स्वास्थ्य मन्त्रालयले कति हचुवाका भरमा सर्वसाधारणलाई सूचना दिन्छ भन्ने कुरा यो चार दिनमा राम्रैसँग देखियो। के के भयो हेर्नुस्-
वैशाख २१ – मे ४, बुधबार : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र नजिक खोप केन्द्र बनाई छुट भएको वा बुस्टर खोप लगाउने तयारी भइरहेको छ। मतदान गर्न जाँदा कोभिड-१९ को खोप कार्डसमेत लिएर जानुस् : स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता कौशल मिश्राले भनिन्।
हेर्नुस् त्यो दिनको भिडियो
त्यही अनुसार बीबीसी नेपालीदेखि अन्य अनलाइन न्युज पोर्टलहरुमा समेत धमाधम समाचार आयो। केही उदाहरण
बीबीसी नेपाली : नेपाल निर्वाचन: स्थानीय तहमा मतदानकै दिन देशैभरि कोभिड खोप
नागरिक : मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
बाह्रखरी : मतदान केन्द्रमा पनि कोरोनाविरुद्ध खोप लगाइने
उकेरा : मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
इकागज : मतदान केन्द्रमा कोभिडविरुद्धको खोप लगाइने
त्यसको दुई दिनपछि
वैशाख २३, मे ६ : स्वास्थ्य मन्त्रालका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले मतदान केन्द्रमा खोप लगाउने निर्णय भइसकेको छैन भनेको भिडियो न्युज एजेन्सी नेपालमा आयो।
त्योसँगै मिडियामा आएका समाचारमा लेखिएको थियो- ‘केही दिन यता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन्।’
अर्थात् यसमा मिडियामा आएको समाचार झुटो हो भनेर मिडियालाई दोष देखाउन खोजेको जस्तो देखिन्थ्यो।
यो समाचार पनि केही ठाउँमा आयो। उदाहरणका लागि-
चार दिनपछि
वैशाख २५, मे ८ : दुई दिनअघि सह प्रवक्ताले बोलेको भए पनि आज भने चार दिनअघि खोप कार्ड लिएर मतदान केन्द्रमा जानु भन्ने प्रवक्ता मिश्राले नै विज्ञप्ति निकालेर निर्वाचनक दिन खोप सञ्चालन नहुने जानकारी दिइन्। हेर्नुस् विज्ञप्ति-
लौ न, यसरी निश्चितै नभएको, निर्णय नै नभएको विषयमा के हचुवा तालमा चार दिनअघि खोप कार्ड लिएर मतदान केन्द्रमा जानु भनेर आह्वान गरेका त प्रवक्ताले ? निर्णय नै नभएको विषयमा सरकारी टेलिभिजनमा त्यसरी बोल्न किन पर्थ्यो र? निर्णय भएपछि बोले हुन्न थियो र ? निश्चित भइसकेको विषयमा पो बोल्ने हो त। आधिकारिक जानकारी दिनु पर्ने मन्त्रालयका प्रवक्ताले नै त्यसरी भ्रम फैलाउने सूचना दिनु हुन्थ्यो त ?
तर रमाइलो चाहिँ के भने, दुई दिनअघि खोप लगाउने निर्णय भएको छैन भन्ने समाचारमा कसैले पनि चार दिनअघि मन्त्रालयका प्रवक्ताले नै त्यो जानकारी दिएको कुरा लेखिएको छैन। उल्टो मिडियाले झुटो लेखे भन्ने जस्तो पारिएको छ।
इकागजको यो दुई समाचार हेर्नुस् त –
पहिलो समाचारको अर्काइभ लिङ्क र दोस्रो समाचारको अर्काइभ लिङ्क
एक दिनकै अन्तरमा आफ्नै समाचार गलत ठहर्याउने गरी अर्को समाचार आएको छ, घुमाएर मिडियालाई दोष दिने गरी। तर पछिको समाचारमा खासमा घोषणा र खोप कार्ड लिएर मतदान केन्द्रमा जान आह्वान गर्ने त खासमा मन्त्रालय कै प्रवक्ता थिइन् भनेर लेखिएन। मिडियाले प्रश्न गरेन। मन्त्रालयले दोष जति मिडियालाई दिन पायो। रमाइलो छैन त ? 🙂