Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाई आर्टिस्टको चोरेर ललितकला अवार्ड जितेको पेन्टिङ प्रदर्शनीबाट हटाइयो

Posted on April 26, 2022 by Salokya

थाई आर्टिस्ट ราชัน แสงทอง (Rachan Saengthong) को गणेशको पेन्टिङ चोरेर नेपालमा राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्रादेशिक अवार्ड जितेको विषयमा मैले अप्रिल १६ मा नै माइसंसारमा ब्लग लेखिसकेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड

प्रतिष्ठानले प्रतियोगितामा समावेश हुन बनाएको नियममा कलाकृतिहरु एक वर्षभित्र रचना गरिएको, मौलिक हुनुका साथै कुनै पनि प्रदर्शनीमा समावेश नभएको हुनुपर्ने भनिएको थियो। नियम विपरीत अरुको रचना चोरिएको खुलासा भइसक्दा पनि प्रतिष्ठानले सन्तोष राईले प्रदेश नम्बर १ बाट पाएको प्रादेशिक पुरस्कार फिर्ताको घोषणा गरेको छैन।

तर, प्रदर्शनीबाट भने सन्तोष राईको यो पुरस्कृत चित्रकलालाई हटाइएको छ। वैशाख २ गतेदेखि सुरु भएको एक महिने राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ नाफाको हलमा जारी छ। अरु सबै कलाहरु त्यहाँ छन्, तर प्रदेश नम्बर १ बाट पुरस्कृत भएको त्यो कला भने अहिले देख्न पाइन्न।

त्यसैगरी प्रदर्शनीबारे प्रतिष्ठानले बनाएको अलग्गै वेबसाइटमा पनि सन्तोष राईको त्यो पुरस्कृत चित्रकला हटाइएको छ। अहिले वेबसाइटको प्रोभिन्स अवार्ड सेक्सनमा क्लिक गर्ने हो भने सुरु मै मधेस प्रदेशको पुरस्कृत कला देख्न पाइन्छ। त्यसपछि क्रमशः अरु प्रदेशहरुबाट पुरस्कृत कलाहरु हेर्न पाइन्छ।

यहाँ क्लिक गरी हेर्नुस् अहिलेको वेबसाइट

पहिले सोही वेबसाइटमा यस्तो विवरण थियो-

सन् २०१३ मा Rachan Saengthong ले gracefully शीर्षकमा बनाएको यो आर्टलाई थाइल्यान्डको हुआहिनस्थित Khanesha Gallery मा प्रदर्शनीमा राखिएको छ। उनको यो कलालाई केही भारतीयहरुले नीलो रङ्गमा ढालेर वेबसाइटमा बिक्रीका लागि पनि राखिएको बारे अघिल्लो ब्लगमै उल्लेख गरिसकिएको छ।

चोरेको कलाबाट अवार्ड जित्ने गणेश राईले यो अवार्ड नियमविपरीत भएकोले फिर्ता दिने घोषणा अहिलेसम्म गरेको छैन भने प्रदर्शनी र वेबसाइटबाट कला हटाएको देखिए पनि राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानले पनि अवार्ड फिर्ता लिने घोषणा गरेको छैन।

2 thoughts on “थाई आर्टिस्टको चोरेर ललितकला अवार्ड जितेको पेन्टिङ प्रदर्शनीबाट हटाइयो”

  1. Sabin says:
    May 4, 2022 at 4:44 am

    I have no idea on arts but even the art from Karnali pradesh seems to be copied because that Tara in the paint already exists and i have copy of this same Tara in my office wall for more than 8 years now. If you paint something from other’s paint, would it be considered your work or others?

    Reply
  2. Raghu says:
    April 30, 2022 at 6:52 am

    mysansar is doing great job for years

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme