Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ जिल्लामा जम्मा ३६९ मतदाता- कसले भनेको? निर्वाचन आयोगले !

Posted on May 2, 2022 by Salokya

स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन आउन अब ११ दिन मात्रै बाँकी भइसक्यो। तर मतदाताहरुलाई अझैसम्म आफ्नो स्थानीय तहमा को-को उम्मेदवार छन्, उनीहरुका चुनाव चिह्न के-के हुन्- थाहा छैन।

मेरै कुरा गरौँ न। म काठमाडौँ महानगरपालिकाको वडा नम्बर १४ को मतदाता हुँ। यहाँको मेयरमा ५६ जना उम्मेदवार छन् भन्ने समाचार मिडियामा आएको पढेको हुँ। तर तीन/चार जना बाहेक अरु कसैको नाम र चुनाव चिह्न थाहा छैन। वडामा त झन् को को उम्मेदवार छन्- नाम समेत थाहा पाएको छैन।

पहिलेका चुनावहरुमा पोस्टर टाँस्ने, भित्ता रङ्ग्याउने जस्ता काम हुन्थे। यसपालि त्यस्तो छैन। बाहिर प्रचार प्रसार पनि खासै भएको देखेको छैन। सामाजिक सञ्जालमा तीन चार जना उम्मेदवार छाएका छन् मेयरमा।

निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्नसमेत बाँडिसक्यो। त्यसैले उम्मेदवारहरुको बारेमा आधिकारिक जानकारी पाउनका लागि हामीले भर पर्नुपर्ने भनेको निर्वाचन आयोगकै आधिकारिक वेबसाइट हो। त्यहाँ होला नि त भनेर हेरेँ। पहिले पहिले पनि त्यतै हेर्ने गरेको हो।

निर्वाचन आयोगको वेबसाइट नयाँ बनाइएको रहेछ। यसमा अहिले जिल्ला निर्वाचन कार्यालयको छुट्टै सबडोमेनसहितको वेबसाइट बनाइएको पाइयो। त्यहीँ आफ्नो काठमाडौँ जिल्लाको के रहेछ भनेर हेर्दा त तीनछक्क परियो।

काठमाडौँ जिल्लामा कति वटा स्थानीय तहहरु छन्, त्यसमा को को उम्मेदवार बनेका छन्, उनीहरुको चुनाव चिह्न के हो भन्ने बारेमा जानकारी राख्नु त परै जाओस्, मतदाताको संख्यामा समेत हेलचक्र्याइँ गरिएको रहेछ।

काठमाडौँ जिल्लाको कूल मतदाता संख्या त्यसमा लेखिए अनुसार जम्मा ३६९ जना रहछ। त्यसमा महिला २३४ र पुरुष १२३ अनि अन्य चाहिँ १२ रे।

दिउँसो यस्तो देखेपछि मैले ट्विट गरेको थिएँ-

लौ न हजुर, लौ न हजुर, काठमाडौँको कूल मतदाता जम्मा ३६९ जना ? मतदान गर्न १२ दिन बाँकी छ। हाम्रो महानगरपालिका र हाम्रो वडामा को को उम्मेदवार रहेछन् भनेर @ECNOfficial को वेबसाइटमा खोज्दा केही भेटिएन। मतदाता विवरणको यस्तो बिजोग रहेछ। #LocalElections2079 pic.twitter.com/cUMG0wQwdG

— salokya (@salokya) May 1, 2022

तर राति अबेरसम्म पनि यसमा कुनै सुधार गरिएको छैन। काठमाडौँ जिल्लाको कूल मतदाता ३६९ जना मात्रै रहेको अवस्था कायमै छ। हेर्नुस् सोमबार मध्यरात सवा १२ बजे अर्काइभ गरिएको पेज।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme