Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आत्मसमर्पण ?

Posted on October 2, 2013October 3, 2013 by Salokya

qatar “गलत रिपोर्टहरुमा उल्लेख गरिएका सबै कुरालाई हामी अस्वीकार गर्छौँ। हामी यस्तो छाप्नेहरुलाई आफ्ना अनुचित लक्ष्य र अजेन्डाका हासिल गर्न नेपाली कामदारको उपयोग नगर्न आग्रह गर्छौँ।”

“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।”

माथिका दुई भनाई बेलायतको गार्डियन पत्रिकाले छापेको कतारमा नेपाली कामदारलाई दाससरह व्यवहार गरिएको खोजमूलक समाचारबारे नेपाल सरकारको प्रतिनिधिको आधिकारिक प्रतिक्रिया हो। अन्तर्राष्ट्रिय दबाबमा परेपछि कतार र नेपाल दुवैका सरकारी कर्मचारीहरुले सोमबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यहीँ नेपाल सरकारले कानुनी सल्लाहकारको जागिर दिएको भनिएका मोहम्मद रमादानले यस्तो बताएको रोयटर्सले जनाएको छ।

संयुक्त पत्रकार सम्मेलन जहाँ नेपाली कामदार र गार्डियनलाई नै गलत ठहराइयो।
संयुक्त पत्रकार सम्मेलन जहाँ नेपाली कामदार र गार्डियनलाई नै गलत ठहराइयो।

महिनौँसम्म काम गरेर तलब नदिएको, असुरक्षित भई काम गर्नुपर्दा धेरै नेपाली मरेको, बस्ने ठाउँ ठीक नभएको, चर्को गर्मीमा पानीको व्यवस्था समेत नगरेको जस्ता खुलासा गार्डियनले गरेको थियो।

कतारमा विश्वकप फूटबल आयोजना गर्न दिएकोमा असन्तुष्टहरुको राजनीति यसमा घुसेको आरोप लगाइएको छ। नेपाल सरकारका तर्फबाट बोल्नेले पत्रकार सम्मेलनमा त्यस्तै संकेत गरेका छन्- ‘आफ्ना अनुचित लक्ष्य र अजेन्डाका हासिल गर्न नेपाली कामदारको उपयोग नगर्न’ भन्दै।

त्यही संयुक्त पत्रकार सम्मेलनमा एनआरएन मध्यपूर्वका संयोजक नरेन्द्रबहादुर भाटले गार्डियनको समाचारको खण्डन गरे। कतारको द पेनिन्सुएला पत्रिकामा उनलाई उद्धृत गर्दै जनाइए अनुसार उनले कतारमा यो वर्ष कूल १५१ जना नेपाली नागरिकको मृत्यु भएको र कार्यस्थलमा मर्नेको संख्या १५ मात्रै रहेको बाँकी कार दुर्घटना वा प्राकृतिक कारणले मरेको बताए। गार्डियनले भने जुन ४ देखि अगस्त ८ को बीचमा नै ४४ जना मरेको लेखेको थियो, नेपाली दूतावासकै तथ्याङ्क भन्दै।

अरु देशका समान काम गर्ने कामदारको तुलनामा हेप्ने, कम तलब दिने, महिनौँसम्म तलबै नदिने जस्ता भेदभाव भोग्नु परेको नेपाली कामदारहरुले नै बताएका छन्। तर नेपाल सरकारले नै सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित भएको बताएपछि फटाहा त ती कामदार साबित भएछन्। यो सम्बन्ध बिग्रन नदिन गरिएको ‘कूटनीति’ हो कि कतारसामु गरिएको ‘आत्मसमर्पण’ हो, छुट्याउने जिम्मा तपाईँहरुको।

हामीहरुले त सोचेका थियौँ, गार्डियनको रिपोर्टपछि बढेको अन्तर्राष्ट्रिय दबाबले नेपाली कामदारहरुलाई समान व्यवहार गर्न सघाउ पुग्नेछ। नेपाली कामदारको पक्षमा बोल्न नेपाल सरकारको हात माथि पर्नेछ। तर…. नेपालदेखि नै ठगिँदै आउने बिचरा कामदारहरुको नियति जताबाट पनि ठगिनु नै रहेछ।

नेपालले नै नेपाली कामदारहरु पूर्ण रुपमा सुरक्षित र सम्मानित छन् भनेपछि अनि एनआरएनले हो मा हो थपेपछि यी भिडियोमा देखिने पात्रहरु फटाहा हुनुपर्छ हैन त ?

धादिङका नारायण नेपाली र टीकाबहादुर कुमाल के भन्छन्-

मार्बल काट्ने काम गर्ने नेपालीको भनाई सुन्नुस्

भुपेन्द्र मल्ल ठकुरीको पीडा महसूस गर्न सक्नुहुन्छ ?

चिरारी महतोको कथा हेर्नुस्-

यी भिडियो हेरेपछि यो एनिमेसन सान्दर्भिक छ कि छैन ?

कतारमा लामो समय बसेर पत्रकारिता गरेका देवेन्द्र भट्टराई यो प्रकरणमा यस्तो भन्छन्-

Post by Mysansar.

उनले कान्तिपुरमा एउटा लेख पनि लेखेका छन्-

सबै प्रकारका ‘बाध्यकारी’ कामको जालो बनाउनेमा खाडी मुलुकका सरकारहरूभन्दा अथवा त्यहाँको ‘काफला’ भन्दा बढी हाम्रा म्यानपावर व्यवसायी, तिनका एजेन्ट, उपएजेन्ट र बिचौलियाहरू छन् । नेपाली बिचौलियापछि एजेन्ट बनेर काम गर्ने भारतीय, बंगाली, इजिप्सियन वा श्रीलंकन ‘मुदिर’ (म्यानेजर) ले नेपाली श्रमिकलाई दिनु दुःख दिएका छन् । सही अर्थमा ‘कपिल’ (मालिक) रहेका अरबी मालिकलाई आफ्नो कम्पनीमा के-कस्ता श्रमिक छन्, कसको तलब कति छ, कसले के हैरानी पाइरहेको छ भन्नेसमेत थाहा भइरहेको हुन्न ।

एउटा नेपाली राजदूतले ‘यो म्यानपावर वा एजेन्टलाई उचित कारबाही गर्नु’ भनी खाडी मुलुकबाट पठाएको सिफारिसको चाङ अहिले कहाँनेर अड्केको होला भनी खोजी हेर्नु श्रेयस्कर हुन्छ । विडम्बना के छ भने कारबाहीमा पर्न सक्ने सम्भावना भएका प्रतिनिधि पात्रहरूकै घर भाडा लिएर कि त वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बसेको अवस्था छ, यता वैदेशिक रोजगार विभाग पनि एक जना श्रम सहचारीकै घर भाडामा लिएर बसेको छ । ‘यो घर भाडा एउटा सामान्य विषय कदाचित होइन, यसले हाम्रो कामकारबाहीमा प्रभाव पार्न सक्ने विविध पक्षका बारेमा श्रम मन्त्रालय आफैंमा बेखबर छ,’ विभागका एक कर्मचारी भन्छन् ।
पूरा लेख पढ्नुस्‌

66 thoughts on “आत्मसमर्पण ?”

  1. ramesh says:
    October 4, 2013 at 11:04 pm

    नेपाली ले नेपाली लाई नै सोषण गर्न जानेको छन् अरु देश को लाई सके पो गर्नु, कमसेकम आफ्नो मर्तिभुमी र अफ्न्नो नेपाली लाई सम्झनु नि / जुन पत्रिका ले लेखेको भएनी वास्तविकता सहि हो
    होला उसको उदेश्य भलै अर्को होला यो कुरा आफ्नो ठाउँ मा छ तर यहाँ भित्र धेरै कुरा हरु छन् /
    हामी ले जुन देशमा काम गर्छौ त्यो देश संग र जनता संग हाम्रो दुस्मन होइन.हरेक कुरा नियम कानुन अनुसार काम अनुसार को तलब बस्ने ठाउँ आराम गर्ने ठाउँ न्यूनतम आधार भुत सुबिधा होस् भने मात्र नेपाली को भनाइ छ र यो हुन पनि पर्छ काम आज मात्र गर्नु छैन भोलि पनि काम गर्नुछ, सबै भन्दा ठुलो स्वस्थ हुनुपर्छ / उही काम उही समय तर अरु देश को कामदार को भन्दा नेपाली को कम हुने यो के स्वीकार्य हुन्छ र हुन नि, हामी ले खोजेको येति नै हो अरु धेरी होइन
    यो गर्ने कसले हो पहिले नेपाल सरकार को हो तेसपछि सम्बन्धित देश को राजदुत को हो / हामी ले अरु देश को कामदार र सरकार ले आफ्नो कामदार को लागि पनि धेरै पहल सहयोग गरेको देखेको छौ / कमसेकम न्यूनतम तलब, पाउने सुबिधा, बस्ने ठाउ, र बिदा मानबियता को आधार मा होस् भने मात्र सम्पूर्ण नेपाली कामदारको आवाज हो / सय जना लाई ठगेर २/४ जना लाई सहयोग गरेको कुरा समाचार मा प्रकाशित गरेर बुद्धिजीवी समाजसेवी भै टोपलेको नेताहरु लाई अलि कति लाज लग्नु पर्ने हो आउने दिन मा नेपालीको शिर उचो भएको देश को नाम राखेको खबरको आश गरौ , जय देश

    Reply
  2. Sisir says:
    October 4, 2013 at 1:07 pm

    राजदुत तेस्तै घोक्रे ठयाक लगाएर फिर्ता बोलाउनु पर्यो , यी सरकारी कर्मचारी नेपालको रासन खाने अनि कतारिको भासन गर्ने .. कस्तो बिडम्बना सत्य बोल्न सकिन्न भने कमसेकम झुटो त नबोल्नु .

    Reply
  3. razen says:
    October 4, 2013 at 6:05 am

    को हो यी एनआरएन भन्ने जन्तुहरु? पक्कै सरकारी मान्छे त हुदै होइन त कसरि नेपाली कामदारको हीतमा बोलन कसले दियो यिनीहरुलाई आदेश ?

    Reply
  4. Pingback: कतारमा नेपालीको दुःख – गधालाई नेपालीले जोतेको हो कि ‘गधा’हरुले नेपालीलाई जोताएका ? « Mysansar
  5. Lalit Kumar Tamang says:
    October 4, 2013 at 1:24 am

    The Bitter Fact is that along with Award of the Bid for World Cup 2022; thousands of companies have been registered and started their business in Qatar. The companies like Engineering & Construction, Trading & Contracting. Hence, it has been so tough to compete while tendering for the new projects. 3 years back a company used to compete with 4 bidders and the chances of award used to be high and positive. It used to be awarded to the one, however among the involved companies the project could be shared. But today above 120 bidders submit their proposal for a new project. And also the Projects have not been opened as public expected, very few projects are opened. Mostly Korean & Chinese Companies appear always the lowest among hundreds of Bidders. This is why these days it has been so hard to exist for many companies like Trading and Contracting.
    As some of you have already mentioned above that the SUBCONTRACTOR is the one that makes lots of Problems. As matter of fact it is yes, there are lots of Agents who reside in Qatar and do the business of Demand letter and send it to Nepal base Manpower Agencies
    (About the Passport)
    I haven’t seen any company till date which lets its employee hold their passport during his/her service in the Company. In my knowledge Every Company in Gulf takes the Passport from its employee once he/she joins and keeps in a safe place and whenever any employee needs for reason Company provides upon request. For some reason Our Government is also responsible when one cannot go back to Home when he/she wanted to go. One of my friends has applied an application to renew a Passport and 6 months have been passed but it’s not ready yet. Staffs in Nepali Embassy are not helpful at all. Every day afflicted Nepalis approach the Embassy and asks for a justice but nothing happens instead Staffs shout them back. Isn’t that so irresponsible? I myself have faced the same problems with Embassy’s Staff. When I asked him the reason of being so rude; sadly he gave me an open challenge to report to the Ambassador against him.
    Lalit Kumar Tamang

    Street 25 Gate 185 Industrial Area
    Doha Qatar

    Reply
  6. बशन्त राज says:
    October 4, 2013 at 1:22 am

    बिस्वकप २०१० साउथ अफ्रीकामा भयको थियो / बिस्वकप २०१४ ब्राजीलमा हुदै छ/ बिस्वकाप २०१८ रसीया मा हुदै छ / बिस्वकाप २०२२ कतारमा हुदै छ / यहाँ अरु बिस्वकाप को कुरा खासै छैन तर कतार 2022 को चाहि छ किन?
    १ कतार को अल जजीराको चयनल अनि यो मुस्लिम राष्ट्र भयको कारण पश्चिमा राष्ट्र कतारलाई बिस्वकाप दीने मुड मा छैनन् / किन ? अल जजीरा बिन लादेनको अनि उसको आतंकबादी संगठनको संदेश बाहक भयको आरोप पश्चिमा को छ / किन ? बिन लादेनको अनि अल काईदा हरेक संदेश सर्ब प्रथम अल जजीरा ले पाउथ्यो/ तसर्थ अल कईदालाई प्रचारमा ल्याएको आरोप छ / अमीरीकी सेनाले बारम्बार अल जजीरको पत्रकारलाई समातेको छ अनि छाडेको छ / आतंकबादीको भीतरी समर्थन गरेको आरोप कतार लाई लागेको कारण पश्चिमा कतार बिस्वकाप दीने मुडमा छैन/
    २ कतारमा हावापानी को कारण पनि बिस्व कप नदीने अर्को कारण हो / बिस्व कप प्राय जुन र जुलाई मा पर्छ / त्यो समयमा कतार को तापक्रम ५० सम्म पुग्छ / त्यो कारण देखाएर बिस्व काप नोवेम्बेर दीसेम्बर सर्ने कुरा भो तर यसले युरोप को अन्य लीग खेलतालीका असर गर्ने कारण बिस्वकाप नदीने कुरा भयको हो /
    ३ कतारले २०२२ को बिस्वकाप खेल आयोजना गर्न फिफामा खुस खुवएको आरोप छ/ याद रहोस कतार बिस्वकाप गर्ने स्थ्यल चुनीना साथ फिफामा भ्रस्ताचार भयको अरोपमा कतिपय पदथिकारी ले राजीनामा दिनु पर्यो / कतार बिस्वकाप खेल स्थल चुनीदा कतारकोएकजना फिफाका प्रमुख थिए / उनि मार्फत कतारको सेख ले पैसा खुवाको आरोप छ / अहीले फिफाले बिधान परिबर्तन गरि नया निर्बाचन कानुन अनुसार खेल स्थल चुन्ने गरेको छ / यो फिफाको बिधान परिबर्तन कतार छानीएपछि अनि आलोचना भय पछि गरेको हो / एस कारण पनि पश्चिमा बिस्वकाप कतार लाई दिन चाहदैन / नेपालको एन्फामा पनि केहि समय अगाडी कतार बाट पैसा आको अनि कुन्नि कस कसले खाको समाचारमा अको थियो /
    ४ नेपाली माथि कतार श्रम सोषण भाको १००% सत्य हो / अनि यसलाई पनि पस्चीम हरुले बिस्वकाप नदीने एक कारण बनायको हो / तर कतार को कुटनीती बलीयो छ / किनानी कतारको कुटनीति भन्नु नै अल जजीरा हो / केही महिना अगि कतारले अफगान को तालीबन अनि अम्रीकी सरकार बिच दोहा मा बार्ता गराउने प्रयास गरेको थियो / त्यसको लागि तालीबनको कुटनितिक दुताबास दोहामा खोल्न दीयको थियो / त्यो बार्ता सफल भयन किनभने अफगानी रास्ट्रपति ले तेस्को बिरोध गरेका थिए/ एस बाट पनि कतार को कुटनीति बारे अन्दाज गर्न सकिन्छ / एसको कुटनीतिको अगाडी गरिब नेपाली को कुटनीति कम लाग्दैन / माथि को एन अर न कुरा त्यसैको परिणाम हो/
    ५ कतार को अल जजीरा मात्र मध्य पुर्बी एसीय र उत्टर अफ्रीका (जहाँ अरबी बोलिन्छ) त्यहा चलन्ने समाचार च्यानल हो / यसै अल जजीरा को कारण अरब राष्ट्र मा जस्मिन क्रान्ति फैलीएको हो / होस्नी मुबारकले अल जजीरा पत्रकार सबै लाई पक्रेर राखे पनि पछि छाड्नु परेको थ्यो / अल जजीरा अंग्रेजी अजै पानि युरोप अनि क्यानाडा अनि अमरीकामा प्रसारण अनुमति पायको छैन / तर ग्यासको को पैसाले धनि कतारले हालसालै अल जजीरा अमरीका भन्ने च्यनाल सुरु गरेको छ / निकट भबिस्य मा अल जजीरा फ्रेन्च सुरु गर्ने योजनामा छ/ यसरी बढ्दो कतार को प्रभाब रोक्न कतार लाई बिस्वकाप नदीने नियत पश्चिमा को हो /
    ६ भारत ले पनि अल जजीरा लाई प्रसारण अनुमति दियको थियन, पछि दियो किन? किनभने अल जजीरा कस्मीरी प्रीथाकता बादी संग पनि राम्रो सम्पर्क छ / अनि मुम्बई का एक पेन्टर जसले हिन्दु धर्मका देवी हरुको नाङ्गो पेंतिग बनायर विवादमा आय, तिनलाई बाल ठाकरे हिन्दु धर्म को अपमान गरेको भन्दै ज्यान मर्ने धम्कि दियका थिए/ उनि भागेर युरोप गए पछि कतारले नागरिकता दीएर आफ्नो देशमा राखेको छ/ यसबाट भारत रिसयाको थियो तर उसको रिस पनि कतार को कुटनीतिको केही लागेन/ एस बाट पानि कतार को कुट नीति कति सक्तिसाली रहेछ बुज्न सकिन्छा /

    Reply
  7. alaauddin says:
    October 4, 2013 at 1:02 am

    तपाई हरु को त पुर्खा ले थुपारेर राखी दिए को धन सम्पत्ति होला राम्रो पढ्नु लेख्नु भयो आज संसार लाइ मोबाइल मा हेर्न सक्ने हुनु भयो होला ] तपाई हरु त नेता गिरि गर्दै हिडे पनि पुग्ने सम्पत्ति होला] तर कर्णाली कि ति महिला जो आफु संग खाने केहि नभएर दुधे बालक लाइ लिएर कर्णाली नदीमा मा हाम फाल छिन चेपांग बस्ति का १ बालक जो ४ दिन सम्म केहि खान नपाएर भोक ले घास लुछेर घास खादा घाटि मा अड्किएर मरेका चेपाङ्ग बालक लाइ साएद अवोसर दिएको भए वा रोजगार दिएको भए साएद कसैको पनि रहर हुन्थेन होला विदेश हिन्नु] के गर्नु देश मा रोजगार भैदिएको भए यी समस्या हुन्न थिए होलान अनि आफ्नो स्वार्थ पुरा नहुन्जेल आफु पनि तेसरी नै काम गर्ने अनि आफु ले कमाए पछि अरु लाइ पर्ने असर महसुसै नगरी हल्ला गर्दै हिन्ने ?सडक को पेटी बाट उठेर जो युद्द को मैदान बाट ज्यान जोगाएर पारिवारिक जिम्मेबारी पुरा गर्न जो राजधानी का गल्लि गल्लि मा ५००० को जागिर को लागि भौतारिएर जीवन मरण को दोसाध मा पुगेर निराश भएर योग्येता को परमाण पत्र सन्दुक मा थन्क्याएर १०० कडा ५ को दर ले ऋण काडेर विदेश आउछ विदेश को कमाइ ले चलेको मेरो घर मेरो देश लाइ न् बिगारियोस गल्ति गर्ने हरु लाइ कारबाही होस् तर अरब को रोजगारी गुमाएर लुटेरा दल मा शामेल हुन नपरोस

    Reply
  8. narendra says:
    October 3, 2013 at 9:22 pm

    होइन हाम्रो सरकार कता छ पैसा हुने सबै नै नेपाल सरकार का कर्मचारी हुन्छन ? होइन वने याने हरु ले कसोरे venaka हुन् छन्बीन हुन जरुर छ

    Reply
  9. sita says:
    October 3, 2013 at 8:05 pm

    कतारको अहिले लागेको रोग मूल कारण धेरै बर्ष पुरानो हो l कतारले मुसलमान काले कामदार राख्दा आतंकारी आउन सकने, ५ बर्ष पछि कतारी नागरिक दिनु पर्ला, कतारिको श्रीमति छोरी बिग्रेला; इजरेलको सल्लाह बमोजिम नेपली कामदार ल्याउन नेपाल देखि नेपाली नेता हरु दोहा मा बोलावट गरियो l कतारी ले ५०० डलर महिनाको तलब बस्ने खाने सबै फ्री नेपालीको प्रस्ताब राख्दा भाते नेपाली नेताले १०० डलर काम गर्छ भने पछि नेपाली गोरु गधा हो जे गरे पनि हुन्छ भनेर दास बनाएको हो l
    सुमन राजविराज मदेश नेपाल विखण्डित गरि मदेश प्रदेश समर्थन बोल्ने प्र्रथम नेपाली राजदुत कतारमा बनेर आउदा मदेशी बाहेक अरु नेपाल हरु लाइ कुकुर कै ब्यबहार कतारमा गरेको थियो lउनकै पालामा थुप्रै कतारी संग प्रोटोकल बस्यो, नेपाली हेप्नु पर्छ नीति बनाएl सुमन का सन्तान दलाल बैदेशिक रोजगार खोलेर अरबौ कमै अहिले सम्म उनकै सन्तानले नै नेपाल कतार बैदेशिक रोजगारको ठेक्का पाएका छन् lनेपाली ले अहिले भूग्नु परेको पिडा सुमन मदेशी राजदुत, नेपाली मन नपराएको बदला ;अहिले नेपाली ले भोगी राखेको हो l बिग्री सकेको फर्सी तुति सकेको सिसा के माया कुमारी ले जोड्न सक्छ l माया कुमारी माथि दोष दिनु बेकार हो l

    Reply
  10. Bishworaj Neupane says:
    October 3, 2013 at 5:54 pm

    खाडीमा नेपाली दोस्रो बंगलादेशी बन्दैछन। नाजायज र गैरकानुनी काम गर्ने मा अहिले नेपालीको नाम धेरै जोडीएको छ। के कमेन्ट गर्नु र कमेन्ट बक्स पढेरै रहर पुग्यो। गतिला नेपाली (म आँफैपनी) भैदिएको भए नेपालै स्वर्ग बन्थ्यो। तर कतारको बारेमा आएको समाचार पुर्वाग्रहपूर्ण र २०२२ को विश्वकप हुन नदिने षड्यन्त्र मात्रै हो। माफ पाउँ नेपाली दाजुभाई जो तलको कमेन्टमा भद्धा शब्दले गाली गर्नु भो – याद गर्नुस् त्यही अहिले गरीरहेको मजदुरी पनि कतार सरकार कै उपहार हो नत्र तपाईंको देशमा त्यो पनि तपाईंको भाग्यमा थिएन र नभएर हामी बेचिएर आएका हौ भन्ने कुरा नबिर्सानोस।
    ५ लाख नेपाली र उनिहरुका परिवारको गास बास कपासको जोहो हो कतार, फुर्ती लगाएर कराउदैमा हिरो हुईदैन, जो जुन काम र तहमा छन त्यो उनिहरुको भाग्य र परिश्रमको फल हो। नेपालमा राजनिती गरेजस्तो र सुकुलगुण्डा बनेर घुमे जस्तो सहज हुन्न। यि यावत कुरा जानु अगाडि बुझ्नु पर्थ्यो। अब कुरा रह्यो आधुनिक दासताको – कतार लगाएत पुरै खाडी राष्ट्र कानुनमा चलेको देश हो। नेपाल जस्तो नेता ले चलाएको कोठी होईन। तपाईं समस्यामा पर्नुभएको छ र तपाईंलाई भनिएको भन्दा फरक काम, सुबिधा दिईएको छ भने सम्बन्धित निकाय मा उजुरी गर्नुहोस्। उजुरीको सुनुवाई नभएमात्रै सरकारलाई दोष दिने हो।

    कतार बन्द र हड्ताल गर्नोस, टायर बाल्नोस अझै सके जनयुद्ध नै गर्नोस। हामी नेपालीले जानेको यत्ती होईन र? समस्या परेकै छैन भन्दिन तर समस्याको हल के हो खोज्नोस। मानवअधिकार, श्रम अदालत, कतारी सरकार र सरकारका हटलाईन र तपाईंको आफ्नै दुताबास। टुँडिखेलमा भैंसी गोठालो लाग्दा हकारे जस्तो अर्काको देशमा चल्दैन। कानुनले चल्ने देशमा कानुनको पालना गर्न सिक्नोस। पक्कै तपाईं माथि नेपालबाट आउँदा गरेको सम्झौता भन्दा फरक र शोषण भएको छ भने उजुरी गर्नोस। कुटनिती र राजनिती फरक हो सर तपाईं हामीले नेपालमा सिकेको राजनीति हो र कतारमा हामीले देखाउनु पर्ने भनेको कुटनिती हो। हरेक पाईलामा बेचिएर पनि काम गर्छु भनेरा आएका हामीले ठुलो स्वर गर्नु ब्यर्थ छ बरु आफ्नो ईज्जत जोगाउनु उचित होला। नत्र बंगालीलाई जस्तो नेपाली भोली हेपिनु र लखेटिनुको बिकल्प छैन।

    म पनि साउदीमा बिगत छ सालदेखी नेपाली लगायत अन्य देशका हजार कामदार हेरेर बसेको छु। यिनिहरुको बिमा देखी सम्झौतासम्म गर्ने कामको पाटो मेरो भागमा पर्छ। मैले गलत भएको छैन भनेको होईन तर गार्जियनको समाचार विश्वकप हुन नदिने षड्यन्त्र हो, कानुनी राज्यमा समाधान कानुनी रुप मै हुन्छ, सरकारले नियमित अनुगमन र अनुसन्धान गरिराखेको अवस्थामा दु:ख पाएका, पीडित र शोषित कामदारले उजुरी दिनुपर्छ, भोकलागेको ब्यक्तीले भोक लाग्यो नभने सम्म उसलाई खाना खा ला भनेर कसले दिन्छ? सरकारले श्रम अदालत देखी हटलाईन सेवा दिएको छ, तपाईं हाम्रै आफ्नै सरकारी विङहरु छन। समस्या श्रिंखलाबद्ध आउनुपर्‍यो, गल्ती कसको कती त्यो हेर्नु पर्‍यो। यहाँ ति तमाम समस्या र समाधान भनेर साध्यै छैन – तर दोषी कतार सरकार होईन कतारको भन्दा त नेपाल सरकारको दोष धेरै छ। रोजगार बिभागमा घुस देखी एयरपोर्टमा च्यात्ने सम्झौता र अध्यागमनमा कडाई हुनुपर्‍यो। कुनै कामदारले हामीले कल्पना पनि गर्न नसकिने दु:ख पाएकाछन मैले यि र यस्ता कामदारको बिरोध गरेको होईन। कोही यस्ता छन भने सम्बन्धित निकायमा खबर गर्नोस। नेपाली दुतावास जानोस। सम्झौता अनुसार के के कमीकमजोरी छ त्यो छानबिन गर्नोस। हामी भागी भागी अन्य नाकाबाट आएकाहरुले झन धेरै दु:ख पाएका छन तर हामी जुन देशमा छौं त्यो देशको कानुन पालना गर्नुपर्छ। गैरकानुनी काम जसले गरे पनि सजायको भागीदार त हुनैपर्छ। म सँग पनि यस्ता हज्जारौ घटना छन जुन सुन्दा आँशु आउँछ तर गल्ती नेपाल सरकार र कामदारको धेरै देखिन्छ। महिलाहरु घराँयसी काममा खाडी आउनुभन्दा खान नपाए झुण्डेर मर नेपाल तिरै भनेको छु। हामी नेपालमा जस्तै आन्दोलन गरेर राजनीति गरेर साउदी कतारमा पनि सबै पाईन्छ भन्ने सोच राख्छौ तर होईन। हामी कुन देशबाट कुन हैसियतमा र कसरी काम गर्न आएपुग्यौ र हाम्रो सम्झौता अनुसार भएको छ छैन त्यो हेर्ने फरक भएको भए उजुरी गर्ने। तपाईंको अन्तिम फैसला खाडीका हरेक श्रम अदालतले अन्तराष्ट्रिय श्रम कानुन र त्यो देशको मौलिक हक अनुसार हुनेहुँदा नेपालको अदालतको जस्तो सुनुवाई हुन्न, ढुक्क हुनोस। अन्त्यमा, आफुले गलत नगर्नोस, हामी आफ्नो देश बाट लखेटिएका, त्यहाँ काम नपाएर आएका र यहाँ (कतार)का आफ्नै नागरिकले नगर्ने र गर्न नसक्ने काम गर्न आएका हौ। त्यसैले आफुले रोजेको र खोजेको जस्तो नै हुनुपर्छ भन्न सकिदैन, गर्न सके गर नत्र आफ्नै देश जाउ – यो हरेक देशले बिधेशी नागरिकलाई गर्ने व्यबहार हो र यही कानुन हो।
    म पनि तपाईंहरु जस्तै साउदी अरबमा काम गर्दैछु – नेपालमै बसेर तपाईंहरुलाई प्रवचन दिएको होईन, केही भन्न मन लागे कृपया सभ्य शब्दमा कमेन्ट गर्नुहोला। धन्यवाद।

    Reply
    1. dhan says:
      October 3, 2013 at 8:50 pm

      म साउदी अथवा कतारमा छैन,
      तपाइको कुरा सुन्दा धेरै हाम्रै कमजोरी होला जस्तो लाग्यो | तै पनि उस्तै र उही कामको लागि अरु देश जस्तै इंडिया, फिलिपिन्स लगाएत देश भन्दा हामीले कम पैसामा गर्नु पर्ने, उही पैसाको लागि धेरै घण्टा काम गर्नु पर्ने , कुटाइ खानु पर्ने ,तलब बेलामा नपाउने आदि भेदभावको कुरा त साझा सवालमा स्वयम् माया कुमारीले स्वीकारेकी छिन् भनेसी कसरि भेद्बाब छैन भन्न सक्नु हुन्छ? तपाइको कतिपय कुरामा सहमति हुदा हुदै पनि हाम्रा दाजु भाइको आशु र पिडा अनि कतारी सरकारको भेद्बाब पूर्ण नीति प्रति आखाँ चिम्लन पक्कै सकिन्न |

      Reply
    2. rajesh says:
      October 3, 2013 at 8:54 pm

      सच्चाइ को ऐना काला भएर गए l
      डरपोकहरुका घरहरु,
      उज्याला हुँदै गए l l
      झुट बजारमा बिना डर,
      बिक्दै गए,
      मैले सत्य बोल्दा आज l
      तिनै झुटका खेति गर्नेहरु ,
      मेरै ज्यान का पछि लागि रहे l l
      ति भोकै सुते जब l
      तिनका बच्चा हरु मजदुर बनिरहे l l
      क्षेन भरमै हराए सरम र लाज l
      सबै बेचेर खाए ,
      जब,
      तिनै रस्त्र्घाती हरु आज l
      देशका मालिक बनिरहे l l
      फगत आफ्नो कमाइले जो ,
      एउटा झुपडी धरि बनाउन सक्दैनन् l
      ति आए, बसे कुर्सीमा हिजो,
      अनि आज महल थद्याइरहे l l
      हिजो जो देशका लागि मर्नेहरु l
      आज शालिकमा कैद बने l l
      सदियौं देखि हामीलाई मार्ने हरु l
      चुस्ने हरु आज उफ्फ़ !
      हाम्रै मालिक बनिरहे l l
      हिजो जो हांसी हांसी,
      विदेश पलायेन हुने हरु l
      आज काठको बाकस मा आइरहे l l
      रुने हरु रोइरहे l
      तिनका ओरपर थिङ्ग उभिनेहरु ,
      कायेरता तो कम्बल ओढेर सुस्काइरहे…..सुस्काइरहे l
      ******फेरी भोट आउंदै छ मित्र हरु होसियार नबिकौं हिजो जस्तो एक छाक अनि एक जोर कपास मा !!! बाच्न न त कुकुर पनि बाच्छ तर स्वोतन्त्र पुर्बक हैन अरुको लात र घुन्सा खाएर l खबरदार भोलिको एउटा सानो गल्तीले हाम्रा भबिस्य हरुले हामीलाई थुक्ने छन……….बस! दिनले त हिजै देखि तंपाई-हामि बिरुद्द गन्ति सुरु गरिसक्यो जुन दिन हामीले ठुलो ढोका खाएका थियौं——-ति गद्दार दलाल हरुबाट जसले आज हाम्रा दाजु भाइको लाश हरु संग पनि पैसाको लागि तौलन छोडेन l एउटा तलवारको किमत उसको धार संग हुन्छ-मान्छेको इमान संग l हिजै हामीले तौलिसक्यों ई सब—–खबरदार भोलि त्यो गल्ति नहोस मनुवा!!!!!!!!!!!!!!!

      Reply
    3. prakash says:
      October 3, 2013 at 10:05 pm

      तपाइले म्यानपावर लाइ दोष देखाउनु भाको छैन , नेपाल सरकार लाई मात्र देखाउनु भाको छ अनि कामदार लाइ के म्यान पावर जो सरकार लाइ सहयोग गर्दैन उ दोषी छैन ? अनि कतार मा नेपाली चेली यौन को शिकार भाको चाही कसको दोष हो त नेपाल सरकार को?

      Reply
    4. raj says:
      October 3, 2013 at 11:53 pm

      ए दादै कतार वा कुनै देश मा फूट्बल वल्ड कप आउँदैन भने तिम्रो किन टाउको दुख्छ त्यो आवोस वा न आवोस हाम्रो सरोकार को बिषय होइन तिमी एक नेपाली हो भने नेपाली को सरोकार को बिषय लाई ध्यान मा राख होइन भने बकेफुन्से गफ गर्न छोड् तिमीले त्यस्तो केही देखेका छैनउ हामी सँग आउ तिमी लाई ग्यारेन्टी दिन्छु तिमी जस्तो ढुङे मुटु भएको मान्छे पनि पग्लिएन भने

      Reply
    5. Rosha P. says:
      October 4, 2013 at 12:38 pm

      बिश्वोराज बन्धु, यी प्रश्नहरु को जवाफ छ?
      १. गार्जियन ले किन कतारमा विश्व चुप हुन नदिने षडयन्त्र गर्ला?
      २. काठको बाकस मा नेपाल पठाएको लास कठपुतलीको हो?
      ३. लास नेपाल को गाउँ मा पुग्दा रुने परिवार हरु के बम्बै बाट ल्याएका कलाकार हरु हुन्?
      ४. कतार मा कम गर्ने नेपाली हरुको व्यथा सुन्दा उहिहरु पनि बलिवुड कै कलाकार हरु हुन् भन्ठान्नु भो कि?
      ५. तपाई साउदी मा बसेर कतारको चियो चर्चो गर्ने समय कसरि पाउनु भो?

      Reply
  11. Sudip Adhikari says:
    October 3, 2013 at 4:34 pm

    यो बास्तब मा नै आत्म समर्पण हो!!बलिदान फिल्म को एक गित याद गरि रहेछु!! गरिब को चमेली बोल्दिने कोहि छैन!!…………

    Reply
  12. Deepak Shrestha says:
    October 3, 2013 at 4:01 pm

    कतारलाई दोष दिनु भन्दा यहा पाएका केहि कम्पनीलाई दोष दिनु उचित देखिन्छ । अनि जति दुःख पाएका नेपालीहरु छन् तिनले बोल्न सक्नु पर्ने थियो । गल्ति देखाउनु पर्ने थियो । यसको लागी आफूबाट नै केहि गर्नु थियो । अनि यस बेला नेपालले आफ्नो भूमिका खोज्नु पर्ने थियो । जुन भएन । र यसको जिम्मा लिएकाहरुले यसलाई बुलन्द आवज निकाल्ने आट गरेको भए हुन्थ्यो । जुन दबाब भएन ।

    Reply
    1. Ramesh babu says:
      October 3, 2013 at 11:25 pm

      ये तपाइको आश्रय खाली सिर्फ ओर्ल्डकप् हुननदिन मात्र गर्जियेनले यो अतिरन्जित डकुमेन्ट्री बनाएको हो येस्मा कुनै सत्येता छैन ? कृपया बास्तबिकता नलुकाउनुस माटोले सराप्छ , रगतले भिजाउछ , आमाले धिकार्छ ! हो यता देसमा दसौ लाख परिवार तेही श्रमिक हरुमै आश्रित छन् , युके आफुले भिटो लगाउदा नि २०२० को ओर्ल्डकप गराउन बाट चुक्यो र चिढिएकाछन तर उनीहरुले उठाएका आवाज हरु गलत छन् ? म पनि तपाई जस्तै खाडीमा ४-५ वर्ष बसिसकेको छु र हाम्रो श्रमिक हरुको बेहाल आफै देखेको भोगेको छु र कतिपय प्रमाणहरु अहिले सम्म हामीसंग सुरक्क्षित छ i के गर्ने जति सोसित पिढित भएनी आवाज उठाउन पाइदैन , पासपोर्ट साहुलेनै राखेको हुन्छ , अलिकति बोल्न खोज्यो डिपोट गर्ने धम्कि आउन थाल्छ, एम्बेसी गयो सुनुवाइनै हुन्न, नेपाली समुदयेका ठुला भनौदा हरुलाई भन्न गयो उनीहरुनै दलाल र कतारी हरुसंग नजिकन उनीहरुलेनै पोल लगाई जेलमा पुर्याई दिने आदि आदिi. जब कान्तिपुर प्रबास कतार बाट सुरु भयो तब सुरुहुन्छ विभिन्न खाले समस्या लिएर आउने थरि थरि नेपाली दुखिया हरुको लर्को i देवेन्द्र भटराई कान्तिपुर सम्बाददाता हुनुहुन्थ्यो जो बडो निडर भै समाचार लेख्नु हुन्थ्यो तर बिस्तारै बिस्तारै वहालाई हाम्रै समाज का ठुला भनाउदा दलाल हरु बाट धम्क्याउने काम सुरु भयो तेस्पछि हामी २-४ जना वहालाई सहयोग गर्न तत्पर भयम र सहयोगी को रुप मा विभिन्न क्षेत्रमा काम गर्ने दुख पाएका नेपाली हरु माझ लुकीलुकी पुग्न थालेउ i ” स्मरण रहोस कतारमा येसरी कार्येछेत्र क्याम्प मा गएर समाचार संकलन र प्रकासन गर्न गएरकानुनी मानिन्छ”. त्यो बीच मा मैले जेजे देखे त्यो बरण गरिसाध्ये छैन . कृपया देवेन्द्र भटराई द्वारा लिखित “रेगिस्तान दायेरी” किताब र केसान्छेतें द्वारा निर्मित ” इन सर्च अफ रीयाल” डकुमेन्ट्री हेर्नु होला i

      Reply
  13. पुष्प says:
    October 3, 2013 at 1:43 pm

    आफैंलाई लोप्पा ख्वाएँ ।

    Reply
  14. सानु says:
    October 3, 2013 at 1:34 pm

    त्यहाँ जो नेपाल सरकारको प्रतिनिधि भनिएर पत्रकार सम्मेलनमा गए उनिहरू कोही पनि सरकारी कर्मचारी वा सरकारका प्रतिनिधि होइनन् । ति सबै ब्यवसायी हुन् त्यो पनि म्यानपावर Supply गर्ने । नेपालबाट सोझा सिधा कामदार ल्याएर अर्को कम्पनिमा सस्तो दरमा बेच्ने अनि कामदारहरूलाई थोरै तलब दिएर बिचमा बचेको मोटो रकम आफूले कुम्ल्याउने ।

    हाम्रो नेपाल सरकारले मोटो तलब भत्ता खुवाएर नेपालीको हक र हितको सुरक्षा गर्न खटाएका मट्याङ्ग्रेहरु कुन त्यस्तै दलालको गुलेलीमा बसेर मच्चिन गएछन र यिनीहरु गएका त्यहाँ ? खासमा त नेपाल दुतावास बाट कोही अगुवा पो जानु पर्थ्यो त । दूधको साक्षी बिरालो बसे जस्तो पो भयो त यो त । जो ब्यवसाय नै म्यानपावर को गर्छ, कहीं नपाएर त्यसले कामदारको हितको कुरा गर्छ ? कामदारको सेवा, सुविधा र तलब बढाए पछि आफ्नो भागमा थोरै पर्छ नि ।

    अलिकति गल्ति हाम्रो केही नजानि नबुझी बिदेश जाने भनेपछि आँखा चिम्लेर हवाइजहाज चढेर हुइँकिने । अनि धेरै गल्ति नेपालका अगुवा हरुको न त नेपालमा सम्झाइ बुझाइ गर्ने न यहाँको नियोगले कडा नियममा चल्न सक्ने । जता पनि मारमा पर्ने त हामी गरीब नै । नेपाल मै बस्यो रोजगारी छैन बिदेश पस्यो यतै चट् भइएला भन्ने पीर ।
    रक्षा गर पशुपतिनाथ बाबा ।

    सानु, स्याङ्गजा
    हाल, कतार

    Reply
  15. lama says:
    October 3, 2013 at 1:19 pm

    यी ३ जना सरकारी कर्मचारी होइन . कतार को ठुलो ब्यबसाय हरु हुन् ,नेपाल सरकार ले चिन्न पनि चिन्दिन होला यिनी हरु लाई..यिनी हरुको मिटिंग सके पछि मैले केहि शुत्र बाट थाहा पाएको थिए .| नेपाली हरुको रोजी रोटि नै घुम्ने खतरा अनि उनीहरुको ब्यबसाय पनि च्वोट हुने भएकोले ,एस्तो भनेको हुन् .| १ महिना पहिला मात्र १६ सय जनाले .१०२ कतारी रीयाल तिरेर .भोट हालेर .अदयक्षा भएको मौसुद आलम ..ले मजदुरी हरुकै बिरुद्ध मा कतार मा नेपाली लाई समस्या नै छैन भन्नु कतिको तर्क संग्कत कुरा हो .अब हेर्न बाकी छ |

    Reply
  16. दिपेश says:
    October 3, 2013 at 1:07 pm

    समस्या हुदै नभाको होईन समस्या सबै ठाउँ मा छ कहाँ छैन , यो बिषय तेती हल्कारुप मा हामी कसैले लिनु हुदैन दोहा कतार मा “नेपाली ले नेपालीलाई मात्र नठग्ने हो भनेपनि ५० % समस्या को समधान हुन्छ यहाँ यस्ता – यस्ता ढोंगी समाजसेबी छनकि १० जना लाई बिचल्ली मा पारेर र एक जना लाई नेपाल फर्किन टिकट उपलब्ध गराउछन |

    Reply
  17. बेखालाल नेपाल says:
    October 3, 2013 at 10:06 am

    नेपाल सरकारलाई लागेको होला ति अदक्ष र असिक्षित कामदारले पठाएको अलि अलि पैसा नगुमोस….

    Reply
    1. kale krishna says:
      October 3, 2013 at 1:45 pm

      बेखालालजी सार सहि भएपनि सब्द (अदक्ष र असिक्षित)चयेन चाही गलत छान्नु भयो!
      नेपाल सरकारको मनसाये तेही नै हो! कतारमा दुख गर्ने नेपाली दाजु-भाई ले कमाएको पैसा नेपाल मै भित्रोस र दुख गरेर कमाएको पैसा हावामा उडाउन पाइयोस!

      Reply
  18. bhadra ghale says:
    October 3, 2013 at 9:48 am

    मक्सुद आलम ,रामजन अलि , नरेन्द्र भात कोहि पनि सरकारी कर्मचारी वा नेपाल सरकारको प्रतिनिधि होइनन।
    यी सबै व्यवसायी हुन्। धेरै जसो मेन्पावोर व्यवसायी / यी मध्ये धेरै जसो लाई पूर्व राजदुत सुर्य नाथ मिश्र ले कारबाही गरेका थिए।

    Reply
    1. नयन says:
      October 3, 2013 at 12:55 pm

      सहि भन्नु भो भद्र जी, यिन लाइ थाहा नभएको होइन तर के गर्नु यिनहरु यिनका प्रभुहरु अर्कै छन्!
      यिनले भन्न खोजेको चाही के हो, जब सम्म मान्छे मर्दैन त्यतिबेला सम्म कसैले पिडा नै भोग्नु परेको छैन भनेर भन्न सक्ने नरेन्द्र भाट हरुलाई मान्नै पर्छ, थुक्क मर्न नसकेका असति हरु!!

      Reply
  19. naresh says:
    October 3, 2013 at 9:44 am

    सर्बपर्थम अलि स्किल बनाएर जानु पर्यो | स्किल नहुदा सबैले हेप्छ | आफ्नो तर्फा बाट पनि केहि गर्नु पर्यो | नेपाली हरु आफु केहि नगर्ने अनि सबै अरुले नै गरिदिनु पर्ने कुरा गर्छन | तितो सत्य के हो भने , आफू केहि नगर्ने | जहिले दुम्बा जस्तो भएर गोरुको जस्तो मुढे काम गर्न सस्तोमा बिमा सिमा नभएको नर्क मा पनि जाना खोज्ने | अब एस्तो नर्क जस्तो छ कम्पनि है नआउनु भन्यो भने ये अब आफु मात्र पैसा कमाउन लाई तेसो भन्छ भन्छन | अनि अयेपची र देखे पछि पछुतौचन यही हो नेपाली को कमजोरी | यो कमजोरी मा सुधार आउना साथ यी घटना कम् हुदै जान्छन | येही हो तितो थत्य

    Reply
  20. Deep says:
    October 3, 2013 at 9:28 am

    नेपाली श्रमिकको हितमा बोल्ने हुन् र यी नेपाली श्रमिकका दलालहरु कति राजनीति गर्छौ हौ . हामी नेपाली माथि सुदन हुन लागि सकेको थाह छैन . एउटा नेपालीले सत्य बोल्यो त्यसलाई नै फटाहा साबित गर्यौ खुब ठुलो कम गरेउ नरेन्द्र भाट (मानब तस्कर) bhana त तिम्रो कम्पनी मा कति जना नेपाली दाजु भाई लाइ खुसि परेका छौ ? थुक्क नेपाली श्रमिकका अगुवा भाते नेता … तिमि हरु लाइ मार्बल काट्न लगाउनु पर्ने , तिमीहरुको हैसियत यहि हो .

    Reply
  21. mangal says:
    October 3, 2013 at 9:27 am

    हामी ले आफ्नो हक पो मागेको थियो त अरु जत्ति कमाउनु सकु भनेर हामी मा क कमि ६ र हामी संग एस्तो भेदभाब काम त सबै ले एउतै गर्क्ष तर सलेरी हेर्दा अर्काको धेरै हाम्रो लागि केहि गर्नु सकदिना भने हामी लै गलत त न तुल्युनु कस्तो यो हाम्रो सरकार लाज नि लागेको

    Reply
  22. अनिल says:
    October 3, 2013 at 9:17 am

    मलाई त माथि को लेख र video हेर्दा नेपाली हुनु मा धिक्कार लाग्यो/ कुकुरको भन्दा पनि तुच्छ जीबन/ आफ्नो दाजुभाई को पिडा बारेमा अनुसन्धान गर्नु कहाँ छ कहाँ उल्टा सरकारी कर्मचारीहरुले आत्मसमर्पण गरे थुक्क

    Reply
  23. puru says:
    October 3, 2013 at 8:57 am

    दासत्व स्वीकार गरेर आत्मसमर्पण गर्ने लाइ मुङ्ग्रोले बसाल्नै पर्छ , कालोलाई सेतो बनाउन खोज्ने र स्रमको पसिना अनि रगतलाई पानि भनेर पिउने लाछीहरुलाई जति सरापे पनि अधुरै हुन्छ , गार्डिएन पत्रिकालाई मुरी मुरी धन्यबाद छ र ब्लग लेखेकोमा माइसंसार प्रति नमन छ , यिनीहरु बिरुद्द्दमा अझ ससक्त रुपमा लागौ हाम्रो बिजय अवस्य हुन्छ /

    Reply
  24. Nepalese in Canada says:
    October 3, 2013 at 8:08 am

    Dear members,
    I totally understand your concerns and thank you for suggesting NRN-Canada to put our voice with others to support the Qatar’s victims but the email was circulate by the NRN NCC Qatar so lets practice the protocol norm. They requested everyone not to show any angriness on the issue.

    I think their statement and email show that, they are working on seriously so let them deal it properly.

    Regards,
    Anil Thapa

    Reply
  25. Anil Cpg says:
    October 3, 2013 at 7:23 am

    नागरिकता नै च्यातेर फालौ कि आफु नै जली मरु पो भयो त ? खानु त खानु आची नै त नखानु नि? त्येत्रो बिजोग छ अनि अडिग भएर कामदार को न्यायमा साथ दिनु पर्ने मा आत्मसमर्पण नै गर्ने. थुइक्क हाम्रो देशको सरकार. अपो विदेशमा बस्ने नेपालीका परिवार ले चाई कुलंगार नेता र सरकार भनौदालाइ भोट नदेउ.

    Reply
  26. saru says:
    October 3, 2013 at 7:15 am

    Desh मा कम नदिने, उपाए केहि नभएर बिचरा कतार जानुपरेको छ, एस्तो international भै सकेको इस्सुए मा केहि पनि नबोल्ने पोल.पार्टी hrulai कतार बसी nepali का परिवार , आफन्त, सुभेछुक हरुले भोट नदिन ठुलो कम्पैंग गर्नु paryo. ३० lakh नेपाली का परिवार ले नेता र party हरुलाई झापड दिने मौका yehi ho. कृपया bahash थालौं र ballet box मा संदेश ले bharne abhiyan थालौं.

    Reply
  27. Tenzing Gaba says:
    October 3, 2013 at 7:11 am

    नकचराहरू !!!
    किन बाठा भएको ?
    होइन, पिडित कामदारहरुको पक्ष्यमा बोल्नु सक्दैनौ भने नबोल न,
    अरूले बोलिदिंदा उनीहरुको बिरोधमा नै चाहिँ किन बोल्नु ह ?
    ———————————–
    यी बकबास गर्नेहरु सरकारी कर्मचारी हुन् भने तुरुन्त फिर्ता बोलाई बर्खास्त गरियोस,

    Reply
  28. yukta says:
    October 3, 2013 at 6:26 am

    नेपाल सरकार यी प्रतिनिधि भनाउदा हरु लाई धेरै होइन एक-दुई घण्टा जति कतार को तातो घाम को गर्मि मा मजदुरी गर्न लगाउनु पर्छ बल्ल थाहा हुन्छ बेक्कार मा खोकेर हुन्छ !

    Reply
  29. harihar sharma says:
    October 3, 2013 at 5:21 am

    थुक्क ! थुक्क !! थुक्क !!!
    गाली गर्न नि मन लागेन यस्ता लाई त /

    Reply
  30. narendra says:
    October 3, 2013 at 4:43 am

    …..स्वार्थि पार्टी अनि तिनीहरुले बनाएको सरकार बाट के नै आशा गर्न सकिन्छा…….
    आफुलाइ चाहिदा काठमाडौँ क़ा सडकमा मजदुर निकाल्ने बन्द हडताल गर्दा मजदुर लाइ नै प्रयोग गर्ने चार दल र यिनीहरुले नै बनेको सरकार नेपाल मा तलब वृद्धि को माग राख्न लगाएर ठुला ठुला कम्पनी हरु नै बन्द गराउन पछि नपर्नेहरू हो कतार क़ा मजदुर नेपाली होइनन र ………. कि तिमीहरु को स्वार्थ ( नेपाल बन्ध, हडताल आदि मा सहयोग नहुने भएर ) अर्कै भएर चार दल अनि चार दल ले बनाएको कर्मचारी सरकारले कतार मा रहेका नेपालीहरुको पीडा नदेखे जस्तो गरेको. धिक्कार छ यी चार दल अनि यिनीहरुले बनाएको खिलारे सरकार लाए.

    Reply
  31. जमरकट्टेल भाउजु (भेन्कुवर, क्यानाडा) says:
    October 3, 2013 at 4:14 am

    मलाई त यी कतारे हरु भन्दा गार्जियन पत्रिका बढी भरपर्दो लाग्च.

    मेरो कान्छो लियो ले फूटबल २०२२ #एनिह्वेर-बट-कतार भन्ने ह्यास ट्याग राखेर टुइट गर्न थाल्या च.

    – उही जेनी जमरकट्टेल

    Reply
  32. Ratna Thapa says:
    October 3, 2013 at 3:58 am

    गार्जियन अखबारको वेबसाइटमा सबैभन्दा माथि (प्रमुख समाचार) यो थियो आज, यो पनि पढेमा ताजा खबर थाहा लाग्छ :
    http://www.theguardian.com/world/2013/oct/02/qatar-workers-deaths-fifa-world-cup-२०२२

    नेपाल सरकार त चुतथो सरकार हो, कुनै गतिलो मान्छे नभेटेर सडेको, डेट पार भएको मान्छे हरु भाडामा ल्याएर काम चलाई रहेको छ | कतारले सन् २०२२ को विश्वकप आफ्नो झोलामा पार्न के के तिकडम गरेन र ? करोडौं डलर फिफाका अधिकारीहरुलाई घूष दिएको दुनिया लाइ थाहा छ, तेस्ता त बिके भने, खिले र तेस्का मन्त्रीहरु अनि कर्मचारीहरु कतारी सरकारले छरेको दिनार टिपेर दुनोको सोझो हुनु परेन त ? थुक्क मोरा हो….यत्रो बेलायत, युरोप, अमेरिका जस्ता देश-हरुले त कतारलाई हपारेको बेला नेपाल चाहि लुसुक्क कतारी धोतिभित्र छिरेको देख्दा कुन देशमा जन्मिएछ जस्तो पनि लाग्नु थाल्यो |

    Reply
  33. Lalit Narayan says:
    October 3, 2013 at 3:48 am

    P . S . कतारमा भएका साथीहरुको के अनुभब छ, सुन्न पाए हुन्थ्यो l

    Reply
    1. नयन says:
      October 3, 2013 at 1:09 pm

      ललित सर,
      कतार को अनुभब तितो छ, सुरुवात NRN बाट सुरुगरौ ४ लाख नेपाली मा साएद ३५००० अनविज्ञ छन यो कुन चरा नाम भनेर, बाकी कुरा दुख कसरि पाउछन भन्ने कुरा त तपाइलाई थाहै होला नेपाल के गली गली मा भेटिने दलाल, मेनपावर सुरुहुन्छ कहानी, यता त तेही हो कुरा सिधा हुन्छा मैले तिमीलाई करार मा हस्ताक्षर गरेर राखेको तिमि अब तेही गर्नु पर्छ ज मैले भन्छु भन्ने स्थिति छ,
      दुख पर्दा जाने राजदुतावास को कहानी त तपाइलाई भनि राख्नु नै पर्दैन, कुरा दुख पाए बिचराहरु पैसा थोरै छ भन्दा पनि धेरै नेपाली एस्तो दयनिय अवस्था छ कि आधारभूत मनाबधिकार पनि पाएका छैनन्, र थाहा पनि छैन तिनीहरुलाई कहाँ जाने खोज्न भनेर, खोजिदेने सरकार , सम्बन्धित निकाए लाइ राजनीति बाट फुसद होस् न पैला,

      Reply
  34. Lalit Narayan says:
    October 3, 2013 at 3:46 am

    “नेपाली कामदारहरु पूर्ण रुपमा सुरक्षित र सम्मानित छन् ” भन्न लगाउने गरिब जनता मारेर विदेश पठाउने दलाल (म्यान पावर कम्पनिहरुका मालिक) हुन् भने, भन्नेहरु ति दलाल बाट मोटो कमिसन/भाग हसुर्ने चोर- फटाह सरकारी कर्मचारी हुन् l

    ति ठगिएका गरिब मजदुरहरु लाइ क्षतिपूर्ति चाहिं ति भरौटे भातमाराहरुबाट असुल उपर गर्नु पर्छ l बडा पूर्ण रुपमा सुरक्षित र सम्मानित देख्ने भै खाको फटाह हरु l

    Reply
  35. Suman bhote says:
    October 3, 2013 at 3:14 am

    यो गर्नु Nepal को बाध्येता हो…… गरनैपर्यो नत्र कतारले झन् कडी गरिदिन्छ…..
    बेमानी कतार गभरमेन्ट को होइन… बीचको दलाल को हो….. भानुपर्दा subcontractor को हो जो main कम्पनी लाई लेबर supply गर्छ…. येस्ता कम्पनि कुनै ठिकै हुन्छन त कुनै खत्तम नै हुन्छन….. कुनै त, चलाउन नसकेर ३-४ महिना मै बन्ध हुन्छन, र कामदार ले दुक्ख पाउछन…..
    नेपाल को दलाल ले र manpower agency ले राम्रो ठाउँ पठाए दुखै पाउदैन थिए… बीच का दलाल बाट फसेका हुन् नेपाली हरु……… इंडिया, फिलिपिंस को लागि राम्रो तर नेपाल को लागि नराम्रो भन्ने हुदैन, rule regulation नरम्रो भएको हो हाम्रो सरकार को…. हाम्रो गल्ति कतार लाई देकाउनु गलत हो…….
    यो राम्रो समय हो, कतार र नेपाल ले बसेर कसरि यो रोक्ने भनेर सोच्नुपर्यो….. यो कुरा नेपाल ले अब राम्ररी राक्नुपर्यो…..problem जाहछ तेही solve गनुपर्यो…….. नकि वोर्ल्ड cup नै रोक्ने…..

    Reply
  36. bishow says:
    October 3, 2013 at 3:12 am

    नेपाल सरकारका प्रतिनिधि भनिएका व्यक्ति सरकारी प्रतिनिधि नभई केवल कुनै कतारी संस्थामा काम गर्ने नेपाली नागरिक हुन्…यसलाई नेपाल सरकार को आधिकारिक धारणाका रूपमा लिईनु हुन्न जस्तो लाग्छ… यिनको facebook page https://www.facebook.com/ramjaan.babu?fref=ts

    Reply
    1. अनिल says:
      October 3, 2013 at 9:25 am

      यो रमजान बाबु को profile मा त आफ्नो गुनगान र बधाईको ओइरो मात्र देख्छु

      Reply
  37. अभागी कान्छा "गाउले" says:
    October 3, 2013 at 3:00 am

    आत्मा समर्पण ……………… अरु केही होइन !

    आखिर कहिले सम्म सरकार ??? किन नेपाली जनताको धन जनको सुरक्षा हुदैन ??? कसैले देखाएको सहयोग पनि उल्टै दोषी र गल्ती हो भन्ने…… ??? थुक्क त जस्तो सरकार हुनु पनि……

    बरु पासपोर्ट नै बन्द गरी दे सरकार, कालोलाई पनि सेतो भन्ने तेरो आचरण….. थुक्क…..
    नेपाली भनाउदा सरकारी सल्लाहाकार….. केही गर्न नसक्ने….???

    Reply
  38. Bikram says:
    October 3, 2013 at 1:29 am

    आफ्नै सरकार निकम्मा भए पछि अरु लाई के भन्नु . आफै ले छानबिन गरेर पत्ता लगाउन पर्ने मा अरु ले पत्ता लगाएर दिएको रिपोर्ट को नि अझ बिरोध गर्ने . थुक्क नेपाल सरकार . येस्ता सरकार को नागरिक हुनु भन्दा युरोप अमेरिका गएर शरणार्थी भएको बेस ..

    Reply
  39. Ramesh babu says:
    October 3, 2013 at 12:06 am

    हे भगवान सत्येकुरा किन लुकाइञ्छ ? म आफ्नै व्यापार गरि ४ वर्ष कतार बस्दा येति वेदभाव र नेपाली माथि सोसन देखेको छुकी बरण गरि साध्य छैन I जो जो नेपाली समुदाय का अगुवा भनौदा हरुले कतारी हरुसंग नजिकिन स्वार्थी रुपमा लाजै नमानी जेजे भनेनी त्यहा रहेका ५० प्रतिसत नेपाली हरु नरकिये जिबन नै बाची रहेका छन् I पासपोर्ट साहुलेनै राखीदिनु , नेपाल मा आफ्नो मान्छे मर्दा पनि तुरुन्तै आउन नसक्नु जस्ता त एकदम सिम्पल कुरा मात्र हुन् I तपाइँ आफै कल्पना गर्नुस्त ? ५५ डिग्री को तातो घाममा जिउभरि भान्ग्रा र अनुहार पुरै छोप्ने गरि फेटा लगाई १२ घण्टा काम गर्दा के हाल हुन्छ ? अनि बेलुकी १२बाइ १४ को कोठामा १५-१६ जना खान्दियेर सुत्न पर्ने , तेसमाथि क्याम्प बोस को गाली अनि महिना को आखिरीमा पाउने १२-१५ हजार पनि ३-४ महिना सम्म पनि नपाउनु कुनै नौलो कुरा हैन I त्यहा दिपक भेटवाल जस्ता भाग्येमानी पात्र कमै पाइञ्छ जो फ्रिली घुम्न पाउछन र केहि बोल्ने हिम्मत गर्छन I गर्जियेनले जे लेख्यो डकुमेन्ट देखायो त्यो पनि २० प्रतिसत मात्र हो , येदि ५० प्रतिसत सम्म मात्र भएपनि बुझ्न र जान्न चाहनु हुन्छ भने देवेन्द्र भटराई द्वारा लिखित ” रेगिस्तान दायेरी ” र केसाञ्छेतेन द्वारा निर्मित ” इन सर्च अफ रीयाल” हेर्नु होला तेहीनै हाम्रो बास्तबिकता हो I

    Reply
    1. Thakur says:
      October 3, 2013 at 9:00 am

      कतारमा नेपाली साहु हरु पनि त छन् नि नेपालि लाइ ४/५ महिना काम लगाउने अनि तलब दिने बेलामा पुलिस बोलाएर समात्न लगाउने. तिनै साहु हरु तेहा चल्ता पुर्जा र अगाडी छन् अनाबश्यक भाडभैलो मच्चाउन. ति सोझा कामदार जुन नेपालि साहु कै कारण जेल गए , बिचरा ले कसरि भन्ने र कसलाई भन्ने ति दुख बेदना ?/?

      हामी नेपाली हरु धेरै अनाबश्यक राजनीति गर्ने,
      नेपाल र नेपालीको हित भन्दा पनि यो पार्टी र त्यो पार्टी भन्नु नै विदेश मा बस्ने नेपालीको मुख्य दोष जस्तो मलाइ लाग्छ.
      बिचार, आस्था जे जसो भए पनि विदेशको भुमि मा आफ्नो देश र जनता को माया गर्ने बानि बसालौ.

      Reply
  40. सिर्जने says:
    October 2, 2013 at 11:47 pm

    थुइक्क नेपाली दहिचिउरे सरकार / कर्मचारी!! आफुले गर्न नसकेको काम बेलायती पत्रिकाले गरेकोले अझ काम गर्न सजिलो भयो भन्ठान्नु त कता हो कता अझ जान्ने पल्टेर केहि भा’को छैन भन्नु पर्ने? तिमिहरुजस्ता सरकारी पैसो डकारेर मोजले बस्नेलाइ केहि भा’को छैन / कतारमा नेपालीको हालत दुनियाले देख्या छैन र? यो त सुजाताले पररास्ट्र मन्त्रि हुदा भारतले नेपालको सिमा मिचेको छैन भनेर ‘घोसणा’ गर्या जस्तै भयो त / घरमुली दरो नभए परिवारले दुख पाउछन भन्या ठ्याक्कै मिल्छ याहा /

    Reply
  41. Shree... says:
    October 2, 2013 at 11:42 pm

    केहि नबुझेको कुरा! आफुलाई लागेको कुरा!

    के यी घटना हरु नेपाली संग मात्र सम्बंदित हो कि बंगलादेश या अरु राज्य संग पनि हुन्छ, खै तिनी हरु यो मामला मा किन उचलियेन या मेडिया मा आएन, नेपाली कामदार धेरै भएकोले पनि यी दुखदायी घटना धेरै हुन गाको हुनु पर्छ, नत्र पहिला नघट्ने अहिले मात्र घट्ने के कारण हुन सक्छ?

    कारण
    एक) नेपाली कामदार सस्तो हुनु पर्छ..(कम बिमा र सहुलियत दिनु नपरेपछि)
    दुइ) नेपाली कामदार धेरै भएपछी यी दुखदायी घटना बढ्ने नै भयो,

    अरु कारण पनि होला तर मेरो सानो दिमाग ले येति मात्रै देखियो अहिले लै…

    मलाई के लाग्छ भने यी घटनाहरु हुँदा पनि त कतारमा जाने नेपाली कामदारको कमि छैन, कारण सबैलाइ थाहा नै छ! यो घटनालै लिएर नेपाल र कतार दुवै लै बेफैदा छ जस्तो लाग्छ:
    जस्तो कि नेपाल बाट सस्तो मा (कम बिमा या त कम सहुलियत दिने भएपछि) कामदार पाई रहकोमा अब महुङ्गिने भए पछि (धेरै बिमा र सहुलियत दिनु पर्ने भएपछि), कतारको पाएक पर्ने मूल्य बढ्ने भयो, अनि कतारले किन नेपाल बाट नै कामदार लिनु पर्यो? या त नेपाली कामदार अरु भन्दा skilled हुनु पर्यो, हैन भने त्यो त सम्बधिन्त लै नै थाहा होला!

    नेपालीले काम गर्न जानु भन्दा अगाडी, कामदारको बिमा छ कि छैन हेर्नु पर्यो, अझ भन्दा बिमा नभाको काममा काम गर्न दिनु भएन, दुताबास ले येस्मा होस् पुर्याउनु पर्यो! येदि काम मा दुर्घटना पाको छ भने, तेस्को बिमा भराउन कम्पनि लै दबाब दिनु पर्यो, कम्पनिले मानेन भने, अदालतमा मुद्दा लड्न क गर्नु पर्छ त्यो गर्नु पर्यो, तेस्तो कम्पनी लै black listed गर्नु पर्यो, website मा राखिने गरि ताकि आम मानिस ले हेरोस आफु जाने कम्पनी त्यो list मा छ कि भनेर! अझ भन्ने हो भने हरेक दुर्घटना को विवरण website राखियोस्! येति धेरै राज्य लै dollars दिन्छा भने, राज्य ले आफ्नो कुटनितिक नियोग मार्फत, एउटा बिशेस cell खडा गरि कामदार को हितमा काम गर्ने गरि फाइदा लिन्न जानु पर्यो !

    कति पए अवस्था मा बिमा ले पैसा नदिन सक्छ.. कानुन अनुसार! एस्तो अवस्थाको लागि भनेर एउटा workers social fund भनेर खडा गर्नुस, हरेक कामदारबाट उताको नगन्य levy तेस्मा जम्मा पार्नुस, भबितब्य उपचार या जे पनि हुन सक्छ, एउटा नियम बनाएर सो सेल मार्फत परिचालन गर्नुस..

    पासपोर्ट राख्ने चलन चाहिं अचम को रैछ, यो त अन्तरास्ट्रिय अदालत लिएर जाने कैसे भयो, एकजना को नितान्त आफ्नो property चोर्ने, दुताबास ले पहल गर्नु पर्ने, तेंह को सरकार्लाई घच्घयौनु पर्यो, visa मा नै कम्पनी को नाम राख्नु पर्यो र कम्पनि परिबर्तन गर्यो भने visa रद्द हुने गर्नु पर्यो र illegal हुञ्छ, एस्तो भएपछी पासपोर्ट राख्नु नै परेन, एसले कामदारलाई घर जान खुला गरिदिन्छा येदि काम मन नपरेको भए! दुवै लाई cost र फाइदा पनि हुञ्छ यो गर्न सक्यो भने…पासपोर्ट राखेर काम गराउनु भनेको त जमाना मा दास प्रथ जस्तो भयो, येस्मा नियोगले किन ध्यान नदेको हो बुझ्न सकिएन! ILO भन्ने संस्था छैन र, कि सुन्नु भाको छैन भने गूगल गर्नुस!

    हेर्नुस केहि व्यक्ति हरु एउटा ढुंगा बाट दुइ वटा सिकार गर्दैछन.. worldcup कतार मा हुन नदिने र नेपालीको खाई पाई आको काम हडप्ने.. येदि नेपाली ले काम गर्दैन भने भारतीय वा बंगलादेशी या त अर्को औन्छा, तेसैले मौका येही हो, फलाम ताती रहको बेलामा, दुताबासले दुवै सिकार हुन नदिने र कामदार को हित मा काम गर्ने न कि आत्मा समर्पण या जे भन्नुस! दुवै जनालाई खुस राख्नुस, सबै को भलो हुञ्छ!

    Reply
    1. Ramesh babu says:
      October 3, 2013 at 12:26 am

      श्री जी तपाई को तर्क ठिकछ तर त्यहा नेपाली को तलब फिलिपिनो इन्डियन बंगाली हरुको भन्दा धेरै कम छ , हाम्रा मान्छे हरुलाई धेरै हेप्छन ! उनीहरु को एम्बेसी पनि बलियोछ, हो तपैले भन्नुभए जस्तै हाम्रो संख्या पनि बेस्सी हुनाले र उनीहरुको सामु लुते एम्बेसी र फितलो सरकारी नीतिले गर्दा पनि यो समस्या आइलाहेकोछ I

      Reply
  42. मुक्ति अधिकारी says:
    October 2, 2013 at 10:41 pm

    बिचरा………..
    तेती पनि नगरे त के को नुन को सोझो भयो र ?
    सत्य बोल्न डराएका मनुवा हरुको दरिद्र मानसिकता देख्दा दया पो लग्यो……………
    यी सबै आफ्नो ब्यबसाय चलाउन गरेको ज्यु हजुरी भन्दा अरु केहि होइन l

    Reply
  43. Paru says:
    October 2, 2013 at 10:19 pm

    What can we expect with these so called humans?? They can say/do anything on their favor. At the end of the day, we suffer and we die. They have luxurious life, how they gonna feel the pain. Heartless bastards!!!

    Reply
  44. ashok pun says:
    October 2, 2013 at 10:09 pm

    के गर्ने हाम्रो नेताहरुले गु खाए पछि ..हामिजनाताले..मृत्यु खान बाध्य हुञ्छौ..बिदेशी भूमिमा दाशी भएर . देखे र सुनेर .मनमा आगो बल्छ ..तर खै देशको राजनीति स्थाइत्यो..हुनकोलागि…अब अन्तिम उपाय कुनै एउटा पार्टी लाई..बहुमत बनाऊ बहुमतिय सरकार बनाएर हेरौ उपाय गरौ सम्भावना होला ..अरुको देश मा दाशी बनेर कमाउनु भन्दा आफ्नै देशमा केहि गरौ ..कतारको तलब भन्दा राम्रो कमाई..स्वोदेश्मै बनाऊ..भबिस्यमा कतारमा manpowerko अनिकाल लागोश..तेलखानीमाआगो लागेर दद्होश..त्यहाका पिचाश हरुको एक एक ओटा हात खुट्टा आँखाहरु जलेर नस्ट होश .देशै पुरा डढेलो लगेर खरानी होश मरभुमी..बनोश.तेहाँ सैतानले मात्र बाश गरोश….सम्पूर्ण नेपाली दाजु भाइ पर्ती सहनु भुति…मेरो कामना पुरा होश ..जय नेपाल ..

    Reply
  45. santosh says:
    October 2, 2013 at 10:08 pm

    गरिबको चमेली बोल्दिने कोहि छैन ………यस्तै हो हजुर ठुला भनाउदाहरु ले सानाका कुरा के सुन्थे.

    Reply
  46. Laxman Adhikari says:
    October 2, 2013 at 9:43 pm

    No World Cup in Qatar without workers right, Red Card for FIFA!

    Reply
  47. dharmendra says:
    October 2, 2013 at 9:43 pm

    पडित हरु माथि राजनीति !!!!!! थुक्क आत्मसमर्पण बादी नेता हरु बाट मनोनित भै गएका सरकारी कर्मचारीहरु र” तात्तो न छारो” को NRN नै फटाहा हुन् / १,थुक्क ,२.थुक्क ३. थुक्क

    Reply
  48. nimesh, BKK says:
    October 2, 2013 at 9:24 pm

    अभागी नेपालीहरुलाई आफ्नै (दलाल) दाजु-भाई तथा (कु)नेताहरुबाटै ठगेको हुन्छ जहाँ गएपनि . समाचार पढदा दुखका साथै नेपाल सरकार देखेर रिस पनि उठ्यो .
    http://www.theguardian.com/world/2013/oct/01/qatar-world-cup-2022-nepalese-die-building-sites?INTCMP=ILCNETTXT3487

    Reply
  49. himali says:
    October 2, 2013 at 9:17 pm

    http://www.youtube.com/watch?v=USpgXmVveHA

    Reply
  50. Surya says:
    October 2, 2013 at 9:17 pm

    एस यल सी देखि भारतीय पी एच डी धारीसम्मक नेताहरु सबै फटाहा नै साबित भैसकेपछि / ति सानातिना NRN को संयोजोक जस्ता भातमाराहरुले डरले वा केहि प्रलोभनले झुठ बोलेर आत्मा समर्पण गरेका हुन् / नेपालको बिजोक सुधार्न कुनै एक मसिहा जन्मिनु पर्छ /

    Reply
  51. कमल शर्मा यु ए इ says:
    October 2, 2013 at 9:10 pm

    सार्है चित्त दुख्ने आत्मसमर्पण !

    Reply
  52. Man Limbu says:
    October 2, 2013 at 9:09 pm

    मैले अस्ति देखिने भनेको हो, कतार सिमित tatha बाठा दलाली द्वारा नै नेपली दाजु भाई हरु माथि सोषण अत्याचार भई रहेको छ र अहिले त्यहाका राजदु माया कुमारीको फिर्ती पछि त्यहाको कर्मचारी हरु मोटो पैसामा बिक्रि भई अहिले नेपाली हरुको अधिकार माथि नै गम्भीर प्रहर गरि रहेका छन् .

    हामी कसैले पनि भन्न सक्दैनौ कि नेपाली कामदार स सम्मान अनि बिना भेदभाब काम गरि रहेका छन् भनेर. त्यहाँ धेरै महिनौ तलब नपाएर कम गरी रहेका छन, कम्पनि भागेर बिपतमा परेर बसेका छन् तेस्तो अवस्थालाई पनि कसरि समस्या रहित देख्यो त्यो नेपाल एम्बशी, एन आर एन, र दीपक भेटवाल जस्ता पत्रिकाको नाम मा दलाली हरुले ?
    अहिले को मौकामा हामीले हाम्रो अधिकारको आवाज उठाउनु पर्ने जहाँ अन्तरास्ट्रिय मेडियाले पनि सहयोग गरि रहेका छन् . फलाम तातेको बेला हेर्कौनु पर्छ चिसिएको बेला होइन

    Reply
  53. SUJAN says:
    October 2, 2013 at 9:04 pm

    मान्छे को जिन्दगिको कुनै महत्व नदिने यी पाखण्डी कुटनीतिज्ञं र एन.आर. एन. हरुलाई स्याउँ स्याउँ किरा परोस !!! ल जा !!!!

    Reply
  54. शान्तिप्रेमी says:
    October 2, 2013 at 8:49 pm

    नेपाली मजदुरहरूको समस्या अनि पीडालाइ कतारमा रहेका नेपाल सरकारका प्रतिनिधिहरू अनि एन आर एन अगुवाहरूले कतार सरकारलाइ बेचेछन् । देश, राष्ट्रियता अनि जनताप्रति व्यक्तिगत अनि सामूहिक स्वार्थका लागि सदैव वेवास्ता गर्ने नेपाली राजनीति, राजनितिज्ञ अनि त्यसैलाइ आत्मसात् गर्ने कर्मचारीतन्त्रबाट शायद यो भन्दा अरू अपेक्षा पनि गर्न सकिन्न । नत्र त, अहिलेसम्म नेपाल सरकार र राजनीतिक दलहरूबाट यस्तो विकराल समस्यावारे केही प्रतिकृया आइसक्नु पर्ने हो ।

    यो समस्याको समाधानार्थ अनलाइन लगायत विभिन्न माध्यमबाट फिफा, राष्ट्रसंघ लगायत विश्व समुदायको ध्यान आकर्षण गराएर कतार सरकारलाइ दवाद दिनु नैं एक मात्र विकल्प हो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme