वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मतदाताहरुले आफ्नो स्थानीय तहका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई खुला वडा सदस्य गरी सात पदाधिकारी चुन्दैछन्। सात जना चुन्नु पर्ने, धेरै उम्मेदवार र धेरै पार्टी रहेका कारण मतपत्र ठूलो रहेको छ। काठमाडौँ महानगरपालिकामा त ६४ लहरको मतपत्र छ। दलहरुले गठबन्धन बनाएका कारण मतपत्रमा चिह्न भए पनि उम्मेदवार नहुने अवस्था पनि छ। कस्तो मत सदर हुन्छ र कस्तो मत बदर हुन्छ भन्ने बारे तपाईँलाई कति थाहा छ? यो क्विजमा भएका फोटो हेर्दै भोट गरी पत्ता लगाउनुस्।