Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१५ लाख बाहिरिँदा पनि काठमाडौँ यस्तो

Posted on October 13, 2013October 13, 2013 by Salokya

dashain1
यो वर्ष दशैँका लागि काठमाडौँको सडक मार्गबाट मात्रै १५ लाख बाहिरिने अनुमान छ। हिजो महाअष्टमिको दिनसम्म १३ लाख ५५ हजारभन्दा बढीले राजधानी छाडिसकेको ट्राफिक प्रहरीको तथ्याङ्क छ। काठमाडौँ उपत्यका बाहिरिँदा ट्राफिक प्रहरीले गाडी नम्बर र यात्रु संख्या दर्ता गर्ने गर्छ। त्यसैबाट यस्तो तथ्याङ्क आएको हो। तर १५ लाख बाहिरिँदा पनि काठमाडौँका मुख्य स्थान पहिले जस्तो सुनसानै चाहिँ भएको छैन। हिजो महाअष्टमिको दिन वसन्तपुर, मखन, इन्द्रचोक, न्युरोडमा घुम्दा पसलहरु धेरैजसो बन्द थिए तर मान्छे र सवारीसाधनको भिड भने कम थिएन।

dashain
माथि वसन्तपुरकै फोटो हेर्नुस् न, नो पार्किङ क्षेत्रमा पार्क गर्नुपरेको छ मोटरसाइकलहरु !

dashain4

dashain3

dashain2

मान्छेको भिड उस्तै छ। गाडी र मान्छेको ठेलमठेल छ। ताइँ न तुँइसँग गाडी र मोटरसाइकहरुले हर्न बजाउने क्रम उस्तै छ। कहाँ छ शान्त र सुनसान काठमाडौँ ? केही सडकहरु भए होलान्, तर काठमाडौँका व्यस्त ठाउँ उस्तै छन्। हिजै खिचेको यो भिडियो हेर्नुस्-

नभए महासप्तमिको दिनसम्म काठमाडौँका सडक लगभग सुनसान हुने गर्थ्यो। सार्वजनिक सवारी साधनमा कमै यात्रु हुन्थे। तर यो पटक त कोचाकोच हुने गरी चढ्नु पर्‍यो। पहिले जस्तै ठानेर अर्को खाली गाडी आउला भनेर कुर्‍यो, ६/७ वटा गाडीमा उस्तै ठेलमठेल। तीन वर्षअघि सार्वजनिक बस यात्राको ब्लग लेखिसकेको हुनाले यसपटक यस्तो भिड देखेर म अचम्म थिएँ। सन् २००९ को फोटोसहितको ब्लग पढ्नुस्- डिस्काउन्ट छैन है डिस्काउन्ट !

किन त काठमाडौँ खाली नभएको ?

बाहिर घर भएकाहरु धेरैको आजभोलि यतै पनि घर भइसके। यतै घर भएकाले उनीहरु उताको घरमा गइरहन जरुरी भएन। काठमाडौँको घना बस्तीले रिङरोडको घेरा नाघेको धेरै भइसक्यो। यो पनि एउटा कारण हुनसक्छ। तपाईँलाई के लाग्छ ?

अब एक पटक फेरि केही तथ्याङ्क पनि हेरौँ-
mysansar_infographics

14 thoughts on “१५ लाख बाहिरिँदा पनि काठमाडौँ यस्तो”

  1. madan bajracharya says:
    October 17, 2013 at 11:23 pm

    कथ्मान्दुमै बंगला बनायर राज गर्ने नेताको गाउँ जिल्लामा नगारिक बस्न र बाच्ने आधार समेत नभयकोले काथ्मंदुमा आन्तरिक अप्रवासको चाप बढेको हो/ स्थानीय व्यवस्थाले धान्न सकिने भन्दा बढी आन्तरिक आप्रवास भयकै कारणले महंगी र अभाव बढेको हो/ आन्तरिक आप्रवाश र लाखौ लाख नेपाली समेत बिदेसिन नेपाली बाध्य हुनुनै ई नेताहरु नालायक हुन् भनेर प्रमाणित गर्छ/ सकेसम्म आफ्नो गाउँ जिल्ला नबस्ने; काथ्मान्दुमै बंगला बनायर बस्ने अरु जिल्लाको नेताहरुलाई यसपालिको चुनावमा अन्य कुनै पनि जिल्लामा भोट नदियर बहिस्कार गर्नु पर्छ/

    Reply
  2. cRIS says:
    October 15, 2013 at 11:16 am

    यो प्रत्येक गाडीले कति ढाट भन्सार लिदो रहेछ, त्यसको पनि भाउ राखी दिनु भएको भए, हिसाब निकाल्नु सजिलो हुन्थ्यो! थान कोटमा लाग्ने दस्तुर, पुरै बाटो मर्मत र extension गर्न कसरि खर्च गरिरहेछन? यता तिर पनि एक खोतल्नु पाए, गज्जब हुन्थ्यो!

    Reply
  3. Bhola Ghimire says:
    October 14, 2013 at 7:35 pm

    काठमाडौं बाट बहिर जने Record राख्ने अनी भित्र आउने ? बहिर जिल्ला बाट काठमाडौं आउने पनि २० – ३० % हुन्छन कि??

    Reply
  4. बेखालाल नेपाल says:
    October 14, 2013 at 7:55 am

    १. प्रचण्डका कार्यकर्ताहरु बैद्य बा को डरले यतै बसेको|
    २. एमालेका नेताहरु फेसबुक कै माध्यमबाट चुनाब प्रचार गर्न सकिने भाकाले काठमाडौँ नछोडेका|
    ३. कांग्रेसमा चाही टिकेट नपाएकाहरु गाऊ गएर चुनाब प्रचार नगरी पार्टीलाई खाल्टोमा पर्न काठमाडौँ मै बसेका|

    Reply
  5. Suraj Shrestha says:
    October 13, 2013 at 9:53 pm

    महगो यातायात, बाटोको अरु खर्च, अनि आफ्नो मूल गांव/नगर कोदसैं खर्च जोड्द हुने रकमले उपत्यकामा नै दसैं मनाउना चाहनेहरु बढेकोले यस्तो भिड भाढ देखिएको जस्तो मलाई लागेको छ

    साथै दलका टापन टुपन निर्वाचनका उम्मेदवारहरुले देखे भने चन्दापनि माग्ने त्रासले उपत्यकामा नै बस्नु बुद्धिमान कुरा गरेका हुन्

    सुरज श्रेष्ठ

    Reply
  6. बासु says:
    October 13, 2013 at 9:50 pm

    “अनुमानित ५० लाख बसाई भएको काठमाण्डौंबाट १५ लाख बाहिरिंदा कसरी फरक पर्छ र ?” अस्ति काठमाडौंको साथीसँग स्काईपमा कुरा हुँदा ‘अहिले त काठमाण्डौ शुन्य भयो होला’ भन्ने मेरो भनाइप्रति उनले माथिका कुरा भनेका हुन् | उमेशजीले जवाफ पाउनु भयो होला |
    अर्को कारण बाँकि ३५ लाखको काठमाडौंमा घर नभए नि नजाने कतिले चुनावकोलागि दिन संचय गरेका हुन सक्छन | तर त्यतिखेर अहिले बाहिरिएका सबै दशैँपछि भित्रिई सकेका हुन्छन | अनि काठमाडौंको गति उस्तै -अर्थात भिडभाड, घच्चम घच्चा |

    Reply
  7. Mahesh Mahaseth says:
    October 13, 2013 at 4:36 pm

    अहिले धेरै मान्छेहरु विशेषगरी जनजाति र दलितहरुले दशैं मनाउन छोडिसके/ जनजातिहरुले आफ्नै संस्कृति र धर्मको महत्व बुझ्न थाले भने धेरैजसो दलित हरु क्रिस्टियन भैसके/ पहिले पहिले पो आफ्नो संस्कृति र धर्मको महत्व बुझेको थिएन, अहिले नेपाली जनताहरु धेरै जागरुक भैसकेको छ र चेतना पनि फैलिसकेको छ/ अब अहिले पहिलेको जस्तो शाह राजा र राणाहरुको उर्दी लागु हुन्दैन/ पहिलेको जस्तो अहिले जबर्जस्ति पृथ्वी नारायण शाह को दिब्यपोदेश एक भाषा, एक संस्कृति, एक धर्म लागु हुन छोडिसक्यो/ दशैं भनेको हिन्दु हरुको महान चाड हो, तर सारा नेपाली हरुको चाड होइन किनकि सबै नेपाली हरु हिन्दु होइनन/ तर बिडम्बना सबैले दशैं मान्नैपर्ने तर हिन्दुहरुले अरु धर्मको चाड किन मनाउदैनन? तर संचारमाध्यम हरुले पनि किन पक्षपात पूर्ण ब्यबहार गरिरहेको छ? भंगेरे अक्षरमा “नेपालीको महान चाड दशैं भन्ने” तर अरु धर्मको चाडलाई त नामोनिसाना नलेख्ने यो कस्तो पत्रकारिता हो? के सबै नेपालीहरु हिन्दु हुन् त?? Nepal भनेको सबै धर्म मनाउने देश हो/ यहाँ जुनसुकै धर्मलाई पनि समान ब्यबहार गर्नुपर्छ/

    [म पनि हिन्दु हुं तर अरु हिन्दुअतिबादि जस्तो होइन, हिन्दुको जे पनि ठिक वा राम्रो, तर अरु धर्म चाही नराम्रो भन्ने खालको मान्छे होइन यो कमेन्ट मा धेरै रातो चिन्ह मा click गर्छ किनकि धर्मान्धहरुको आखा धर्मले बन्द गरेको हुन्छ/]

    Reply
    1. neeraj says:
      October 13, 2013 at 6:31 pm

      तपाईंले भनेको धार्मिक स्वतन्त्रताको कुरा त ठिकै हो, मनाउन मन नहुनेलाई कुनै कर छैन मनाउन, तर त्यो देखिएको भीड चाहिं दशैं मनाउनेहरुकै हो – न्युरोड तिर खुट्टा टेक्ने ठाउँ थिएन दशैं किनमेल गर्नेहरुको भीडले। र ट्राफिक प्रहरीको १५ लाख बाहिरिने तथ्यांकमा चाहिं अलि शंका लागेको छ; जे होस न्युरोड र सपिङ मलहरु छोडेर अन्यत्र भने निकै सुनसान नै छ। र अर्को कुरा, कसैले चाहे पनि नचाहे पनि दशैं नेपालीहरुको महान् चाड रहिनै रहने छ अझ धेरै वर्षसम्म, जे कुरामा पनि पृथ्वि नारायणलाई जोडेर फुस्रो क्रान्तिकारी हुने चलन बढेको चाहिं हो, तर नेपालीले दशैं पृथ्विनारायण भन्दा पहिले पनि मनाउँथे र भविष्यमा पनि मनाइरहने छन्।

      Reply
    2. kedar says:
      October 13, 2013 at 7:17 pm

      हुन त नेपाली नै हो नी तपाईं पनी ? अनि सबै नेपाली जागरुक भैसक्दा पनी तपाई चैं किन जागरुक नभाको नी ? हिन्दु हुनुहुँदो रहेछ हजुर सबै जनजाती नेपालीहरुले आ-आफ्नो धर्म संस्कृती चिन्न र पहिल्याउन थाली सक्दा पनी तपाईं चैं आफ्नै संस्कृतीलाइ खुइल्याउन थाल्नु भएछ / येस्लाई पनी नयाँ नेपालको नयाँ जागरुकता मानेर चित्त बुझाउनु पर्ला /

      Reply
    3. Govinda Paudel says:
      October 13, 2013 at 8:03 pm

      कसैले नि दशैं मान्नै पर्छ भन्या थिएन…. दशैं नमान्ने हरुले नमाने हुञ्छ, अरुले मानेको धर्म, अरुको आस्था प्रति ‘विधर्मी’ हरुले कुनै टिप्पणी गर्नु जरुरि छैन, जसरि तिम्लाई कसैले ‘दशैं मनाउ’ भन्दा मन परेन तेसै गरि हिन्दुहरूलाई अरु धर्म को चाड मनाउ भन्न सकिदैन. मलाई जानकारी भए अनुसार नेपाल मा दशैं मान्नै पर्ने कुनै आदेश नि भाको छैन, तेसै धेरै नखोकौ मित्र टीबी लाग्ला, अ.जा.सु. हरुले अर्को धर्म, संस्कृति माथि जाइ नलागेकै राम्रो.

      Reply
    4. aparichit says:
      October 13, 2013 at 8:51 pm

      [म पनि हिन्दु हुं तर अरु हिन्दुअतिबादि जस्तो होइन, हिन्दुको जे पनि ठिक वा राम्रो, तर अरु धर्म चाही नराम्रो भन्ने खालको मान्छे होइन…….हा हा हा .त्येसो भए पैसा को लोभ मा जबर्जस्ति धर्म परिवर्तन गराउने बिदेशी मिसनरी हरु चै के नि ??? …..नेपाल मा हिजो पनि धार्मिक सहिस्नुता छ र रहने छ ……दशैँ मान्नु नमान्नु आफ्नो इच्छा हो तर पैसा को लोभ देखाएर धर्म परिवर्तन गराउनु राम्रो होइन ……

      Reply
    5. Aakar Bhushan Nepali says:
      October 13, 2013 at 9:24 pm

      अलि निकै नै confusion मा हुनुहुदो रहेछ महासेठ जी,
      हुनु पर्ने नै “सारा नेपालीको महान चाड” हो, होइन र ? र कसैले होइन भन्छ भने छाती ठोकेर जोड मुर्की उठाएर ठुलो स्वरमा हो …….भन्नु पर्छ| अझ correct way ले भन्नु पर्दा हामी नेपालीको आफ्नो मौलिक उपज हो चाड, भलै यसको शुरुआत अस्पष्ट रुपमा नै भए पनि कुनै धर्म बिशेष संग जोडिएको होस् | तर मान्छे जातिले खुशीसाथ मनाउने र रमाउने उत्सब र रहरहरुलाई धर्म र जातको घिनलाग्दो विभाजनमा धकेल्नु मान्छे जातिको cultural evolution लाई पछाडी धकेल्नु हो | त्यसकारण संसार भरिका सारा नेपालीले मनाईरहेको तथा परम्परागतरुपमा नमनाए पनि शुभकामना र सद्भाव बाडदै संसार भरि नेपाली संस्कृतिको मुलधार निर्माणमा लागेको नेपाली रहरहरुलाई गलत ब्याख्या दिंदै गलत दिशा तिर धकेल्नु समाजलाई बिखन्डन गर्नु हो|
      पुनश्च:१. राष्ट्रिय संस्कृतिमा एकबद्ध हुनुलाई कुनै निश्चित देशको नागरिक भई रहनु बाध्य छैन
      २. ऎइतिहासिक कारणले बदलाको छद्म उद्द्येश्य होस् या native

      Reply
  8. अनोज शाक्य says:
    October 13, 2013 at 4:19 pm

    चुनावमा भोट् माग्न नेताहरु घर घरमा आउँला भनेर नेताहरुको मुख के हेर्नु भनेर यो बर्षको दसैंमा घर जान मन नगरेको होला ।

    Reply
  9. sujan says:
    October 13, 2013 at 3:57 pm

    काठमाडौँ बासी लै त सराप नै हो यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme