Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बजारमा अर्को ‘गठबन्धन’ : १५ वटा मिडियाको ‘एक नेपाल’

Posted on April 25, 2022April 25, 2022 by Salokya

राजनीतिमा ५ दलीय गठबन्धनको समाचार पढिरहनुभएकै होला। स्थानीय रुपमा ठाउँ ठाउँमा गठबन्धन टुक्रिएर ‘मित्रवत् प्रतिस्पर्धा’भन्ने नयाँ शब्दलाई पनि खुबै चलाउन थालिएको छ। राजनीतिमा गठबन्धन मौलाइरहेकै बेला आज नेपालका केही प्रमुख मूलधारे मिडियाहरुमा एउटा विज्ञापन देख्नुभयो होला। केही ब्रोडसिट दैनिकहरुमा त ज्याकेट नै लगाइएको छ। १५ वटा मिडियाको गठबन्धन रहेछ यो। तर यसको विज्ञापन ध्यान दिएर हेर्ने हो भने विज्ञापन ऐन विपरीत छ।

यो मिडिया गठबन्धनको घोषणा दुई वर्षअघि नै भएको थियो। मिडिया सञ्चालकहरुको छाता संस्थाका रुपमा त्यतिबेला मिडिया सोसाइटी नेपाल नामको संस्था मात्रै थियो। दुई वर्षअघि असोज ७ गते त्यो संस्था फुटेर अरु मिडिया सञ्चालकहरुलाई पनि समेटेर भाष्कर राजकर्णिकारको नेतृत्वमा मिडिया अलायन्स नेपाल नामको संस्था गठन भएको थियो। पढ्नुस्- मिडिया साहुहरुको संस्था किन टुक्रियो, को-कतातिर लागे ? त्यसैको प्रोडक्टका रुपमा एउटा एग्रिगेटर एप बनाएर त्यसको विज्ञापन गरिएको रहेछ।

यो मिडिया अलायन्स (गठबन्धन) मा १५ वटा मिडिया छन्, त्यसमा अन्नपूर्ण पोस्ट, नागरिक, नेपाल समाचारपत्र, राजधानी, हिमालय टाइम्स र कारोबार गरी ६ वटा ब्रोडसिट दैनिक छन्। तर रमाइलो के भने, नागरिकले यसको विज्ञापन राखेको छैन। अन्नपूर्ण पोस्टले भने ज्याकेट एड नराखी भित्र एक पेजमात्रै विज्ञापन राखेको छ।

समाचारपत्र, राजधानी, हिमालय टाइम्स र कारोबार गरी चार वटा ब्रोडसिट दैनिकले भने यस्तो ज्याकेट एड राखेको छ।

यसमा प्रयोग गरिएको भाषा- एक नेपाल र  श्रीपेच र एक औँला ठड्याएकोसहितको रेखाचित्र हेर्दा यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बुझाएको प्रष्टै हुन्छ।

पृथ्वीनारायण शाह राष्ट्रिय विभूति हुन्। विज्ञापनमा यसको प्रयोग वर्जित छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा २ (ग) मा राष्ट्रिय विभूतिको प्रयोग गरी विज्ञापन गर्न नपाइने उल्लेख छ।

यस्तो विज्ञापन गरेमा के सजाय हुन्छ त ? ऐनको व्यवस्था हेर्नुस्-

१५ वटा मिडियाको गठबन्धनलाई नेपालै एकीकरण गरेकोसँग तुलना गरेर राष्ट्रिय विभूति झल्काउने गरी विज्ञापन गर्नु अतिरन्जना हैन र ? सबै मिडियालाई एक बनाएको भए पनि लौ त भन्नु। त्यो भन्दा बढी त हाम्रो पात्रो वा नेपाली पात्रो नामको एपले गरेको होला।

‘केवल सत्य समाचार पुर्‍याउने’ अठोट

विज्ञापनको दोस्रो पेजमा (अन्नपूर्ण पोस्टले भने यही पेजमात्र छापेको छ) ‘केवल सत्य समाचारहरु शीघ्र पुर्‍याउने अठोट’ गरिएको छ। एपको विवरणमा पनि रियल न्युजमात्र राख्ने, फेक न्युज नराख्ने भनिएको छ। यो हेर्नुस्-

 

निश्चय पनि स्वागतयोग्य कुरा हो यो। हुनुपर्ने यस्तै हो। तर यो गठबन्धनमा आवद्ध मिडियाले नै विगतमा मिथ्या सूचनाहरु फैलाएको हामीले तथ्य जाँचका क्रममा वा ब्लग लेख्दा भेट्टाएका छौँ। उदाहरणका लागि केही लिङ्कहरु-

कोरोनाभाइरसबारे एपीवान टिभीको बहसमा गरिएका पाँच भ्रामक दावी

मोटरसाइकलमा पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था नयाँ ऐनमा गर्न लागिएको समाचार भ्रामक (एपीवान टिभीमा पनि समाचार बनेको)

युट्युबर र मूलधारे टेलिभिजन पत्रकारिताको लक्ष्मणरेखा मेटाउने त्यो ‘टक शो’

अन्नपूर्ण पोस्टले हँसाउनु हँसायो : हेर्नुस् यो ‘अनौठो समाचार’को नमूना

नझुक्किनुस्, अन्नपूर्ण पोस्टको समाचारमा लेखे जस्तै कोरोना भगाउन डिटोल पिलाइएको होइन

अन्नपूर्ण पोस्टमा हुँदै नभएको गृह मन्त्रालयको आकस्मिक बैठकको समाचार

कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप

‘नागरिक’ दैनिक मुख्य समाचारमै यसरी चुक्यो

बौद्धमार्गी मुलुक महामारीबाट जोगिएकोबारे ‘नागरिक’को समाचार भ्रामक

सजाय ३ महिनाको, समाचार ५ वर्षको ! ‘नागरिक’ पहिलो पेजको समाचारमा चिप्लँदा..

हिमालय टाइम्स, नेपालसमाचारपत्र, राजधानी लगायतका अनलाइनले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य

कस्तो एप हो यो ?

मिडिया गठबन्धनको एक नेपाल नामको यो एप खासमा नेपालमा एकदमै चलेको हाम्रो पात्रो जस्तो एग्रिगेटर एप हो। हाम्रो पात्रोले त अब न्युज एग्रिगेटबाहेक अरु पनि गर्न थालिसकेको छ।

यसले गठबन्धनमा रहेका विभिन्न मिडियाहरुको वेबसाइटमा रहेका कन्टेन्टलाई तानेर यसमा शीर्षक र केही अंश देखाउँछ। थप हेर्न सम्बन्धित वेबसाइटमै जानु पर्छ। यसमा गठबन्धनमा रहेका मिडियाको टिभी र एफएमका स्ट्रिमिङ लिङ्क पनि राखिएको छ।

गठबन्धनमा रहेका नागरिकको अलग्गै एप छ जसको डाउनलोड एक लाखभन्दा बढी छ। १० हजारभन्दा बढी डाउनलोड भएको अन्नपूर्ण पोस्टको पनि अलग्गै एप छ। आफ्नो अलग्गै एप नहुनेहरुका लागि यो एप फाइदाजनक नै होला। तर एप हुनुमात्र ठूलो कुरा हैन। कतिले त्यसलाई डाउनलोड गर्छन् र कतिले त्यसलाई नियमित प्रयोग गर्छन्, त्यो महत्त्वपूर्ण हुन्छ।

एपमा सुधार गर्नुपर्ने कुरा पनि धेरै छन्। जस्तै इपेपरमा क्लिक गर्दा वेबसाइटको लिङ्कमा पुग्छ जसको इमेज मोबाइलमा निकै सानो देखिन्छ। मोबाइल एपमा स्पष्ट देखिने गरी सुधार नगरिएसम्म त्यस्तो लिङ्कको काम छैन।

1 thought on “बजारमा अर्को ‘गठबन्धन’ : १५ वटा मिडियाको ‘एक नेपाल’”

  1. Yael Sykes says:
    April 25, 2022 at 3:20 pm

    नेपाली मिडियामा यस्तो पनि हुँदो रहेछ । जानकारीका लागि धन्यवाद ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme