Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन

Posted on October 4, 2013October 4, 2013 by Salokya

“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।”
“We also stress that all Nepali workers are safe and fully respected”

-Mohammad Ramadan

कतारमा रहेका सबै नेपालीको सुरक्षा र सम्मानको ग्यारेन्टी लिने यी बन्धुलाई बेलायती समाचार एजेन्सीले employed by the Nepali government as a legal advisor अर्थात् नेपाल सरकारले कानुनी सल्लाहकारका रुपमा रोजगारी दिएका व्यक्ति भनेर चिनाएको थियो। (प्रमाणः यहाँ क्लिक गरी हेर्नुस्)। रोयटर्सलाई नै उद्‌धृत गर्दै अलबावाबाले पनि समाचार छापेको थियो। गार्डियनले पनि त्यही लेखेको छ।

त्यसैगरी गल्फ टाइम्सले पनि उनको परिचय त्यसरी नै दिएको छ-
Mohamed Ramadan, a legal adviser for the Nepalese nationals in Qatar, and Narendra Bahadur Bhat, co-ordinator of Non- Resident Nepalese Association (NARA) Middle East, were present on the occasion. (प्रमाण : यहाँ क्लिक गर्नुस्)

gulftimes
कतारको चाकडी गरेर गल्फ न्युजको पहिलो पेजमा छाएका नेपालीहरु। पूरै पत्रिका पिडिएफमा पढ्न यहाँ क्लिक गर्नुस्।

कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ रहेको दावी गर्नलाई आयोजना गरिएको यो कार्यक्रममा उनले आफूलाई के भनेर परिचय दिएका रहेछन्, त्यो त थाहा भएन तर सबै मिडियाले एउटै खाले गल्ती त गर्नु नपर्ने ! गल्ती नै गरे मान्नुपरो। किनभने उनी आफूले आज फेसबुकमा लेखेर भनेका छन्- म दूतावासको सल्लाहकार हैन। हेर्नुस् उनको स्टायटस-

Post by Mysansar.

गल्फ टाइम्सले त केही नेपालीहरुले वाहवाह गरेर नथाकेका भूपू राजदूत मायाकुमारी शर्माले बीबीसीसित कामदारको अवस्थाबारे कहिल्यै कुरा नगरेको बताएको पनि लेखेको रहेछ। (अपडेटः मायाकुमारी शर्माको हैसियत पुनः राजदूत नै हुने भएको छ। सर्वोच्चले अर्को आदेश नहुन्जेलका लागि उनलाई राजदूत नै कायम राख्ने अल्पकालीन आदेश शुक्रबार दिएको छ) बीबीसी साझा सवालमा उनको अन्तर्वार्ता हेरेको त भन्ने सोचिरहनुभएको ? फुटाइदिनुस् आँखा, गलत देख्ने रहेछ तपाईँको आँखाले। शर्माले गार्डियनको रिपोर्ट पत्रकारको कल्पना र आधारहीन भएको पनि बताएकी रहिछिन्-
jail

गार्डियनको रिपोर्ट “wholly baseless”
Asked if she had mentioned Qatar as an “open jail” at any stage , Sharma said she never said so and “it was the creation” of one of the journalists that visited Qatar.
The outgoing Nepalese ambassador Maya Kumari Sharma yesterday denied that she had ever spoken to BBC about the working conditions of her compatriots in Qatar and termed a report in London’s Guardian newspaper on the issue as “a figment of the journalist’s imagination”. (प्रमाणः यहाँ क्लिक गर्नुस्)

के भनेकी थिइन् त ?

NHRC
गल्फ टाइम्समा छापिएको यो फोटो हेर्नुस्। सबै नेपालीको सम्मान र सुरक्षाको ग्यारेन्टी लिने नेपाली प्रतिनिधिहरु को को हुन् मैले त चिनिनँ। पत्रिकामा बीचका एक जना मान्छेको मात्रै नाम चिनाइएको छ क्याप्सनमा- Dr al-Marri, the chairman of National Human Rights Committee।

16 thoughts on “कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन”

  1. raj gautam says:
    October 7, 2013 at 7:31 pm

    हामी नेपाल छोडेर अर्काको मुलकमा आइसकेको अबस्थामा काम गर्न त पर्छ नै र काम गर्नको लागि नै भनेर आएका पनि हौ . तर कसको दुख छ कसको छैन भनेर हेर्ने काम दुताबासको हो तर अधिकांश खाडी मुलुकका दुताबास ले हेरेको देखिदैन काम जस्तो भएपनि आधारभूत आबश्यकता त पुरा गर्नु पर्यो नि रोजगारदाता कंपनी ले यहा त केवल भत्ता पचाउने मात्र काम हुन्छ दुताबास ले दुख देख्यो भने पनि आखा चिम्लेको घटना थुप्रै छन मैले भन्नु पर्दा यो कतार को घटनामा यी को हुन् कि प्रॆस बक्तब्य निकाल्ने उनि हरु ले नै कामदार सप्लायर गर्ने हुदा आफ्नो ब्याबसाय मा खतरा आउने देखेर नै यी दलाल ले यसो भनेका हुन् यिनीहरु लाइ के थाहा र ५० डिग्री को तातो घाम एसी मा बस्ने ले जे भने पनि भयो नि यी नेपाली दलाल लाइ ४ घण्टा मात्र काम गर्न लगाउने हो भने मात्र कामदारको पिडा बुझ्लान

    Reply
  2. Suren Gautam says:
    October 5, 2013 at 12:16 pm

    I think its time to do something in favor of our Nepalese brothers and sisters working in hail situation. Until and unless we get good politicians and good diplomat, justice is never possible.

    Shame on politicians who always make big talk regarding development.

    Dear politicians, please stop talking. Its our stupidity to expect anything good out of you. At least you are not able to give rights to migrant Nepalese workers, talking about development does not suit ji.

    Dear माया कुमारी जी , please leave your position and come back to Nepal. Instead of providing justice to our Nepalese workers, your stay has proved to become more problematic and shame to our country. If you do not have capacity to provide them rights please do not take their rights. “Sake Saparnus nasake nabigarnus”. You said in interview “Katar auta khula jail ho” and now you don even feel shy to say that it was the figment of the journalist imagination.

    Reply
  3. laxman says:
    October 5, 2013 at 6:33 am

    I think there should be minimum criterion to be an ambassador. Diplomatic knowledge, appropriate qualification, leading and communicating skill must be considered rather than political appointment(so called TIKE PARTHA). Ambassador must be Nepali hearted person NOT NEPALI HURTING. We have so many examples of shameful humiliating stories made by ineffectual and incapable ambassadors. Even in the abovementioned example, if the lady(MAYA KUMARI) was capable and real Nepali hearted woman, those smugglers would not get a chance to raise their head. But unfortunately, she was a co-worker of Smugglers.
    My suggestion is that Nepalese government needs to nominate few ambassadors for a single country first and should appoint the best one of them who gets highest vote from the Nepalese residing in respective country. This is more democratic way and every one gets a chance to select wise person as ambassador.

    Reply
  4. निर्मल says:
    October 5, 2013 at 12:54 am

    शर्माजीले कस्तरी झुटको खेती गर्न जानेकी हँ?
    क) खुला जेल भनेकी होइन रे? भिडियो के होला त्? त्यस्तालाई राजदुत त् होइन के बनाउन पर्ने हो कुन्नि| हो भने हो भन्दा पुगेन र? जागिर त् चट भैसक्यो|
    ख) दोहाबाट जाने फ्लाईट प्याक का प्याक हुनु रे? दुई जनालाई टिकट नमिल्ने भन्ने कुरै छैन| उसो भए दुबई भएर जाने हो नि त्!
    कैले देखि हो कृषि बिकाश बैंकको टप अफिसियल भएकी? लेख्ने पनि भातमारा पर्यो कि इडली डोसा मारा?
    ह्न त्यतिका कानुनी सल्लाहकार हुँदा हुँदै पनि परराष्ट्र मन्त्रालय किन त्यत्रो असक्षम होला? सचिव अर्जुन बहादुरलाई पनि सार्कमा जान त्यतिका हतार परेको कि निउ योर्क जान?
    यस्ती कुलंकार राजदुतले सर्बोच्चमा मुद्दा हालेर अलिक दिन भए पनि थमौती गरी माग्छ भनेर जान्दा जान्दै पनि किन सबै कानुनी प्रक्रिया नपुर्याएको? यही तालले चल्छ परराष्ट्र मन्त्रालय? परराष्ट्र मन्त्रालयका टाउके अर्जुन बहादुरलाई सार्कमा के खाएर पठाउने हो? रोक्नुस| जान पर्दैन सार्क लार्कमा| जाबो एउटा राजदुतलाई काम बिगारेकोमा प्रक्रिया पुर्याएर हटाउन पनि नसक्ने?
    जब जब राजधानीमा राहदानी आवेदन दिनेहरुको लामो लाम देख्छु तब लाग्छ परराष्ट्र सचिव सुतेर बसेका छन्| घन्टौसम्म लाममा बस्दा पिशाबले चेपेर भित्तामा दिएको देख्दा लाग्छ यो परराष्ट्र का हाकिम हरु कति निठुरी रहेछन| एउटा दुईटा टोइलेटको व्यवस्था गर्नु छैन उल्टो देउताको फोटो टाँसेर रोक्न खोज्ने कस्तो रुढीवादी र अल्छे बिचार| देउताले दिएको प्रकृतिलाई देउताले पनि रोक्न सक्दैन| आफ्ना छोरा छोरीलाई अमेरिका र अन्य देश पढ्न पठाएका होलान| यँहा घाम पानी जाडोमा लाम कस्न लाउन पर्ने तब बुझ्दो हो आम नेपालीको पीडा| राजदुत बनाएर एउटालाई बेलायत, अर्कोलाई निउ योर्क संयुक्त राष्ट्र संघ अनि अर्कोलाई सार्कमा पठाए| परराष्ट्रका एउटा भू पु सचिव र पछि बेलायतका राजदुत हुनेले बेलायतमा शरण नै मागे लाज शरम धरम पचाएर| बर्षौ अघि एउटा भू पु सचिव र अमेरिकामा नेपाली राजदुतले पुस्तक पसल बाट पुस्तक नै चोरेको पनि खबरमा आए| उनी थिए दरबारका शक्तिशाली सचिवका शम्धी| त्यो जमाना अब गयो र फर्केर आउंदैन|
    बिचरी माया कुमारी शर्माज्युलाई चेपारोमा नपारौ है|
    वास्तवमा हाम्रा नेपाली राजदुतहरुको केही काम छैन| खायो बस्यो भोज भतेर गर्यो र गयो, वस| कुनै राजदुतले देशको लागि उल्लेखयोग्य गरेको काम केहि पढ्न पाईएको छैन| त्यसैले प्राय जसो नेपाली मिसनबाट यो राजदुत पद र सैनिक सहचारी पद नै तुरन्त हटाईन पर्छ| अवैतनिक राजदुत वा कंसुल राखे पुग्छ| देशले आर्जन गरेको बिदेशी मुद्राको यस्तरी दुरुपयोग गर्न ठिक छैन|
    राजदुतावास खोल्दै आफ्नो मान्छेलाई जागिर खाने भाँडो बनाइएको छ|
    जे होस्, यस्ता झुटका खेती गर्न र मान मर्दन मर्यादा नजान्ने माया कुमारीलाई कृषि बिकाश बैंकको जागिरबाट पनि बर्खास्त गर्नुहोला तर पुरै नियम पुर्याएर| माओवादीले महिलाको नाउँमा कस्ती उम्मेदवारलाई राजदुत बनाएछु भनेर पस्ताउदै होला| बर्माका नेपाली राजदुत पनि कस्ती छन् त्यंहा पनि नजर पुर्याउदै गर्नु होला| हाम्रा देशमा एक से एक योग्य महिला हरु छन्, किन कनिकालाई मात्र मौका लैंगिक तर्कको आधारमा?

    Reply
  5. ramesh says:
    October 4, 2013 at 11:01 pm

    नेपाली ले नेपाली लाई नै सोषण गर्न जानेको छन् अरु देश को लाई सके पो गर्नु, कमसेकम आफ्नो मर्तिभुमी र अफ्न्नो नेपाली लाई सम्झनु नि / जुन पत्रिका ले लेखेको भएनी वास्तविकता सहि हो
    होला उसको उदेश्य भलै अर्को होला यो कुरा आफ्नो ठाउँ मा छ तर यहाँ भित्र धेरै कुरा हरु छन् /
    हामी ले जुन देशमा काम गर्छौ त्यो देश संग र जनता संग हाम्रो दुस्मन होइन.हरेक कुरा नियम कानुन अनुसार काम अनुसार को तलब बस्ने ठाउँ आराम गर्ने ठाउँ न्यूनतम आधार भुत सुबिधा होस् भने मात्र नेपाली को भनाइ छ र यो हुन पनि पर्छ काम आज मात्र गर्नु छैन भोलि पनि काम गर्नुछ, सबै भन्दा ठुलो स्वस्थ हुनुपर्छ / उही काम उही समय तर अरु देश को कामदार को भन्दा नेपाली को कम हुने यो के स्वीकार्य हुन्छ र हुन नि, हामी ले खोजेको येति नै हो अरु धेरी होइन
    यो गर्ने कसले हो पहिले नेपाल सरकार को हो तेसपछि सम्बन्धित देश को राजदुत को हो / हामी ले अरु देश को कामदार र सरकार ले आफ्नो कामदार को लागि पनि धेरै पहल सहयोग गरेको देखेको छौ / कमसेकम न्यूनतम तलब, पाउने सुबिधा, बस्ने ठाउ, र बिदा मानबियता को आधार मा होस् भने मात्र सम्पूर्ण नेपाली कामदारको आवाज हो / सय जना लाई ठगेर २/४ जना लाई सहयोग गरेको कुरा समाचार मा प्रकाशित गरेर बुद्धिजीवी समाजसेवी भै टोपलेको नेताहरु लाई अलि कति लाज लग्नु पर्ने हो आउने दिन मा नेपालीको शिर उचो भएको देश को नाम राखेको खबरको आश गरौ , जय देश

    Reply
  6. deepak says:
    October 4, 2013 at 10:23 pm

    सत्य तथ्य – गार्डियनको रिपोर्ट ले देखाएको छ कतार मा बसेर समाज सेवाको ढोल पिटेर हिंड्ने नेपालीसमुदायका अगुवाहरुले झुटो हो भनेर जती ढाकछोप गर्न चाहे पनि सच्चा नेपाल आमाको असल सन्तान र कतार बाहिर बसेका बुद्दिजिविहरुले सम्पूर्ण सत्य तथ्य प्रमाण सहीत हेरीसक्नु भएको छ – याद राख्नुहोस क्ष्णिक स्वार्थ को लागि खराब ब्यक्ती को पछी लाग्नु भयो भने एक दिन अबस्य पछुताउनु पर्ने छ।

    Reply
  7. mangal says:
    October 4, 2013 at 6:31 pm

    बाया बाट क्रमस: ठेकदार हरु : नरेन्द्र भाट, मक्सुद आलम , अल मारी, र रमजान अलि

    Reply
  8. Sisir says:
    October 4, 2013 at 6:02 pm

    पोस्टरमा राखेर नेपाली झन्डा
    उल्टै नेपालीको टाउकोमा डण्डा..

    Reply
  9. pujan guragain says:
    October 4, 2013 at 5:17 pm

    यो सप्पै कतार मा बस्ने नेपाली दलाल को छल कपट हो जति सक्दो चाडो माया कुमारी लाए नेपाल फिर्ता पठाउनु पर्छ नेपाल को नाम खराब गर्नु भयन नेपाल मा दलाल गर्न न पयर कतार मा दलाल को खेति गर्ने हरु लाई माया कुमारले उक्साय र फरीई कतार मा बस्ने चाल बाजी हो यो हामी कतार बसी पिडीत हरु लाई यो समाचार मान्य हुने छैन जति सक्दो भोट दिनु होला र माया कुमारी लाई बहिस्कार गरौ दलाल मुर्दबाथ जे नेपाल जे नेपाल

    Reply
  10. ayush says:
    October 4, 2013 at 5:00 pm

    This lady has no base so she is tilting by the gravity of matter. Look the irony..an accountant becomes ambassador, she boasts in front of nepali media blames qatar, now boasts in front of qatari media blames nepali media n guardian, m sure when she returns she will jump this side n blame them again..o she didn’t get the ticket? Daily 4 flights from doha.or she is looking asylums anywhere..

    Reply
  11. डिल्ली says:
    October 4, 2013 at 3:35 pm

    मगन्ते लाचार सरकारका कारण नेपाली हेपिएका हुन् । शीप सिकेको दक्ष पठाए त्यस्तो समस्या कमै आउने थियो । दलाल र अपराधिक व्यक्तिहरूको झुण्ड बनेको म्यानपावरका आसेपासेले जे पनि भन्छन् र गर्छन् अनौठो भएन । कठिन काम गरेर रित्तो हात कि भरी मुल्याङ्कन नगर्ने, देशमा बसेर उच्च र निम्मकोटीको काम ठान्ने बिदेशमा भए जस्तो पनि गर्न पछि नपर्ने विदेशमुखी सोच पनि गलत छ हाम्रोमा । खुशी साथ “बाध्यता”को गलत संस्कार बोकेका छौँ हामीले । त्यति कठिन परिश्रम मरुभूमिमा गर्नु भन्दा इलेक्ट्रिसियन, प्लम्बिङ जस्ता शीप सिकेर स्वदेशमै परिवारसँगै बसेर त्यो भन्दा बढी आम्दानी गर्नसक्ने अवस्था छ स्वदेशमै ।

    Reply
  12. nandan chalise says:
    October 4, 2013 at 3:05 pm

    फोटो मा देखिने मित्र हरु मक्सुद आलम अनि नरेन्द्र भाट दुवै म्यानपावर सप्लाई कम्पनि संचालक हुन्, अनुसन्धान गर्ने हो भने इनको कम्पनी मा काम गर्ने हरु ले पनि ३/४ महिना को तलब नपाउनु सामान्य हो,,,ठुला ठुला कम्पनि बाट राम्रो पैसा मा काम लिने अनि नेपाली लाइ बदाम को भाउमा काम लगाउने इनिहरु को पेसा हो, इनले नेपाली मजदूर को प्रतिनिधित्वो गर्दैनन, दलाल व्यवसाही को गर्छन,,,, इनिहरु आफै पीडक हुन्,,,, इनिहरु मात्र होइन अरु पनि धेरै छन्,,,,

    Reply
    1. दु:ख सुख को साथी बिनोद says:
      October 5, 2013 at 3:53 am

      बदाम को भाउ पनि अझ महँगो होला तर हामि नेपालीको श्रम अझ सस्तो भयो कतार लगाएत अन्य खाडी मुलुक हरुमा
      मजदुर हक हितका लागि भलो कहिले होला त खै!!!!!!!!!!!!

      Reply
  13. kedar says:
    October 4, 2013 at 2:36 pm

    सोझा साझा नेपालीलाइ भाको नभाको आस्वासन बाँडेर कतार पुर्याएर बिजोक पार्ने नेपाली Man Power कै कसैलाई भाडामा लगेर नेपाली प्रतिनिधी बनाएर भुक्न लागाएको हुनु पर्छ पक्कै पनी / पैसै त हो नि नेपाली दलाललाइ चाहिने, मनबता हुन लाइ त मुटु पनी हुनु पारो नि /

    Reply
  14. Bishnu Khatiwada says:
    October 4, 2013 at 2:33 pm

    त्यो झन्डा मुनि बस्ने चाही नेपाली नरेन्द्र भात हो जस्तो लाग्छ..

    Reply
  15. Tenzing Gaba says:
    October 4, 2013 at 1:33 pm

    काम चाही नगर्ने तर खोक्दै हिड्ने राजदूत ……….. भातमारा
    पत्रकार सम्मेलन गर्नेहरु …………………………… जातमारा

    लु जा त् !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme