Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकामा एमालेकै दुई जना उपमेयर उम्मेदवार- मैले हैन ‘सेतोपाटी’ले लेखेको

Posted on May 4, 2022 by Salokya

कुनै एउटा स्थानीय तहमा एउटै पार्टीका दुई जना उम्मेदवार कसरी हुनसक्छन्? तर यो कुरा मैले हचुवामा लेखेको हैन, अनलाइन न्युज पोर्टल सेतोपाटीले लेखेको कुरा देखाइदिएको हो। सेतोपाटीले ‘यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार’ शीर्षकमा आज वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र पार्टीगत विवरण अथवा स्वतन्त्र हुन् समेत खुलाइएको छ। यसबारे नेपालफ्याक्टचेकले तथ्य जाँच पनि गरेको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

सर्सर्ती सेतोपाटीको त्यो विवरणमा उपमेयरको उम्मेदवारको नाम हेर्दै गर्दा एमालेका नै दुई जना उम्मेदवार पो रहेछन्- ३ नम्बरमा शान्ता थापा अनि १४ नम्बरमा सुनीता डंगोल। के अचम्म हो यो। सुनीता डंगोल एमाले कार्यकर्ता नै नभइकन पनि उपमेयरको उम्मेदवार बनाइएको भन्ने समाचारहरु त देखेको थिएँ। तर एमालेबाटै शान्ता थापा चाहिँ कसरी काठमाडौँको उपमेयर उम्मेदवार बनिन् त? अचम्म लाग्यो।

हेर्नुस् सेतोपाटीको समाचारको अर्काइभ लिङ्क

ध्यान दिएर त्यो सूची हेर्दै गर्दा एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट पनि दुई उम्मेदवार रहेछन्- सरस्वती नेपाल र रामेश्वर श्रेष्ठ। त्यति मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समेत सरिता बजगाइँ चापागाइँ र बिनिता मगैया दुई जनाको नाम काठमाडौँका उपमेयरको उम्मेदवारको सूचीमा राखिएको रहेछ।

एउटै पार्टीका दुई दुई जना उम्मेदवार राखेर उपमेयरका उम्मेदवारहरुको संख्या ३७ जना पुर्‍याइएको रहेछ।

कसरी यस्तो भयो त ?

निर्वाचन आयोगले २०७९ वैशाख २० गते ६ बजेसम्म प्रणालीमा प्रविष्ट भएको विवरण आफ्नो वेबसाइटमा राखेको छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ

त्यसमा केलाउँदा बल्ल थाहा भयो- काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवार त जम्मा ३० जना मात्रै रहेछन्। यो निर्वाचन आयोगको आधिकारिक एपमा रहेको विवरण हेर्नुस्-

त्यसो भए सेतोपाटीले काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार भनेर सात जना कहाँबाट ल्याएर राख्यो त? खोज्दै गर्दा त्यो पनि भेटियो।

सेतोपाटीको समाचारमा काठमाडौँ महानगरपालिकाका उपमेयरका उम्मेदवार भएको भनी उल्लेख गरिएकी एमालेकी शान्ता थापा,  एकीकृत समाजवादीकी सरस्वती नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरिता बजगाइँ चापागाइँसमेत सात जना वास्तवमा काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख उम्मेदवार भएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा देखिन्छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुखहरुको सूची

भनेपछि सेतोपाटीले कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयरका उम्मेदवारहरुको सूचीलाई काठमाडौँ महानगरपालिकाका उपमेयरको उम्मेदवारसँग जोडेर ३७ जना उपमेयरका उम्मेदवार भन्दै समाचार बनाएको रहेछ। जिम्मेवार मिडियाले सूची प्रकाशन गर्नुअघि एक पटक ध्यान दिएर रुजु चाहिँ गर्नु पर्ने हैन र?

 

1 thought on “काठमाडौँ महानगरपालिकामा एमालेकै दुई जना उपमेयर उम्मेदवार- मैले हैन ‘सेतोपाटी’ले लेखेको”

  1. Raj says:
    May 4, 2022 at 5:58 pm

    Setopati is no more a trustworthy and reliable news site. पैसाको लोभमा मिसन पत्रकारिता गर्न शुरु गरेपछि एकदिन त नाङ्गिनै पर्छ। सेतोपाटीको त्यही नाङ्गिने दिन नजिकीदै गरेको हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme