Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठूलाठालुहरुलाई फोकटमा मासु

Posted on October 13, 2013October 13, 2013 by Salokya

योगेश्वर अमात्यले गीतै गाएका छन्- दशैँ नै हो कि यो मेरो दशा…! त्यही गीतमा छोरो भन्छ- बा, यसपालि घोर्ले खसी ल्याउनु पर्छ ल। बाउले जवाफ दिन्छ- खालास बजिया घोर्ले खसी, पैसा न सैसा टिकी ट्याँसट्याँस!

औसत नेपालीको वास्तविकता हो यो। कतिले त रहर पुर्‍याउन ऋणै गर्दा रहेछन्। सानातिना नागरिकहरुको यो गति भए पनि देशका उच्च ओहोदामा भएकाहरु, जो आर्थिक रुपमा सक्षम पनि हुन्छन्, उनीहरुले पनि मासुका लागि चिन्ता गर्नु पर्दैन। उनीहरुका लागि फोकटमा मासुको भाग आउँछ। यसको पैसा राज्यले नै बेहोर्छ। यसरी फोकटको मासु पाउनेमा उतिबेलाका राजा पनि हुन्थे। अहिले भने राजाको साटो राष्ट्रपतिले पाउँछन्। राष्ट्रप्रमुख बाहेक उपराष्ट्रपतिले पनि भाग पाउँछन्। त्यसैगरी सरकार प्रमुख प्रधानमन्त्रीको कार्यालयमा पनि भाग जान्छ। जिल्ला प्रमुख अर्थात् सिडिओ कार्यालय, जिल्ला विकास समिति कार्यालय लगायतका कार्यालयहरुका हाकिमहरु र उनीहरुका आसेपासेहरुले पनि फोकटको मासु खान पाउँछन्।

यसरी फोकटमा ठूलाठालुहरुलाई बाँडिने मासुका लागि पैसा सरकारले व्यहोर्ने हो। दशैँमा अर्थ मन्त्रालय अन्तर्गत रहेको कौषी तोषाखाना कार्यालयले १७३ राँगा, १७८ बोका किन्छ। त्यसमध्ये भद्रकालीमा एउटा बोका, शोभाभगवतीमा एउटा बोका र एउटा राँगा, गुहृयेश्वरीमा एउटा बोका, वनकालीमा एउटा बोका, छाउनी सङ्ग्रहालयमा एउटा बोका, हात्तीसार वन मन्त्रालयअन्तर्गतको कार्यालयमा १ बोका काटिन्छ। हनुमान ढोका दरवारको नासल चोकमा अष्टमी, नवमी र चतुदर्शीमा हरेक दिन ५४ राँगा र ५४ बोका काटिन्छ। ती काटिएका राँगा र बोका त्यसै फाल्नका लागि हैन। त्यसको उपयोग पनि त गर्नुपर्‍यो। उपयोगकै लागि राष्ट्रपतिदेखि प्रधानमन्त्री र सरकारी कार्यालयका हाकिमसम्मलाई भाग बाँडिन्छ। कसलाई कति भाग बाँड्ने भन्ने सूचि चाहिँ त्यही कौषी तोषाखाना कार्यालयले नै तयार गर्छ।

गुठी संस्थानले पनि बलि दिनका लागि राँगा, बोका किन्छ। हनुमान ढोकाको देगु तलेजु, तलेजु र विभिन्न मठ-मन्दिरका लागि काठमाडौं गुठी कार्यालयले पनि १४ राँगा, ४८ बोका, १६ हाँस, १ कुखुरा र १ थुमा किन्छ। पाटनका लागि त्यहाँको गुठी कार्यालयले १४ राँगा, ४२ बोका, १९ हाँस, २ थुमा किन्छ। भक्तपुरका लागि त्यहाँको गुठी कार्यालयले ३९ राँगा, ९० बोका, ५ कुखुरा, ३९ हाँस बलि दिन्छ। बाहिर जिल्लातिर पनि आ-आफ्नै चलन होला। सबै सरकारी कार्यालयमा गाडी त हुन्छ नै। गाडीका लागि बलि दिनु परिहाल्यो। त्यो बलिको मासु चाहिँ कार्यालयका हाकिम लगायतको भागमा पर्छ। गुठी संस्थानले देशभर गरी सवा करोड रुपियाँ बलि दिन खर्च गर्छ।

परम्परा चटक्क छाड्न सकिँदैन

बलिको यस्तो परम्परा कसैलाई नराम्रो लाग्यो भन्दैमा चटक्क छाड्न सकिँदैन र मिल्दैन पनि। परम्परामा मानिसको मनभित्रको आस्था हुन्छ। चेतना फैलाएर बिस्तारै यस्तो प्रथालाई कम गर्दै लान सकिन्छ। क्रान्तिकारी भएर तत्काल हटाउँछु भनेर हुँदैन। त्यसो गर्न खोज्दा कस्तो अवस्था निम्तियो, त्यो केही वर्ष अघिको घटनाले देखाउँछ।

बाबुराम भट्टराई अर्थमन्त्री छँदा राज्यले बलि दिने कार्य रोक्नुपर्छ भन्ने आवाज उठ्यो। तत्कालीन वडागुरु तथा नायव वडागुरुसहित पुरातत्व विभाग, हनुमान ढोका दरवार हेरचाह अड्डा, गुठी संस्थान र कौषी तोषाखानाबीच भएको बैठकमा पशुबलिको सट्टा कुभिण्डो र नरिवल बलि दिन सकिन्छ भनी सुझाव दिइएको थियो। त्यसपछि अर्थ मन्त्रालयले मातहतका कार्यालयलाई अबदेखि कुनै पनि बलि पूजा नगर्ने व्यहोराको परिपत्र गर्‍यो। लगत्तै इन्द्रजात्रा आयो। इन्द्रजात्रामा हल्चोकको भैरवलाई बलि दिन राँगो दिनुपर्‍यो। सरकारी निर्णय देखाएपछि हल्चोक भैरवका गुठियार र कौषी तोषाखाना कार्यालयका कर्मचारी बीच तनाव भयो। संस्कृति मास्न खोजेको भन्दै काठमाडौँका जनता विरोधमा उत्रिए। इन्द्रजात्रासमेत अवरुद्ध भयो।

त्यसपछि सरकारले बलि बारे राय दिन विदुर पौडेलसहितको विद्वान् समूहको एक टोली गठन गर्‍यो। यो टोलीले यस्तो पो सुझाव दियो-
-पशुबलि दिनैपर्छ,
-पशुबलि ‘हत्या’ हैन,
-पशुबलि खर्चिलो र अवैज्ञानिक छैन
-पशुबलिले पशुको जुनी मुक्ति हुन्छ

यस्तो सुझाव आएपछि बलि पूजा कायम नै राख्ने निर्णय गर्न सरकार बाध्य भयो।

त्यसैले केहीले चाहँदैमा आजको भोलि नै यो प्रथा हट्नेवाला छैन। विगत केही वर्षमा व्यक्तिगत रुपमा बलि दिने चलनमा कमि आउँदै गएको समाचार सुनिएको छ। सदियौँदेखिको परम्परा हट्न समय त लाग्छ नै।  मान्छेको बलि दिने नरबलि प्रथा, सति प्रथा हटे जस्तो जनावर काटेर धर्म गर्ने यो प्रथा पनि एक दिन हट्नेछ। विरोध गर्नेहरुको विरोधका आवाज र समर्थन गर्नेहरुको समर्थनका आवाजले समाजमा बहस निम्त्याउनेछ। यस्ता स्वस्थ बहसले जनचेतना फैलाउँदै जानेछ। धेरैलाई नराम्रो लागेपछि यो प्रथा बिस्तारै हट्दै जानेछ। धेरैलाई राम्रो लागे अझै केही समय कायमै रहनेछ।

फोकटमा मासु खान पाउनेहरुलाई त किन पो यो प्रथा बन्द गर्नुपर्‍यो र! परम्परा नि कायम हुने, धर्म नि हुने, फोकटमा मासु नि खान पाइने।

[पहिलो पटक प्रकाशितः October 23rd, 2012]

यो पनि हेर्नुस्-
बलिप्रथाबारे हिन्दु शास्त्रमा के छ?

52 thoughts on “ठूलाठालुहरुलाई फोकटमा मासु”

  1. sita garga says:
    October 20, 2013 at 12:38 pm

    शस्त्र पूजा देवीपूजा कै रुप भएको ले बलि दिएको होला .मासु खाने ले आफुले खानु भन्दा अघि देवीलाई रगत चढाउनु के अचम्म भयो र . देवीलाई किन बलि दिने भन्ने बुझ्न क लागि चाही मदनमणि दिक्षित को हिन्दु सस्कृतिको परिसीलन हेर्नु पर्ने हुञ्छ .

    Reply
  2. Basant says:
    October 14, 2013 at 10:47 am

    यो भ्रस्ट ठुला बडा हरुको लागि बलिप्रथा रोक्ने त होइन तर बलि चाही खसी राँगाको होइन कुभिन्डो र घिरौला को दिनु पर्छ यिनी हरुले के गर्दा होलान ??????

    Reply
    1. इश्वर चन्द्र आर. says:
      October 15, 2013 at 4:22 pm

      भ्रस्टचारी लाइ १२० किलो को माला लाएर स्वागत गर्ने देश मा राम्रो कुरो को के आश गर्न सकिन्छ र ! १५० जना ठुला साना नेता को ३० हजार देखि डेढ दुइ लाख जनसंख्या लाइ समबिस्ट गर्ने हो भने यो देश मा कोहि नि सिधा सोझा र राम्रो आचरण को जनता नबच्ने स्थिति आइसक्यो ! राज्य त भ्रस्टाचार को मुहान नै हो ! ठुल्ठुला कुरा गरेर राज्यसत्ता उल्टाउने हरु नै आज नम्बरी भ्रस्ट भाका छन् ! चरम निराशा को बीच नेपाली नागरिक हुनु को अपमानबोध भैरहेको छ ! मलाई माफ गरिदेउ देश तिम्रो नागरिक हुनु को गर्ब छैन मलाइ !

      Reply
  3. shantdil says:
    October 14, 2013 at 9:25 am

    निरपराध, अबोध, निस्कपट पशुहरुलाई बलिदियेर भगवान खुसि पर्ने प्रथा त ठुलाठालु भनाउंदा हरुले अरुलाई कज्याएर आफु मिठो खाएर मोज गर्ने परम्परा हो जस्तो लाग्छ मलाई त.

    मेरो बिचारमा त मुलुकमारा, भ्रस्ताचारी, कमिसनखोर, कामचोर तथा बेइमानहरुलाई दशैंमा देवी भगवतीको अगाडी लगेर १०-10 कोर्रा हानेर प्रयास्चित गराउंदा नेपाल आमालाइ खुसि बनाउन सकिन्थ्यो होला, साथै देशमा अमनचैन, सान्ति र बिकाशको जग बसाउन सहयोग मिल्ने थियो कि ?

    Reply
  4. Jeevan Thapa says:
    October 14, 2013 at 6:58 am

    यो ठुला ठालुलाई बाड्ने कुरो मलाइ सरो चित्त बुझ्यो … यो फोकट को मासुको भाग पाउने ठुला ठालु भनेका देशभरी मा २/४ हजार नै होलान … अब गरिबलाई बाड्न गरिब खोज्दै हिड्ने हो भने त देशको २०% भन्दा बढी जनताहरु होलान जसलाई दशैँ होइन दशा आएको हो भन्ने लाग्छ … यति धेरै लाइ फ़ोकट्को मासु बाड्ने हो भने त कहाँ बात पुर्यौना सक्नु … फेरी मासु मात्र दिएर भएन नुन, तेल , मसला … चामल सबै दिनु पर्यो ….

    Reply
  5. chandra says:
    October 14, 2013 at 3:05 am

    त्यो (कु?) विद्वान भनौदो “बिदुर पौडेल” को तर्क देखेर अचम्म लाग्यो! कस्तो कुतर्क? दुख बाट मुक्ति दिन भनेर निर्बोध प्राणी को ज्यान लिन मिल्छ? के त्यो कुरा बलि दिन लागेको प्राणी ले नै भनेको हो कि क्या हो ? कस्तो कस्तो (कु)तर्क र काइते कुरा?

    त्येसो भए, दुख पाउने जति लाइ सबै लाइ बलि दिन थाले भै हाल्यो नि, मान्छे लाइ समेत, तर १ नम्बर मा पालो त्येइ विद्वान भनौदो को आयोस – अनि थाहा हुन्छ त्येस्लाई भगवान कति खुसि हुन्छा भनेर! नेपाल बिग्रिएको त्यसै हैन – विद्वान भनौदा हरु येस्तै येस्तै काइते कुरा गर्ने, आफुलाई कसरि फाइदा हुन्छा र देस समाज लुट्न पाइन्छ, फोकटमा खानु/मोज गर्नु पाइन्छ त्येतई त्येतई कुरा/तर्क लैजाने भएर हो!

    Reply
  6. bnakta says:
    October 14, 2013 at 2:16 am

    यस्तो कुरा बिदेसी बिशेस गरि यूरोप अम्रिका का साथीहरुलाई सुनायो भने तिन छक पर्छन, सिधै भर्स्ट्चार भन्छन … छ्या छ्या सिनु खाको बराबर….. हाम्रो गाउको बाहुन कान्छा दाइले सधै १० किलो पाडाको मासु लियर जान्छन दसैमा अनि १२ किलो बोकाको मा मिसाउछन , हुनत खसीको मासु पनि त महँगो छ …

    Reply
  7. ekraj says:
    October 13, 2013 at 7:58 pm

    जब मनीषको जात, अरुको दुख देखेर रमाउने, समस्या लाई भाँडो बनाएर आफ्नो खाने बाटो बनाउने, पाए सम्म फोकट को खाने समुहमा पुगेर आफुलाई स्वघोषित ठुलो बडो बनेर रमौना थालदछ, यस्ता हरुको बास्तव मा न हिर्दयेले काम गरेको हुन्छा नाता दिमागले नै| इनिहरु मान्छे बाट धेरै तल झरी सकेका हुन्छन तेसैले त गरिब लाई चुसेर सित्मैमा खाएर रमाएका हुन्छन|
    येदि दशैमा सरकारले बिना पैसामा खुवाउन छ भने तिनै गरिब जसले बर्षमा एकपटक मासु खान दशैनै कुर्नु पर्छ तो पनि ऋण मा खान पर्ने बाद्येता छ भने, बिना पैसामा खुवाउन पर्ने तिनीहरुलाई हो| जसले दिन दिनै खान सक्ने हैसियेद छ भने यस्ता लाई सित्तिमा किन खुवाउने| एस्तो पनि विधिको नियेम हुन्छा?

    Reply
  8. Biswash says:
    October 13, 2013 at 5:07 pm

    बलि प्रथा कायमै राख्ने रे ।ल मान्ने l मासु चाहि ठुला वडामा बाड्ने त्यो चाहिं किन्न मान्नु पर्यो नि ! सके गरिब जनतामा बाड्नु न सके सरकारी पियुनमा बाँडे भयो नि ! खान नपाएका खाते ठुला बडा भनौंदाहरु l …लाइ भन्दा देख्नेलाई लाज l आँखा र कान बन्द गरेर घिच्नु l

    Reply
  9. अनोज शाक्य says:
    October 13, 2013 at 4:58 pm

    हाकिमहरु सबै बाहुनबर्गका मान्छेहरु छन,भने पछी बाहुनहरुले पनि रागाको मासु मज्जाले खाने रहेछ होइन ?

    Reply
    1. Sagar Sarma says:
      October 15, 2013 at 3:32 am

      लुकेर खादा के भो र | फोक्कट मा पाएको हो क्यारे | प्राय हाकिमहरुले …… 🙂

      Reply
  10. chandra says:
    October 13, 2013 at 2:25 pm

    यो सब धर्म को नाम मा भएको भ्रस्टाचार Corruption हो – टाठा बाठा हरुले आफुलाई फाइदा हूने र सर्बसदारण लाइ दबाइ राख्न डर धक रवाफ देखाउने सामन्ती काइदा! भगवान खुसि हुन्छा भनेर निर्बोध पशु को बलि दिनु र बाठा कर्मचारी ले १० थरि आत्तो थापेरा, यो भएन र त्यो भएन भनेर घुस खानु उस्तै उस्तै हो!

    Reply
  11. suzee says:
    October 13, 2013 at 11:31 am

    सीत्तईमा पाएमा अलकत्रा पनि खाने स. कर्म…..र नेताहरु अब झन् चोक्टा त किन छोर्थे र ?

    उही हो कुरो ## राजन उप्रेती ## माथि उल्लेख गरे झैँ ”नारकीय जीवनबाट मुक्तिनै दिन बलि दिईएको भए सुँगुर, बंगुर, नालिका किरा, अझ गु’का किरा समातेर बलि दिईनु पर्ने होइन र ?”

    Reply
  12. Om says:
    October 13, 2013 at 9:30 am

    उपयोग त गर्नै पर्ने हो भने सम्बन्धित ठाउको बिप्प्न, किन्न न सक्ने हरु लाइ बाडेर उनि हरु को दशैं पनि रमाइलो र सजिलो बनाउन सकिन्छ नि. हुने खाने लाइ नि किन बढ्नु पर्यो?

    Reply
  13. rajaram giri says:
    October 29, 2012 at 9:59 pm

    के गर्नु र ? यो त नेपालको परम्परानै भैसकेको छ !!! अझ भनौ परा पुर्बकाल देखि चली आएको चलन ! यो चलेको चलन तोड्न पनि त मिलेनानी फेरी नत्र ठुलाबडा भनी कहलिएका रिशाउलन !कसैलाई मुरीका मुरी त कसैलाई नेपरी भनेको यहि हो !

    Reply
  14. बिनोद तिमिल्सिना says:
    October 26, 2012 at 10:24 pm

    सडे गलेको जे दिए नि खान्थ्ये होला नि चोर ठुला बडाहरुले,लाज पचेकाहरु।।।।

    Reply
  15. Bipula Joshi Khanal says:
    October 26, 2012 at 9:33 am

    जे कुरा पनि बिस्तारै न्यून हुदै जान्छा यो कुरा मा सहमति जनौछु…. पशु बलि को मासु ठुला बडा कहाँ जानु भाडा कार्यालय को तल्लो तहका कर्मचारी हरुमा बादी दिएको खण्डमा सबैले ऋण काटेर दशैं मान्नु पर्ने थिएन होला…..ठुला बडा ले यसै अरु बेला मा पनि त “पाकेट मनी”
    पाइने रहेका हुन्छा नि ….. दशैना मा झन् अरु पाकेट मनी थपिन्छ …. अनि खशी किन्ने मात्र हैन उनि हरु संग त हजार हजार दक्षिण दिने र संसार घुम्ने पैसा हुन्छ….. त्यहि भएर ठुला बडा हरु दशैं मा घर को टिका सकेर विदेश घुम्न निस्कंछां नि….( कुरा लेख्ने त लेखियो तर सम्बन्धित निकाय सम्म पुग्छा कि पुग्दैन…)

    Reply
  16. cRIS says:
    October 26, 2012 at 5:44 am

    जता हेर्यो देश यस्तै लथालिंगे छ| डाडुपुन्यु हुनेहरुले अनेकौ बहानामा देशमा ब्रह्मलुट गर्दै आएका छन् यी यसरी| अनि कसरी देश उभो लागोस?? फालेको चोक्टा कहाँ पर्यो; आफ्नै भागमा| भागी पाउनेहरु, अनेक कारण देखाएर, यस्तै भैरहोस भन्ने चाहन्छन| किन टेर्थे तेसै| खाइपाई आएको सुबिधा र भोगचलन| हैन, नयाँ नेपाल बनाउने हैन र?? यही देखि शुरु गरौ|

    Reply
  17. Gagan pun says:
    October 25, 2012 at 5:33 pm

    हरेक बर्ष नेपालमा जुनै सरकारको पर्तिनिधित्त्व भएपनि जनताको खुन पसिना अनि कडा मिहिनेत को बाबजुद संकलित भएको पैसाले राँगा, बोका किनेर विभिन्न मठमन्दिर मा चराउने बहानामा ठुला बडा हरुले निशुल्क मासु खान पाए पछी बलिप्रथा रोकिनु हुदैन भन्ने धारणा सहित जीत गर्ने हरुले भन्नु पर्छ कि यदि हिन्दु धार्मिकता को बिधि अनि संस्कार हो भने , बलिप्रथा सहित को पूजा भनेर भन्छन भने,बिश्व मै हिन्दु राष्ट्र मानिएको भारतमा किन मन्दिर हरुमा बलिपुजा गरिदैन त ?के भारत को हिन्दु आस्था बादी बेग्लै र नेपालको हिन्दुवादी हरु बेग्लै हुन् त ?

    Reply
  18. raj ,USA says:
    October 24, 2012 at 9:49 pm

    This is just a small example of how the system works in our country ! But it’s time to END this type of Bulllshiiitt!

    Reply
  19. nimesh, bkk says:
    October 24, 2012 at 4:04 pm

    “पशुबलिले पशुको जुनी मुक्ति हुन्छ” भन्ने हो भने मान्छेको बलि दिएर मान्छेको जुनीबाट ती विद्वान महोदय विदुर पौडेलसहितको विद्वान् समूहलाई पनि मुक्ति दिनु पर्ने जस्तो लाग्यो .
    यो बलि प्रथामा हमेसा राँगो, खसी, हाँस, कुखुरा आदिलाई मात्रै बलि चढाउँ छ तर बंगुरलाई बलि चढाउदैन किन होला ? किन कि जो शास्त्रको रचना गरेका हुन् उसले बंगुरको मासु खाँदैन . कि कसो !

    Reply
    1. Rajan Upriti says:
      October 13, 2013 at 12:36 am

      नारकीय जीवनबाट मुक्तिनै दिन बलि दिईएको भए सुँगुर, बंगुर, नालिका किरा, अझ गु’का किरा समातेर बलि दिईनु पर्ने होइन र ?

      Reply
      1. Krishna says:
        October 14, 2013 at 4:10 am

        गरिबहरुले ऋण काढेर दशैंमा एकचोटी मासु खाने तर यी धुन्दकारी भ्रस्टहरुले सित्तैमा खाने मासु???? देशको सम्पति सित्तैमा खानेलाइ मासु भनिदैन म त सिनो भन्छु! सिनो खाने यिनीहरु गिद्द हुन् , स्याल र फ्यौरा हरु हुन्, ब्वाँसाहरु हुन्!

        Reply
  20. aditi says:
    October 24, 2012 at 3:33 pm

    ति संस्थानहरुले कातुन हजारै कटुन तर आफ्नो आम्दानीको पैसाले किनेर कटुन, राज्यको ढुकुटीबाट होइन, तपाई हामीले तिरेको करबाट होइन,……………

    Reply
  21. Subit says:
    October 24, 2012 at 12:41 pm

    ठुलाथालु , हुनेखानेको त किनेर खाने पहुँच हुन्छ ..बरु किनेर खान नसक्नेलाई बाँडे हुन्थ्यो त्यो मासु त कि कसो???

    Reply
  22. bkpandey says:
    October 24, 2012 at 4:56 am

    गुठि संस्था ले पशुबध को सत्ता नरिबेल चढाएको भए करोडौ बच्ने रहेछ. अब त्यो पैसाले पुरातातिक महत्व का स्थानको मर्मत गरे , कसो होला ? सुस्वास्थ को तरिका बाट हेर्नेहो भने दच्छिन कालिमा बलि दिएको बोका वा हाम्रा बधसाला मा तयार गरेको मासु हाम्रो स्वास्थ को लागि हानिकारक हुन्छ भन्ने जनचेतना गर्ने र ति बधसाला लाई hygyenic बनाउनु जरुरि छ जस्तो मलाई लाग्या छ.

    Reply
  23. डिल्लीरमण न्यौपाने says:
    October 24, 2012 at 12:15 am

    नेपाललाइ धर्म निरपेक्ष्य घोसणा गरिसक्या हैन र? तेसो भए १-२ ओटा धर्मको नाममा सरकारको ढुकुटी रित्याउन पाइन्छ? मक्का मदिनामा हज गर्न जानेलाइ पनि सरकारले टिकट किनिदिन्छ रे भन्ने सुनेको छु / अनि यी बिचरा खसी, बोका, रागा, थुमाहर्ले नेपाल सरकारको के बिगारेका छन् र सरकारले पैसो खर्च गरि गरि सार्बजनिक ठाउमा फासी दिनु पर्ने?

    धर्म निरपेक्ष्य मुलुकले कुनैपनि धर्मको नाममा पैसो खर्चगर्नु जायज छैन, उसमाथि नेपाल यस्तो गरिब मुलुक हो जसको बजेट बिदेशीको पैसो नभई चल्दैन / धर्मभीरु हरुलाई पैसो चाहिए तिनिजस्तै अरु धर्मभिरु हरुसंग चन्दा मागेर जम्मा गरुन / एक्काइसौ सताब्दीको युवा पुस्ताले पनि यो कुराको बिरोध नगरे नेपाल सधै कुरीति, अन्धविश्वास र कुसंस्कारको जालोमा रुमल्लिरहन सक्छ / सिक्ष्या र चेतनाको स्तर अलि अगाडी हुनुपर्यो ……

    “परम्परा चटक्क छाड्न सकिदैन” भन्ने तर्क – राजालाइ बिष्णुको अबतार मान्ने परम्परा छाड्न सकियो, तल्लो जातले छोएको पानी खानु हुदैन भन्ने तर्कलाइ कुल्चीसकियो, ढ्यांग्रो ठोकेर पोलियो उन्मुलन हुदैन भन्ने कुरा बुझाउन सकियो, गोबरमा नरोबर (गुहु) मिसाएर निकालेको ग्यास (गोबरग्यास) मा खाना पकाएर खाइयो, गे र लेस्बियनहरुलाइ समाजले पचाउन थाल्यो; बलि दिएर धर्म हुदैन भन्ने बुझ्न किन नमानेको? निदाएकोलाइ ब्युझाउन सकिन्छ, निदाएजस्तो गर्नेलाइ ब्युझाउन सकिदैन / सित्तैमा (वा पैसै परेपनि) मासु खान पाइन्छ भन्दैमा जे पनि भन्दिने? अन्तरात्माबाट भन्नुस त छातीमा हात राखेर? भोलि अर्को ब्रह्माण्डबाट अर्कै जातको जीव पृथ्वीमा आएर तपाइँहाम्रा छोराछोरी, भाइ बहिनिलाइ समात्दै पशुपतिमा लगेर बलि दियो भने वा काटेर खायो भने तपाईलाई कस्तो लाग्छ? सोच्नुस त एकछिन?

    अनि जादाजादै – दश बार बर्ष पहिले दिल्ली जाने जहाजमा नेपाली यात्री हरुबीच यस्तै खालका कुराहरु भा’को थियो / सन्दर्भ: नेपाल बायुसेवाले रागो काटेर बिमानको पुजा नगरी उडाउदैन भन्ने, अर्थ मन्त्रालयका उपसचिव हरिप्रसाद शर्मा (अहिले रिटायर हुनुभयो) ले भन्नुभो “बोइंग कम्पनिले बर्षमा पचासौ जहाजहरु बनाउछ, जहाजको लागि भनेर एउटा चल्लो काट्दैन, हामी बबुरा नेपालीलाइ उसले बनाइदिएको जहाज उडाउन रागो काट्नुपर्ने?” कुरो तर्कसंगत छैन त?

    मेरो गन्थन अब सकियो /

    Reply
    1. बेखालाल नेपाल says:
      October 24, 2012 at 11:09 am

      “धर्मभीरु हरुलाई पैसो चाहिए तिनिजस्तै अरु धर्मभिरु हरुसंग चन्दा मागेर जम्मा गरुन” यो त मन्दिर मा हुने कुरा भो! यहि दसैँ ताका देश भरि रहेक ब्यारेक कोटमा जंगी अड्डामा हतियार मा बलि दिइन्छ| त के अब देशको सुरक्षा गर्ने जवानहरुलाई पनि तिमीहरुलाई पनि पैसा दिन्न, बलि चाहिन्छ भने आफैं खल्तीबाट पैसा जम्मा गरेर बोका, राँगो किन भन्ने त ?

      Reply
      1. डिल्लीरमण न्यौपाने says:
        October 25, 2012 at 10:24 pm

        जवान हुन् कि हाकिम हुन्, किसान हुन् कि नेता वा अभिनेता हुन्, धर्मको नाममा पशुको हत्या नगरौ / हतियारमा बलि दिने कि तिनलाई राम्रो संग मर्मतसम्भार गर्ने? तपाइलाई पनि त्यस्ता कुराको बिस्वास लाग्छ? अन्धबिस्वास र कुरीतिलाइ हटाउनुपर्यो अनि मात्र हामि अगाडी बढ्न सक्छौ /
        बेखालाल जी ले भन्नुभ’को हतियारलाइ बलि हो भने मेरो बिमति छ / सैन्य जवानहरुलाइ तन्दुरुस्त राख्न खोराकीको लागि मासु भन्या हो भने अर्कै कुरा: उसमाथि तपाइलाई कति चाहिन्छ उदाहरण मासु नखाने स्वस्थ, तन्दुरुस्त, मुरिको धोक्रो जुरुक्क उचाल्न सक्ने मान्छेहरु, म देखाइदिन सक्छु / स्वादे जिब्रोको मात्रै कुरा हो मासु नभई हुदैन भन्ने / तेत्तिका तेल, मसला, प्याज, आदि इत्यादि हाल्ने हो भने बन्दा’नि धेरै मिठो हुन्छ, मासु मात्रै किन?

        Reply
      2. Ananta says:
        October 13, 2013 at 9:51 am

        होइन तरबारलाई किन बलि दिनुपर्छ र ? यो आबश्यक छैन भनेर बुझाउन सकिन्न र?

        Reply
    2. madan bajracharya says:
      October 17, 2013 at 11:33 pm

      परम्परामा सुधार गर्ने बा यथावत राख्ने भन्ने कुरा नेताहरुको स्वार्थ के भयमा पुरा हुन्छ भन्ने कुराले निर्धारण हुन्छ नेताको नेपालमा/

      Reply
  24. shiva says:
    October 23, 2012 at 11:44 pm

    Humanity at its worst.

    Reply
  25. Raaz says:
    October 23, 2012 at 9:25 pm

    ठुलाहरुले सबै फोकट मै त पाउदै आएका छन् त. फोन गाडी घर सबै . जाबो यो मासु को के कुरा.

    Reply
  26. बेखालाल नेपाल says:
    October 23, 2012 at 9:24 pm

    एक थरि बलि प्रथाको बिरोध गर्न बेदको आधार लिन्छन भने अर्का थरि बलि प्रथाको पक्षमा त्यहि बेदको आधार लिन्छन| बेदको आधारमा यो बहस टुंगो लाग्ने वाला छैन| हिंसा गर्नु हुन्न भन्ने बिषयमा बेदलाई आधार नमान्ने जैन आदि मतहरु मात्रै स्पस्ट छ! बलि प्रथाको बिरोध गर्नेहरु बलि दिएर दुर्गा खुसि हुन्न आदि आदि तर्क दिएको ठिक हैन! बलि देव देवी खुसि पर्न गरिन्न! बलि एक तान्त्रिक बिधि भन्छन जसलाई बुझन त्यति सहज हुन्न! यो मामिला तान्त्रिक शास्त्रको अध्ययन गरेर मात्रै केहि भन्न सकिन्छ! PETA को पछी लागेर वा माडवारी मतको पछी लाग्नु ठिक होइन जस्तो छ!

    Reply
  27. Bala Ram Thapa says:
    October 23, 2012 at 9:06 pm

    परम्परा गत चालाइएको सरकारी स्तरको बलि प्रथा ले सरकारी कोषको करोडौं करोड सम्पति खर्च हुने तर त्यस्ता खर्च को तर मार्ने ठुला ठालुनै हुने भएको ले पनि यस्तो खर्च घटाउन साहेद उनीहरुनै चाहदैनन | बदलिदो समाज ,बदलिदो परिस्थितिमा धेरै मानिसहरुले ब्लिप्रथाको बिरोद गर्न थालेका छन तर पनि यो प्रथा निमिट्यान्न हुन बर्सौं वर्षा लाग्ला | जब सम्म सम्पूर्ण मनिष हरुमा ब्लिप्रथा रोक्न पर्ने चेतना हुने छैन तब सम्म को निम्ति बलिप्रथा निमिट्यान्न हुने छैन | वास्तबमा मनिष लाइ प्रकृतिले मम्सहरी बनाएकै छैन | यदि मनिश मम्सहारी हुदो हो त उसको हात खुट्टा मा नगरा र मुखमा दारा हुनुपर्ने थियो ,बाघ भालु ,स्याल गिद्धको जस्तै | बलि प्रथा प्रति विश्वाश गर्ने साथीहरुले कृपया अन्नेथा नमनिदिनुहुन |

    Reply
  28. द्रोण पौडेल says:
    October 23, 2012 at 8:28 pm

    ठुला बडा लाई दशैं मा फोकट मा मासु मात्र होइन सरकारी पैसा पनि मासु जस्तै फोकट मा आउछ यी ठुलाबडा फोकेटे हरु को सट्टा सबै गरिब हरु लाई दिय मात्र दशैं भन्ने दिन पनि सार्थक हुने थियो कि ?

    Reply
  29. शशांक लामा, न्युयोर्क says:
    October 23, 2012 at 8:14 pm

    हाव ! मासु नखाउ कसैले भनेको छैन है ! देवीथानमा बोकाको घांटी आधा रेटेर, घांटी दोबारेर देवीको मुहारमा रगतको पिचकारी नहान्नु भनेको पो त!, घर अगाडी बालबच्चाको सामुन्ने निर्दोष प्राणीको गर्दन नगिंडनु पो भनेको त ! भालेको ढाँडमा लौरो बजारेर मुखबाट रगत निकाली देविमातालाई रगत नचढाउनु पो भनेको त! पशुलाई बेहोश पारेर मार्दा पनि त हुन्छ है ! सास्ती दिएर मार्दैमा धर्म हुने होइन क्यारे ! हाम्रो परम्परा !!!!???? यस्तो राक्षसी परम्परा आजै त्यागौं!!! अहिल्यै त्यागौ !!!

    Reply
  30. Milan Kanchha says:
    October 23, 2012 at 8:12 pm

    पहिलो कदम को रुपमा सबै सरकारी गाडी हरु मा बलि दिने बन्द गर्नु पर्यो/ यसले करोडौ पैसा र पशुको ज्यान बच्छ/ अनि राजा संग जोदियाको, राजाको भागमा जाने बलि बन्द गर्नु पर्यो/ रास्ट्रपति राजा होइन / व्यवस्था परिबर्तन भएको बेला प्रथा पनि परिबर्तन गर्नु पर्छ/ अनि अरु बिस्तारै गर्नु पर्छ/

    Reply
  31. Jenish says:
    October 23, 2012 at 8:12 pm

    यी बलि दिएको मासु हरु बारू नेपाल मा नसकेको हरुलाई दिदा कस्तो होला, such as चेपांग community अनि अरु विभिन्न non profit organisations haru.

    Reply
  32. Nabin Bhai says:
    October 23, 2012 at 6:05 pm

    यो ठुला ठालु लाई मासु सरकार को पैसा बाट दिने परम्परा चै तुरुन्त बन्द गर्नु पर्छ..अब काटमार बलिप्रथा एकै चोटी हटौना सम्भब छैन बिस्तारै हट्छ यो त …भुत्रो गर्न दिएको ठुला ठालु लाई?? ..तिनीहरु संग त यो देश नै लुटेको पैसा छ नि …

    Reply
  33. Bishal says:
    October 23, 2012 at 5:57 pm

    Happy Bada Dashain to everybody . Rank has its privileges .

    Reply
    1. Bayan says:
      October 24, 2012 at 2:17 am

      यो मान्छे पनि त्यो फोकटको मासु खान पल्केको जस्तो देखिन्छ/ यस्ताले त मासु मात्र होइन फोकटमा पाए अलकत्रा पनि खान्छन/ मन परे हरियो मन नपरे रातो/

      Reply
  34. द्रोण says:
    October 23, 2012 at 2:46 pm

    All impractical rule should go one day.the sooner it goes ,the better it will do to people and overall society.
    For the time being lets understand ,man eat animal for taste and nutrition,they do it different way.Lets not be critical on it.
    As time goes by people will use technology ,slaughterhouse also there will be some animal law in our country and people will follow it.There is already a hospital for them.The matter of fact is., god will not be happy with animal blood,everybody knows that.
    There is nothing like god as such in the first place.It is just a believe.
    Even if he is there ,why should he be happy seeing killing of his own creation coldblooded.
    this is all about ” खाने वालो को खाने का बहाना चाहिए ”

    Reply
  35. रबिन्द्र राज गिरी says:
    October 23, 2012 at 2:39 pm

    जहाँ पनि ठूला-बडाकै मोज छ | त्यसैले त त्यो प्रधानमन्त्रीको कुर्सिको लागि यत्रो रडांको छ | मर्ने त गरीब नै त हुन् | जय नेपाल, जय नेपाली !

    Reply
  36. chatur rai says:
    October 23, 2012 at 12:21 pm

    पशु बलि बारेमा गठनमा बस्ने टोलीहरु सत्य विद्वान नै रहेछन ,उहाँहरुको सुझाब बाट नै यो कुराको पुष्टीहुन्छ , लाटाको देशमा गाड़ो तन्नेरी भनेको यही होला ,

    Reply
  37. yada says:
    October 23, 2012 at 11:51 am

    सर्ब प्रथम त बलि दिएको कुनै पनि जनाबर्हरुको मासु कसैलाई पनि नदिने र आफु पनि नखाने परम्पराको सुरुवात गर्नु पर्छ तेसो भएमा फोकटमा मासु खान नपाउने भएपछि कस्ले बलि दिन जोड गरि रहन्छ र ? तेसो भएमा स्वत बलि प्रथाको अन्त्य हुन्थ्यो कि कसो /

    Reply
  38. yam pun says:
    October 23, 2012 at 11:00 am

    “हुनेलाई परि परि, नहुनेलाई नेपरी नेपरी” भनेको यहि हो! ठुला बडा लाइ त्यसरी बाड्नु भन्दा बरु टुडिखेलमा पकाएर सबै गरिब हरुलाई एक छाक भए पनि मासु भात खान दिए बडा दशैं साच्चिकै “बडा दशैं” हुन्थ्यो कि ???

    Reply
  39. बद्री पोखरेल says:
    October 23, 2012 at 10:35 am

    यो सहि हो ,परम्परा एक्कैचोटि चटक्कै हटाउन सकिन्न ,मानिस को विवेक,बहस र विवेचना हुदै गए पछि चेतना जागृत भएपछि बिस्तारै बिस्तारै कुसंस्कार कुप्रथाहरु हट्दै जानेछन् ,परिस्कृत हुनेछन्,परिमार्जित हुनेछन् / यसमा जन चेतनाको महत्वपुर्ण भूमिका आबस्यक पर्दछ,त्यो भूमिका समाजका चेतनशील ,बिबेकी विद्वान व्यक्तिहरुले होसियारिपूर्बक निर्वाह गर्नु पर्दछ /

    Reply
  40. Bayan says:
    October 23, 2012 at 10:15 am

    Those who can not afford, do not get it; those who can afford get it for free .Freaking rediculus.

    Reply
  41. Prakash Tiwari NYC says:
    October 23, 2012 at 4:45 am

    उबेलामा चन्द्रसम्सेरको पालामा पनि येही विवाद थियो रे / सिंह दरबारमा बलिबादी र अहिंसाबादीको ५० / ५० हुदा कसको पनि चित्त नदुक्ने गरि छट्टु श्री तीनले काटमार गर्नेले गरुन नगर्नेलाई पनि यो गर्न र हेर्न बाद्ये नपारियोस भन्न राजनीतिक भाषा बोलेका थिय रे / अर्को ५० वर्ष पछि पनि हुने येही हो र मानिस पनि ५० / ५० मा नै बिभाजित हुन्छन होला / कि सबका सब साहकारी हुनु पर्यो /

    Reply
  42. Priyanka Gurung says:
    October 23, 2012 at 4:40 am

    यी ढुला बडाहरुलाई दशैंको फोकट मासुले मात्र होइन, लाखौ करोडौ कारणहरुले येनेहारूलाई सधै दशैं नै दशैं. बधाई छ हाम्रा आदरणीय ढुला बडाहरुलाई.

    हिप हिप हुर्रे.

    Reply
  43. kiran says:
    October 23, 2012 at 4:38 am

    **** Good Analysis ****

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme