Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नालायक निर्वाचन आयोग !

Posted on October 11, 2013October 11, 2013 by Salokya

nirwachan2 आउँदो मंसिर ४ गते देशमा दोस्रो पटक संविधान सभाको निर्वाचन हुँदैछ। मतदानको दिन अब ३९ दिन मात्रै बाँकी छ। तर अहिलेसम्म देशभर कुन क्षेत्रमा को-को उम्मेदवार छन् र उनीहरुको निर्वाचन चिह्न के हो भन्ने बारे ज्ञान पनि मतदाताहरुलाई छैन। निर्वाचन आयोग त यति नालायक साबित भएको छ कि आफैले घोषणा गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने मिति गुज्रिँदासम्म पनि आफ्नो आधिकारिक वेबसाइटमा त्यसलाई अपडेट गर्न सकेको छैन। अझै नालायकी त त्यत्रो तामझाम र हल्ला गरेर अनि तयारी गरेको भनिएको फोटोसहितको मतदाता परिचयत्र पत्रसमेत वितरण गरिएन भने साबित हुनेछ। निर्वाचन आयोग जस्तो निकायले झुटो प्रचार गर्न मिल्छ? फोटोसहितको मतदाता परिचय पत्र नभए मतदान गर्न पाइन्न भनेर त्यत्रो प्रचार गरेको झुटो साबित हुँदैन यसपालि त्यो वितरण नगरे?
nirwachan
निर्वाचन आयोग आफैले निकालेको संशोधित निर्वाचन कार्यक्रम अनुसार मतदानअघिका सम्पूर्ण कार्यक्रम सकिसकेका छन्। उम्मेदवारको अन्तिम नामावली असोज २३ गते नै प्रकाशन भइसकेको छ। उम्मेदवारलाई निर्वाचन चिह्न दिने कामसमेत असोज २४ गते सम्पन्न भइसकेको छ। सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सूचना प्रविधिको यस्तो युगमा अन्तिम नामावली मगाएर देशभरका निर्वाचन क्षेत्रका उम्मेदवारहरुको सूचिसमेत आफ्नो वेबसाइटमा अपडेट गर्न नसक्ने यो कस्तो निर्वाचन आयोग हो ! यति दिनसम्म पनि यति सामान्य काम गर्न नसक्ने त्यहाँका कर्मचारी कस्ता हुन् ? जाबो उम्मेदवारको नामावलीसमेत जिल्लाबाट केन्द्रमा आउन र त्यसलाई वेबसाइटबाट सार्वजनिक गर्न यति धेरै समय लाग्छ भने निर्वाचन परिणाममै असर पर्ने गरी कतै धाँधली भए त्यसको जानकारी संविधान सभाको पहिलो बैठक बसिसकेपछि मात्रै आउने हो कि ! अनि सोच्नुस् त, उम्मेदवारहरुले फाराम भरेर दर्ता गरेको नामावली त समयमै प्रकाशन गर्न नसक्ने निर्वाचन आयोगले हरेक उम्मेदवारले पाएको भोट संख्या कुन जुगमा अपडेट गरी भ्याउने हो ! अघिल्लो पटकको निर्वाचनमा निर्वाचन आयोगको वेबसाइटले बरु उत्कृष्ट नभए पनि राम्रै काम गरेको थियो। अहिले त त्यसैलाई टालटुल गरेर झारा टार्ने काम मात्र गरिएको छ। उदाहरण हेर्नुस्-

पुरानो वेबसाइटको बायाँ साइड बारमा निलो र रातो रङ्गको अक्षरमा के पाराले अपडेट गरेका हुन् यो ?
nirwachan1

अनि त्यसमा ध्यान दिएर हेर्नुस् त- कति हुस्सु कर्मचारी भन्ने प्रष्ट हुन्छ। संबिधानसभा सदस्य निर्वाचन कार्यक्रम, २०७० भनेर रातो र नीलो दुवै अक्षरमा लेखिएको छ। एउटा संशोधित कार्यक्रम हो भने एउटा पहिले कै। नयाँ राखिसकेपछि पुरानो हटाउनु पर्छ भन्नेसमेत होस नभएका होसप्रसादहरुले गरी खालान्?

कुन कुन निर्वाचन क्षेत्रमा कुन-कुन स्थान पर्छन् भन्ने सामान्य जानकारी समेत यो वेबसाइटले दिन सकेको छैन। अघिल्लो निर्वाचनमा बनाइएको साइटमा रङ्ग भरेर पिडिएफ अपलोड गरे पनि कम्तिमा आफ्नै कार्यक्रम अनुसार देशभरका उम्मेदवारहरुको सूचि र निर्वाचन चिह्न त अपडेट गर्नु।

मतदाताले कहाँ को-को उम्मेदवार छन् नै थाहा नपाउने, समानुपातिकमा कति वटा पार्टी उठेका छन् र उनीहरुको चुनाव चिह्न के हो नै थाहा नपाउने, यस्तो तालले पनि निर्वाचन हुन्छ?

ad
निर्वाचन आयोगले देशका सबै ठूला अखबारहरुको पहिलो पेजमा विज्ञापन छाप्न ठाउँ ‘बुक’ गरिसकेको छ। तर यस्ता विज्ञापनका सामाग्रीमा अलिकति पनि ध्यान नदिएको देखिएको छ। जस्तै माथिको विज्ञापनै हेरौँ न, रातोमा एउटा र निलोमा एउटा छाप लगा‌औँ रे। समानुपातिकमा भोट गर्न कुन रङ्गकोमा हाल्ने, प्रत्यक्षकोमा भोट गर्न कुनमा हाल्ने, लेख्नु पर्दैन ? यो विज्ञापन मात्र हेरेमा मान्छेले के बुझ्छ ? एउटै मतपत्रमा दुई वटा छाप हाल्न हुँदैन भन्ने त धेरैलाई थाहा हुन्छ। कुनमा हाले कसलाई जाने भन्नेमा यो विज्ञापन हेरेर मैले त थाहा पाउन सकिनँ भने अरुको हालत के होला ?

18 thoughts on “नालायक निर्वाचन आयोग !”

  1. Suraj Shrestha says:
    October 12, 2013 at 6:38 am

    संविधान बनेपनि नेपालका ५० दल (३३+ दल) ले मान्ने वाला छैन भने यो असम्वेधानिक बाधा अड्चन फुकेको तरिकाले कसरी हुन्छ निर्वाचन?

    एक दुइ कुरा र पटककोलागि बाधा अड्चन फुकाइन्छ, यहाँ त चोर दलले जे मन लागेपनि राष्ट्रपतिले बाधा अड्चन फुकाउने गर्ने

    हुनत जनताले चुनेको नेपालको राष्ट्रपति होइन, दलहरुले बनाएको हो
    किन भने राष्ट्रपतिले पछिकोलागिपनि जागिरको बाटो राख्नु पर्यो ?

    निर्वाचन सारिदै गएमा राष्ट्रपति लगायत धेरैको जागिर कायम रहने
    अनि किन गराउने निर्वाचन ?

    सुरज श्रेष्ठ

    Reply
  2. बासु says:
    October 11, 2013 at 10:05 pm

    दशैं लागि सक्यो | सबका सब घर जानु परेन ? कताको अहिले अपडेट गरि रहने नि ? क्या शालोक्यजी पनि |
    अँ एउटा कुरा मैले सुनेको: परिचयपत्रकोलागी जगदम्बा प्रेसले सबै भन्दा सस्तो ४.५१ मा हालेको टेन्डरलाइ लतारेर दोब्बर बढी मूल्यमा अरु नै बाट छाप्ने षड्यन्त्र भै रहेको छ रे |
    यसको जवाफ निलकण्ठजीसंग छ कि ?

    Reply
  3. harka hamal says:
    October 11, 2013 at 9:47 pm

    बैद्य बा को हाउगुजी देखाएर चुनाब सार्छन इ चॊरहरुले | तलब भत्ता चट् |

    Reply
  4. Ruraj Shrestha says:
    October 11, 2013 at 8:32 pm

    म अमृत साइन्स कलेजमा पढदा २०२९ सालदेखि हालको असम्वेधानिक तरिकाले बाधा अड्चन फुकाउबाट जागिर पाएका (कुनै सम्वेधानिक वा आध्यादेशपनि ६ महिना भित्र नेपालको संसदबाट पारित हुनु पर्दछ तर भएको छैन) प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई चिनेको हुँ

    उ अन्य कलेजमा स्नातकको बिधार्थी थियो र बेलुको अमृत साइन्स कलेजमा हामी संग भलीबल खेल्न आउदो थियो

    हामी विज्ञानमा प्रथम श्रेणीबाट उतिर्ण हुनेहरु कोलोम्बो प्लान अन्तर्गत प्राविधिक उच्य शिक्षाको लागि विदेश पढन जाने अवसर प्राप्त भयो तर निलकण्ठ उप्रेतीले तथ्यांक विभागमा नेपाल सरकारको सेवा गरे पछि कम्प्युटर सम्बिधि परामर्शको कामको अनुभव हासिल गरेका हुन

    “एमालेका वफादार कार्यकर्ता भएकोले पुरस्कार स्वरुप एकाएक निर्वाचन आयुक्त भएका हुन” हाल असम्वेधानिक प्रमुख निर्वाचन आयुक्त

    नेपालमा प्राथमिक पढेका श्री गोल्चे सार्की त लायकका सांसद भए भने निलकण्ठ उप्रेती त स्नातक/ स्नाकोतर हुन

    राम श्रेष्ठ

    Reply
  5. Babukaji says:
    October 11, 2013 at 7:48 pm

    गफाडीको थलो निर्वाचन आयोग , घरि इ भोटिङ्ग को ढर्रा , घरि कार्ड को काम गर्ने होइन बोल्ने हुन् यिनीहरु . नेता त निलकण्ठ उप्रेती पो हुन् त उनले बोलेको सुन्नुस त!!!

    Reply
  6. jeevan verma says:
    October 11, 2013 at 5:57 pm

    निलकण्ठ उप्रेती, गिरिजा जस्तै, ठुलो जिउ डाल र कंगेसी भएको कारण ले पमुख निर्बाचन आयुक्त भएको व्यक्त हुन् |उनि कम्प्युटर बिज्ञ ( at some पोइन्ट of time, but since I know he was more on management vs politics vs position). उनि निर्बाचन आयोग मा कम्प्युटर बिज्ञ भएर पसेका हुन् | उनको निर्बाचन सम्बन्धि अनुभब भनेको CAN को निर्बाचन गरेको हो त्यो पनि धेरै लाई निर्बाचन मा भाग लिन नै नदिएर | त्यस्ता व्यक्ति बाट के आशा गर्ने ?

    Reply
  7. khagendra Kandel says:
    October 11, 2013 at 5:40 pm

    निर्बाचन आयोग ले धादली रहित तरिकाले निर्बाचन गराउला ? खै येस्मा पनि षड्यन्त्र कै गन्ध छ कि ? नत्र के हो त यो गाइजात्रा ? चुनाब त देखाउने दात हो (?) भित्रि तयारी आर्कै छ कि ? लौ जजस्ले जांह जांह छौं त्याँहा त्यहाँ बाट खबरदार गर्ने कि ? अझै अर्को खतरनाक कुरा बिना सक्कली परिचयपत्र पनि मतदान गर्न पाइने रे ? हुँदै हुदैन / बरु चुनाब २ हप्ता सरोस / फोटोसहित को परिचय पत्र बाहक ले मात्रै मतदान गर्न पौने हुनुपर्छ / अर्को कुरा उम्मेदवार को बिपक्ष्य मा पनि भोट हाल्न पाउनु पर्छ / यो जान अधिकार हो /

    Reply
  8. मदनमणि says:
    October 11, 2013 at 5:16 pm

    यो सबै हामी जस्ता जनताले दुखगरेर कमाको, तिरेको कर र हाम्रा नाममा विदेशीसँग मागेको धन चुस्ने बाटो मात्र हो। सबै कर्मचारी र राजनीतिक दलका नेताको सम्पत्ति को स्रोत खोजौं पहिले अनि बल्ल निर्वाचन गरौं।

    कस्तो चुनाव गर्ला यो निर्वाचन आयोगले मागेको साधन मात्र भर नहुने रैछ। हुती पनि हुनपर्ने। मतदाता परिचयपत्र छाप्न भनेर गरेको टेण्डरमा नेपाली कम्पनीलाई परेछ। भारतीयलाई नै पर्न पर्छ भनेर रोक्या रे। कान्तिपुरमा लेखेको समाचार। त्यो त्यै भारतीय लगानीको प्रेस हो जस्ले नेपाल टेलिकमको रिचार्जकार्ड पनि मैले नै छाप्न पाउनुपर्छ भनेर भारतीय दुतावास गुहारेको थियो ।

    नेपाल टेलिकमको रिचार्जकार्डको टेण्डर हात पार्न आफ्ना दुवै प्रकाशनमा यसरी समाचार नै क्याम्पेन गरेको समा प्रिन्टर्सले http://doorsanchar.com/?p=4536 यसपाली मतदाता परिचयपत्र नि रद्द गरेछ।

    Reply
  9. kedar says:
    October 11, 2013 at 3:55 pm

    प्राबिधिक कारणले मङ्सिर ४ गते चुनाब गर्न सक्दैनौं भन्नका लागि तयारी गरे जस्तो छ /

    Reply
  10. प्रमोद says:
    October 11, 2013 at 3:28 pm

    यस्तै हो प्रविधिका ज्ञान भएकाहरु हुनु पर्यो नी । सब सोर्स लगाएर जागिर खाएकाहरु छन अनि कहाँ हुन्छ ? अलिकति त उत्तरदायि हुनु पर्छ नी । नालायक नै भनुँ कि क्या हो ।

    Reply
  11. yam pun says:
    October 11, 2013 at 3:15 pm

    सिंगो देश नै हाँडी गाउँ भाको बेलामा निर्वाचन आयोग मात्रै अछुतो रहने त कुरै भएन ! निर्वाचन सम्पन्न भए पनि सभासदहरुले संबिधान बनाउदैनन् भन्ने कुरामा निर्वाचन आयोगको कर्मचारीलाई पक्का थाहा छ होला नत्र भने जुन कामको लागि सरकारको नुन खाको हो, त्यहि काम नुनको सोझोको लागि भए पनि समयमा नै पुरा गर्नु पर्ने दायित्व होइन र???

    Reply
  12. shantdil says:
    October 11, 2013 at 3:02 pm

    फोटो सहित को मतदाता परिचय पत्र अहिले सम्म तयार नगर्नु भनेको चुनाब मा फर्जी मत खसाउन दिने योजना हो. येस्मा निर्बाचन आयोग को मौन सम्मति छैन भन्ने के आधार छ र ?

    Reply
  13. Mahesh says:
    October 11, 2013 at 2:40 pm

    हात थाप्न भन्दा के अरु जानेका छौ र तिमीहरुले, भोटिङ मेशिनबाट भोट गर्ने भन्थे, धेरै हल्ला गरे अनि भारतबाट नमिल्ने कुराभयो, रामलक्ष्मण भन्ने नेपालीले हामी पनि सक्छौं भनी बनाए भन्ने समाचारमा थाहा पाएका थियौं कहाँ गए उनीहरु ? खै तिमीहरु त विदेशीको आची भए पनि हात थाप्न अघि सर्ने आफ्नोले गर्दा कुनै वास्ता नै छैन अब गफ नदेउ राष्ट्रियता भनेर, अहिले अन्तिम चरणमा आएर रातारात कार्ड बनाएर के रमिता गर्न खोजेका थियौ, कुरा मिलेन होला अनि गरेनौ नि, तिमी निलकण्ठ सूचना प्रविधिको जानकार मान्छे भन्दै हिड्छौ किन तुहायौ नेपाली भोटिङ मेशिनलाई, नालायक सिवाय केहि होइनौ तिमीहरु । स्वच्छ निर्वाचन भन्ने कुरा त कल्ले सिकायो अनि भन्दै हिड्यौ, तिमीहरुमा चुनावमा धाँधली होस् भन्ने नै छ जस्तो लाग्छ हामी सबैलाई ।

    Reply
  14. Subhaash Siddhi Udaas says:
    October 11, 2013 at 2:13 pm

    यो सब जानेर यस्तो लाग्यो –
    यी कर्मचारी भनौन्दा जीवहरुको टाउको भरी (खाने)मुख अनि जिउ भरि JPT (जे पायो त्यो) भर्ने घ्याम्पो मात्र हुने गर्दछन …कमसे कम हाकीम भै खानेको त यस्तो हुनु नपर्ने हो नि !
    अनि भन्ने ले ठाम पाई हाल्छ नि त – लथालिङ्ग देशमा भताभुंग चाला : सावधानी र बुद्धि न घुस्ने छाला ! …शंकर शम्भो !!…सदबुद्धि कमभो !!!

    Reply
  15. deven says:
    October 11, 2013 at 11:58 am

    यसै बाट थाहा हुन्छ देश को आबस्था, सम्पूर्ण देश नै निर्बाचन मा होमियाको भनियको आबस्था मा सम्म पनि चुनाब को क्रियाकलाप हरु आधयबधिक हुन्न यो देश मा / मैले पनि कुन निर्वाचन क्षेत्र मा कुन कुन ठाउँ हरु पर्छ भनि हेर्न खोजेको कहाँ पाउनु नि ? म my संसार संग छ भने काठमाडौँ को १० क्षेत्र हरु छुत्यको नक्सा पोस्ट गर्न अनुरोध गर्दछु /

    Reply
  16. dhan says:
    October 11, 2013 at 11:44 am

    अस्ती सम्म मतदाता परिचय नभै क्यै नहुने भन्दैथियो अब फेरी आफ्नो हदै सम्मको लाचारी देखाउदै छ, नाटक मन्चन भाईराको होला नि.. कती अंक हेर्नु पर्ने हो अब यो…

    Reply
  17. xyz says:
    October 11, 2013 at 10:16 am

    You should know that Mr. Nil Kantha Uprety is supposed to be an expert in computer. The name of this man should be UML Kantha Uprety, his only contribution now will be to have the name of CPN-UML at the top of the voting list.

    Reply
  18. Nirmal says:
    October 11, 2013 at 10:07 am

    बैद्य बाजेहरू पनि चुनाउ मा औंछन अनि update गरौला भनेर हो कि??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme