October 23, 2013 at 12:07 am

    घले ज्यु यन आर यन को अध्यछ्य बन्नु भयकोमा बधाई/ तर यन आर यन भनिने संस्थाको बारेमा अलि बुझ्न नसकेको कुरा के हो भने यन आर यन भनिने संस्था र तेस्का पदाधिकारीहरुले आज सम्म जे जति पनि नेपालको सरकार सिट माग हरु माग्दै आयको छ; जस्तो कि दोहरो नागरिकता, यस बात त्यो संस्था मात्र विदेशको नागरिकता लियसकेका बिदेसियका नेपालीहरु सिट सम्भंदित छन्/ बिदेसियका नेपाली दुई बर्गका छन्/ यक बर्गमा बिदेसियका तर नेपालकै नागरिक रहेका छन् भने दोश्रो बर्गमा विदेशको नागरिकता लिई सकेका नेपालीहरु पर्छन/ ई दुवै बर्गको नेपालमा तथा बिदेशमा “परिचय अबस्था र आबस्यकता” नितान्त फरक छन्/ तर यन आर यन संस्थाले जस्तै १८३ दिन बिदेशमा बसेका लाइ यन आर यन मानिनु पर्ने आदि भनेको छ यो कुरा बिदेसियका तर नेपालको नागरिक्नै रहेका व्यक्तिमा लागु गर्ने सकिंदैन/ यो कुरा मात्र मात्र विदेशको नागरिकता लियका नेपाली माथि मात्रै लागु हुन् सक्छ/ किन भने नेपालको संबिधान र कानुनले नेपालीलाई बिदेशमा जान बस्न रोक लगायको छैन/ नेपाली नागरिक नै रहेका नेपाली संसारको जुन सुकै मुलुकमा रहे पनि नेपालीनै रहन्छ र जव सम्म नेपालीनै रहन्छ नेपाली नागरिकले पाउने सबै हक र अधिकार उनीहरु सिट हुन्छ/ विदेशको नागरिकता नालियाका नेपाली नागरिक नै रहेका नेपालीहरु १८३ दिन बिदेशमा बसेर नेपाल फर्कंदा उनीहरुलाई यनआरयन भनेर दर्याउनु र उनीहरु माथि कुनै पनि प्रकारको नेपालको नागरिक माथि नलादिने बन्देज लगाउनु उनीहरुको नेपाली-परिचयको अबमुल्यन गर्नु हो उनीहरुको नागरिक अधिकारको हनन गर्नु हो/

    अहिले यनआरयन भने संस्था र ती संस्था सिट आबद्ध व्यक्तिहरुले नेपालको सरकार सिट जे जस्तो मागहरु माग्दै आयको छ ती कुराहरु माथि मनन गर्दा तिनीहरु मात्र विदेशको नागरिकता लियका बिदेसियका नेपालीहरुको प्रतिनिधित्व गर्ने जस्तो देखिन्छ/ नेपालको नागरिकनै रहेका बिदेसियका नेपालीलाई बिदेशमा थुप्रै समस्याहरु छन् तर तिनीहरुलाई नेपाल फर्कन र नेपालमा पुन बसोबास गर्न कुनै संबैधानिक र कानुनि समस्या छैन; विदेशको नागरिकता लियका बिदेसियका नेपालीलाई मात्रै छ/ हुनत सायद नगन्य बिदेसियका नेपालीले मात्रै नेपाल देखि घिनायर बिदेसी नागरिकता लियको होलान/ तेस्ताको संख्या लाखमा यक होलान र तेस्ताहरुमा प्रायस नेपालमा अपराध गरेकोमा सजाय हुन् बात बचनको निमित बिदेसियाकाहरु पर्लान/ तेस्ताको बारेमा कसैलाई चासो तथा सहानुभूति राख्नु जरुरि पनि छैन/ उनीहरु पुन नेपाल फर्कन चाहे तिनीहरु माथि नेपालको सरकारले कुनै पनि शर्त तेर्साउन सक्छ/ तर अधिकास मात्रै के भन्ने लाखमा यक कतायर बाकि बिदेशियाका नेपालीले बिदेशमा बिदेशी नागरिक भयमा मात्रै पाउने अतिरिक्त सुबिधा,अवसर र अधिकार पाउनकै निमित मात्रै विदेशको नागरिकता लियको हुन्छ/ यसमा तिनीहरुको स्वार्थ मात्र बिदेशमा रहंदा जति सकिन्छ बढी कमायार नेपाल फर्कंदा सछ्यम तथा नेपालको निमित केहि बढी गर्न सक्ने बन्ननै हो/

    नेपालमा राजनीति आम नागरिकको निमित “भय त्रास दवाव अबस्था” पर्यावाची बनेको छ/ नेपाल जस्तो सानो, अविकसित र अझै परम्परागत सिप पेसा मै बढी निर्भर रहेको मुलुकमा बिस्वमा दोश्रो ठुलो जनसंख्या भयको भारत जस्तो मुलुक बात आयका नेपालीले पाउँदै आयको रोजगारी र अवसर हसुर्ने भारतीय(करोडौं!!) आप्रवाशिहरुलाइ नेपालको नागरिकता दिलायाकोले नै आज नेपालमा नेपाली पाउने रोजगारी खोसियाकोले बर्सेनि गाउँ सहर युबा सुन्य हुने बर्षेनी लाखौ लाख नेपाली बिदेश जान बाध्य भयको हो/ यो कुरामा पुर्व यनआरयनका ले कहिले के बोले र अहिले घले ज्यु के बोल्नु हुन्छ?

    Reply
  16. sherpaji says:
    October 22, 2013 at 7:45 pm

    एन आर एन मा ईन्जिनियर तेन्जीङ शेर्पाको योगदान कत्तिको छ भन्ने बिदेस बस्ने नेपालीहरुलाई नै थाहा होला। जहाँ सम्म शेष घले पछिल्लो समयमा एकै पटक चर्चमा आउनु भएको मलाई महशुस हुन्छ।।

    Reply
    1. Bimal says:
      October 23, 2013 at 8:31 am

      त्यस्तो योगदान हुनेले कसरि आधा मात्र भोट पाए? फेरी अहिले गत दुई बर्ष देखि नेपालमै छन् भन्ने पनि सुनियो| के हो त् साँचो कुरो? ठोस योगदान के हो त्यो पनि खुलाउनहोला|
      के उनी पनि दोहोरो नागरिकताको दोहोरी गाउँन नै उम्मेदवार भएका थिए?

      Reply
  17. gopal says:
    October 22, 2013 at 7:25 pm

    दोहोरो नागरिकताको बारेमा बिसेष पहल हुनेछ भन्ने हामी सबैको बिस्वास छ |

    Reply
  18. xyz says:
    October 22, 2013 at 2:06 pm

    Something can be expected from this guy called Ghale. First, he has come to the position through election, not through hanky panky Upendra Mahato Style. Second, his tenure starts with the due registration of NRN – that is a good starting point. Third, he is not a bahun, not even a madhesi or a newar background. This guy simply looks a cool businessman, not a crap guy like Mr. Suraj Vaidya. Mr. Vaidya is not NRN, but he is the one who started this circus with Manisha Koirala as the Chief Guest.

    Reply
  19. Pankaj says:
    October 22, 2013 at 2:03 pm

    एनआरएनमा बुदिजीबी जगत पलायन हुन लागेको अवस्था मा नेत्रीत्व को नया उर्जा आएको छ / एनआरएन साउथ सुडान को तर्फबाट हार्दिक बधाई एबम सफल कार्यकाल को शुभकामना !

    Reply
  20. simit gauchan says:
    October 22, 2013 at 1:18 pm

    अरुलाइ नहेरे नि खाड्डी मुलुक र मलेशिया तिरका रोजगारमा विवश भएका ति दुखित नेपालिहरु प्रति बिशेष ध्यान पुर्याउनु भन्दै शुभकामना !!!
    सिमित गौचन
    सिड्नी

    Reply
  21. ekraj says:
    October 22, 2013 at 10:13 am

    शेष जी ले एन आर एन (आइ सी सी )को छबि र good governance को लागि यसभित्र कोहि भ्रस्ट र ठग्ने दलाल को सूचना पाउने बित्तिकै अनुसन्धान गरेर इनिहरुलाई पदच्युत मात्र होइन तेश देश को नियेम को सजाए भोग गरौना भर मजदुर कोशिस पनि गर्नु पर्ने हुनेछ| तेश्को लागि information धेरै नेपाली ले सहयोग पनि गर्नेछन|

    Reply
  22. प्रदीप कुँवर says:
    October 22, 2013 at 9:40 am

    एकतिर NRN ले पहिलो पल्ट पूर्ण प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व पाएको छ, अर्कोतिर देश संबिधान सभाको एक्जाम्टेड (हाम्रो बोलीचालीको भाषामा फेल भए पछि फेरी पुरै दिनुपर्ने परिक्ष्या) निर्वाचनमा व्यस्त छ |

    जित्ने लाई बधाई , संबिधान सभाको चुनाबका उम्मेदवारहरुलाई शुभकामना तर,

    मेरो ध्यान भने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान बन्द भएको छ, भन्ने समाचारले तान्यो र सारै दुख लाग्यो |

    कयौ अर्थ मा हामी वास्तब मै गरिब छैनौ | यति सानो देश मा ६०१ जना संसद पाल्नु सक्छौ , ६०-७० जना मन्त्रि पाल्नु सक्छौ | ६ -६ महिना मा नया सरकार बनाउनु सक्छौ | ६ महिने प्रधान मन्त्री र अन्य मन्त्रिलाई जीवन भर भत्ता दिएर पाल्नु सक्छौ | हामी सक्दैनौ त मात्र ४० बर्ष पुरानो जहाज फेर्न मात्र सक्दैनौ |

    बिषय बस्तु भन्दा अलिकति बाहिर गएर लेखेकोमा माफी चाहन्छु तर मनमा लागेको कुरा लेखेको हुँ |

    Reply
  23. Toyannath Dahal says:
    October 22, 2013 at 9:38 am

    शेष घलेको आँखा खाडीमा परेको सुन्दा खुशी लाग्यो भोट बैंक यही छ एनआरएनको अनि बैदेशीक कामदारमा गएका नेपालीले दुःख पाउने गरेका पनि यही क्षेत्रमा हो । यसर्थ बधाई एवं शुभकामना पनि घले सरलाई

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      October 22, 2013 at 11:07 pm

      बिरालो ब्यओस कि तुइयोस ब्यगतिगत वा सामाजिक तृप्ति-लाभका हिसाबले फरक पर्दैन,फरक परे त्यहि मानवीय हिसाबले मात्र हामि नेपाली लाइ फरक पर्ला ! तर यति हो गरिब नेपालीको रगत अनि पसिनाको पैसाबाट गरिब एन.आर.एन.को चुनाव सम्पन्न भएर घले जी यी ‘काग’ जस्ता चण्डाल समुहको नाइके भएछन राम्रै भयो होला ! बुद्दि र लज्जा छ भने यसरी हामि प्रयाप्त स्कुल-स्वास्थ्य चौकी,पिउनेपानी आदि जस्ता अत्यावश्यक पूर्वाधार बाट समेत बन्चित नेपालीले तिरेको कर झुटा सपना संग साट्न अर्को बर्ष देखि नआउनुहोला ! तपाईं हरुका यी सभा सम्मेलन जता गर्नोस हामि नेपाली लाइ ‘बाल मतलब’ छैन होइन यहीं आएर हाम्रै खर्चमा गर्ने हो भने २ महिना अघि २०० जना तपाइङ्का सुटेट-बुटेड मगन्ते लाइ एन.आर.एन को ट्याग लगाएर नेपालका बिभिन्न धार्मिक स्थलमा मगन्तेका रुपमा बस्न लगाउनु होला हामि यथासक्य दान दिनेछौं …अन्न, पैसा,दारु,गिलास,टिस्यु,मासु जे हुन् सक्छ ! राज्य बाट नलिनु होला किनकी अब हामीले फेरी ६०१ जना चण्डाल हरुको समुहको भुँडी भर्नु पर्ने छ !

      Reply
  24. suman says:
    October 22, 2013 at 8:52 am

    He studied on government grant and migrated. Sounds like never worked for country. Why is government spending money on people who doesn’t come back and work. I think it should be mandatory for 5-10 years to work back after spending so much money.

    Reply
    1. nishant sharma says:
      October 22, 2013 at 10:15 am

      गालि गर्नेलाई सत्य संग मतलब हुदैन भनेको यहि हो. घले ले नेपाल मा काम पनि गरेका हुन् र अहिले पनि ८ अरब रुपिया लगानी गर्दैछन. यो भन्दा कति गर्नु पर्र्यो? अरु कसले कति नै लछारेको छ र?

      Reply
      1. suman says:
        October 23, 2013 at 7:53 am

        I was not saying this particularly to Mr ghale I was talking in general about this problem. Govt spends lots of money in vain. Also investment is not working. In business investment is done to make money out of it.

        Reply
    2. bishnu says:
      October 22, 2013 at 8:05 pm

      Mr. suman!
      very simple answer: there are not industries in Nepal therefore no job fo Ghale otherwise he will remain and work in nepal.
      I am also not in nepal (but studied not on gov. grant) .
      I like to return back. see how many Indians are returning back. because they can get there job.

      Reply
      1. suman says:
        October 23, 2013 at 7:56 am

        We will find and create excuses. If you were planning to work overseas you should have studied on your own money so that the government grant can be used on some good purposes. There are poor people dying without medication and millions spent on you is just making you and your family rich

        Reply
    3. cRIS says:
      October 23, 2013 at 10:46 am

      मेरो पनि यस कुरामा समर्थन छ| सरकारी छात्रब्रितिमा पढ्नेहरुले देशमा काम गर्नु पर्ने अबस्था ल्याउनु पर्छ|

      साथै,
      शेष घले ज्युलाई पनि बधाई| देशको लागि केहि गर्नु हुदै नै छ| अझ गर्ने जाँगर आवस, प्रेरणा मिलोस|

      Reply
  25. chiran says:
    October 22, 2013 at 8:30 am

    Congratulations sir , you should be work for people who are in aboard. We are nepali and we never forget it so we should be treated as nepali citizen . Fight for it to legalized in Nepalese constitutional ammandement.

    Reply
  26. Tenzing Gaba says:
    October 22, 2013 at 8:03 am

    “कागलाई बेल पाक्यो हर्ष न बिस्मात ” भन्या जस्तो नहोस भन्ने शुभकामनाको साथमा
    “शेष घले” जी लगायतका सम्पूर्ण निर्बाचित पदाधिकारीहरुलाई हार्दिक बधाई !!!

    Reply
  27. सुमन says:
    October 22, 2013 at 7:59 am

    लौ बधाई छ है घले सर|
    चुनाव हुने राम्रो परम्परा हो| तर एनआरएन प्रति धेरै नेपालीको आस्था कमजोर भएको देखियो यसलाई कसरी सुधार गर्नु हुन्छ त्यसबारे पनि सुन्न पाम|
    सर्बप्रथम, एनआरएन भनेको दोस्रो मुलुकको नागरिकता लिएका अनि बिदेशमा बसोबास गर्दै आएका नेपाली हुन् भन्ने प्रष्ट पार्नु पर्यो|
    अर्को पल्ट अधिवेशन गर्दा सरकारी पैसा नलिनु होला| दर्ता नगरी ३० लाख दिए भने दर्ता गरेपछि करोडौ देला|
    तपाईका योग्य प्रतिद्वन्दी, तेन्जी शेर्पा, जसले कम्मर कसेपछि आखिर क्षणसम्म पनि डटेर मैदान छाडेनन, दुई बर्ष देखि नेपालमै बस्दै आएका हुन् र उँहाको नेपाली पासपोर्ट नै छ भन्ने पनि सुनियो| त्यो अवस्थामा उनी कसरि नन रेसिडेन्ट नेपाली भए त्यो पनि कसैले खुलाउनु होला|

    Reply
  28. Raj Panta says:
    October 22, 2013 at 6:16 am

    Dear Shesh Ghale Jee,
    May the success that has come your way today lead you to a bigger achievement in the years to come. Congratulations!

    With Best Regards’
    Raj Panta
    Texas, USA

    Reply
  29. Rajan Upriti says:
    October 22, 2013 at 5:58 am

    जे होस्, संसारमा ठुलो पैसै रहेछ | घले जी लाई बधाई | NRN लाइ सशक्त नेतृत्व दिनुहुन्छ भन्ने आशा | अब NRN को ध्यान, सम्पन्न देशका धनि नेपालिमा भन्दा खाडि क्षेत्रका समस्या भोगेका आप्रवासी नेपालीमा केन्द्रित होस् भन्ने कामना |

    Reply
  30. ekraj says:
    October 22, 2013 at 5:29 am

    बधाई छ शेष जी लाई| एसो हेर्दा एन आर एन को नेत्रित्य सबल र केहि गरौँ भन्ने ले गर्ने भएकोले, आउने बर्षमा एन आर एन ले गरेका नेपाल भित्र र बाहिरका कामहरुले उहाँको सबल नेत्रित्य को फल देख्न पाईने छ|
    उंहालाई कमिटी का अरुको पनि सहयोग चाहिन्छा| शेष जी ले नेपाल सरकार लाई प्रभाव पार्न सक्नु पर्दछ| उहाँले नेपाल भित्र र बाहिरका फटाहा र दलालहरुले सोझा साझा नेपाली लाई समस्या मा परेको कुरा त अबस्येनै थाहा छ अथवा बुज्नु भएको छ | यसमा नेपाल सरकार भित्र काम गर्ने भ्रस्ट नेता र मन्त्रि र केहिहद सम्म राज्दुज हरुको र बदमास दलालहरु मिलेर गर्ने काम भएकोले उन्हाको उद्दार कोषले गहिरो घाउमा अलि अलि मलम को काम त गर्ला, तर निर्मम तरबार हानेर मानिशलाई सधैको घाइते बनाउने लाई नत कारबाई हुञ्छ नत यो घिन लाग्दो अपराधिक पर्क्रिया नै रोकिन्छा|

    Reply
  31. Suman Gurung(UK) says:
    October 22, 2013 at 5:20 am

    बधाई छ शेष घले लाइ, सम्पूर्ण सम्बन्धित लाइ मिलाएर लागि देश को लागि केहि सोचून. देश ले उनीलाई केहि देओस नदेओस उनि ले यन . आर . यन. मार्फत देश लाइ थुप्रै कुरा देको सुन्न र देख्न पाइयोस, उनको कार्य अनुकरणिय होस् पछि आउने हरु को लागि. सफल कार्यकाल को लागि शुभकामना.

    Reply
  32. परदेशी कृष्ण (द. कोरिया ) says:
    October 22, 2013 at 4:57 am

    बधाई छ शेष घलेलाई!!! तपाईको कार्यकालमा एनआरएन नेपाल र नेपालीको सर्बोपरी हितमा काम गर्न सफल होस्, अग्रिम शुभ-कामना!!!!!!!

    Reply
  33. Ratna Thapa, London says:
    October 22, 2013 at 1:29 am

    बधाई छ घले ज्यु लाई ….तपाइंको कार्यकालको अपार सफलताको कामना गर्दछु |

    Reply
  34. Kamal Bhandari says:
    October 22, 2013 at 1:20 am

    बधाई छ घले ज्यु अनि उहाको टीमलाई . कुनै पनि सस्थामा निर्वाचन हुनु र प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनु नराम्रो होइन तर अहिले जसरी नेपालका राजनैतिक दलहरुले प्रत्यक्ष रुपमा हस्तक्षेप गरे त्यो निकै तल्लो स्तरको ब्यबहार हो . गैर राजनीतिक सस्थामा प्रत्यक्ष रुपमा राजनैतिक दलको बोलबाला हुनु र उनीहरुले चाहेको व्यक्ति नेतृत्वमा पुग्नु पटक्कै राम्रो संकेत होइन . यस्तै प्रक्रिया रह्यो भने एन आर एन ए पनि अब एन आर एन ए (क्रान्तिकारी/ फोरम/ प्रजातान्त्रिक/ सामाजवादी/ संघिय समाजवादी/) आदि इत्यादि नाम उपनाम लिएर जन्मिने होलान . जय होस्

    Reply
  35. Avantika Sara says:
    October 22, 2013 at 1:09 am

    अन्तत विदेशिएका नेपालीहरुको संगठन NRN ले नया नेतृत्व नेपालमा भेला भएर चुनेको छ बिदेशिएका नेपालीहरु को यो संस्था उनीहरुको हकहितको काम गर्न सफल बनोस श्री शेष घले साथै सम्पूर्ण निर्वाचित पदाधिकारी हरुमा सफलताको शुभकामना !!
    एक पटक को नेपाली सधैंको नेपाली !!

    Reply
  36. राजु says:
    October 22, 2013 at 1:06 am

    जय होस !!!
    घले जी र टिम लाइ बधाई !!!
    नेपालको दुर्गन्धित राजनीति बाट मुक्त राखी, NRN लाइ नेपाल र नेपालीको हितमा लगाउन, NRN का प्रति NN (नेपाली नागरिक )हरुले बनाउन थालेको नकारात्मक धारणा लाइ चिर्दै प्रतिबद्दता बमोजिम ठोस काम गर्न पनि शुभकामना !!
    NRN ले नेपालमा गर्ने जुनसुकै लगानी पनि नितान्त नाफामुखी मात्र नभएर सेवा मुखी हुन र नेपालमा कमिएको नाफाको सके सत प्रतिसत नत्र पनि कम से कम ३/४ हिस्सा नेपालमा नै लगानी होस्, नेपालमा आर्जन गरेर दाम बिदेस ओसार्ने काम नहोस |
    अन्तमा,
    १)नेपाल सरकारले केहि रकम (३० लाख) यस अधिबेसन लाइ दिएको भन्ने मा धेरै NN हरु बेखुस देखिएको ले त्यो रकम तपाइको ” खाडी मुलुकमा काम गर्नेका लागि एक साताभित्र एक उद्धार कोष खडा गर्ने ” योजनामा लगाउनु होला |
    २)तपाईको टिम का साथी टीबी कार्की कतारको मजदूर बिबादमा तानिएका छन्, चुरो कुरा बुझी कारबाही वा सत्य-तथ्य बाहिर ल्याउनु होला |
    तपाईं को सफल कार्यकालको पुन: शुभकामना !!!
    जय होस् !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme