Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन

Posted on October 13, 2013October 13, 2013 by Salokya

london
कतारमा कार्यरत नेपाली आप्रवासी कामदारलाई दास सरह व्यवहार गरिएकोबारे बेलायती अखबार गार्डियनले खोजमूलक समाचार छापेपछि उत्पन्न तरङ अझै कम भएको छैन। यसले कतारको एनआरएन र अरु देशका एनआरएनबीच मतभेद पनि चुलिएको छ। गुगल र याहू ग्रुपमा विभिन्न देशका राष्ट्रिय संयोजन समितिका सदस्यहरु (एनसिसी) बीच भएका इमेल कुराकानीमा कतारको एनसिसी र सल्लाहकारहरुले लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन गर्ने तयारीमा कडा आपत्ति जनाएका थिए। ‘युकेका एनआरएन साथीहरु, कृपया यो च्याप्टरलाई यहीँ बन्द गरिदिनुस्। तपाईँहरु कतार दूतावासमा नगइदिनु होला’, कतार एनसिसीका तर्फबाट डा. देवकाजी डंगोलले सबैलाई आग्रह गरेका थिए। तर, लन्डनमा नेपालीहरुसहितको समूहले शनिबार प्रदर्शन गरेरै छाड्यो।
thebe
मध्याह्न १२ बजेदेखि २ बजेसम्म कतार दूतावास बाहिर विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो। कामदारमाथिको कठोर यातना बन्द गर, दास प्रथाको अन्त्य गर, मानवअधिकारको रक्षा गर, कामदारमाथि भएको अन्यायको छानबिन गर जस्ता नारा लगाउँदै उनीहरुले दूतावाससमक्ष ज्ञापनपत्र बुझाए।

thebe1
ज्ञापन पत्रमा उल्लेख बुँदाहरु-
आप्रवासी कामदारमाथि मानवीय ब्यवहार हुनुपर्छ
कामदारको तलब तथा सुविधा समयमा दिनुपर्छ
आप्रवासी कामदारलाई सुरक्षाको ग्यारेन्टी हुनुपर्छ
जफत गरिएका राहदानी फिर्ता हुनुपर्छ
आप्रावासी महिला कामदारमाथि हुने यौन शोषणको छानबिन हुनुपर्छ
कामदारले चाहेको बेला काम छोड्न पाउनुपर्छ
आप्रवासी कामदारका समस्यालाई हेर्न छुट्टै सरकारी संरचना हुनुपर्छ
कामदारका समस्या सुनुवाइ गर्न २४ सै घण्टा टेलिफोन हेल्प लाइनको ब्यवस्था हुनुपर्छ

पूर्व मिस नेपाल युके। फोटोः ओजेस सिंह
पूर्व मिस नेपाल युके। फोटोः ओजेस सिंह

प्रदर्शनमा मिस युके नेपाल २०१३ दुर्गा गुरुङ, पूर्व मिस युके नेपाल गौमाया गुरुङसमेत सहभागी थिइन्।

Photo: Janine Booth
Photo: Janine Booth
यस्तै खालको प्रदर्शन आइतबार सान फ्रान्सिस्कोमा पनि हुँदैछ।
यस्तै खालको प्रदर्शन आइतबार सान फ्रान्सिस्कोमा पनि हुँदैछ।

38 thoughts on “कतारको एनआरएनले रोक्न खोज्दाखोज्दै पनि लन्डनस्थित कतार दूतावासबाहिर प्रदर्शन”

  1. RiseKumar says:
    October 18, 2013 at 5:54 pm

    म पनि कतारमा एक बर्ष देखी कार्यरत छु , मेरो भोगाइमा यहां भएका केही नेपाली अगुवाहरू जो एन आर एन भन्न रूचाउछन जुन संस्थाले आज सम्म कुनै पिडितलार्इ राहत दिएजस्तो लाग्दैन मलार्इ, र यहां व्यबसाय गर्छन अनि याहां का नेपालीका प्रतिनिधी भएर यहांको पत्रकार सम्मेलनमा गइ नेपाली लाइ केही समस्या छैन भन्छन । र नेपालका मेनपावर हरू नै जसले हामिलार्इ बेचेको पैसा ले राती दोहोरी र भट्टीमा गइ मस्ति गर्छन । यि दुइ निकाय हुन हामी नेपाली ले यहां दुख पाउने कारणहरू ।

    Reply
  2. ramesh babu says:
    October 14, 2013 at 9:02 am

    एदी तपाई बिकसित मुलुक मा हुनुहुन्छ , र कतारमा पिल्सिएर रहेका ति बिचरा श्रमिक हरुप्रति सहानुभूति राख्नु हुन्छ माया गर्नु हुन्छ भने आझै त्यो देसमा रहेको कतारी दुताबास मा येस्तै किसिमको सान्तिपूर्ण बिरोध तुरुन्तै आयोजना गराउन त्यहा रहेका नेपाली संघ सस्था अगुवा नेपाली नेता हरु लाइ अनुरोध गर्नुहोस, येही नै यो समयेको उपर्युक्त उचित कदम हुन्छ जस्तो लाग्छ i हेरौ नेपाल र बिस्सो भर छरिएर रहेका नेपाली हरुको उत्थान गर्न बनेको सस्था हरुले परेको बेला कत्तिको तत्परता देखाउछ ? यो उनीहरु लाइपनि जाच्ने उचित मौका हुन्छ i

    Reply
  3. Kanchho says:
    October 14, 2013 at 6:15 am

    अरबको मरुभूमिमा महिना को १०-१५ हजार रुपैया कमाउन कामदार आफै ले एक लाख भन्दा बढी पैसा तिरेर जानु पर्ने कस्तो बिडम्बना हो ?

    एस को लागि जिम्मेवार को? सबै भन्दा बढी नेपाल सरकार /

    -आफ्नो श्रम बेच्न आफैंले पैसा तिर्न पर्ने परिस्थिति को तुरुन्त अन्त्य हुनु पर्छ / आतेजाते टिकट कम्पनी ले दिनु पर्छ /
    -नेपाली दलालहरुको कमिसन पनि कम्पनी ले तिर्नु पर्छ / येदि कामदार ले तिर्ने भय पहिलो महिना को तलब को २५ % भन्दा बढी हुनु हुदैन / यो पनि पैले ने तिर्ने हैन कि कम्पनी ले पैलो मैना को तलब बाट दलाल लै पठाउने व्यवस्था हुनु पर्छ /
    -एस को लागि सबै भन्दा ठुलो भूमिका नेपाल सरकार ले खेल्नु पर्छ, तर छट्टु राम नेता हरु लै एस्तो सोच्ने फुर्सद कहाँ होला र / तिनी हरु त बेतुक को सैदान्तिक बिदाद उछालेर जनता लै रनभुल्ल मा पार्न ब्यस्त छन् / यिनी हरु ले सोचेका होलान, अरब को श्रमिक को बारे मा न त कार्ल मार्क्स ले केहि लेखेर गया, न माओ ले केहि भने, न त बि पी ले नै केहि बताय, हामीलै के मतलब !!!

    Reply
  4. prem says:
    October 14, 2013 at 3:43 am

    I would first concentrate on slavery within the nation and work hard to uproot it. There are uncountable slavery cases in our nation still having in day light. So gathering in front of the embassy by handful of people for their own popularity for me it does not look like a genuine support for the people who are having tough time in another country because of not been able to have enough money back home for their life keep going and had to leave their loved ones back home and went to another country to make some money and help their love ones.

    What I am trying to highlight here is that instead of gathering in front of the embassy why not put pressure to their own country politicians for good governance and work for the welfare of Nepali people which will ultimately shed light on every ones life meaning they would get jobs at their own nation or town and have enough earning and could feed their loved one and themselves.

    Sorry guys truth is bitter.

    Reply
  5. Bishwaraj says:
    October 14, 2013 at 2:29 am

    Excellent idea- thanks for bringing this issue on the surface- Good job-

    Reply
  6. Bantawa says:
    October 13, 2013 at 11:46 pm

    कतारी राजदुताबास जहाँ जहाँ छ, ति सबै ठाउहरुमा प्रदशन गर्नुपर्छ अनि नेपालमा रहेको कतारी राजदुताबासमा पनि प्रदशन गर्नुपर्छ, सबै एकजुट हुनुपर्छ जसले जसरी सकिन्छ

    Reply
  7. एस़़़़ सि पन्त says:
    October 13, 2013 at 11:01 pm

    UK मा रहनुु भऐका नेपाली साथीहरुलाई,
    यो काम को लागी धेरै धेरै धन्येबाद । नेपालीलाइ दास बनाउने ठेक्का नै लिएर बसेका कतारका NRN भनाउदा हरुको पनि विरोध गर्नुपछ।

    Reply
  8. Pralhad timalsina says:
    October 13, 2013 at 8:39 pm

    NRN मुख्य नेपाली दलाली हुन् यिनीहरु हाम्रो सेवा गर्न बनेका हैनन् यहाका नेपाली दलाल्संगा मिलेर हाम्रो रगत चुस्ने जुका हरु हुन् /
    यिनीहरुको मुख्य काम नै तै हो नत्र कसरि पेट पाल्नु र ? हामी दुख गर्ने यिनीहरु बसी बसी खाने

    Reply
  9. jhalak says:
    October 13, 2013 at 4:46 pm

    म यहाँ कतार मा काम गर्दै आएको १० वर्ष मा प्रवेश गरेको छु. घर जान्छु भनेर Resign हालेयको ४ महिना हुन लगियो. विसा सकिएको पनि १.५ महिना पुगियो. कम्पनी ले जना दिदैन. मानसिक पिडा तेय्तिनै भोगेय्को छु. ल अभा भनुस DR . दोंगोल एंड रानाभाट.हाम्रो मानव अधिकार कता गयो?

    Reply
  10. gopal says:
    October 13, 2013 at 2:25 pm

    त्यो कतार को NRN भनौदा देवकाजी डंगोल र नरेन्द्र भाट नै नेपाली लै ठगेर दुख दिने मुख्य दलाल हुन् . i know both of them , one is owner of nepali bhanca ghar and some others and another is owner of supply company …….

    Reply
    1. kishor says:
      October 14, 2013 at 8:48 am

      डा. साहेबको चर्तिकलाको म स्वयम् भुक्तभोगी हो सालोक्याजी. म कतारमा दुई वर्षको लागि भनि गएको मान्छे त्यहाँको स्थिति देखेर दुई महिना पनि नबसी फर्कनु पर्यो. मलाई त्यो कुराले अहिले पनि सताइरहेको छ.

      Reply
  11. Karunakar Nepali says:
    October 13, 2013 at 1:58 pm

    कतारमा नेपाली कामदार माथि शोषण भएको निश्चय पनि सत्य कुरा हो. यो सभ्य समाजका लागि सह्य कुरा हुदै होइन. तर यसो भन्दै गर्दा निम्न प्रश्न हरुको जवाफ खोज्नु पनि उत्तिकै जरुरि हुन् आउंछ-

    १. यो कुरा कुनै नया घटना होइन. यद्यपि अहिले सम्म सारा पश्चिमा मानव अधिकारवादी संस्था, सरकार र मेडिया चुप रहनु तर अहिले कतारमा विश्व कप आयोजना हुन् लागेको मौका छोपेर एका एक कुन उद्देश्यले बाहिर आयो?
    २. कतार भन्दा पनि बढी शोषण हुने साउदी अरेबिया र कुवेत का सम्बन्धमा किन आवाज उठी रहेको छैन? त्यहाँ नेपाली महिला हाउस मेड माथि हुने यौन अत्याचारको कथा त झनै डरलाग्दो छ!!
    ३. बिरोध प्रदर्शन हुनु आफैमा सामान्य कुरा हो तर त्यतिका नेपाली भएका ठाउमा एक डेढ दर्जन नेपालीहरुले आवश्यक सरसल्लाह बिना हचुवा पारामा जुलुस निकाल्दा त्यसले सकारात्मक परिणाम ल्याउँछ भन्ने के ग्यारेन्टी छ? अनि त्यस्तो प्रदर्शनमा नीहित स्वार्थी तत्वको खेलवाड नहोला भन्ने के आधार छ?
    ४. परिवर्तन एकाएक हुदैन. (भए पनि त्यो दीगी हुदैन) यसकालागी समय र तयारी चाहिन्छ. सरकारी स्तरमा वार्ता र संवाद चलाएर कतार सरकारलाई दवाव दिनु अहिलेको सन्दर्भमा सबै भन्दा उपयुक्त हुन् सक्छ. त्यस तर्फ किन ध्यान गएको छैन?
    ५. श्रम शोषण का सबै भन्दा ठुला सम्बाहक रहेका मेन पावर दलाल र साना ठुला दलाल हरुको भूमिका तिर आँखा चिम्लिन मिल्छ? खै बदमाशहरु लाइ कारवाही गर्ने परिपाटी?
    ६. काम को खोजीमा विदेश जानु अघि हाम्रा नेपाली दाजु भाईहरुले कसैको लहै लहैमा नलागी वास्तविकता बुझेर मात्र जाने गर्नु समस्या कम गर्ने तर्फ एक महत्वपूर्ण पाइला हुन् सक्छ. यस तर्फ पनि अभियान चलाउने हो कि?
    ७. नेपालमा हामीले जुलुस, बन्द, हड्ताल गर्न मात्रै सिक्यौं. तर के त्यसबाट मात्र समाजमा सकारात्मक परिवर्तन भयो त? बरु कुसंस्कृतिको विकास भयो. के अब यस्तै उपचार विधिले नेपालीको समस्याको निदान होला त? त्यो पनि परदेशमा?

    कसैले मेरो जिज्ञासा समाधान गरिदिनु भए आभारी हुने थिए. अस्तु

    Reply
    1. Milan says:
      October 13, 2013 at 8:05 pm

      परिबर्तन बिस्तारै हुन्छा भनेर मुखमा बुझो हालेर बस्यो भने परिबर्तन/सुघार कहिलै पनि आउन्दैन! सबै चिजको दिन आउँछ/ अहिले यो कतारबाट शुरु भएको मामला यहीबाट सफलता हासिल दर्दै अरु खाडी मुलुकमा पनि आन्दोलन हुनु पर्छ/

      Reply
    2. DIPESH says:
      October 13, 2013 at 8:45 pm

      हेल्लो हजुर तपाइले कसरि बुझ्नु भयो कुन्नि मैले पनि धेरै भुझेको थिए… एक हत सम्म तपाइको कुरा ठिकै हो तर यहाँ कम्पनीले म लगायत धेरै कुनै पनि कामदारलाई गएको चार महिना देखि तलब दियको छैन अनि तलब नदिने हो भने म घर जान्छु भन्दा ३००० रियल तिर्र भन्छ भने के यो शोषन हैन र के हामीले समयमा तलब नपाए पछि घर जान पनि नपाउने जुनसुकै उधेस्यले आओस हामीलाई क मतलब हामीले गरेको कामको पैसा र आधुनिक दास बनाउन त पाइयन नि हैन र…..

      Reply
  12. Ramesh babu says:
    October 13, 2013 at 1:11 pm

    धेरै राम्रो कामको सुरुवात ! धन्येबाद युके का साथी हरुलाई I येथार्थमा बाध्येताबस कतार मा रहेका नेपाली श्रमिक हरुको अबस्था बारे अहिले सम्म जेजे समाचार आएको छ त्यो भन्दा कैयु गुना बढी अन्याय भै रहेकोछ ……….. सचाई येहिनै हो ! स्वार्थी दलाल हरुले बेक्तिगत स्वार्थ परिपूर्तिको लागि जेजे भनेपनि यो क्रम रोकिनु हुन्न अझ बिस्शो ब्यापी ससक्त रुपमा फैलाउनु पर्छ मौका येहिहो ! एदी तपाई लाइ नेपाल र नेपाली प्रति अलिकति पनि मयाछ भने आउनुहोस उचित समय मा नै हात मा हात मिलौनुहोस ! अब पालो अमेरिका इउरोप र जापान तिरका साथी हरुको ! कतारमा गाई मार्दै गधा पोसने अरुपनि ३-४ जनाले यो कदम रोक्न निश्चित रुपमा छिटैनै भिटो लगाउन सुरु गर्नेछन हेर्दै जानुहोला , सजग होउ !

    Reply
  13. kishor says:
    October 13, 2013 at 12:57 pm

    कतारीहरुले त शोसन गरे गरे तर यस्तै NRN भनाउँदा मानव तस्करहरुको लोभ र लालचले नै खाडीका नेपालीहरुको स्थिति माथि आउन नसकेको हो. ती NRN भनाउँदा केही नेपालीहरुको काम नै म्यानपावरहरुको लागि कोटा मिलाउने रहेको छ. आफ्नो फायदाको लागि तिनीहरु जस्तोसुकै मोलमा पनि नेपालीहरुको श्रम बेच्न तयार छन्. यस्तैहरुले गर्दा नै अरबमा नेपालीहरु दासयुगको जीवन जिउन बाध्य छन्.

    Reply
  14. nrynmht says:
    October 13, 2013 at 11:25 am

    कतार मा कम्पनि को त कुरॆ छोड दिनु सरकारी कम्पनि मा पनि लेबर लाई छुटी दिदेन १ साल मा ३० दिन को छुटी छ तर दिदेन १९ महिना मा पनि इमर्जेन्सी छुटी दिदेन अग्रीमंत को कुनै मतलबे छैन ल एक जना साथी को आमा बिते को थियो / इमर्जेन्सी छुटी दिदेन भनछ / पोलिस रिपोर्ट चहियो

    Reply
  15. Roshan says:
    October 13, 2013 at 11:12 am

    कतारमा भएको NRN अनि कतार का लागि नेपाली राजदूत माया कुमारी शर्मा सब बिदेशी दलाल हुन् इनिहरु लाचार भएर हेर्न बाहेक अरु केहि गर्न सक्दैनन् अनि भन्क्षन नेपाली हरुलाई यहाँ राम्रो व्यवहार गरिएको छ .राम्रो व्यवहार गरियको अनुगमन कहिले र कसरी गरियो सनैया को labour camp मा गएर हेर construction building अनि road road मा गएर हेर क त्यहाँ सुख ले काम गरिरहेका छन् ? जबकि कतार सरकार ले गर्मि को time मा बिहान ११;३० पछि काम गर्न बन्देज गरेको छ auta खबुस को भर मा दिनभरी चर्को घाममा जोतिदा पनि भने जति तलब दिनु त कता हो कता काम गरेको तलब समेत लामो समय सम्म नदिने कम्पनी अनि कम्पनी लै कारबाही गर्न नसक्ने कतार सरकार के हेरेर बसेको छ . अनि NRN , राजदुत दलाल नभए के हुन् ? हावा नचली पात अवस्य हल्लिदैन यो म आफै ले प्रस्ट देखेको कुरा हो.यो कुरा लाई आवाज उठायर कतारमा काम गरिरहेका हामि नेपाली श्रमिकहरु माथि भएको ज्यादतीको बिरुद्धमा सबैले समर्थन अनि सहयोग गरौ .

    Reply
  16. dhan says:
    October 13, 2013 at 7:47 am

    आदरणीय फेश्बुक्प्रेमी मित्रजनहरु ! कतारमा काम गरिरहेका हामि नेपाली श्रमिकहरु माथि भएको ज्यादतीको बिरुद्धमा लन्डन स्थित कतारी दुताबासमा गरिएको यो प्रदर्शनको हामि सबैले समर्थन गरौँ ! नेपाली श्रमिक हरु विश्वको जुनसुकै ध्रुबमा किन नहोओं सक्दो शेयर, समर्थन र कमेन्ट गरेर यो सामाजिक संजालको मध्यमबाट हामि नेपालि आप्रबाशी श्रमिक बीच भैराखेको शोषर्ण, अन्याय, अत्याचार, दमन विभेद र भिन्नता को खुलेर ऐक्यबध्दता जाहेर गरौँ ! धन तमु

    Reply
  17. ekraj says:
    October 13, 2013 at 5:23 am

    नेपाल का म्यान पावरका मालिक, चलाउने कामदार देखि यसलाई निरक्षण गर्ने समुलाये र नेपालका अनेक राजनीति नेता यो रगत चुस्ने खेलका सहकरनी छन्| यस्ता लै कारबाही गर्दा उनिदरुको सित्तिअमै आउने पैसा कित कम अथवा बन्द हुन्छा|
    साच्चिकै करबि गर्ने हो ठुलै समूह पर्ने कुरा सर्ब बिदित्नै नै छ|
    तेसैले नेपाल मा यो बिसयेमा कोइ पनि कारबाई गर्ने भन्दा कारबाई रोक्नेमै पार्टी हरु रे पुलिसहरु पैसा खाएर समय खर्ची राखेका छन्|

    Reply
  18. Umesh bhusal says:
    October 13, 2013 at 5:22 am

    आफु लाई नेपाली हरुको हित र कल्याण मा समर्पित भनेर दाबी गर्ने NRNA ले कतार काण्ड पछि आफु कता को हो भेन्ने कित्ता छुट्टया को छ देश मा लगानी भित्राऊ छौ बिकाश को बाढी लेउने नारा मात्रै हो. NRNA ले कुन. intenson को लागि दोहोरो नगरिककता को लागि कुरा गरेको छ यसै बाट clear हुन्छ यसैक्रममाNRNA को नेपाल अधिबेसन मा यो कुरा लाई बहस मा लेउछन् हेर्न बाकी छ NRNA नेपाली को होइन सामन्त को दलाल हो भन्ने कुरा clear भयको छ

    Reply
  19. shersingh Nepali says:
    October 13, 2013 at 4:38 am

    कतारमा अन्या भएकैछ , यसको बिरोध सचेत नागरिकले गर्नैपर्छ ! कतारिहरुको दास एनआरएनका
    दलालहरुलाई घोर घृणा गर्दछु !

    Reply
  20. शंकर थापा says:
    October 13, 2013 at 4:24 am

    यो हाम्रो एब्बेस्सी तगडा न भयर हो ,पैसा खाने बानी ले हो

    Reply
    1. राम शरण says:
      October 13, 2013 at 6:37 pm

      कुवैत र साउदीको पनि ताल त्यही छ| जागिरे राजदुतावास भए पछि नेपालीको कल्याण गर्ने मनमा नै रहदैन| शेखले यस्ता उपहार दिए र उस्ता उपहार दिए भन्दै मक्ख|
      त्यस्ता उपहार दिएका सामान राज्यलाई दिनपर्छ|
      हाम्रो एम्बेसी तगडा नभएको पक्का कुरो हो|

      Reply
  21. Bharat says:
    October 13, 2013 at 4:16 am

    नेपाली हरु को बानी असतो छ | एउटा न एउटा लियारे प्रदशन गर्ने| कतार मा जे भयो नराम्रो भै र छ| यो घटना त Guardian ले प्रकाशित गर्नु भन्दा अगाडी देखि भयको हो तर त्यो बेला किन चुप लग्नु भयो? ऐले कतार मा मात्र बिरोध गर्नु भयको छ, भोलि मलेशिया , UAE ओर अर्को देशम मा येस्तै घटना हुदा त्यो देश को दुताबास मा हामी बिरोध गर्न जान्छौ अनि कतार घटना येत्ताकै सकिन्छ | खै बिरोध गरको नेपाली लै ठग्ने manpower कम्पनी लै, अनि खै बिरोध गरको युवा पुस्त लै अर्का को देश मा नोकरी गर्न बाध्य बनाउने नेपाली सरकार लाई |

    २-४ जना बतुलायारे दुताबास मा जादै मा केइ माखो मर्दैन र नेपाली दाजु भाई को दुख हट्दैन | खाडी को बालुवा मा बग्ने पसिना नेपाली माटो मा बगौना , हामी किन सक्दैनौ?
    Lets raise our voice against our own Government, Our own Failure system and the Manpowers.

    Reply
    1. Harendra says:
      October 13, 2013 at 6:08 am

      तपाईले हामीले आफ्नै सरकार र म्यानपावर संग पनि आवाज उठाउन पर्छ भन्ने कुरो मान्दछु| तर यस्ता विरोधले केही माखो मार्ने वाला छैन भन्ने चाहि सरासरी दलालमुखी कुरो भयो| अलिकति भए पनि नेपालीको दुख हरण होस् र न्याय पाऊँन भन्ने हो| काम त् जहि भए पनि गर्ने पर्ने हो, मुख चलाएर खाने ६०१ फेरी आउँन लागेका छन्|
      हाम्रो देशमा राजनीति गर्नेलाई कामै नगरी खान लाउन प्रशस्त पुगेको छ| देउबा र देउवाका परिवारले के काम गरेका छन् जसले देसको उत्पादकत्वमा वृद्धि भएको छ| दरवार भनाएर बसेका छन, कँहाबाट फल्यो त्यतिका पैसा? कोइरालाको कुरै नगरौ| सुजाताले के काम गरिकी छिन र मनडिकाटारमा त्यस्तो भब्य भवनमा विराजमान छिन|
      एकतर्फले हेर्यौ भने कतारमा काम नपाएर देशमै बस्न पर्यो भने युवाहरुले अर्को आन्दोलन गर्ने छन् जसले बिकराल परिवर्तन ल्याउन सक्छ| भ्रष्टचार गरेर जेल गएर छुटेपछि खुमेले एक क्विन्टल फुलको माला लगाए रे|
      देशको ठुलो युवाशक्ति कतार र अन्य देशमा रोजगारमा जाँदा नेपालमा चाहिएको परिवर्तन आउँन नसकेको होइन र?

      Reply
      1. दीपक says:
        October 13, 2013 at 1:47 pm

        एक दम ठिक कुरा हो मित्र ! देउवा धमिरा सुजाता देशद्रोहीनी, र खुमे जस्ता भस्टचारी को जय जय कार गरने देश का युवा भन्ने हरु देखेर मन निराश भएको छ ! अनि मित्र देश को दुश्मन देशद्रोही,देश बेचुवा,देश भडुवा,दलाल प्रचंडे,हिसीला यामी,नारायण काजी बाबु रावण जस्ता हरु को करतुत बाहिर सार्वजनिक हुदाँ खेरी पनि सावन आँखा फुटे को गोरु जस्तै तिनीहरु लाई नै यो देश को महान नेता मानेर हिंडने जनता देखेर अब हाम्ो मातृभुमी जन्मभुमी नेपाल मा स्वतन्त्रत नेपाली भएर बाँच्न पाउने होकी होइन् भन्ने ठुलो चिन्ता ले सताउन थाले को छ ! जब सम्म यस्ता देश का दुश्मन दलाल,भडुवा हरु को अन्ते हुदैन र हामी ले गर्दैनौ तब सम्म देश र जनता ले यस्तै दुख को सामना गरी रहनु परने छ !

        Reply
  22. amrit subedi says:
    October 13, 2013 at 3:21 am

    माइसंसारमा कतारी दुताबास अगाडी पर्दर्सन समाचार पढेपछि केहि लेख्न मन लाग्यो l लगभग पाच महिना को कतार बसीको मेरो अनुभव l कतार एस्तो देश हो, जहाँ आफ्नो देशका नागरिक भन्दा डबल भन्दा पनि बढी बिदेशी कामदार छन्, कतार एअरबेज (जुन ऐले विश्वकै नम्बेर एक ) एस्तो एअरवेज हो जसको कमाइको 85 प्रतिसत बिदेशी कामदार हुन्, पाच प्रतिसत कतारी नागरिक र बाकी पर्यटक हरु हुन् ! सडक मा देखिने मानिसहरु ९९ प्रतिसत बिदेशी हुन्छन, सामान्य पसलमा, सामान्य रेस्टुरेन्टमा, सार्बजनिक यातायातमा, सस्ता कारमा, कहिलै कतारी देख्न पाइदैन l कतारीहरु त महंगा महंगा तारे होटलमा, सपिङ्ग मलमा, महंगा कारमा , हुक्का खाने अड्डामा मात्र देख्न पाइन्छ l लाग्छ यो देश नै हाम्रो हो, कतै बाटो मा चर्को संग यो बाटो कता जान्छ भनेर नेपाली मा बल्नुस एउटा एउटाले नेपालीमा जबाफ देयेकै हुन्छ ! हिन्दीमा सोध्नु भयो भने त फरकै पर्दैन ! अरबीमा (जुन कतारिको मुख्य भासा हो ) मा नसोध्नु उत्तर पाउन मुस्किल हुन्छ ! यो देशका सबै कामदार बिदेशी ! अनुमान गर्नुस त , कुनै पनि देशको आर्मी पुलिश, डाक्टर, पाइलट, सरकारी कर्मचारी, इमिग्रेशन का कर्मचारी ( जो बिसेष गरि पाकिस्तानी तथा अन्य अरबी मुलुकका तर कतारी बि ग्रेड क नागरिक ) सबै प्रसासनिक निकायका कर्मचारी हरु बिदेशी ! यी पचासौ तले घर, फराकिला फराकिला सडक, सुन्दर सुन्दर बगैचा, चौबिस घण्टा पानि लगाएर बनाएको हरियाली ( लाग्छ त अर्को केहि वर्ष मा आधि कतार जंगल जस्तै बनौछन ), तरकारी खेति को बिशाल फर्म यी सम्पूर्ण मिराकल मा नेपाली पसिना बगेको छ, तर पनि नेपालि कामदारको हालत एस्तो छ !
    कसरि सुन्छ त कतारी सरकारले नेपालीको रोधन ?
    मैले बिगत केहि हप्ता देखि कतार बाट प्रकासित हुने दैनिक पत्रिकाहरु gulf times, penunsula, qatar tribution आदि हेर्ने गरेको छु, हरेक दिनक कभर समाचारमा केहि न केहि नेपालीको समाचार आउने गरेको हुन्छ, हप्ता दिन पहिले त्यो गार्जियन को समाचार लाइ सबै पत्रिका ले cover news बनाए , तेस पछि नेपाली राजदुतको नेपाली फिर्ती , फेरी नेपाल मा भएको बिरोध नेपाली मिडियालाई उदृत गर्दै , हिजो फेरी यहाको एक ट्याक्सी कम्पनिक नेपाली संग अन्तरबार्ता लिएर सकारात्मक पक्छ्यालाई जोड दिदै नेपाली कामदार कतार मा खुसि छन् भन्ने खालको कुरा छापेको थ्यो, अब पालो आको छ बिदेशी स्थित कतारी दुताबास अगाडी नेपाली ले गरेको पर्दर्सन ! बिदेशी श्रम संगठन, मानब अधिकार संगठन हरुले पनि छानबिन बढाएको छ ! यसको प्रतक्ष लाभको थोरै महसुस हुन् सुरु भै सकेको छ ! अहिले कतार बिस्व कप को संगार मा छ , जसरि एउटा बिहे को मिति फिक्स भैसकेको हुन्छ तर बिहे को दिन आउन अझै बाकि छ, एस्तो अबस्तामा बिसेस गरि बेहुलीको परिबार ले धेरै कुरामा ध्यान पुर्याउनु पर्छ, नत्र बिहे भाचिन सक्छ ! यदि विश्व कप कतारबाट गुम्यो भने कतारलाई ठुलो हानि हुन्छ, विश्वकप को संरचन को निर्माड मा खर्बौ डलर खर्छ गरिसकेको छ, तर त्यो भन्दा पनि ठुलो स्वार्थ छ कतारको, बिस्व कपलाइ को समयमा लन्च गर्नेगरी दोहा मा संसारकै ठुलो education city ( जहा Cambridg, oxford, एंड 50 more) का साखा युनिभर्सिटि खोल्दै छ, तेस्तै health city बनाउनको लागि विश्व टप पचास अस्पातालका ब्रान्च भित्र्याउने सुरमा छ ! तसर्थ अहिले कतारले आफ्नो देश मा भाको चरम श्रम शोसनलाइ लुकाउन खोज्दै छ ! तर यसको भण्डाफोर हुनु जरुरि छ किनकि यसबाट सबै भन्दा पिडित नेपाली दाजुभाई छन् ! सम्पूर्ण विदेश मा भएका साथि भाइ हरुले कतारी दुताबास बास आगाडी सान्तिपूर्ण पर्दर्शन गर्नु पर्छ ! सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्विजर्लैंड को जुरिच मा रहेको फिफा को मुख्यालय आगाडी पर्दर्सन गरौ ! जेनेभामा रहेको बिस्व श्रम संगठनको मुख्यालयमा पर्दर्सन गरौ ! लाखौ कतारमा रहेका नेपाली श्रमिकको उद्धार गरौ !

    Reply
    1. krishna says:
      October 13, 2013 at 8:14 pm

      अमृत जी, तपाइले भनेको कुरा सहि हो तर नेपालीलाई नेपालीले नै बढी सोसन गरिरहेका छन, कतार आउन जति राम्रो नियम बनाएको छ त्यो सबै नेपालीले नै उल्ट पुल्ता कागजात बनाएर नेपाल देखि कतार सम्म कतार देखि नेपाल सम्म ठगीरहेको छ, सब भन्दा पहिला त्यस्ता ब्येक्तिलै कारवाही गर्नु पर्छ..

      Reply
  23. Ratna Thapa says:
    October 13, 2013 at 2:49 am

    यु के मा कम्तिमा पनि ८००० एनारेन छन् रे, तर लण्डनमा भएको प्रदर्शनको आयोजना चाही एकजना विद्यार्थी भाइले गरेको रे…. हेर्दा ८, १० जना मात्र देखिन्छन प्रदर्शन गर्ने | हतार हतार दुइ चारजना भेला गरेर पूर्व सूचना बेगर गरिएको प्रदर्शन फ्यातुलो भएको छ | जे होस्, गर्नु चाही गरे, राम्रो भयो, तर यो काम एन आर एनले गरेको होइन होला | उसको आधिकारिक वेब साइट (www.nrnuk.org) मा त्यस्तो गर्ने बारे कुनै सूचना थिएन, न त प्रदर्शन पछिको तस्बीर र समाचार नै | कतार दूतावास अगाडी गरिएको भन्ने प्रदर्शन समाचारमा मात्र लेखिएको छ, कुनै साइन बोर्ड पनि छैन कहाँ गरिएको भनेर प्रमाणित गर्ने | एक दुइजना चिने जानेका नेपाली फोटोग्राफर र पत्रकारलाई बोलाएर निम्न स्तरको प्रदर्शन भएको देखियो | धमाधम प्रेस विज्ञप्ति निकालेर पत्रिकाहरुलाई समाचार प्रेषण गरे जस्तो देखियो | यसमा एन आर एनले नै यो प्रदर्शन गरेको हो भन्ने आधिकारिक सूचना किन सो संस्थाले प्रकाशित गरेको छैन ? यस बारे यु केको एन आर एन को के भनाइ छ ? किन सबै एन आर एन सदस्यहरुलाइ सो प्रदर्शनका लागि निम्त्याइयेन ? यस्तो पनि हुन्छ एन आर एनको काम ? कि त यसको प्रतिक्रिया दिनुस, कि हामीले होइन, पत्रिकाले गलत छापे भन्नुस |

    Reply
  24. जमरकट्टेल भाउजु (क्यानाडा) says:
    October 13, 2013 at 2:41 am

    [ ‘युकेका एनआरएन साथीहरु, कृपया यो च्याप्टरलाई यहीँ बन्द गरिदिनुस्। तपाईँहरु कतार दूतावासमा नगइदिनु होला’, कतार एनसिसीका तर्फबाट डा. देवकाजी डंगोलले सबैलाई आग्रह गरेका थिए। तर, लन्डनमा नेपालीहरुसहितको समूहले शनिबार प्रदर्शन गरेरै छाड्यो। ]

    कतारेनारान डंगोल ज्यु ले गर्नु भाको आग्रहको कारण चै के रहेछ? कतार मा नेपाली कामदार हरु सप्पै लाई सरसुबिस्ता छ, कुनै कुरा ले नराम्रो भाको छैन भन्नु खोज्नु भा हो?

    Reply
    1. बिनोद तिमिल्सिना says:
      October 13, 2013 at 8:14 am

      जम्मरकट्टेलजी यि NRN महाशयले भोलि भिषाको काम गर्न र नेपालीहरुलाई वहाँको कम्पनिमा अवसर दिन पाउँदिन कि भन्ने डरले त्यसो भन्नु भएको रे।

      Reply
  25. kedar says:
    October 13, 2013 at 1:52 am

    UK का नेपाली साथीहरुको सर्हानिय काम लाइ पछ्याउदै संसारभर बिरोध गर्नै पर्छ / नेपालीलाइ दास बनाउने ठेक्का नै लिएर बसेका कतारका NRN मुखिया बिचराहरुले बिरोध गरे भने त उनकै झोली तुम्बा उठ्ने होला /

    Reply
  26. Harendra says:
    October 13, 2013 at 1:51 am

    कतारमा मजदुर शोषण भएकै हो|
    १. कामदारहरुले आफ्नो पासपोर्ट आफ्नो साथमा वा आफुले चाहेको ठाउँमा राख्न पाउनुपर्छ|
    २. मजदुर शोषण गरिएको सिकायत गर्ने र सम्बोधन गर्ने कुनै निस्पक्ष संस्था वा निकाय हुनपर्छ|
    विश्वकप खेल हुन् अघि नै यी मांग हरु जोडदार रुपमा अघि सारिनु पर्छ| बिचरा कतारमा कामगर्ने हरु विवश छन् तर लन्डन मात्र होइन विश्वभरी नै अरु मुलुकहरुमा पनि यी न्याय संगत आवाज बुलन्द गरिन पर्छ|
    कतारका एन आर एन ले किन रोक्न चाहे त्यो खुलिएको छैन|
    बिश्व श्रम संगठन ILO जस्ता संस्था छन् किन छैनन् छन भने कुन दुलोमा छन् त्यो पनि सोधिन पर्छ|
    नेपालमा गलैंचा उद्योगमा श्रम शोषण भयो र बाल मजदुर प्रयोग भए भनेर अमेरिका, जर्मनी युरोप आदिका देशहरुले गलैचा किन्नमा प्रतिबन्ध लगाए| सायद यो कदम सही थियो| तर बाल मजदुरहरुलाई कसरि प्रश्रय दिने भन्ने बारे चाहि ती बिकशित राष्ट्रहरुले सोचेनन, अनि घुस खोरी नेपाल सरकारको हातैमा छाडीदिए| आश्रय र प्रश्रय नपाएर कति बालक बालिकाहरु खाते भए| गौरी प्रधान अझ मौलाए तर दरवार मार्ग र ठमेलमा खाते बालक बालिकाहरु जमेको उनीहरुले देखेनन्|

    कतारमा नेपालीहरुलाई गरेको मजदुर शोषण बारे आवाज उठाउदा त्यहा काम गरेका कामदारहरुलाई अझ शोषण नहोस|
    अब अर्को प्रदर्शन बिश्व कप फेदेरासनको मुख्यालयमा हुनपर्छ|

    हे दैव, तिमी छौ छैनौ थाहा छैन तर छौ भने तिमी महा निष्ठुरी छौ| यस्ता शोषणकारी हरुलाई तेल होइन विवेक देऊ|

    Reply
  27. जनक मान डंगोल says:
    October 13, 2013 at 1:36 am

    राम्रो काम गरेका रैछन तर यो NRN भन्ने मानव पिचास हरु किन तल्लो स्तरमा गिर्दै छन ? कतारको NRN ले झन अस्ति नमुना देखायेछ ! आफ्ना नेपाली नै दलाल बह्ये पछी नेपालीले दुख नपाएर के सुख पाउछ त ?

    Reply
  28. saroj says:
    October 13, 2013 at 1:28 am

    यहा अमेरिकाको दुताबासमा नि प्रदश गर्नु पर्छः साथी हरु हो | कतारको दुताबाश वाशिंटनमा
    यो ठेगानामा अबस्थित छ |
    2555 M Street, Northwest, Washington, D.C. 20037
    अहिले अमेरिकाको बजेट अबरुद्द भएको अवस्था हुदा, यसको समाप्ति पछि नै हामीले येह बिरोद कार्यक्रम राख्नु पर्छ साथी हरुहो | हाम्रा देशमा भएका नेताहरु र कतारमा अबस्थित्त हाम्रा NRN का अग्रजहरुले केहि गर्ने वाला छैन |

    Reply
  29. राम प्रसाद उपाध्याय says:
    October 13, 2013 at 1:27 am

    दुख सुख जहाँ पनि हुन्छ|बिबिध कमजोरीका बाबजुद नेपालीहरु एकअर्काको दुख सुखमा सहभागी हुन्छन|यो राम्रो पक्ष हो !यो नै हाम्रो मुख्य सम्पत्ति हो |

    Reply
  30. amar says:
    October 13, 2013 at 1:22 am

    नेपालको म्यानपावरको गल्ती किन लुकिरहेको छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme